Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बैँकमा खाता खोल्न बाजेबज्यैको नागरिकता चाहिने

Posted on December 18, 2012December 18, 2012 by Salokya

बैँकमा खाता भएको मान्छेको ठूलै प्रतिष्ठा हुने दिन आउन लागेको जस्तो देखिएको छ। किनभने अब बैँकमा खाता खोल्नु चानचुने विषय नरहने भो। ठूलै मेहनत आवश्यक हुन्छ अब। तपाईँले खाता खोल्ने हो भने पहिले पो तपाईँको पासपोर्ट साइजका दुईवटा फोटो र नागरिकताको फोटोकपि भए पुग्थ्यो। अब त तपाईँकी पत्‍नी वा पतिको, आमा, बुबा, बाजे, बज्यै, छोरा, छोरी अनि बुहारीसम्मको नागरिकता लगेर बुझाउनु पर्नेछ। अझ त्यतिले नपुगेर बैँकले इन्टरभ्युसमेत लिन सक्नेछ। नेपाल राष्ट्र बैँकले सबै बैँकलाई नयाँ खाता खोल्दा ग्राहकबाट तत्कालै र पुराना ग्राहकबाट अर्को वर्षको असार मसान्तभित्र यस्तो विवरण लिन निर्देशन दिएको हो। के-के जानकारी उपलब्ध गराउनु पर्छ त नयाँ खाता खोल्दा र पुरानो खाताका ग्राहकहरुले, हेर्नुस् भित्र-



ल हेर्नुस् त, कति झण्झटिलो ! बाजे बज्यैकोसम्म नागरिकता दिनुपर्ने। कसो ज्वाइँको चाहिँ भनेनछ, छोरा-बुहारीसम्मको चाहिने ! मेरो बाजेलाई मेरो बुबाले त राम्रोसँग देख्न पाउनुभएको थिएन रे, अब मैले खाता खोल्नु परे कहाँबाट उहाँको नागरिकता नम्बर ल्याएर दिने होला लौ।

बैँकले पनि अब पहिले जस्तो १ रुपियाँमा खाता भन्दै कहाँ खाता खोल्न पाउँछ र। बैंकका कर्मचारीले ग्राहकको घरैमा पुगी घरसम्म पुग्ने नक्सा बनाएर विवरणमा राख्‍नुपर्नेछ।

यस्ता निर्देशन नमाने बैँकले १ लाखदेखि ३ लाखसम्म जरिवाना तिर्नुपर्नेछ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्नका लागि भन्दै नेपाल राष्ट्र बैँकले यस्तो निर्देशन नेपालका सबै बैँकलाई दिएको हो।

यही व्यवस्था कायम हुने हो भने अब बैँकमा खाता खोल्न निकै गाह्रो हुनेछ। झण्झटको पिरैले पनि मानिसहरु बैँकमा खाता खोल्न जान दिक्क मान्ने छन्। बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीले यति धेरै झण्झटिलो बनाउन नहुने भन्दै सुधार गर्न राष्ट्र बैँकलाई आग्रह गरिसकेका छन्।

उता, छिमेकी देश भारतको केन्द्रीय बैँकले भने अस्ति भर्खर (डिसेम्बर १० मा) निर्देशन जारी गर्दै बैँक खाता खोल्न पहिलेभन्दा सजिलो बनाउने निर्देशन जारी गरेको छ।

[अब तपाईँको पालो, बैँक खाता खोल्न गरिएको कडाइबारे तपाईँको विचार तल कमेन्टमा लेख्नुहोला]


114 thoughts on “बैँकमा खाता खोल्न बाजेबज्यैको नागरिकता चाहिने”

  1. Ishwor Shrestha says:
    December 24, 2012 at 9:47 pm

    नक्कली जोगी लै धेरै खरानी घस्नु पर्छ .

    Reply
  2. Ang sherpa says:
    December 22, 2012 at 10:46 pm

    नेपाल लाई उत्तर कोरिया मोडेल बनाउन लग्यो l हुँदा हुँदा पैसा निकाल्न ज्यूज्यु बाजे बजे साथमा लिएर अऊ पो भन्ने होकी l

    Reply
  3. Laxman Kaka says:
    December 21, 2012 at 11:33 am

    नेपाल मा सबै लाई काम गरेको देखौन्दै फुर्सद छैन. यो नेपाल बैंक को काम गरेको देखौने नौटंकी मात्र हो. एउटा रिपोर्ट आयो- देश को पैसा दश वर्षा मा कति हो क्यार विदेश गयोरय भनेर… अनि नेपाल बैंक ले साधारण जनता लाई खाता खोल्न सात पुस्त को नागरिकता देखाउनु पर्यो रे… हे भगवान!
    अब त झ्हन मान्छे हरु बैंक मा पैसा राख्न पनि छोड छन्. सबै cash मा नै कारोबार गर्छन. अनि कसरि देश ले track गर्ने. मैले नबुझेको कुरा: बैंकमा खाता खोल्न गारो गरेर कसरि तस्करी रोकिन्छ? संसार मा सबै जस्तो बैंक हरुमा खाता खोल्न झन् झन् सजिलो बने रहेको time मा नेपाल मा चै झन् गारो पो गर्दै छ. पश्चिमी देश हरुमा ebank भनेर घरमा बसी बसी खाता खोल्न पाहिन्छा. बैंक बाट करो बार गरेपोता देश ले त्रन्सच्शन हेर्न सक्छ. नेपाल मा त झन् सरकार ले सबै नागरिक ले एक एक वोटा बैंक खाता खोल्ने पर्चा भनेर पो नियम बनाउनु पर्ने. अनि चाहिने समयमा सरकार ले कोसले कति कहाबाट पैसा ल्यौन्दै छ भन्ने ठाह पौन्छा.
    यो देश मा केहि हुन्दैन…

    Reply
  4. Aakar Bhushan Nepali says:
    December 21, 2012 at 2:04 am

    बाबा आमा त पत्ता लगाउन गार्हो हुने जमाना आएको बेला कहाँ बाट ल्याउने बाजे बजै !

    Reply
  5. krishna says:
    December 21, 2012 at 1:20 am

    अब भने नेपालको बैंक लाइ दसा लाग्यो ! रीन दिदा पो नाली बेली लिनु पैसा धन जम्मा गर्दा जो जसले जम्मा गरे नि गर्नु नि ! कालो धन जम्मा भएको बुझियामा रस्ट्रियकरण गर्नुनी बरु हे मुरख हरु ! सुइजरलाण्ड तेसै बन्या हो? नेपाल बैंक ले त जति सक्दो पैसा राख तर स्रोत खुलाएर लैजाउ पो भन्नु पर्ने त…..

    Reply
  6. raj,virginia says:
    December 20, 2012 at 6:35 pm

    नाटक हो …..गरिब देश मा हजारौ नियम हुन्छ तर लागु भनेको त थाहानै होला नेपाली जनता लाई…तर केहि दिन मै अर्को बैंक ले सूचना निकाल्छ ..ल ल धमाधम कसैको नागरिता नचाहिने ,घरमै बसी बसी खाता खोलौ भनेर बिज्ञापन निकाल्छ अनि तेही बैंक जसले नियम बनाएको तेस्ले भन्छ ..लौ लौ ….खाता खोलौ नागरिता पनि नचा हिने ,मान्छे पनि उपस्थित नहुनु पर्ने,fax मा नाम र ठेगाना भए पुग्ने ,अनि खाता खोले बापत रु .१००० रुपया पनि पाहिने…..कस्तो लग्यो त नियम नेपाल को ?

    Reply
  7. बेखालाल नेपाल says:
    December 20, 2012 at 7:02 am

    बैंकरको दिमाग यो भन्दा खुस्केको कहिँ देखिन्न होला!

    Reply
  8. Kiran Upreti says:
    December 20, 2012 at 2:09 am

    भोत अब मेरो परिवारलेत बैंकमा खाता नै खोळन नपाउने
    भो़ । बाजेबजैको अतोपतै छैन । कहाँ जानु नागरिकता खोज्न।

    Reply
  9. Ram Kant Subedi says:
    December 20, 2012 at 12:18 am

    नियम बनाऊनु ठुलो कुरा होईन बन्ने नियम पालना गर्नु ठुलो कुरा हो नत्र हात्तिको देखाऊने दाँत झै नहोला भनेर भन्न सकिदैन ।

    Reply
  10. Teepahang says:
    December 19, 2012 at 7:57 pm

    सम्पत्ति सुद्धिकरणको नाममा राष्ट्र बैकले ल्याएको निर्देशन अलि अव्यवहारिक पक्कै छ । साथै यो निर्देशन अलि हतासमा ल्याइउको हो कि भन्ने लागेको छ । राष्ट्र बैकले किन यस्तो कडाइ गरिरहेको छ ? पहिले यो बुभ्न आवश्यक छ । सम्पत्ति सुद्धिकरण ‘आफै कारण’ हुँदा-हुँदै पनि यसका दुईवटा अन्य मुख्य कारणहरु छन ।

    # पहिलो कारण
    राष्ट्र बैक उपभोक्तामुखी भन्दा वित्तिय संस्थामुखी भएको भन्ने आरोप उसले दशकौ देखि खेप्दैछ । घर जग्गा कारोवार ठप्प भएको अवस्थाले वैकहरुको लगानी नउठेको अवस्था होस या वजेट लगायत देशको मुद्रा नितीले नै विषेश महत्व दिएको सहकारीहरु समेत पछिल्लो चरणमा डुव्दै गरेको अवस्था होस… यस्ता परिस्थितीहरुले पुरानो आरोपलाई मलजल गरेको छ । कार्वाहि कै कुरा गर्नुपर्दा उसले एक फाइनान्स कम्पनीले फेक ‘गुड फर पेमेन्ट चेक’ ईस्यु गरेको लगायतका मुद्दाहरु वाट र अज्य ३ फाइनान्सहरुले पनि त्यस्तै किसिमका गैर कानुनी क्रियाकलाप गरेकाले ती कम्पनीहरुलाई कानुनी दायरामा ल्याएर चाडै कडा कारवाहि गदैछ । आजै पनि नागरिक दैनिकमा पढेको थिए एउटा विकाश बैक पनि कारवाहिको दायरामा परेछ । जनताको विश्वास जित्न केहि गरेर देखाउँछु भन्ने कुरामा शायद ऊ लागिपरेको हुन सक्छ ।

    # दोस्रो कारण
    हाल सालै चाइनिज कन्टाक्टर पार्टिलाई काउन्टर ग्यारेण्टी गरेका २ ठुला बैकहरु कन्टाक्टर काम नसकि वाटो लागेपछि आपतमा परेका छन । चाइना कन्सटक्सन बैकले हिमालयन बैक (६२ लाख अमेरिकन डलर) र बैक अफ काठमाडौ (६२ लाख अमेरिकन डलर + युरो ….कति लाख विर्सिए ….तर हिसाव गर्नुहोश यो कति ठुलो नेपाली रकम हुन आउँछ), लाई क्षतिपूर्ति नदिने भनेपछि अप्ठयारो भएको हो । विगतमा पनि यस्तै केस ईलाम सडक वनाउँदा भएको थिएछ । सो वखत राजनैतिक तहबाट त्यो केस सल्टाइएको थिएछ । आज शायद त्यो सम्भव छैन । त्यहि भएर बैकहरुले गुहार माग्ने अन्तिम थलो भनेको राष्ट बैक नै भएको छ । त्यस्तै नेपाली वित्तीय क्षेत्रले IMOLIN लाई पनि अपेक्षा अनुरुप खासै सन्तोस जनक सहयोग नगरेको भन्ने अन्तराष्टिय गुनासो पढन पाईन्छ । यी यावत विषयहरुलाई मध्य नजर राख्दै राष्ट्र बैक शायद अन्तराष्टिय छवि सुधार्न चाहन्छ । यो कुरा नितान्त फरक हो कि बैकमा खाता खोल्न ल्याएको नयाँ निर्देशनले अन्तराष्टिय छवि कति सुधार्ला ?

    # आखिर राष्ट बैक कहाँ चुक्यो त ?
    निर्देशिकाले मागेको कुरा हेर्दा शायद उस्ले एकलौटि रुपमा निर्देशन दिएको जस्तो देखिन्छ । वित्तिय संस्थाहरुको राय सल्लाह लिएको भए जनमैत्रिमुखी निर्देशिका बन्ने थियो । जनताले खाता खोल्नको लागि यति झन्झट व्यहोर्नु पर्ने थिएन । क्लेअरिङ हाउस फङ्सन लाई अनलाईन गर्ने निर्देशन राष्ट्र बैकले ताकेता गर्दा पनि अझै सवै वित्तीय संस्थाहरुले पालना गर्न सकेका छैनन । शायद अहिलेको निर्देशन नसच्याए यस्तै नहोला भन्न सकिन्न । खैर राष्ट्र बैक जस्तो निकायको निर्देशन भनेको चानचुने कुरा भने नहुने नै भयो ।

    नेपालमा खास समस्या भनेको खराव निक्षेप संकलन भन्दा पनि खराव कर्जामा छ । यो तर्फ बरु राष्ट्र बैकले ध्यान दिएको भए खास समस्याको समाधान हुन्थ्यो । वासेल सम्झौता अनुसारका नियमावली एक, दुई (अहिले त तीन पनि आइसक्यो), ति सवैलाई नेपाली परिवेश सुहाउँदो वनाइदिए धेरै सुधार हुने देखिन्छ । नेपालमा केहि खराव ऋणीहरु छन जो ताल पर्यो भने चन्द्रमामा गएको सर्टिफिकेट पनि पेस गर्न सक्छन (दुई वर्ष अघि पोखरामा एक अपराधीले २-३ वटा बैक डुवाई दिएको उदाहरण त सबैलाई यादै होला) । त्यस्ता ऋणीहरुको हातमा ठुलो रकम परेपछि समस्या आउँने हो । पैसा उसको हातमा परेपछि बैकको हात तल पर्छ । अन्तत झन्झटिलो लामो कानुनी प्रक्रियामा जानु भन्दा अरु उपाय नै हुँदैन । कुनैपनि वित्तीय संस्थाले आपनो लगानी उठाउँन कानुनी प्रकियामा जान परोस भनेर पक्कै पनि लगानी गरेका हुँदैनन । जड समस्या यहि वरिपरि छ । मलाई यो लाग्दैन कि राष्ट्र बैकले यो कुरा बझेको छैन । तैपनि व्यवहारमा त्यो देखिएन।

    Reply
    1. Manoj says:
      December 20, 2012 at 8:51 pm

      खराब कर्जा कसको कारणले गर्दा भएको हो? तिनै भ्रस्टचरी कर्मचारीले होइनर? नदिमुनिको जग्गालाई धितो राखेर अरबौंको चलखेल गरिपछि खराब कर्जा त भै हल्छानी. सर्बसाधारण जनतालाई सास्ती किन? फेरी तेही बजेको नागरिकता नभएको निहुबनाएर सर्बसाधारणलै भोलि खाता खोल्न जाँदा के भन्छन थाहछा? के गर्ने बजेको नागरिकता रहेनछ अलि अलि येसो दिनुसना भैहल्छानी. म मिलैदिन्छु.

      Reply
  11. kalpana gurung says:
    December 19, 2012 at 7:26 pm

    धरै राम्रो कुरा गर्न लागेछन राष्ट्र बैंकले म पनि सहमतछु यसमचै अनि यसो गरेन भने त सबै बाठोहरुले मात्र पैसा कमाउदै बाहिर पलायन हुँदै गर्छन अनि हाम्रो देशको गरिब जनतार देस तेही आवस्थामा रितै तेसैले यो सिस्टम दामिछ यस्तो राम्रो सिस्टम आयो भने सबै नेपाली दाजु भाइले राम्रो सिस्टम जाने मौका पाउने भय र सजीलो छिटो ऋण को सुबिधा पाउने भय धनेबाद राष्ट्र बैंक अनि यो जति पनि मथिलेखेकोहरुछनि यो सबै अहिले सहसरी मा दर्ता गर्नु नपाएको मान्छे हरुले रिसपोखेको राष्ट्र बैंक माथि हेहेहेहे हाम्रो देशको मान्छे देक्दानी सारै हासो लग्छ

    Reply
    1. Balbahadur Thapamagar says:
      December 20, 2012 at 12:40 pm

      कल्पना जी तपाईको हकमा त राम्रै होला, तर मलाइ चाही यो अलि बढिनै हो कि जस्तो लाग्यो । मेरो बाजे बज्यै स्वर्गलोकमा हुनुनुन्छ, मेरो त आमा बाबु हुनुहुन्छ कतिका त आमा बाबु नै हुनुहुन्न होला, अनि कसरी खाता खोल्नु ? अब नेपाली जनताहरु पुरानै स्थानमा फर्कने भए, आफुले कमाएको धन सुरक्षाको लागि बैंकमा राख्नु भन्दा खाल्डो खनेर गाड्नुमा नै सहज ठान्नेछन् ।धनि साहु महाजनहरुले चर्को व्याज लगाउने छन्, सामन्तबाट फेरी फर्केर आउनेछ, अब खाता नै खोल्न नपाए पछि बैंकबाट ऋण पनि कसरी पाउनु र ।

      Reply
    2. Balbahadur Thapamagar says:
      December 20, 2012 at 1:03 pm

      कल्पना जी धेरै नहास्नुस तपाइलाई पनि यस्तै नपर्ला भन्न सकिदैन, एक पटक सोच्नुस त तपाइको हजुरबा, हजुर-आमा बाबा, आमाको निधन भयो भने/बेपत्तामा पर्नुभयो भने/अपहरणमा परेर केही भयो भने अनि नागरिकता नै हरायो भने, के तपाईले खाता खोल्न पाउनुहोला र ?

      Reply
    3. Aakar Bhushan Nepali says:
      December 21, 2012 at 4:07 am

      कल्पना जी ,
      जस्तो लेखाई उस्तै बुझाई !

      Reply
  12. शशांक लामा, न्युयोर्क says:
    December 19, 2012 at 7:02 pm

    नाथे खाता खोल्नलाई पनि बाजे बज्युको नाम खोज्ने त्यो नेपालको बजिया बैंक बहुलायो कि क्या हो ?

    Reply
  13. रोशन शाक्य says:
    December 19, 2012 at 6:19 pm

    नेपाल सरकारले अहिले सम्म कहिले पनि जनतालाई भलो हुने काम गरेको छैन / बिजुली, पानी, लोड सेदिंग, महंगी, बन्द यस्ता धेरै दुख पीडाहरु हामी नेपालीले भोगी रहेका छौ अब आएर फेरी खाता खोल्ने कुरामा दुख दिनु थाल्ने भयो/ जसरि पनि हामी नेपाली नै पिडामा परेका छौ

    Reply
  14. Ram Kant Subedi says:
    December 19, 2012 at 5:52 pm

    होईन नेपाल मा नियम कानुन बन्नु कुन ठुलो काम हो र
    भएकै नियम कानुन त पालना हुदैन अझै नया हा हा हा हा

    Reply
  15. बिश्वाश says:
    December 19, 2012 at 4:14 pm

    सम्पति शुद्धि करन रे ….नेपालको बैकमा पैसा जम्मा गर्ने इमान्दार र सोझा नागरिक बढी छन् | जोलाई पैसा लुकाउनु छ उनीहरु त बिदेशी बैंकमा विभिन्न नाममा लुकाई हाल्छन | देशको अर्थलाई धारासायी बनाउने र सोझा साझा जनतालाई दुख दिने बाहेक यो केहि पनि होइन |

    Reply
  16. सुभाष सिद्धि उदास says:
    December 19, 2012 at 2:57 pm

    To study this criteria issued by the Rashtr Bank , one can conclude that these banks seems over burdened to manage their deposits. So therefore they want to shift ‘new loads’ to the third class financial bodies like co-operatives.
    There maybe are some ‘give and take’ between them, multi-laterally !

    Reply
  17. Bhim says:
    December 19, 2012 at 2:47 pm

    बालै भएन नि ,पैसा भए पो किन कसरी भनेर सोधी खोजी गर्नु ।

    Reply
    1. तेन्जिंग गाबा says:
      December 19, 2012 at 8:46 pm

      पैसा छैन भनेर धेरै फुर्ती नलाउनुस मित्र
      झ्याम २-४ करोडको चिठ्ठा पर्ला अनि ए अस्ति बेकार मा फुर्ती लगायेछु भनेर पछुताउनु पर्ला

      Reply
  18. kusan sharma says:
    December 19, 2012 at 2:21 pm

    अलि बढी नै झन्झटिलो हुने भो,यो नियम धेरै दिन टिक्ला जस्तो त लाग्दैन l यौटै ले धेरै बैंकमा खाता खोल्ने क्रम चाही अब घट्छ l धेरै वर्षा अघि घरमा बस्ने सबैको record पुलिस लाई बुझाएको जस्तै हुन्छ होला l त्यो record कहाँ छ कसलाई के थाहा ?

    Reply
  19. sandeep sagar says:
    December 19, 2012 at 2:07 pm

    एकातिर बाबु आमा नभएकालाई नागरिकता दिने अर्को तिर बैंकमा खाता खोल्न बाबुआमाको नागरिकता चाहिने ? समाचारपनि पढ्दैनन् कि क्याहो गवर्नर साहेब ले !!

    Reply
  20. mukund says:
    December 19, 2012 at 2:03 pm

    यो भनेको बैंकको मान्छे ले बदमासी गर्नी पैसा नभयको बैंक बाट चेक मार्फत पैसा निकाले र अरु दिने अनि खाता खोल्दा ठगि भनेर जनानता लै दुख दिने सर्म छैन फटाहा हरु लै …….!!!!

    Reply
  21. Salil says:
    December 19, 2012 at 2:02 pm

    अजब देश को गजब कानुन भनेको येही हो , हैन यो चिठी लेख्ने राष्ट्र बैंक का सापकोटा बाजे ले सोमरस को नशा मा लेखेका हुन् कि साचिकै नया नियम बनायको हो???

    राष्ट्र बैंक मा घगडान इकोनोमिस्ट हरु होलान भनेको त येस्ता तोरी लाहुरे हरु पो रहेछन /

    Reply
  22. एन पी गिरी , पेन्सलभानिया ,यू एस ए says:
    December 19, 2012 at 1:51 pm

    हरे बिग्रेको बुद्धि ??? अमेरिकामा समेत संसारको सबै भन्दा प्रख्यात बैंक हरुमा केवल द्रैभिङ्ग लाइसेन्स राखेर खाता खोल्न पाइन्छ | यहाँ विदेशीले समेत केवल पासपोर्ट को फोटोकपी राखेर खाता खोल्न सक्छन |
    तर सोझा नेपाली लाई पुन गाडधन राख्न प्रोत्साहित गर्ने अनि पढ्दा र सुन्दा पनि सरम लाग्ने , होइन यो कुन चाही अजासु को योजना हो ?
    थुक्क

    Reply
  23. सुदर्शन खनाल says:
    December 19, 2012 at 12:42 pm

    कहिनभएको जात्रा हाडीगाउमा भने जस्तो, अली वचाएको पैसा पछी कामलाग्ला भनेर राखने चलन पनि अव एकादेशमा होला जस्तो छ . नेपालीले परलोक भएका आफ्ना आफन्तको सराद्दे गर्न त तिन पुस्ताको नाम चाहीदैन जावो खाता खोल्न लाइ

    Reply
  24. Binod says:
    December 19, 2012 at 12:14 pm

    नौटंकी राष्ट्र बैंक र एसका हाकिमहरु , खाता मै छानविन गरे भै गो नि हजुरबा को नागरिकता किन ? मलाई त हजुरबा को नाम पनि थाहा छैन, के मैले खाता खोल्न नपाउनु ????????????????

    Reply
  25. kiran says:
    December 19, 2012 at 11:54 am

    अब बैंक को वरिपरि पनि दलाल बस्ने भएछ

    Reply
  26. abhandari says:
    December 19, 2012 at 11:41 am

    अब धन खाल्टो खानेर गाड्ने – के को टन टन

    Reply
  27. मदनमणि says:
    December 19, 2012 at 11:32 am

    वास्तवमा बाबुराम भट्टर्राईको यो सरकारले भारतलाई फेरी गुन लगाउन खोजेको हो। नेपालको बैंकिङ प्रणालीलाई झण्झटिलो बनाउने र मानिसहरुलाई पैसा राख्न भारत तर्फ पठाउने कदम जस्तो लाग्यो। नेपालको पूँजी पलायन गर्ने नीति हो यो। त्यसै सबमर्ज र मर्जको कुरा गर्या हो। अहिले हेर्नुस् न प्रचण्ड र वैद्यलाइनकाले भट्टर्राई अंकललाई के भन्छन् भारतको ? कस्तो नातेदारी छ बाबुरामको भारतसँग ? पत्रपत्रिका पढीहेर्नुस्।

    Reply
  28. ajay says:
    December 19, 2012 at 11:04 am

    तेसो भए हामीले पाको नागरिकता को मत्लाब्नै भएन एउटा id ले सबै कुरा मिल्नु पर्ने जवाना मा कस्तो नाटक हो यो ! आतंककारी गतिबिधि रोक्ने रे ??? संसार भरि अरु देस लै आतंककारी हरु ले tension दिदा पनि एस्तो गर्दैन तर हाम्रो देस मा चाही अटन्ककरी नै सरकार मा हुदा पनि एति धेरै नाटक ??

    Reply
    1. ajay says:
      December 19, 2012 at 11:07 am

      अनि अर्को कुरा मेरो बजे ले अब वहा को bank a/c बन्ध गर्नु पर्ने होला .वहा को बजे को नागरिकता को त कुरा छोड दिम नाम पनि थाहा छैन वहा लै

      Reply
  29. तेन्जिंग गाबा says:
    December 19, 2012 at 11:03 am

    अपडेट :
    ********************************
    “नेपाल लास्ट बैंक” को यस कदमको बिरुद्दमा बिभिन्न राजनैतिक पार्टीहरुले बिरोध जनाउदै आ-आफ्ना प्रेस बिज्ञप्ति जारी गरेका छन् :

    # -माओबादी: “भारतीय बिस्तारबाद अनि पुनरुत्थानबादी शक्तिहरुले अग्रगमनको गतिलाई रोक्ने प्रयाश स्वरुप यो कदम चालिएको भन्ने हाम्रो ठहर छ”
    # एपन्चान्ग्रेस : “ड़ा. मुस्ताङ्गराम भट्टराईको सत्तामा टिकी रहने चालबाजी मात्र यो यो यसको हामि घोर बिरोध गर्छौ”
    # मधेशबादी: “पहाडिया अधिनायकबादको पराकाष्ठा हो यो, अर्को पनि १ थान उप-प्रधान मन्त्रि नदिए सम्म आन्दोलन जारी राखिने छ “

    Reply
  30. Mantra says:
    December 19, 2012 at 10:59 am

    मेरी आमापनि नजन्मदै मेरा बजेको देहान्त भाको रे….बाजेको फोटो देख्न पाको भए त मा भाग्यमानी हुन्थेंहोला ….मेरी आम अहिले ७० वर्षा पुग्नुभो/ नेपाल सरकारले वहालाई २०४० सालतिर नागरिकता दियो रे/ नेपालमा नागरिकता ऐन २०२० सालमा लागुभाको भन्नेकुरो मेरो नागरिकतामा उल्लेख छ/ अब मैले मेरा बाजेको नागरिकता कहाबाट ल्याउने र बैंक लाइ देखाउने? सजिलो बनाउनुपर्ने अफ्ठ्यारो पर्नेगरि नियम बनाउने कस्तो नाटक हो बैंक को?

    Reply
  31. Deedab Shrestha says:
    December 19, 2012 at 10:56 am

    राजाको फोटो भएको नोटले राष्ट्र बैंकको जुन बेइज्जत भएको थियो, कति बुढा बुढीहरुको बिचल्ली बनाएको थियो त्यो बिर्सेर फेरि अर्को इज्जत फाल्ने काम गरेको त होइन ? यहि हो भने कतिले खाता खोल्ला र कतिले नवीकरण गर्ला ?

    Reply
  32. Nabraj says:
    December 19, 2012 at 10:39 am

    सायद नेपाल राष्ट्र बैंक ले कति नेपाली को नागरिता छ भनेर लागत संकलन गर्न लागो !!!

    Reply
  33. Binod says:
    December 19, 2012 at 10:21 am

    अब बाबु र बाजे नहुने ले बैंक खाता खोल्न नपाउने भए नि – मान्छे नै नभए पछि नागरिकता खोज्न काँह जानु ? सूचना लिने ले सूचना कसरि प्रयोग गर्ने पनि थाहा पाहुनु पर्यो नि . यो तिन पुस्ते ले सम्पत्ति सुद्दिकरण मा कसरि मद्दत गर्छ? बरु राष्ट्रिय परिचय पत्र बनाउने र तेस को प्रयोग गर्ने कम छिटो गरे बैंक लै पनि कम झन्झट र ग्राहक लै पनि कम सास्ती हुन्थ्यो . बेलै मा बुद्धि आओस !

    Reply
  34. sandip says:
    December 19, 2012 at 10:17 am

    यस्तो सुर न तालको नियम निकालेर जनतालाई दुख दिएर हुन्छ कहीं? धेरै केहि गर्ने पर्दैन भोलि बैंक को खाता खोल्ने क्रम कम हुदै गएपछि बैंकले आफै राष्ट्र बैंकलै दबाब दिएर नियम संसोधन हुन्छ… हाम्रो देशमा जे पनि चल्ने भैसक्यो… पहिला मनलाई नियम ल्याउने.. अनि तेस्लाई संसोधन गर्दै बस्ने…

    Reply
  35. Nabs says:
    December 19, 2012 at 10:13 am

    यो त अत्ति भयो जाबो एउटा बैंक खाता खोल्न पनि यति धेरै दुःख दिने हो र? फेरी बैंकमा राख्दैमा नत ब्याज धेरै आउने हो I धेरैले अब बैंकमा रकम नराख्ने भो र बैंक छिट्टै डुबेको भनेर खबर सुन्न पाईने भो बा ? नेपालमा पनि के के हो के हो बुझिनसक्नु के गर्ने हो खै?

    Reply
  36. राम चन्द्र ज्ञवाली says:
    December 19, 2012 at 9:52 am

    मित्र हरु यो देश चोर लुटेरा को हो अब जनता ले बैंक मा पैसा राखे को लुटे त तिर्नु पर्छ नि सरकार ले त्यसै ले घर मै गोजीमै राख हाम्रा मुन्द्रे कार्यकर्ता लाइ पाल्न पर्यो भने को नि बिनासकालेबिपरित्बुद्धि भनेको यहि हो

    राम चन्द्र ज्ञवाली

    Reply
  37. Dilip Suwal says:
    December 19, 2012 at 9:32 am

    हीज मात्रै बैंक को खाता बन्द गरि आयको छु . सीतालु अनुभव गर्दै छु .

    Reply
  38. suraj ale says:
    December 19, 2012 at 9:22 am

    बिस्तारै विदेशीले नागरिता लिन, रातो पासपोर्ट अनि पैसा कमाउन भन्दा गर्ह्यो भो

    Reply
  39. अनोज शाक्य says:
    December 19, 2012 at 9:13 am

    राष्ट्रिय परिचय पत्र लागु भईसकेपछी यो ब्यबस्था गरेको भए धेरै प्रभावकारी हुन्थियो । अहिले हस्तलिखित नागरिकता त्यस्मा पनि दोहोरो नागरिकता बोकेको नेपालीहरु नै धेरै छ । अस्ती तथ्याङ्क लिने बेलामा सबै जनताको नागरिकता नम्बर समेट सन्कलन गरेर ल्याएको भए यस्तो झन्झट काम गर्नै पर्ने थिएन । त्यसमा पनि महङीले बच्चाहरुलाई पढाउन र दैनिक भान्छा पकाउन जोहो गर्न गाह्रो भएको बेला कस्ले बैंकमा पैसा जम्मा गर्ला र । चहिने भन्दा बढी बैंक छ । अविवाहित स्त्रीहरुलाई नागरिकता दिने बेलामा माइतीबाट लिएको नागरिकता फिर्ता लिने वा त्यही नागरिकतामा विवाह पछी श्रीमानको नाम दर्ता गरिदिनु भएको हुन्थियो । मित्र राष्ट्रबाट आएका गैर नेपालीहरु नै धेरै नेपाली भईसकेको छ । झन्झत त होला तर ढिलै भए पनि राम्रो काम हो ।

    Reply
  40. chatur rai says:
    December 19, 2012 at 9:08 am

    जिन्दगीमा खाता खोल्छु जस्तो लाग्दैन , र पनि अरुकोलागि यो झन्झटिलो काम उफ्फ़ हाम्रो नेपालमा ,

    Reply
  41. तेन्जिंग गाबा says:
    December 19, 2012 at 9:07 am

    “बिरालाको हग्नु भन्दा खोस्रनु धेरै” भन्या यहि हो

    जदौ

    Reply
  42. Manoj says:
    December 19, 2012 at 8:04 am

    हे दैव केहि कुरा यसो यता उति बाट सिक्दा नि हुन्थ्यो नि यी कुर्सि बस्नेहरुले
    दुनिया अगाडी गइ रहेको बेला यिनीहरु त झन् पछारि पो लाग्छन.
    कुन पुस्ताको दिमाग लिएर कुर्सि बसेको?

    Reply
  43. rosi says:
    December 19, 2012 at 7:31 am

    This is called grand design. Most people failed to see the grand design here. I leave this to open interpretation but ask all of you to see the consequence .

    Reply
  44. रबिन्द्र राज गिरी says:
    December 19, 2012 at 6:20 am

    अब एउटा नयाँ नेपाली उखान बन्ने भयो: “कहीं नभएको नियम राष्ट्र बैंकको” |

    गजब छन बा नेपाल र नेपालीहरु | यो कुरामा पनि “गिनिज बुक अफ वर्ल्ड रेकर्ड” मा नाम लेखिने भो नेपालको | हामी कति भाग्यमानी नेपाली, हगि ?

    Reply
  45. janak says:
    December 19, 2012 at 6:12 am

    राष्ट्र बैंकमा पनि नेताहरु छिरे जस्तो छ …..

    Reply
  46. सन्तोष थापा मगर says:
    December 19, 2012 at 6:09 am

    बेलाबेलामा किन वाहियात कुराको नियम बनाउँछन् हो राष्ट्रबैँकका हाकिमहरु । केहि महिनामा फिर्ता हुन्छ राणाकालको जस्तो औठाछाप नियम । यस्तो नियम बनाएर सर्बसाधरणलाई दुःख दिनेलाई कानुनी कारबाहि गर्ने निकाय छैन कि के हो ? पाबरफुल पदमा बसेर केटाकेटी खेल्याजस्तो गर्ने । नैतिक संवेदनशीलता खोई? नेपालमा यस्तै कर्मचारीको प्रमोशन हुन्छ होला कारबाहि मा पर्ने त सोझाहरु ।
    अब राष्ट्रीय परिचयपत्र लागु हुदैछ रे त्यस मै सम्पूर्ण पारिवारिक व्यहोरा उल्लेख भईहाल्छ । त्यतापट्टि बढि ध्यान पो दिने कि यो वाहियात कुरामा समय खेर नफालेर !

    Reply
  47. Bayan says:
    December 19, 2012 at 6:07 am

    यो सबै नाटक हो/ बैंकका कर्मचारीहरु आफै खुरापाती काम गर्ने/ त्यसता नचाहिँदो काम बाट पछि बैंकलाई समस्या आयो भनेर समाधानको उपायको रुपमा साधारण जनतालाई दुख दिने तरिका अपनाउने/ वाहियात काम गर्नको पनि हद हुञ्छनि/

    Reply
  48. Sudarshan says:
    December 19, 2012 at 5:21 am

    श्राद्ध गर्न लागेको हो र बाजेबज्यैको विवरण चाहिने? वाहियात !!!!

    Reply
    1. balaram says:
      December 19, 2012 at 9:42 am

      हा हा हा हा हा हा हा हा कति हास्नु ?
      जोक हो कि सच्चाई हो ? एस्तो पनि कहिँ हुन्छ ? गो टु हेल को साटो — अब गो टु नेपाल
      भन्नु पर्ने दिन आए ! होइन देश मा नियम बनाउने कस्ता छन् ? बाटो मा मुख देखाउन लाज लाग्दो हो कि नाई ? आतंक कारी तीनपुस्ते विवरण ले भेटिन्छ र ?

      Reply
  49. K S says:
    December 19, 2012 at 4:37 am

    विदेशतिर जस्तै US मा खाता खोल्दा अनिवार्य social security नम्बर चाहिन्छ. त्यो नम्बर बाट ग्राहक को सबैकुरा(loan , income , criminal record ,…….आदि, इत्यादी) हेर्न सकिन्छ. नेपालको हकमा एस्तो प्रचलन नभएकोले तत्कालको लागि यो व्यवस्थालाई आन्यथा लिनु हुन्दैन. तर दिर्घकालिन रुपमा भने सबै नागरिकलाई national identity नम्बर दिएर त्यसैबाट समाधान गर्नु पर्छ.

    यो माथि भनेको Pitambar खनाल, जी भनेको कुरा, अहेले को प्रधान मन्त्रि बाबुराम भटराइ, अहेले को मुख्य सचिब, लिलामणि पौडेल, र तत्कालिन अर्थ सचिब, रामेशोर खनाल लाइ यो बारेमा पटक पटक जानकारी गराएका थियौ तर यो सेन्ट्रल डेटाबसे र अनिबार्य आइ डि, (personal centralized Identity number) उपलब्ध गरायो भने सबै कुरा छर्लंग हुन्छ, जसले भास्त्रचार, अपराध तथा गैर कानून काम गर्ने लाइ निरुत्साही गर्न र देश मा साथि सुभ्यबस्ता कायम गर्न, प्रहरी प्रसासन र अदालत लाइ समेत कानून कारवाही र कर्यानन गर्न सजिलो हुन्छ, तर “लहरो तान्दा पहरो आए जस्तो” कसै ले पनि लागु गर्ने तर पहल गरेको आज सम्म छैन.

    Reply
  50. अनुराधा पौडेल says:
    December 19, 2012 at 4:36 am

    फ्रान्समा त एउटा परिचय पत्र भए खाता खोल्न पाइन्छ । पैसा पनि चाहिँदैन । नेपाल जस्तो गरिब देशले त झन जसले पनि खाता खोल्न पाउने नियम बनाउनुपर्छ । प्रत्येक खातामा कति सम्म मौजाद राख्न पाइन्छ भन्ने कुराको नियम बनाउनुपर्छ । तोकिएको भन्दा बढी मौजात भएमा कर लगाउने गर्नुपर्छ । जस्तो फ्रान्समा बचत खाताको कुरा गर्दा ८ हजार यूरो भन्दा माथि हुनेबित्तिकै कर तिर्नुपर्छ ।
    सम्पत्ती सुद्दिकरण गर्ने हो भने खातामा तोकिएको रकम राख्दा सम्म बिबरण बुझाउनु नपर्ने तर तोकिएको रकमबाट माथि जानासाथ आम्दानीको श्रोत सम्बन्धि कागजहरु बुझाउने भनेर नियम बनाए सबैभन्दा सजिलो हुन्छ । आम्दानीको श्रोत बुझाउनु नै ठूलो कुरा हो । नेपाल जस्तो मुलुकले कतिपय बेलामा कालो धनलाई राज्यको हितमा लगाउने उदेश्य राख्नुपर्छ । अहिलेको नियममा कडाइ गरिदिनासाथ मान्छेहरुले भकाभक भारतमा खाता खोल्नेछन् । देशको पैसा देशभित्रै रहने पो गर्नपर्ने हो त । दश थरी लफडा लायो भने सबै बैकहरु डुब्छन् भारत उठछ उता अनि के गर्ने होलान । कस्तो अब्यबहारिक कुरा ।

    Reply
  51. jeewan bhandari says:
    December 19, 2012 at 4:06 am

    जे होस् अब बैंकमा खाता खोलियोवने छाती फुलाएर हिनिन६

    Reply
  52. Deepen says:
    December 19, 2012 at 4:04 am

    The more you increase the banking transaction the less you have the risk of money laundering. However this system will discourage people to open account and use the bankig transaction. Now where is the control of money laundering?

    Reply
  53. K S says:
    December 19, 2012 at 4:01 am

    सब भन्दा पहिला नेपाल राष्ट्र बैंक को कर्मचारी बाट नै सुरु गर्नु पर्छ, अर्को कुरा यो सबै समस्या को एउटा समाधान भनेको सेन्ट्रल आइडेण्टि नम्बर प्रंदा गरेर र ३ करोड जनता को डेटाबेस राख्यो भने सबै समाधान भै हाल्छ, छिमेकि मुलुक हरु ले आइ टि यत्रो फड्को मारी सकेको छ, घुस्याय हरु खालि “खालि सिसि र पुरानो कागत” को जस्तो कुरा फेरी दुंगे युग मा फर्किन खोज्छन , टेक्नो लोजी को प्रयोग गर्ने हो भने यो कुनै समस्या नै हुँदैन तर सबै भ्रस्ट्रचारि र घुस खोरी को आगाडी कसको के लाग्छ र .

    Reply
  54. Bishwaraj says:
    December 19, 2012 at 2:00 am

    बाजे बजैको नागरीकता चाहीन्छ भने उपलाभ्ध गराउनु पर्छ- तर नराम्रो कार्य- नराम्रो बीचार भएकालाइ कठीन होला – हामी जस्ता साधारणको लागी फुलै संसार –

    Reply
  55. Shankar says:
    December 19, 2012 at 1:58 am

    नेपालि पैसा अब आइ सी मा कन्भर्ट गरेर भारत मा लगेर राख्न यो सब खेल भएको छ |केन्द्रिय सरकार (दिल्ली ) को स्थानीय सरकार (नेपाल सरकार ) लाइ येस्तै निर्देसन छ |
    भारत को अर्थतन्त्र फेरी ओरालो लागेकोले भारत का नोकर सुल सुले हरु नेपाल मा बढी चिन्तित देखिन्छन |

    Reply
  56. Manoj says:
    December 19, 2012 at 1:21 am

    This law is an scam to further give even more hardship and pain to innocent people and make money behind the door. Do you think there is any law in Nepal? No. You can buy as many as passports and citizenships as you like in different names, genders and ages. If you have power and money, forget about any documents. They will bring everything you need into your home just after one call. As a common people I feel very angry and neglected. Same on you all blood suckers. What an unfortunate situation. God bless Nepal.

    Reply
  57. Jarjon says:
    December 19, 2012 at 12:48 am

    बाउले देखेन अदुवा, छोरो पदुवा.. कस्तो ठ्याक्क मिलेको केहिगर्न नसक्ने यिनीहरु को चाला. ह्या ! कौवा कराउदै गर्छ, पिना सुक्दैगर्छा ! कि कसो हो साथि हो ?

    Reply
  58. lok nath sigdel elmhurst newyork usa. says:
    December 19, 2012 at 12:24 am

    यो नियम त नेता र मन्त्रि हरु लाइ बनाउनु पर्ने एस्तो गर्दा कालो धन जम्मा पार्ने लाइ ठिक हुने थियो!

    Reply
  59. yash says:
    December 19, 2012 at 12:05 am

    रास्ट्र बैंकका लहडीहरु | उफ्फ़ ! यस्तै यस्तै गजडीहरुले चलाउदैछन् मेरो देश |

    Reply
  60. गगने says:
    December 18, 2012 at 11:46 pm

    पक्कैनै अदुरदर्शी र अपरिपक्क ब्यबस्थापनको टड्कारो नमुना हो भन्दा फरक पर्दैन!
    आजको यो युगको परिवर्तनलाई आत्मासाथ गर्नु त कताहो कता बुझ्न र देख्न पनि नसकेक हुन् कि जस्तो!
    हुनत उनीहरुसंग आफ्नै तर्क र कारण हुन सक्छ यसको आबस्यकतामाथि पद्दति र प्रबिधि अनि ब्याबस्थापनको बारेमा साथै आर्थिक अपचलन र दुरुपयोग अनि नक्कली बैंक खाता प्रकरण आदिको कुरालाई लियर तर पनि एउटा जाबो खाता (जाबो खाता किन भने आजको युगमा आर्थिक कारोबार र बित्तिय ब्यबस्थापनको लागि बैंक खाताको आबस्यकता महत्वो लाइ बुझेर जो कसैलाई पनि सहजै खाता खोल्न दिनुपर्छ अझै बच्चा जन्मनु संगसंगै वा कुनै पनि व्यक्ति बयस्क हुने बित्तिकै उसको बैंक खाता सरकारले तुरुन्तै र स्वोता खोलिने पद्दति र नीति बारेमा सोच्नु पर्ने बेलामा तीनपुस्ते आदि कुरा माग्नु समय लाइ हेरी तौलादा योकुरा लज्जास्पद त छदैछ तेस्मा यसले हामि हाम्रो पद्दति नीति शैली सोच र कार्य आदि कुरा कति पछाडि छ र हामि कति पिछडियका रहेछौ भन्नेकुरा को यो टड्कारो प्रमाण हुनसक्छ!
    स्पस्ट छ,
    खाता कसैलाई पनि तुरुन्तै बिना झन्झट खोल्न दिनु पर्छ र सजिलै खोलिने पद्दति अनि नीति हुनुपर्छ! बरु अबस्था र उपादेयता हेरी खाता संचालन सुल्क तोकिदिय हुन्छ!
    अनि,
    पैसा पनि कसैले पनि जतिपनि राख्न चाहे र सकेजति बिना हिच्किचाहट राख्न दिनुपर्छ!
    तर,
    सो पैसा झिक्ने बेलामा होकुरा, यतिबेला ब्याबस्थित र नियन्त्रित हुनुपर्छ! कि सो खाताको प्रक्रितिहेरी तेस्को सिमितता तोकिने, तेस्मा भयको निकाल्नुसकने सुविधाभन्दा धेरै निकाल्न खोजेको अबस्थामा मागोस्न बरु बाउको, बाजेको, ससुराको, फुपुको, मामाको या कसकसको नागरिकता, मृत्युदर्ता, चिहानको नक्सा आदि के के चाहिन्छ! केके माग्ने हो!
    राखियको पैसा अनाशातिती र संकास्पद लागेमा बैंक खाता रोक्का गर्ने सहितको के के गर्ने हो त्यो त गर्न सकिहाल्छानी!
    बैंक पस्न देउ तर निस्कनलाई कडाइ गर!
    यहा त बैंक लाइ हेर्न पनि नागरिकता लियर टिकट काट्न पर्ने जस्तो नियम लगायपछि मान्छेहरु पैसा बोलि रक्सौल या युरोप अमेरिका त हो अब!
    बित्तिय ब्याबस्थापक र नीति निर्माताको अदुरदर्शिता र बिक्छिप्त सोचको पराकास्टा भन्दा फरक पर्दैन!

    Reply
    1. Deepen says:
      December 19, 2012 at 4:27 am

      I am fully agree with ‘Gagane’
      I would like to add one more thing . The government should make a policy where cash transaction should be avoided above certain threshold lets say 100K. Example: If I want to make a payment of 150K to Gagane to buy his secondhand Motorcycle, I should either issue him a Cheque or should transfer money in his account via Internet Banking.

      Reply
  61. kamala says:
    December 18, 2012 at 11:24 pm

    कमजोर प्रणालीको को कारणले भेटिन नसकेको देशका शक्तिशाली महानुभाबका अकुत पैसालाइ सजिलो संग पत्तलगाउन येसो गरिएको जस्तो लाग्छ | नकारात्मक रुपमा मात्र नहेरेर केहि समयको लागि सबैले सहयोग गरिदिए हाम्रो नै कल्याण हुन्छ जस्तो लाग्यो मलाई त | नियम सबैको लागि बने जस्तो देखिए पनि केहि सिमित व्यक्तिलाई लक्षित गरिएको हुनु पर्छ | सर्वसाधारण ले टाउको दुखाउनुपर्ने केहि छैन |

    Reply
  62. amir says:
    December 18, 2012 at 11:02 pm

    जाठाहरु सात पुस्ते को नै मागेको भए पनि हुन्थ्यो नि,हामीले पनि थाहा हुन्थ्यो नि हाम्रो सात पुस्ते./ खाता खोल्ने रामको विवरण माग्छ श्यामको / अब त बैंक बाट सबै पैसा निकलयेर जमिन मा खाल्डो परेर गर्नु पर्ने दिन आउदै छ जस्तो छ,/ यो त अब बिबाह गर्न केटि खोज्नु भन्दा पनि बैंक खाता खोल्न गार्हो हुने भयो./ बिवाह गरेर ब्याज पाउनन सजिलो होला अब बैंक मा खाता खोलेर ब्याज निकाल्नु भनेको नेपाली को लागि बिश्वो युद्ध जितेको बराबर हुने भयो./
    मा त घण्टा पनि एस्तो हिसाब ले बैंक मा पैसा रक्देना र खाता पनि खोल्देना .

    Reply
  63. Madan Dawadi says:
    December 18, 2012 at 10:50 pm

    खै मैले त खाता इन्टरनेट बाट खोलेको हो machine बाट पैसा राख्छु machine बाटै पैसा झिक्छु अरु सबै काम इन्टरनेट बन्किंग बाट गर्छु अहिले सम्म कुनै कर्मचारी मुख पनि देखेको छैन एउटा आइ कार्ड सकेन गरेर पठाको थिय तेती हो

    Reply
  64. शिव खडका says:
    December 18, 2012 at 10:42 pm

    अरु केहि होइन ,दुई दिन न टिकने ,नियम ,यो नियम बनाउने मुझी ले कुन लेबल को जाड खयर बेहोश मा बनायो ,तिन दिन पछी बैंक हरु मा निछेप संकलन
    कम भय पछी फेरी पुराने नियम हुञ्छ (डोंट वोर्री )………..थुक्क कुत्ता हरु !!! तिमि हरु को दिमाग !

    Reply
  65. patik says:
    December 18, 2012 at 10:40 pm

    हजुरबा र बा को या आमा र उनकी सासु को मारामार पर्या छ भने बिचरो नाती ले कसरि बैंक मा खाता खोल्ने नि ?हाहा

    Reply
  66. tul racyka says:
    December 18, 2012 at 10:38 pm

    अब त भाको खाता पनि बन्द गर्छु होला,कमाउन भन्दा खाता खोल्न झन् गाह्रो? जे परे पर्ला !!

    Reply
  67. Nova Nepal says:
    December 18, 2012 at 10:32 pm

    अब भने मत् बैंकमा खाता भयको मान्छे पो हो त भन्नि दिन आयो !!

    Reply
  68. tej bahadur ghale says:
    December 18, 2012 at 10:14 pm

    ल अब तेसो भने सबै ले पैसा घर मा राखेर बसे भै हलिंछा नि HAHAHAHAH

    Reply
  69. murari says:
    December 18, 2012 at 10:12 pm

    अचममको कुरा आज भने कमेन्ट गर्ने सबैजनाको राष्ट्रिय सहमति भएको देखियो यसै गरि हाम्रो नेताहरुको पनि रास्त्रियता को सबालमा यस्तै एकमत हुने दिन कहिले आउछ होला? अर्को कुरा, नेपाल राष्ट्र बैंक मा बसेर उक्त उर्दी जारी गर्ने मान्छेले भट्टी तेल चडाएको थियो कि क्या हो ? दुइ दिनपछि फिर्ता लिनु पर्ने अनि आफ्नो इज्जत गुमाउने के निर्णय गरेको होला / अनि तेस्तो निर्णयलाई पनि सघाउने मोरा कर्मचारीका झुण्ड हरु लै के भन्ने होला? मान्छे पातकी लागे पछि बोउलौछ भन्थे तेस्तै हो कि क्या हो ……………हा हा हा …………………

    Reply
  70. limbu paahim says:
    December 18, 2012 at 10:12 pm

    घुस खाने मेलो ।

    Reply
  71. बि टि मल्ल says:
    December 18, 2012 at 10:09 pm

    नया नियम बनाएर अर्थ छैन / भएको नियम लाई प्रणाली मा लैजानु पर्यो !!! काम न पाएका भात मारा हरु ? तलब त पचाउनु नै पर्यो नि ! अनेक भाँती गरे र , थुक्क नेपाल !!! कहीं न भए को जात्रा हाँडी गाउँ मा भने को येही हो…………..!

    Reply
  72. resham says:
    December 18, 2012 at 10:03 pm

    ओहॊ आफ्नो रकम राखेर बैंकमा खाता खोल्ने अनि बजे बोजुको समेत नागरिकता लिउनु पर्ने रे हा हा हा ./ बजे बोजु त देख्न पाएको छैन कुन जुगमा बिति सके? अब के को एस्तो नाटक गर्नु परेको होला / जाबो खान लौन त पुग्दैन अलि अलि रकम राख्नलाई नि के को दुनिया झन्झट बेहोर्नु पर्ने? लौ साथी हो अब चाही सारो नै हँसाए है यी बुद्धुहरुले .!

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      December 18, 2012 at 11:07 pm

      गुड फर पेमेन्ट चेक धितो मानेर गैर कानूनी रुपमा कर्जा प्रवाह गर्ने बैंककै कर्मचारी, जनताले बचत गरेर राखेको पैसा खाता मै नदेखाई जग्गाको दलालीमा लगाउने बैंककै कर्मचारी, बैंकक बाट मेशिन किनेर नक्कली एटिएम कार्ड बनाएर जनताको पैसा निकाल्ने बैंककै कर्मचारी, विदेशबाट पठाएको पैसा निकालेको रेकर्ड सिस्टमबाट डिलिट गरेर पुन पैसा निकालेर किर्ते गर्ने बैंककै कर्मचारी, ठुला भनाउँदा ब्यापारी संग घुस लिएर धितोको वास्तविक मुल्य भन्दा दसौं गुणा बढी कर्जा दिएर संस्था र आम निक्षेप कर्ता नै डुबाउने बैंककै कर्मचारी …..यस्ता अपराधीको लागि खुला मन्चमा नेल ठोक्ने कानून बनाउँदा आफ्नै पालो पहिले पर्ला भनेर जनताको सामान्य अधिकारलाई कम्बल ओडेर घांटी अठ्याउने राष्ट्र बैंकको यो नीति र पानी बिशेषज्ञ लाइ केयूकेएल बाट हटाएर आफ्नी जेठी सासु ‘तिमिला यमी’ लाइ नियुक्त गरी पत्रकार सम्मेलनमा गल्ति गर्या भए म सजाय भोग्न तयार छु भन्दै आक्रोश पोख्ने हाम्रा प्रधान मन्त्रि उस्तै उस्तै हुन् हजुर…………..यहाँ कट्टु नलगाउने हरुले नै कट्टुको बारेमा थेसिस लेखिसके हजुर……

      अन्त्यमा रात्र बैंकले नयाँ नाटकको मन्चन गरेर आफ्नो कमजोरी लुकाउनु भन्दा अब देशमा च्याउ सरी उम्रिएका यी ‘सुटकेश बैंक’ लाइ राम्रै निगरानी र नयाँ खोल्न नियन्त्रण गर्दा बेश हुन्थ्यो कि ???

      Reply
    2. resham says:
      December 19, 2012 at 9:41 am

      अब बैंक मा पैसा राख्नु भन्दा त माटोको खुतुर्केमा पैसा हाल्दै जम्मा गरे बेश हुने जस्तो देखियको छ है साथी हो. बजे बजु त उहिले नै बिति सके. कहाको नागरिकता लियर दिनु बैंकलाई हा हा हा ! आफ्नै घरमा माटोको भाडो खुतुर्केको बैंक बनाउने दिन आयो साथी हो की कसो?

      Reply
    3. resham says:
      December 19, 2012 at 9:46 am

      अब बैंकमा पैसा राख्नुलाई गारो हुने भए पछि आफ्नै घरमा माटोको भाडो खुतुर्केमा पैसा जम्मा गर्ने दिन आयो साथी हो! बजे बजु त उहिले नै बिति सके कहाको नागरिकता लिउनु? आफ्नै घरमा माटोको खुतुर्केमा पैसा जम्मा गरे कुनै झन्झट नहोला कि कसो साथि हो? हा हा हा

      Reply
  73. Pitambar Khanal says:
    December 18, 2012 at 9:48 pm

    विदेशतिर जस्तै US मा खाता खोल्दा अनिवार्य social security नम्बर चाहिन्छ. त्यो नम्बर बाट ग्राहक को सबैकुरा(loan , income , criminal record ,…….आदि, इत्यादी) हेर्न सकिन्छ. नेपालको हकमा एस्तो प्रचलन नभएकोले तत्कालको लागि यो व्यवस्थालाई आन्यथा लिनु हुन्दैन. तर दिर्घकालिन रुपमा भने सबै नागरिकलाई national identity नम्बर दिएर त्यसैबाट समाधान गर्नु पर्छ.

    Reply
  74. Chetan Nepali says:
    December 18, 2012 at 9:46 pm

    यो श्लोक घोकेर निर्देशक र मह निर्देशक पद सम्हालेका बाजेहरुको बुद्धि र विवेक हराएको हो कि “काग बाठो भाको हो” पत्तो पाइन बा ??

    Reply
    1. Chetan Nepali says:
      December 19, 2012 at 1:22 am

      यी बाजेहरूले हामि नै नागरिकता पनि दिन्छौ भन्न पनि बेर लाउदैन जस्तो छ !

      “विनाशकाले विपरीत बुद्धि” भन्छन कतै देशमा ठुलै शंकट त आइलाग्ने होइन ???

      Reply
  75. Arpan says:
    December 18, 2012 at 9:37 pm

    हा…हा..हा!! एस्तो गर्नु भन्दा त सबै बैंक नै बन्द गरे भै हाल्यो नी!! कहिँ नभाको जात्र नेपाल मा!!

    Reply
  76. Lohani Indra says:
    December 18, 2012 at 9:31 pm

    राष्ट्र बैंकका बिज्ञहरुले निक्कै दुरदर्शी नियम बनाएछन है. अब भने चाहिं बैंकहरुको तरलता बढेर जताततै छताछुल्ल हुने भो. अनि त बैंकहरुमा पैसै पैसा.

    Reply
  77. Ram Sampang says:
    December 18, 2012 at 9:22 pm

    हाम्रो नेपालमा राजनैतिक नेताहरु मात्रै JPT बोल्छ भन्या त, वित्तिय क्षेत्रलाई अनुगमन गर्ने निकाय राष्ट्र बैकका हाकिमहरु पनि सोच विचार नगरी निति नियम बनाएर लागु गराउन निर्देशन दिंदो रहेछ ।

    उसै त नेपालीहरु बैकिंग प्रणाली प्रति सहज हुन सकेको छैन, झन नयाा नियमले बाजे बोजु, छारेरा नाती सम्मको ईतिवृत्ति लिएर नाथे खाता खोल्न बैकमा को आउला?? सबै भन्दा पहिले राष्ट्र बैकको गभर्नर ज्यरुको खाता खोलेर लु उदघाटन गरोस त, वाईयात नौटंकी पनि कति गर्न सकेको??

    Reply
  78. Uttam Khadka says:
    December 18, 2012 at 9:17 pm

    गुरु: हाल्न गारो हाले पछि झिक्न गारो. .. लौ भन बाबु हो के हो?
    चेला: त्यो हो नेपाल को बैंक!
    म पनि झिकेर खोला पारितिर हाल्छु! न रहेगा बास न बजेगा बासुरी!

    Reply
  79. subash says:
    December 18, 2012 at 8:56 pm

    बैंकमा आफ्नो पैसा जम्मा गर्नको निमित्त खाता खोल्न पनि यत्रो नाटक! आफ्नो सम्पति पनि बुझाउने अनि साखा-सन्तानको विवरण पनि बुझाउनु पर्ने रे | बरु हाम्रो सम्पति लिने बैंकले आफ्नो पुरा आर्थिक विवरण खाता खोल्ने ग्राहकलाई बुझाउनु पर्छ ताकि ग्राहकको पैसा लिएर बैंक टाप नकसून!

    Reply
  80. पुष्प says:
    December 18, 2012 at 8:49 pm

    यस्ता नियम बनाउनेहरू मूर्ख होइनन् भने पक्कै सच्याउनेछन् ।

    Reply
  81. Rajendra Prasad Bhusal says:
    December 18, 2012 at 8:30 pm

    राष्ट्र बैंकका ठेकेदारहरुको बित्तिय दिमाग छैन भन्ने बुजिंछा किनकि बिश्वोमा नभएको नियम यिनीहरु बनाएका छन् / यिनीहरुको नाम गिनिज बुकमा लेखन पहल गर्नु पर्यो / संसारका बैंकरहरु एकातिर तर नेपाल राष्ट्र बैंक अर्कोतिर / हाहाहाहा…….

    Reply
  82. kedar says:
    December 18, 2012 at 8:11 pm

    जति बुढी नाच्न जान्दिन उति आँगन टेड़ो | भ्रस्टाचार र अबैध धन्दा बाट कमाको अबैध पैसा जम्मा गर्न अब सजिलो देश तिर लाग्ने भए डाकाहरु | अबैध धन्दा र भ्रस्टाचार नियन्त्रण गर्न नसक्ने अख्तियार, पुलिस, राजस्व र अदालतको काम सजिलो बनाइदिने भो यो राष्ट्र बैंकले |

    Reply
  83. sujit says:
    December 18, 2012 at 7:06 pm

    विदेश मा बस्ने हामी नेपाली लाई पनि यहाँ बैंक खाता खोल्न एत्रो झंजत छैन त हौ . नेपाल मा नेपाली लाई नेपाली को सरकार अनि कर्मचारी ले एस्तो किन गर्नु पर्ने ?

    Reply
  84. शशांक लामा, न्युयोर्क says:
    December 18, 2012 at 7:04 pm

    ऋण लिने भए पो तीनपुस्ते विवरण,नत्रभने नाथे खाता खोल्नलाई भुत्रा गर्न दशथरी कागजपत्र !

    Reply
  85. Raj K says:
    December 18, 2012 at 6:50 pm

    राष्ट्र बैंकका घुषखोरी र कामचोरहरुले काम पाएनछ|
    सम्पति शुद्धिकरण ‘रे?
    राष्ट्र बैंकका कर्मचारी र हाकिमहरुको नीजी बैंक, ब्यापारी र वित्तीय र ऋण संस्थानहरुको आतिथेय र सौजन्यले दिनहु भोज, भ्रमण र उपहार हुर्स्याउने अनि आफ्नो हात माथि भएको फायदा उठाउने बानी परेको छ|
    राष्ट्र बैंकका कर्मचारी संख्या आधा काटेर बचेका कर्मचारीहरुलाई वेतन बमोजिम समय दिएर काम गर्न लगाए प्रभावकारी हुन्छ| फलाना हाकिम र मन्त्रिले सिफारिशमा लगाएका आफन्त छोरी, बुहारी, ज्वाइन, भाना भान्जा ठुल्बा, ठुल्दाई, साली सालाको जागिर खाने ठाउँ हो राष्ट्र बैंक र नेपाल बैंक|
    बैंको कर्मचारीलाई हजार घुस दिए जसको पनि बैंक स्टेटमेन्ट दीईहाल्छ|

    नचाहिँदो रुल नियम लगायो, अरु काम छैन| काम छैन भने बरु नेपाल बैंकलाई आफ्नो ट्वाइलेट सफा र नगन्हाउने राख्नू भनेर लिखित निर्देशन दिए राम्रो हो|
    अब २०७० अघि सबै बैंक बाट पैसा निकाले हुन्छ| भोलि फेरी घरमा पनि कति पैसा छ वा हालमा बैंकमा राखेको पैसाको आम्दामी रिपोर्ट पनि दिन पर्छ भनेर भन्ला|
    यी सब हुन् गएको बैंककै कर्मचारीको मिलेमतोमा किर्ते खाता खोल्न सम्म खोले र लुटे| कुन पैसा कंहा बाट आउंदैछ भन्ने बैंक लाई थाहा भैहाल्छ| किन सबै खातावाल जनतालाई दुख दिने?
    अब कुन दिन श्रोत खुलाउन पर्छ डिपोसिट गर्दा भन्न पनि के बेर?
    यै तालले अब सब इन्डियन बैंकमा खोले हुन्छ, नेपाली पासपोर्ट वा नेपाली नागरिकता भए पुगिहाल्छ|

    Reply
  86. Ram C. Bhujel says:
    December 18, 2012 at 6:36 pm

    गजब गजबका नियेम कानून र policy बनेको देख्दा छक्क परिन्छ! दुइ दिन नटिक्ने नियेम बनाउनेहरुले के को देशलाई अघि बढौंन दिने भएर! जति पटक पनि पछि पछि हटेको मात्र अनुभब गर्न पाईन्छ! अहिलेको जमानामा घर मै बसी बसी on-line मा खाता खोल्न र transaction गर्न दिनुपर्नेमा झन् अब त् बाबु आमा बाजे बजै सहित् लिएर जानु पर्ने जस्तो पो भयो त! एकचोटी एकजना साथीले भन्नु भयो कि दरबारमार्गमा भएको कुन एउटा बैंकले on-line International transaction सुबिधा दे को छ रे! गएर तेहा सोद्दा त India लै मात्र रे! लौ अबको जमानामा पनि उही इंडियामात्रै दिमागमा राखेर काम गर्ने हो, योजना बनाउने हो भने देशलाई सिंगापुर होइन झिंगापुर्कै अबस्थामा राख्ने भनेर नछली भने भैगयो नि! अनि १८ बर्ष पुगेको बालिग नागरिक उ आफैमा सम्पूर्ण हो उसलाई फेरि किन अर्काको प्रुफ चाहियो जाबो एउटा बैंकको खाता खोल्न? बैंक को खाता खोलि उसले mis-use गर्यो भने पो उसलाई सजाय दिन मिल्छ! नत्र बैंकमा खाता खोल्नु भनेको उसको कमाईको सुरक्ष्याको ग्यारेन्टी खोज्नु हो! त्यो नैसर्गिक अधिकार भित्र पर्छ! उसलाई अरुको (बाबु, बाजे, बजै …) नागरिकता बिना खाता खोल्न नदिनु उसको अधिकार हनन हुन्छ! अदालतमा गए हुन्छ!

    Reply
  87. Abhinav says:
    December 18, 2012 at 6:06 pm

    राष्ट्र बैंकमा बसेका कतिसम्म दूरदर्शी छन भन्ने यो नया नियम देखाएको छ
    अब भोली यो नियम सच्याउदा केटा-केटी खेले जस्तो भयेन
    केटा-केटी आए गुलेली खेलाए
    फेरी बाजेको नागरिकताको नाम मा भ्रष्टाचार गर्ने सुनौलो मौका

    Reply
    1. Binod Poudel says:
      December 18, 2012 at 7:22 pm

      केटाकेटी आए गुलेली खेलाए
      मत्यान्ग्राका सत्यानाश

      Reply
  88. kuber says:
    December 18, 2012 at 6:05 pm

    यो सब हावा दारी निर्देशन जारि गर्छ साला अर्को महिना पछि जस्ताको तस्तै …

    Reply
  89. बिक्रम नेपाली says:
    December 18, 2012 at 5:57 pm

    नमच्चिने पिङको सय झट्का !!

    Reply
  90. madhav sigdel@malaysia says:
    December 18, 2012 at 5:57 pm

    राम्रो काम भय पनि बीरोद गर्नी निति गर्ने हामी नेपाली को बनी भै सकेको छ

    य़ो काम मलाई ठिक लागो यस्त्तो भयो भयो भनी मात्र पुजिपतिलाई incometax बाट छल न गाहोरो होला

    बैंकमा खता खोलनी त झुपड़ी का बासिन्दा कम मात्र छन ………………….

    भय पानी उनिहरु इमानदार पूर्ण फारम भर्छन

    कुरा बुज्दा राम्रो होल

    Reply
  91. purna prasad khatiwada says:
    December 18, 2012 at 5:52 pm

    इंडिया मा अकाउंट खोल्न पहिला एड्रेस proof अनि id proof को जरुरत पर्थो अहिले नया सुबिधा दियको छ । अहिले आधार कार्ड को फोटो कपिले अकाउंट खोल्न सक्छ पहिलाको जस्तो गारो छैन।नेपाल मा कस्तो कस्तो नियम लाग्छ , बैंक मा पनी पैसा सुरक्षित हुदैन भन्ने खबर बेला बेलामा सुन्न मा आउछ ।हामी गरीब जनता लाइ राष्ट बैंक ले दियको नियम ले खासै प्रभाव पर्दैन ।

    Reply
  92. मणि says:
    December 18, 2012 at 5:45 pm

    सब्बै भन्दा पहिले राष्ट्र बैंकका गवर्नर को डिटेल उपलब्ध गराई पाउ! अनि बाकी बित्तिय क्षेत्रमा काम गर्ने, हैकम चलाउने हाकिमहरुको त्यसपछि बल्ल आम जनताको|

    Reply
  93. निश्चल शर्मा says:
    December 18, 2012 at 5:40 pm

    लौ मार्यो। म त विदेशमा बस्छु। अब मेरो विवरण लिन बैँकका कर्मचारी विदेश आउलान् त? हे दैब नेपालका उच्चपदमा भएका कर्मचारीले किन औँठा छापले जस्तो निर्णय गर्छन होला?

    Reply
  94. prakash joshee says:
    December 18, 2012 at 5:31 pm

    i will better keep money outside neplese bank until i backed from my working state.

    Reply
    1. Ale says:
      December 18, 2012 at 6:07 pm

      १०० प्रतिशत सहमत जोशी जी संग | खोला पारि (छिमेकी मुलुक मा) CITI बैंक छ तेसैमा खोलि दिन्छु | नेपाल बैंक ले त्यो form मलाइ पठाओस मात्रै, म त सिधै खाता बन्द गरिदिन्छु | लौ त हेरम कसले के भन्दो र छ ?

      Reply
  95. anmol piya says:
    December 18, 2012 at 5:18 pm

    यो व्हायत कुरा हो सरकारले अरु कुनै सोसिअल सिस्टम बाट खाता खोल्न नलगाएर हामीलै दुख र झन्झट दिने काम हो . कै नभएको जात्रा हाडिगौमा भनेको येही हो. Now the world is so competitive and Banks around the world try to give more and more facilities to their customer. But banks in our country are doing just opposite. this is the new Nepal with lots of Dr. in government.

    Reply
  96. man limbu says:
    December 18, 2012 at 5:15 pm

    वाइयात नौटंकी हो यो. नेपाल मा अब बैंकिंग कारोबार घट्ने भो.

    ५०% नेपालीहरु संग बजे बोजुको नागरिकता छैन अब के गर्ने उनीहरुले? मरेका पुर्खालाई चिहान बाट उठाएर लेई नागरिकता निकाल्नु पर्ने हो कि क्या हो?

    Reply
  97. Ganesh says:
    December 18, 2012 at 5:10 pm

    मलाई ठिक लागेन . पुनर्विचार गर्नु पर्छ RASTA बैंकले

    Reply
  98. rabin says:
    December 18, 2012 at 5:06 pm

    करको दायरामा ल्याउन सजिलोको लागि गरेको भन्ने मेरो ठम्याई छ | अनि अर्को कुरा, छोरा-छोरी-बुहारी नभए पनि अनिबार्य नै लेख्नु पर्ने जस्तो लाग्यो | फेरी अर्को कुरा, यो Form त EDV संग ठ्याक्कै मिल्न आउँछ नी !!! सायद, भोलिपर्सि DV परेपछि सजिलोको लागि गरेको पनि हुन सक्छ | नेपाल सरकारले बेलैमा राम्रो गरेको छ DV पर्ने मान्छेहरुको लागि |

    Reply
  99. prasad says:
    December 18, 2012 at 5:06 pm

    बा आमा सम्म को त ल ठिकै छ लेरम्ला….तर बाजे र बज्यैको त भए पो लेराउने नि …..ताल न सुर को कडाई गरेर ….२/४ दिन पछि आफै लचिलो गरिहाल्छन नि …..

    Reply
    1. dor prasad says:
      December 18, 2012 at 5:55 pm

      किन आमा बुबा को पनि नागरिकता चाहियो ? आफनो भए भएन ! कति को आमा बुबा को पत्तै न होला वा नागरिकता न बनाउदै सोर्ग बाशी भए होलान …. तातो न छारो यो नियम बनाउने र लागु गर्ने को अनुहार हेर्न पाए हुथ्यो …. तिनका साखा सन्तान को नागरिकता छ होला नि ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme