माइसंसारका पुराना पाठक हुनुहुन्छ भने तपाईँलाई याद होला, गएको जनवरीमा स्टार मल लिलामीमा राखिएको बारे एउटा ब्लग राखिएको थियो। तर आज डिसेम्बर हुँदासम्म यो किन्ने कोही ग्राहक फेला परेको छैन। यो भव्य मल किन्ने कुनै धनवान व्यक्ति वा समूह अहिलेसम्म नभेटिएकैले पुस ४ गतेसम्म लिलामको बोलपत्र हाल्न मिल्ने गरी म्याद थप गरिएको छ। भवनको लिलामीको बोलपत्र हाल्ने म्याद पनि ठ्याक्कै सहमतीय प्रधानमन्त्रीको नाम खोज्या जस्तै थपिएको थपियै छ। पछिल्लो पटक सात दिनको म्याद थप गरिएको हो। यो म्यादभित्र पनि किन्न आउने नभेटिए के हुने होला ? फेरि अर्को म्याद थप्ने! अथवा अरु केही ? हेर्न बाँकी छ।
३५ करोड ऋण तिर्न नसक्दा…
आजभोलि काठमाडौँमा ‘मल’हरु बनाउने होडबाजी छ। तर गतिलो व्यवस्थापन गर्न नसके कस्तो स्थिति निम्तिन सक्छ, यो भवनको नियतिले देखाउँछ। यो भवनको नाम स्टार मल हो। मालिक स्टार होल्डिङ्ग्स कम्पनी। कम्पनीका अध्यक्ष योगेन्द्र श्रेष्ठ। यो भवन बनाउन योगेन्द्र श्रेष्ठले ग्लोबल बैंक र सिद्धार्थ बैंकबाट ऋण लिएका थिए। यी दुई बैंकलाई गरी ३५ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ।
योगेन्द्र नेपाल शेयर मार्केट्स (एनएसएम) फाइनान्स लिमिटेडका पनि कार्यकारी अध्यक्ष हुन्। उनी अहिले प्रहरी हिरासतमा छन्। ठूलै आर्थिक मुद्दा लागेको छ उनीमाथि।
नेपाल राष्ट्र बैंकले गरेको बित्तीय अनुगमनमा उनले आफ्नो फाइनान्समा पैसा जम्मा गर्ने संस्थापक निक्षेपकर्ताको रकम खातामा नदेखाई व्यक्तिगतरुपमा लगानी गरेको भेटिएको थियो। त्यसपछि राष्ट्र बैँकले उनलाई पक्राउ गर्न प्रहरीलाई भन्यो। तर उनी फरार भए। गत वर्ष वैशाखमा फरार भएका उनी गत वर्ष असोजमा बल्ल धनगढीमा पक्राउ परे। १ अर्ब ९९ करोड रुपैयाँ अपचलन गरेको आरोप छ उनीमाथि। सीआइबी र नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्फरमेसन युनिटको अनुसन्धानमा उनले स्टार मल, स्टार हाउजिङ, नेको इन्स्योरेन्स, स्टार सहकारी, हिमाल हाइड्रो र नारायणी नेसनल फाइनान्समा लगानी गरेको देखिएको छ।
करोड उठाउन अर्बको लिलामी?
यो भवन बनाउन ग्लोबल र सिद्धार्थ गरी दुई बैँकको सांवा ३२ करोड ७५ लाख तथा व्याज वापत २ करोड ६३ लाख गरी जम्मा ३५ करोड ३८ लाख रुपियाँ तिर्न बाँकी थियो। यो पैसा उठाउन ती दुई बैँकले धितोको रुपमा रहेको यही भवन लिलाम गर्ने सूचना पत्रिकामा छपायो। यसले अर्को विवाद ल्यायो।
पुतलिसडक जस्तो व्यस्त ठाउँको ३ रोपनी भन्दा बढी जग्गा ओगटेको एक अर्बभन्दा बढी मूल्य पर्ने भवन ३५ करोड असुली गर्न लिलाम गर्ने ? लिलाम गर्दा कम पैसा उठ्ला बरु म आफैले बेच्न पाए धेरै पैसा आउँथ्यो भनेर नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडले अनुरोध गर्यो। राष्ट्र बैँकले हस्तक्षेप गर्यो। नेपाल राष्ट्र बैंकको रोहबरमा सम्झौता भयो। सम्झौता अनुसार सेयर मार्केटसले यो भवन आफै बढी मूल्यमा बेची त्यसको पैसाले ती बैँकको ऋण पनि तिर्ने अनि सेयर मार्केट्स फाइनान्समा पैसा जम्मा गर्ने अरुको पैसा पनि भुक्तानी गर्ने भयो। सम्झौतामा गत वर्षको पुस मसान्तभित्र यो भवन बेची ती बैँकहरुको बाँकी सांवा तथा व्याज भुक्तानी दिने मन्जुरी थियो।
कति हो मूल्य ?
नेपाल राष्ट्र बैँकले यसको मूल्याङ्कन १ अर्ब ३० करोड गरेको छ। त्यत्रो अर्ब रकम त कसले तिर्ने ? त्यसैले कम्पनीले ९० करोड रुपियाँमात्रै आए पनि बेच्न तयार देखिएको छ। नागरिक लगानी कोषले यो मल किन्ने रुचि देखाएको थियो। तर ऊ पनि त्यति धेरै रकम खर्चन तयार छैन।
तर किन्ने कसले ?
गत वर्षको पुसको म्याद सकिएर अब नयाँ पुस आउन लागिसक्यो, किन्ने ग्राहक भेटिएको छैन। अहिले यसै पनि घरजग्गाको कारोबारमा सुख्खा लागेको छ। त्यसैले मल किन्ने साहस कसैले देखाउन सकेका छैनन्। कुमारी हलतिर जाने बाटोबाहिर पुतलिसडक मेनरोडमा रहेको यो भव्य मल नयाँ मालिकको खोजीमा त्यसरी नै कुरिरहेको छ, जसरी प्रधानमन्त्री कार्यालयको कुर्सीले नयाँ प्रधानमन्त्री खोजिरहेको छ। तर म्याद थपको नियति दुवैले भोग्नुपरिरहेको छ।
एस्तो भवन बनाउने मान्छे लै त सम्मान पो गर्नु त . के गर्न बना को हो उसै लाई प्रयोग गर्न दिनु नि किन लिलाम गर्नु पर्यो .पैसा त किस्ता किस्ता मा उठाउदा गरुम्ला नि हुन्न हिसाब गरेर ,
खै चिठा परे त किन्नु हुन्थियो . हे लक्ष्मी माता सहयोग गर .
होइन पोहोरसाल देखि बेच्न राखेको अझैसम्म नि नबिक्ने कुन मल हो? आफुलाई यहाँ सिजनै पिच्छे मल नपाएर बरु ब्ल्याक मैं किन्छु भन्दा पनि पाइराकोछैन ! राम्रो मल भए त म किन्छु है.
योगेन्द्रले बुद्धि त खियायेकै हुन् . तर साइत हेर्न भुले जस्तो देखियो अहिले .
त्यसैले त लुकीलुकी हिड्नु पर्यो यार. समयले योगेलाइ जोगी तुल्याउने पो होकी !
जग्यशालामा हगेर सुनको डल्लो पाउने लोभले आज सम्म कसलाई पो सुखी रहन दियो ?
यिनको हालत देखेर कसैले समयमा सदबुद्धि कमायो भने त्यही मलको हल र चल हुनेछ /
अस्ट्रेलिया र अमेरिका मा जुठो भाडा माझेर आउने पैसा ले यो मल किन्न पुग्दैन , NRN को फोस्रो धक नेपाली लै नलगाए हुन्छा .
एउटा मल किन्न एक जना NRN भयेत भो नि …. सबै NRN धनि कसले भएको छ … RN को हि किन्ने न भए पछि महतो जस्ता लौतनी भन्ने निस्किन्छन कि ?
नब्बे करोड मा पछाडिको पाँच सुन्य हटाए म किन्ने थिए नि !
कोहि मर्दछन खाइ अधिक यहाँ, कोहि मर्दछन भोकले I
कोहि मर्छन यहाँ उपचार नपाई, कोहि मोज मस्तिले II
-१-२ हप्ता अगाडी को एक समाचार मा काठमाडौँ मा ‘सार्बजनिक सौचालय’ १० -१२ वटा मात्र छ भनेर पढेको थिए /
– यो भवन ‘सार्बजनिक सौचालय’ को लागि प्रयोग गरेमा अलिकति भए पनि काठमाडौँ को ‘दुर्गन्ध’ लाइ कम गर्न मा अबस्य नै सहयोग हुने थियो/
तैपनि,
– बाहिर रुप र रंग हेर्दा त बिकसित देशहरुको ‘सार्बजनी सौचालय’ लाइ माथ गर्न सक्ला जस्स्तो पनि देखिदैन नि ?
i know what kind of public toilet are there in so called “developed country”,, if you pay 100 rupee can you can also get good toilet in nepal better than Australian,, if it’s free then it’s same crappy..in both standard.. i guess it’s even crappier in Australia due to too much immigrants
hey dude.,
what do u want to say make it clear……its not australiya…its nepal..you know the news?? its about mall not about toilet where you can pay how much….wake up bro
रोशन जी
अस्ट्रेलिया को कुन ठाउँमा भएको सार्बजनिक सौचालय राम्रो छ ? बढी गफ नगर्दा राम्रो हुन्छ !
ब्लगर पढ्ने र कमेन्ट गर्ने बन्धु हरुले ‘अस्ट्रेलिया र नेपाल’ को ‘सौचालयको तुलना मात्रै लाई मुख्य निचोड को रुपमा बुझ्नु भएको रहेछ र यसले मलाइ के बुझ्ने मौका मिल्यो भने ‘नेपाली हरु मा अलिकति भए पनि ‘रास्त्रियता’ भन्ने ‘लंग्गदो’ भवन बाकि रहेछ र खुसि पनि लागि रहेछ/
– पहिलो कुरा मैले, आधुनिक देश को कुरा गरेको छु अस्ट्रेलिया को हैन – सिंगापूर, जापान, होंग्कोंग, मलेशियाहरु लाई बिर्षिदिने ?
अस्ट्रेलिया कै ‘सौचालय’ खोजेको हो भने तलको लिंक मा क्लिक गरेर हेर्नु होला – जुन तपाइँ हरुले बस्नु भएको वा सपना देख्नु भएको नेपालका आधुनिक घरहरु को दाजोमा धेरै नै सुभिधा सम्प्पन छन् भनी हामीलाई लाग्छ :
https://www.youtube.com/watch?v=-KGbZmiTB_Q
जानकारीको लागि : – अन्य देश हरुको हेर्न मन भएमा ‘गुगल’ गरेर खोज्न सकिन्छ /
– फेरि सधै जुलुस भैरहने, धेरै मान्छे हरु हिडी रहने ब्यस्त ठाउमा खै त ‘सौचालय’ को व्यवस्था ? कि शंकर देव क्याम्पस कुद्नु पर्र्यो कि टुकुचा कि त आसपास का चिया पसल र भट्टी हरुमा/ बाहिर बाट आएका मान्छे हरुले त पछि फर्केर भित्ता हौरुमा त हो नि है न र ?
तर, दुख लाग्दो कुरो चाही धेरै को चाही ‘अर्काले घोडा चढ्यो भनेर घरको धुरी चढ्ने’ पारा देखियो र बिहानीले बाँकी दिनको निर्देश गर्छ भने झैँ नेपालको भबिस्य का कर्णधार हरुले के गर्नेछन भने कुरा को ‘राम्रो मनोविज्ञान’ बुझ्ने मौका पनि हो यो/
किन भने मेरो प्रतिक्रिया को सार चाही:-
हाम्रा पुर्खाहरु, तर, बिशेष गरेर काठमाडौँ का नेवार समुदाय र राणा हरु ले आफ्नो तन, मन, धन र कर्म ले बनाएको ‘कान्तिपुर नगरी’ लाई गएको 15-25 बर्ष भित्र न रुप न रंग का ‘बिदेशी’ लाई हसाउने, पुर्खा हरुको ‘आत्मा’ लाई तड्पाउने र जनतालाई सताउने र देशलाई कंगाल पार्ने पाराका ‘कंक्रिट’ का काल गृहहरु (सन्धर्भ: सुन्धारा को रात्रिक्लब मा भएको घटना) बनाएर मरुभूमि मा परिणत गर्ने प्रवृतिको बिरुद्दको हो /
नेपाली उखान वा – ————-“अहा उर्लदो खहरे हेर आज कत्तिको गर्गदाउछ” भन्ने उक्तिसंग ठ्याक्कै मिल्ने पारा चाहि -:-
आजको नेपालमा मिडिया हरु ले हिरो बनाइएका र बनिरहेका हरु – जसले बिकाश रा आधुनिकताको नाउमा कान्तिपुरी नगरीलाई ‘खाते शहर’ को रुपमा बिकाश गरेर ‘विश्वो’ रेकोर्ड तोड्ने होडबाजी चलि रहेको देखिन्छा जहा न खाने पनि हुन्छा, न बत्ति हुन्छा न यातयात् व्यवस्था नै हुन्छा न दैबी प्रकोप सहन सक्ने कुनै सक्ति नै हुन्छा –
– जुन कुराहरु को मापदण्ड लाई कुनै मतलब नराखी ‘खाते सहरमा परिणत गर्ने गराउने खेल – २ नं का ब्यबसायी जो राजनीतिक सम्रख्याँ मा ब्यबसाय गर्ने नाउमा जनताको रगत रा पसिना बगाएर जम्मा गरेको पैसा रिंड लिएर विदेश मा रहेका छोरा छोरी, ज्वाई आदि लाई पैसा ट्रांस्फेर गरिरहेका छन् अनि चप्पल लगाएर काठमान्डू छिरेका तथाकथि ‘कर्मचारी तन्त्र ‘, बिस्वो बुझेका ‘तथाकथित’ आधुनिक शिख्छ्याले ऒतप्रोत भएका ‘ ललितकलाका ‘ इन्जिनीर हरु हुन् र त्यस्तो प्रबितिलाई सपना बनाउने तपाई हामि हरु/
– केहि ब्लोगर हरुले बस्ने र भोग गर्ने सपना देखेका तथाकथित् अहिलेका आधुनीक घर हरु ‘बिकसित’ देशको “सौचालय’ हरु भन्दा बढी भए जस्तो पक्कै छैनन नै/
जहाँ, पहिलो त ‘पिउने पानी’ नै छैन ,दोस्रो बिजुली बत्ति, तेस्रो, प्राकृतिक प्रकाश को पहुच, चौथो अपाङ्गहरुले पनि प्रयोग गर्न सक्ने सुविधाहरु, आगो प्रतिरख्छ्या साथै भुकम्प प्रतिरख्छ्या सबारी साधन राख्ने कुरा को त कुरै छोडौ/
सल्लाह र औसधि सधि तितो हुन्छा तर, बाहिरी आखा भनेकै राम्रो र नराम्रो छुत्त्यौन को लागि बनेको है न र !
यति धेरै पैसा यस्तो भवनमा खर्च गर्नु भन्दा त बिजुलीमा लगानी गर्नु नि | कहिले गाट खादैन | नपुगेको र न भएको कुरामा लगानी गरे पो फाइदा त | जता ततै मल नै मल बाको माथि नि येत्रो थपे पछि क को फाइदा नि | एउटाले गरे पछि सबैले गर्नु पर्छ येह | अपर्मेंट देखि, जग्गा किन्ने देखि, सबै एउटी खाले
त्येइ भनेको सरोज जी, हाम्रो नेपालको बैंक ले पनि १० लाख लगानी गरेर काम गर्ने, मेहेनत गर्ने, ( माटोको भाडा बनाउने या अन्य केहि कलात्मक बस्तु उत्पादन गर्ने ) हरुको लागि लगानी गर्दैन | एस्तो करौडौको building मा भने सहजै लगानी गर्छन | यो building बनाउन चाहिने cement, rod को कच्चा पदार्थ सबै विदेश बाट आउछ नेपालमा | लगानी त बिदेशियो नि | job opportunity बढ्ने कुरामा लगानी गर्नु नि |
थुक्क !!!!!!! नब्बे करोडमा मात्र तीन हजार सात सय बयानब्बे रुपैया नपुग भयो नत्र यो मल मेरो हुन्थ्यो ।
एन. आर. एन.ले छिटो र धेरै फायदा हुने काममा मात्र लगानी गर्छ।
एस्तो जन्झ्टिया र धेरै रकम लगानी गर्दैन।
किन भने ठुलो लगानी गर्न ठुलो नगद चाहिन्छ।
नेपालका बेपारी र उधोगपतिहरुका हाराहारीमा पुग्न एन. आर. एन.हरुलाई अझ दशको लाग्छ।
सुरज श्रेष्ठ
हा हा हा किन्न त म पनि किन्ने थिय होला नि तर के गर्नु पैसा नै छैन अब बत्ति गयको बेला मम्बत्ति किन्ने पैसा बचाउनु पर्यो आफु अध्यारोमा बसेर पनि
किसान ले मल किन्न नपाउने ; ब्यापारी ले मल बेच्न नसक्ने : LOL
ल है residental नेपाली ले किनेनन, non residental नेपाली अघि सर्नु पर्यो ! मल त सस्तो मै पैयेला जस्तो छ ?