Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘नागरिक’मा आक्रमण गर्नेको नालिबेली

Posted on December 20, 2012December 22, 2012 by Salokya

‘नागरिक’ दैनिकको सुन्धारास्थित कार्यालयमा आज दिउँसो एक हुल आक्रमणकारीले कब्जा जमाए। तोडफोड गरे र पत्रकारहरुलाई कुटे। उनीहरुले के कारणले आक्रमण गरेका हुन्, त्यो प्रहरीको अनुसन्धानपछि प्रष्ट हुनेछ। आक्रमणमा कस्ता मान्छे संलग्न थिए, त्यो भने हामी तपाईँलाई बताउँदैछौँ। सबैभन्दा पहिला हुल्याहाहरुले कार्यालयको न्युजरुमभित्र कब्जा जमाउँदा साथी मदन चौधरीले जोखिम मोलेर खिचेको फोटोमा देखिएका केही अनुहार हेरौँ।

यसमा देखिएको एउटा अनुहारहो शिव सेना नेपालका महासचिव माधव प्रसाद भण्डारी उर्फ बिजयम। राजधानीमा जग्गाको कारोबार गरेर दर्जनौं मानिसलाई फसाएका उनको पाँच करोडको हाराहारीमा ऋण भएको बताइन्छ।

माधव भण्डारी । फोटोः https://www.facebook.com/rojrom

धेरै मानिसलाई ठगी गरेकै कारण आधा दर्जनको संख्यामा रहेको सिमकार्ड फेर्दै हिड्ने भण्डारी पछिल्लो दुई वर्षदेखि शिव सेना नेपाल नामक पार्टीमा आबद्ध भएका छन्। संविधानसभाको निर्वाचनमा राप्रपा नेपालबाट सिन्धुपाल्चोक क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उनले निर्वाचन क्षेत्रमै नगई ३० भोट पाएका व्यक्ति हुन्।

धादिङमा जन्मिएका भण्डारीको स्थायी ठेगाना मकवानपुर जिल्लाको हटिया–५ हो। २०६१ सालमा नवलपरासीमा एउटा अवैध स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए। त्यसको नाममा लाखौं रुपैयाँ उठाएर भागेका उनी २०६२ सालमा काठमाडौंको कलंकीमा नेपाल हेल्पिङ् ह्याण्डस् मल्टिपर्पोज सर्भिसेज (HQMS) नामक संस्था स्थापना गरेर लाखौं ठगी गरेका थिए।

कलंकीमा कुनै बेला बिजयम शर्मा भन्ने नामबाट नैकापमा बस्ने केही लागू औषधमा लागेका युवाहरुको २५ लाख रुपैयाँसम्म ठगी गरेका आरोपमा कालीमाटी प्रहरीमा उजुरी परेको थियो।

२०६४ सालदेखि कलंकीबाट बेपत्ता भएका उनी पुनः राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चको नाममा उदाएका थिए। पारस र हिमानी निकट भन्दै उनले रामेछापका दर्जनौं गाविसबाट लाखौं रुपैयाँ संकलन गरेर केही सेट कम्प्युटर पठाएर ठगी गरेको आरोप लागेका व्यक्ति हुन।

राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चकै नाममा बाजुरामा ठगी गर्दा गर्दै पक्राउ परी एक रात प्रहरी हिरासतमा बिताएर रिहा भएका व्यक्ति हुन् भण्डारी। बाजुरामा ठगी गरेको फाइल महानगरीय प्रहरी बृत्त कालीमाटीमा अझै रकर्ड हेर्न सकिन्छ।

२०६६ सालदेखि जग्गाको कारोबारमा लागेका भण्डारीले नैकापको एक भिर जग्गालाई घडेरी भन्दै झण्डै ५० जनासँग डेढ करोडभन्दा बढि रकम लिएर जग्गा पास नगरी मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका छन्। उक्त जग्गाका पीडितहरुले महिनौंदेखि खोजी गर्दा पनि फेला नपरेका व्यक्ति हुन् माधव। केही समयअघिसम्म कलंकीमा बसोबास गर्दै आएका भण्डारी त्यहाँ बस्ने अवस्था नभएपछि विस्थापित भएर भैसेपाटी पुगेका व्यक्ति हुन्।

केही समयअघि मकवानपुरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा काठमाडौं संयोजक बनेर अतिथि बन्न पुगेका भण्डारी ज्ञानेन्द्र शाहका पछि पछि स्कर्टिङमा पनि देखिने गरेका छन्।

दुई वर्ष अघि चितवनको टाइगर टप्प होटलमा पारसले गोली चलाएको घटनामा पारससँगै देखिएका भण्डारी पछिल्ला दिनहरुमा शिव सेना नेपाल नामक पार्टीका केही चुल्ठेमुन्द्रेहरुलाई प्रयोग गरेर विभिन्न फिरौती रकम असुलीमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ।

प्रचारका लागि आक्रमण ?
मिडियामा आक्रमण भएपछि प्रचार हुन्छ र त्यही प्रचारबाट अरुलाई सजिलै धम्क्याउन सकिन्छ भन्ने सोच उनीहरुको हुनसक्छ। त्यसैले मिडियाले पनि उनीहरुको नियत बुझी घटनालाई बढाइचढाइ गरी चर्काउनुको साटो कानुनी रुपमा अघि बढ्नु उचित देखिन्छ।

आक्रमणमा संलग्न भएर पक्राउ परेका अरु व्यक्तिको नाम हेर्नुस्-

यसरी भएको थियो आक्रमण। सिसिटिभीको भिडियो हेर्नुस्-

26 thoughts on “‘नागरिक’मा आक्रमण गर्नेको नालिबेली”

  1. Janak b Thapa says:
    December 24, 2012 at 2:17 pm

    किन र हाम्रो देश नेपाल मा कानुन को राज्य छैन कि केहो जसले जे पायो तेही गर्ने मनोपोली देसमा कानुनी राज्य नहुनुमा राजनीतिक पार्टी नै जिमेवार छ /जस ले गर्दा गुन्दराज भयको छ येस्मा सबैले सोच्ने छ

    Reply
  2. razen says:
    December 24, 2012 at 1:38 am

    लडामाथि गर्नेमा त आइमाईहरु पनि रहेछन बा | अब गुण्ड मात्र होइन गुंडीहरु संग पनि डराउनु पर्ने दिन आयो |

    Reply
  3. madan bajracharya says:
    December 23, 2012 at 6:14 am

    नेपालको कानुन अनुशर नागरिकहरुले छुट्टै सेना गठन गर्ने पाउंदैन त् यो संस्थानै गैर कानुनि हो/ आफुलाई धार्मिक सगथान भयको देखाउने यो जथ्थाले आफुलाई सेनाको नाम किन दियो?

    ईनिहरुले मिडियामा माथि हमला गरेको लोकतन्त्रमा लोकको बोल्ने अधिकार माथि हमला गरेको हो/ यदि ईनिहरु भारतको शिव सेना सिट आबद्ध छन् बा ईनिहरुको शिवसेना भारतकै शिवसेनाको भात्री संगठन हो भने ईनिहरुत अरास्त्रिय संगठन भयो/ यसमाथि ईनिहरुको नाईके हरु ठगि लगायत बिभिन्न आरोप लागेको व्यक्तिहरु भयकोले यो तथाकथित शिव सेनाका मतियारहरु अपराधीको समुह भयको प्रस्टै भय पछि ईनिहरुलाई ईनिहरुले बिगतमा गरेको सबै अपराधहरु को फाईल समेत समेत पल्तायर सजाय दिनु पर्छ/

    Reply
  4. Suresh Paudel says:
    December 22, 2012 at 5:05 pm

    माधव भण्डारी जस्तो हरामी कै कारणले शिव सेना नामक पार्टी बद्नाम भएको हो … हरामीले पहिला आफ्नो व्यक्तिगत आचरण सुधार्नु नी… दुनियाँको पैसा खाँदै हिड्ने यो हरामीको पार्टीमा लागेर जोगिने चाल हो… यसको यो कुत्सित मनसाय सबैले बुझ्न जरूरी छ…

    Reply
  5. DEEPAK SHRESTHA says:
    December 22, 2012 at 10:09 am

    राजा आ उ भन्ने हरुको तमासा हो जस्तो छ…. थुक्क!!!

    Reply
  6. bishal says:
    December 22, 2012 at 9:57 am

    विदेश मा जस्तै नेपाल मा पनि हरेक ठाउँ मा तेसरी नै क्यामेरा राख्नु जरुरि छ

    Reply
  7. Surya says:
    December 21, 2012 at 10:25 pm

    १०+ बर्ष कोच्नुपर्छ vandalism को case मा जेलमा यस्तालाई, अनिमात्र बाउको बिहे देख्छन यिनीहरुले.

    Reply
  8. शशांक लामा, न्युयोर्क says:
    December 21, 2012 at 6:56 pm

    हिन्दु राज्यको वकालत गर्नेहरुको चर्तिकला पनि देखियो!

    Reply
  9. मदनमणि says:
    December 21, 2012 at 3:07 pm

    नेपाली समाजमा आफूसँग जे छ त्यसले प्रहार गर्ने चलन बढिरहेको छ। कुनै बेला कसैका हातमा बन्दूक थियो त्यसैले मन नपरेकोलाई हान्थे। कोहि शब्दले हान्छन्, राजनीतिक दल र समाजको शक्तिकेन्द्र बन्न चाहनेहरु भिडले हान्छन्। हान्नेहरुको जमात बढिरहेको छ। त्यसो भन्दैमा मिडिया माथिको आक्रमणलाई जायज भन्न खोजेको हैन।
    समाजमा धुन्धुकारीहरु बढिरहेका छन्।

    Reply
  10. Sonam Sherpa says:
    December 21, 2012 at 1:52 pm

    शिवका सेना यानेकि शिब सेना भगवानको नाम बजाएर गुन्डागर्दी गर्दै हिड्ने लाई ठोक्नै पर्छ यदि पत्रुकार हरुले पनि नाजायज काम गरेको छ भने कानुनि दायरामा ल्याउनु पर्छ. कानुनि राज चल्नु पर्छ गुण्डाराज होईन. विधिले चल्नु पर्छ २४० बर्ष सम्म देश डामाडोल भयो अब त्यस्तो नहोस.

    Reply
  11. shyam says:
    December 21, 2012 at 1:29 pm

    जय शम्भो!! गाजा कम्भो!!! शास्त्रमा लेखीय बमोजिम शिव सेना (नन्दी भ्रिङ्गिहरु) यस्तै उदण्ड मच्चाउन र परिश्रमिहरुको श्रम क्ष्यण भरमा भस्म पर्न माहिर थिय रे| तसर्थ, येस्तालाई कठोर श्रम कारावासमा राखी सिर्जना गर्न सिकाउनु पर्दछ|

    Reply
  12. bibek dhakal says:
    December 21, 2012 at 11:39 am

    आफ्नो नाम यस्ता डाका, फटाहा, गुण्डाहरुले भजाएर स्वार्थ पुरा गर्दैछन भन्ने थाहा पाए त बिचरा साक्ष्यात शिवलाइ पनि विरक्त लागेर विष पिदिउं या झुण्डेर मर्दिम हुन्छ होला. तर के गर्नु विष ले छुदैन , घाटीमा पैलैदेखी सर्पो झुण्डिरखेको छ !!
    जोक्स अपार्ट, जोखिम उठाएरै कुकृत्य गरिरहेको अवस्थामा यी दानवहरुको फोटो खिच्ने पत्रकार चौधरी ज्युलाई “साधुवाद! विदेशतिर झैँ नेपालका पत्रकार/फोटोपत्रकार/सम्वाददाता हरु पनि खतरा मोलेर आफ्नो कर्तब्य पुरा गर्छन भन्ने थाहा पाउनु निकै गौरवको विषय हो. तर विदेशमा जस्तो यहाँ जोखिम उठाएको पुरस्कार बिरलै पाइन्छ र यहाँ तलब नि थोरै हुन्छ.
    कुनैपनि ” मि डिया हाउस ” माथि एउटा पार्टीले वा दर्ता भएको समुहले सुनियोजित आक्रमण गर्छ भने सो समुहलाई राजनैतिक पार्टी को दर्जा कदापी दिन मिल्दैन. त्यो पार्टी त कि विद्रोही हुनुपर्यो कि आतंककारी अपराधिक समूह . जनताले नपत्याए पनि विदेशको शक्तिशाली पार्टी र आफ्नै देशको केहि प्रभावसाली (पैसाको भरमा) ब्यक्तिहरुको साथ् पाएर एउटा अपराधिक झुण्डले लोकप्रिय पत्रिका माथि धावा बोल्छ भने सरकार के मुकदर्शक भएर बस्न मिल्छ? यो भन्दा अगाडी पनि “युथ फोर्स” नामक एउटा समुहले यस्तै गुन्डागर्दी शैलीमा सोहि पत्रिकाको एक पत्रकारलाई सांघातिक हमला गर्दा समेत सरकारले की गर्न सकेन. के राजनीति गरेको भरमा यी गुण्डाहरुलाइ मनपरी गर्ने छुट छ? आखिर कैले सम्म?

    Reply
    1. jeevan verma says:
      December 21, 2012 at 10:58 pm

      यो भन्दा अगाडी पनि “युथ फोर्स” नामक एउटा समुहले यस्तै गुन्डागर्दी शैलीमा सोहि पत्रिकाको एक पत्रकारलाई सांघातिक हमला गर्दा समेत सरकारले की गर्न सकेन. — केहि नगर्दा त के पी ओली महाशय प्रधान मन्त्रि लाई टिपेर फाल्छु भन्छन, झन् कारबाही गर्ने हो भनेत के गर्लान ? तपाई लाई थाहा हुनु पर्ने हो युथ फोर्स के पी ओली को झुण्ड हो | कारबाही थानले हो भने के पी बाट थाल्नु पर्छ |

      Reply
  13. abhandari says:
    December 21, 2012 at 10:52 am

    यी शिव भगवान र हिन्दुहरुको नाममा कलंकित ठग-पापीहरुलै नर्क को बास होस् -अरु त के भन्नु “जय सम्भॊ”.

    Reply
  14. Bidhan says:
    December 21, 2012 at 9:33 am

    यी सबै “शिव ” को नाममा कलङ्क लगाउने डाकाहरु हुन् I

    Reply
  15. balaram says:
    December 21, 2012 at 8:26 am

    यो देश मा नैतिकता कसै मा रहेन ! नैतिकता नै नरहेपछि जसलाई जे गरे पनि भो ! यिनी हरु लाइ दोषी भन्दिन म ! देश मा जस्तो सिस्टम हामीले चाहेका थियोउ त्येसैको उपज हो यो !
    देश का सबै भन्दा महत्वपुर्ण मान्छे देखि बाटो मा माग्ने भिखारी सम्म आफ्नो ठाउँ बाट येस्तै हर्कत गरिरहेका छन् ! कोहि आफ्नो ठाउ बाट चुकेको छैन यी र येस्तै हर्कत गर्न लाइ !
    फरक यत्ति हो कति कुरा द्रिस्य छन् कति अदृस्य ! यिन लाइ कारबाही त कानुन ले गर्ला तर एक पटक आफैले आफैलाई मन्थन गर्नु जरुरि छ !

    Reply
  16. jeevan verma says:
    December 21, 2012 at 3:29 am

    यो त एमाले/कांग्रेस लाई चाहिने मान्छे रहेछ | यो खबर छापिए पछि के पी ओली ले सम्पर्क गर्न सक्छन |

    Reply
    1. Tilak says:
      December 21, 2012 at 9:45 am

      माओवादीलाइ चाहिन्ँछ यस्ता समाजका दुस्मन त

      Reply
      1. bibek dhakal says:
        December 21, 2012 at 11:18 am

        कांग्रेस, एमाले, माले , राजावादी, माओवादी खाओवादी आओवादि जाओवादी सबैलाई चाहिन्छ नि . नचाहिने वा भनम पालना नसक्ने त तपाई हामी जस्तै “तमाशा हेरेर तालि बजाओ”वादी मात्रै त हौँ नि 🙂

        Reply
      2. Rijan Thapa says:
        December 22, 2012 at 10:16 am

        हो ठिक हो बिबेक जी !!!

        येस्ता दुश्मन लाइ त माओबादी ले नै ठिक लगाउछ | ऊदंड, अनि देशद्रोही, समाजका कलङ्क हरु लै त राम्ररी नै तह लगाउ छ माओबादी हरु ले || राम्रो कुरो भन्नु भयो || न्याय नपाए, कसै ले दुख दिए, कसैले नराम्रो गरे माओबादी का साथी हरु संग सहयोग माग्दा हुन्छ || येस्ता शिव सेना का दुश्मन हरु लाइ त माओबादी ले नै ठेगान लगाउछन् ||

        Reply
    2. अनिल says:
      December 21, 2012 at 11:38 am

      नेपाल को हरेक पार्टी लाई चाहिने जस्तो छ एमाले/कांग्रेस मात्र होइन

      Reply
  17. Lohani Indra says:
    December 21, 2012 at 2:17 am

    स्याललाई दशा लागेपछि शहर पस्छ भन्थे. सयौं पिडितहरुले खोजि गरिराको बेलामा आफै पुलिसको ढोकामा पुगेछ त त्यो दलाल ठगेश्वर भण्डारी पनि..

    Reply
  18. अनुराधा पौडेल says:
    December 21, 2012 at 1:05 am

    गल्ती बस रिषी धमला हुनुपर्ने हिरा धमला भएछ सच्चाइपाउँ है कृपया ।

    Reply
    1. दिवाकर says:
      December 21, 2012 at 9:26 pm

      अझै पनि मिलेन ” ऋषि धमला ” हो रिषी धमला होइन ।

      Reply
  19. अनुराधा पौडेल says:
    December 21, 2012 at 1:04 am

    यो निन्दनिय काम हो । मिडियाहरुले एक्यबद्दता जनाउनु प्छ । जस्तो पारस उस्तै माधव रहिछ । हिमानी र ज्ञानेन्द्रले यिनलाई आफ्नो समुहबाट निकाल्न सक्नुपर्छ । अनि पारस र ज्ञानेन्द्रका पछि लाग्ने मानिस भन्दैमा उसले उन्मुक्ति पाउनु हुँदैन । तर त्यहि हो नेपालमा सार्बजनिक एन ल्याएर यिनलाई थुन्ने होलान् । केहि समय पछि फेरी निस्किहाल्छन् । यस्तालाई १३ १४ बर्ष जेल कोचे पो हुन्थ्यो त । हिरा धमलाको पनि पर्दाफास भएकै हो नि सुजाताले छुटाइहालिन् । परशुराम बस्नेत पनि खुलै छ । यो माधबेलाई पनि छुटाइहाल्छन् केहि दिनमा । यहि त बोर छ ।

    Reply
  20. Chetan Nepali says:
    December 20, 2012 at 11:39 pm

    यस्ता लाइ पाता कसेर कारबाही नगरे सम्मा समाजमा आतंक मचाइरहनछ ! धेरै राम्रो जानकारीको लागि सालोक्य जीलाई सादुवाद !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme