Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

यो वर्ष पनि खप्पर योग, नसोचेको घटना हुन्छ रे

Posted on April 17, 2013April 18, 2013 by mysansar

हाम्रा ज्योतिषहरुले वैशाख–जेठ–असार महिनामा चतुर्ग्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको बताएका छन्। नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्ने सङ्केत देखिन्छ रे। डराउनु भयो कि के हो ? नडराउनुस् ! हुने कुरा भइहाल्छ। गत वर्ष पनि यस्तै खप्परयोग परेको थियो। पोहोरको ब्लगमा पढ्नुभएको होला ज्योतिषहरुले खप्परयोगकै कारण संविधान नबनेकोसमेत भन्न भ्याएका थिए।… Continue reading

१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा

Posted on April 13, 2013April 20, 2013 by Salokya

एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैन। यो सामान्य हो। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरु माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै… Continue reading

कुवेत प्रहरीको हिरासतमा फेरि दुई नेपाली महिला

Posted on April 12, 2013April 12, 2013 by mysansar

कुवेतमा फेरि दुई नेपाली युवती प्रहरी हिरासतमा परेका छन्। दुवैलाई अनैतिक काम गरेको अभियोग लागेको छ। दुवै घरेलु कामदारका रुपमा कुवेतमा आएकी रहिछिन्। पहिलो घटनामा एक २३ वर्षकी युवती परेकी छिन्। त्यसो त अहिले ३० वर्ष नपुगी खाडी मुलुकमा काम गर्न जान दिइँदैन। तर पहिले गएकाहरुहरुको हकमा यो लागू हुँदैन। नाम नखुलाइएकी ती नेपाली चेलीलाई… Continue reading

एमाले सबभन्दा ठूलो दल बन्ने अमेरिकी अनुमान

Posted on April 10, 2013 by mysansar

चुनाव हुने कहिले-कहिले, ठूलो दल बन्छौँ भन्ने भाषण अहिले! एमाओवादीदेखि कांग्रेस र एमालेसम्मका नेताहरुले अब हामी नै ठूलो दल बन्छौँ भनेर भाषण ठोकिसके। चुनावको मिति भने अहिलेसम्म पनि घोषणा हुन सकेको छैन। वास्तवमा चुनाव नभएसम्म कुन दल ठूलो हुन्छ भनेर अनुमान लगाउन गाह्रो हुनेछ। अनुमान लगाउनेहरुको अनुमान कसरी फेल खाँदो रहेछ भन्ने प्रमाण हामीले पहिलेको… Continue reading

भारतको युरेनियम चोरेर अमेरिकालाई बेच्ने नेपाली !

Posted on April 9, 2013 by Salokya

लन्डनस्थित इक्वेडरको दूतावासको कोठामा झण्डै नजरबन्दको अवस्थामा रहे पनि जुलियन असान्जको विकिलिक्सले हिजो नयाँ अमेरिकी दस्तावेज सार्वजनिक गरेको छ। किसिङ्गरको पालाको अर्थात् सन् १९७० को दशकतिरको दस्तावेज भएकोले यसलाई किसिङ्गर केबल्स भनिएको छ। १७ लाख डकुमेन्ट समावेश भएको यी केबलहरुलाई अमेरिकाको कुटनीति बुझ्ने सार्वजनिक पुस्तकालयको रुपमा पनि व्याख्या गरिएको छ। त्यतिबेला नेपालमा पञ्चायत काल थियो,… Continue reading

फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !

Posted on April 8, 2013April 8, 2013 by Salokya

फेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला सोमबार अकस्मात् फैलियो – विक्रम संवतको नयाँ वर्ष अर्थात् २०७० वैशाख १ गतेदेखि नेपालमा फेसबुक बन्द हुने। कारण ? नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले रे। सामाजिक सञ्जालका साइटहरुमा हल्ला फैलन धेरै बेर लाग्दैन। अलिकति दिमाग पनि नलगाई मान्छेहरुले भटाभट सेयर र मेन्टमा गाली गर्न थाले यो… Continue reading

टेलियासोनेरा (एनसेल) ले नेपालीलाई मूर्ख सम्झेको?

Posted on April 8, 2013April 8, 2013 by mysansar

-विरोध कट्टेल- निश्कासित हेलो नेपालका कर्मचारीहरुको आन्दोलनले उग्र रुप लिन थालेपछि एनसेल प्रशासनले यही चैत १७ गते प्रेस विज्ञप्ती जारी गरी हेलो नेपालसँग आफ्नो सम्वन्ध नरहेकोले भौतिक आक्रमणमा नउत्रिन आग्रह गरेको छ। आन्दोलनरत कर्मचारीहरु भने यो समस्यालाई सम्वोधन गर्नु पर्ने भन्दै हेलो नेपाल र एनसेलको कार्यलय अगाडी निरन्तर धर्ना तथा जुलुस गरिरहेका छन्। टेलियासोनेराको नेपाल… Continue reading

पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने !

Posted on April 7, 2013April 7, 2013 by mysansar

हिजो र अस्ति काठमाडौँमा देशभरबाट ५ सय पण्डित भेला भए। हिन्दु धर्मको कर्मकान्डका लागि नभई नहुने पण्डितहरुले यजमान र पुरोहित पण्डितका लागि २७ बुँदे आचार संहिता पनि पारित गर्‍यो। पारित आचार संहिता मध्येको एउटा बुँदा हो- पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने! अर्को एउटा महत्त्वपूर्ण आचार संहिता पारित गर्दै घोषणा गरिएको छ- जाँडरक्सी र… Continue reading

डिप पर्पलको कन्सर्ट नहुनुको रहस्य खुल्यो, टिकटको पैसा फिर्ता कहिले ?

Posted on April 7, 2013April 7, 2013 by Salokya

बेलायती रक ब्यान्ड डिप पर्पलको कन्सर्ट गत चैत २ गते शुक्रबारका दिन हुने भनी कम्ता प्रचार गरिएको थिएन। पत्रपत्रिकामा यसैका कुरा छापिन्थे, सहरमा होर्डिङ बोर्ड, पोस्टर यसैका छाएका थिए। तर कन्सर्ट हुने दुई दिन अघि अचानक कन्सर्ट स्थगित भो भनियो। ५ सयदेखि १० हजार रुपियाँसम्मको टिकट काटेर पर्खिबसेकाहरु हिस्सै परे। किन हुन नसकेको त कन्सर्ट… Continue reading

शिशु मारेको अभियोगमा नेपाली महिला कुवेतमा पक्राउ

Posted on April 6, 2013April 6, 2013 by mysansar

घरेलु कामदारका रुपमा मध्यपूर्वी देश कुवेत पुगेकी दुई महिला अहिले प्रहरी हिरासतमा छन्। दुवै महिलालाई छुट्टाछुट्टै ठाउँबाट लगभग एउटै खालको अभियोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो। अभियोग- आफैले जन्माएको नवजात शिशुको हत्या गरेको ! केस नम्बर १ : कुवेतको क्युरेन क्षेत्रमा नवजात शिशुको लाश भेटिएपछि खैलाबैला मच्चियो। मुबारक अल कबिरका डिटेक्टिभहरु अनुसन्धानमा जुटे। उनीहरुको पहिलो… Continue reading

जागिर खान गएकीलाई लुटियो

Posted on April 1, 2013April 2, 2013 by Salokya

पत्रपत्रिकामा ‘आवश्यकता’, ‘चाहियो’ लेखिएका विज्ञापनतिर नजर लगाउने गर्नुभएको छ ? बेरोजगारीले गाँजेको देशमा धेरैले आँखा लगाउने नै भए। तपाईँजस्ताले मात्र हैन, खराब व्यक्तिहरुले पनि यस्तोमा आँखा लगाउने गर्दा रहेछन्। केही अघि काठमाडौँमा यस्तै घटना भएको सुनिएको थियो। अहिले फेरि पोखरामा ठ्याक्कै त्यस्तै घटना भएछ। पोखराको आदर्श दैनिक पत्रिकामा चैत १७ गते एउटा चाहियो विज्ञापन छापिएको… Continue reading

माइसंसारका पाठक नौलो अभियानमा

Posted on April 1, 2013April 3, 2013 by Salokya

यस पटकको संविधान सभाको निर्वाचनमा नयाँ दलका रुपमा उदाउन माइसंसारका पाठकहरुले एउटा अभियान चलाउने भएका छन्। नेपाली जनता अहिलेका राजनीतिक दल र त्यसका नेताहरुबाट दिक्क भइरहेको अवस्थामा वैकल्पिक शक्तिका रुपमा उदाउने उद्देश्यसहित यस्तो अभियान थालिएको उनीहरुले बताएका छन्। अभियानको नेतृत्व सशांक लामा, मदन बज्राचार्य, लुना, उत्तमबाबु श्रेष्ठ, सुदर्शन काफ्ले, गौरव नेपाली, विवेक श्रेष्ठ, हर्के लगायतले… Continue reading

लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल

Posted on March 29, 2013March 29, 2013 by mysansar

वैदेशिक रोजगारका लागि दुबई गएकी एक २८ वर्षीया नेपाली युवती त्यहाँको जेलमा एक वर्ष सजाय भोगेर डिपोर्ट गरिने भएको छ। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्। नेपाली महिला… Continue reading

अध्यक्ष ज्यु, खै त सम्पति देखाएको ?

Posted on March 28, 2013March 28, 2013 by Salokya

चुनावी मन्त्रिपरिषद्का अध्यक्ष र दुई मन्त्रीले शपथ खाएको १५ दिन भइसक्यो। तर, मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिने सम्पति विवरण भने अहिलेसम्म रित्तै छ। बाँकी ८ मन्त्रीहरुले त पछि शपथ खाएको भएर केही समय लगाए पनि जायज हुन्छ, तर १५ दिनभित्र सम्पति विवरण अनिवार्य सार्वजनिक गर्ने २०४८ सालको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको नीतिगत निर्णयलाई न्याय क्षेत्र… Continue reading

नेपालमा हार्वर्ड स्कूल !

Posted on March 24, 2013March 24, 2013 by Salokya

कुनै बच्चाले म हार्वर्डमा पढ्छु भनेर भन्यो भने अचम्म नमान्नुहोला। उसले सही बोलेको हुनसक्छ। हार्वर्ड अमेरिकाको पुरानो र प्रतिष्ठित विश्वविद्यालयको नाम हो। तर हार्वर्ड नामको स्कूल पनि काठमाडौँमा खुलेको छ। हार्वर्ड मात्र किन, नासा, पेन्टागन, ह्वाइट हाउस, टेक्सस, फ्लोरिडा, लिभरपुल, चेल्सी आदि नामका स्कूलहरु पनि यहाँ छन्। सरकारले विदेशी नाममा कडाइ गर्ने निर्देशिका लागू गरिसकेको… Continue reading

यो उत्तरले दिलायो इशानीलाई ताज

Posted on March 21, 2013March 21, 2013 by mysansar

मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान,… Continue reading

इशानी बनिन् मिस वर्ल्ड नेपाल

Posted on March 20, 2013March 21, 2013 by mysansar

यस पटकको मिस नेपाल सौन्दर्य प्रतियोगिता इशानी श्रेष्ठले जितेकी छिन्। २१ वर्षकी इशानीको उचाइ ५ फिट ८ इञ्च छ। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य सचिव तीर्थमान शाक्य थिए। एकल परिवार कि संयुक्त परिवार रुचाउनु हुन्छ… Continue reading

आफ्नै आदेश उल्लङ्घन गर्दै सर्वोच्च अदालत

Posted on March 19, 2013March 19, 2013 by Salokya

सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष भएपछि उनको दुई वटा परिचय भएको छ। राजीनामा नदिएकोले उनी न्यायपालिका प्रमुख प्रधान न्यायाधीश पनि हुन् र कार्यपालिका प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष पनि हुन्। यी दुवै निकायका प्रमुख एकै व्यक्ति हुन सक्दैनन् भन्दै उनको विरोधमा परेको मुद्दामा हिजो सर्वोच्च अदालतले रेग्मीलाई प्रधान न्यायाधीश भन्न नपाइने… Continue reading

नयाँ ८ मन्त्री थपिए, सबै पूर्व प्रशासक

Posted on March 18, 2013March 19, 2013 by Salokya

अन्तरिम चुनावी मन्त्रिपरिषद्‌मा आज ८ मन्त्री थपिएका छन्। थपिएका मन्त्रीसहित मन्त्रिमण्डल ११ सदस्यीय भएको छ। श्री ४ दलले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरे अनुसार अस्ति ३ र आज ८ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनेको हो। अब चुनाव भएर अर्को सरकार नबनेसम्म यिनीहरुले नै देश चलाउने छन्। मन्त्रिपरिषद्का अध्यक्ष न्यायपालिकाबाट आए पनि सबै मन्त्री पूर्व… Continue reading

फिक्सन नचल्या बेला लाहुरेको डकुमेन्ट्रीले लगाउला त केही लछारपाटो ?

Posted on March 18, 2013March 18, 2013 by Salokya

देश जस्तै अहिले नेपालमा फिल्म उद्योग पनि संक्रमण कालमा छ। फिल्मकर्मी र दर्शकबीच ठूलो खाडल छ। दर्शकले कस्तो फिल्म रुचाउँछ, कसैलाई थाहा छैन। जस्तो फिल्म बने पनि चल्न सकेको छैन। पछिल्लो पटक लुट र चपली हाइट निकै चल्यो। यस्तो पो रहेछ दर्शकले रुचाउने फिल्म भन्दै भटाभट उस्तै शैलिमा फिल्म बने, कुनै पनि चलेनन्। अनेक थरिका… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 160
  • 161
  • 162
  • 163
  • 164
  • 165
  • 166
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme