Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोस्टरै टाँसेर थेसिस बेच्ने बल्ल थचारिए

Posted on December 14, 2012December 14, 2012 by Salokya

यस्तो विज्ञापन तपाईँले काठमाडौँका थुप्रै ठाउँमा टाँसेको देख्नुभएको होला। यस्तो गैरकानुनी काम पनि पोस्टर टाँसेर, अझ खुल्लमखुल्ला मोबाइल नम्बरसमेत दिएर गर्न सक्ने देखेर अचम्म लाग्नु स्वभाविकै हो। हैन, कानुन भनेको यहाँ केही छैन र, जसले जे गरे पनि हुने हो र जस्तो लाग्थ्यो। बल्ल प्रहरीले यस्ता विज्ञापन टाँस्न थालेको वर्षौँपछि कारबाही अघि बढाएछ। थेसिस बेच्ने बल्ल खोरमा थचारिएछन्।

यी दुस्साहसी व्यक्ति रहेछन् श्यामचन्द्र अधिकारी। उनलाई प्रहरीले बल्खुबाट पक्रेको रहेछ। तीन वर्षदेखि यस्तो काम गर्दै आएका रहेछन्। पैसा चाहिँ आठ हजारसम्म लिने गर्दा रहेछन्।


मान्छेलाई आफ्नो एउटा थेसिस लेख्न बाह्र बज्छ, यिनले चाहिँ कसरी लेख्दा रहेछन् हँ त्यत्राको थेसिस ? अचम्म लाग्नु स्वभाविक हो। तर उनको चलाखी हेर्नुस्, कहाँ उनले आफै लेख्ने हुन् र थेसिस। टियुको सेन्ट्रल लाइब्रेरी गयो, पुराना थेसिस निकाल्यो, माइक्रोसफ्ट वर्डमा कन्ट्रोल सि र कन्ट्रोल भि अर्थात् कपिपेस्ट गर्‍यो, तोडमरोड गर्‍यो, थेसिस तयार। २५ रुपियाँ तिरेसि थेसिसको सफ्टकपि ल्याउन पाइहालिन्छ क्यारे।

जस्ताको तस्तै सफ्टकपी दिँदा पनि पाँच सयदेखि २५ सयसम्म ठटाउँदा रैछन्। हेर बुद्धि, सेन्ट्रल लाइब्रेरी गए २५ रुपियाँमा पाउने चिज यो ठगसँग किन २५ सय तिर्न पर्‍यो ! फेरि हाम्रा गुरुहरु कस्ता ? पुरानो थेसिसको तोडमरोड पनि पत्तै नपाउने !

प्रहरीले तीन वर्षमा दुईसयभन्दा बढी विद्यार्थीलाई थेसिस बेचेर १६ लाखभन्दा बढी कमाइसकेको अनुसन्धानबाट देखिएको बताएको छ। लखपति बन्ने सजिलो उपाय खोजेका रहेछन्। अब यस्तो चोरीमा कारबाही के हुने होला, जति कारबाही भए पनि लाखौँ चोख्खै नाफा हुने होला। धत्, यस्तो नि हुँदो रैछ हाम्रो नेपालमा हे भगवान !

मास्टर्सको क्लासमा एक जना गुरुले भनेको पो याद आयो त- एक जना विद्यार्थी क्यासँग झगडा गर्न आए रे। किन रे थाहा छ ? पीयु (पूर्वाञ्चल युनिभर्सिटी) मा यही थेसिसले नब्बे नम्बर पाएको थ्यो, मैले एक अक्षर पनि यताउता गरेको छैन, यहाँ (टियु) मा चाहिँ किन फलानो नम्बर मात्र।

यस्तो यस्तो त हुन्छ

तपाईँको पनि यस्तै केही अनुभव हुन्छ भने सुनाउनुस् है।

प्रहरी विवरण


जि.चितवन शक्तिखोर गा.वि.स.वडा नं.८ स्थायी घर भई हाल का.जि.किर्तिपुर न.पा.वडा नं.१ वल्खु खसिबजार स्थित डेरा गरी बस्ने बर्ष २६ को रामचन्द्र अधिकारीले विगत ३ बर्ष देखी आप्mनै कोठामा २ थान डेक्सटप कम्प्युटर तथा २ थान ल्यापटप समेत राखी त्रि.वि.केन्द्रीय पुस्तकालयमा रहेका पुराना सोधपत्रहरुको सप्mट कपी आफुले कपी गरी ल्याई बिभिन्न बिश्वबिद्यालय अन्तर्गत विबिन्न संकायका स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थिहरुका लागी बिभिन्न विषयका ति सोधपत्रहरुमा नाम तथा अन्य विवरण पविर्तन गरी नया विद्यार्थिहरुसंग नगद रु.७ हजार देखी ८ हजार ५ सय सम्म लिई बिक्रि गर्ने गरेकाले महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले निजलाई मिति २०६९।८।२७ गते बल्खु स्थित निजकै कोठाबाट पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।
क. पक्राउ ब्यक्ति :-
१. नाम :- श्यामचन्द्र अधिकारी
उमेर :- २६ बर्ष
ठेगानाः- जि.चितवन शक्तिखोर गा.वि.स.वडा नं.८
हाल का.जि.किर्तिपुर न.पा.वडा नं.१ बल्खु खसीबजार ।
शै.यो.:- वि.एस.सी.
पेशा :- विद्यार्थि (त्रि.वि.स्नातकोत्तर तहमा अध्ययनरत)
तथा ३ बर्ष देखी सोधपत्र बनाई बिक्रि गर्ने कार्यमा संलग्न रहेको)

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
१. निजले त्रि.वि.को केन्द्रीय पुस्तकालयबाट आफ्नो Pen drive मा स्नातकोत्तर तह बिभिन्न संकायका बिद्यार्थिले बिगत समयमा सोधपत्र बनाई बुझाएको Softcopy बाट copy गरी पुस्तकालयलाई तिर्नु पर्ने शुल्क रु.२५ तिरी ल्याउने गरेको ।

२. त्यसरी केन्द्रीय पुस्तकालयबाट ल्याएका पुराना सोधपत्रहरुलाई तोडमोड गरी हाल अध्ययनरत विद्यार्थीहरुलाई रु. ७ हजार देखी ८ हजार सम्ममा विक्रि गर्ने गरेको ।

३. केन्द्रीय पुस्तकालयबाट ल्याएको Softcopy जस्ताको त्यस्तै दिएमा रु.५ सय देखी २५ सय सम्म र सच्याएर दिएमा रु.२५ सय देखी ८ हजार सम्म लिने गरेको ।

४. निजले हाल सम्म २ सय भन्दा बढी ब्यक्तिलाई बिक्रि गरी सकेको पाईएको ।

५. निजले आफ्नो मो.नं.९८४९५५९५३१, ९८१६३८४७५१ र ९८०८११६७३४ समेत राखी कामायडौका बागबजार, पुतली सडक लगायतका बिभिन्न स्थानमा पोष्टर टाँसी थेसिस ७ हजार, ७ हजार ५ सय र ८ हजारमा तयार गरिन्छ भनी बिज्ञापन गरेको पाइएको ।

61 thoughts on “पोस्टरै टाँसेर थेसिस बेच्ने बल्ल थचारिए”

  1. Lekha Nath Adhikari says:
    December 18, 2012 at 7:46 pm

    थिसिस बेच्ने भन्दा किन्ने महा अपराधि हो किन्नेलाई कारवाही नहुने क्या मज्जा
    किनभने उनिहारूले +२ देखि डिग्रीका विद्यार्थीलाई पढाएर यस्तै गरि थिसिस लेख्न लगाउने खेति गर्न पाउने भए २०० जनाले

    Reply
  2. bishwash says:
    December 17, 2012 at 9:04 am

    दोश कस्को बढी

    मा अहिले बिश्वविधलय कै एक उप प्रध्यपक हु । मैले अलि ग्रहो बिशयमा थेसिस गर्न लगेको देखेर एक प्रोफेस्सोर ले मलाई सम्झयकी कही गयरा सहयोग लियरा आउ अहिले गर्ने थेसिस मात्र आम्सिक परिपुर्ती को लागि हो । धेरै झन्झत गर्ने होईन । धन्य होस यस्ता लाई हामी अज पनि प्रोफेस्सोर भन्न बध्य छौ । अनि किन रामाछान्द्रजी हरु नानीस्किउन । एस्को लागि अधिकार लियरा बसेक प्रोफेस्सोर हरुनै बदी जिम्बेबर ६न्, जस्ले प्लागिअरिस्म को बारेमा स्टुडेन्ट लाई सिकौन नै चाहन्नन । अज क्रोस्स चेकइङ मेथोदोलोजी को बारेमा धेरै टाढाको कुरा हो साथी

    Reply
  3. Rabi Aryal says:
    December 16, 2012 at 9:17 am

    यो पुलिस केश गर्नु पर्ने बिषय नै होइन . उसलाई त युनिभर्सिटीको अनुशासन समितिले पो कारबाही गर्नु पर्छ .

    Reply
  4. Dinesh says:
    December 16, 2012 at 4:36 am

    नेपालमा थेसिस पैसै तिरेर नकिने पनि आफै गर्ने हरुले समेत copy पेस्ट नै गर्ने हुन् …. विदेशमा भने निकै फरक हुदो रिचा… २००० वोर्ड्स को essay लेख्न ek महिना लगाउने भुक्तभोगी मै हु … नेपाल मा पनि plagiarism checker भयो bhane यो सब समस्या समाधान हुन्छ…

    Reply
  5. dhan says:
    December 15, 2012 at 9:40 pm

    बिदेशी विश्व बिधालयहरुमा अर्काको हुबहु नक्कल त कुरै छोड्नुस, येसो हल्का idea लियो भने पनि कुन किताब, इन्टरनेट site , अथवा पत्र पत्रिका , journal बाट लिएको हो, खुलाईयेन भने plagiarism मा फसिनछ. अनि आउछ 0 मार्क. अर्काको सामग्री बाट लिएको idea लै reference list मा उल्लेख गर्नु भनेको academic integrity हो र एस्लाई ठुलो महत्वका साथ हेरिन्छ बिदेशी बिस्वबिधलाय्मा. तर हाम्रो देशको सबै भन्दा ठुलो बिस्व बिधालय को बारेमा एस्तो कुरा सुन्दा बडो अचम्म लाग्यो त्यो पनि हुबहु कपि रे कति सम्म हाम्रो सिछ्या नीति फितलो छ यसै बाट प्रस्ट हुन्छ. अरुले थाहा पाए पनि लाजै मर्दो कुरा. उचित प्रबिधिहरुको प्रयोग गर्न सुरु गर्नु पर्ने टड्कारो अवासेकता देखिन्छ हाम्रो बिस्वबिधालय हरुमा. अनि मात्रै नियन्त्रण होला एस्त कार्यहरु.

    Reply
  6. subas adhikari says:
    December 15, 2012 at 5:09 pm

    पहिलो त भन्दा छुचो भइन्छ तर नेपालमा डिग्री मा थेसिस अनिबार्य गर्नु को कुनै तुक छैन
    बढीमा ऐच्छिक बनाइनु पर्छ
    र अर्को कुरा
    नेपालमा त थेसिस गर्दा खेरि बिरामी नै बनाई दिन्छन नि गाइड भनिएका डाक्टर हरुले अनि मान्छे औसधि किन्न तिर लाग्दैन त ?

    Reply
  7. Yam Karna Basnet says:
    December 15, 2012 at 2:44 pm

    दुख: गरेर सोध कार्य गर्ने बिधार्थीहरुलाई यस बाट केहि हौसला मिल्छ भने जो जागिर खादै उपाधि मात्रै लिने दाउमा सजिलै पैसा बुझयर बिना दुख थेसिस लिने मित्र हरुको भने अब टाउको दुख्ने पक्का छ किन भने एउटा थेसिस final गरेर बुझाउदा छ महिना प्लस १५०००+ लाग्छ भने दुख उति नै हुन्छ/

    Reply
  8. Ritika says:
    December 15, 2012 at 2:32 pm

    विदेशमा पढ्न सजिलो – थेसिस लेख्न गारो /
    नेपाल मा पढ्न गारो – थेसिस लेख्न त कपी 5000/-

    Reply
  9. बले says:
    December 15, 2012 at 11:49 am

    मेरो पनि स्नातक को एक Electrification प्रोजेक्ट को थेसिस साथी ले कपी गर्दा मेरो भन्दा ३ नम्बर बढी आएको हो. अझै त्यो साथी मेरो अगाडी धाक लाउछ /

    बले

    Reply
  10. Anup says:
    December 15, 2012 at 11:10 am

    मेरो विचारमा यो एउटा युवाहरुलाई दिएको चुनौती थियो | जसले किनेनन उनीहरु जिते जसले किनेर थेसिस लेखेर बुझाए उनीहरुको हार हो |

    तेसैलेत हाम्रा देशमा बिसेसज्ञहरु पनि फेल हुन्छन, एसको उपज हो |

    Reply
  11. अनाम says:
    December 15, 2012 at 9:48 am

    नेपालमा जे गरे पनि हुन्छ मेरो आफ्नो पनि manegmnet को अगिलो बर्षको थेसिस जस्तै को तेस्त economics मा बुझाउन्दा मानेजमेन्टको साथीको भन्द ९ number बढी आयो बजारमा सस्तोमा किन्न पाय पछी किन मेहनत गरेर तयार पार्ने । केहि बिद्यार्थी को बाहेक धेरैको थेसिस थेसिसको लागि मात्र हुन्छ अनुसनधन को अ पनि हुन्न । यसरिनै चलेको छ । उनि मात्र होईनन किर्तिपुरमा यस्तो गर्ने सयौ छन । (म मेरो नाम खुलौन चाहिन)

    Reply
  12. Ram C. Bhujel says:
    December 15, 2012 at 7:25 am

    Most western universities/colleges subscribe online “TURNITIN software” (http://www.turnitin.com) using which thesis and even assignments are checked whether they are copied from elsewhere. But this is not an easy task because we have to submit all the previous theses to the system so that it can detect whether any new document has been plagiarized or not. AIT uses it and student’s thesis has to be checked. If results shows a particular thesis matches more than 10% with another document, it won’t be accepted. TU and others should use it.

    Reply
  13. CHIRAN says:
    December 15, 2012 at 4:45 am

    UK मा TurnItin UK भन्ने वेब साइट बाट मात्र थेसिस र assignment बुझाउने काम हुन्छ चाहे जुनसुकै कलेज अथवा युनिवेर्सिटी को लागि नै बुझाइएको होस् , र पहिले कसैले बुझाएको सामग्री संग मिल्न गएमा के के कुरा हरु मिलेको छ सबै हेर्न मिल्छ | नेपाल मा पनि तेस्तै किसिम को संरचना बनाउनु आवस्यक छ | बिकशित मुलुक हरुमा Plagiarism लाइ seriously लिन्छन र भारि मात्रा मा अरुको थेसिस चोरेको खण्डमा अपराध को रुपमा लिन्छन |

    Reply
  14. बिषम नेपाली says:
    December 15, 2012 at 3:44 am

    ०५८।०५९ साल तिरको कुरा हो । मेरो आफन्तको थेसिसको भाईभा भईसकेको थियो तर प्राप्ताङ्क प्राप्त नभएको भनि बल्खुबाट ट्रान्सक्रिप्ट बनेन । म किन यस्तो भयो भनि बुझ्न किर्तिपुर केन्द्रिय क्याम्पस (ब्यबस्थापन संकाय) गए । अनि मलाई एकजना कर्मचारिले थेसिसै थेसिसले भरिएको कोठामा लगेर, ल आफ्नो थेसिस बुक खोज्नु भन्यो, कसरि खोज्नु ! केहिबेर प्रयास गरे सकिन । म अलमलमा परें । केहिबेर पछि त्यहिकाम गर्ने अर्को एकजना सहयोगी (पियन) आएर मलाई अलिकति खर्च गर्योभने मैले खोजिदिन्छु भन्नु भयो (भन्यो, ल जा रिसै उठ्यो । तँ नै भन्छु ) । के गर्नु पर्यो त ? भने । हाम्रो कोठाको सबैजना सरहरुलाई कोक खुवाउनु पर्छ भन्यो । अनि मैले ५०० को नोट दिए । उसले कोक ल्याएर यता सबैलाई दियो । अनिउताबाट मैलेखोजेको थेसिसको बुक लिएर आयो । त्यसपछि मैले प्राप्ताङ्कको पत्र लिएर बल्खुमा ल्याई बुझाए । त्यसको केहिदिन पछि ट्रन्सक्रिप्ट तयार भयो । त्यतिबेला म संग एकजना मेरो साथि पनि हुनु हुन्थ्यो । त्यतिबेला संग त्यति पैसा थिएन । मैले सथिसंग सापटि मागेर दिएको थिए । यस्तो थियो तेतिबलाकै हाम्रो ब्यबस्थापन संकाय केन्द्रिय क्याम्पसको अबस्था । हाल कस्तो होला ???!!!!!

    Reply
  15. Chetan Nepali says:
    December 15, 2012 at 3:23 am

    यो सबै भेटि चदाएर, भाकल दिएर, पुजा गरेर धेरै फल को आशा गर्ने प्रबित्तिले भित्र्याएको कुशंसकार हो | छलकपट, जाल झेल, बेइमानी आदि इत्यादी त भगवानको पाला देखिनै आएको कुशंसकार हो क्यारे कसरि हुन्छ राम्रो नेपाली समाज ?????

    Reply
  16. Lila says:
    December 15, 2012 at 3:09 am

    माइसंसारमा लेखेको कुरा सहि हो, मलाइ एक-दुइ वटा कुरा थप्न मन लागो
    १. यो कुरा मैले २०५२ शालमा बल्खुमा संचालित भएको देखेको थिए- क कसले संचालन गरेका थिए र कहिले बाट संचालन भएको हो थाहा भएन
    २. यो व्यापार काठमाडौँमा मात्र हैन देशका विभिन्न सहर हरुमा भएको कुरा ५-६ वर्ष आगाडी सुन्नमा आएको हो
    ३. यसका मुख्य ग्राहकहरु पर्यटक बिधार्थीहरु हुन् भन्ने सुनेको हो ( कहिले काही कलेज आउने अरु समय काम गर्ने =पर्यटक बिधार्थीहरु)
    ४. गुरुहरुलाई यसो कोसेली-पात लिएर कोठामै वा घरमानै जाने अनि थेसिस को बिसयमा सहयोग गर्न अनुरोध गर्ने गर्दा उनीहरुले पनि आखा चिम्लने गरेको सुन्या हो
    ५. त्यस खालका बिधार्थीहरुले पहिलो वर्ष बाटै गुरुहरुलाई (भबिस्यको थेसिस गाइड ) बिसेस सेवा-सत्कार गर्ने देखेको हो

    Reply
  17. gopi karki says:
    December 15, 2012 at 12:48 am

    ……………अब सडकमा ट़ाएर बालेने कि तोडफोड गने कि थेसिस लेखने ??……..
    कुरा अलिकति बुझिदिनुपर्यो नि समाचार लेखने मित्र र कमेन्ट लेखने मित्रहरुले ,
    नया नेपालको निर्माणमा लागेका आजका महान नेताहरुलाई सघाउन परेन??

    Reply
  18. राज श्रेष्ठ says:
    December 15, 2012 at 12:02 am

    अझ यहाँ किताब लेख्नेहरुको बखान त कुन मुखले गरौँ र खोइ! यस्तो लाग्छ किताब लेख्न र मन्त्रि हुन पनि योग्यता चाहिन्छ र!

    Reply
  19. Dhruv says:
    December 14, 2012 at 11:47 pm

    मैले वाणिज्यमा स्नातकोत्तर गरेको आज ४ वर्ष भयो | स्कुल देखिनै राम्रो पढ्ने विद्यार्थी थिए र राम्रैसँग पढेर स्नातकोत्तर सके | पढ्ने क्रममा निजि विद्यालयमा केहिछिन अध्यापन पनि गरे |
    स्नातक गर्दा सानो आयोजना प्रबन्ध र स्नातोकोत्तर गर्दा थेसिस राम्रोसँग पूरा गरेको नै थिए |
    पढ्दासम्म त धेरै समस्या थिएन तर पढाई सके पछि बल्ल साँचो धरातलमा आफुलाई पाए |
    सरकारी जागिरमा नाम निकाल्नै सकिएन | राम्रो निजि जागिर खान सकिएन | कोहि ठुलो मान्छेलाई नचिनेकोले निजि प्रोजेक्टमा पनि काम पाउन सकेको छैन |
    हुन त राम्रो पढेकाले राम्रो जागिर पाएकै छन् | तर मेरा जस्ता राम्रा पढेका म जस्तै छन् | म अहिले सम्म मेरै देशमा छु भने धेरै जसो साथीहरु बाहिर गैसके |

    अब जाउ थेसिस तिर | अब पढाइको नै केहि मतलब नभएको बेलामा त्यो जाबो थेसिस कहाँबाट ल्यायो त्यो ठुलो कुरा होइन | यसरी ल्याउने थोरै नपढ्ने विद्यार्थीहरु हुन्छन् र तिनीहरुले डिग्रीनै पाए पनि केहि हुनेवाला छैन | बरु केहि गरि खालान |

    साइन्स, मेडिकल साइन्स, प्रविधिहरुको विषयमा यसरि अरुको थेसिस प्रयोग गर्न गाह्रो छ | यसरी किन्ने काम प्राय: जसो मानविकी, वाणिज्य, शिक्षामा हुन्छ होला | अब बिचार कतै मौका नपाएका हरुले नै यस्तो विषयमा स्नातोकत्तर गर्ने हुन् | त्यस मध्ये कोहिले यसो गरे भने त्यो ठुलो कुरो हैन |

    हुन त त्यसले कानुनको नजरमा अपराध गर्यो होला तर मेरो निजि विचारमा त्यो ठुलो अपराध होइन | यसलाई ठुलो मुद्दा बनाउनु जस्तो लाग्दैन |
    ठुला ठुला अपराधी खुलेआम घुमेका छन्,नक्कली कागजात बनाएर विदेश उडाई राखेका छन्, वरिष्ठ उपरीक्षक सुन तस्करी गर्छन्, सुब्बा सरहले काठमाडौंमा करोडौंको घर बनाएका छन् | बिचरा यसले त ३ वर्षमा १५ लाख त्यो पनि सजिलैसँग कमाएको रहेनछ |

    आफ्नो आफ्नो विचार |

    Reply
  20. Binay says:
    December 14, 2012 at 11:42 pm

    Please let TU knows that there are software tools to compare student submitted documents to millions of websites, previously submitted reports/thesis. It also compares with world’s renowned library’s databases. Tool’s name is Turnitin(www.turnitin.com). [Note: Remember that everything has its own limitation]

    Reply
  21. Manoj says:
    December 14, 2012 at 10:49 pm

    This shows how T U has gone down the drain.
    Presently T U has become one of the worst Universities.

    Reply
  22. sujan says:
    December 14, 2012 at 10:48 pm

    २०० सय वटा थेसिस लेखने महान हस्ती गिनिस बुक मा नाम जानु पर्ने लै कहाँ जेल लगे को

    Reply
  23. ramey says:
    December 14, 2012 at 10:32 pm

    केटोको योग्यता BSc को रैच. त्यो पनि चोरीको माल होला. अनि थेसिस को business चाही MA को गर्दो रैच. हाहाहा.

    Reply
  24. krish says:
    December 14, 2012 at 8:48 pm

    चोरेर ल्याएको जिन्सी सस्तोमा किन्नेहरू चोरका मतियार हुन्छन,चोरेको थेसिस ले योग्यताको बिल्ला भिर्नेहरु पनि चोरका मतियारहरुनै हुन् / येस्ताबाट समाज र देशले के आशा गर्नु ?चोर त केहि हुन्छन तर मतियारहरु धेरै /चोरलाई खोज्न भेट्न र कारबाही गर्न सकिन्छ तर समाजमा फैलिएका मतियारहरुले सिङ्गै देश डुबाउछन् /

    Reply
  25. gopal says:
    December 14, 2012 at 8:33 pm

    श्यामचन्द्र थेसिस पिडित संघको बिज्ञप्ति
    उपरोक्त सम्बन्धमा हामी टि यु का अति जेहेन्दार बिद्यार्थीहरुले आ-आफ्नो भबिष्य सुन्दर बनाउने र देशको सेवा गर्ने उद्देश्यले उच्च अंक प्राप्तिको लागि आ-आफ्नै खर्च कटौती गर्दै जम्मा गरेको रकम बुझाई श्यामचन्द्र जस्तो बिद्द्वान द्वारा लिखित थेसिस बुझाई, देशका उच्च शिछित टि यु का प्रोफेस्सोर हरुको मिलेमतोमा हासिल गरेको डिग्रीको यस माइसंसार.कोम मा अप्पतिजनक टिका टिप्पर्णि हुन गएकोमा सम्पूर्ण नागरिकहरुमा यसको घोर बिरोध गर्न हुन अपिल गर्छौ .
    यो विज्ञप्तिको बेवास्ता भएमा, अलि न्यानो बढेपछि चक्काजाम, बन्द, हड्ताल जस्ता हाम्रा कार्यक्रमहरु अघि सार्नेछौ
    धन्यवाद
    श्यामचन्द्र थेसिस पिडित संघ

    Reply
  26. Raj says:
    December 14, 2012 at 7:18 pm

    अधिकारी सर लाई PHD को उपाधि दिए कसो होला ?

    Reply
  27. indra p.thapa says:
    December 14, 2012 at 7:13 pm

    By investigating those who have bought thesis from Mr. Adhikari should be also found out and strictly penalized .Moreover, their thesis should be dismissed too.

    Reply
  28. Krishna says:
    December 14, 2012 at 7:04 pm

    कमसे कम मास्टर थेसिसको प्लगिअरिस्म चेकक गर्न सोफ्त्वारे उपलब्ध हुनु पर्ने. अनि त बेच्ने को त क कुरा किन्नेले पनि थाहा हुन्छा – कत्ति गार्हो हुन्छा मास्टरको थेसिस लेख्न…

    Reply
  29. जनार्दन says:
    December 14, 2012 at 7:03 pm

    मैले पनि एक जना सरकारी प्राबिधिक अधिक्रीतलाई चीनेको छु, जसले हिकास्ट भन्ने कलेजमा मास्टर अध्ययन गर्दाको थेसिस, खाद्य अनुसन्धान बिभागको एक जना अधिक्रितलाई १०००० मा लेख्न लगाएको सुनेको थिएं । गज्जबको कुरा त के भने ती लेखिमाग्ने अधिक्रित चाही त्यही किर्ते डिग्रि को प्रमाण पत्रले बढुवा भएर सेकेन्ड क्लास भएका छन् ।

    Reply
  30. Jeevan Rai says:
    December 14, 2012 at 6:27 pm

    नेपालीहरुसँग बुद्धी नभएको चाहि होईन । ठीक ठाउँमा प्रयोग गर्न नपाएर या नजानेर या लोभी भ्एर होला दुख पाएको ।

    Reply
  31. अनोज शाक्य says:
    December 14, 2012 at 4:47 pm

    कुनै बेला नयाँ नेपालमा ज्ञान भन्डारमा गएर बुद्धी किन्ने उल्लुहरु पनि जन्मिने छन होला । आफ्नै पैसा खर्च गरेर आफ्नै क्षमतालाई धोका दिएको होइन ? अनी त्यस्तैले त गिनिज बुकमा नाम लेखाउने नयाँ बुद्धी निकाल्छ होला नि ।

    Reply
  32. Dr. Lax says:
    December 14, 2012 at 4:14 pm

    चोरै चोरको देश – नेपाल !!!
    देशलाई त गरिब बनाइयो १.नेता -हरुले २. शिक्षित नागरिक -हरुले ।
    के ढुंगा भुटाउन बाध्य नेपाली नागरिकले त देशलाई आपातकालीन स्थितिमा पक्कै पुर्याएनन् ? हो, सोच्नुहोस् !
    जबसम्म हुनेखाने, पढ्न-लेख्न सक्ने व्यक्तीको नैतिकता, आचरण र देश प्रतिको उत्तरदाईत्व अनि Solidarity (स्वार्थ, सम्पति, भोग तथा कार्य आदिमा सामाजिक समानतावाद) जस्ता समाजमा मूल आधारको अस्तित्व रहन्न तबसम्म हाम्रो कल्पनाको समाज, गाउँ, शहर , जिल्ला अनि देश – यस्तै अन्योलको पाखेपनको चुचुरो बन्दै जानेछ !
    त्यसले हजुरहरुले मानसिक गरिबताका हटाउने सहयोग
    अति-आवश्यक भएको मैले धेरै नै महत्वपुर्ण देख्छु ।
    धन्यवाद !

    Reply
    1. Shankar says:
      December 14, 2012 at 4:57 pm

      बाबु धेरै जान्ने |येत्रो ज्ञान को अमेरिका को कुन कुना मा फुरेको होला ?
      डाक्टर भएपछी ”चोरै चोरको देश – नेपाल !!!” भनेर बुझ्नु भएछ |

      Reply
      1. Dr. Lax says:
        December 15, 2012 at 5:06 am

        हजुलाई त धेरै गार्हो पो भएछ – चोरलाई “चोर” भन्दा “हजुर” भने जस्तो कुरा बुझे नि, के यो सत्य हो ? चोर भन्लाले सम्पुर्ण चोर र ठगहरुलाई मात्र भनेको हो भन्ने कुरा – चाहेर पनि नबुझ्नु भएको जस्तो लाग्यो शंकर, हो ?

        Reply
        1. Shankar says:
          December 15, 2012 at 9:20 am

          लक्स जी
          हैन हैन मैले त् मान्छे आफूजस्तो छ अरुलाई तेस्तै देख्छ भन्ने अर्थ मा बुझे |

          Reply
        2. Shankar says:
          December 15, 2012 at 3:50 pm

          लक्स
          तपाइले नाउको अगाडी डाक्टर लेख्दै ”चोरै चोरको देश – नेपाल ” भनेर जनरलाइज्ड
          गर्दै लेक्ख्दिने ?
          या त् तपाइँ लेख्ने न जान्ने डाक्टर हैन हेलिकप्टर मार्का चै पर्यो |
          ५-७ नेपालि ले थेसिस चोरेर लेख्य्प भन्दैमा अधिकांस नेपालि लाइ आरोप लाग्ने खाल को सब्द प्रयोग गर्ने ?
          बुझ्ने ,बुझाउने कुरा सग सम्बन्धित यो कुरा हैन ,तपाइले गलत बाक्य ,अज भनौ
          आफै आफुलाई चोर भन्नु भो |
          चोरी चॊर को देश मा बस्ने लक्स चोर | कस्तो लाग्यो ??

          Reply
          1. Dr. Lax says:
            December 15, 2012 at 7:43 pm

            अबस्यरुपमा मैले “चोर” शब्दले सामान्यकरण गर्न खोजेको होईन। देशको दुर्दशा देख्न परेको कारण पक्कै धेरै छन्। त्यसमा “चोरी” तथा “ठगी” ब्यापकरुपमा विमानस्थल (हाम्रो परिभेषमा त देशको पहिलो वास्तविकता अनुहार – विदेशिको लागि) देखि सामान्य प्रशासन सम्मको त यथार्थ गर्नै परेन ।
            त्यसमाथि जागरुक र शिक्षित नागरिकले सामाजिक समानताबोध नगर्नु पनि आफ्ने जिम्मेदारीबाट भाग्नु एकप्रकारको “ठगी” हो भन्ने यहाँ बुझ्नु जरुरी छ। दुर्भाग्यवश अधिकतम नागरिको लागि पनि “यो सामन्य हो!” भन्ने संस्कृति नै बन्न थालेको छ। यो पनि सही हो !
            मेरो व्यक्तिगत कुराहरु (नाम,काम,ठेगाना) हजुरको कुनै विषय होईन !
            हजुरले कहाँबाट पाउनु भो @५-७ नेपालि ले थेसिस चोरेर लेख्य्प@ भन्ने डेटाबेस ? के हजुर पनि केन्द्रीय पुस्तकालयमा पुग्नुभयो ?

            Reply
  33. मन says:
    December 14, 2012 at 4:08 pm

    यो त मांग र पूर्तिको कुरा हो|
    जब सम्म कसकसलाई अहिलेसम्म थेसिस बेचेका थिए र किन्नेहरु को को हुन् अनि कसरि प्रयोग गरे उनीहरुको नाउँ पत्ता लगाएर नाउँ सार्बजनिक गरी कारवाही गरे त्यस्तो कुबुद्धिको मांग कम हुने थियो होला|
    किनबेच गर्ने त एकथरी भए, अर्का थरि छन् जँहा बाबु आमा र आफन्तले लेखिदिएको थेसिस प्रयोग गर्ने|
    लहरो तान्दै गए कति प्राध्यापकहरु खोजी नगरी अल्छे बनेका वा यो धन्धामा होलान|

    Reply
  34. मदनमणि says:
    December 14, 2012 at 4:03 pm

    थेसिसको पुराण लेखिसाध्यै र भनिसाध्यै छैन। म एउटा यस्तो बबुरो हुँ जसको थेसिस गाइडले ए, एन र द बाहेक केही हेरेनन्। उनले कुल २४० वटा द काटेकोमा पछि पुन २२ वटा द राख्न लगाए। न केही सिकाए न केही भएन भने। लेखेको राम्रो छ। भाषा मिलेको छ। बुझ्नुस्। जति राम्रो लेख्नुभाको छ त्यती नै मिलाएर बुझ्नुस् रे। …………..नयाँ विषयमा लेख्ने भनेर लागेर मेरा दिव्य दुइ वर्ष हावामा गए। न नम्बर न राम्रो भो थेसिस। जे मा पनि १०० जनालाई प्रश्न भराउ अनि ५० वटा प्रश्न बनाउ। ५० वटा प्रश्न नभएको नि क्वेश्चनायर हुन्छ रे? धन्न जे होस् थेसिस सकेर ट्रार्न्स्क्रिप्ट हात पारियो। बल्ल तल्ल ७१ प्रतिशत आयो। हे भगवान थेसिसबाट विद्यार्थीलाई जोगाउ।

    Reply
  35. rabish says:
    December 14, 2012 at 3:31 pm

    There should be database system where every thesis will be saved. This makes easy to find but also easy to find if someone has copied. Close monitoring from college and professor is necessary.

    Reply
  36. Nanda says:
    December 14, 2012 at 3:29 pm

    किन्ने र बेच्ने दुवैलाइ हुनुपर्छ कारबाही..

    Reply
  37. Bimal Chandra Sharma says:
    December 14, 2012 at 3:06 pm

    यस्ता चोरिएका थेसिस चेक नै नगरी नम्बर दिने गुरुहरु लै पनि कार्यवाही गर्नु पर्यो

    Reply
  38. सन्तोष says:
    December 14, 2012 at 3:01 pm

    अब इनीबाट ती २०० जानाको नाम लिएर, उनीहरुलाई फेरी थेसिस लेख्न लगाउने अनि निश्चित समयमा लेख्न नसके उनीहरुको डिग्री/प्रमाणपत्र रद्द गर्नेगर्दा कसोहोला ?

    Reply
  39. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    December 14, 2012 at 2:58 pm

    यहाँ पुर्खाहरुले आर्जेको मुलुक नै बेचेर रातारात मालामाल हुनेहरु कति छन् कति तर यो बिचरो बबुरोले आफ्ना गुरुले दिएको शिक्षा दानलाई कमाइ खाने व्यवसाय ठाने त्यहि ब्यसाय रोजे र गरे यसमा कसको के टाउको दुखाई? यसका कपीराइट (सर्बाधिकार)लाई टाउको दुखेको छैन हाम्रो टाउको किन दुखाउने?

    Reply
  40. hari says:
    December 14, 2012 at 2:34 pm

    काम चै सार्है नराम्रो हो.तर university , professor हरुको ताल नै तेस्तै छ. देशको हाल नै यस्तै छ. फोहरमै त हो नि झिगा लाग्ने. बरु त्यो हरेक faculties हरुको पुरानो थेसिस तोड मोड गरेर नया थेसिस तयार गर्न चै सानो दिमागले सक्दैन. तेस्तो चतुर बिद्द्वान बेरोजगारलाई कारबाही सम्पन्न भए पश्चात कुनै कम्पनी ले hire गर्यो भने चै कम्पनी लाइ पनि फाइदा बेरोजगारलाइ पनि जागिर अनि २ नम्बरी काम पनि बन्द.

    Reply
  41. Rabin Lama says:
    December 14, 2012 at 1:03 pm

    त्यही भएर नेपालको डिग्री हत्पती बिक्दैन । परीक्षा अउन लाग्यो भनेसी कस्सेर पढ्ने र परीक्षामा पनि गेसपेपर लुकाएर लाने, हत्केला र नारीभरी लेखेर लाने अनि सकेसम्म चोरेर पास गर्ने । केही सिक्ने भन्दानी कसरी पास गर्ने भन्ने ध्याउन्नमा हुन्छन अधिकांश विद्यार्थीहरू । त्यस्ता विद्यार्थीले अन्तराष्ट्रिय श्रम बजारमा कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? जय होस् नेपालको ।

    Reply
  42. पुष्प says:
    December 14, 2012 at 12:25 pm

    चोरको सामान किनिदिने मान्छे भएपछी चोरलाई के चाहियो ! सम्बन्धित शिक्षकले आफूसंग कुनै सल्लाह नगरी तयार पारेको थेसिस बुझ्नुले पहिलो नम्बरमा सम्बन्धित शिक्षक गलत हुन् । तर यस्ता नक्कली थेसिस/रिपोर्ट मा ती शिक्षकले कम नम्बर देला वा दियो भनेर फोनबाट, अझ नपुगे घरमै पुगेर धम्की दिएर सक्दो बढी नम्बर दिन बाध्य पार्ने ‘स्वतन्त्र’ विद्यार्थी यूनियन भनाउँदाहरू बढी जिम्मेवार छन् यस्ता कुरामा । त्यसैले अनेक राजनीतिक संगठनहरू हटाएर एउटा साच्चिकै स्वतन्त्र यूनियन बनाउनु पर्छ । आफ्नै घरमा चोर अनि चोरलाई सघाउने भएपछि बाहिरको एउटा चोर समातेर कारबाही गर्दैमा के नै पो लछार्ने हो !

    Reply
  43. Wagle, Chitwan says:
    December 14, 2012 at 11:34 am

    यस्तै हो यहाँ / थेसिस गाइडनै उस्तै हुन्छन हाम्रा / थेसिस किन र के का लागि भन्ने नै प्रस्ट छैन / कति थेसिस गाइडहरु लाइ रिसर्चको आधारभूत कुराहरु नै थाहा छैन, आफुलाइ जे थाहा छ, तेही मात्र सहि हो भन्ने घमण्ड हुन्छ / कुनै नया बिषय निस्कियो भने तेस्मा अध्यन गर्न नै चाहदैनन् /
    मेरो आफ्नै अनुभँवमा पनि मेरो मास्टर्सको थेसिस गाइड प्रा. डा. धारी परेका थिए/ मेरै कति साथीहरु येस्सरीनै किनेर र धेरै जसो त पुराना थेसिसहरु कपी पेस्ट गरेर बुझाउने लाइनमा थिए / साथीहरु को थेसिस फटाफट पास / मार्क पनि मेरो भन्दा राम्रो/ म बबुरो पढने टोपलेको, आफै थेसिस गर्छु भन्दा नपाउने दुख पाए / कहाँ बाट एस्तो गरिस, किन एस्तो गरिस भनेर कत्रो टेन्शन , reference देखाउने हैरान/ पछी त एस्तो लाग्यो, बेकारमा नया टपिक छानेर, खुरुक्क कपी पेस्ट हान्या भए कति आनन्द कति /
    के गर्ने हाम्रो युनुवर्सिटीको हालत नै यस्तै छ, थेसिस भनेकै यस्तै किनेर बुझाउने चिज भाको छ यहा……………

    Reply
    1. mahesh says:
      December 14, 2012 at 1:27 pm

      मेरो विचार मा plagiarism detect गर्ने software प्रयोग गरे यो सभै थाहा पाइन्छ. बेलायत को university मा ३०% थेसिस मिले मा चोरी को मानिन्छ.

      Reply
      1. Vijay says:
        December 14, 2012 at 10:27 pm

        एकदम, Urkund नामक plagiarism detection सफ़्ट्वेअर प्रयोग गरिन्छ यहा फिनल्याण्ड मा पनि. कपीराइट कानुन एकदम कडा छ. कुन सोर्स बाट कति प्रतिशत चोरी गरेको हो, अटोमाटिक्लि इमेल फरवार्ड हुन्छ स्टुडेन्ट लाइ.

        Reply
  44. कुसुम ज्ञवाली says:
    December 14, 2012 at 11:26 am

    थेसिसका पछाडी बेइमान अध्यापकहरूको सिन्डिकेट छ त्यसलाइ कार्यवाही गर्न सकियो भने केही होला नत्र फेरी त्यही सरकारी संयन्त्रमा जस्तो सचिव जीले पैसा लुड्याउने र खरदार सापलाइ जेल हाल्ने परंपरा संझाउने गरी कुनै एउटा कम्प्यूटर अपरेटरलाइ वा बुक बाइन्डरलाइ थुनेर सिन्डिकेटका अध्यापक महोदय चोख्खै बचेको खवर पढ्न नपरोस् भनेर पशुपति नाथसंग प्रार्थना गर्नुपर्ला, अब अन्त कतै अाशा गर्ने ठाउँ नरहेपछि यही अार्यघाटको मन्दिर त संझिनु परो । कि कसो ?

    Reply
  45. anup_gorkhe says:
    December 14, 2012 at 11:17 am

    यस्तो तालले थेसिस गर्ने हरुले के राम्रो काम गर्लान त? अनि के को जागिर पाउने यस्ता हरुले.

    Reply
  46. अनिल says:
    December 14, 2012 at 11:11 am

    हाहा एकचोटी हाम्रो batch मा एम बीए को थेसिस हुबहु सारेर बी बी ए को थेसिस लेख्ने को पनि नम्बर थोरै आएको थियो

    Reply
  47. mahesh says:
    December 14, 2012 at 11:00 am

    I am doing thesis and its hell of a work. I have to meet my professor every week and give him updates. Sometime I even have to show him my works. If professors in TU will also take updates and sit down with students there won’t be these problem. I bet students won’t be able to fake weekly updates or at-least buy for 8000.

    Reply
  48. saroj says:
    December 14, 2012 at 10:48 am

    थेसिस आफैले लेखेर २५ सय भनेको त धेरै सस्तै हो | कम गारो हुन्छ, महिना लाग्ने काम हो| आफैले लेखेर दिन चाही खासमा अपारद हुदैन | तर अर्काको कपी पेसट गर्यो भने चाही यो अपारद हुन्छ | हाम्रो नेपालमा छ कि छैन होला तर येह अमेरिकामा चाही यस्तो पता लगाउने प्रबिदी हुन्छ |

    Reply
  49. Yogi says:
    December 14, 2012 at 10:37 am

    Police should also investiagte those who purchased Thesis for their degree and penalize them.

    Reply
  50. दीपक says:
    December 14, 2012 at 10:21 am

    लौ न नि मैले नि येसरी नै थेसिस किनेको थिए !
    म त फस्दिन नि ??
    त्यो फटाहा लाइ चाही कारबाही गर्नु पर्यो ..म(हामी) जस्तो बिद्यार्थी लाइ चाही केहि नहोस है ..हाम्रो केहि गल्ति छैन

    Reply
    1. Aayush says:
      December 14, 2012 at 3:00 pm

      आफु पढेर पास गर्न नसक्ने अनि थेसिस बेच्ने लाई गाली गर्ने …………..अब थाहा हुन्छ कति प्रतिसत ले डिग्री पास गर्छन |

      Reply
      1. दीपक says:
        December 15, 2012 at 7:12 am

        साथी , येति पैसा मा थेसिस पायो भन्ने कसले पो किन्दैन र ?
        म बाजी ठोकेर भन्छु तपाई नि किन्नुहुन्थ्यो ..
        किन यहाँ फुस्रो धाक लगाउनु पर्यो !
        मैले पनि मेरो साथी बाट थाहा पाएर किनेको हो ! के पढेर पास गर्न नसक्ने भनेको
        येस्मा हाम्रो केहि गल्ति छदै छैन

        Reply
  51. dhan says:
    December 14, 2012 at 10:21 am

    यो सबै हाम्रो नेपाली बुद्धिजिबीहरुको राम्रो तरिका हो ! बेरोजगारीलाई रोजगार देउन त सरकार अनि कसले एस्तो बेइमानी काम गर्छ त ? नेपालमा कस्ट कस्ट पढेलेखेका बुद्दिजिबि हरु छन् अनि आखिर पेटले खाना मग्छा त्येसको लागि पनि केहि त गर्ने पर्योनि चोरेर खाना भन्दा त त्येस्तै काम कताहो कता धेरै राम्रो नि / यो सबै बेरोजगारीको दरिलो प्रदर्शनी हो नेपालको बुद्धिजिबी हरुको मा त एसको हिर्दयाबतानै समर्थन गर्छु . स्याबास ! मुरी मुरी धन्य बाद ! यो एउटा गजबको प्रहार हो नेपालको बुद्धिजिबी वर्ग हरुको …… !

    Reply
  52. xyz says:
    December 14, 2012 at 10:14 am

    Besides educated unemployment, it is also an issue of our crap education system. Our education system is based on bahunistic rote learning system. It is still no difficult for someone to find a job who can write a good report. The analytical quality of our students are really poor and it is moreover a reflection of our education system. Teaching job has been a last option for many best students. Until and unless we improve our education system, forget about Nepal being a developed nation. The hydropower, tourism, agriculture, natural herbs and our infrastructures have no meaning with a crap education system.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme