Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्व ध्वस्त पार्न आतुर हल्लाखोरहरु

Posted on December 7, 2012December 7, 2012 by Salokya

विश्व ध्वस्त हुने भविष्यवाणी यसअघि पनि कयौँ पटक नचलेका हैनन्। ती भविष्यवाणी साँचो भइदिएको भए यतिबेला न मैले यस्ता अक्षर टाइप गरिरहेको हुन्थेँ, न तपाईँले यो सब मुसुमुसु हाँसेर पढिरहनुभएको हुन्थ्यो। तैपनि त्यस्ता हल्लाहरु हुन छाड्दैनन्। पछिल्लो पटक डिसेम्बर २१ मा विश्व ध्वस्त हुने हल्ला व्यापक छ। हुँदाहुँदा अब त मिडिया पनि हल्लाखोर भएर मान्छे तर्साउने काममा लाग्यो बा…!

बिहानै एक जना साथीले आफ्नो वेबसाइटको लिङ्क राखेर ट्विट गरे- संसार ध्वस्त हुन दुई साता बाँकी !!!!! प्रधानमन्त्रीले समेत संसार ध्वस्त हुने भविष्यवाणी गरेपछि नागरिकमा त्रास।

संसार ध्वस्त हुन दुइसाता बाँकी !!!!!प्रधानमन्त्रीले समेत संसार ध्वँस्त हुने भविष्यबाँणी गरेपछि नागरिकमा त्रास ।dainikpatrika.com/2012/12/world-…

— Teknarayan Bhattarai (@PalpaTek) December 7, 2012

धत्, यस्तो वाहियात कुरा पनि गर्ने हो भन्दा उनले लौ यो त कान्तिपुर एफएमको साइटमा भएको न्युज पो हो त भने। आम्मै, हो र भन्या, कान्तिपुर एफएम जस्तो मिडियाले नि यस्तो खबर अनलाइनमा राख्छ ?

हेरेको त हो रहेछ। संसार ध्वस्त भएरै छाड्ने: अस्ट्रेलियाली प्रधानमन्त्री शीर्षकमा समाचार छापिएको रहेछ त्यहाँ। समाचार पढ्न यहाँ क्लिक गर्नुस्।

लौ न यो के भएको भनेर ट्विट गर्दा यस्तो जवाफ आयो-

@salokya साभार: aunepal.com अन्लाईनमा यसो रोचक प्रसँग हाल्ने गरेका हौँ .. रेडियोमा बजाउने गरेका छैनम 🙂

— Rubina shrestha(@Rubz_runa) December 7, 2012

लौ यो आतंकको स्रोत त त्यो साइट पो रहेछ। कान्तिपुर एफएम जस्तोले आफ्नो साइटमा साँचो हो कि हैन परीक्षण नगरी यस्ता समाचार रोचक प्रसंगको नाममा हाल्नु कति उपयुक्त हो, त्यो उनीहरुले नै निर्णय गर्लान्। हामी स्रोततिर लागौँ। AUnepal.com भनेको अस्ट्रेलियाका समाचारहरुलाई प्राथमिकता दिने साइट रहेछ। त्यहीँ बसेका नेपालीहरुले चलाएका हुन् कि त्यहाँका नेपालीले नेपालतिर ‘खेताला’ लगाएर चलाइरहेको साइट हो, अबाउट अस र कन्ट्याक्ट असमा केही नलेखिएको भएर थाहा हुन सकेन। कान्तिपुर एफएमलाई अस्ट्रेलियातिरको समाचार देखिने भएर सही समाचार नै राखिएको जस्तो भयो होला।

के लेखिएको छ त समाचारमा ?

संसार ध्वस्त भएरै छाड्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको दाबी
सिड्नी, ७ डिसेम्बर (एयुनेपाल) अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गर्नुभयो । संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो अवश्य नास हुने गिलार्डको भनाइ छ ।
यसैबीच संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ । माया पात्रोका अनुसार डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुन्छ । एयुनेपालको साइटमा यसरी छापिएको थियो हेर्नुस्

यो समाचारसँगै हेर्नुहोस् गिलार्डको भिडियो सन्देश भन्दै यो भिडियो पनि राखिएको छ-

खासमा कुरा चैँ के हो त ?

अब यो समाचार हेर्दा मान्छेलाई के लाग्छ ? आम्मै अस्ट्रेलियाको प्रधानमन्त्रीले समेत यस्तो भनेछ है। भनेपछि साँच्चै ध्वस्त हुने त होला। आतंकै मच्चिन्छ नि। तर यो समाचारमा एउटा प्रमुख कुरा छुटाइएको छ। त्यो के हो भने जुलिया गिलार्डको त्यो भिडियो spoof भिडियो अर्थात् प्यारोडी भिडियो हो। यहाँ क्लिक गरी हेर्नुस्, विश्वका विभिन्न मिडियाले यसलाई समाचार बनाउँदा यो प्यारोडी भिडियो हो भनेर स्पष्ट उल्लेख गरेका छन्।

वास्तवमा यो एउटा रेडियो स्टेसनको ब्रेकफास्ट शोको प्रचार अभियानको एउटा अंश मात्रै हो। प्रधानमन्त्री गिलार्डका प्रवक्ताले समेत ‘वर्षको अन्त्यमा हसाउँन खोज्या हो, अरु केही हैन’ भनेका छन्। यो सब कुरालाई लुकाएर प्यारोडी कुरालाई साँच्चिकै झैँ प्रस्तुत गर्नेको मनसाय के हो त ?

ट्विटे सुवास अधिकारीको विचार यस्तो छ-

@salokya @palpatek साच्चै मान्छेलाई मर्न कति डर लागेको नि। बेकाम मा नचाहिदो भ्रम फैलायो आफु पनि तर्स्यो अरुलाई झन् तर्सायो। काम नपाका हरु।

— सुबास अधिकारी(@me_subas) December 7, 2012

हल्लाखोरहरु अरु तिर नि छन्
यस्ता हल्लाखोरहरुले अहिले फेसबुकतिर पनि खुब आतंक फैलाउन खोजेका छन्। फेसबुकतिर यस्तो मेसेज सेयर भइरहेका छन्-

NASA America predicts total blackout on Earth from 22-25 Dec 2012 during alignment of Universe. If possible, please avoid traveling during the third week of December 2012 as all modes of communication may fail. US scientists predict total darkness on planet earth for 3 days from Dec 22 2012. It is NOT the end of the world, it is just an alignment of the Universe, where the Sun and the earth will align for the first time. All planets are expected to align in a straight line as a result of which there could be some natural calamities on Earth. The earth will shift from the current third dimension to zero dimension, then shift to the 4th dimension. During this transition, the entire Universe will face a big change, and we will see an entire brand new world. The 3 days blackout is predicted to happen on Dec 22, 23, 24, 2012.... So do good be good live for the present enjoy life.

मान्छे कुरा बुझ्नु न सुझ्नु यस्तै मेसेजलाई सेयर गर्दै हल्ला फैलाइरहेका छन्। अझ केही अघि त सीएनएनको सिटिजन जर्नलिज्म साइट (जहाँ जसले पनि जे पनि न्युज राख्न सक्छ) लाई कोट गरेर तर्साइरहेका थिए। यसमा अमेरिकाको नासाको कुरा ल्याइए पनि नासाले त्यस्तो कुनै भविष्यवाणी गरेको छैन।

नासाले त सन् २०१२ मा विश्व किन ध्वस्त हुँदैन भनेर तर्कसहितको आर्टिकलै राखेको छ। हल्लाखोरहरुले एक पटक यो पढौँ-
Beyond 2012: Why the World Won’t End

total blackout of planet,” “alignment of the universe,” “shift from the current third dimension to zero dimension,” जस्ता कुराहरु वाहियात हल्ला बाहेक केही हैनन्। यो पनि हेर्नुस्।

केही मानिसलाई विश्व ध्वस्त पार्न आतुरी भएको छ। चाहे साँच्चिकै होस् वा नहोस्। भगवान त्यति मूर्ख छैनन्, यस्ता पापीहरुलाई यति सजिलै मृत्यु दिन। हामी पापी मान्छेहरुले बाँचेरै अझै धेरै समय ‘नर्क’ भोग्नुपर्नेछ, सर्टकट बाटो छैन हजुर 🙂

39 thoughts on “विश्व ध्वस्त पार्न आतुर हल्लाखोरहरु”

  1. धन बहादुर तमाङ (DBLTAMANG) says:
    December 11, 2012 at 9:25 pm

    ढुक्क हुनुहोस् २०१२ १२ २१ का दिन केही हुनेवाला छैन हिजो जस्तो थियो भोली त्यस्तै हुने छ प्रीथ्विमा जे जती परिवर्तन हरु भए सबै एक्कासी भएको होइन। चलेको हल्ला साचो हो भने केही न केही सङ्केत पहिले नै देखिनु पर्थ्यो । अस्ती नै ताका कलंकीको पुलतिर २/४ जना क्रिस्चियनिस्टहरु बाटो छेकी छेकी भन्दै थिए सुन्नुस् न हजुरलाई २०१२ को बारेमा के थाहा छ ? थाहा छैन भन्दा जवाफ आउथ्यो २०१२ १२ २१ का दिन संसार ध्वस्त हुँदै छ। हाम्रो कुरा सुन्नुभो भने तपाईं बच्नुहुनेछ के हो त भन्दा प्रभुलाई मान्नुस् बाइबल पढेर प्रार्थना गर्नुस् के के हो के सुन्नै सकिन र म हिंडे । पाए सम्म म सबै धर्मको किताब पढ्छु यस्ले ज्ञान दिन्छ तर धर्मको बिज्ञापन गर्दैन कतै यो हल्ला पनि …….ले गरेको होइन । आफ्ना अनुयायिहरु बढाउन । ! म कुनै पनि धर्मको बिरोधी पक्कै होइन मैले त आफुले भोगेको कुरा मात्रै गरेको सायद म जस्तै अरु पनि होला।

    Reply
  2. gobinda says:
    December 10, 2012 at 11:23 pm

    जन्मेपछि मर्नु पर्छ भन्ने कुरा धुर्ब सत्य छ , हामीमा प्रकृतिलाई जित्ने त्यस्तो कुनै छ्यमता पनि छैन |कुनै कुराको जन्म हुनु नै उसको अन्त्यको सूचना पनि प्राप्त गर्नु हो ,फेरी जँहाबाट जन्म भयो त्यंही गएर समाप्त हुनु यो पनि प्रकृतिको नियम हो पृथ्वी को पनि जन्म भएकै हो यसको पनि अन्त्य छ नै खाली ढिलो र छिटो त हो , अनि पृथ्वीको अन्त्य हुन्छ भने ति हल्ला खोरहरु पनि संगै जान्छन तिनीहरु मात्र बच्ने ठाउँ त छैन |पृथ्वी नै नाश हुन्छ भने येस्मा भएका सबै कुरा नाश हुन्छनै , ,हल्लाको पछी लगेर किन डराउनु , बाँचे सम्म ढुक्क भएर आनन्द संग बाँचुं | जानै परे पनि धनि ,गरिब , ठुला, साना , ढुखी , शुखी रोगि , पापी , धर्माती सबै एकै छाक सबै बराबरी भएर जाने , अनि के को पिर |” हुने हुनामी मेटिदैन गाँडले छाती देख्दैन ” भन्छन नि , डराउनु केहि छैन |

    Reply
  3. karna says:
    December 10, 2012 at 6:30 pm

    संसारमा यस्ता हल्ला फैलाएर नागरिकहरुलाई त्रसित बनाउनेहरुलाई कानूनको कठघरामा उभ्याएर कारवाही गर्नु पर्छ, यस्तो हल्ला फैलाउने कान्तिपुर एफ. एम. नै किन नहोस …………………………………….

    Reply
  4. Kamal Thapa says:
    December 9, 2012 at 3:56 pm

    मानिसका हल्ला हरु पनि किसिम-किसिमका म त छक्क परें हो!!! मनमा डर हुनेहरुले यो खोजपूर्ण लेख राम्रो पढें हुने/

    Reply
  5. sanu says:
    December 9, 2012 at 11:26 am

    हाम्रो पुराणहरुमा महाभारतको आयु ६५००० बर्ष भनेको छ / त्यसैले हामीले अहिले आत्तिहाल्नु पर्दैन / ढुक्क भएर बस्नु हुन म मेरा mysansar का पाठक हरुलाई हार्दिक अनुरोध गर्दछु /

    Reply
  6. Suman Gurung(UK) says:
    December 9, 2012 at 7:09 am

    सालोक्य जी धेरै राम्रो खोज गर्नु भयो. december २१ मा पृथ्बी अन्त होला या नहोला तर धेरै को मन को डर बाट तपाई ले मुक्ति दिनु भाको छ अत्ति सराहनीय काम तपाई को.जय होस्.

    Reply
  7. prabesh says:
    December 9, 2012 at 4:40 am

    यो साचिकै विश्व ध्वस्त हुने भविष्यवाणी जस्ले पनि गर्न सकिन्छ तर यो बर त्यो गते भन्न सकिन्न तर ७ सात बार भित्रमा पृथिबी नास हुन् सकिन्छ !!!

    Reply
  8. Milan Limboo says:
    December 8, 2012 at 6:49 pm

    मिति कुरेर बसिरहेको छु उनीहरुको मिति उप्रान्त बाचेछु भने रु ५ हजार रुपैया खर्च गरेर मुद्धा लगाउने तयारीमा छु । नेपालमा साइन बोर्ड नै राखेर प्रचार गरिरहेको केही संस्थाहरुको प्रमाण म संग संग्रहित छ ।

    Reply
  9. हरि गौतम says:
    December 8, 2012 at 5:38 pm

    मान्छेले नचाहिदो हल्लाको पछाडी दौडिनु भन्दा कुनै नया काम शुरु गर्दा कति बेश हुन्थ्यो | केहि हुदैन कम्जोर मुटु हुने हरु छाती चौडा पारेर हिड्नुस केहि भएछ भने तेस्को जिम्मेवार म भए ल अब त भयो?

    Reply
  10. राजन कोइराला, टेक्सास, अमेरिका says:
    December 8, 2012 at 10:48 am

    पैसा कमाउने बाटो धेरै छन्, तर जनमानसमा त्रास फैलाएर गर्नु अपराध हो! यो सम्बन्धि कानून किन नबन्दो’रैछ खै!

    Reply
  11. sagar says:
    December 8, 2012 at 9:09 am

    एदी भगवान्ले गर्ने काम मानिसले नै गर्ने हो भने उसले चाहेमा यो कुरालाई बदल्न पनि सक्छ तर यो अफवाह नै हो किनभने एस्त अफवाह पटक पटक नभएका होइनन तथापी हामी एस्त कुराहरुको पछाडी पर्छौ जे सुकै होस् हामीले इ कुराहरुबता बाहिर निस्कन सक्नु पर्छ श्री पशुपतिनाथले हामि सबैको कल्याण गरुन

    Reply
  12. mukesh says:
    December 8, 2012 at 7:08 am

    संसार परिवर्तनशिल छ / ससारमा भएका सबै बस्तु बिस्तारै परिबर्तन भएर जान्छ / तर एकै पटक माहाप्रलय नै आउने होइन / २०१२- १२-२१ मा संसार को अन्त हुन्छ भनेर गरिएको हल्ला ५१२५ वर्ष लामो पुरातन ‘माया’ भन्ने पात्र को अन्तिम मिति मात्र हो / जुन फ्रान्सको यौटा गाउक मानिसहरुले विश्वास गर्थे /

    Reply
  13. Kranti Dallakoti says:
    December 8, 2012 at 6:30 am

    यो स्पूफ ( spoof video ) हो भनेर जान्दा पनि किन अफवाह फैलाउदै छन् मुर्ख हरु ?

    Reply
  14. Suraj says:
    December 8, 2012 at 2:28 am

    This is what I have found:
    Mayan Calender version; ‘World will end on 21 Dec 2012’ is an interpretation of ancient MAYAN calendar. The ‘rogue planet’ NIBIRU (known as planet X) is heading for Earth to collide. You can dodge oblivion by moving to Pic de Bugarach (mountainy village in France), where extraterrestrials will emerge from the mountain and rescue everyone in the village.
    NASA’s version; “Nibiru is ridiculous because it doesn’t exist — it never existed as anything other than a figment of the imagination by pseudo-scientists. If Nibiru or Planet X were real and headed for an encounter with the Earth in 2012, astronomers would have been tracking it for at least the past decade, and it would be visible by now to the naked eye.
    Ref: http://thespacereporter.com/2012/12/nasa-no-nibiru-planet-x-will-not-be-destroying-the-world-this-month-video/

    Reply
  15. yubaraj says:
    December 8, 2012 at 2:26 am

    मेरी आमा को बुहारी भित्र्याउने सपना र मेरो…. एउटी छम्मक छल्ली ल्याएर धुतुमुने छोरा जन्माउने सपना अधुरै हुने भो !!!!!

    Reply
  16. Mohan Basnet says:
    December 7, 2012 at 11:32 pm

    सालोक्य इज बेस्ट!! येस्लाई भन्छन तर्कसंगत खोज blogging ! No wonder why even personal blog like mysansar is superhit!!

    Reply
  17. Gobinda says:
    December 7, 2012 at 10:39 pm

    प्राकृतिक लिला हो भोलि के हुन्छ भन्ने कसलाई थाहा छ र , येत्रो हल्ला , अनुमानकै भरमा जे पनि भन्न त पाईयेननि |अब भएछ भने नि भयो -भयो कसको के लाग्छ , कसैले टार्न सक्ने तागत कसको छ र ? त्यसकारण काल नआएसम्म आनन्दले बसुँ |

    Reply
  18. prakriti says:
    December 7, 2012 at 9:58 pm

    The Earth is God in itself,it creates and destroy when it needed,it could be anytime,i won’t surprise if it happens or not!Don’t mess with it.Respect the planet.

    Reply
  19. Pradip Shrestha says:
    December 7, 2012 at 8:11 pm

    She said so in humor manner. Think before you write. What a pathetic journalism, writing anything without any research.

    Reply
  20. मोहन सुनुवार says:
    December 7, 2012 at 7:47 pm

    धेरै ॠण तीर्न बाकी हुनेले चलाएको हल्ला हो यो| लाखे हो मेरो पनी त बैंक को ॠणत भुसुकै पो छ तो गाठे हो………..लो लो संसार खतम भए होस् …मरे डुमै राजा …….

    Reply
  21. abhaya says:
    December 7, 2012 at 7:42 pm

    के फरक पर्छ त यार …………..भए होस् नाभाते नहोस .बाचेर पो के गरौला भनेको होला मुर्ख मनुष्य हरु

    Reply
  22. शशांक लामा, न्युयोर्क says:
    December 7, 2012 at 6:54 pm

    यदि ध्वस्तै हुँदैछ भने दुइ हप्ताको लागि भएपनि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइ देउन हौ, साह्रै इच्छा गरेका छन्| नत्रभने उनको भूतले नयाँ नेपाललाई तर्साएको तर्साएकै गर्छ !!!!!

    Reply
    1. Deepen says:
      December 7, 2012 at 10:27 pm

      सर पनि धेरै नै मजाक गर्नु हुन्छ | पृथ्वीनै धोस्त भए पछि भुत्राको नया नेपाल | अब माथि गए पनि राजतन्त्रको बिगबिगी छ रे | बरु त्यता हाम्रा ‘माइलदाई’ को दिन फिर्ला जस्तो छ | आखिर राजा ले राजा लाई नै त हेर्ने हुन् |

      Reply
  23. Kishan Yadav says:
    December 7, 2012 at 6:23 pm

    पत्रकारको अंग्रेजी कमजोर हुनुपर्छ। पक्कै पनि तिनलाई spoof शब्दको माने थाहा छैन होला। मलाई लाग्छ यी पत्रकारले onion.com र अन्य त्यस्तै साईटमा प्रकाशित satirical समाचार पढे, हो न हो सबै समाचार सत्य हो भन्ठानेर नेपाली सञ्चारजगतमा “रोचक समाचार”को बाढी नै ल्याउथे होला।

    Reply
  24. aavash says:
    December 7, 2012 at 5:51 pm

    एकजना दुइजना मर्ने हैन जब हामि बस्ने संसार नै ध्वस्त हुने रहेछ .. सबै संगै साथ् साथ् मरुम्ला 😀 ..कसैले पीर चिन्ता कत्ति नगरे .. अरुको हावा कुरामा भर कत्ति नपरे…पशुपति नाथले जो मर्ने भयमा डराई रहनु भयको छ उहा हरुको मनमा साहस अनि आत्मा शान्ति ल्यावोस भन्ने कामना गर्दछु…

    Reply
  25. ang sherpa says:
    December 7, 2012 at 5:21 pm

    कागले कान लग्यो भन्दैमा कागको पछि दौडिदा रहेछन,त्यसैले कान छाम्ने कोसिस गर्दा राम्रो…..पत्रिका बिकाउने मेलो ………

    Reply
  26. बले says:
    December 7, 2012 at 4:45 pm

    होइन मान्छे लै एस्तो कुराको हल्ला गर्न पनि फुर्सद हुन्छ ? ये बाबा ठाकुरे !

    बले

    Reply
  27. purna prasad khatiwada says:
    December 7, 2012 at 4:23 pm

    हावादारी कुराको पछाडी नलाग्न सम्पूर्ण देश बाशी नेपाली दाजु भाई अनि दिदि बैनिमा अनुरोध गर्न चाहन्छु | कसैलाई पनि था छैन संसार कहिले खतम हुन्छ भन्ने कुरा | यो सबै पत्रिका बिकाउने समाचार हो अहिले लाइ यति मात्रै बुझी राख्नुस |

    Reply
  28. उपासक उदास says:
    December 7, 2012 at 3:53 pm

    हो-हल्लामा लागी व्यर्थै कोहि नि न तर्सौं
    तर्साएर मज्जा लिने मूर्खहरु चिनौं /
    शालोक्य भाई ,धन्यवाद सहि कुरो राख्यौ ,
    आतंकित नेपालीलाई राहत दिलायौ ..//

    Reply
  29. vishwa malla says:
    December 7, 2012 at 3:14 pm

    ठिक भन्नु भयो यो खाली वाहियात र कम नपाउने हरुले गरेको हल्ला मात्र हो

    Reply
  30. simit gauchan says:
    December 7, 2012 at 2:24 pm

    यो कुरा त २१ डिसेम्बर को दिन फेरी यसै माई संसारमा कमेन्ट लेखौला ,,बाचे !! नत्र मरे डुमै राजा हा हा हा ,,, !!!
    सिमित ___

    Reply
  31. lbrumba says:
    December 7, 2012 at 2:08 pm

    विश्व ध्वस्त को गफ्फ भए पनि अहिलेको समयमा सच्चि कै कुरा भन्नु पर्द विश्व ध्वस्त हुनु नै राम्रो जता ततै हिंसा अत्याचारी महंगी अशान्ति खेप्नु भन्द !!!! कत्ति टेन्सन मा बस्नु हो !!

    Reply
  32. vivek says:
    December 7, 2012 at 1:54 pm

    यार बर्बादछ छ condition!!!!
    संसार सकिन 2 हप्ता छ म भनी यहाँ exam exam भन्दै बसिराछु l यो exam ले गर्दा packing-sacking नि गर्न भ्याइएला जस्तो छैन भन्या l
    but looking at the bright side, world is going to end before my rent and bills are due this month यसमा भने म धेरै नै happy छु

    Reply
    1. sagar says:
      December 7, 2012 at 6:17 pm

      कता चन्द्रमा तिर जानलाई प्याकिंग ?

      Reply
  33. bibek dhakal says:
    December 7, 2012 at 1:34 pm

    मान्छे ले चन्द्रमामा टेकेर आएको ४० बर्ष बढी भैसक्यो ( त्यो FOX TV को hoax लाई एकछिन बिर्सिदिम ! ) | जसले जतिसुकै कुरा काटे पनि संसार बिज्ञान को भरमा उभिएको छ, हाम्रो जीवन लाइ बिज्ञान र यसका उपलब्धि( वा दुरुपलाब्धि नै भनम!) ले प्रत्यक्ष्य असर गरिरहेको छ | एस्तो बेला पनि हामी खुद NASA को प्रबक्ताले भनेको कुरा सुन्न छाडेर एक अप्राविधिक पृष्ठभूमि को ब्येक्तिले भनेको कुरा सुनेर तर्सिन्छौ ( आखिर त्यो पनि स्पूफ न रहेछ LOL !!!) , किनकि उनि एक शक्तिशाली देश कि प्रधानमन्त्री हुन| हे बुद्ध! टिठ लाग्छ कैलेकाही हाम्रो बौद्दिक दरिद्रता देख्दा !!!!:(

    Reply
  34. shyam says:
    December 7, 2012 at 1:22 pm

    यो संसार ध्वोस्त हुन्छ भने त्यो अर्को संसार सृजनाको सूचक हो| यो खाले परिवर्तन भै नै रहन्छ| पृथ्वीमा ठुला ठुला युद्ध, प्राकृतिक प्रकोप जस्ता घटना घट्दै गएकै हो त्येसले कसैको जीवन समाप्त भयो, कुनै भूमिको स्वोरुप परिवर्तन भयो तर निमिट्यान्न भने भएन| यो पृथ्वीलाई सम्पूर्ण रुपमा ध्वोस्त पार्न कम्तिमा पनि यो पृथ्वी को size भन्दा १० times सानो वा ठुलो meteor direct hit गर्नु पर्छ| त्येसको सम्भावना at least not possible for another 50 million years| We all may die, The face of the earth may look completely different that that in these days but the earth will still exist in whatsoever form as it used to exist in the last 4 billion years.

    Reply
  35. lilen(sydney) says:
    December 7, 2012 at 1:21 pm

    Hello ! This video has been uploaded to promote one of the parody TV show in Australia. She has done this video for only promo of new TV show. Therefore, please try to be more reliable rather trying to get public attention. This website is one my favorite website, but editior should review the news before publishing.
    She spoked that for comedy show Alex and Tom. Please dont spread false news……see the link http://www.cbsnews.com/8301-504784_162-57557608-10391705/prime-minister-of-australia-julia-gillard-addresses-the-end-of-the-world/

    Reply
  36. Dr.Suneel Sarma Sitoula says:
    December 7, 2012 at 12:14 pm

    According to ancient vedic scriptures, We are in kali-Yug, Which will last for 432000 human years. After that everything will be destroyed and the cycle will starts again. Aryabhaat,The famous astronomer and mathematicians calculated the kali-yug started on Friday 18 February 3102 BC. Therefore there is nothing to worry about 21 december and Neither द 21 December 2012–nor the World–Ends on December 21, 2013. According to Vedic astrology, This is the period of Uttarayana when the sun enters into sign of Capricorn. It’s Winter Solstice the longest night of the year. The Uttarayana period is very auspicious to undertake all events such as marriages, assignments, and travel among other things. The period of Uttarayana will last for 182 days, 21 hours and 40 minutes. In other words, the period will last for six months, two days, 21 hours and 40 minutes.The period ends when the sun enters the sign of cancer.

    Reply
  37. Jeevan says:
    December 7, 2012 at 11:40 am

    धत्, यस्तो वाहियात कुरा पनि गर्ने हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme