Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

मनमोहक मुस्ताङ

Posted on October 29, 2012October 29, 2012 by Salokya

केही दिनदेखि माइसंसारमा खासै केही अपडेट नहुनुको कारण तपाईँले माथिको फोटोबाट अनुमान लगाइसक्नु भयो होला। हजुर, दशैँको विदाको मौका छोपेर म हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक पुगेको थिएँ। आज बल्ल काठमाडौँ फर्किएको छु। बीचमा साइट बिग्रेको पनि थाहा थियो, तर इन्टरनेटको सहज पहुँच नभएकोले मैले गर्न सक्ने केही थिएन। आज बिहान पोखरामा फेवाताल र बेगनास… Continue reading

शुभकामना !

Posted on October 24, 2012 by Salokya

विजया दशमीको उपलक्ष्यमा माइसंसार पढ्ने सबैलाई शुभकामना ! तपाईँले यसपटकको दशैँ कसरी मनाउनु भयो, सुनाउनुस् है।

बिस्तारै हुँदैछ परिवर्तन !

Posted on October 24, 2012October 24, 2012 by Salokya

गुल्मीको तम्घासस्थित भगवती मन्दिरमा महाअष्टमीका दिन पहिलो पटक पशुबलिको सट्टा कुभिण्डो काटियो। महानवमिको दिनसमेत यो प्राचीन मौलोमा कुनै बलि दिइएन।

वाईवाई र नेबिको बिस्कुट गुणस्तरविहीन

Posted on October 19, 2012October 19, 2012 by Salokya

चौधरी ग्रुपको वाईवाई चाउचाउ र नेबिको प्रालिको नेबिको बिस्कुट गुणस्तरविहीन भएका छन्। ती सामानलाई प्रयोग गर्न दिइएको नेपाल गुणस्तर चिह्न स्थगित गरिएको छ। गत जेठ मसान्तमा नै यो निर्णय गरिएको भए पनि कम्पनी र अधिकांश मिडियाले लुकाउन खोजेकाले धेरैले थाहा पाएका थिएनन्। गुणस्तर चिह्न वितरण, नियमन र जाँच गर्ने नेपालको आधिकारिक निकाय नेपाल गुणस्तर तथा… Continue reading

डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा

Posted on October 18, 2012October 18, 2012 by mysansar

नेपालको टेलिकम मार्केटमा ८८ लाख ग्राहक बनाएर नम्बर वनमा आफूलाई उभ्याउन सफल भएको एनसेलभित्रको कुहिगन्ध फैलिँदै स्वीडेनसम्म पुगेपछि टर्कीको इस्तानबुलबाट मिडिया हेर्ने अफिसर Iréne Krohn नेपाल आएका छन्। अहिलेसम्म एनसेलबारे बाहिर जति आए पनि अब केही नआओस् भन्नका लागि इरिमले केही ‘ठूला मिडिया हाउस’का ‘डन’सँग मंगलबार साँझ कमलादीको भान्छाघरमा डिनर खाएका छन्। एनसेलको कुहिगन्ध चर्किएर… Continue reading

एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै

Posted on October 17, 2012October 17, 2012 by Salokya

३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने… Continue reading

शुभकामना !

Posted on October 16, 2012 by Salokya

धेरै नेपालीले मनाउने चाड दशैँ आजदेखि सुरु भएको छ। आज घटस्थापना- जमरा रोपेपछि दशैँ औपचारिक रुपमा सुरु हुन्छ। सबैलाई दशैँको शुभकामना!

किन लाग्छ बारम्बार आगो यसरी?

Posted on October 15, 2012October 15, 2012 by Salokya

चौधरी ग्रुपको काठमाडौँ सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्स कारखानामा हिजो राति ठूलो आगलागी भयो। बिहानसम्म पनि आगो पूरै निभिसकेको थिएन। एक अर्ब क्षति भएको प्रारम्भिक अनुमान मिडियामा आउन थालेका छन्। तर आगो कसरी लाग्यो, थाहा भएको छैन। ‘स्वच्छ’ छवि भएका व्यापारीहरुले यसअघि गरेका कामहरुले भने मान्छेहरुलाई यत्तिकै शंका गर्ने ठाउँ दिएको छ। अरिहन्ट मल्टिफाइबर्समा वर्षेनी आगो लाग्छ।… Continue reading

तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति

Posted on October 13, 2012October 13, 2012 by Salokya

स्विडेनको Veckans Affärer ले नेपालको नम्बर एक मोबाइल अपरेटर एनसेलका मालिक टेलियासोनेराले गरेका गलत कामको पर्दाफास गरेपछि स्विडेन र फिनल्यान्डका मिडियामा यसको खुबै चर्चा चलेको छ। पत्रपत्रिका, वेबसाइट र टेलिभिजनमा समेत नेपाल समाचार बनिरहेको छ। दुई दिन बितिसक्दा पनि नेपाली मिडिया भने थाहै नपाए जस्तो गरी बसिरहेको छ। नेपाली मिडियालाई चासो नभएको विषयमा आखिर किन… Continue reading

स्विडेनको पत्रिकामा एनसेलको भ्रष्टाचारको पर्दाफास

Posted on October 12, 2012October 12, 2012 by Salokya

एनसेलको कुकर्मको खुलासा विदेशी पत्रिकामा एनसेलको खबर नेपाली पत्रपत्रिकामा विरलै पढ्न पाइन्छ। पढ्न पाइने खबर राम्रैराम्रा मात्र हुन्छन्। नराम्रा खबर लुकाइन्छन्। पत्रिका मालिकहरुलाई विज्ञापनको र पत्रकारहरुलाई बेलाबेलामा एनसेलले गराउने विदेश भ्रमण, मोबाइल सेट उपहारको आश हुन्छ। त्यसैले देशमा भएको भ्रष्टाचारको खबर पनि अब हामीले विदेशको पत्रिकामा पढ्नु परेको छ। स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer ले… Continue reading

ल हेर्नुस् त लोक सेवामा केसम्म हुँदो रैछ- आफै कपि जाँचेर छोरी र स्वास्नीलाई बढी नम्बर!

Posted on October 11, 2012October 11, 2012 by Salokya

लोक सेवाको जाँच दिनु भनेको निकै गाह्रो काम हो। मान्छेहरु टुप्पी कसेर पढ्छन् त्यसका लागि। वर्षौँदेखि तयारी गर्छन्। तर हेर्नुस् त, त्यसरी पढ्दैमा कहाँ हुँदो रैछ त। बढी नम्बर ल्याउन त कपि जाँच्ने मान्छे आफन्त हुनुपर्दो रहेछ। त्यसो गर्ने मान्छे को भन्नुस् न- गएको वर्ष सर्वोत्कृष्ट निजामति पुरस्कार पाएका शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक… Continue reading

किन अझै आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको नोट?

Posted on October 11, 2012October 11, 2012 by Salokya

गएको चैतमा एउटा समाचार नेपाली मिडियामा छाएको थियो- सय रुपियाँको नोटमा परिवर्तन गरिँदैछ। अहिले रहेको न्यातपोलको मन्दिरलाई हटाई लुम्बिनी र अशोक स्तम्भ र त्यसको तल अंग्रेजीमा ‘Lumbini: The Birthplace of Lord Buddha’ लेखिनेछ। नोटको नम्बर नजिकैको तारादेवीको मूर्तिको चित्र पनि हटाएर सिद्धार्थ गौतमकी आमा मायादेवीको मूर्तिको चित्र रहनेछ। त्यतिबेला भनिएको थियो-६ महिनापछि बजारमा यस्तो नोट… Continue reading

होर्डिङ बोर्डमा लाखौँको चलखेल

Posted on October 10, 2012 by Salokya

गएको वर्ष प्रधानमन्त्री बाबुराम भट्टराईले सडक छेउका होर्डिङ बोर्डले सहरी सौन्दर्य बिगारेको, दुर्घटना बढाएको भन्दै हटाउन निर्देशन दिएको समाचार सबैजसो पत्रपत्रिकामा छापियो। लोकप्रियताको ग्राफमा उकालो चढ्दै गरेका थिए प्रधानमन्त्री। त्यसैले वाहवाही भयो यो निर्देशनको पनि। त्यही निर्देशन अनुसार गत पुस महिनामा काठमाडौँ महानगरपालिकाको १८ औँ नगरपरिषद्को बैठकले सार्वजनिक स्थलका सबै होर्डिङ बोर्ड हटाउने निर्णय पनि… Continue reading

एयरपोर्टमा नभएको बम पडकिएपछि…

Posted on October 7, 2012October 8, 2012 by Salokya

शुक्रबार राति साढे ७ बजेभित्र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा एक अज्ञात व्यक्तिको फोन आयो। दुबई जाने प्लेन उड्ने बित्तिकै खस्छ भनेर चेतावनी दियो उसले। लौ परेन फसाद्! प्लेनमा मुसा पस्‍यो भने त उडान रोकेर खोज्नुपर्छ भने बम भनेको त झन् संवेदनशील कुरा। तत्काल सुरक्षा सतर्कता अपनाइयो। अन्तर्राष्ट्रिय टर्मिनलतर्फ सबै उडानहरु स्थगित गरिए। आउन लागेको प्लेन पनि… Continue reading

‘भुत्ला झरेको’ एमालेको शक्ति प्रदर्शन

Posted on October 5, 2012October 6, 2012 by Salokya

पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताहरुले सार्वजनिक कार्यक्रमै गरेर एमाले परित्याग गरेको घोषणा गरेको भोलिपल्ट एमालेले राजधानीसहित देशभर शक्ति प्रदर्शन गरेको छ। राजधानी काठमाडौँमा हुने जुलुसमा सहभागी हुन एमालेले आफ्ना कार्यकर्ता र भ्रातृ संस्था अनि जनवर्गीय संगठनका सबैलाई अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गरेको थियो। पाँच सय कार्यकर्ताहरुले छाडेर हिँडेकै दिन एमाले अध्यक्ष झलनाथ खनालले… Continue reading

फेरि अर्को भ्रष्टाचारी ठहर, यस पटक सरकारी कर्मचारी

Posted on October 5, 2012October 5, 2012 by Salokya

विशेष अदालतले बिहीबार भ्रष्टाचारीलाई जेल र जरिवानासहितको एउटा अर्को फैसला गरेको छ। यस पटक फन्दामा परेका छन् – गृह सचिव भइसकेका पद्मप्रसाद पोखरेल। पोखरेलविरुद्ध अख्तियारले २०६० सालमा मुद्दा दर्ता गरेको थियो। चार वर्षपछि विशेष अदालतले हदम्याद नाघेर दर्ता भएको भन्दै मुद्दा खारेज गरिदियो। तर सर्वोच्च अदालतले गत वैशाखमा त्यो फैसला नमिलेको भन्दै मुद्दा फेरि विशेष… Continue reading

सकियो इन्द्रजात्रा

Posted on October 4, 2012October 4, 2012 by Salokya

इन्द्रजात्राको अन्तिम दिन महिलाले रथ तानेर नयाँ परम्परा थालनी गरे। रथ वसन्तपुरमा पुगिसकेपछि कुमारी घर लैजान बोकेर लान लागेको बेलामा खिचेको फोटो। इन्द्रजात्राका थप फोटो अहिले राति अबेर भइसकेकोले भोलि राख्‍नेछु। अहिलेलाई तलेजु भवानीको अवतारका रुपमा जीवित देवीका रुपमा पुजिने कुमारीका केही फोटो-

मरिसकेपछि राप्रपा नेता रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर

Posted on October 3, 2012October 4, 2012 by Salokya

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पटक-पटक मन्त्री भएका रवीन्द्रनाथ शर्मा मरिसकेपछि भ्रष्टाचारी ठहर भएका छन्। उनलाई आज विशेष अदालतले पदको दुरुपयोग गरी गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको हो। अख्तियारले शर्माको गैरकानुनी रुपमा आर्जित सम्पति रु. ४ करोड ९५ लाख ५४ हजार ७०८।५७ भएको दावी गरे पनि विशेषले २ करोड २७ लाख ७६ हजार… Continue reading

२५९ वर्षपछि इन्द्रजात्रामा नयाँ चलन

Posted on October 3, 2012September 11, 2017 by Salokya

काठमाडौँमा इन्द्रजात्रा कहिलेदेखि मनाइयो भन्नेबारे यकिन बताउन कसैले सक्दैनन्। लिच्छवि कालदेखि नै मनाइएको हुनसक्ने विज्ञहरु बताउँछन्। तर इन्द्रजात्राका क्रममा हुने कुमारीको रथयात्रा कहिलेदेखि सुरु भयो चाहिँ ठ्याक्कै बताउन सकिन्छ। यो चलन काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएका हुन्। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार कुमारीको रथयात्राको चलन सन् १७५३ देखि चलाएका थिए। उनी आफै कुमारीको… Continue reading

जात्राको बेला लखेट्दै खुकुरी प्रहार, भिडतिर नाङ्गो खुकुरी नचाउँदै हिँड्ने को हो ?

Posted on October 2, 2012October 3, 2012 by Salokya

काठमाडौँमा इन्द्रजात्राको क्रममा कुमारीको रथयात्रा हुने बाटोमा एक युवकले अन्धाधुन्ध खुकुरी हानेको र भीडमा नाङ्गो खुकुरी नचाउँदै हिँडेको डरलाग्दो दृश्य सार्वजनिक भएको छ। माइसंसारलाई अज्ञात पाठकले यो भिडियो उपलब्ध गराएको हो। यस्तै भिडियो एभिन्युज टेलिभिजनले पनि प्रसारण गरेको छ। घटना कुन ठाउँमा र किन भएको र यसमा को-को संलग्न छन् भन्ने बारे केही थाहा हुन… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 162
  • 163
  • 164
  • 165
  • 166
  • 167
  • 168
  • …
  • 172
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme