Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: #WhoKilledNirmala

फेरि निर्मलाको जस्तो घटना नहोस्, उही व्यक्तिले फेरि किशोरीलाई दुर्व्यवहार गरेको उजुरी

Posted on August 7, 2022August 7, 2022 by Salokya

पहिलोपोस्टमा हुँदा ३० अङ्कको #WhoKilledNirmala सिरिज टुङ्ग्याउने क्रममा हाम्रा निश्कर्षहरुसहित अन्तिममा लेखेको थिएँ- यदि, यी सबै नहुने हो भने निर्मलाको बलात्कार र हत्या गर्ने अपराधी कहिल्यै पत्ता लाग्ने छैन। सिवाय एक अवस्थामा। त्यो अपराधीले पुनः त्यस्तै कुकृत्य गर्‍यो र पक्राउ पर्‍यो भने। किनभने हामीले जानकारी पाएका छौँ, शंकित मध्ये एक खुला हिँडिरहेका छन् र ‘फलानीलाई… Continue reading

निर्मला प्रकरणमा भारतीय नागरिकको फण्डा पनि फुस्सा, आधार नभेटिएपछि भए रिहा

Posted on January 7, 2022 by Salokya

निर्मला प्रकरणमा एक भारतीय नागरिक पक्रेर प्रहरीले फण्डा मच्चाएको तपाईँहरुले पनि थाहा पाउनु भएको होला। विभिन्न अनलाइन मिडियाहरुमा अपराधी नै पक्राउ परे जसरी समाचारहरु पढ्नुभयो होला। अझ युट्युबरहरुको त के कुरा गर्नु र, निर्मलाका अपराधी बल्ल पत्ता लागेदेखि प्रहरीलाई सलाम अनि कोहीकोहीले अपराधीलाई फाँसीसम्म दिन भ्याएका थिए। तर मैले यो फण्डा सुरु हुँदा नै लेखिसकेको… Continue reading

नझुक्किनुस्, निर्मला प्रकरणमा प्रहरीले केही नयाँ गरेको छैन

Posted on January 4, 2022January 4, 2022 by Salokya

साढे तीन वर्षपछि एकचोटी फेरि निर्मला प्रकरण चर्चामा आएको छ मिडियामा। समाचारहरु यसरी आउँदैछन्, मानौँ यो प्रकरणका दोषी पक्राउ परिसके। अझ केही युट्युब च्यानलहरुको हेडलाइन हेर्ने हो भने त दोषी सार्वजनिकै गरिसके प्रहरीले। केहीले फाँसीसमेत दिन भ्याइसके। अनलाइन मिडियाहरुले शंकास्पद एक भारतीय पक्राउ परेको समाचार दिइरहेका छन्। त्यो पढ्नेहरुलाई लाग्न सक्छ, केही नयाँ प्रगति भएको… Continue reading

निर्मलाको नाममा अझै पनि भ्रम फैलाउन मै व्यस्त अनलाइनहरु

Posted on September 7, 2021September 3, 2021 by Salokya

३ वर्ष बितिसक्दा पनि निर्मला पन्तका हत्याराले सजाय पाउन सकेको छैन। यो केसमा के नेता, के राजनीतिक दल, के मिडिया, के पत्रकार- सबले आफ्नो स्वार्थको रोटीमात्र सेके। दोषीले सजाय नपाउने गरी हल्लाको पछि लागेर वातावरण बिगार्नमा क-कसको हात रह्यो भन्ने बारे #WhoKilledNirmala शृङ्खलाका ३० भागमा धेरै कुरा खुलाइसकेको छु। छुटाउनु भएको भए यहाँ क्लिक गरी… Continue reading

निर्मला प्रकरण : अब दोषी पक्रन किन ढिलाइ? ‘ड्याडी, मारेँ’ भन्दै फोन गरेको सुन्ने, रुम नम्बर नै थाहा पाउने प्रत्यक्षदर्शीहरु रहेछन्

Posted on July 25, 2021July 27, 2021 by Salokya

आज साउन १० गते। कञ्चनपुरकी बालिका निर्मला पन्तलाई सम्झने दिन। मिडियामा ‍‍औपचारिक समाचारहरु प्रशस्त आएका छन्। यो विषयमा पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala शृङ्खलामा मा ३० वटा र पहिलोपोस्ट छाडेपछि माइसंसारमा अनेक ब्लगहरु लेखियो। अझ विस्तृत पुस्तकमा लेख्ने तयारीमा छु। त्यसैले आजको दिन यो विषयमा खासै केही लेख्ने जाँगर चलेको थिएन। तर समाचार र सोसल मिडिया हेर्दा… Continue reading

पडकास्टमा सुन्‍नुस् : निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ?

Posted on March 30, 2021 by Salokya

निर्मला पन्तको हत्यारा अब केही दिनभित्रै पत्ता लगाइने समाचारहरु केही दिनदेखि विभिन्न मिडियामा पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त? के भागरथी घटनामा… Continue reading

निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ?

Posted on March 29, 2021March 30, 2021 by Salokya

‘निर्मला पन्तको हत्यारा अब महिनामा होइन, दिनमा पत्ता लाग्नेछ।’ ‘निर्मला पन्तको हत्यारा अब २० दिनभित्रै पत्ता लागिसक्नेछ।’ केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा… Continue reading

निर्मला प्रकरणमा अझै पनि भ्रम छर्ने प्रयासमा खेम भण्डारी, यस्ता छन् २० झुट

Posted on August 3, 2020August 3, 2020 by Salokya

निर्मला प्रकरणलाई ट्विस्ट एन्ड टर्न गराउन सुदूरपश्चिमका पाका पत्रकार खेम भण्डारीको के कस्तो भूमिका रह्यो भन्ने कुरा हामीले #WhoKilledNirmala मा लेखिसकेका छौँ। आन्दोलनकारी मात्र हैन, राजधानीका मिडियालाई समेत आफ्नो एजेन्डामा हिँडाउन उनी सफल भएका थिए भने सोसल मिडियाको त के कुरा गर्नु। उनको कन्स्पिरेसी थेउरीका फेसबुक स्टायटसलाई नम्बर वान राष्ट्रिय दैनिक भनिने कान्तिपुरले समेत २३… Continue reading

निर्मला प्रकरण : अझै मिडियामा आइरहेका छन् भ्रामक खबर, तीन उदाहरण

Posted on August 1, 2020August 1, 2020 by Salokya

निर्मला प्रकरणमा सोसल मिडियामा कस्ता हल्ला मच्चाइएका थिए र त्यसैलाई विश्वास गरेर मूलधारका मिडिया समेत कसरी बहकिएका थिए र यो केस कसरी गिजोलिएको थियो भन्ने कुरा हाम्रो #WhoKilledNirmala सिरिज र माइसंसारका विभिन्न ब्लगहरु पढेर थाहा पाउनु नै भइसक्यो होला। अझै पनि मिडियामा त्यस्ता भ्रामक खबर आउन भने रोकिएको छैन। साउन १६, २०७७ मा छापिएका मूलधारका… Continue reading

निर्मला प्रकरण सुल्झिने बाटोतिर : आठ प्रहरीले कसरी पाए सफाई, के थियो मुद्दा?

Posted on July 30, 2020July 31, 2020 by Salokya

दुई वर्षअघि कञ्चनपुरमा एक किशोरीको बलात्कार र हत्या मुद्दामा दोषी को हो अहिलेसम्म कानुनको कठघरामा ल्याउन सकिएको छैन। तर यसैसँग सम्बन्धित विभिन्न मुद्दाहरु भने अदालतमा चलिरहेको थियो। त्यही मध्ये दुई वटा मुद्दामा कञ्चनपुर जिल्ला अदालतले आज फैसला गरेको छ। यी दुई मुद्दा अनुसन्धान गर्ने प्रहरीविरुद्ध परेको थियो। पहिलो मुद्दा थियो, निर्मलाकी आमा दुर्गादेवी पन्तले कञ्चनपुर… Continue reading

निर्मला प्रकरण : दुई वर्षमा परिवर्तन भएका सात विषय

Posted on July 27, 2020 by Salokya

दुई वर्षअघि आजकै दिन (साउन ११ गते) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लाश उखुबारीमा फेला परेको थियो। त्यो दिनदेखि हत्यारा खोज्न प्रहरीले थालेको अनुसन्धान अहिलेसम्म सफल हुन सकेको छैन। सुरुमा स्थानीय प्रहरीले देखाएको उदासिनता र लापरवाही अनि तत्कालीन प्रहरी नेतृत्वको असक्षमता मात्र होइन, हल्ला र ‘रे’को आधारमा सामाजिक सञ्जालमा फैलिएका अफवाह र त्यसैका आधारमा… Continue reading

निर्मला हत्याका दुई वर्ष : अझै उघ्रिएन मिडियाको आँखामा लागेको पर्दा

Posted on July 25, 2020July 25, 2020 by Salokya

निर्मला पन्तको हत्या भएको आज ठ्याक्कै दुई वर्ष पूरा भयो। नेपाल प्रहरीले इतिहासमै सबैभन्दा बढी समय, स्रोत र जनशक्ति लगाएको केस मध्येमा एक हुनुपर्छ यो।  तर अहिलेसम्म पनि यो केस समाधान हुन सकेको छैन। पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala सिरिजमा यो विषयको गहिराइमा पुगेर indepth रिपोर्टिङ गरेको हुनाले यसबारे धेरै पाटो मैले केलाएको छु। हल्ला र अफवाहहरुलाई… Continue reading

निर्मला प्रकरणमा प्रहरीलाई प्रहरीकै यातना, भन्छन् : सहन नसकेर झण्डै झुण्डेर मरिसकेको थिएँ

Posted on February 10, 2020July 12, 2020 by Salokya

आजको कान्तिपुर र नयाँ पत्रिका दैनिक हेर्नुभएको भए त्यहाँ तपाईँले निर्मला प्रकरणमा एउटा महत्त्वपूर्ण समाचार हेर्नुभयो होला। समाचारमा हालका एआइजी धीरु बस्न्यातको प्रतिवेदनलाई प्रहरी संगठनले औपचारिक रुपमा गलत भएको स्वीकार गरेको छ। यो प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन पनि प्रहरीले दिइसकेको छ। निर्मला प्रकरणमा ‘रे’ का आधारमा धेरै अफवाह र हल्ला फैलाइए। सोसल मिडियाका के कुरा,… Continue reading

अब जो पीडित उही पो अपराधीसरह, आमाविरुद्ध बोल्दा प्रमाण नचाहिने, आमाले बोल्दा प्रमाण चाहिने

Posted on December 2, 2019February 10, 2020 by Salokya

दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे बालकृष्ण समले लेखे जस्तै साँच्चै हुने हो भने अब निर्मलाकी आमा दुर्गादेवीको घरमा ईश्वरको बास हुन हतार भइसक्यो। उनले धेरै दुःख पाइसकिन्। दुःख पाउने क्रम अझै जारी छ। १६ महिना नाघिसक्दा पनि टुङ्गो नलागेको निर्मला प्रकरणमा सबैभन्दा पीडित आमालाई झन्… Continue reading

माइसंसारलाई प्रेस काउन्सिलले दियो सचेत गराइएको पत्र, के हो विषय?

Posted on November 30, 2019February 10, 2020 by Salokya

प्रेस काउन्सिलले माइसंसारलाई ‘सचेत गराइएको’ पत्र पठाएको छ। आचार संहिता अनुगमन उपसमिति (विद्युतीय) को कात्तिक २८ गते बसेको बैठकले गरेको सचेत गराउने निर्णय गरिएको  मंसिर १३ गते शुक्रबार पठाइएको पत्रमा उल्लेख छ। पत्रकारले सञ्चालन गरेको ब्लगमा पत्रकार आचार संहिताको पालना गर्नु कर्तव्य भएको स्मरण गराउँदै पत्रमा सचेत गराइएको छ। खासमा म अचेत त थिइनँ, इथिकल… Continue reading

‘अदालतै निर्मलाको हत्यारासँग मिलेको’ भन्न थालेका खेम भण्डारी जेल पर्नुको पर्दा पछाडिको कथा

Posted on November 22, 2019November 22, 2019 by Salokya

यो हप्ता अलि अनौठो भयो। मंगलबार कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल परे। उनले एक रुपैयाँ जरिवाना पनि तिरे। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र आचार्यले असार ३० गते अदालतको अवहेलना मुद्दामा खेमलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएका थिए। असारमा सुनाएको सजाय मंसिरमा बल्ल कार्यान्वयन भएको हो। नौलो खालको फैसला भएको हुनाले… Continue reading

खेम भण्डारी यसरी थुनिए ‘तुच्छ सजाय’का लागि एक घण्टा जेलमा

Posted on November 19, 2019February 10, 2020 by Salokya

आज एउटा सुन्दा अनौठो लाग्ने फैसला कार्यान्वयन भयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष तथा कञ्चनपुरका पाका पत्रकार, मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी जेल गए। तर त्यसरी जेलमा बस्ने अवधि भने मात्र एक घण्टाको थियो। दिउँसो ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म अर्थात् ठ्याक्कै एक घण्टा उनी कञ्चनपुरको जेलमा बसे।

खेम भण्डारीलाई किन एक रुपैयाँ जरिवाना तिराएर एक घण्टा कैद गरियो? के छ ८४ पेजको अदालतको फैसलामा?

Posted on November 19, 2019February 10, 2020 by Salokya

निर्मला प्रकरणमा ट्विस्ट एन्ड टर्न गराउने कञ्चनपुरका पत्रकार खेम भण्डारी जिल्ला अदालतले तोकेको एक घण्टा कैद सजाय भुक्तानका लागि कारागार गएका छन्। उनले अदालतले तोके अनुसारको एक रुपैयाँ जरिवाना पनि तिरे। सो जरिवाना नतिरेको भए कैद सजाय बढ्न सक्थ्यो। तर उनले जरिवाना तिरेको भएर एक घण्टामात्रै कैद सजाय गरिएको हो।

दिलिपसिंह विष्टले के के भने मसितको भेटमा?

Posted on November 7, 2019February 10, 2020 by Salokya

– महेन्द्र बमको सहयोगमा कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ अस्ति भदौमा तेस्रो पटक महेन्द्रनगर जाँदा पनि उनलाई भेट्न धेरै प्रयास गरियो। निकै गाह्रो भयो। फर्कने भनेर तयार भइसकेको दिन बल्ल उनी बजार छेउकै रङ्गशालाको चौरमा रहेको जानकारी पाइयो। मौका गुमाउनु उचित लागेन। फर्कने प्लानलाई स्थगित गरेर हामी लाग्यौँ त्यतातिर। महेन्द्रको घर डोटी। सुदूर पश्चिमेली लवज बोल्न… Continue reading

दिलिप सिंह विष्टसितको त्यो अप्रत्याशित भेट, के के भने उनले ? (भिडियो)

Posted on November 6, 2019February 10, 2020 by Salokya

– महेन्द्र बमको सहयोगमा कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ पोहोर मंसिर महिनामा पहिलो पटक महेन्द्रनगर पुग्दा हामीले धेरैलाई दिलिप सिंह विष्टबारे सोधेका थियौँ। दिलिप, जसलाई प्रहरीले निर्मला प्रकरणमा अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। तर मानसिक सन्तुलन बिग्रेका व्यक्तिलाई बलिको बोको बनाइएको, उनले त्यस्तो काम गर्नै नसक्ने भन्दै आन्दोलन चर्कियो। आन्दोलनका क्रममा एक व्यक्तिको ज्यान समेत गयो।… Continue reading

Posts navigation

  • 1
  • 2
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme