-नवराज न्यौपाने- त्यो फोटोमा पत्रकारहरुले मात्र लाउने ‘प्रेस’ लेखिएको चम्किएको ज्याकेट लाउने मान्छे कस्तो ठ्याक्कै प्रचण्ड जस्तो देखिने मान्छे रहेछ है, भनेर सोच्नुभएको हो ? हो भने तपाईँ गलत हुनुहुन्छ। उनी प्रचण्ड जस्तो देखिने मान्छे हैनन्, एमाओवादी अध्यक्ष प्रचण्ड नै हुन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सधारणसभा उद्घाटन गर्न प्रमुख अतिथि बन्न पुगेका प्रचण्ड राजधानीको… Continue reading
Category: समाचार/विचार
तपाईँ नेपालको भाग्यमानी १०% मा पर्नुहुन्छ, ९०% का लागि केही गर्ने कि !
नेताहरुलाई हामीले धेरै गाली गरिसक्यौँ। गाली गरेरै देशको विकास हुने भए नेपाल अहिले विकसित देशको हाराहारीमा पुगिसक्ने थियो होला। हामीले हाम्रो देशको विकास गर्न एकजुट हुनुपर्छ पनि निकै पटक भनिसक्यौँ। एकजुट त हुने, तर केका लागि ? देश त बनाउने तर कसरी ? घर बनाउने जस्तो त हैन देश बनाउने भन्ने कुरा। उपाय के त… Continue reading
विश्व ध्वस्त पार्न आतुर हल्लाखोरहरु
विश्व ध्वस्त हुने भविष्यवाणी यसअघि पनि कयौँ पटक नचलेका हैनन्। ती भविष्यवाणी साँचो भइदिएको भए यतिबेला न मैले यस्ता अक्षर टाइप गरिरहेको हुन्थेँ, न तपाईँले यो सब मुसुमुसु हाँसेर पढिरहनुभएको हुन्थ्यो। तैपनि त्यस्ता हल्लाहरु हुन छाड्दैनन्। पछिल्लो पटक डिसेम्बर २१ मा विश्व ध्वस्त हुने हल्ला व्यापक छ। हुँदाहुँदा अब त मिडिया पनि हल्लाखोर भएर मान्छे… Continue reading
यस्तो अवस्थामा पक्राउ परेका थिए पारस
परिवारलाई छाडेर थाइल्यान्डमा बसिरहेका पूर्व युवराज पारस शाहले एकपछि अर्को गर्दै आफ्नो पारा देखाइरहेको सार्वजनिक भइरहेको छ। फ्रेन्च कट दाह्री, लामो-लामो कपाल, सेतो टिसर्ट र कालो प्यान्ट- माथि तपाईँहरुले देखिरहनुभएको फोटो पारस पक्राउ परेको बेलाको फोटो हो। थाई पत्रिकाले पहिलो पेजमा छापेको यो फोटो उनी पहिलो पटक गाँजा राखेको अभियोगमा पक्राउ पर्दाको हो। गाँजा राखेको… Continue reading
अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत
अनिल अम्बानी भारतका मात्रै हैन, विश्वकै सबैभन्दा धनीहरुको सूचिमा पर्छन्। उनै अम्बानीको नेपालमा गरिएको लगानी भने फेल खाएको छ। लगानी लिएर अम्बानीको रिलायन्स इन्टरटेनमेन्ट ग्रुप फर्किसकेको छ। तपाईँहरुलाई कतिको याद छ, कमलपोखरीको सिटी सेन्टरमा भएको बिग सिनेमा अहिले ब्रान्ड परिवर्तन गरेर बिग मूभिज भएको छ। बिग सिनेमामा अम्बानीको रिलायन्स मिडिया वर्क्सको लगानी थियो। तर मल्टिप्लेक्समा… Continue reading
प्रधानमन्त्रीमा सुशील कोइराला
कयौँ दिनसम्म नामै प्रस्ताव गर्न डराइरहेको कांग्रेसले आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले बल्ल आफ्ना सभापति सुशील कोइरालालाई सहमतीय सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ। हिजोको तीन दलको बैठकमा एमाले र कांग्रेसले प्रधानमन्त्रीको नाम मागेपछि आज कांग्रेसले यस्तो निर्णय गर्न लागेको हो। तर नाम तोक्दैमा सहमति भइहाल्ने भने हैन। सहमति खोज्ने क्रममा हुने विमतिको… Continue reading
भ्रष्टाचारको विरोध यसरी पनि
भ्रष्टाचार नेपाली समाजमा कति गढेको छ भन्ने त भुक्तभोगीहरुलाई मात्र थाहा हुन्छ। अरुले अनुमान मात्रै लगाउने हो। भ्रष्टाचारको विरोध सबै गर्छन्। तर कोहीकोही मुखले विरोध गर्छन्, परी आउँदा सुटुक्क भ्रष्टाचार गर्छन् वा गर्नेलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता पुर्याउँछन्। भ्रष्टाचारको विरोधमा भारतमा जति पनि विरोध अभियान नेपालमा हुन सकेको छैन। यसै सन्दर्भमा युएन एन्टी करप्सन डे (आइतबार, ९… Continue reading
सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा
एनसेल साहुलाई कम्पनी बेचेपछि कर्मचारी निश्कासन प्रचण्डनिकट व्यापारी अजय सुमार्गीले सताएपछि उनको टेलिकम कम्पनी हेलो नेपालका कर्मचारीहरु वैद्य माओवादीको शरणमा पुगेका छन्। ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै खाली कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर श्रम ऐनविपरीत निकालिएको भन्दै क्रुद्ध कर्मचारीहरुले वैद्य माओवादीको साथ लिएर आन्दोलन… Continue reading
तीन वर्षमा दुई सिएनएन हिरो नेपालबाट
अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले ६ वर्षअघिदेखि सुरु गरेको ‘सिएनएन हिरोज’ शृङ्खला यस पटक नेपालकी पुष्पा बस्नेतले जितिन्। विगत तीन वर्षमा नेपाली महिलाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा माइती नेपालकी अनुराधा कोइराला पहिलो पटक उपाधि जित्ने नेपाली थिइन्। समाजमा अतुलनीय योगदान दिने व्यक्तिलाई सम्मान गर्न सिएनएनले… Continue reading
राष्ट्रपतिले के भने सुन्नुस् र गुन्नुस् किन भने यस्तो?
राष्ट्रपति रामवरण यादवले पोखरामा गरेको भाषण अहिले खुबै चर्चामा छ। नयाँ सरकार बनाउन सार्वजनिक आह्वान गरिसकेर एक पटकको म्याद गुज्रिसकेपछि अर्को म्याद सकिन केही दिन बाँकी रहँदा उनले भाषणमा भनेछन् ‘यही सरकारमा सहमति भए सुनमा सुगन्ध’। किन यसो भनेका होलान् राष्ट्रपतिले ? लौ माइसंसारका घघडान विद्वान विश्लेषकहरु, तपाईँहरुको विश्लेषण सुनौँ। पहिला राष्ट्रपतिको भाषण सुन्नुस् भित्र।
डिभी बन्दै हुने भो त ? अहिल्यै हैन !
डिभी नेपालमा खुबै लोकप्रिय छ। ‘डिभीपीडित’ नामको त संस्थै छ, बेला-बेलामा दूतावासबाहिरै धर्ना बसेर आन्दोलन गरिरहन्छन्। अचानक शनिबार खबर आयो- अब डिभी बन्द हुने भो रे। डिभीको नाममा धन्दा गर्ने माछा झुण्ड्याएको र नझुण्ड्याएको घरका धनीहरुलाई पनि साह्रै चित्त दुख्यो होला- बिचराहरुको गरी खाने बाटो पो बन्द हुने भो त। कति सोध्दै थिए- त्यत्रो पैसा… Continue reading
कांग्रेसका ७७ जनाले साँच्चै चिनेका थिए त्यागी तामाङलाई
पाँच दशकदेखि नेपाली कांग्रेसमा सक्रिय नेता भीमबहादर तामाङको हिजो बिहान निधन भयो। ७७ वर्षका भए पनि यिनी हट्टाकट्टा थिए। मर्निङ वाक गएर फर्केपछि हर्ट अट्याक भएर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि उनलाई त्यागी, निष्ठाको राजनीति गर्ने, सरल जीवनशैलि भएका नेताको रुपमा कांग्रेसका नेता र कार्यकर्ताहरुले प्रशंसा गरे। ‘बेइमान नेताहरुको हुलमा भएका एक इमान्दार नेता… Continue reading
थाई पत्रकारहरुलाई झुक्याए पारसले
छेउमा तपाईँले देखिरहनुभएको भवन थाइल्यान्डको फुकेट प्रान्तीय अदालतको हो। यहाँ हिजो पूर्व युवराज पारस शाहलाई उपस्थित हुन आदेश दिइएको थियो। उनलाई प्रतिबन्धित लागू औषध प्रयोग गरेको र साथमा राखेको अभियोग लगाइएको कुरा त तपाईँहरुलाई थाहै होला। त्यही मुद्दाको सुनुवाईका लागि उनी त्यहाँ बयान दिन आउँदै थिए। मिडियामा आइसकेको हुनाले नेपालका पूर्व युवराजको फोटो खिच्न त्यहाँ… Continue reading
सहमतिलाई बनाइयो ‘जोक’
राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको दरखास्त लिएर आउनू भनेर तत्कालीन राजा ज्ञानेन्द्रले जस्तो काम गरेको भनेर माओवादीहरुले आलोचना गरिरहेको बेला ठ्याक्कै उतिबेला नारायणहिटीमा स्वच्छ छविको व्यक्ति प्रधानमन्त्रीको दरखास्त लिएर लाम लागे जस्तै स्थिति आज पनि देखियो शितल निवासमा। ठूला दलहरुले सहमति गर्न नसकेर कुनै पनि सिफारिस लिएर जान असफल भएको बेला दुई राजावादीहरु केशरी महतो र मुस्कान… Continue reading
स्यालको सिङ खोजेर नि पाइन्छ र कहीँ?
कहिलेकाहीँ यी टाउके नेताहरुले जनताको विश्वास नतोडेर गज्जबै गर्छन् के! राष्ट्रपतिले मंसिर १४ गते अपराह्न ४ बजेसम्मको अल्टिमेटम दिएर सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न आउनू भनेको बेला नै उनीहरुले सहमति गरी खाँदैनन् भनेर धेरैले विश्वास गरेका थिए। विश्वास तोडिएला भनेर डर मान्नै परेन। किनभने यो बीचमा तीन दलबीच मात्र एक पटक बैठक बस्यो- गएको शनिबार।… Continue reading
राजा जाऊ, छोरा बचाऊ !
पूर्व युवराज पारस शाहले नेताहरुको नालायकी देखेर दिक्क भई राजतन्त्रप्रति आस्था राख्नेहरुको अपमान गरेका छन्। उनी थाइल्यान्डको पर्यटकीय शहर फुकेटमा गाँजासहित पक्राउ परेका थिए। दशैँको महानवमिका दिन निवासमा गाँजा भेटिएपछि पक्राउ परेको भए पनि यो विषयमा नेपालमा अहिलेसम्म हामीलाई सुइँकोसमेत थिएन। लगेर प्रहरीले एक रात खोरमा थुनेछ पनि। पक्राउ परेका व्यक्ति नेपालको भूपू युवराज भएको… Continue reading
पाटनमा आज राति रहस्यमय नाच
देशमा नेताहरुले ताण्डव नृत्य देखाइरहेको बेला यो के नाचको कुरा गरेको होला जस्तो लाग्यो होला तपाईँहरुलाई। यो अलि फरक खालको नाच हो- ऐतिहासिक र रहस्यमय। तान्त्रिक कुरा जोडिएको छ यसमा। नरबलिको कुरा जोडिएको छ यसमा। ८ दिनदेखि पाटन दरबार स्क्वायरको कृष्ण मन्दिरसँगै रहेको कात्तिक डबलीमा आज राति अन्तिम कात्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नाच… Continue reading
सहमति खोज्दा देखियो विमति, ननिम्तियोस् विपत्ति
राष्ट्रपति रामवरण यादवले गएको शुक्रबार सहमति प्रधानमन्त्रीको नाम लिएर आओ भन्दै विज्ञप्ति जारी गरेपछिको दोस्रो दिन सहमति हैन, झन् ठूलो विमति पो देखियो। राष्ट्रपतिको आह्वानलाई असंवैधानिक भन्दै अटेर गर्ने मात्र हैन, ६ महिना पहिले राष्ट्रपतिले कामचलाउ भनी गरेको घोषणा पनि संविधान अनुसार छैन भन्दै सरकारले निर्णय पारित गर्यो। त्यो निर्णय लिएर शितल निवास छिरेका प्रधानमन्त्री… Continue reading
राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी द्वन्द्व चर्कियो, अब अदालत जाने संभावना
राष्ट्रपतिले सहमतीय प्रधानमन्त्री माग्दै सात दिने अल्टिमेटमसहित शुक्रबार जारी गरेको विज्ञप्तिबारे आज बसेको मन्त्रिपरिषद्को बैठकले कडा प्रतिक्रिया जनाएको छ। सरकारको निर्णयले मुलुकको कार्यकारी अधिकारबारे द्वन्द्व चर्किएको छ। सरकारले राष्ट्रपतिको यसअघि जेठ १६ गते जारी प्रधानमन्त्री पदमुक्त भई कामचलाउ भइसकेको भन्ने विज्ञप्ति पनि संविधानको भावनाविपरीत रहेको भनेको छ। अब यही विषयमा सर्वोच्चमा मुद्दासमेत पर्ने निश्चित छ।… Continue reading
बिचरा बाबुराम, सकिए उनका दिन !
राष्ट्रपतिको विज्ञप्ति ‘बम’ जत्तिकै भएको छ प्रधानमन्त्री बाबुराम भट्टराईलाई। उनका आसेपासेहरु राष्ट्रपतिले ‘कू’ गरेको भन्दै झण्डै रोउँला झैँ गरी हिँडिरहेका छन्। अध्यक्ष प्रचण्ड र उनका आसेपासेहरु भने कडा बोलिरहेका छैनन्। स्पष्टै छ- राष्ट्रपतिको विज्ञप्तिले माओवादीभित्र विभाजन ल्याइदिएको छ। बिहान राष्ट्रपतिको विज्ञप्तिबारे धारणा बनाउन माओवादीको बैठकपछि केन्द्रीय कार्यालयले एउटा र बाबुरामवालाले एउटा सर्कुलर जारी गरेपछि प्रचण्ड… Continue reading