Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’

Posted on September 27, 2012September 28, 2012 by Salokya

माथिको फोटोमा देखिएको जस्तो भट्टी पसलमा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा ठूल्ठूला होर्डिङ बोर्डमा यस्तो देख्न सकिन्छ। विज्ञापनमा रुस्लान १०० % प्योर म्युजिक लेखिएको छ। खासमा यो रुस्लान भोड्काको विज्ञापन हो। दुरुस्तै रङ्ग र लोगो प्रयोग गरिएकोले यसले भोड्का कै विज्ञापन गर्न खोजेको हो। सर्वोच्च अदालतले रक्सी बियरको विज्ञापन सार्वजनिक ठाउँमा राख्न नपाइने कानुन बनाउन… Continue reading

के भन्नुहुन्छ तपाईँ यसबारे ?

Posted on September 26, 2012September 26, 2012 by Salokya

माथिको फोटो फेसबुकबाट लिइएको हो। शायद् तीजमा खिचेको फोटो हुनुपर्छ। फोटोसँगै कुसुम दाहालले सोधेकी छिन्- ‘यसरी सार्वजनिक ठाउँमा एउटा गोडा उचालेर अप्ठ्यारो गरी भए पनि ढोगाइ खान (लिन) इच्छुक पुरुषलाई तपार्इ के भन्नुहन्छ?’ साँच्ची तपाईँ चाहिँ के भन्नुहुन्छ यसबारे ?

यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?

Posted on September 25, 2012September 25, 2012 by Salokya

बुक वर्म ट्रस्टले आयोजना गरेको चार दिने नेपाल लिटरेचर फेस्टिभलमा धेरै विषयमा छलफल भए। माइसंसार मै पनि त्यहाँ भएका केही बहस जस्तै सन् १९९० पछि बदलिएको नेपाली समाज, मिडियाबारे सम्पादकहरुको बहस र नेपाली कसरी लेख्‍नेमा भएको छलफल राखिसकेका छौँ। फेस्टिभलको अन्तिम दिन अन्तिम कार्यक्रम नेपाली सिनेमामा हिरोइनहरुको चित्रणबारे अहिलेका हिरोइनहरुबीच छलफल भएको थियो। सहभागीहरु –… Continue reading

नेपाली कसरी लेख्ने ? (बहसको अडियो सुन्नुस्)

Posted on September 23, 2012September 24, 2012 by Salokya

आजभोलि मादक पदार्थ सेवन भन्ने वाक्य खुब चलेको छ। अझ यसको छोटकरी रुप ‘मापसे’ पनि चलेको छ। ट्राफिक प्रहरीले सूचना राखेको हुन्छ- मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन नगरौँ। मिडियामा समाचार आउँछ- मादक पदार्थ सेवन गर्नेहरुबाट ट्राफिकले यति करोड जरिवाना संकलन गरेको छ। के हो मादक पदार्थ सेवन भनेको ? भन्न खोजेको जाँड-रक्सी खाएको… Continue reading

पत्रकारलाई नि पेन्सन चाहियो रे !

Posted on September 23, 2012September 23, 2012 by Salokya

सरकारले अहिले वृद्धलाई हजार रुपियाँ र विधवालाई ५ सय रुपियाँ मासिक भत्ता राज्यकोषबाट दिने गर्छ। अब सरकारकै कोषबाट पत्रकारलाई पनि पेन्सन भत्ता चाहिने माग पुराना पत्रकारहरुले गर्न थालेका छन्। पहिले नसुनिएको यस्तो माग शनिबार प्रधानमन्त्री बाबुराम भट्टराईसहितको उपस्थिति रहेको प्रेस काउन्सिल वार्षिकोत्सव कार्यक्रममा सुनिएको हो। यस्तो माग गरेका हुन् देवप्रकाश त्रिपाठीले। उनी घटना र विचार… Continue reading

के भन्छन् मिडियाबारे सम्पादकहरु स्वयं?

Posted on September 21, 2012September 21, 2012 by Salokya

मिडियाबारे सर्वसाधारणले धेरै बोलिसके, मिडिया क्रिटिक्सहरुले पनि धेरै बोलिसके। तर मिडियाको वर्तमान अवस्थाबारे स्वयं मिडियाका सम्पादकहरु चाहिँ के सोच्दा रहेछन्? के भन्दा रहेछन्? आज नेपाल लिटरेचर फेस्टिभलको बिहानको सेसनमा अहिलेका चल्तीका ठूला मिडियाका सम्पादकहरुले यसबारे सार्वजनिक रुपमा विचार विमर्श गरे। सहभागीहरु थिए- कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, नागरिक दैनिकका सम्पादक किशोर नेपाल र दि हिमालयन… Continue reading

हेर्दाहेर्दै के विधि बदलियो नि हाम्रो समाज !

Posted on September 21, 2012September 21, 2012 by Salokya

१९९० पछि बदलिएको नेपाली समाज अहिले २२-२३ वर्ष पुगेका युवायुवतीहरुलाई थाहै छैन- सन् १९९० अघिका युवायुवतीलाई भ्यालेन्टाइन डे भनेको थाहै हुन्न थियो। मोबाइलमा अभ्यस्त यी युवायुवतीलाई त्यतिबेला हिँड्दाहिँड्दै फोन गर्न पनि मिल्छ भन्ने कुरा अचम्मको लाग्थ्यो। फेसबुक र ट्विटरमा स्वतन्त्रताका वकालत गर्ने यो पुस्तालाई उतिबेला पत्रपत्रिकामा कडा सेन्सरसिप हुन्थ्यो र खिटिक्क केही कुरा लेख्‍यो भने… Continue reading

नाम चैँ ‘इन्टरनेसनल’, विद्यार्थी सबै नेपाली !

Posted on September 20, 2012September 21, 2012 by Salokya

रिलायन्स इन्टरनेसनल एकेडेमी, जेभियर इन्टरनेसनल कलेज चेल्सी इन्टरनेसनल एकेडेमी, ठुङराम इन्टरनेसनल एकेडेमी अवेरनेस इन्टरनेसनल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी लुम्बिनी इन्टरनेसनल कलेज, मल्पी इन्टरनेसनल कलेज कसमस इन्टरनेसल कलेज, लिटल स्टेप इन्टरनेसनल एकेडेमी ट्रिनिटी इन्टरनेसनल कलेज,इन्टेनसिभ इन्टरनेसनल एकेडेमी नाम सुन्दा अन्तर्राष्ट्रिय कलेजहरुको नाम झैँ सुनिँदैन त? पक्कै पनि। तर नाममा इन्टरनेसनल झुण्ड्याइए पनि यस्ता कलेजहरु के आधारमा… Continue reading

पहिरोले ५० मिटर तल खस्यो तर घर सग्लै!

Posted on September 19, 2012September 19, 2012 by Salokya

नेपालीमा एउटा उखान छ- ‘गैराको घरलाई पैराको डर, डाँडाको घरलाई ..डाको डर’ बोलिचालीको उखान भए नि सभ्यताका कारण पूरै उखान लेख्न मिल्दैन। तर यसको अर्थ हुन्छ- गहिरो ठाउँमा घर भयो भने पहिरोको डर हुन्छ, डाँडामा घर भयो भने केको डर? उखान गलत साबित भएको छ। डाँडाको घरमा पनि पहिरोको डर हुने देखिएको छ। लगातारको वर्षाले… Continue reading

के हेरेर दियो शिक्षा मन्त्रालयले ‘नक्कली’लाई मान्यता?

Posted on September 19, 2012September 20, 2012 by Salokya

विदेशमा अमान्य युनिभर्सिटीलाई नेपालमा मान्यता विदेशी डिग्री भनेपछि नेपालीहरु मरिहत्ते गरिहाल्छन्। चाहे त्यो विदेशमा मान्यताप्राप्त होस् कि नहोस्। त्यही भएर अहिले विदेशी विश्वविद्यालयको सम्बन्धन (affiliation) लिएर नेपालमै विदेशी डिग्री पढाउनेहरुको बिगबिगी छ। सम्बन्धन छ भन्दै जथाभावी पढाउने काम भइरहेको छ। सम्बन्धन लिएर मात्र हुँदैन, त्यसको अनुमति पनि शिक्षा मन्त्रालयबाट लिनुपर्छ। शिक्षा मन्त्रालयले ६६ वटा कलेज… Continue reading

तीजमा डिस्को डान्स

Posted on September 18, 2012September 18, 2012 by Salokya

यस पटक तीजको रमझम पहिलेभन्दा फरक देखेँ। नाचको शैलि पनि बदलिएछ। बसन्तपुरमा स्पिकर घन्काएर नाच्नमा धेरै रमाएका देखिए। ‘नाचौँ हामी डिस्कोमा तीज’गीतमा सबभन्दा रमाई रमाई उफ्रीउफ्री महिला नाचेको देखियो। छोटो भिडियो पनि खिचेको छु। भिडियो हेर्न भित्र आउनुस्।

शुभकामना तीजको !

Posted on September 18, 2012September 18, 2012 by Salokya

हाँसौँ, नाचौँ, रमाऔँ। तीज मनाउने सबै महिलालाई शुभकामना!

कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी

Posted on September 16, 2012September 16, 2012 by Salokya

कतारमा नेपाली ‘डन’को आतंक विषयमा रवि रोषीको एक महिनाअघिको ब्लग पढ्दा धेरैले अचम्म मानेका थिए। विदेशी भूमिमा पनि नेपाली अपराधीले नेपालीलाई दुःख दिँदो रहेछ भनी सबै अचम्म मानेका थिए। उनीहरुले कल्पना गरेका थिएनन्, कतारमा कति नेपाली छन्? भर्खरै एउटा तथ्याङ्क सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार कतारमा नेपालीको संख्याले त्यहीँका नागरिकहरुको संख्यालाई उछिनिसकेको छ। कतारमा कतारीको… Continue reading

अहिले यस्तो कसैले बनाएको भए… ?

Posted on September 15, 2012September 16, 2012 by Salokya

एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज… Continue reading

बन्दमा डिस्काउन्ट दिने चलन

Posted on September 14, 2012 by Salokya

तीन दिनभित्र दोस्रो बन्द थियो आज। बुधबार विद्यार्थीहरुले बन्द गरेका थिए। आज भने क्रान्तिकारी भनाउन रुचाउने वैद्य माओवादीको पालो रहेछ। कस्तो होला बन्द भनेको त कलंकीदेखि सुन्धारासम्म जाँदा कालिमाटी चोकमा मात्रै केही कार्यकर्ता थिए। जोश हराएका कार्यकर्ताहरु जस्ता देखिन्थे। फाट्टफुट्ट चलाइरहेका मोटरसाइकलहरु फर्काइरहेका थिए। कालिमाटी चोकबाहेक अरु कतै कार्यकर्ताहरुको नामोनिशान थिएन। बरु यसरी गाईवस्तुहरु सडकमा… Continue reading

सहमति भयो : यस्ता चित्र आइन्दा बनाउँदिन, देखाउँदिन

Posted on September 14, 2012September 14, 2012 by Salokya

अपडेट : आपत्तिजनक चित्रकला बनाएपछि विवादमा तानिएका कलाकार मनीष हरिजन र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र बनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेका छन्। दुई वटा साह्रै आपत्ति जनाइएका चित्र हटाएपछि प्रदर्शनी फेरि सुरु भएको छ। यसअघि प्रशासनले ग्यालरी सिल गरेको थियो। विवादित चित्र कला… Continue reading

कम्प्युटर चलाउन नजान्नेको प्रमोसन नहुने

Posted on September 12, 2012September 12, 2012 by Salokya

शिक्षा सचिव सुरेशमान श्रेष्ठले आज एउटा गजबको कुरा गरेको खबर मिडियामा आएको छ। उच्च माध्यामिक शिक्षा परिषद् पोखरा कार्यालयको निरीक्षणका क्रममा उनले भनेछन्- ‘२१ औँ शताब्दीमा समेत कम्प्युटर चलाउन नजान्ने कर्मचारीको प्रमोसनको फाइल अगाडि बढ्दैन। कार्यालको प्रमुख होस् या पियन अब सबैले कम्प्युटर चलाउन जान्नै पर्छ।’ कुरो ठीक हो। तर व्यवहारिकता नि हेर्नुपर्‍यो। समाचारको स्रोत… Continue reading

लौ आयो डिस्काउन्ट, अपराधीहरुलाई डिस्काउन्ट!

Posted on September 5, 2012September 6, 2012 by Salokya

मौकाको फाइदा उठाउनुस्, १५% सम्म छुट पाउनुस्! केही भ्रष्टाचारी ठहर भएकाहरुले कैद र जरिवानामा २० प्रतिशत डिस्काउन्ट पाउँदा नेपालको कानुनी व्यवस्थाबारे थाहा नभएकाहरुले जिब्रो टोकेका थिए- आम्मै, यस्तो नि हुने रैछ र भन्दै। उनीहरुलाई के थाहा, फैसला भएको मितिले ६० दिनभित्र आफै अदालतमा उपस्थित भएमा मात्र २० प्रतिशत डिस्काउन्ट होइन, ६० दिन नाघेमा पनि डिस्काउन्ट… Continue reading

काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट

Posted on September 5, 2012September 5, 2012 by Salokya

काठमाडौँका आठ स्थानमा बेलायतको जस्तै ट्राफिक लाइट जडान भएको छ। ती लाइटहरु सञ्चालनमा आइसकेका भने छैनन्। यसअघिका लाइटहरुभन्दा यो फरक छ। बेलायतमा सन् १९६९ मा सुरु भएको पेलिकन लाइटको प्रयोग यहाँ पनि गरिएको हो। पेलिकनको अर्थ हो pedestrian light controlled बेलायतमा सुरु भएको भए पनि विश्वका विभिन्न देशमा पनि यसको प्रयोग हुन्छ। तर अचम्म, नेपालमा… Continue reading

अब भूतको हल्ला नहोला कि !

Posted on September 4, 2012September 4, 2012 by Salokya

गएको अप्रिलमा राजधानी काठमाडौँको मुख्य स्थान न्युरोडमा दिउँसो अफ आवरमा पनि ठूलो जाम भयो। किन रहेछ भन्दा पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको ताँती लाग्यो। के थियो र त्यो घरमा ? भूत ! भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 169
  • 170
  • 171
  • 172
  • 173
  • 174
  • 175
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme