Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिहे गर्न नमान्दा जिउँदै जलाइएकीले प्राण त्यागिन्

Posted on December 12, 2012December 12, 2012 by Salokya


अपडेट ३ (बुधबार): बिहे गर्न भागौँ भन्दा नमानेको भन्दै शुक्रबार पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दियाकी १६ वर्षीया किशोरी शिवा हास्मीको आज बिहान ७ बजे उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। ९० प्रतिशत शरीर जलेको भनेपछि बिचरीको स्थिति पहिलेदेखि नै गम्भीर नै थियो। शनिबारदेखि त बोल्न पनि छाडेकी थिइन्। जिल्ला अस्पताल बर्दियाबाट शुक्रबार भेरी अञ्चल अस्पतालमा लाँदा नै उनलाई उपचारका लागि काठमाडौँ लग्न भनिएको थियो। तर रकम अभावकै कारण उनलाई काठमाडौँ तत्काल ल्याउन सकिएन। बल्लबल्ल सहयोग जुटेर सोमबार काठमाडौँ ल्याइयो।


काठमाडौँ ल्याइएपछि फ्रिमा उपचार हुने पनि भनियो। तर शायद् ढिलाइ नै उनको मृत्युको कारण बन्यो। अन्ततः चार दिनको पीडापछि उनले यो धर्ती छाडिन्।

रहस्यमय घटना
घटना सुरुमा जस्तो हिसाबले आएको हो, त्यो हैन कि भन्ने शंका पनि हुन थालेको छ। भन्नलाई उनलाई युवकले जलाएको भनिएको छ, तर अहिले परिवारकै सदस्यले जलाएको हुनसक्ने भन्ने पनि कुरा आइरहेको छ। प्रहरीले परिवारलाई पनि अनुसन्धानको घेरामा राखेको बताएको छ। स्थानीय पत्रकारहरुका अनुसार स्थानीय बासिन्दाहरुले परिवारका सदस्यसमेत दोषी हुनसक्ने भन्दै अनुसन्धानका लागि दबाब दिएका छन्। तर उनका दाजु भने परिवारमाथिको शंका निराधार र पीडकलाई बचाउने हिसाबले आएको भनेका छन्। खास कुरा अब अनुसन्धान सकिएपछि मात्रै थाहा हुनेछ। एक निर्दोष किशोरीले भने यो धर्ती त्याग्न पुगिन्। समवेदना !
*****************************
अपडेट २ (मंगलबार) : मुख्यसचिव लिलामणि पौडेलले शिवा हासमीको उपचार निःशुल्क गराउन वीर अस्पताललाई निर्देशन दिएका छन्।

अपडेट (सोमबार) जिउँदै जलाउँदा सिकिस्त घाइते भएकी शिवा हासमीलाई थप उपचारका लागि आज काठमाडौँ ल्याइएको छ। शुभचिन्तकबाट रकम जुटेपछि काठमाडौँ ल्याइएकी उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।

पोइल जान नमान्दा जिउँदै जलाउने पापी

गएको सप्ताहान्त एउटा ज्यादै नराम्रो खबर आयो नेपालगन्जतिरबाट। आफूसँग पोइल जान नमान्दा एक पापीले एक भर्खरकी किशोरीलाई पेट्रोल छर्केर जिउँदै जलाइदिए। सुन्दा विदेशतिरको जस्तो खबर लागे पनि खासमा यो नेपालकै खबर थियो। पापीको नाम रहेछ गुलरिया नगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्ने २३ वर्षका भारतीय बाबु खान। पीडित रहिछिन् भर्खर १६ वर्ष पुगेकी शिवा हास्मी।

शिवालाई बाबुले भागौँ भनेर पटक पटक फकाएको रहेछ। शिवा चाहिँ परिवारको सल्लाह बिना भाग्दिनँ भन्दै बसेकी रहिछिन्।

अनि आयो शुक्रबारको त्यो बिहान। ६ बजे घरबाट निस्केकी के थिइन्, बाटो ढुकेर बसेको रहेछ बाबु। पछाडिबाट पेट्रोल छर्केर सलाई कोरेर आगो लगाइदियो, अनि भाग्यो। माया रे, यस्तो हुन्छ त माया ? आफूले माया गरेको मान्छेलाई मार्ने पनि के माया ?

घटनाको केही समयपछि नै ती किशोरीलाई बर्दियाको जिल्ला अस्पताल पुर्‍याइएको रहेछ। त्यहाँ सुरुमा उपचारपछि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगियो। पापीले लगाएको आगोले शरीरका विभिन्न भाग जलेकोले अवस्था अत्यन्तै गम्भीर रहेछ। परिवारका अनुसार शनिबार दिउँसोदेखि बोल्न समेत छाडिसकेकी रहिछिन्।

शिवाले नै प्रहरीलाई बयान दिँदा बाबुले आगो लगाइदिएको बताएकोले प्रहरीलाई कारबाही चलाउन सजिलो भएको छ। बाबु अहिले प्रहरी हिरासतमा छन्। लामो कानुनी प्रक्रियापछि बल्ल उनले सजाय पाउने छन्। ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलेर अभियोग प्रमाणित भयो भने जन्मकैद अर्थात् २० वर्ष जेल सजाय पाउने छन्। जन्मकैदको सजायको कुरै छाडिदिउँ नेपालमा नभएको मृत्युदण्ड नै सजायको कुरा गरे पनि बिचरी ती किशोरीले भोग्नुपरेको पीडाभन्दा कमै हुन्छ।

अहिले देशमा महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ। काठमाडौँ लगायत सहरहरुमा एनजिओहरु महिला हिंसा कसरी कम गर्ने भन्दै तारे होटलहरुमा गोष्ठी गर्दै भत्ता पचाउनमा व्यस्त छन्। उनीहरुको ध्यान यो घटनामा जति गम्भीर रुपमा पुग्नुपर्ने हो, पुगेकै छैन। नत्र किशोरीका दाजु तनवीर अहमद हास्मीले यस्तो भनिरहनु पर्दैन थियो- ‘डाक्टरले त काठमाडौँ लैजाऊ भन्नुभएको छ,पैसा नभएकाले लैजान सकेका छैनौं।’

43 thoughts on “बिहे गर्न नमान्दा जिउँदै जलाइएकीले प्राण त्यागिन्”

  1. Mahesh says:
    December 13, 2012 at 6:10 am

    औंलो त अव केटी कै परिबार तीर पो तेर्सियो त । यो ब्लगमा अब जात बिशेषको के कुरा गर्ने । निर्दोष फस्नु भएन, दोषि उम्किनु भएन।

    Reply
  2. dor prasad says:
    December 12, 2012 at 9:09 pm

    माथि का कमेन्ट बाहेक एउटा कुरो – नेपाली अस्पताल को आर्थिक बारेमा ….. emergency सेबा दिनु अस्पताल को कर्ताब्बे हो …. पहिले पैसा छ छैन हिसाब गर्ने होइन …. कतिपय अरु केश मा पनि पैसा जम्मा न गरुन्गेल उपचार त के सुइ पनि लागौदैनन डाक्टर ले ….. यसै ले पनि कति ले ज्यान गुमाउनु परेको छ … पहिले उपचार तेस पछी पैसा को कुरा गर्ने कि ??

    Reply
    1. bish says:
      December 13, 2012 at 10:33 am

      door prasad ji, डाक्टर को काम प्राबिधिक हो / होस्पितल चल्न डाक्टर बाहेक budget , staff , व्यवस्थापन को भूमिका हुन्छ / ब्लग मा सहानुभूति दिन सजिलो छ, येसो होस्पितल को emergency लाई दान पनि दिन पाए तपाइको सहानुभूति को अर्थ हुन्थ्यो…तर धेरै मान्छे सिसा फोर्ने मात्र छन् /
      कुन दिन यो होस्पितल फोहोर भयो, डाक्टर ले फोहोर उठाउन आएन भन्ने हुन्/

      Reply
      1. dor prasad says:
        December 13, 2012 at 4:14 pm

        मैले डाक्टर लै दोस दिन खोजे को होइन ….. दोष बेबस्थापन लै पनि होइन …. नेपाली ले दान गर्छन, तर हामी एउटा केश को कुरा गर्छौं …. जस्तो येही केश मा पनि सरकार ले फ्रिमा उपचार गराउने भन्यो, तर emergency केश हजारौं हुन्छन, बेबस्था को कहिले कुरा गर्दैनौं … नेपाली government संग tax संकलन गर्ने power छ …. tax को केहि हिस्सा यस्तो महत्तो पूर्ण छेत्र मा जानु पर्ने होइन ….तेस माथि बेपस्त्पन गर्न सक्यो भने दान गर्ने नेपाली दाजु दिदि कम छैनन् …. तर कुरो बेब्स्थापन को हो …कि कसो bish जी

        Reply
  3. हरि गौतम says:
    December 12, 2012 at 7:32 pm

    भारतीय दमनले पराकास्ट नाघी रहेको बेला मा एउटा व्यक्ति ले पनि मैले जे गर्दा पनि हुन्छ भनेर गरेको प्रबित्ति हो यो | देश को मूल कानुन नै यति फितलो छ कि ज्यानमाराहरु पनि निर्धक्कका साथ् अपराध गरिनै रहन्छन | सबै भन्दा पहिला भारतीय दमन लै निर्मुल गरिनु पर्छ अनि मात्र हाम्रो देश मा शान्ति छाउने छ र यस्ता घटना कहिले पनि दोहोरिने छैनन्|

    शिवाको मृत आत्माले शान्ति पाओस भगवान संग प्राथना छ |

    Reply
  4. savi says:
    December 12, 2012 at 5:05 pm

    According to latest news, the family members are responsible of the death. They suspect the affair between the victim with Babu. Weather the perpetrator is Babu or in the name of honor killing the family member, no one has right to kill. there should be proper investigation.

    Reply
  5. Sisir says:
    December 12, 2012 at 4:12 pm

    एस्ता अपराधीहरु समाजमा बस्न लाएक हुदैनन् र एउटा सभ्य समाजको लागि सधै खतरा हुन्छन , तेसैले एस्ता ज्यानमाराहरुलाई आजीवन कठोर श्रम काराबासको सजाय हुनपर्छ र तिनीहरुको श्रम बिकट क्षेत्र तिर भौतिक पुर्बाधार निर्मादमा प्रयोग गर्नु पर्छ, काम गरेको दिन मात्र खान पौने गर्नु पर्छ .. हुनत देशै येस्तई अपराधीहरुले चलाई राखेका छन् .. नेपालको कानुनमा श्रम काराबासको सजाय पनि हुने बेवास्ता हुन पर्छ .. एस्तो बिबत्श घटना फेरी नहोश … स्रधान्जली …

    Reply
  6. resham says:
    December 12, 2012 at 3:39 pm

    असुभ समाचार !!! जघन्य अपराध अनि निर्मम हत्या ! मानबको मूल्य मान्यता प्रति अनि एक निर्दोष महिला प्रति घोर अन्या ! दया माया अनि मनबता नभएको मान्छेको कुरुपता प्रदर्सन !

    Reply
  7. सार्थक says:
    December 12, 2012 at 3:02 pm

    अब पालो महिला अधिकारबादी भानाउँदाहरुको नारा, जुलुस र भाषण गर्ने । जिउँदो हुन्जेल चुँ नबोल्ने अब मरे पछि महिला अधिकार र महिला हिंसा बिरुद्ध आवाज उठाउने यो कस्तो कुपरम्परा हो हाम्रो नेपालमा ।

    शिबा हास्मी तिम्रो आत्माले चिर शान्ती पाओस् (तर हामीलाई थाहा छ यो घटनामा संलग्न निर्मम अपराधीले कठोर सजाय नपाएसम्म उनको आत्माले कहिल्यै शान्ति पाउँने छैन ।)

    Reply
  8. Ritu says:
    December 12, 2012 at 2:27 pm

    This is the result of sick mind. This is not love. How come he kill his loved one. Crazy man. Rest in peace Shiwa. I wish no more Shiwa have to sacrifice their life for so called love.

    Reply
  9. manlimbu says:
    December 12, 2012 at 2:17 pm

    यहाँ झापड हान्ने पीडकले लाखौ चन्दा पौछान तर अन्यय र अत्याचारमा परि मृत्यु हुनबाट जोगौना खै विदेश बाट एक रुपैया उठ्यो??? येस्ता सतिले सरापेको देसको जनताको के बुद्धि होस्

    Reply
  10. राजेश यगोल श्रेष्ठ says:
    December 12, 2012 at 12:29 pm

    संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल, ‘झन्डै’ नयाँ नेपाल मा अस्ति भर्खरै महिला हिंसा विरुद्ध को त्यत्रो कार्यक्रम गरियो, तर महिला विरुद्ध हिंसा को कारण ले नै एउटा अबोध बालिका को ज्यान गयो ………….,

    Reply
  11. Samar B. says:
    December 12, 2012 at 12:23 pm

    साह्रै दु:ख लाग्दो घटना उनको आत्माले शान्ती पाओस| यस्ता घटना नदोहोरिन महिलाहरु सचेत हुनुपर्दछ| विशेसगरी किशोरिहरु पढ्ने उमेरमा प्रेमको फन्दामा परेर जीवन बर्दाद गरिराखेका छन| यदी कसैले आफ्नु इच्छा विपरित कुनै दबाब दिन्छ भने यस बारेमा तुरुन्त परिवारका सदस्यलाई जानकारी दिनु पर्दछ| अचेल प्रेम आँफै हुने हैन कि गरिने फेसन आएको छ तेसैले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा राखौ,आफ्नो खुट्टामा आँफै उभिन सिकौ अनी मात्र माया प्रेमले पूर्णता पाउछ|

    Reply
  12. sandeep Rimal says:
    December 12, 2012 at 11:54 am

    आत्माले चिर शान्ति पाओस
    हार्दिक समवेदना !

    Reply
  13. Suzan Lama says:
    December 12, 2012 at 11:54 am

    I am very very sad that Ms Haashmi passed away. I feel very very sorry for her and her entire family. May her soul get peace from this selfish world.

    Reply
  14. Nischal says:
    December 11, 2012 at 3:57 pm

    सबैको दिमागमा यो भ्रम छ कि नेपाल जस्तो देशमा जसले जे गरे पनि हुन्छ !यहाँ पैसा नै सब थोक जस्तो लाग्छ ! कानुन फितलो छ !पुलिसहरु आजकल कुख्यात अपराधीसंग
    डराउछन् वा माथिको आदेश न आएसम्म अपराधीले ले गरे पनि पुलु- पुलु हेरी मात्रै बस्छन् अनि १०-१५ हजारमा जो पनि बिक्छ !सतिले सरापेको देश भनेर नेपाल चिनिन्छ ! यस्ता अपराधीहरु १०-१५ हजार धरैती दिएर अदालत बाट छुटछन् !तेसैले एस्तो अपराध हुन्छ ! कानुन बलियो बनाउनु पर्छ !एस्त अपराधी लाई नांगै सहर घुमाउनु पर्छ र आजीवन कारावास को सजाय दिनुपर्छ !

    Reply
  15. arjun sapkota says:
    December 11, 2012 at 10:34 am

    यो प्रेम स्रेम् हैन जम्मा दमित यौन मात्र थियो ,तेस्को परिणाम देखियो
    तेस्लाई त नपुंसक पो बनाई दिने हो कि अरु सजाई त के होला र खै

    Reply
  16. shailen says:
    December 11, 2012 at 9:46 am

    छ्या, कस्तो कस्तो माया पनि। यो माया होइन, selfishness हो।

    Reply
  17. नीराजन शिरीष says:
    December 11, 2012 at 4:50 am

    त्यसलार्इ २० वर्ष हैन नमरून्जेल सम्मका लागि जेल सजाय हुनुपर्छ । एकदम ।

    Reply
  18. santosh karki says:
    December 11, 2012 at 3:47 am

    माया मा पनि तेस्तो हुन्छ ????एस्तो मान्छेहरु किन यो संसार मा जन्मिन्छ होला ???त्यो मान्छे लिए फासी को सजाय हुनपर्छ नेपला को कानुन मा यो पनि एउटा नियम हुनु पर्छा???

    Reply
  19. Manish says:
    December 11, 2012 at 2:27 am

    यस्ता जन्तु लाइ हुनु पर्ने हो मृत्यु दण्ड त!

    Reply
  20. अमित says:
    December 10, 2012 at 11:47 pm

    येस्ता नरपिचास हरु लाई ठेगान लगाउने मृत्युदण्ड को कानून हुन पर्छ

    Reply
  21. Bishnu says:
    December 10, 2012 at 10:29 pm

    कानूनमा जे भएनी यस्तो अपराधीलाइ धेरै चहल पहल हुने चोकमा झुन्ड्याई सबैले ढुंगाले हानि हानि मार्नु पर्छ वा सबैले घेरो हालेर जलाउने र थप्पडी बजाउने गर्नु पर्छ ताकी जस्तै कुख्यात अपराधि ले पनि एस्तो हर्कत दोहोरयाउन साहस नगरुन .

    Reply
  22. Sara says:
    December 10, 2012 at 10:23 pm

    Pls let me know how can I help that girl……..’! I’m willing to help financially how much I could. Pls let know!!!!
    And that bastard should be in hell.

    Reply
  23. durga rijal says:
    December 10, 2012 at 8:29 pm

    यस्तालाई नरपिचास भनिन्छ / अब यस्ता नारापिचास्लाई ठेगान लगाउने कानुन बन्न धेरै ढिलो भैसकेको छ / तारे होटेलमा महलमा बसेर समस्याको समाधान खोजिंदैन तत् तत् ठाउँमनै गएर समस्याको समाधान खोज्नु पर्छ र मुख्य कानुन बलियो हुनु पर्यो र पार्टीबाद हुनुभएन/ भत्ता पचाउने हिसाबले गरेको बैठकले केहि लाछारोपाटो लगाउदैन /

    Reply
  24. तारे मगर, खाडी-दुवइ says:
    December 10, 2012 at 7:39 pm

    अपराधीले आफ्नो अपराध कबुल गरिसकेको अबस्थामा पनि कारबाही तुरन्त नगरेर के अभियोग र प्रमाण खोज्ने होला अब ? थुइक्क कानुन, उफ्फ्फ़ मेरो नेपाल !

    Reply
  25. shyam (saudi) says:
    December 10, 2012 at 7:18 pm

    हाम्रो जस्तो देश मा पुरुष भएर बाच्न कति गारो छ l झन् महिला त्यो पनि शिवा जस्ता महिला भएर जिउन कठिन छ l बाबु जस्ता कति पुरुष हरु छन यो समाज मा, यो त एउटा सानो नमुना मात्रै हो l देश मा बढ्दो दण्डहिनता अनि खुकुलो रणनीति ले हाम्रो समाज झन् झन् बिकृति र विसंगती तिर ढल्किदै छ l जसले जे सुकै भनोस अब देश मा खाडी मुलुक मा जस्तो मृत्युदण्ड को जरुरि भैसकेको छ नत्र यस्ता बाबु जस्ता काला साँप हरु शिवा जस्ता लाई डस्न बाटो धुकिराह्नेछ्न l जुन देश मा राजा का पुत्र पारस जस्ता छन त्येहा यस्ता घटना सामान्य हुन्छन l मृतु सास्वोत नियम हो एक दिन सब मर्ने पर्छ भन्ने थाहा पाउँदा पाउदै पनि मानिस यति निचता मा उत्रदो रहेछ , सोच्दा भक्कानो फुटेर आउछ l गरिब शिवा को उपचार अनि भावी जीवन उफ्फ़ !!!!!!!

    Reply
  26. kedar says:
    December 10, 2012 at 5:59 pm

    काठमान्डौ उपत्यकामा बसेर महिला शाशाक्तीकरणको एन्जिओलि गफ चुट्ने(NGO को भत्ता खाएर चुट्ने गफ) महिलाहरु बास्तबमा महिला हित होइन कि आफ्नो व्यक्तिगत प्रतिष्ठा, शान, बैभबता र महत्वाकांक्षाका देखाउनका लागि मात्रै सबथोक गरि राखेका हुन्छन / येस्ता कुराहरु प्राप्तीकालागी श्रीमानलाइ बलात्कारको मुद्धा खेपाउन पनी पछी पर्दैनन् /

    Reply
  27. Kamal Thapa says:
    December 10, 2012 at 5:42 pm

    यो एकादेशको नभएर आफ्नै देशको कथा भनेर पढ्नु निकै अनौठो लाग्यो/ जमाना भनिन्छ, आधुनिकताका कुरा हुन्छ/ खोइ.. कुन युगमा छौं हामी??? छक्क लाग्छ/

    Reply
  28. सार्थक says:
    December 10, 2012 at 4:09 pm

    यी INGO को पैसा पचाउन पल्केका शहरी आइमाईहरुबाट महिला हिँसा बिरुद्ध कुनै पनि ठोस काम गर्लान भनेर केहि आशा गर्न सकिन्छ भन्ने मलाई लाग्दैन | किताब र रिपोर्टका ठेलीहरुमा मात्रै महिला हिंसा बारे पढ्न लेख्न जानेका किट्टी पार्टीमा रम्ने यी शहरिया खानदानी आइमाईहरुले बिचरी शिवा हास्मीको पीडा न कहिले नजिकबाट देखेका छन् महसुश नै गर्न सक्छन । अहिले आवश्यकता पर्दा उपचारको लागि कुनै सहयोग वा पहल गर्न उदासिन यिनीहरुले भोलि शिवाको ज्यान कथंकदाचित तल माथि भयो भने चाँही ठुलाठुला ब्यानर र प्ले कार्ड लिएर काठमाडौँमा चर्को स्वरमा नारा जुलुस र भाषण भने अवश्य गर्नेछन् ।

    Reply
  29. bibek dhakal says:
    December 10, 2012 at 3:41 pm

    यो घटनाको दुइटा पाटो –
    १) सहरकेन्द्रित मानवीय समवेदना !!
    एउटा सहरिया प्रतिष्ठित परिवारको छोरा/छोरी अपरहणमा परे वा मरिएमा ठुलो चर्चा हुन्छ, “आम्मै!” भन्नेहरु जता ततै सुनिन्चन ! एउटा आयोग बन्छ !! तर तराई को बिकट अशिक्षित गाउको महिलाहरु बोक्शिको आरोपमा , दाइजोको नाममा, वा भनौ येस्तई पागल कुकुर हरु र यौन दुराचारिहरुको शिकार हुँदा पनि खाली एक दिन को News Headline, बढी मा दुइ दिन फलो अप र पाठक/दर्शक प्रतिक्रियाहरु अनि खतम! कसैलाई वास्ता हुदैन !! ख्याती श्रेष्ठ प्रकरणमा मृत्युदण्ड को अवाज उठाउनेहरु मरानीदेवी देखी लिएर तेस्तै प्रकारको बोक्सी र दाइजो हत्याकाण्ड देखि आज को यो घटनामा किन चूप छन् ??? के सहरमा सुखभोग मा हुर्केको चेलीहरु को छाला र मासु मात्र पिडामा दुख्छ ?
    २) विशेष सजाय को व्यवस्था ( यस्ता घटनाहरुको लागि !!)
    हो मा मान्छु, अब नेपाल मा मृत्युदण्ड को ऐन लेराउना असम्भाभ्प्राया छ ! हाम्रो हितैषी DONOR AGENCIES हरुले पनि दिदैनन. तर येसरी नारिहरुलाई अमानवीय तरिकाले जलाउने, बलात्कार गर्ने , पैसाको लागि वा बोक्शिको अरूप्मा हत्या गर्नेहरुलाई अरु कैदी भन्दा फरक किसिमले सजाय दिन मिल्दैन होला र ? मृत्युदण्ड दिन नमिले पनि एस्तो सजाय दिम कि त्यो सजाय मृत्यु भन्दा पनि गारो होश. एउटा अमानबिय khalko सजाय – पागल कुकुरलाई ढुंगे ढुंगाले हानेको जस्तो! किनकि एस्तो कुकृत्य गर्ने हरुलाई म मानव को कोटा मा राख चाहन्न

    Reply
  30. samrat~ says:
    December 10, 2012 at 1:44 pm

    त्यो महिला को हिँसा विरुद्ध कार्येक्रम गर्दै भत्ता खादै हिड्ने महिला बृन्द हरु, एदी तपाइँ हरु ले साचिकै भासन बाजी मात्र हैन रहेछ भने यो बिचारी लाइ काठमाडौँ ल्यायर केहि गरेर देखाएर प्रमार गरि दिनु पर्यो तपाइँ हरु को काम सर्ह्निये हो भत्ता को लागि हैन भनेर.

    Reply
    1. Samrat Sharma says:
      December 11, 2012 at 12:39 am

      सम्राट जी,

      सरकार ले अस्ति नै हेलिकोप्टर बाट बिर होस्पितल ल्याई पुरयाओ | के गर्ने यो महिला अधिकार बादी भनौदो हरु को नाटक नै धेरै छ, मैले यो महिला अधिकारकर्मी को लिला देखेर दङ्ग परेको छु | कुरा गर्न मिलेन र हो यहाँ | तपाई ले सोच्च्नु नै भाको छैन होला कस्तो हुन्छन महिला अधिकार कर्मी | किट्टी पार्टी भन्नु भाको थियो एउटा साथी ले, तेती मात्रै हो र के के सम्म हुन्छ भन्ने कुरा त | अधिकार कर्मी को नाम मा कलङ्क हरु |

      Reply
  31. Komal says:
    December 10, 2012 at 11:39 am

    सारै दुख लाग्छ एस्तो खबर सुन्दा.तर कसलाई के को चिन्ता छ र?सबै जना आ-आफ्नै धुनमा मस्त छन्…महिला हरु पटक पटक येस्तई अत्याचार बाट पिडित छन् तर महिला को पछ्या मा बोल्ने कोहि छैन.मा त बस येही भन्न चाहन्छु कि कुनै पनि दल वा संस्था हरु ले ठुलो ठुलो कुरा गरेर मात्र हुदैन – व्यवहार मा पनि उतार नु जान्नु पर्यो कहिले सम्म हामी महिला येस्तई अन्याय बाट गुज्रिनु पर्ने?

    Reply
  32. Daya Khanal (Boston) says:
    December 10, 2012 at 9:55 am

    अब एस्ता जघन्य अपराध को मिर्तुदण्ड हुने कानुन बन्नुपर्छ नेपालमा

    Reply
    1. lok nath sigdel elmhurst newyork usa. says:
      December 10, 2012 at 12:52 pm

      यो केटा लाइ कम्तिमा १००बर्स को जेल सजाय हुनु पर्ने हो

      Reply
  33. Mahesh says:
    December 10, 2012 at 9:36 am

    सहरी महिला केन्द्रित महिला बादी हरु त लोग्ने लाइ बलात्कार को आरोप कसरि लगाउने, महिला स-सक्तिकरण भन्दै माइती र लोग्नेको सम्पति माथि कसरि कब्जा जमाउने , येस्तई कुरा मा त ध्याउन्ना छ नि. अब यसै घटना लाइ उचालेर सहरी elites वर्ग का महिला हरु ले फाइदा उठाउने न हो. हरे हाम्रा ग्रामिण भेग का दिदि बहिनि हरुको मा महिला अधिकार र सुरक्ष्या कहिले पुग्ने होला..

    Reply
    1. Rabin says:
      December 12, 2012 at 9:13 pm

      यो केटा मात्र होइन केटीको परिवार पनि संलग्न हुने सम्भावना धेरै छ किनकि मुसलमान हरु जस्तो सुकै बेला पनि केटीको गल्ति मान्ने खालको हुन्छन एक हप्ता अगाडी पाकिस्तान मा परिवार संग हिडिरहेको केटि लाई auta केटाले हेर्यो भनेर उल्टै केटीको बाउ आमाले केटीलाई मारेको घटना संचार माध्यममा आएकै हो हैन र ?

      Reply
  34. Susan Shrestha says:
    December 10, 2012 at 9:05 am

    NGOs and INGOs are very good for educated and influencal individuals of Nepalese society. Major portion of the funds are for salaries, allowances national and international travels, seminars, workshops, training and equipment. Experts and officials stay in the cities like Kathmandu, Biratnagar, Janakpur, Birgunj, Pokhra, Bhairawa, Nepalgunj and Dhangarhi in Nepal. They visit rural areas in air conditioned vehicles and aircrafts. I have witnessed that many NGOs/INGOs experts of Nepal hardly spent overnight in the remote places. However, less than 10% of budget is spent for most disadvantage sector of the society though allocation is more than 50% in the budget sheet.
    There is no monitoring and evaluation these agencies in Nepal. Donors are happy to hear criticism of governmental agencies from the experts and officials.
    Data in Nepal show that out of 25,000 registered NGOs and INGOs of Nepal 24,500 are in Kathmandu, Lalitpur, Bhaktpur, Nuwakot, Dhading, Kavreplanchowk and Sindhupalchowk. These eight districts belong to Bagmati Zone of Nepal.
    At this point let me say “God bless Nepal.”

    Suraj Shrestha

    Reply
  35. Digvijaya says:
    December 10, 2012 at 9:01 am

    यस्ता घटना हरुले त हो नि आज भोलि प्रेम को परिभाषा फेरिएको..फासी पनि कम हुन्छ येस्ता पापीलाई त

    Reply
  36. R.P Thapa says:
    December 10, 2012 at 8:50 am

    यो देश नेपालमा जसले जे गरेनी हुने भाको छ ,नियम कानून नै छैन कस्तो देश यो नेपाल ? तेयो बाबु खान लै कडा भन्दा कडा दण्ड हुनुपर्छ ?

    Reply
  37. विष्णु says:
    December 10, 2012 at 8:43 am

    समाजमा एकसेएक अनैतिकता र पाखण्डका प्रशिक्षक मात्रै हाबी भए, नैतिकता सिकाउने हरुको खडेरी पर्यो. भएकाहरुलाई पनि पाखे, पुरातनवादी, रुढिवादी जस्ता लाल्छना लगायो भने बडे विद्वान, प्रगतिशील र आधुनिक भइने होड चल्यो. यस्ता जघन्य अपराधहरुलाई निरपेक्ष दृष्टिबाट हेरिनुको सट्टा विभाजित दृष्टिकोण दिन लगियो. जति यो अपराध निन्दनीय छ, त्यो भन्दा बढी निन्दनीय त अपराधीहरुलाई संस्थागत र संरक्षण गर्ने कुसंस्कृति छ. हाम्रो अभिषाप, भोलि कुनै विजय वा अग्नि वा यस्तै केही नाम गरेकाको संरक्षणको समाचार जोडियो भने अन्यथा हुने छैन. अनि हामीमध्ये कोहीले चाहिँ ए त्यसो भए त ठिकै रहेछ समेत भन्नेछौं. त्यसको अर्थ हो- हामी धेरै जनताहरु परोक्ष रुपमा यस्ता अपराधलाई छुट दिइरहेका छौं र कहिलेकाही त प्रोत्साहन दिइरहेका छौं.

    Reply
  38. Tilak says:
    December 10, 2012 at 8:16 am

    हरे यस्ता पषु पनि छन यो संसारमा मान्छे को भेषमा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme