Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

कंगोली केटा नेपालीमा फरर…

Posted on February 25, 2013February 25, 2013 by Salokya

नेपाली भाषा बोल्न सजिलो छ कि गाह्रो? विदेशमा शान्ति स्थापनाका लागि गएका नेपाली सुरक्षाकर्मीहरु बस्ने क्याम्प वरपरका मानिसहरुलाई उनीहरुले नेपाली भाषा मज्जैसँग सिकाएका हुन्छन्। केही अघिमात्रै साथी सुरेन्द्र पौडेलसहितका केही सञ्चारकर्मीहरु कंगो पुगेका थिए। त्यहाँ उनीहरुले वीरबहादुर तामाङलाई भेट्टाए। नेपाली भाषा फरर बोल्ने। घर बाह्रबीसे भन्दा रहेछन्। खासमा उनी कंगोली केटा रहेछन्। क्याम्पकै सुरक्षाकर्मीहरुले नेपाली… Continue reading

अमेरिकामा नेपाली दिदीमाथि श्रम शोषण : तलब र खाना कम, कुकुरको समेत टोकाइ

Posted on February 23, 2013March 21, 2013 by Salokya

अमेरिकामा बालबच्चाको हेरचाह गर्ने घरेलु कामदार नेपाली दिदी पेमा शेर्पामाथि वेस्टचेस्टर बस्ने एक दम्पतीले श्रम शोषण गरेको डरलाग्दो विवरणसहित मुद्दा परेको छ। न्युयोर्क डेली न्युज पत्रिकाले यसबारे विस्तृत विवरण प्राथमिकताका साथ छापेको छ। त्यसमा छापिए अनुसार शेर्पा दिदीलाई प्रति हप्ता १०५ घण्टासम्म काममा दलाइन्थ्यो, कुनै ओभरटाइम दिइन्थेन। त्यतिमात्रै हो र, तीखा तीखा दाँत हुने बुलडग… Continue reading

एक्लो छोरा जीवन-मृत्यु दोसाँधमा, बाबुआमाको कस्तो बेवास्ता कठै !

Posted on February 22, 2013February 22, 2013 by Salokya

पूर्व युवराज पारस शाह अचेत अवस्थामा बैँककको अस्पतालको बेडमा लडेको तीन दिन भइसक्यो। उनी जीवन-मृत्युको दोसाँधमा छन्। अस्तिसम्म पारसको बारेमा नानाभाँती गालीले भरिने माइसंसारका कमेन्टहरुमा उनीप्रति सहानुभूति झल्किएका कमेन्टको बाहुल्य छ। तर एक्लो छोराले मृत्युसँग संघर्ष गर्दैगर्दा बाबु पूर्वराजा ज्ञानेन्द्र शाह र आमा पूर्व रानी कोमल भने सिमरामा छुट्टी मनाउँदैछन्। बरु दाजु भेट्न साख्खै एक्ली… Continue reading

वैद्य माओवादीको सभामा पत्रकार युवराज घिमिरेले के भाषण गरे? अडियो सुन्नुस्

Posted on February 20, 2013February 21, 2013 by Salokya

वैद्य माओवादीले फागुन ८ गते गरेको नेपाल बन्द ‘जनयुद्धकालीन मुद्दा ब्युँताउने षड्यन्त्र’ दैलेख कान्डको विरोधमा हो भनी व्यापक पर्चा पोस्टरिङ गरेको थियो। दैलेख कान्ड पत्रकार डेकेन्द्रराज थापाको हत्याबाट उब्जिएको हो। यही बन्दका क्रममा पाटन, बानेश्वर र रत्नपार्क गरी तीन ठाउँमा आयोजित सभामा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्बोधन गरेको खबर सुनेर धेरै जना तीनछक्क परे। सामाजिक… Continue reading

चुनावी मन्त्रिपरिषद् साँच्चै नै बन्ला त?

Posted on February 20, 2013 by Salokya

-डा. होममूर्ति पन्त- “… यो बिशुध्द राजनैतिक प्रश्न भएकोले यसको निकास राजनैतिक तहबाटै खोजिनु पर्दछ र त्यसको निकास संबिधानभन्दा बाहिरबाट नभई संबिधान भित्रैबाट खोजिनु पर्दछ” भनेर मंशिर ९, २०६८ मा सर्बोच्च अदालतको निर्णय नं ८६६२ लेख्ने सम्माननिय प्रधान न्यायाधिश श्री खिलराज रेग्मी १०-२० जना नेताको सहमतिमा बन्नै लागेको चुनाबि मन्त्रिपरिषदको अध्यक्ष बन्ने बाताबरण बनिरहेको छ।… Continue reading

२४ घण्टा बितिसक्दा पनि पारसको होस खुलेन

Posted on February 19, 2013February 20, 2013 by Salokya

अपडेटः हिजो राति ह्रदयाघात भएपछि अस्पताल पुर्‍याइएका पूर्व युवराज पारस शाहको अझै होस खुलिसकेको छैन। पूर्व युवराज्ञी हिमानी आज बैँकक जाने भनिए पनि हिजै राति छोरी कृतिका बिरामी भएर नर्भिकमा भर्ना गर्नुपरेकोले गएनन्। एपेन्डिसाइटिस भएकोले हिजै राति उनलाई सिमराबाट काठमाडौँ ल्याइएको थियो भने आज अपरेसन गरिएको थियो। बुबा र आमा पूर्व राजा ज्ञानेन्द्र र कोमल… Continue reading

खिलराजले भो अब म बन्दिन भने रे, टाउके नेताहरु बन्दिनु परो भन्न बुधबार घरै जाने

Posted on February 19, 2013February 19, 2013 by Salokya

प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन दलहरुले सहमति गरिसके भने पनि अझै लिखित सहमतिमा हस्ताक्षर गर्न सकिरहेका छैनन्। आज भने उनले भो अब म बन्दिन भने रे भन्ने खबर आएको छ। जनआस्था सम्पादक किशोर श्रेष्ठले फेसबुकमा राखेको जानकारी अनुसार आजको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले-कांग्रेसका नेताहरुलाई खिलराज रेग्मीज्यूले ‘भो म अब बन्दिन… Continue reading

जेठ २२ मा चुनाव? संभव देखिन्न है !

Posted on February 19, 2013February 19, 2013 by Salokya

चार प्रमुख राजनीतिक दलको सिन्डिकेटले जेठ २२ गते बुधबार संविधान सभा व्यवस्थापिका संसदको निर्वाचन गर्ने सहमति गरेको खबर आएको छ। भन्नेले कति नकारात्मक सोच राखेको भन्लान्। तर के गर्नु, तित्राको मुखै बैरी भन्या जस्तो। फोहरको डंगुरमाथि बसेर अहा, क्या मीठो बास्ना आउँछ अब भनेर सोच्नु मूर्खता हो। बरु गन्ध नराम्रै आउँछ, त्यसबाट बच्ने के उपाय… Continue reading

४ दल प्राइभेट लिमिटेडको प्याकेज सहमति यस्तो

Posted on February 18, 2013February 18, 2013 by Salokya

देशको राजनीतिक अन्यौल हटाउन चार दल प्राइभेट लिमिटेड (माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा)ले तयार पारेको प्याकेज सहमतिको खाका यस्तो छ। यो प्राइभेट लिमिटेडको निर्णय सबैले मान्नुपर्ने बाध्यता हुनेछ। तर प्राइभेट लिमिटेडका अंशियारहरुबीच कुरा नमिलेकोले आजै यसमा हस्ताक्षर भने भइसकेको छैन। खासमा माओवादीले शान्ति प्रक्रिया र मधेसी मोर्चाले मतदाता नामावली र नागरिकताको विषय पनि टुङ्गो… Continue reading

यस्तो हुँदैछ एकमुष्ट सहमति

Posted on February 18, 2013February 18, 2013 by Salokya

प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने सहमति गरिसकेका माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा केही प्रमुख विषयमा एकमुष्ट सहमति गर्ने तयारी गरिरहेका छन्। संभवतः आज त्यस्तो सहमतिमा हस्ताक्षर हुनसक्छ। यसका लागि चार शक्तिका दुई दुई जना सदस्य रहेको कार्यदलले काम गरिरहेको छ। के के सहमति हुन लागेको छ त ? • प्रधान न्यायाधीश… Continue reading

सबको आँखा एमालेमा, रेग्मीको नेतृत्व लगभग निश्चित

Posted on February 15, 2013February 16, 2013 by Salokya

अपडेट (फेब्रुअरी १६): प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने अनौपचारिक सहमति दलहरुबीच भइसकेको र त्यसलाई शुक्रबार औपचारिकता दिइने भनिएको थियो। शुक्रबार दिनभर भाइको बिहेमा व्यस्त हुनुपरेको कारण देशमा के भइरहेको छ केही पनि थाहा भएन। आज बिहान यसो समाचार हेर्दा त कुरा जहाँको तहीँ रहेछ। एमाले केन्द्रीय समितिको बैठकले केही निर्णय गर्न नसकेका कारण शुक्रबारको चार… Continue reading

खिलराज रेग्मी बन्लान् त ?

Posted on February 14, 2013February 14, 2013 by Salokya

माओवादीको प्रस्ताव अनुसार प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी परिषद् बन्न संभव छ कि छैन ? आज नेपाली कांग्रेसले औपचारिक निर्णय गरेर एउटा दिशा लिएको छ। एमाले केन्द्रीय कमिटीको औपचारिक निर्णय आउन बाँकी छ। त्यसो त टाउके नेताहरुले अस्ति नै यो विषयमा सहमति गरिसकेको भनिए पनि पार्टीहरुबीच आन्तरिक छलफलका क्रममा विरोधका आवाज उठेपछि तत्काल सहमति… Continue reading

किन पछि हट्न बाध्य भयो सरकार?

Posted on February 13, 2013February 13, 2013 by Salokya

इतिहासमै कुनै सरकारले गर्न सकेको एक सिलिन्डरमा ६३० रुपियाँको मूल्यवृद्धि गरी क्रान्तिकारी छलाङ लगाएको सरकार २४ घण्टा पनि नबित्दै पछि हट्न बाध्य भयो। एकैछिन अघिसम्म मूल्यवृद्धिले सर्वसाधारण उपभोक्तालाई असर पर्दैन भनी ट्विट गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले आवश्यक पूर्व तयारी नभएकोले अर्को व्यवस्था नभएसम्म यो दोहोरो मूल्य स्थगित भएको ट्विट गर्न पुगे। आखिर किन? वास्तवमा यो… Continue reading

ग्यासको भाउमा रु ६३० को ‘क्रान्तिकारी छलाङ’

Posted on February 12, 2013February 13, 2013 by Salokya

अपडेटः चौतर्फी विरोधपछि सरकारले मूल्यवृद्धि तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ। बिहानैदेखि यसको विरोधमा विद्यार्थीहरु उत्रेपछि राजधानीका सडकहरुमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो। सहरी उपभोक्ताहरुको भान्सामा नभई नहुने वस्तु खाना पकाउने ग्यासको भाउमा सरकारले क्रान्तिकारी छलाङ मारिदिएको छ। सरकार फेर्ने कुरा चलिरहेको बेला झ्याप्प लाएर एकै सिलिन्डरमा ६३० रुपियाँ भाउ बढाइएको हो। यति धेरै रुपियाँले… Continue reading

प्रधानमन्त्री बिनाको निर्दलीय शासनमा सहमति खोज्दै

Posted on February 12, 2013February 12, 2013 by Salokya

अहिले दलहरुबीच लामो समयदेखि विद्यमान राजनीतिक संकटको हल खोज्ने विषयमा सहमति खोजिँदैछ। दलहरुले एकअर्कालाई नमान्ने भएपछि अहिलेको स्थिति कुकुरको झगडामा न्यायाधीश बन्ने बाँदरले रोटी उछिट्याएको सानैमा हजुरआमाले सुनाएको कथा जस्तै बन्ने देखिएको छ। याद होला नि तपाईँहरुलाई पनि त्यो कथा- दुई कुकुरले एउटा रोटी भेट्टाउँछन्। रोटी बराबरी भाग लगाउने विषयमा कुरा नमिल्दा उनीहरु न्याय खोज्न… Continue reading

अस्ट्रेलियामा देखिएको नेपाली ‘वीरता’

Posted on February 11, 2013February 11, 2013 by Salokya

वीरताको चिनो, वीरको सन्तान…लगायत नेपाली वीरताका गीतहरु थुप्रै छन्। शायद् यस्तै गीत सुनेर रगत उम्लिएका एक नेपाली विद्यार्थीले पराई भूमिमा उल्टो खालको वीरता देखाउँदा आफै संकटमा परेका छन्। माथि फोटोमा देखिएका ‘वीर’को नाम सञ्जय पन्त हो। गएको हप्ता उनले सिड्नीको पार्क भ्यु होटलमा देखाएको तान्डव हो यो। र, यसलाई होटलको सिसिटिभीले खिचेको हो। कम्ता उपद्रो… Continue reading

धत् फटाहा माओवादी ! खै लाज ?

Posted on February 10, 2013February 11, 2013 by Salokya

देशमा राजनीतिक अन्यौल त छ नै, त्यसमाथि नेताहरुले जे बोल्दिँदा पनि हुने भएको छ। नेताहरु घरी एकथोक बोल्छन्, घरी त्यसैलाई खण्डन गर्छन् वा जोक गरेको भनेर उडाउँछन्। बोलीको टुङ्गो नै नभएका यस्ता नेताहरुलाई हामीले झेल्नुपरिरहेको छ। हिजैमात्र हेर्नुस् न, माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग शीर्ष नेताहरुको वार्तापछि शितल निवासबाट बाहिर निस्कँदा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने… Continue reading

दुबईमा नेपालीलाई यौन दुर्व्यवहारको आरोप

Posted on February 10, 2013February 10, 2013 by mysansar

महिला हिंसासम्बन्धी खबरहरु देशका विभिन्न भागबाट लगातार आइरहेकै बेला विदेशबाट पनि त्यस्तै एउटा खबर आएको छ। दुबईबाट आएको यो खबरमा यौन दुर्व्यवहार त्यहाँ पुगेका एक नेपाली कामदारले गरेको आरोप लगाइएको छ। आरोप लगाउने युवती भने फिलिपिनो हुन्। ‘गल्फ न्युज’ले जनाए अनुसार २२ वर्षकी फिलिपिनोले आफू काम गर्ने रेस्टुरेन्टमा ३३ वर्षका नेपाली कुकले फकाउने, ठाउँकुठाउँ समात्ने… Continue reading

बाबुरामले सरकार छाड्ने? नचिताउनुस्

Posted on February 8, 2013 by mysansar

माओवादीले महाधिवेशनपछि नयाँ फर्मूला ल्याएर चुनावी सरकार बनाउन आफूले सत्ता छाड्छन् भन्ने धेरैले सोचेका थिए। त्यहाँमाथि प्रचण्डले महाधिवेशनको उदघाटनमै अब कांग्रेस र एमालेले अस्वीकार गर्नै नसक्ने सहमतिको नयाँ फर्मूला ल्याउने भनेपछि सबैले के होला त्यस्तो भनेर अनुमान गर्न थालेका थिए। फर्मूला रहेछ बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने। विपक्षीहरुले आज गरेको आमसभामा त्यसको विरोध गरे। बाहिर-बाहिर सरकार… Continue reading

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?

Posted on February 8, 2013 by mysansar

अहिले नेपालको राजनीतिमा विपक्षी सत्तापक्षको खेलौना भएको छ। सत्तामा रहेको माओवादीले एउटा प्रस्ताव फ्याँक्छ, विपक्षीहरु त्यसैमा प्रतिक्रिया जनाउँदै बस्छ। अहिले फेरि प्रचण्डले एउटा नयाँ प्रस्ताव फ्याँकेका छन्- बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावी नेतृत्वको सरकार बनाउने। आन्दोलनरत विपक्षी पार्टीहरुले यो प्रस्तावबारे पार्टी कै बैठक बसी संस्थागत निर्णय गर्न बाँकी छ। एक लाख उतार्ने भनिएको आजको काठमाडौँको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 162
  • 163
  • 164
  • 165
  • 166
  • 167
  • 168
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme