मोरा जंगलबाट आएका हैनस् ? हामीले त ल्याएका हौँ। धम्की नदेऊ, हिम्मत छ भने फेरि जाऊ जंगल। हामी किन जंगल जाने ? हिम्मत भए तिमीहरु जाऊ न! कस्तो घटिया वादविवाद गरेको होला जस्तो लाग्छ है सुन्दा। यो कुनै काल्पनिक संवाद हैन। ठ्याक्कै यस्तै शैलिमा अहिले नेताहरुले भाषण गरिरहेका छन्। देशमा गर्नुपर्ने काम कति धेरै छन्।… Continue reading
Category: समाचार/विचार
तीन वर्षमा १०१ शहीद, कति जनालाई चिन्नुहुन्छ?
आज माघ १६। शहीद दिवस। सरकारी विदा। एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइँदैछ। आज अन्तिम दिन हो। यो राणा शासनको पतन भएपछि मनाइँदै आएको शहीद दिवस हो। दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिइएको दिन यसै साताभित्र पर्छ। नेपालमा यी चार मात्र शहीद पक्कै हैनन्। थुप्रै पुराना र नयाँ शहीद थपिएका छन्।… Continue reading
कतारमा आजदेखि न्युनतम तलब २८ हजार+
कतारमा जाने कामदारको न्युनतम तलब आजदेखि बढेको छ। सात दिनअघि राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चारै तहका कामदारको न्युनतम तलब आजदेखि बढेको हो। खाडीका अन्य देश साउदी अरब, युएई र कुवेतको न्युनतम तलब सरकारले यसअघि नै बढाइसकेको छ। कतारमा बढेको तलब अनुसार अदक्ष कामदारले न्युनतम तलब २८ हजार… Continue reading
मनपरी विज्ञापन छाप्नेको अगाडि सरकार लाचार
‘कान्तिपुर’ को शनिबारे अंकमा सरकारले पहिलो पेजमा नै एउटा रङ्गिन विज्ञापन छाप्यो। शीर्षकै छ- ‘अनधिकृत र अतिरञ्जनापूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण नगर्ने बारेको सूचना।’ श्रम तथा रोजगार मन्त्रालयको यो विज्ञापनमा ‘वैदेशिक रोजगारीसम्बन्धी सूचनाहरु आधिकारिकता पुष्टि बिना नै अनधिकृत रुपमा प्रकाशन तथा प्रसारण हुने गरेको’ भनिएको छ। अर्थात् मिडियाले जेपिटी (जे पायो त्यही) विज्ञापन छाप्ने गरेको… Continue reading
चार दिन बन्द हुँदा नि कसैले वास्ता गरेन
देशमा अहिले दुई वटा विषयमात्रै चर्चामा छ। पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण र दैलेख, जहाँबाट २२ पत्रकार विस्थापित भए त्यहाँका सबै पत्रपत्रिका र एफएम बन्द हुने गरी। अनि अर्को विषय- विपक्षीहरुको आन्दोलन। आजदेखि त्यो आन्दोलन राजधानीकेन्द्रितसमेत भएको छ। मिडियामा यही विषयमा समाचार छापिन्छन्। तात्तातो बहस यही विषयमा भइरहेका छन्। तर यही देशको पूर्वी भागको एउटा… Continue reading
सम्पति लुकाउनेको सार्वजनिक बेइज्जत, क-कसले लुकाए? आउनुस् कुरीकुरी गरौँ !
सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफ्नो वा परिवारको नाममा रहेको सम्पति स्रोतसहित खुलाएर पेश गर्नुपर्ने कानुन छ। आर्थिक वर्ष सकिएको ६० दिनभित्र यो बुझाइसक्नुपर्छ। नबुझाए पाँच हजार रुपियाँ जरिवाना मात्र हैन, गैर कानुनी सम्पति रहेछ यिनीहरुको भन्ने अनुमानमा अनुसन्धानसमेत गर्न सकिन्छ। तर यसरी सम्पति विवरण नबुझाई सम्पति लुकाउनेहरुको संख्या भने आम्मामा कति धेरै ! उपप्रम नारायणकाजी… Continue reading
कर्णेल कुमार लामा छुटाउने प्रयास असफल
बेलायतमा मानव अधिकार हननको अभियोगमा पक्राउ परेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई छुटाउन नेपाल सरकारले गरेको कुटनीतिक तथा कानुनी पहल तत्कालका लागि असफल भएको छ। कुटनीतिक पहलका क्रममा बेलायती पदाधिकारीहरुले अदालती प्रक्रियामा गइसकेको विषयमा हस्तक्षेप गर्न नमिल्ने जवाफ दिएका थिए। धरौटीमा भए पनि छुटाउन सरकारले ५० हजार पाउन्ड (६८ लाख रुपियाँभन्दा बढी) को जोहो… Continue reading
दैलेखमा आ-आफ्नै दाउ
आज दैलेखमा जे भयो, त्यो आउँदा दिनमा देशका अन्य भागमा हुनसक्ने दृश्यको झल्को हो। दैलेख अब पत्रकार डेकेन्द्र थापालाई जिउँदै पुर्ने अपराधीहरुविरुद्ध न्याय खोज्ने ठाउँमात्र हैन, यही घटनाको आडमा सत्तारोहण गर्न र्याल चुहाउने विपक्षीहरु र आफ्नो भाग लुट्न आउने डरले विपक्षीलाई पेल्नुपर्छ भन्ने सरकारपक्षीयहरुको चेपुवामा परिसकेको छ। विपक्षीहरुले सरकार ढाल्ने सडक आन्दोलनको सुरुवात दैलेखबाट गर्नु… Continue reading
कसले यी मूर्ति चोरेर अमेरिका पुर्यायो?
तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको… Continue reading
अमेरिकामा काम गरी नेपालमा पेन्सन पाउन मुद्दा हाल्नेलाई सर्वोच्चले खुवायो लोप्पा
नेपालका विभिन्न सरकारी कार्यालयमा बहाल रही विदेशमा अध्ययन वा प्रशिक्षणका लागि जाने, अनि उतै बस्नेहरु धेरै छन्। मन्त्रालय वा संस्थानका कर्मचारीहरुदेखि लिएर विश्वविद्यालयका प्राध्यापकहरुसम्म पनि यो सूचिमा पर्छन्। तीमध्ये कतिले त यता नेपालमा जागिर पनि पाक्दै गर्ने अनि उता विदेशमा काम पनि गर्दै गर्नेहरु पनि छन्। संस्थाले आफ्नो खर्चमा पढ्न वा प्रशिक्षण लिन पठाए पनि… Continue reading
प्रधानमन्त्रीलाई सर्वोच्चको झापड
महान्यायाधिवक्ताको निर्देशनै कानुनविपरीत महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखमा पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई उन्मुक्ति दिन गरेको प्रयासमाथि आज सर्वोच्च अदालतले दह्रो झापड हानेको छ। प्रधानमन्त्री र महान्यायाधिवक्ताले जुन आधारमा टेकेर यो विषयमा कानुनी कारबाही अघि बढाउन नमिल्ने जिकिर गर्दै आएका थिए, त्यसलाई सर्वोच्चले हुँदैन, मिल्दैन भनिदिएको छ। अनि अनुसन्धानमा अवरोध नगर्न पनि अन्तरिम आदेश… Continue reading
राष्ट्रपति थाके, म्याद बिनाको वक्तव्य जारी
अन्ततः दुई महिनासम्मको म्याद थपाथप गरी सहमति खोज्ने काम व्यर्थ भएपछि राष्ट्रपति रामवरण यादवले आज सहमतिका लागि म्याद बिनाको वक्तव्य जारी गरेका छन्। मंसिर ८ देखि सुरु भएको मिति तोकेर म्याद थप्ने यात्रा आज टुङ्गिएको हो। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सहमति गर्न पहिलेको जस्तो निश्चित मिति तोकिएको छैन। मिति तोकिँदा त सहमतिका लागि खासै… Continue reading
पक्राउ पर्ला भनेर डराएरै नगएका हुन् त महान्यायाधिवक्ता अमेरिका?
आजका सबैजसो राष्ट्रिय दैनिकहरुले महान्यायाधिवक्ता मुक्ति प्रधान पक्राउ परिने डरले अमेरिका नगएको एकै व्यहोराका समाचार छापेका छन्। कसैले अगाडिको पेजमा ठूलै महत्वका साथ, कसैले भित्री पेजमा। सबै समाचारको सार एउटै देखिन्छ- अमेरिकाको एउटा युनिभर्सिटीले एउटा कार्यक्रममा बोलाएको रैछ। त्यसमा सहभागी हुन जान लागेका बेला अन्तिम अवस्थामा भ्रमण रोकिएछ। किन रे भन्दा कर्णेल कुमार लामालाई बेलायतमा… Continue reading
गोरु जुधाउने ठाउँमा नेताहरु जुधे
अनि नेताहरु सँधै जुधिरहेका त छन् नि, कुन ठूलो कुरा भो र भन्ने यहाँहरुलाई लाग्यो होला। व्यङ्ग्य गरेर नेताहरु जुधेको भन्न खोजेको होला भन्ने लाग्यो कि ? त्यसो हैन। तपाईँहरुलाई थाहा छ नि नुवाकोटको तारुकामा वर्षेनी माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ। यस पटक भने त्यहाँ गोरु जुधाउनु अघि नै नेताहरु जुधे। गोरु जुधाउने समितिको… Continue reading
‘अख्तियार आफै घुस खानतर्फ लाग्यो’
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले पठाएको पत्र जस्ताको तस्तै- हामी काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय बिकास मंत्री नारायनकाजी श्रेष्ठको ठाडो निर्देशनमा देहाय बमोजिमको अनियमितता, हिनामिना र भ्रष्टाचार भैरहेको र यसबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा लिखित र… Continue reading
कानुनमा महिलाको स्थान पशुभन्दा तल
पशु अधिकारवादीहरुलाई खुसीको खबर। नेपाल शायद् विश्वमा एउटा मात्र त्यस्तो देश होला, जहाँ महिलालाई भन्दा पशुलाई बढी अधिकार दिइएको छ। कुरा बलात्कारको हो, जसलाई कानुनी भाषामा ‘जजक’ भनिन्छ- अर्थात् जबर्जस्ती करणी। महिला हिंसाको विरोधमा सडकमा उत्रनेहरुलाई थाहा छ कि छैन कुन्नि, नेपालको कानुनमा बलात्कार भए कानुनी कारबाही अघि बढाउन उजुरी गर्नुपर्ने हदम्याद महिलाको केसमा भन्दा… Continue reading
के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भाषण गरे, पत्रिकाहरुले छापे। पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनको कथन थियो। पत्रकार… Continue reading
१४ वर्षकीलाई ‘जजक’ गर्दा तीस हजार ‘क्षतिपूर्ति’
२०६४ सालको वैशाखमा सुर्खेतको एउटा गाउँमा एक १४ वर्षकी बालिकालाई जजक (जबर्जस्ती करणी=बलात्कार) गर्नेले पाँच वर्षपछि सजाय पाएका छन्। अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेला यस्तो मुद्दा कानुनी प्रक्रियामा जाँदा न्यायको बाटोका लागि केकस्ता बाटोबाट गुज्रनुपर्छ र के हुन्छ भन्ने बुझ्न एउटा प्रतिनिधि घटनाको रुपमा यो मुद्दाको फैसलालाई लिइएको हो। यसै वर्ष असोजमा… Continue reading
परिवारले समेत भेट्न पाएका छैनन् कर्णेल लामालाई
जनवरी ३ को बिहान लन्डन नजिकैको इस्ट ससेक्सस्थित घरभित्र ५ जना प्रहरीले बन्दूक तेर्स्याउँदै एक जनालाई गिरफ्तार गरे। उनी थिए नेपाली सेनाका कर्णेल कुमार लामा। लामा बेलायती नागरिकता लिइसकेकी पत्नी लक्ष्मीको घरमा थिए। एक्कासी प्रहरीले बन्दूक देखाउँदै पक्रेर लगेपछि श्रीमती र छोरीहरुको रुवाबासी चल्यो। त्यो दिनदेखि परिवारले कर्णेल लामालाई भेट्न पाएका छैनन्। बेलायती प्रहरीले लामालाई… Continue reading
जिउँदै गाड्नेको पक्षमा ‘परमधाम मन्त्री’
पिएचडी गरेको प्रधानमन्त्री पाएपछि देश आजभोलि नै कायापलट हुन्छ जस्तो गरी गैरमाओवादीहरुले समेत बाबुराम भट्टराईलाई हाइहाइ गर्दै समर्थन गरेका थिए। तर उनको असली ‘परमधाम मन्त्री’को रुप हिजो देखिएको छ। उनले प्राइम मिनिस्टर हैन क्राइम मिनिस्टरको व्यहोरा देखाएका छन्। पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको बयान ‘हाँसीहाँसी’ दिएर उनको आत्माको शान्तिका लागि सजाय भोग्न तयार भएको बताइसक्दा… Continue reading