Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत

Posted on December 5, 2012December 5, 2012 by Salokya


अनिल अम्बानी भारतका मात्रै हैन, विश्वकै सबैभन्दा धनीहरुको सूचिमा पर्छन्। उनै अम्बानीको नेपालमा गरिएको लगानी भने फेल खाएको छ। लगानी लिएर अम्बानीको रिलायन्स इन्टरटेनमेन्ट ग्रुप फर्किसकेको छ। तपाईँहरुलाई कतिको याद छ, कमलपोखरीको सिटी सेन्टरमा भएको बिग सिनेमा अहिले ब्रान्ड परिवर्तन गरेर बिग मूभिज भएको छ। बिग सिनेमामा अम्बानीको रिलायन्स मिडिया वर्क्सको लगानी थियो। तर मल्टिप्लेक्समा क्युएफएक्ससँग प्रतिस्पर्धा गर्न नसकेर बिग सिनेमा उसको अमेरिका र मलेसियामा भएका हलहरुमा जस्तो चलेन। नेपालका विभिन्न सहरमा मल्टिप्लेक्स हलहरु खोल्ने योजनाका साथ भित्रिएको रिलायन्सले राजधानीमा नै फाइदा देखेन। त्यही भएर हल बेचेर अम्बानी आफ्नो बाटो लागे। बिग सिनेमाको साइटबाट नेपालको हल पनि हटाइयो। अम्बानीको त्यही कम्पनी तीन महिनाअघि ६ करोडमा किनेका थिए गोविन्द संघाईले।

त्यतिमात्र हैन, गोविन्द बैंक अफ एसिया र नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा बोर्ड डाइरेक्टर पनि छन्।

अहिले उनै संघाई छन् प्रहरी नियन्त्रणमा। नक्कली कागजात पेश गरेर सरकारी कागजात किर्ते गरेको अभियोग लगाइएको छ उनलाई।

गोविन्द संघाई नेपालको ठूलो औद्योगिक घराना त्रिवेणी ग्रुपसँग सम्वद्ध छन्। फ्रड काम गर्न यो ग्रुप माहिर रहेको चर्चा त धेरै पहिलेदेखि नै हुँदै आएकै नै हो। तर सब कुरा ‘मिलाएर’ गरिरहेको यो समूहका प्रमुख व्यक्ति अन्ततः फँस्न पुगे प्लास्टिकमा।

भएको के रहेछ भने दुग्ध विकास संस्थानको स्यासे क्रेट खरिदको लागि सिलबन्दी टेण्डर माग्या रैछ। यिनी अध्यक्ष भएको त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि. ले पनि टेण्डर हाल्या रैछ। सरकारी टेण्डर हाल्दा कर चुक्ता भएको सबै कागजात पेश गर्नुपर्ने नियम छ। ९६ लाख ५८ हजार ११० रुपियाँको टेण्डर हाल्ने क्रममा उनले पेश गरेको कर चुक्ता भएको कागजात नक्कली पो रहेछ।

आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय, काठमाण्डौ क्षेत्र नं. २ अन्तर्गतको करदाता सेवा कार्यालय, नयाँ सडक न्यूरोडबाट जारी भएको चलानी नम्बरका कागजातहरु उनले पेश गरेका रहेछन्। अनुसन्धान गर्दा त ती चलानी नम्बरका कागजात फरक फरक मिति र बिषयमा अन्यत्रै कार्यालयहरुमा पो पत्राचार भएको रहेछ। लौ अब यति प्रमाण भएपछि त के चाहियो र। त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि. का डाइरेक्टर उनै गोविन्दलाल साङ्घाईले नै हस्ताक्षर गरी कागजात पेश गरेको खुलिसकेकै थियो क्यारे।

अनि हिजो राति केन्द्रीय अनुसन्धान ब्युरो अन्तर्गतको प्रहरीले पुतलिसडकबाट सांघाईलाई समात्यो र हनुमानढोका पुर्‍यायो। लौ यत्रो उद्योगपति भएर विलासी जीवन बिताइरहेको मान्छे कहाँ हनुमानढोकाको खोरमा बस्ने ? उपाय के छ ? अरु व्यापारी र विशिष्टले नै अपनाउने उपाय- बिरामी भएको छु भनेर लाइदिएछन् र खोरमा नभई अस्पतालमा पुगेछन्।

के सजाय हुन्छ ?

आम्मै यत्रा ठूला उद्योगी समातिए किर्तेको अभियोगमा। लौ न अब के के पो हुने हो भन्ने लाग्दै हो भने ढुक्क हुनुस्, त्यस्तो खासै केही हुनेवाला छैन। देशमा अहिले कुनै नयाँ उद्योग धन्दा खुलेको छैन भनेर सरकारी तथ्यांक आए पनि वास्तवमा भित्रभित्र किर्ते उद्योगको धन्दा भने व्यापक भइसकेको छ। स्कूल कलेजको सर्टिफिकेट नक्कली बनाउने घटना त सामान्य भइसके, अहिले त नागरिकता नै पो नक्कली बन्छन् त। अझ भिसा, प्रज्ञापनपत्र आदि पनि नक्कली बनिसके। तिब्बतीहरुले नक्कली नागरिकता बनाएर त्यसबाट एमआरपी लिएको खबर अस्ति भर्खरै आएको हो।

सरकारी छाप तथा दस्तखत किर्ते गर्नेलाई अधिकतम एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। तर, अदालतले सामान्यतया तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने गरी आएको रहेछ। यही अनुसार जतिसुकै ठूलो किर्तेमा संलग्न भएपछि धेरै जाबो नौ हजार धरौटी तिरेर छुट्ने गरेका रहेछन्। यत्रा ठूला उद्योगपति त्यो नि देउवा निकट व्यापारिक घराना भएपछि के होला त ? त्यही बिग मुभिजमा देखाइने हिन्दी फिल्ममा एउटा गीत छ- वही होता है, जो मन्जुरे खुदा होता है। ‘खुदा’ को अर्थ चाहिँ सिनेमाको त्यो गीत भन्दा फरक होला बरु।

14 thoughts on “अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत”

  1. उपासक उदास says:
    December 6, 2012 at 4:27 pm

    देशको कानूनमा जेसुकै दण्ड लेखिएको होस् ,यी पापी – अपराधी र यस्तालाई चोख्याउने उम्दा सूत्र हिन्दू ‘धर्म -शास्त्र’हरुमा सर्ब सुलभ छन् . आफ्ना ईष्ट्देवहरुलाई ‘पूजा’ र भाकलको नाममा ‘घूस’ टक्र्याउने संस्कृति पहिले नै यथेष्ट विकसित यो देशमा हाल नर-पशु र नराधमहरुले अद्दै पिच्छे टाउके अधिकारी र मन्त्रीको रूपमा अवतार लिंदोछ . यो तथ्यलाइ पहिचान गरी श्रीहरिले यस शदीको कलंकी अवतारको रूपमा नेपालको धर्तीमा जन्म लियो भने केहि राहत होला – हामी नेपाली जनता र देशलाई !

    Reply
    1. डिल्लीरमण न्यौपाने says:
      December 6, 2012 at 8:29 pm

      उपासक जी,
      तपाइको उपसनाको प्रभावले “कलंकी” अबतार कलंकी चोकमै प्रकट हुने भो त अब? सन् २०१२ को डिसेम्बर २१ धेरै टाढा छैन, शुभ साइत सोहि दिन जुर्ला कि?

      Reply
  2. krishna kuinkel says:
    December 6, 2012 at 12:41 pm

    सानालाई ऐन ठुलालाई चैन भनेको यहि हो / ठुलाबडा भनाउदाहरु भित्र भित्रै कति दानव प्रवृत्तिका हुँदा रहेछन / यो त एउटा नमुना मात्रै हो /

    Reply
  3. Anil says:
    December 6, 2012 at 12:21 pm

    जहिले सम्म नेता हरु को आशिरवाद छ तब सम्म केहि हुने वाला छैन. चुनाव आउन आत्यो पैसा दिने इनी हरु ले नै हो ! जति पैसा दिए, पछी तेस्को कयौ गुना जनता बाट चुसेर निकाल्छन !

    Reply
  4. shailu says:
    December 6, 2012 at 9:31 am

    यो सबै देसमा आएको गणतन्त्र र माओवादी नामको जन्तुका करमत हो ।

    Reply
  5. karma says:
    December 6, 2012 at 7:24 am

    यो त्रिवेणी ग्रुपसंग भू.पु. अर्थ मन्त्रि भरत मोहन अधिकारीले पनि धेरै घुस खाएर यिनीहरुको ग्रुपलाई बचाएको भनेको सुनेको थिए | अहिले चाही शायद वर्तमान अर्थ मन्त्रि बर्ष मान पुनले खाईरा होला | यसैले हो नेपाल भ्रस्ट मुलुकको सुचिमा अग्र पंक्तिमा पुगेको |

    Reply
  6. aditi says:
    December 6, 2012 at 2:16 am

    नया नेपालमा जरिवानालाइ राज्यको आएको स्रोत बनाउनु पर्छ, अनि जरिवाना अपराधीको आर्थिक हैसियत अनुसार तोक्नु पर्छ, एउटा गाऊको गरिब किसानले त्यहि गल्ति गर्दा र अम्बानी सम्बानी जस्ता धनिहरुले अपराध गर्दा हुने जरिवाना एकै हुनु हुँदैन, त्यो गरिबलाइ ९००० एकदम ठुलो हो भने यी धनिहरुलाइ ९००० भन्नु भयो भने उसलाई केहि नि होइन, उसले हनुमान ढोका पुलिसका सबै पुलिसलाइ जनही ९००० टिप्स दिएर खुसिका साथ छाती फुलाएर बाहिर निस्कन्छ, यसैले यस्ता धनिहरुलाइ ९ करोडको जरिवाना हुनु पर्छ, यदि गाऊ का सामान्य किसानलाइ ९००० को जरिवाना छ भने

    Reply
  7. Hillman, Myagdi says:
    December 6, 2012 at 1:05 am

    राष्ट्रघाती एमान्ग्रेसको सरकारको समयमा भएको भए कसको आँट गर्ने यो चोर व्यापारी लाई समाउन? कानुनत सजाय कम पाउने प्रावधान भए पनी, चोरले ओढेको मकुन्दो झिक्ने आँट बाबुराम भट्टराईको सरकारले त गर्यो!

    स्याबास भन्नु पर्छ!

    Reply
    1. विना says:
      December 6, 2012 at 10:13 am

      हो हो हिलम्यान जी, बाउरामले आँट गरेकै हो । अव अर्वौंको मोवाइल फ्रिक्वेन्सी कौडीको भाउमा बेच्ने र किन्ने महरा र सुमार्गीले ओडेको मकुण्डो पनि झिक्ने (खोरमा पुर्याउने) आँट गरे भने चाहिँ पक्कै पनि बाउरामलाई आँटी भन्नु पर्ला, कि कसो ?

      Reply
  8. kedar says:
    December 5, 2012 at 11:19 pm

    मा कसम !! हड्डीमा कुकुर बिकेनन भने मलाइ भन्नुस !!!!

    Reply
  9. Basantina says:
    December 5, 2012 at 9:05 pm

    Nothing will happen against frauds. Nepali big business houses can buy government mechinary where there are greedy bitches waitng for thrown away bones.

    Reply
  10. Sisir says:
    December 5, 2012 at 5:29 pm

    के गर्ने येस्तई नक्कली काम गर्ने मादे हरुले गर्दा सक्कली काम गर्छु भन्ने अरुले ब्यापारमा हात हाल्ने गारो भाको छ .. ०.५% जनसंख्या हुने माड्वारिको हातमा तेसै देश को ५०% भन्दा धेरै अर्थतन्त्र भएको होइन होला … सोझो तरिकाले त नेपालमा व्यापार ब्यबसाय गर्ने गारो भैसक्यो …

    Reply
  11. RajeS Shrestha says:
    December 5, 2012 at 5:01 pm

    लाटो देश मा गाड़ो तन्नेरी भनेको यहि हो …………………….

    Reply
  12. anup_gorkhe says:
    December 5, 2012 at 4:47 pm

    लहरो तान्दा पहरो थर्कने त होइन, अरु पनि त मिलेकै होलान !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme