माइसंसारका पुराना पाठक हुनुहुन्छ भने तपाईँलाई याद होला, गएको जनवरीमा स्टार मल लिलामीमा राखिएको बारे एउटा ब्लग राखिएको थियो। तर आज डिसेम्बर हुँदासम्म यो किन्ने कोही ग्राहक फेला परेको छैन। यो भव्य मल किन्ने कुनै धनवान व्यक्ति वा समूह अहिलेसम्म नभेटिएकैले पुस ४ गतेसम्म लिलामको बोलपत्र हाल्न मिल्ने गरी म्याद थप गरिएको छ। भवनको लिलामीको… Continue reading
Category: समाचार/विचार
बिहे गर्न नमान्दा जिउँदै जलाइएकीले प्राण त्यागिन्
अपडेट ३ (बुधबार): बिहे गर्न भागौँ भन्दा नमानेको भन्दै शुक्रबार पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दियाकी १६ वर्षीया किशोरी शिवा हास्मीको आज बिहान ७ बजे उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। ९० प्रतिशत शरीर जलेको भनेपछि बिचरीको स्थिति पहिलेदेखि नै गम्भीर नै थियो। शनिबारदेखि त बोल्न पनि छाडेकी थिइन्। जिल्ला अस्पताल बर्दियाबाट शुक्रबार भेरी अञ्चल… Continue reading
सकियो पदम कुँवर प्रकरण
प्रचण्ड झापड प्रकरण आजदेखि अन्त्य हुने भएको छ। र, यो यसअघिका झलनाथ, सुशील कोइराला प्रकरणभन्दा खासै फरक ढंगले टुंगिएन। झापडलगत्तै माओवादीले आधिकारिक रुपमा र अनौपचारिक रुपमा दिएका प्रतिक्रियाहरु हेर्दा त एउटा निर्धो कार्यकर्तामाथि सिङ्गै पार्टी जाइलाग्ने जस्तो देखिएको थियो। प्रतिगमनकारी, देशीविदेशी तत्वको षड्यन्त्रदेखि वैद्य पक्षसम्म कत्रा कत्रा ठूला कुरा गरेका थिए पार्टीले। अहिले बल्ल वास्तविक… Continue reading
यस्ता छन् पुरस्कार जित्ने कार्टुन
भ्रष्टाचारविरोधी कार्टुन प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन कार्टुनहरु कस्ता छन् त ? आउनुस् हेरौँ।
प्रचण्ड पनि पत्रकार ?
-नवराज न्यौपाने- त्यो फोटोमा पत्रकारहरुले मात्र लाउने ‘प्रेस’ लेखिएको चम्किएको ज्याकेट लाउने मान्छे कस्तो ठ्याक्कै प्रचण्ड जस्तो देखिने मान्छे रहेछ है, भनेर सोच्नुभएको हो ? हो भने तपाईँ गलत हुनुहुन्छ। उनी प्रचण्ड जस्तो देखिने मान्छे हैनन्, एमाओवादी अध्यक्ष प्रचण्ड नै हुन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सधारणसभा उद्घाटन गर्न प्रमुख अतिथि बन्न पुगेका प्रचण्ड राजधानीको… Continue reading
तपाईँ नेपालको भाग्यमानी १०% मा पर्नुहुन्छ, ९०% का लागि केही गर्ने कि !
नेताहरुलाई हामीले धेरै गाली गरिसक्यौँ। गाली गरेरै देशको विकास हुने भए नेपाल अहिले विकसित देशको हाराहारीमा पुगिसक्ने थियो होला। हामीले हाम्रो देशको विकास गर्न एकजुट हुनुपर्छ पनि निकै पटक भनिसक्यौँ। एकजुट त हुने, तर केका लागि ? देश त बनाउने तर कसरी ? घर बनाउने जस्तो त हैन देश बनाउने भन्ने कुरा। उपाय के त… Continue reading
विश्व ध्वस्त पार्न आतुर हल्लाखोरहरु
विश्व ध्वस्त हुने भविष्यवाणी यसअघि पनि कयौँ पटक नचलेका हैनन्। ती भविष्यवाणी साँचो भइदिएको भए यतिबेला न मैले यस्ता अक्षर टाइप गरिरहेको हुन्थेँ, न तपाईँले यो सब मुसुमुसु हाँसेर पढिरहनुभएको हुन्थ्यो। तैपनि त्यस्ता हल्लाहरु हुन छाड्दैनन्। पछिल्लो पटक डिसेम्बर २१ मा विश्व ध्वस्त हुने हल्ला व्यापक छ। हुँदाहुँदा अब त मिडिया पनि हल्लाखोर भएर मान्छे… Continue reading
यस्तो अवस्थामा पक्राउ परेका थिए पारस
परिवारलाई छाडेर थाइल्यान्डमा बसिरहेका पूर्व युवराज पारस शाहले एकपछि अर्को गर्दै आफ्नो पारा देखाइरहेको सार्वजनिक भइरहेको छ। फ्रेन्च कट दाह्री, लामो-लामो कपाल, सेतो टिसर्ट र कालो प्यान्ट- माथि तपाईँहरुले देखिरहनुभएको फोटो पारस पक्राउ परेको बेलाको फोटो हो। थाई पत्रिकाले पहिलो पेजमा छापेको यो फोटो उनी पहिलो पटक गाँजा राखेको अभियोगमा पक्राउ पर्दाको हो। गाँजा राखेको… Continue reading
अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत
अनिल अम्बानी भारतका मात्रै हैन, विश्वकै सबैभन्दा धनीहरुको सूचिमा पर्छन्। उनै अम्बानीको नेपालमा गरिएको लगानी भने फेल खाएको छ। लगानी लिएर अम्बानीको रिलायन्स इन्टरटेनमेन्ट ग्रुप फर्किसकेको छ। तपाईँहरुलाई कतिको याद छ, कमलपोखरीको सिटी सेन्टरमा भएको बिग सिनेमा अहिले ब्रान्ड परिवर्तन गरेर बिग मूभिज भएको छ। बिग सिनेमामा अम्बानीको रिलायन्स मिडिया वर्क्सको लगानी थियो। तर मल्टिप्लेक्समा… Continue reading
प्रधानमन्त्रीमा सुशील कोइराला
कयौँ दिनसम्म नामै प्रस्ताव गर्न डराइरहेको कांग्रेसले आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले बल्ल आफ्ना सभापति सुशील कोइरालालाई सहमतीय सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ। हिजोको तीन दलको बैठकमा एमाले र कांग्रेसले प्रधानमन्त्रीको नाम मागेपछि आज कांग्रेसले यस्तो निर्णय गर्न लागेको हो। तर नाम तोक्दैमा सहमति भइहाल्ने भने हैन। सहमति खोज्ने क्रममा हुने विमतिको… Continue reading
भ्रष्टाचारको विरोध यसरी पनि
भ्रष्टाचार नेपाली समाजमा कति गढेको छ भन्ने त भुक्तभोगीहरुलाई मात्र थाहा हुन्छ। अरुले अनुमान मात्रै लगाउने हो। भ्रष्टाचारको विरोध सबै गर्छन्। तर कोहीकोही मुखले विरोध गर्छन्, परी आउँदा सुटुक्क भ्रष्टाचार गर्छन् वा गर्नेलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता पुर्याउँछन्। भ्रष्टाचारको विरोधमा भारतमा जति पनि विरोध अभियान नेपालमा हुन सकेको छैन। यसै सन्दर्भमा युएन एन्टी करप्सन डे (आइतबार, ९… Continue reading
सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा
एनसेल साहुलाई कम्पनी बेचेपछि कर्मचारी निश्कासन प्रचण्डनिकट व्यापारी अजय सुमार्गीले सताएपछि उनको टेलिकम कम्पनी हेलो नेपालका कर्मचारीहरु वैद्य माओवादीको शरणमा पुगेका छन्। ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै खाली कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर श्रम ऐनविपरीत निकालिएको भन्दै क्रुद्ध कर्मचारीहरुले वैद्य माओवादीको साथ लिएर आन्दोलन… Continue reading
तीन वर्षमा दुई सिएनएन हिरो नेपालबाट
अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले ६ वर्षअघिदेखि सुरु गरेको ‘सिएनएन हिरोज’ शृङ्खला यस पटक नेपालकी पुष्पा बस्नेतले जितिन्। विगत तीन वर्षमा नेपाली महिलाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा माइती नेपालकी अनुराधा कोइराला पहिलो पटक उपाधि जित्ने नेपाली थिइन्। समाजमा अतुलनीय योगदान दिने व्यक्तिलाई सम्मान गर्न सिएनएनले… Continue reading
राष्ट्रपतिले के भने सुन्नुस् र गुन्नुस् किन भने यस्तो?
राष्ट्रपति रामवरण यादवले पोखरामा गरेको भाषण अहिले खुबै चर्चामा छ। नयाँ सरकार बनाउन सार्वजनिक आह्वान गरिसकेर एक पटकको म्याद गुज्रिसकेपछि अर्को म्याद सकिन केही दिन बाँकी रहँदा उनले भाषणमा भनेछन् ‘यही सरकारमा सहमति भए सुनमा सुगन्ध’। किन यसो भनेका होलान् राष्ट्रपतिले ? लौ माइसंसारका घघडान विद्वान विश्लेषकहरु, तपाईँहरुको विश्लेषण सुनौँ। पहिला राष्ट्रपतिको भाषण सुन्नुस् भित्र।
डिभी बन्दै हुने भो त ? अहिल्यै हैन !
डिभी नेपालमा खुबै लोकप्रिय छ। ‘डिभीपीडित’ नामको त संस्थै छ, बेला-बेलामा दूतावासबाहिरै धर्ना बसेर आन्दोलन गरिरहन्छन्। अचानक शनिबार खबर आयो- अब डिभी बन्द हुने भो रे। डिभीको नाममा धन्दा गर्ने माछा झुण्ड्याएको र नझुण्ड्याएको घरका धनीहरुलाई पनि साह्रै चित्त दुख्यो होला- बिचराहरुको गरी खाने बाटो पो बन्द हुने भो त। कति सोध्दै थिए- त्यत्रो पैसा… Continue reading
कांग्रेसका ७७ जनाले साँच्चै चिनेका थिए त्यागी तामाङलाई
पाँच दशकदेखि नेपाली कांग्रेसमा सक्रिय नेता भीमबहादर तामाङको हिजो बिहान निधन भयो। ७७ वर्षका भए पनि यिनी हट्टाकट्टा थिए। मर्निङ वाक गएर फर्केपछि हर्ट अट्याक भएर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि उनलाई त्यागी, निष्ठाको राजनीति गर्ने, सरल जीवनशैलि भएका नेताको रुपमा कांग्रेसका नेता र कार्यकर्ताहरुले प्रशंसा गरे। ‘बेइमान नेताहरुको हुलमा भएका एक इमान्दार नेता… Continue reading
थाई पत्रकारहरुलाई झुक्याए पारसले
छेउमा तपाईँले देखिरहनुभएको भवन थाइल्यान्डको फुकेट प्रान्तीय अदालतको हो। यहाँ हिजो पूर्व युवराज पारस शाहलाई उपस्थित हुन आदेश दिइएको थियो। उनलाई प्रतिबन्धित लागू औषध प्रयोग गरेको र साथमा राखेको अभियोग लगाइएको कुरा त तपाईँहरुलाई थाहै होला। त्यही मुद्दाको सुनुवाईका लागि उनी त्यहाँ बयान दिन आउँदै थिए। मिडियामा आइसकेको हुनाले नेपालका पूर्व युवराजको फोटो खिच्न त्यहाँ… Continue reading
सहमतिलाई बनाइयो ‘जोक’
राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको दरखास्त लिएर आउनू भनेर तत्कालीन राजा ज्ञानेन्द्रले जस्तो काम गरेको भनेर माओवादीहरुले आलोचना गरिरहेको बेला ठ्याक्कै उतिबेला नारायणहिटीमा स्वच्छ छविको व्यक्ति प्रधानमन्त्रीको दरखास्त लिएर लाम लागे जस्तै स्थिति आज पनि देखियो शितल निवासमा। ठूला दलहरुले सहमति गर्न नसकेर कुनै पनि सिफारिस लिएर जान असफल भएको बेला दुई राजावादीहरु केशरी महतो र मुस्कान… Continue reading
स्यालको सिङ खोजेर नि पाइन्छ र कहीँ?
कहिलेकाहीँ यी टाउके नेताहरुले जनताको विश्वास नतोडेर गज्जबै गर्छन् के! राष्ट्रपतिले मंसिर १४ गते अपराह्न ४ बजेसम्मको अल्टिमेटम दिएर सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न आउनू भनेको बेला नै उनीहरुले सहमति गरी खाँदैनन् भनेर धेरैले विश्वास गरेका थिए। विश्वास तोडिएला भनेर डर मान्नै परेन। किनभने यो बीचमा तीन दलबीच मात्र एक पटक बैठक बस्यो- गएको शनिबार।… Continue reading
राजा जाऊ, छोरा बचाऊ !
पूर्व युवराज पारस शाहले नेताहरुको नालायकी देखेर दिक्क भई राजतन्त्रप्रति आस्था राख्नेहरुको अपमान गरेका छन्। उनी थाइल्यान्डको पर्यटकीय शहर फुकेटमा गाँजासहित पक्राउ परेका थिए। दशैँको महानवमिका दिन निवासमा गाँजा भेटिएपछि पक्राउ परेको भए पनि यो विषयमा नेपालमा अहिलेसम्म हामीलाई सुइँकोसमेत थिएन। लगेर प्रहरीले एक रात खोरमा थुनेछ पनि। पक्राउ परेका व्यक्ति नेपालको भूपू युवराज भएको… Continue reading