Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो अवस्थामा पक्राउ परेका थिए पारस

Posted on December 6, 2012December 6, 2012 by Salokya


परिवारलाई छाडेर थाइल्यान्डमा बसिरहेका पूर्व युवराज पारस शाहले एकपछि अर्को गर्दै आफ्नो पारा देखाइरहेको सार्वजनिक भइरहेको छ। फ्रेन्च कट दाह्री, लामो-लामो कपाल, सेतो टिसर्ट र कालो प्यान्ट- माथि तपाईँहरुले देखिरहनुभएको फोटो पारस पक्राउ परेको बेलाको फोटो हो। थाई पत्रिकाले पहिलो पेजमा छापेको यो फोटो उनी पहिलो पटक गाँजा राखेको अभियोगमा पक्राउ पर्दाको हो। गाँजा राखेको अभियोग पुष्टि भएपछि उनलाई एक महिनाको जेलको सुधार केन्द्रमा राख्ने फैसला भइसकेको छ। भर्खरै उनको नाममा फेरि अर्को अरेस्ट वारेन्ट जारी गरिएको थियो- तोडफोडको।

थाई पत्रिका ‘फुकेट न्युज’ का अनुसार सोमबार फुकेटको अदालतले प्रतिबन्धित लागू औषध गाँजा पारसले राखेकोमा दोषी ठहर गर्दै बाङ्ग जो जेलको लागू औषध सुधार केन्द्रमा उपचारका लागि एक महिना राख्न आदेश दिएको थियो। तर उनी जेल गएनन्। छाती दुख्यो भन्दै उनी फुकेटको बैँकक अस्पताल गए। उनको छातीमा समस्या रहेको छ। केही अघि उनी काठमाडौँको नर्भिक अस्पतालमै भर्ना हुनुपर्ने गरी बिरामी पनि भएका थिए।

थाई पत्रिकामा पारसको बदनामी

अदालतको आदेश अनुसार जेलको सुधार केन्द्र नगएपछि उनले थलाङको प्रहरी चौकीमा गएर आफू जान नसक्नुको कारण बताएका थिए। तर पारसलाई अर्को आपत आइलाग्यो। बैँककमा अर्को अभियोगमा उनलाई अरेस्ट वारेन्ट जारी गरिएको कुरा उनले त्यहीँ प्रहरीको मुखबाट सुने। यो थियो लाखौँको क्षति हुने गरी सुखुम्वितस्थित एउटा होटलको कोठा तोडफोड गरेको अभियोग। नौ लाख भाटको क्षति भएको भनेका रहेछन् होटल मालिकले। नौ लाख भाट भनेको करिब ३० हजार अमेरिकी डलर बराबर पर्न आउँछ।

उहिले नेपालमा राजपरिवारको मान्छे भन्दै जे मन लाग्यो त्यही गरेको झल्झली सम्झे होला उनले। तर यो विरानो देशमा उनको कुरा कसले सुन्ने ? प्रहरीले उनलाई त्यहाँबाट तुरुन्त प्लेनमा राखी बैँकक पुर्‍यायो। मंगलबार मध्यरात उनी पुगे बैँककको थोङ्गलोर प्रहरी चौकी। त्यहाँ उनले तोडफोडको अभियोगबारे जवाफ दिनुपर्नेछ।

राति अबेर प्लेनमा राखेर बैँकक पुर्‍याउनु अघि खिचिएको पारसको फोटो। फोटो सौजन्यः Thawit Bilabdullar

पारसलाई राति अबेर पुर्‍याइएको बैँकको प्रहरी चौकी।

यता फुकेटको अदालतले भने उनलाई अर्को मंगलबार (डिसेम्बर ११) मा बाङ्ग जो जेलको पुनर्स्थापना केन्द्रमा उपस्थित हुन आदेश दिएको छ।

फुकेट न्युजका अनुसार पारसले तोडफोड गरेको यही पहिलो घटना भने हैन रहेछ। उनले फुकेटको भाडामा लिएको घरमा पनि तोडफोड गरेका रहेछन्। तर त्यहाँ उनले दुई महिनाको भाडा डिपोजिट राखेकोले तोडफोडबाट भएको क्षति त्यसैबाट उठाइएकोले थप कारबाही नगरिएको रहेछ।

श्रीमती, छोरा र छोरीलाई त्यागेर ल्याङ्फ्याङ्गे पारामा विदेशतिर मस्ती मार्दै हिँडेको र नेपालमा हुँदा गरेको ज्यादतिको पाप कराए जस्तो छ अहिले उनलाई।

ज्ञानेन्द्र, हिमानी सिंगापुर जाँदै

छोरा पारसमा त्यसरी संकटमा परिरहेको बेला बुबा ज्ञानेन्द्र, आमा कोमल र श्रीमती हिमानी भने भोलि शुक्रबार (मंसिर २२ गते) विदेश उड्ने भएका छन्। भन्नलाई उनीहरु सिंगापुर जाने भनिएको छ। २५ गतेदेखि सुरु हुने पूर्व रानी कोमलको उपचारका लागि उनीहरु सिंगापुर जान लागेको भनिएको छ। बीचको तीन दिन उनीहरुले के गर्नेछन्, प्रष्ट छैन। बैँककतिर जान्छन् कि जाँदैनन्, प्रष्ट भएको छैन। सिंगापुरबाट थाइल्यान्ड नजिकै पर्छ। बीचको एउटा देश मलेसिया पार गर्‍यो भने थाइल्यान्ड पुगिन्छ। प्लेनबाट गए १ घण्टा ४५ मिनेटमा सिंगापुरबाट बैँकक पुगिन्छ। रेल र सडकबाट पनि थाइल्यान्ड जान सकिन्छ।

पूर्व राजपरिवारको भ्रमण टोलीमा पीए सागर तिमिल्सिना र बडिगार्ड उद्धव रावल पनि सँगै जानेछन्।

थाइल्यान्डको टेलिभिजनमा पारसको समाचार यसरी छायो। भिडियो हेर्नुस्-

55 thoughts on “यस्तो अवस्थामा पक्राउ परेका थिए पारस”

  1. SHEKHAR GAJUREL says:
    December 25, 2012 at 8:38 pm

    पाप धुरी बाट कराउछ भन्ने उखान लागु भयो याहा [ ,थोरैमा धेरै बुझ्झौ ]

    Reply
  2. Sanjog says:
    December 11, 2012 at 3:28 pm

    पाप धुरी बाट करायो
    पारस सरकार थाइलेडं मा हरायो .

    Reply
  3. lax says:
    December 8, 2012 at 6:29 pm

    थाई आनुवाद गरेको भए बुझ्न सजिलो हुने थियो 😉

    Reply
  4. Suresh Paudel says:
    December 8, 2012 at 8:52 am

    हिन्दी को एउटा उखान याद आयो … गाँजा खाए राजा, तम्बाखु पिये चोर, सुर्ती खाए चुतिया थुके चारो ओर…

    Reply
  5. laxmi says:
    December 8, 2012 at 3:14 am

    मलाई यो समाचार पढे पछी यो कुरा याद आयो – नेपाली राजनीतिको एक कुसल बेक्तित्व हाम्रा( कमल काजी) के भाका हुन् ?यस्ता ज्यान मारा अपराधिक क्रियाकलापमा संलग्न बेक्तिलाई काखी चेपेर पनि कहिलेइ देश र जनताको सेवा गर्न सकलन ?मलाई कमल थापा मन पर्ने नेता हुन् मा पार्टी संग मतलब राख्ने बेक्ती होइन बेक्ती को कुरा गरेको -यस्ता खराब बेक्तिलाई काखी च्याप्दा कमल को छबी नाधमिलियोश !

    Reply
  6. Biplav says:
    December 8, 2012 at 12:34 am

    यस्तो आपत पर्दा पनि कति हँसिलो मुद्रा सरकार को! सरकार लाई restaurant को वेटर मा काम गर्दा फिट हुन्छ guest ले जति गाली गरेनी मुसुक्क हासिरहने! जय नेपाल सरकार!

    Reply
  7. Bishwaraj says:
    December 7, 2012 at 11:45 pm

    नेपाली जनताको राजा रानीको सबै परीवार खत्तम बनाउने त येही पारस मोरा नै थीएछ, भन्ने अहिलेको पारसको चाला र खबरले नै पुष्टी गरेको छ-

    Reply
  8. Sisir says:
    December 7, 2012 at 3:44 pm

    जय सम्भो , अलि गाँजा कम भो …

    Reply
  9. बले says:
    December 7, 2012 at 10:34 am

    गाजा र राजा ………… मेरो भन्नु अरु केहि छैन /

    बले

    Reply
  10. Shankar says:
    December 7, 2012 at 9:44 am

    मलाई त लाग्छ एकदिन यसले नशाको सुरमा दरबार हत्याकाण्डको साचो रहश्यको पर्दाफास पो गरिदिन्छ कि?
    लौ बैंकक बासि नेपाली साथीहरुले एकदिन यो गजडीलाइ समातेर बेसरी रक्सि घोकाइदिनु पर्यो अनि रक्सि र गाजा को नशामा यसले घटनाको साचो कुरा सबै बक्न थाल्नेछ |

    Reply
  11. rajendra says:
    December 7, 2012 at 8:04 am

    बिचार ज्ञानेन्द्रको राजतन्त्र फर्काउने अलिकति भाको आशा पनि पारसले गुमैदियो.

    Reply
  12. Bidhan says:
    December 7, 2012 at 5:38 am

    नेपाल को गौरब हुनुपर्ने ब्यक्ति को येस्तो हालत देख्दा मन नै खल्लो बनायो I

    Reply
  13. durgarijal says:
    December 7, 2012 at 5:30 am

    यदि पारस नेपालमा भएको भए उसका सबै नराम्रो कर्तुत तथा पापलाई रोयल परिवारको आधारमा दण्ड दिनु त के कसैले छुन पनि सक्दैनथ्यो पाप कराएको हुनाले त्यो ठाउमा पुर्याएर दण्डित बनाउन तयार पार्यो त्यसैले पाप पत्तासाफ सेवा मेवा साबित भएको छ/ जसले आफ्नो परिवारलाई नै शान्ति, सुरछा र प्रेम दिन नसक्नेले देशलाई के को योगदान हुने/

    Reply
  14. aditi says:
    December 7, 2012 at 2:42 am

    पारसलाइ सुधार ग्रिहमा…थाई सरकारले पारश बिग्रेको मान्छे हो भन्ने सर्टिफिकेट थमायो ..नेपाल सरकारले यो काम गर्न सकेको थिएन…थाई सरकारले गर्यो धन्यबाद

    Reply
  15. aditi says:
    December 7, 2012 at 2:38 am

    माछो बरु पानी बिना बस्ला कांग्रेस सत्ता र भ्रस्टाचार बिना बस्न सक्दैन..२०४६ साल पछी हेर्नुस …….पहिले २०५४ साल तिरको जनमतको आधारमा गिरिजा सहमतिको सरकार, जब माओबादी कांग्रेस भन्दा दोब्बर ठुलो पार्टी भयो अब सहमति प्रणाली होइन बहुमतीय प्रणाली भन्दै मधिसे दल फूटाउदै, दिल्ली दौडदै, सुर्य बहादुर र पशुपति सम्सेरको पाउ मोल्दै हुने सम्म गर्यो पछी त्यो तुरूप ले पनि केहि गरेन, बरु एमाले ले उछित्यायो, तेती गरेर पनि नभए पछी प्रम नपाएसम्म सहमति नै गर्दिन, सरकार नभए सम्म चुनावै हुन् दिन्न, बजेटनै ल्याउन दिन्न, क्या छ प्रजातन्त्र ….२-३ बर्ष कुर्ने धैर्यता पनि छैन…सरकार चाइयो … चाइयो भने पछी चाहियो…बाल रोदन…क्या मजा छ देशमा …अझ यी कांग्रेसीहरुको यो स्टाटस पढ्दा हास्न मन लाग्छ

    Reply
  16. Harihar Dahal says:
    December 7, 2012 at 1:27 am

    हामी गाउघरमा बाख्रा चराउन जाँदा गट्टा खेल्थ्यौं।गट्टा खेल्ने धुनमा कहिले काही बाख्राले बाली खान्थ्यो। आफ्नो जिम्मेबारी र काम प्रती अनुत्तरदायी भएको कारण बेलुका बा को हातबाट सिर्कना (हरियो बाँसको छडि)ले गतिलो कुटाइ खानु पर्थ्यो।
    यि पारस बाबुलाई पनि त्यही सिर्कना नपुगेको।मेरो बा के फेला पर्नु पर्ने।के गर्नु न त बा ब्याकंक जान सक्नु हुन्छ न त पारस बाबु मेरो बा के छेउ पर्न आउनु हुँन्छ।
    कठै, ज्ञानेन्द्र बा को मन कती पोलेको होला नमक हराम छोरा जन्माएकोमा!सुध्र है बाबु सुध्र!

    Reply
  17. Binod Poudel says:
    December 7, 2012 at 12:24 am

    अर्को हाइकु

    बनिन राजा
    मात्र खाएको खाजा
    परेछ गाजा

    Reply
    1. द्रोण says:
      December 7, 2012 at 9:30 am

      अति राम्रो हाइकु |पेट मिची मिची हसायो यो हाइकु ले |
      अलि कति थप्ने प्रयास गर्छु ,तपाइको ओरिजिनल ,मेरो डुप्लिकेट |

      ब्रेक फास्ट मा बियर ,
      खाजा मा गाजा ,
      थाई ल्याण्ड कि तरुनिले ,
      बजाइदी बाजा |

      Reply
      1. तेन्जिंग गाबा says:
        December 7, 2012 at 2:26 pm

        मलाई पनि हाइकु फुर्ला-फुर्ला जस्तो पो भो त्

        अस्ति सम्म..पारस सरकार
        हिजो पारस
        आज पारे
        भोलि झारे

        Reply
  18. शशांक लामा, न्युयोर्क says:
    December 7, 2012 at 12:17 am

    राजा आउ, देश बचाउ भन्नेहरु खिस्रिक्क पर्यो होला! भन्नलाई त हामीले ज्ञानेन्द्रलाई पो आउ पो भनेको त, पारसको त हामी पनि बिरोधी भन्लान, तर ज्ञानेन्द्र सत्तामा आउनासाथ पारस पाखुरी सुर्कन्दै आइहाल्छ नि! पारस मात्र होइन, पोखरीको छेउमा एक खुट्टा मात्र टेकेर माछा ढुकीरहने सारसहरु पनि आउछ |

    Reply
    1. Surya says:
      December 7, 2012 at 9:28 am

      खिसिक्क पर्नु पर्ने आवश्यकता छैन. हो मान्छेले ज्ञानेन्द्रलाई आऊ भनेको हो, पारसलाई हैन र यो पनि हो कि भोलि ज्ञानेन्द्र सत्तामा आउनासाथ पारसपनि उफ्फ्रेर आउलान तर त्यसो हुन नदिनको लागि यदि राजतन्त्र फर्काउने हो भने पारसलाई युबराज बनाउन नपाउने सर्त राखिनु पर्छ. हामीलाई त ज्ञानेन्द्र भन्ने व्यक्तिकोपनि आवश्यकता होइन, हामीलाई त सिर्फ देशलाई एक सुत्रमा गास्नको लागि राजसंस्थाको आवश्यकता हो – जुन अहिलेको राजनीतिले ठिक उल्टो गर्दैछ. यदि अहिलेकै राजनीतिक संरचनाले देशलाई सहि दिशा दिन सकेको भय त ज्ञानेन्द्रलाई सबैले बिर्सिसक्थे तर त्यसो भएन.

      Reply
      1. शशांक लामा, न्युयोर्क says:
        December 7, 2012 at 10:40 am

        उसोभए रामबरण यादवलाई नै राजा बनाए भैहाल्यो नि !

        Reply
        1. Surya says:
          December 7, 2012 at 1:08 pm

          त्यो अलि मिल्दैन. राजसंस्था एउटा इतिहास बोकेको संस्था हो र यसप्रति करोडौ जनताको आस्था र बिश्वास छ र यसको धार्मिक दृष्टिकोणले पनि महत्व छ – मेरो मतलब हिन्दु धर्म, जुन देशको सबैभन्दा बढी जनसंख्याले मान्ने धर्म हो. त्यस्तो आस्था अरुप्रति भएको भय त राजतन्त्र नै चाहिदैन. तर त्यस्तो भएन. त्यस्तो आस्था हुनुनै यसको सबैभन्दा ठुलो शक्ति हो. यो मेरो र दुइ चारजनाको माग होइन. यो अहिलेको राजनीतिले निम्त्याएको अवस्था हो.

          राजतन्त्रलाई बिचमा हटाइयो एउटा नयाँ आशामा. नयाँ नेपालको आशा गर्नु गलत होइन. तर अहिलेको स्थिति कस्तो छ भनेर लामो ब्याख्या गरिरहनु पर्दैन. यो सबैलाई थाहा छ. जनतालाई आशा बाँडे अनुसार काम गरेको भएत कसैले राजतन्त्रको “र” पनि उच्चारण गर्दैनथियो. न देशमा संबिधान बन्छ, न गतिलो सरकारनै. अनि के गर्ने? राष्ट्रपति आफ्नो हैसियतले राम्रो व्यक्ति होला तर देशलाई गति दिनको लागि केहि गर्ने आँट उसमा देखिदैन.

          अहिले नेपालको अवस्था “Too many chefs spoil the soup” को अबस्थामा छ. We don’t need too many chefs. We just need a head chef.

          Reply
    2. अनिल says:
      December 7, 2012 at 10:05 am

      पारस को नाम ” देश” भएको भए त्यो “राजा आउ, देश बचाउ” भन्ने वाक्य खुब मिल्दो रहेछ हा हा हा

      Reply
  19. रामकुमार बिमली says:
    December 7, 2012 at 12:15 am

    “बिनास काले बिपरित बुद्दी ” कुलंगार कहिँ गए पनि सप्रदैन / अब यसको बारेमा धेरै टाउको नदुखाऊ होला !

    Reply
  20. Bishwaraj says:
    December 6, 2012 at 10:55 pm

    पारस आइसीयोस – देश बचाईसीयोस- भन्ने मीत्रहरुलाई दुखको खबर-

    Reply
    1. बिक्रम नेपाली says:
      December 7, 2012 at 2:54 am

      भंङ्गजाहा मोरो, ज्ञानबहादुर छोरो – फुकेटको खुस्केट !
      धन्यबाद ज्ञानेबादीहरुको अटल विश्वासलाई कायम राखेकोमा !!

      Reply
  21. sabita paudel says:
    December 6, 2012 at 10:32 pm

    यसो पारस लाइ गाली गर्नु पर्यो भनेर यहाँ आएको.. सबै को गाली सुनेर केहि नभने निदो गरे..भन्न केहि बाकी नै रहेन..” झन्डै राजा भएका पारस..गाजा मा चित्त बुझाउन बाध्य”

    Reply
  22. sujan says:
    December 6, 2012 at 10:13 pm

    राजा बन्न नपाएको झोक मा यो मान्छे पागल हुन लागेको जस्तो छ !!! जहाँ गए पनि केहि न केहि नराम्रो काम गर्दै हिड्नु, परिवार र आफ्नो परम्परा को बाल मतलब नगर्नु , येस्ता कुरा ले उपरोक्त बाक्य लै पुस्टि गर्छ /

    Reply
  23. Kantusa says:
    December 6, 2012 at 10:07 pm

    अचम्म मान्नु नै पर्दैन, बिरेन्द्र राज परिबार मार्ने यही पारसे डाँका हो , धेरै प्रमाण भेटिन्छ खोज्यो भने, उति बेला यसको गुण्डा गर्दी, डरमा परेर अरुले झुटो बयान दिएका हुन् . ” बिनासकाले बिपरित बुद्धि ” पाप कराई रहेको छ अझै दुख पाउनु पर्छ एसले, यसमा हाम्रो भालोनै हुन्छ

    Reply
    1. Shankar says:
      December 7, 2012 at 9:43 am

      मलाई त लाग्छ एकदिन यसले नशाको सुरमा दरबार हत्याकाण्डको साचो रहश्यको पर्दाफास पो गरिदिन्छ कि?
      लौ बैंकक बासि नेपाली साथीहरुले एकदिन यो गजडीलाइ समातेर बेसरी रक्सि घोकाइदिनु पर्यो अनि रक्सि र गाजा को नशामा यसले घटनाको साचो कुरा सबै बक्न थाल्नेछ |

      Reply
  24. nimesh, bkk says:
    December 6, 2012 at 9:24 pm

    त्यो बेला जब सानो तिनो गल्ति गरेको बेला अझ भनौ प्रविन गुरुङ काण्ड भएको बेला नै यसलाई सशक्त कारवाही गरेको भए सायद आज हामीले यस्तो दिन देख्न पर्दैन थियो होला तर के गर्नु त्यो बेला पुल पुल्यायो आज बिदेशमा सदन खोज्दै छ . अब सबैले भनौं “राजा आउ, पारसलाई फासी देउ” ताकी थाईल्याण्डबाट छुटेर फेरी नेपालमा वा अरु कुनै देशमा गएर बितण्डा मचाउन नसकोस . असक्षम राजाको कुपुत्र पारसलाई झेलमा नै सडन देउ .

    Reply
  25. Kris says:
    December 6, 2012 at 9:08 pm

    धन्न पारस को प्रजा हुन परेनछ हामी नेपालीले /

    Reply
  26. aavash says:
    December 6, 2012 at 8:59 pm

    अब सब मिलेर कति खेदो गर्ने बिचरा को 😀 मैले जानेको पैसा हुने ले रहेछा मोज गर्ने कति हो सम्पति पनि जुन देश गयनी मोजमस्ती गरेको छ :p शिव जी प्रसाद को ताल मा काठमाडौँ मा नै छु जस्तो लगेर रडाको मचायो जस्तो छ 😀 हाम्रा भगवान ले नै सुरु गर्नु भयको चिज prasad सम्झियारा खायो होलानी .. यदि पारस ले यति नगरेको भय हामि यति धेरै ले काम पनि त पाउने थियनौ कि कसो 😀

    Reply
  27. dharmendra says:
    December 6, 2012 at 7:59 pm

    यसले कहिँ ,कसैलाई सुख दिने भएन …..कस्तो जन्मे रैछ……..फोटो हेर त …….

    Reply
  28. Rabindra Tiwari says:
    December 6, 2012 at 7:43 pm

    जन्म कैद को फैशला भएर तेतै कुहिए झन् गजब हुने थियो । थाई अदालतले कत्तिको बहादुरी देखाउने छ …हेर्दै जाउँ …………..।

    Reply
  29. Surya says:
    December 6, 2012 at 7:24 pm

    यसपालिको क्रिसमस र new year सुधार केन्द्रमै मनाउने भो यसले. यसको पनि पतनका दिन सुरु भए. दिमाग पनि ठिक ठाउँमा छैन जस्तो छ यसको.

    मेरो “प्वाक्क मुखाँ हानु जस्तो” list मा पर्ने एक पात्र हुन् यिनी. म अलि selective छु. तेसैले जो पायो त्यहीलाई आफ्नो list मा राख्दिन.

    मेरो current “प्वाक्क मुखाँ हानु जस्तो” list यस्तो छ:
    – दुइ जिब्रे प्रचण्ड
    – प्रचण्ड पुत्र प्रकाश
    – पारस
    – ऋषि धमला

    तपाइको list मा को को छन् त?

    Reply
    1. Kamal says:
      December 6, 2012 at 8:53 pm

      मेरो लिस्ट:
      -शेरे (पेन्सन, पजेरो र गजेरो र प्र म हुँदा माओवादीलाई तह लाउँने लगन र हिम्मत नभएको)
      माकुने (शेरेलाई जिताउने असक्षम, भाइलाई हंगकंगको महाबाणिज्यदुत, छोरीलाई डाक्टरी पढाउँन भारतीय मन्त्रि र भारतीय राजदुत संग तेल मोलाई, महाकाली बिक्रि)
      -ओली (मुखले प्यारप्यार कराइरहने, चुहुने झोली बोकेको बोलीको ठेकान छैन, माओवादीसंग चुनाव हार्नुपरेको बेहाल र मन्त्रि हुँदा नचाहिँदो रवाफी, आफ्नै अध्यक्ष प्र म हुँदा प्रदिप नेपाल संग मिलेर ढाल्न कसरत)
      -महत दाजुभाई (जत्तिकै पावरमा आए पनि केही सुधार गर्न सक्ने होइन, बाहिरि प्रजातान्त्रिक अनि भित्रि चै सामन्ती र विदेशीलाई रुझाउने, दुवैबाट जति पल्ट मन्त्रि भए पनि केही हुनेवाला छैन)
      -प्रकाश च लोहनी (आफ्नु पालामा २३ बर्ष मन्त्रि खाँदा पनि केही गर्न नसक्नेले अहिले आएर छापामा लेख्ने, लेख्ने नै भए देश कसरी उनी बरिष्ट मन्त्रि हुँदा यतिका बर्षहरुमा देशको आर्थिक अवस्था खत्तम भयो त्यसको सस्मरण लेखे फायदा हुने थियो, कैले सुर्य बहादुरको पुछार समात्ने कैले सिंग, यस्ताले अवकाश लिएको राम्रो| धेरै बर्ष अर्थ मन्त्रि सम्म रहेका उनी देशको पहिलो भौतिक योजना र आवास मन्त्रि हुँदा काठमान्डौ र अरु शहरहरुमा असल आवास परियोजना ल्याएर मार्गदर्शन गरेको भए अहिले काठमान्डू शहरको अव्यवस्थित र दुर्गति हुने थिएँन|)
      अरु पनि थुप्रै छन्, पछी लेख्दै गरौला|

      Reply
  30. Ekraj says:
    December 6, 2012 at 7:20 pm

    नेपालमा यो कुलंगार लै कसैले केहि गर्न सक्ने थिएनन् र जति अपराध गरे पनि केहि गर्ने पनि थिएनन्| किनकि अरु ऐरे गैरे ठुला अपराधीलै केहि गर्ने हति नभएका अनेकौं नेपाली सरकार ले पारसलाई त के छुने|
    जेहोस बिदेशमा भएकोले यो अपराधीलाई राजकुमारको होइन अपराधी सरहनै बेबहार गरिएको छ| एक किशिम्ले कुचोले गर्ने काम हबले गरेको छ| एस्ताहरुलाई तह जसले लगाए पनि सबैकोलागि भलोनै हुन्छा| कि कसो?

    Reply
  31. Sapna says:
    December 6, 2012 at 7:07 pm

    भर्खरै पुष्पा बस्नेतको तेत्रो गुनगान भयो अब यो रडाको मच्चियो लाजै मर्दो गरायो हामी नेपाली हरुलाई होइन इनिहरुको ऋण निक्कै बोकेको रहेछ कि क्या हो नेपाल ले शाह बंश को नाम माटोमै मिलायो यो पारस भन्ने जन्तु ले!!!

    Reply
  32. भक्तपुरे says:
    December 6, 2012 at 6:46 pm

    बिचरो युवराजको धन्धंगी अझै गाको रहेनछ / कालो पदार्थ खाएर वा नखाएरै पनि मनलागी गर्ने नेपालको बानी ! दिन जाने बानी नजाने, के गर्नु?

    अब थाहा हुन्छ थाइलेडंको सुधार गृह कत्तिको प्रभावकारी हुदोरहेछ /

    Reply
  33. Bipin says:
    December 6, 2012 at 6:44 pm

    पुनर्गमनको आशले बेतोडरुपमा देश भर्मणमा हिडेका माइला दाई लाई अर्को झड्का……..

    Reply
  34. Shankar says:
    December 6, 2012 at 5:42 pm

    एस्तो शक्ति लाइ पारस ले नेपाल मै बसेर गुरिल्ला बनेर भ्रास्ता चारी ,देश द्रोही लाइ उडाउने तिर लागाएको भए हुने |
    पाजी नै रहेछ ,साह बम्सको कलंक |

    Reply
  35. bishnu says:
    December 6, 2012 at 5:28 pm

    कमल थापा लाई अब सोध्नुपर्ला, एस्तो मान्छे पनि राजा हुनसक्ने पर्थाको केनाममा समर्थन गर्ने.

    हुनत हल्ला प्रचण्ड का पुत्र पनि तेहिखाले छन् अरे तर उ चाहिँ जनताको भोट बिना
    प्रेसिडेन्ट वा प्रधान मत्री हुनसक्दैन
    तेही भएर गणतन्त्र चाहिएको
    सबैलाई मालुम भया!

    Reply
  36. bibek dhakal says:
    December 6, 2012 at 4:57 pm

    चार्ल्स शोव्राज जस्तो ठगले गर्दा फ्रान्स को नाक भाचिएको छैन, फ्रान्सको इज्जत गएको छैन . अहिलेको अवस्थामा पारस भनेको बैकुण्ठ प्रशाद निरौला (काल्पनिक नाम ) जस्तै एक साधारण ब्येक्ति हुन. कृपया उसको क्रियाकलापलाइ देश को इज्जत संग नजोद्दौं. कुनै एक परिचित ब्येक्ति ले विदेश गएर यस्तो मामिला मा पर्नु देश को लागि लज्जश्पद भएतापनि यो कुरालाई देश को अस्मिता मा प्रश्नचिन्ह खडा गरेको रुपमा लिनु जायज नहोला . Paras doesn’t represent any national/diplomatic authority of Nepal so let’s just take this case as few other criminal cases in the foreign land where Nepalese were involved. PERIOD!!! 🙂

    Reply
  37. Gobardhan says:
    December 6, 2012 at 4:45 pm

    मुख्य कुरो यो पारसेलाई खर्च पेल्ने को हो?
    परिवार बर्बाद, देशलाई निरन्तर बद्नाम| बाबु आमाले राम्रो गरेर
    राम्रो बाटो देखाएको भए पो?
    प्रतीकजीको कमेन्टमा सत्यता अढेको छ| अहिलेसम्म हामी
    चितवनमा हराएको chij त्रिशुलीमा खोज्न गएर अल्मलिएका रहेछौ|

    Reply
  38. manlimbu says:
    December 6, 2012 at 4:40 pm

    साला डाका यस्ता व्यक्ति अझै नेपाल मा राजतन्त्रको सपना वाह … नेपालमा अब खाली एकमात्र गणतन्त्र सबै नेपाली को उज्यालो भबिस्यको लागि…

    Reply
    1. अनिल says:
      December 7, 2012 at 10:00 am

      राजतन्त्र पनि काम छैन गणतन्त्र पनि काम छैन/ जुन तन्त्र आए पनि आफ्नो नाता पाता अनि राजनैतिक भर्ती केन्द्र मात्र हुने त हो नी /

      Reply
  39. अनिल says:
    December 6, 2012 at 4:39 pm

    फोटो हेर्दा नै गजेडी जस्तो छ

    Reply
  40. kedar says:
    December 6, 2012 at 4:30 pm

    जतो रोपो तेस्तै उम्रिन्छ, जसरि स्याहार गरो तेसरी नै हुर्किन्छ, जे पढायो तेही सिक्छ ….. तेसैले त् पाप मरेपछि अर्को जुनीमा होइन येही जुनीमा कराउँछ |

    Reply
    1. Roshan says:
      December 6, 2012 at 7:04 pm

      ठुला बा का सन्तान नष्ट गरेको पाप हो/उहिले उहिले भन्ने गर्थे जसले अपराध गर्छ त्यसले अर्को जुनीमा पाप भोग्नु पर्छ भनेर तर अहिले त अहिलेकै जुनीमा भोग्नु पर्छ/यहि हो सत्यता बिरेन्द्रको
      बंश नास गरेको पाप भोग्नु परेको हो/

      Reply
  41. hari says:
    December 6, 2012 at 4:30 pm

    यो डाकाले आफ्नो त इज्जत फाल्यो फाल्यो त्यो भन्दा बढी बेइज्जत नेपाल र नेपालि को गरेको छ. यसै त नेपालीहरु विदेश जहाँ जादा पनि पासपोर्ट मा नेपाल देख्ने बित्तिकै तल्लो नजरले हेर्ने स्थिति बढी राखेको बेला पूर्व युबराज जस्तो मान्छेको “बादर प्रवृति” .

    Reply
  42. उपासक उदास says:
    December 6, 2012 at 3:47 pm

    पारस त्यो पत्थर हो जसले फलाम लाई बनाउन सक्छ सुन !
    तर उ हुर्केको वातावरण र संस्कार खराब हुँदा यिनको गिदीमा लागेछ घुन .
    यिनका पुरोहितहरुले आफ्नो दुनो सोझ्याउन ‘धार्मिक’ कर्मकाण्ड गराए पनि ,
    अकर्म र कुसंस्कारको परिणामले जुनै मुलुकमा गए पनि छाया झैं पछ्याउने रहेछ !
    यिनीबाट ‘हिन्दू’धर्म र नेपाल राष्ट्रको अरु बदनामी नहोस भनी प्रार्थना गर्नु राम्रो होला /

    Reply
  43. AMRIT THAPA says:
    December 6, 2012 at 3:47 pm

    स्याबास पारस ….नेपाल को पूर्व भुत ज्ञाने को कुपुत्र … तिम्ले सारो राम्रो काम गरेछु …नेपाल को नाक नै भाच्ने गरि …

    Reply
  44. pratik says:
    December 6, 2012 at 3:44 pm

    येश्को पारा हेर्दा हाम्रो राजा मार्ने यहि डाका हो भन्दा अचम्म लाग्दैन /श्री ५ खोशिन लागेको थियो प्रविन गुरुङ को हत्याकाण्ड मा त्यहि रिस ले सखाप पारयो बाबु संग मिलेर /पाता कस्ने भो पुलिस ले अब/ पाप धुरी बाट कराउ छ / हाम्रो प्रिय राजाबिरेन्द्र र दिपेन्द्रको आत्मा ले कहिले तेरो पीछा छोड्ने छैन / कत्ति न राजा हुने सपना देखेको अब पाऊ दुख तिमीहरु / कठै …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme