Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवाको फोटो टाइम्स अफ इन्डियाले माफी नमागी हटायो, तर अझै धेरै साइटमा ‘र’ प्रमुखका रुपमा कायमै

Posted on December 29, 2012December 29, 2012 by Salokya

(अपडेट : डिसेम्बर २९) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई भारतीय जासुसी संस्था ‘र’ प्रमुख आलोक जोशी भन्दै फोटो राख्ने भारतको सबैभन्दा बढी बिक्ने पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले आफ्नो समाचारबाट फोटो हटाएको छ। यहाँ हेर्नुस्। यति ठूलो गल्ती गर्दा पनि उसले माफी भने मागेको छैन। बरु सुटुक्क फोटो हटाइदिएको छ। त्यसैगरी भारतकै अर्को साइट ब्यानकिङअवेयरनेसले चाहिँ फोटोमात्र हैन न्युजै अनलाइनबाट हटाइदिएको छ। यहाँ हेर्नुस्। त्यो साइट बैँक परीक्षा दिनेहरुलाई सहयोग गर्न बनाइएको साइट हो। अर्को भारतीय टेलिभिजन च्यानल वन न्युजको साइटले भने अझै पनि शेरबहादुर देउवा लेखिएको फाइल नेम भएको फोटो आफ्नो समाचारमा राखेर आफ्नै बेइज्जत गर्ने क्रम अझै जारी राखेको छ। यहाँ हेर्नुस्। अरु भारतीय साइटहरुमा पनि देउवा कै फोटोलाई आलोक जोशी भनेर चिनाइएको फेला परेको छ। हेर्नुस् सूचि

यति धेरै साइट कसरी हावा भएका ?

इन्डियन डिफेन्स रिसर्च विङको साइटमा हेर्नुस्
कास्मिर मनिटरको साइट हेर्नुस्। यसमा त झन् पहिलो मुस्लिम जासुसी प्रमुख शीर्षकमा देउवाको फोटो राखिएको छ।
बंगाली पत्रिका जुगन्तरमा हेर्नुस्। यहाँ पनि देउवाको फोटो प्रयोग भएको छ।
मलयालम साइट डुलन्युजमा पनि देउवाकै फोटो राखेर आलोक जोशी भनिएको छ।
यो बंगाली साइटमा पनि देउवाको फोटोलाई आलोक जोशी भनिएको छ।
यो अर्को बंगाली साइट नूतनखोबोरमा पनि देउवाकै फोटोलाई आलोक जोशी भनी चिनाइएको छ।
हुँदाहुँदा यो मलयालम साइट मातृभूमि डट कमले पनि देउवालाई चिनेन। अर्काको देशको पूर्व प्रधानमन्त्रीलाई त चिनेन, चिनेन, आफ्नै देशको मान्छेलाई चिन्नु पर्दैन। बेइज्जतिहरु !
मलयालमन्युजमा पनि उस्तै।
हे भगवान, कर्नाटक पुलिसको नाम राखिएको साइटमा पनि देउवाकै फोटो पो छ त !
इस्टकोस्टडेलीमा पनि देउवाकै फोटो छ आलोक जोशी भन्दै।
***************
पुरानो ब्लग (Dec 26, 2012 @ 11:17)

भारतीय जासुस प्रमुखको अनुहार हेर्नुस्

भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालिसिस विङ्ग (र) का प्रमुख आलोक जोशी कस्ता देखिन्छन् ? भारतीय मिडियालाई विश्वास गर्ने हो भने ठ्याक्कै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाजस्तै देखिने रहेछन्। टाइम्स अफ इन्डियादेखि टेलिभिजन च्यानलले समेत देउवाको जस्तै देखिने अनुहारलाई ‘र’ प्रमुख आलोक जोशी भनेर चिनाएका छन्। नपत्याए हेर्नुस्।


यो समाचार टाइम्स अफ इन्डियाले नोभेम्बर २७ मा नै हालेको हो। हिजैदेखि ट्विटर र फेसबुकमा यसबारे चर्चा चुलिए पनि उसले अझैसम्म यसलाई सच्याएको छैन। यहाँ क्लिक गरी हेर्नुस्।

टाइम्स अफ इन्डियामात्र हैन च्यानल वन न्युजले पनि देउवाकै फोटोलाई प्रयोग गरेको भेटिएको छ। हेर्नुस्-

 

हेर्नुस् यो अर्को समाचार जसमा देउवालाई आलोक जोशी भनिएको छ-

40 thoughts on “देउवाको फोटो टाइम्स अफ इन्डियाले माफी नमागी हटायो, तर अझै धेरै साइटमा ‘र’ प्रमुखका रुपमा कायमै”

  1. Roshan says:
    December 30, 2012 at 8:52 am

    मैले देउवा को वाल मै यो issue पोस्ट गर्दा त कुनै reaction आएयन….

    Reply
    1. mahesh says:
      December 30, 2012 at 5:52 pm

      रोशन जी
      देउबा लाइ नेपाल को भूपू प्रम भन्दा गल्ति ले भए पनि र को प्रमुख बनेर फोटो आएको मा गर्व होला, अनि के दिन्थ्यो त प्रतिक्रिया!

      Reply
  2. मणि says:
    December 30, 2012 at 6:23 am

    यो खबर महिनौ दिन सम्म पनि प्रचारमा हुन्जेल पनि स्वय देउबाले यसबारे केहि बोलेका छैनन| लौ देउबाले पत्तो पाएका छैनन् रे मानौ, देउबा लाइ थाहा भएन तर छेउबा हरु यो ब्लग पढ़िरा होलान त? भा(र)ते हरु! धर्तीका बोझ!

    Reply
  3. Rijan Thapa says:
    December 30, 2012 at 3:01 am

    अहिले केहि गरि शेर बहादुर को ठाउँ मा बाबुराम को फोटो भए || भाडा का टट्टू हरु लाइ क्या मसला हुन्थ्यो || कता गए उफ्री उफ्री कमेन्ट गर्ने माओबादी, कांग्रेस, एमाले का चाटुकार हरु ||

    Reply
  4. सुरज says:
    December 29, 2012 at 5:38 pm

    बल्ल फोटो हटाएर मोरेछ अपरान्धि हरु कहीं को !

    Reply
  5. topenath says:
    December 29, 2012 at 1:32 am

    यो गल्ति होइन यो सत्य नै हुनु पर्छ . कारण एक कसरि शेर बहादुर देउवा को फोटो attach हुन गयो? या त कसैले computer hack गरेको हुनु पर्छ नत्र शेर बहादुर को फोटो समाचार update गर्ने को hard disk मा कसरि बस्यो.
    या त हुन सक्छ शेर बहादुर नै एजेन्ट हो र गल्ति ले फोटो राख्नु नहुने राखिन पुग्यो. जसरि भएपनि यो एकदम रहस्यमय छ किन नि येदि गल्तिनै भएपनि news updater को hard disk ma के कसरि किन देउवा को फोटो पर्न गयो?
    अर्को एस्तो गम्भीर कुरा मा देउवा आफै अनि पार्टी अनि सरकार को तर्फा बाट किन आपत्ति हुदैन? बिषय गम्भीर छ

    Reply
  6. Rai Narhang says:
    December 28, 2012 at 10:33 pm

    तस्बिर त देउपा कै हो, “र” का एजेन्ट हो या होइनन् उनैले खण्डन गरुन | तर अचम्म लाग्छ अहिले सम्म किन कुनै खण्डन वा प्रतिक्रिया दिदैनन देउपा ??????????

    Reply
  7. prem says:
    December 28, 2012 at 3:16 pm

    Sher Bdr Deuba is American agent as he was recruted by for USAs ambassador Julia Chang Blok. Baburam Bhattarai is chief contact person for RAW and was recruted through Prof Munni.

    Reply
  8. Ashes says:
    December 28, 2012 at 1:59 pm

    This is planned. http://channelone.co.in/indiaimage/big/1353905959_sher_bahadur-ddeuba.jpg Check this link like Suraj mentioned above. It clearly indicates the Indian media are using Sher Bahadur Deuba’s picture in the name of Ashok Joshi. But why is Mr Deuba not speaking a word, it is a big controversy. He is Ex-prime minister of Nepal. हैन क सारो हेप्या हौ हामी नेपाली लाइ

    Reply
    1. Ashes says:
      December 28, 2012 at 1:59 pm

      Should be Alok joshi not Ashok Joshi 🙁

      Reply
  9. Rai Bhojpure says:
    December 27, 2012 at 1:15 pm

    अदृश्य रुपमा त लगभग सबै नेपालका नेताहरु भारतीय जासुस नै हुन् नि होइन र ?
    राई,भोजपुरे |

    Reply
  10. Kamal says:
    December 27, 2012 at 9:46 am

    साच्चि नै येस्तरी ठ्याक्कै मिल्ने मान्छे हुँदा रहेछन कि क्या हो ? या त पलास्टिक सर्गारी गरेका शेर बहादुर हुन् चाहे जे होस् यो जसले गरेको भएपनि बिना कुनै कारबाही फुत्कन नपाओस कि नभए जुन पत्रिकाले यो गरे पनि गल्ति जानेरै गरेका हुन् येअस्ता गल्ति भुल ले हुँदैनन् अबस्य यो कर्म को सजाए माफ त पक्कै माग्नै पर्छ. तर कानुनि हिसाबले पनि एस्तो नलाएक गल्ति गर्ने माथि गतिलै सजाय हुनु पर्छ

    हैन यो किन गर्दैछन भारतले हेप्ने पनि कति सम्म भारत वोरी परिका सबै छिमेकी लाइ जे गरेपनि हुने कि ?

    खै देउबा जी ले कुनै प्रतिक्रिया गरेकी गरेका छैनन् ?

    Reply
  11. Roshan Sharma, Australia says:
    December 27, 2012 at 8:21 am

    पर्दा खोलिदिनु भएकोमा सालोक्य जी धन्यबाद !
    यदि यो गल्ति हो भने ‘देउवा’ ले प्रतिक्रिया दिनु पर्ने हैन र !
    देउवा कतै न कतै ‘pay list’ मा हुनु पर्छ/ नत्र, त्यस्तो, असामान्य गल्ति कसरि हुन सक्छ ?

    तर पनि देउवा को र प्रचण्ड को सम्बन्ध नजिकिएको देख्दा लग्छ “दाल मे कुछ कला हे ” !

    Reply
  12. महेश्वर श्रेष्ठ says:
    December 27, 2012 at 8:15 am

    देउबा ले नै भन्नु पर्ने होइन र मेरो फोटो किन पोस्ट गरेको भनेर ? देउबा किन चुप छ त्यो नै रहस्यको बिषय भएन र ?

    Reply
  13. शशांक लामा, न्युयोर्क says:
    December 26, 2012 at 11:11 pm

    देशमा चर्चा नभए पनि बिदेशमा त चर्चा भए नि देउवा ! उनलाई त फाइदै भयो ! यहि चर्चामा टेकेर सहमतीय सरकारको प्रधानमन्त्री त हुने हॊइन! असम्भव भन्ने केहि छैन!

    Reply
  14. Nikhil says:
    December 26, 2012 at 10:11 pm

    यो त डन movie मा जस्तो पो भयो त ?

    Reply
  15. Gaurab Nepali "Oodaaseen" says:
    December 26, 2012 at 9:20 pm

    नेपालका प्रधानहरु सबै आलोक जोसी हुन् भन्न खोजियको हो !

    Reply
  16. sulav tim says:
    December 26, 2012 at 8:30 pm

    संसारमा एउतै अनुहार भएका तिन जना मान्छे हुन्छन भन्ने हल्ला सुनेको थए जवानमा. अब देउवाको दोस्रो रुप त देखियो अब तेस्रो भेट्टाउनेलै पुरस्कार दिने हो भने त्यो पनि भेटिन्न छ भन्ने विश्वास मलाई लग्न थाल्यो.”just a joke” sachikai huna pani k ber 😛 who knows? तर मेरो बिचारमा नि तेस्रो देउवा चै कतै भेटिन्न किनकि उनि भित्र नै अर्को रुप पनि लुकेको छ. दुइजिब्रे नेताहरु. उनीलाई मात्र भन्न खोजेको होइन धेरै नेता को तेस्रो रुप कतै भेटिन्न.

    Reply
    1. विष्णु says:
      December 30, 2012 at 8:42 am

      सुलभ जी, बधाई छ। सिर्जनात्मकताको हिसाबले मलाई तपाईंको कमेन्ट माइसंसारमा हालसम्म पढेका उत्कृष्ट कमेन्टहरूमध्येको एक लाग्यो।

      Reply
  17. Ashok says:
    December 26, 2012 at 6:27 pm

    RAA को मान्छे को सक्कली अनुहार लुकाउन यो प्रयोग गरेको हुन सक्छ, नेपाली काँग्रेस ले एसको खोजि गर्नु पर्छ , या त देउबा RAA को सदश्य हुनु पर्छ वा देउबा को फोटोको प्रयोग हुन सक्छ, यो दुवै कुरा संकाभित्र पर्छ . आहिले भर्खर एसको खोजि भयनभने पनि हामीले दिमाग मा राख्न जरुरि छ _

    Reply
  18. Ankit says:
    December 26, 2012 at 6:02 pm

    अनी देउबा uncle क भन्नु हुन्छ त यो बारेमा ?..मिडियाको चरम लापरवाही हो जानी जानी यो न्युज बनाएको हुनुपर्छ .

    Reply
  19. kisaan Thapa says:
    December 26, 2012 at 5:53 pm

    मुद्दा हाल शेरु अब त्यो पत्रिका को बिरुद्ध /

    Reply
  20. Rajan says:
    December 26, 2012 at 5:26 pm

    बोलि सुनेर हेरौ न .. भक भक गर्छ कि गर्दैन… थाहा भैहाल्छ .

    Reply
  21. Lohani Indra says:
    December 26, 2012 at 5:23 pm

    यस पछिको RAW Chief को चाहिं बाबुराम भट्टराईको जस्तै अनुहार मिल्न जानेछ भनेर दिल्लीको ज्योतिषीले भनि सक्यो रे नि त.

    Reply
  22. Luna says:
    December 26, 2012 at 5:10 pm

    छबि लाल उर्फ प्रचण्ड हुन सक्छन् भने शेर बहादुर उर्फ आलोक जोशी भएर काम
    गरेका पो हुन् कि
    या
    भारतको ट्याक्टिस पो हो कि ऐले नेपालको रास्ट्रपति उता गाको बेलामा यताको
    मिडियाको ध्यान अरु तिरै खिच्न जानी जानी यसो गरेको पो हो कि !
    होईन भने नेपालको भू पू प्रधान मन्त्रि जस्तो व्यक्तिको फोटो त्यसरी प्रयोग गर्नु
    नपर्ने हो !? यो हद सम्मको लापरबाहीलाई अब हाम्रा मिडियाले सहज रुपमा
    नलेलान् भनेर नै पो यसरी हाम्रा मिडियाको ध्यान यता खिच्न यसो गरेको त हैन ?

    Reply
    1. dor prasad says:
      December 26, 2012 at 10:56 pm

      देउबा त अमेरिका सुप्पोर्टर भन्थे त बा !!

      Reply
  23. SURENDRA SUBEDI hongkong says:
    December 26, 2012 at 4:36 pm

    देउवा जी कहिले बाट “र” क सदस्य भएका हुन् ए राता मकै?बल्ल ठुलो पोस्ट मा काम मिलेछ/ अब मलाई प्रधानमन्त्रि बनाउने कसरत गरि दिने हो कि देउवा जी?

    Reply
  24. रबिन्द्र राज गिरी says:
    December 26, 2012 at 3:51 pm

    हामीले यो कुरालाई हाँसो-ठट्टाको रुपमा लिन्छौं | तर यो सबै सुनियोजित रुपमा नै गरिएको हो भन्ने मेरो पूर्ण बिश्वास छ |

    Reply
    1. रबिन्द्र राज गिरी says:
      December 26, 2012 at 3:57 pm

      खुराफाती गर्ने काममा उनीहरुलाई कसले भेट्न सक्छ र |

      Reply
  25. deven says:
    December 26, 2012 at 3:44 pm

    हुन सक्छ . हामी नेपाली लै को को भारतीय जासूस हो कहाँ थाहा हुन्छ र… बल्ल देखियो… अझ को को के के हुन् हेर्दै जाम

    Reply
  26. Harish says:
    December 26, 2012 at 3:28 pm

    हैन साच्चै हो कि क्या हो??

    Reply
  27. सुभाष सिद्धि उदास says:
    December 26, 2012 at 3:18 pm

    जनान्दोलन (२०४६) ताका बेलायतमा बस्नेको नाम शेर बहादुर देउजा भन्थे. हाल कान्तिपुरको बुधानीलकंथमा बस्ने चाहिं उही नामको ‘देउबा’ रहेछ. ती बेलायतमा हराउने मान्छे नै माथिको फोटोमा ‘आलुको झोसी’ भनेर नयाँ नाम दिएको त होइन ?

    Reply
  28. manish says:
    December 26, 2012 at 2:58 pm

    हुन त देउबा नै हुन्. कहीं इंडिया ले पहिले देखि नै उसैलाई जासुस मा भर्ति गरेका त हैन. Secret नाम देउबा. इंडिया मा भर्ति गर्दा चाही आलोक जोशी नै नाम थियो कि खै के थाहा यी नेताहरुको के भर.. तर धोति मित्रले चाही पेलेकै हुन् नेपाल लै..

    Reply
  29. सार्थक says:
    December 26, 2012 at 1:46 pm

    हैन देउवा नै हो कि क्या हो ? हुन पनि के बेर?

    Reply
  30. सुरज says:
    December 26, 2012 at 1:36 pm

    काले साले भाले हरुले फेरी निहुँ खोज्न थालेको जस्तो छ , यो समाचारको राजनीतिक अतिरन्जना हुन्छ अब हेर्दै जानु , च्यानेल वन को फोटो मा राईट क्लिक गरेर हेर्नुस यो डिटेल देखिन्छ : ” http://channelone.co.in/indiaimage/big/1353905959_sher_bahadur-ddeuba.jpg ”
    तैपनि जानी जानी हेप्ने र चेप्ने मनसाय ले यो न्युज बनाएको देखिन्छ , हेरौं नेपाली मेडिया ले यसमा कत्तिको साथ दिने हो यिनलाई ???

    Reply
  31. शान्तिप्रेमी says:
    December 26, 2012 at 12:53 pm

    यो त मिडियाको चरम लापरवाही हो । च्यानल वान न्यूजले (http://channelone.co.in/India/asif-ibrahim-to-be-the-next-chief-of-ib-997.html) त फोटोको फाइल नेममा नैं प्रष्ट शेरवहादुर देउवा (1353905959_sher_bahadur-ddeuba ) हुँदा हुँदै पनि आलोक जोशी भनेर राखेछ ।

    Reply
  32. bibek dhakal says:
    December 26, 2012 at 12:19 pm

    हाम्रो देउबाज्यु सानो हुदा आफ्नो दाइ संग कुम्भ को मेला मा त जानु भाको थिएन ?

    Reply
  33. Surya says:
    December 26, 2012 at 12:14 pm

    कुम्भको मेलामा हराएको देउबाको जुडुवा भाई होला.

    Reply
  34. अनिल says:
    December 26, 2012 at 12:06 pm

    बोलि त दुइ जिब्रे छ नाम पनि दुइ ओटा हुन क बेर

    Reply
  35. rabin says:
    December 26, 2012 at 11:33 am

    यी त देउबाको जुड्वा पो रहेछ!!! साएद हाम्रा देउबालाई नै थाहा छैन होला!!! भनेपछि अब नेपालमा देउबाको दिन आउन थालेछ की कसो !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme