पहिला एउटा खुसीको खबर सुन्नुस् – छिमेकी देश चीनको स्वशासित प्रदेश तिब्बतसँग जोडिने अर्को बाटो हिजोदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यसो त औपचारिक रुपमा हस्तान्तरण गरिनुअघि नै स्याफ्रुबेसी-रसुवागढी सडकमा मान्छे ओहोरदोहोर गर्न थालिसकेका थिए। तिब्बतको सीमा केरुङसँग जोडिने बाटो हो त्यो। स्याफ्रुबेसी, रसुवागढी, केरुङ इतिहासमा बारम्बार प्रयोग हुने ठाउँका नाम हुन्। तिब्बतसँग नेपालले लडेको युद्धका बेला प्रयोग भएका बाटा हुन् ती। अहिले भने व्यापारका लागि यो बाटो प्रयोग हुँदैछ। उतिबेला तिब्बतलाई जित्न प्रयोग भएको यो बाटो अहिले भने चीन सरकारको शतप्रतिशत सहयोगमा बनेको हो।
१६ किलोमिटरको यो बाटो बनाउन एक अर्ब ५९ करोड ५० लाख लागेको थियो। तिब्बतको होङजी कन्सट्रक्सन कम्पनीलाई यो बाटो बनाउन सबै रकम चीन सरकारले दिएको हो। साढे दुई वर्षअघि यो बाटो बन्न सुरु गरेको थियो।
यो अप्ठेरो बाटो फराकिलो भने छैन। जम्मा एक लेन छ अनि चौडाइ पनि पाँच मिटर मात्रै छ।
हिजो भौतिक योजना तथा निर्माण मन्त्रालयमा एउटा कार्यक्रम आयोजना गरिएको थियो। त्यो कार्यक्रममा चीनका राजदूत योङ हाउलान पनि थिए। कार्यक्रममा तिब्बती निर्माण कम्पनीले ग्राभेल गरिएको सडक निर्माण पूरा भएको प्रमाणपत्र सडक विभागका दिनकर शर्मालाई हस्तान्तरण गरे। कार्यक्रममा मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला पनि थिए।
अस्ति साझा सवालको कार्यक्रममा एक जना सचिवले ताली मागेको ब्लग पढ्नु भयो नै होला। यो कार्यक्रममा भने सचिव सिटौलाले राजदूतसँग ‘पिच’ मागे। ‘लौ न यो बाटोमा पिच गर्न पनि आवश्यक सहायता जुटाइदिनुस् न’ भने राजदूत याङलाई।
राजदूतले पनि के गरोस् बिचरा। हुन्छ, म यो मागमा सकारात्मक छु भन्दिए। आखिरमा उनले पैसा दिने हैनन्, त्यही भएर नेपाल सरकारको यो सन्देश आफ्नो सरकारसमक्ष प्रस्तुत गर्दिन्छु भने।
सचिवले त्यसरी पिच मागेको सडक विभागका महानिर्देशक शर्मालाई मन परेनछ। सरकारी समाचार एजेन्सी रासससँग कुरा गर्दै उनले भने, “अर्काको मुख ताकेर हुँदैन, त्यति पीच हामी आफैं पनि गर्न सक्छौं।” कालोपत्र गर्न फेरि चीनसँग सहयोग माग्न नहुने उनको धारणा थियो।
तर चीनका राजदूतसमक्ष नेपालको छवि त मगन्ते नै त भो नि। कार्यक्रमका अर्का वक्ता सडक विभागका महानिर्देशक शर्माले पनि माग्न छाडेनन्। यही साता चीन र नेपाल सरकारबीच कलंकी-कोटेश्वर सडक दश लेन फराकिलो बनाउने सम्झौता भएको थियो। रिङरोडको बाँकी खण्ड पनि फराकिलो पार्न सहयोग गर्दिनू न भनेर मागे उनले चाहिँ।
पिच नगरे खत्तम हुनसक्छ
तिब्बतसँग सम्पर्कको एउटैमात्र व्यापारिक नाका अहिले सिन्धुपाल्चोकको बाह्रबिसे-तातोपानी हो। अहिले नेपालीले सस्तोमा प्रयोग गर्ने लुगाफाटादेखि इलेक्ट्रोनिक्स सामानसम्म सबै यही नाकाबाट आयात हुन्छ। तर त्यो भन्दा भौगोलिक दृष्टिले यो बाटो सजिलो हो। धादिङ-स्याफ्रुबेसी सडक पनि बनिसकेकोले तिब्बतसँगको यो नाका महत्त्वपूर्ण हुनसक्छ। त्यसमाथि चिलिमे, माथिल्लो त्रिशूली, सान्जेन, माथिल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजना पनि यही बाटोमा पर्छ।
यो बाटोबाट खासमा त आयात नै बढी गर्ने हो। तर स्याफ्रुवेंसी–रसुवागढी सडकबाट विशेषगरी कृषिउपज, खाद्यान्न, तयारी खाद्यपदार्थ, गलैंचा, निर्माण सामग्री केरुङ हुँदै चीनतर्फ निर्यात गर्न सकिने र व्यापार घाटा घटाउन सकिने सम्भावना छ। चीनले ४ हजार ७२१ नेपाली वस्तुको निकासीमा भन्सार छुट सुविधा दिएको छ। त्यसको भरपूर उपयोग पनि यो बाटोबाट निर्यात गरेर गर्न सकिन्छ।
तर यो बाटोलाई यस्तै ग्राभेलमा मात्र सीमित राख्ने हो भने दुई चार वर्षायाम पछि खहरेमा परिणत हुने डर हुन्छ। त्यसो हुन नदिन तुरुन्त पिच गरिहाल्नुपर्छ। चीनकै मुख ताकेर बस्ने हो भने कहिले हो कहिले। नेपाल आफैले गर्ने हो भने ताल हेर्नुस्, दलहरु नमिलेर नयाँ कार्यक्रमसहितको पूर्ण बजेट पनि आउन पाएको छैन। पुरानै कार्यक्रम राखेर तलबभत्तासम्म नरोकिने खालको बजेट छ अहिले देशमा। त्यही भएर पो हो कि हाम्रा सचिवले पिच मागेको!
चीनलाई भने त्यत्रो बाटो बनाइदिएर पनि नपुग्ने, जाबो पिच एउटा पनि तिमीहरुले आफै गर्न नसक्ने भन्ने लाग्दो हो। हाम्रा सचिवलाई चैँ त्यत्रो त गर्यौ, अब पिच एउटा पनि गरिदेऊ न त भन्ने लाग्दो हो।
किन माग्नु !! जनसक्ति प्रसस्तै छ ,काममा लगाउने र पिच बनाउने ! तेत्रा सेना के को लागि !! खुरुक्क बनाउने !
प्रदीप जी ले भन्नुभए झैँ जनता माग्ने हैनन् माथिल्ला तहका कर्म चारी र नेताहरु मगन्ते हुन् यो 100% सहि हो तिनले चढेका महंगा गाडी अनि भ्रस्टाचार गरेर कमाएको अकूत सम्पत्ति जनताले तिर्नु पर्छ,,,
माग्नु नराम्रो होइन तर मागेको चिजको सदुपयोग हुनु पर्यो, काम गुणस्तरीय हुनुपर्यो, भ्रस्टाचार हुनु भयन, जनताले त्यसको उपयोग गर्न पाउनु पर्यो ! नेता र ठुला कर्मचारी र उनीहरुलाई सहयोग गर्ने र धनि बनाउनेले मात्र फाईदा उठाउनु भयन ! उदहारण को लागि अहिलेको सडक बिस्तार नै काफी छ !
यो हाम्रो नेपालीको भन्दा पनि यो बनि छेत्री बाहुनको हो आफ्नु देशको पैसा चाही चोर छोरि लाई AMERICA अनि न मागी के गरोस्ता
मैले जस्तो देखे जस्तो भोगे
तेस्तै लेखे कसैलाई कै सक छ जस्तै AIR PORT मा विदेश देखि सुन लिएर गयो COSTOMS CLEAR को लागि सुन देखायो कहाँ यो सुन देखाको हो
यो हामीले मिलाउनु पर्छा भान्छा सर्खारलै कर होइन आफ्नै घर हेर्छा
मेरो विचार मा यौटा दोड़ा बाटो पिच गर्न भन्नु भन्दा पुरै देश नै दिने हो कि सचिब महोदय के छ विचार
बटुको थापेर माग्न सजिलो थिएन,तर पनि सचिब साब ले मागे हेर्दै जाऊ चीन सरकार ले मगन्ते को माग लाई पुरा गर्दिने हो या होइन /देस मा नेता धेरै भए यिन लाई विदेश मा निर्माण सम्बन्धि तालिम मा पठाएर निपुण बनाई नेपाल को बिकाश निर्माण मा लाउने दिन आए जस्तो लाग्छ मलाई ,तपाई लाई नि?
नेपाल संग पैसा नै छैन, अनि नमागेर के गर्नु ? जो संग छ तेही संग मागिनछ | फेरी यो बाटो बनेर नेपाल लाई मात्र होइन तिब्बत लाई पनि त फाइदा हुन्छ नि | यो दुई पक्षिए लाई पुग्ने फाइदा को लागि के हिन्दुस्तान संग पैसा माग्ने ? अनि फेरी अर्को नदि हस्तान्तरण गर्ने ? तर जे होस् येदि सहायेता माग्नु नै छ भने सरकारी लेवेल बाट नै माग्नु पर्यो |
हाम्रा सबै नेता कुर्सि माग्छन् िनतान्त व्यक्तिगत र केवल आफ्नाे पार्टीको लागि । ियनले त देश िहतकै लागि मागेछन् । हुनेसँगै माग्ने हो ।
This is the difference between poor and beggar. Poor can be rich but beggar never can be rich.
पिच चैने हैन त्यस्ता मगन्ते प्रवृतिकालाई बरु पिच्च थुकिदिए हुन्छ|
खोइ ट्रलिबस के भयो? पृथ्वी राजमार्गको हालत अहिले के छ|
पिच्च थु….
बाजे ले येही गरे … बाऊले येस्तै गरे… छोराको पनि त्यै ताल ….. नाति ले झन् के के गर्ने हुन् ……..
Once begger, all time begger!
बरु अबको सहमतीय सरकारमा स्वतन्त्र छवि भाको त्यो बान्द्रेको भिनाजु मगन्ते नारनलाइ नै राष्ट्र प्रमुख बनाउन पाए सबैले माग्ने जति उसैले माग्थ्यो ! कसैले केहि नि माग्नै पर्थेन नि.
खाली कमेन्ट मात्र ? देश बनाउने, चलाउने तिर कसैको ध्यान छैन है मित्र हरु हो
यिनी हरुले गर्दैनन् देश बनौदैनन भनेर थाहा भैसक्यो फेरिपनि यो चोर नेता भ्रस्टाचार कर्मचारीको गीत गाउने हामी हरु नै हो मुर्ख,
कि त देश बनौछु भनेर अघि आउ कि कान मा तेल हालेर बस आफ्नो काम गर कसैलाई मागेर त खानु पर्दैन, तर यो चोर हरुको गीत गाउने काम नगर plz …….
कि आउदो चुनाब मा मलाई suppot गरि vot दिएर जिताऊ म गर्छु देशको बिकाश ….. आउनुश ६०१ जनाको set खाली छ आउनुश सबैको लागी स्वागत छ !
ल बजौनुश त ताली !!!
पिच माग्ने काम शायद कुटनैतिक भएँ होला, तर नेपाल को छवि भनेको माग्ने नै त हो. जाबो PELICAN traffic light कन्ट्रोल त मागेर राख्ने पर्ने नेपाल ले पिच माग्ने कुरा अनर्थ त भएँ नि. फेरि त्यो व्यक्तिगत लाभ को लागि मागिएको होइन क्यारे अर्को सचिव ले तालि मागे झैँ.
सचिवको मांग पढेर ‘लाटो बुङ्गो ‘ को एउटा किस्सा झलक्क याद आयो –
त्यो लाथ्यांग्रो जवान भएको थाहा पाएर छिमेकीहरुले एउटी केटी खोजेर बिहे गर्दिए .
त्यस पछि यो लाटोबुंगोले मुख खोलेछन – ” बिहे त भयो , अब सुहागरात मनाउने विधि पनि सिकाई दिए हाम्रो अझ बढी कल्याण हुने थियो नि .”
खाली चीनको मात्र मुख ताक्नु भन्दा देशनै चिन को जिम्मा लगेये बेस हुन्थ्यो. यो देशको खाते नेताहरुले deshlai केहि गर्नेवाला chaina.
पिच गरि माग्नु भन्दा मलाई त एसको निर्माद लागतले पो ध्यान खिच्यो .. चिनिया अनुदान र ठेक्का पट्टाको केहि कुरा :
तिब्बतको होङजी कन्सट्रक्सन कम्पनीलाई यो बाटो बनाउन सबै रकम चीन सरकारले दिएको हो।१६ किलोमिटरको यो एक लेनको कच्ची बाटो बनाउन १ अर्ब ५९ करोड ५० लाख लागेको थियो रे (मैले चाही पत्त्यौन सकिन है )। यानी प्रति किलोमिटर १० करोड, प्रति मिटर १ लाख (१०-१५ जना लेबोरले १ दिनमा सजिलै गर्न सक्ने कामको लागि १ लाख ) .. वाह अनुदान …
जब कि गत कार्तिकमा निर्माद सम्पन्न भएको येस्तै इस्तरको बेसीसहर – चामे ६८ किमि को अति जटिल भू बनोटमा बनेको बाटो नेपाली सेनाले जम्मा ७६ करोडमा (सरकारी अनुमान भन्दा ४०% कममा ) तयार परेको थियो ..यानी प्रति किलोमिटर १ करोड ११ लाख जति … स्याफ्रुबेसी-रसुवागढी सडक भन्दा झन्डै ९ गुना सस्तोमा …
यो अनुदान भनेको सबै पैसा आफ्नै देशमा लाने मेलो मात्र हो … चिनिया ठेकेदारको पारा नेपालीले राम्रै संग देखि सके मेलम्ची देखि कुलेखानी सम्म , टेलिकममा हुवाई देखि ZTE सम्म .. यिनीहरु त माहा भ्रस्ट पो हुने रहेछन .. कुनै चिनिया ठेकेदारले आफ्नो काम समयमा गरेको रेकोर्ड छैन .. मेलम्ची वाला चिनिया त १०-२० % काम पनि नगरी नेपाली जनताले ऋणमा लिएको अरबौ खाएर कुलेलाम नै ठोक्यो .. कुले खानी वाला पनि तेस्तै गर्दै छ , क्ष्य्मता बदौने नाममा अरबौको खेल खेल्दै छ … पोखरा बिमान इस्थलको कुरा त झनै गरेर साध्य छैन , चिनिया एग्जिम बैंकबाट ऋण लिएर चिनियाले मात्र निर्माद गर्न पौने यो ठेक्कामा सबै भन्दा सस्तो चिनिया बिडारले हाम्रो सरकारी अनुमान भन्दा ८० % बढीको तेंदर हाल्यो र निर्माद लागत नै १२ -१३ अरब ज्यादा बनायिदियो … ल हेर्नुस अनुदानको राम कहानी ..
अर्को प्रसंग, नेपाल सरकार पनि तेस्तै छ संसारमै अति कम गुदस्तरको जाहज निर्माद गर्ने चिनिया कम्पनीको ६-६ वटा जहाज किन्दै छ … मापदण्ड नपुग्नाले यी जहाज युरोप र अमेरिकाको कति ठाउमा उदौना पनि पाइदैन … तेसै त नेपालमा जहाज दुर्घटना दर संसारकै उच्च छ तेस माथि एस्तो खास्सा वाला जहाजले कतिको ज्यान लिने हो ? पैसै तिर्नु परे पछि किन राम्रा कम्पनीको जहाज नकिन्ने ?? चीन सरकार स्वयम्लाई आफ्नो जहाजमा विश्वास नभएर अदीकाम्स बिदेसी जहाज उदौछ … सब कमिसनको खेल हो .. हामीले सोचे जस्तो छैनन् चिनिया हरु .. यी र येस्तै कारणहरुले हो मगन्ते देशहरुले कहिले बिकाश नगरेको ..
‘मोही माग्ने ढुङ्ग्रो किन लुकाउने ?’ लाज मान्नुपर्ने कुरै केहि छैन |
‘फाटेको जालीले छोपेको, छोपेपनि छर्लंगै देखेको’ भन्या जस्तो संसारका सबै देशलाई थाहा छ नेपाल को आर्थिक स्थिति, हामीले छोप्न खोजेर हुन्छ र ! हाम्रो आर्थिक स्थिति राम्रो हुदो हो त किन माग्नु पर्थ्यो ! के त्यहि माग्दैमा इज्जत जाने र त्यति नमाग्दैमा सम्पन्न भएको देखिने हो र?
त्यो बाटो बनाएको नै मागेर हो त अब पीच गर्देउ भनेर माग्दा के को अर्घेलो ? चक्रपथ बनेको पनि मागेरै हो, अहिले १० लेनको बनाउने पनि मागेरै हो | देशको नियमित बजेटका लागि नै मागीयाछ | कुनै नया योजना बनाउन पनि मागिएकै छ | भर्खरै प्लेन मागिएको कुरो आएको थियो | चोर्नु, छल्नु, ढाट्नु नराम्रो हो | हुनेखाने सित नहुनेले रीन, सापट, उधारो, पैचो, त्यो पनि नभए सहयोग माग्नु के अनौठो हो र ? देशको आर्थिक स्थिति मजबूत बनाउने एक्लो सचिबले गरेर मात्रै पनि त हुदैन | त्यसैले उनले आफ्नो ठाउबाट सहयोग मागे, केहि बिराए जस्तो त लागेन मलाइ | मागेर दिन्छन भने अरु पनि बाटोहरु मागीयोस, हाइड्रो पावरहरु मागीयोस, ट्रेन, प्लेन, स्कूल, क्याम्पसका लागि भवन जे जे दिन्छन सबै माग्दा हुन्छ | सहयोग माग्दा त्यो भन्दा मुल्याबान कुरा गुमाउने गरि सम्झौता नगर्ने हो भने आफुलाई आवश्यक परुन्जेल र उनीहरुले दिउञ्जेल माग्दा हुन्छ | जब हामीलाई आफै पुग्छ र अरुको सहयोग चाहिदैन, त्यसपछि कसले माग्छ र ?
१० मिटर भन्दा फराकिलो बाटो त भारत ले बनाउन दिएपो बनाउछौ| नपत्याए पोखरा -बग्लुङ्ग – बेनी को सडक हेर्नुहोस /
टिक भन्नु भयो नारायण जी हाम्रो आफ्नो भुमिमा हाम्रो अधिकार नै छैन .
आफ्नो प्रभुको हित रक्षा र उसको हानि हुनी कुनै पनि काम नगर्ने भनेर कागजी तमसुक गरेर दिल्ली दरबारमा लम्पसार पर्ने र आफ्नै नेपाली दाजु भाइको निर्सम्स हत्या गर्ने दुइ जिब्रे लेन्डुप दोर्जेहरु नेपालको सत्तामा जब सम्म हुन्छन तब सम्म चाही तपैले भनेको कुरा सोचनीय हुन सक्छ .. चाहे माओबादी , कांग्रेस , झाले माले , मधेसबादी जो कोहि हुन् ..
तर दैनिक १००० वटा चार पांग्रे पनि नगुड्ने यो सडक खण्डलाई तेती सानो पनि भन्न मिल्दैन ..
आठ गरेर आफै गरेर र देखाउना सिक नेपाली नेता हरु र उच्हा तह क कर्मचारी हरु हो सदै मागेर जनताको सिर नाझुकाऊ देश कहिले नि मागेर बन्दैन कसैले पनि बनाई दिदैनन अरु को देश तेसो हुदा तिमि हरु ले भास्ताचार न गर त कति छिटो बिकाश हुन्छ ……………………????
हाम्रो मुलुकको नेतृत्वले म लेन्डुप बनि पाउँ भनेर दक्षिणायन पर्केर प्रार्थना गर्न हुने ठाउँमा कुनै धुले सडक पिच गरी पाउँ भनेर सचिबले मागे त के बिग्य्रो हजूर ? मेरो छोरालाइ सहित पुत्रको सिटमा स्कलरसीप देउ भनेर त मागेका छैनन नी सचिव जीले ।
नेपालीनेता र माथिल्ला तहका कर्मचारी हरु मात्र मगन्ते हुन् ! देस र जनता का नाममा मागेर आफुहरु सुहाउदै नसुहाउने पजेरो प्राडो चद्छन र जो संग मागेको उसैलाई देखाउछ्न लाजै नमानिकन ! माग्ने लाई के को लाज ! अहिले काठमाडौँ मा बढ्दै गरेको बाटो को गुणस्तर तपाई हामीले देखेपनि मन्त्रि, सचिब, सडकका हाकिम हरु ले देख्दैनन ! किनकि यो मागेर ल्याएर बादी खाने अखडा हो !
‘भारत’ले दह्रा किट्दै होला यो समाचार सुनेर । नेपालको राजनीतिक अस्थिरताका बीच पैसा भएपनि नेपालले यो बाटो पिच गर्न गाह्रै पर्छ । त्यसैले चीन नै अघि बढेर समयमै पिच गर्नु शक्ति सन्तुलनका हिसाबले उसका लागि पनि हितकर हुनेछ ।
जतातै घुस , कमिसन र कुर्ची माग्ने होड चलेको बेला धन्न राजदुत संग सचिबले पिच मागेछन | तुलनात्मक रुपमा भन्ने हो भने त्यति नकारात्मक माग होइन भन्दा हुन्छ | माग पुरा भए घाटा चाही छैन है …रह्यो मगन्तेपनको कुरा, भाडभैलो राजनीतिले नेपाल लाइनै त्यो स्तरमा धेरै अगाडी पुर्याई सक्यो भन्दा अति सयोक्ति नहोला |
अब बाटो पिस गर्नु भनेर नेपाल लाई पैसा दिए आ-आफ्नो भुँडी मा पिस गरिदिन्छन अनि त्यसो नभनेर क भन्ने ?
गर्न लाइ जागर छैन, मग्न लाइ लाज छैन!!
दिए टन्नै धोकुला, नदिए भोकै बसौला भन्ने जस्तो पो छन् त गाठे! गरि खाने बानि भए पो! बेइज्जत्ति!!!
नेपालि नेता र प्रशासकको बुद्दि हेर्दा त ठिट लागेर आउछ देशको बेहाल छ सहति गर्न नसक्ने हरुवालाई सत्तामा ल्याउनु पर्छ भनेर रोएर हिड्ने यो के चाला हो यो ?
संसारभरि नेपालीको छबि भनेको गरिबी र मगन्तेपन हो | जहाँ भए पनि हामी लाई यहि दृस्टीकोणले हेरिन्छ | एउटा नेपाली उखानको याद आयो मलाई यो समाचार पढेपछि “मागी मागी छोराको बिहे” | मागेर नै सबै कुरा चलाउने हाम्रो परम्परा अहिले झन् बेसरी झाङ्गिएको छ | खोई के भन्नु र मान्छेको शब्दकोशमा “लाज” र “सरम” भन्ने शब्दहरुले स्थान नपाएपछि |
गिरि जी!
जनताबाट उठेको कर नेताहरु र कर्मचारीहरुलाई भ्रष्टाचार गर्न अपुग भएको बेलामा सडक पिच बनाउन त अरु देशलाई गुहार्नै पर्यो नि! यसमा सचिब महोदयको दोष कत्ति पनि देख्दिन म त!
पुन जी,
जनताको रगत पशिनाबाट जम्मा गरिएको ढुकुटी त नेता र कर्मचारीलाई भ्रष्टाचार गर्न नै पुगेको छैन भने बिकास-निर्माणका काम त हुने कुरै भएन | यो कुरामा म पनि सहमत छु | यति मात्र होइन कि, बिकास-निर्माणको काम भनेको नेता र कर्मचारीको प्राथमिकतामा नै पर्दैन हाम्रो नेपालमा भन्दा अत्युक्ति नहोला | अर्को कुरा, व्यक्तिगत रुपमा तुलशी प्रसाद सिटौलालाई नचिने पनि उहाँ एउटा स्वच्छ व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरा मैले आज भन्दा धेरै बर्ष पहिले सुनेको हुँ | त्यसैले व्यक्तिगत रुपमा उहाँलाई यो बाटो कालोपत्रे गर्ने बारेमा भन्न खोजेको होइन | यो त हामी नेपालीको प्रवृति हो | त्यसलाई मैले जोड दिन खोजेको हुँ | तपाईंको दोस्रो बुंदामा चाहिं म सहमत छैन | सधैं सबै कुरामा अरु संग हात थाप्नु ठिक कुरा होइन | यो प्रवृतिले हामी नेपालीलाई विश्वसामु केवल मगन्तेको रुपमा नै स्थापित गरिसकेको छ | यो पक्कै पनि नेपाल र नेपालीको लागि राम्रो कुरा होइन |
जे भने पनि सचिब तुलसीजीले राम्रो कुरा गर्नु भो. अब नेपाल संग सडक पिच गर्ने कहाँ बजेट छ त . साएद यो लेखक लाइ पिच बाटो बनाउने वास्तविक खर्च थाहा छैन जस्तो लाग्यो.
लेखकलाई थाहा नभए पनि सडक विभागका महानिर्देशकलाई त थाहा हुनुपर्ने हो । महानिर्दशकले किन यसो भने त- “अर्काको मुख ताकेर हुँदैन, त्यति पीच हामी आफैं पनि गर्न सक्छौं।” सडक विभागके हाकिम जान्ने कि तपैं जस्तो अजासु महोदय ?
सडक बिभागले हामी आफै गर्न सक्छौ भन्नुको पछाडी पनि केहि अर्थ छ भन्ने सोच्नुभा’छ?
पिच गर्ने कुरा माग्नु हुन्नभन्ने महानिर्देशकले ” रिङरोडको बाँकी खण्ड पनि फराकिलो पार्न सहयोग गर्दिनू न भनेर” किन मागे त ? तुलसी सिटौला जस्तो राम्रो छवी भएको सचिवलाई यस्तो सामान्य कुरामा अनावश्यक कमेन्ट गरेको अलि हजम भएन |
कोइ कुर्सि माग्ने, कोइ घुष माग्ने, कोइ ताली माग्ने, फेरी अर्को ले पनि पिच मगेचन, सारै मगन्ते देश भयो………
अनि शुसिल दा चाही प्रचण्ड सित प्रधान मन्त्रि माग्दैछन | प्रधान मन्त्रि त माग्ने देश मा अन्य कुरा माग्न के को लाज? कि कसो ?
तपाई ठिक भन्नु भो सिर इजत न भयका नेता हरु…..
सहि भन्नु भो प्रचण्ड त दिने मामलामा त कर्ण भन्दा पनि दानबिर छन् नि , अजय कुमार्गी लाई अरबौ दान दिएका छन् , बिदेशी बैंकलाई कति दान दिएका होलान … एस्ता नाथे झुसे बुढोले तेती जाबो प्रधानमन्त्रिको कुर्ची पनि नमागुन त !!!
आफै संग बिद्रोह गरेर गएका बादल लै समेत पी एम दिने प्रचण्ड जस्तो दान्बिर अन्यमा छदै छैन |
He is very much correct, after getting black topped, we will ask for vehicles, repair and maintenance expenses from the Chinese Government. One of my professor use to say that we have a beggar’s mentality, probably, more worse than that. A beggar, at least, owns his begging bowl, we do not even have a begging bowl. What a shame?
हो हामी संग माग्ने ढंग पनि छैन ,अरुले दिने भयो भने लम्पसार परेर बिदेसिका सबै सर्त मान्छन अनि त्यो ऋण सहयोगको दुइ तिहाइ रकम तिनै देशका ठेकेदार र कर्मचारी मार्फत आफ्नै देश लग्छन , ऋण जति सबै नेपालीको थाप्लो मा ..
मागेरै धनि र सम्पन्न हुने भएत नेपाल अहिले सम्म संसारकै बिकसित देश भैसक्ने थियो ..
इथोपिया र सोमालिया संग चाही माग्न भ्याएका छैनन् रे हाम्रा देश हाक्नेहरुले …
अब को “पंच-वर्षीय” लक्ष्यमा नेपालले त्यै लक्ष्य लिनु ठिक होला जस्तो छ . “५ बर्ष भित्र कति ओटा देश बाट कति खराब माग्ने!!? “