नेताहरुलाई हामीले धेरै गाली गरिसक्यौँ। गाली गरेरै देशको विकास हुने भए नेपाल अहिले विकसित देशको हाराहारीमा पुगिसक्ने थियो होला। हामीले हाम्रो देशको विकास गर्न एकजुट हुनुपर्छ पनि निकै पटक भनिसक्यौँ। एकजुट त हुने, तर केका लागि ? देश त बनाउने तर कसरी ? घर बनाउने जस्तो त हैन देश बनाउने भन्ने कुरा। उपाय के त देश विकासका लागि आफ्नो तर्फबाट सकेको योगदान गर्नका लागि।
आउनुस्, हामी तपाईँलाई एउटा संभावित योगदानको बारेमा बाटो देखाउने कोशिश गर्छौँ। त्योभन्दा पहिला हामी हाम्रो देशलाई अलि बुझ्ने कोशिश गरौँ। तपाईँले भर्खरैको जनगणनाको तथ्याङ्क हेर्नुभो ? ६५.९ प्रतिशत साक्षर भएको, साक्षरता दर बढेको भनी दङ्ग नपर्नुस्। एसएलसीभन्दा माथिको तह पास गर्नेहरुको संख्या मात्र १०.२ % छ। तपाईँले यो कुरा इन्टरनेटमा पढिरहनुभएको छ भने पक्कै एसएलसीभन्दा बढी पढ्नुभएको हुनुपर्छ। त्यसो भए तपाईँ यो देशको झण्डै ९० प्रतिशतभन्दा बढी भाग्यमानी थोरै व्यक्तिमध्येमा पर्नुहुन्छ। अझ विदेशमा हुनुहुन्छ भने त त्यो भन्दा पनि थोरै व्यक्तिहरुमध्येमा पर्नुहुन्छ। तपाईँको काँधमा ठूलो जिम्मेवारी छ। र तपाईँले चाहनुभयो भने बाँकी ९० प्रतिशतको जीवनमा केही परिवर्तन ल्याउने काम तपाईँबाट संभव हुनसक्छ।
जब शिक्षा नै हुन्न, तब के हुनसक्छ ? पढ्न सक्नेहरुको सबैभन्दा ठूलो हिस्सा ३९ प्रतिशत मात्र पाँच कक्षा पास गरेकाहरुको छ। अनि उनीहरुलाई यही नेताहरुले सँधै घुमाइरहन्छन्। बन्दूक बोक्नेहरु उनै हुन्छन्, सपनाको खेती उनीहरुमाथि नै हुन्छ। उनीहरुबाट नै चुनिएर ती नेताहरु फेरि फेरि पनि सत्तामा पुगिरहेकै हुन्छन्।
एक पटक फेरि नेपालको शिक्षाको स्थितिलाई यसरी सजिलो ढंगबाट बुझ्ने प्रयास गरौँ- यदि १०० जना बच्चा कक्षा १ मा भर्ना हुन्छन् भने कक्षा ४ सम्म १० प्रतिशतलाई त आधारभूत नेपाली वर्णमाला नै थाहा हुन्न। २५ प्रतिशतले दोहोरो अङ्क समेत चिन्दैनन्। १० कक्षासम्म पुगिसक्दा ७० देखि ८५ प्रतिशतले पढाइ छाडिसकेका हुन्छन्। जसोतसो एसएलसीसम्म पढिसकेकाहरुको पनि हालत हेर्नुस्। ५० प्रतिशत मात्रै पास हुन्छन्।
यसको अर्थ
यो वर्ष २,२२,०७० जना विद्यार्थी एसएलसीमा फेल भए
५० लाखभन्दा बढी बच्चा स्कूलमा पढ्दैनन्
झण्डै २ खर्ब रुपियाँ खेर गयो
भयावह छैन त तथ्याङ्क। अब किन यस्तो हुन्छ त भन्ने बारे थोरै सोचौँ। मानव जीवनको लागि शिक्षा सबैभन्दा महत्त्वपूर्ण हो, त्यसमा त तपाईँहरु सबै सहमत नै हुनुहुन्छ होला। के तपाईँले कहिले सोच्नुभएको छ, यो शिक्षण पेशा अहिलेसम्म कसले अपनाइरहेको छ ? यसो हामी वरपरकै समाजलाई हेरौँ न। एसएलसीमा अलिकति बढी नम्बर ल्याउने बित्तिकै साइन्स पढ्न भनिन्छ। हाम्रो पालामा त डाक्टर बन्ने, इञ्जिनियर बन्ने भन्ने गर्थे। अहिले चाहिँ कमर्स पढ्नेहरु धेरै हुन्छन्। मुस्ताङको लेतेदेखि लिएर काठमाडौँको ललितपुरसम्म कमर्स पढाउने प्लस टुहरुमा विद्यार्थीको चाप हुन्छ। अलि ब्रिलियन्ट माइन्ड भएकाहरु धेरैजसो साइन्स, कमर्सतिर जान्छन्। शिक्षा पढ्नेहरु निकै थोरै हुन्छन् र शिक्षण पेशा अपनाउनेहरु अरु कतै जाने अवसर नपाएकाहरु अधिकांश हुन्छन्। शिक्षण पेशालाई अरु पेशाको दाँजोमा त्यति इज्जत पनि गरिँदैन।
अब यसैलाई हेरौँ न। राम्रा विद्यार्थीहरु जति टेक्नोलोजी, साइन्स र बिजनेसमा लाग्ने, अनि त्यसमा लाग्न नसक्ने उनीहरुभन्दा कम प्रतिभाशालीहरु भने अरुमा लाग्ने। त्यसमा पनि शिक्षण पेशामा लाग्नेहरु त झन् थोरै। यस्ता अरुभन्दा कम प्रतिभाशालीहरुले पढाउने विद्यार्थी कस्ता होलान् ? अरु कतै बिक्न नसकेर पढाउन थालेका मास्टरहरु आफै त त्यति योग्य हुन्नन् भने उनीहरुले पढाउने विद्यार्थी कस्ता होलान् ? उनीहरुले पढाउने स्तर राम्रो भइदिएको भए ५० प्रतिशत विद्यार्थी एसएलसीमा फेल हुने थिएनन् होला। पास हुने मध्ये पनि धेरै बोर्डिङ स्कूलका विद्यार्थी हुने तथ्यलाई पनि नबिर्सनुस्। सरकारी स्कूलका ३६ प्रतिशत मात्रै पास हुन्छन्। फेल हुनेहरुमध्ये ९० प्रतिशत म्याथ, इंग्लिस र साइन्समा फेल हुन्छन्। त्यही विषय कमजोर भएकाहरुले पास गरेर विद्यार्थीहरुलाई पढाउन थालेपछि स्थिति के हुन्छ ? यही चक्र दोहोरिने क्रम जारी रहन्छ।
यो स्थितिलाई कसरी परिवर्तन गर्ने त ? परिवर्तन सम्भव छ।
कसरी ?
तपाईँ ती नेपालका थोरै प्रतिभाशाली व्यक्तिहरुमध्येमा पर्नुहुन्छ। तपाईँ जस्ता प्रतिभाशाली अरु व्यक्तिहरु पनि देश र विदेशमा छन्। देश र विदेशबाट एउटा अभियान चलाऔँ। अहिलेका ‘नेता’ ले शब्दलाई दुरुपयोग गरेका कारण ‘लिडरसिप’ शब्द प्रयोग गरौँ यहाँ। त्यो अभियानबाट भावी लिडरसिप दिन सक्ने व्यक्तिहरु खोजौँ, जसले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनेछ।
यसलाई अलि सजिलो ढंगले यसरी बुझौँ-
नेपालका तपाईँ जस्ता प्रतिभाशाली उत्कृष्ट ट्यालेन्टहरुलाई रिक्रुट गरौँ र सार्वजनिक विद्यालयहरुमा दुई वर्षका लागि पढाउन लगाऔँ। यसले विद्यार्थीहरुले पाउने शिक्षामा सीधै प्रभाव पार्छ। पढाउनेहरुले नेपाल बुझ्छन्। उनीहरु सँधै यही पेशामा त लाग्ने हैनन्, पछि फेरि आफ्नै पेशामा फर्कने हुन्। ती ट्यालेन्टहरु सबै क्षेत्रमा पुग्छन् र नेपालबारे उनीहरुले बुझेका हुन्छन्। वास्तविक समस्यालाई उनीहरुले बुझेका हुन्छन् र त्यसलाई समाधान गर्ने उपाय सामूहिक रुपमा सोच्छन् र आफ्नोतर्फबाट सकेको गर्नेछन्, चाहे देशमा बसेर होस् वा विदेशमा।
आऊ, मिलाउँ हाम्रा हातहरु !
यही काममा लागेको छ अहिले टिच फर नेपाल नामको संस्था। अहिले यो संस्था देश र विदेशबाट तपाईँ जस्ता ट्यालेन्टहरुको खोजीमा छ। दशैँतिहारको विदालगत्तै यसले आवेदन खुला गरेको हो। डिसेम्बर २१ सम्म आवेदन दिने अन्तिम मिति हो।
केही दिनअघि म टिच फर नेपालको त्रिपुरेश्वरस्थित कार्यालयमा पुगेको थिएँ। संस्थाका प्रमुख शिशिर खनाल घोरिँदै थिए कान्तिपुरमा छापिएको विज्ञापन हेर्दै। ‘यो विज्ञापनले सोचे जस्तो नतिजा दिएन’, उनी भन्दै थिए, ‘अहिले पढाइरहेकाहरुले नै ट्रेनिङ चाहियो, फेलोसिप चाहियो भनेर धेरैले सम्पर्क गरे। त्यो हाम्रो थिम विपरीत हो। हामी त देशका अरु क्षेत्रमा बेस्ट ट्यालेन्टलाई लिन चाहन्छौँ।’
‘पैसा पनि पाइन्छ’
दुई वर्षसम्म त धेरै भयो नि समय। सित्तैमा गर्नुपर्ने हो सबै काम ?
हैन रे। महिनाको १० हजार रुपियाँ र दुई वर्षको फेलोसिप सकिएपछि एकमुष्ट एक लाख २० हजार रुपियाँ पनि दिइन्छ।
रकमका लागि उनले बुद्ध एअर र एचएच बजाज नेपालसँग सम्झौता गरिसकेका छन्। बजाजले एउटा मोटरसाइकल बिक्रीवापत् निश्चित रकम यो कामका लागि टिच फर नेपाललाई दिनेछ। फिनल्यान्ड दूतावासले पनि यो कार्यमा सघाउने भएको छ।
‘हामी खासमा अहिले ग्राजुएट गरेर बसेका विद्यार्थीहरुमध्येबाट बेस्ट ट्यालेन्ट छान्न चाहन्छौँ’ खनालले खुलाए, ‘विदेशीहरुले पनि इन्ट्रेस्ट देखाएका छन्। तर यो हाम्रो थिमविपरीत भएकोले उनीहरुलाई हामी लिँदैनौँ। हामी नेपालीहरुलाई नै लिन्छौँ। परिवर्तनको सुरुवात नेपालीबाट नै हुनुपर्छ।’
अहिले संस्था आवेदन स्वीकार गर्ने र त्यसलाई केलाउने क्रममा छ। ब्याचेलर पास गरेका वा थर्ड इयर दिएर बसेकाहरुसम्मबाट आवेदन लिइँदैछ। त्यसपछि के छ त योजना ?
शिशिर सुनाउँछन्, ‘सुरुवातमा तीमध्येबाट ३० जना छानिने छन्। पहिलो परीक्षण योजना भएकोले यस पटक काठमाडौँ नजिकैको जिल्ला ललितपुर छानेका छौँ। त्यहाँका १५ वटा सार्वजनिक र सामुदायिक स्कूलमा २-२ जनालाई पठाउनेछौँ।’
‘अर्को वर्ष ६० जना छान्नेछौँ,’ प्रत्येक वर्ष यसलाई दोब्बर पार्दै जाने महत्त्वाकांक्षी योजना छ उनको।
छानिएकाहरुलाई छ हप्ता तालिम दिइनेछ। दुई वर्षको अवधिमा उनीहरुले विभिन्न लिडरसिप ट्रेनिङहरु पनि पाउने छन्।
कस्तोलाई छान्नुहुन्छ त तपाईँहरु ? ‘सोसल चेन्जमा इन्ट्रेस्ट भएको, एकेडेमिकल्ली राम्रो र लिडरसिपको संभावना भएका व्यक्तिहरु’, संस्थाको प्रष्ट भिजन छ।
व्यक्तिलाई के फाइदा ?
‘ल तपाईँ समाज र देशका ठूला कुरा गर्न छाड्नुस्। त्यो पनि महत्त्वपूर्ण कुरा हो। तर जबसम्म व्यक्ति स्वयंलाई त्यसबाट केही फाइदा हुन्न, तबसम्म यस्ता काममा कोही व्यक्ति किन अग्रसर हुने ?’, मैले अत्याएर कुरा थुत्न खोजेँ, ‘नेपालभित्र रहेका वा विदेशमा रहेका कुनै नेपालीले यो कार्यक्रममा सहभागी भएर ऊ आफैलाई के फाइदा हुन्छ त ?
उनले प्रष्ट्याए- ‘देश बुझ्छन्। देशको वास्तविक समस्या बुझ्छन्। के थाहा, भावी लिडरसिप उनीहरुकै पो हुने हो कि। विदेशमा ग्राजुएट गरेकाहरुले यस्तो फेलोसिप गरे विदेशमा मास्टर्स पढ्नलाई सजिलो हुन्छ। इन्टरन्यासनल कलेजहरुले यस्तो सेवालाई रिकग्नाइज गर्छन्। विदेशमै जागिर खोज्नेहरुले पनि फाइदा पाउने छन्, यस्तो फेलोसिपलाई इन्टरन्यासनल कम्पनीहरुले पनि रिकग्नाइज गर्छ।’
तपाईँ तयार हुनुहुन्छ देश विकासमा हातमा हात बढाउन ? तपाईँले कसैलाई चिन्नुभएको छ, जो यसका लागि योग्य हुनसक्छन् ?
आवेदनका लागि यहाँ क्लिक गर्नुस्
थप जानकारीका लागि TeachForNepal.org
समाज परिबर्तन को लागि नया थालनि हामी सबै मिलेर अगी
बढ्नु पर्छ !
This is a ‘HUGE BOGUS’ designed for the coveted propose of making dollars, pounds, euros or whatever. Don’t expect anything good out of it. Its just another hidden face of dirty politicians and money makers on the name of innocent people by fooling donors, which they are doing for decades. Very unfortunate situation overall. In summary, this fake is just direct copy from ‘TEACH FOR AMERICA’ on the expectation if they could make some dollars out of it.
ठिकै ६ तनी आउने भने आउछु! यहाँ कुन सैको जिबन ६ र तेही दोस्रो दर्जा को, बिना सम्मान, बिना आत्मासंतुश्ठी, या या ,जी जी, हंजी र हजुर गर्दै थोरै द्र्र्बे मा नै त तड्पीरहेको जिन्दगि न हो!! यो परदेश मा? सबैलाई चेतना होला? यस यल सी मुन्द्रे योग्यता छदैछ, नमस्कार खान पनि पाइने जन्म भूमिमा पनि बस्न पाइने राम्रो योजना लायौ ? अबका नया यिउबा ले केहि गरचन कि ? मेरो /हाम्रो देश समाज नै विकास भए मेरो/हाम्रो ईजत प्रतिष्ठा र पैसा सोतः औदैना र ? म त फर्म भर्ना तिर लागे तपाई पनि सोच्ने हो कि ?
बेलैत तिर बाट -बदरी पौडेल
एकदम राम्रो कदम लिनु भएकोमा धन्यबाद! म पनि तपाईं जस्तै शिक्षाको गुणस्तर उकास्न काम गर्दै छु चितवन मा! हामीले शिक्षामा धेरै ध्यान दिनु जरुरि छ! आशा छ तपाई कोशिश समाज बिकासमा कोशे ढुङ्गो साबित हुन सकोस! शुभकामना!!!
यो संस्था को leading members मा गगन थापा पनि रैछ, हाहा जति जे भने पनि कुनै न कुनै एक राजनीति को मान्छे न घुसाई न हुने कस्तो बिडम्बना. कम से कम एदी यो त्यस्तो राम्रो संस्था र काम हो भने ति राजनीति का हुतिहारा हरु किन टाउके पोस्ट मा. दोश्रो कुरा सैछिक प्रणाली सुधार्न को लागि बरु आफ्नै नया format बनाएर त्यसलाई लागु गर्न लग्नु चै अहिले को आवसेकता छ.
पहिलो कुरा नेपालको शिक्षा प्रणाली नै गलत छ! जब सम्म नेपालको शिक्षा प्रणाली पूर्ण रुपमा परिबर्तन गरिदैन तब सम्म विश्वकै विद्वान नेपाल आएर पढाए पनि हुने वाला केहि छैन! यदि कुनै पनि उच्च शिक्षा हाशिल गरेको विद्यार्थीले जागिर नपाउने हो भने उसले कमाएको ज्ञानको भरमा जीविका चलाउन सक्दै सक्दैन! उसको प्रमाणपत्र चना पोको पार्ने कागजको पन्ना सरह हुन्छ! यसैले मेरो बिचारमा जागिरे शिक्षा प्रणालीको अन्त्य हुनै पर्छ!
संसारका सबै बिकसित मुलुकमा शिक्षण पेशालाई अतिनै सम्मानित पेशाको रुपमा हेरिन्छ! तर हाम्रो दुर्भाग्य, हाम्रो देशमा शिक्षण पेशामा लागेकाहरुलाई हेए को नजरले हेरिन्छ! सायद हाम्रो शिक्षा प्रणालीले उत्पादन गरेका विद्यार्थीहरु देशी तथा बिदेशी बजारमा बिकेनन् भने हलो जोत्न पनि नजान्ने भएर पो हो कि ???
Teach For Nepal पनि ललितपुर तिर अल्झेको देख्दा दुर्गम जिल्लाका स्कुले नानीहरुले “शिशिर खनाल” लाई गिज्याए जस्तो लाग्यो!
what the graduate people will think: 2 years of life and the result nil. after all a good company won’t consider this as a work experience…………..
what the students will think: another brick in the wall. already overburdened by the SLC syllabus and someone’s teaching them something unnecessary……………..
what the institute will finally think: so many recruits and no earning……….
75-85% of students drop out from school before SLC not because of the poor quality of studies, but because they know what’s there after it- educated unemployment….
the educated lot should instead focus on creating ways to increase employment – like making industries
यो एकदमै सकारात्मक कदम छ । यसलार्इ सबैले सहयोग गर्नुपर्छ । बिदेशबाट पढेर गएकाहरूले पनि अफूले दक्षता हासिल गरेको बिषय कुनै स्कुलमा गएर पढाउन सके शैक्षिक गुणस्तरमा निकै परिवर्तन ल्याउन सक्छ । अझ विदेशबाट गएकाले पढाए भने त्यस्ता शिक्षक गाउँमा प्रेरणाको स्रोत पनि हुन सक्छ र शिक्षामा अमुल परिवर्तन ल्याउन टेवा पुग्नेछ ।
सुरुवात निक्कै राम्रो हो, तर फेरी कुनै गैर सरकारी संस्था को जस्तो पैसा कामाउने धन्दा नबनोस, सफलताको लागि सुभ कामना .
Prabhat Paudel From Texas, USA
Thank you Salokya ji for this information. I had never thought that only 10% people are above SLC.
This is really a good step and I really appreciate you for that.
Good Luck for this.
यो तपाई को अभियान अवस्य नै सफल होस् |
Very good initiation, Good luck and definitely everyone will support .
काम एकदम राम्रो तर तरिका गलत लाग्यो | किनभने तपाइले छानेका ग्राजुएटहरुलाई पुन एस एल सी परिक्षा दिन लगाइयो भने आधा भन्दा बढी ग्यान्टी फेल हुन्छ र पासै भए पनि ६० प्रतिशत काट्न गाह्रो हुन्छ | त्यसैले बेश के हुन्छ भने एस एल सी मा उतिर्ण गरिब र जेहेन्दार बिद्यार्थीहरुलाई तालिम दिलाएर यस प्रोजेक्टमा लगाएमा बढी प्रतिफल प्राप्त हुन्थ्यो र तिनीहरुलाई पनि उच्च शिक्षामा आर्थिक सहयोग हुन्थ्यो | यो मैले यस आधारमा लेखेको हुँ कि म पनि त्यहि परिवेश बाट गुज्रेको व्यक्ति हुँ , एस एल सी सके देखि ट्युसन पढाउदै अगाडी बढेको हुँ , तर मेरो पर्फोरमेंस मेरो शिक्षा र डिग्रीको बढोतरी संगै घट्दै गयो र म स्ययं लाई अहिले लगेर एस एल सी दिन लगायो भने मेरो के हुन्छ थाहा छैन | हुनत मेरो कुरा कतिपयलाई गलत लाग्ला तर यथार्थ यहि नै हो -राइफल ले ढुकुर मर्दैन, पूर्ण रूपमा क्षत विक्षत हुन्छ |
नेपालको दुरावस्थाको निमित हाम्रो गलत शिछ्या नीति पनि गलत नेताहरु जत्तिकै जिम्मेवार छ/ १०० जनामा २० जना यस यल सी पास हुन्छ/ यस यल सी पास भयका २० जनामा सायदै १५ जना कलेज जान्छन/ तिनीहरु मद्ध्य ८ जनाले स्नातक पढ्न जान्छ होला र स्नातक पढेका ३ जनाले मुस्किलले डिग्री लेभलको पढाई पुरा गर्छ/
प्रत्यक सय जनामा ३ जनाले मात्रै उच्च शिछ्या प्राप्त गर्न सक्ने हाम्रो शिछ्या नीतिनै गलत छ/ यस यल सी लाई किन नाघी नसक्नु पहाड बनायो त्यो बुझ्दिन/ उच्च सिछ्या हाम्रो जस्तो गरिब देसको गरिब जनताको निमित यति महँगो किन बनायो त्यो पनि बुझ्दिन/ उच्च सिछ्या हासिल गर्न योग्यता भयर पनि आर्थिक छ्यमता नभयका करोडौं छन्/ तिनीहरुको निमित सरकारले किन कुनै ब्यबस्था गरेनन त्यो पनि बुझ्दिन/
प्रबिधि र प्राबिधिकको कमि पनि नेपालको बिकाशमा बाधा बनेको छ तर प्रबिधि र प्राबिधिक बनाउने शिछ्या नीति नै छैन किन? उतर दिन ई नेताहरुलाई फुर्सद छैन/
आज पनि सरकार को “स” पनि उपस्थित नभयको कयौ गाउँहरु छन् नेपालमा/ त्यहा न त् स्कुल छ न अस्पताल/ यउटा यउटा भू पु नेतालाई दिईने आजीवन सुविधामा खर्च हुने रकमले तेस्तो प्रत्यक गाउँहरुमा स्कुल अस्पताल खुल्न सक्छ/ ग्रिहमन्त्रालयले आफ्ना कार्यकर्ताहरुलाई बर्सेनि बाँडिने करोडौंको रकमले हिड्ने बाटो नभयको गाउँ घरहरुमा बाटोहरु बनाउन सक्छ/ आर्थिक रुपमा सम्पन्न नेता बिरामी हुँदा हवाई आम्बुलेंस मगाउने बिदेसमा उपचार गर्ने रकमले देसको हज्जारौ गरिब बिरामीको उपचार गर्न सकिन्छ/
रास्ट्रको बजेटको आधा भन्दा बढी राजनैतिक स्वार्थको निमित खर्च गर्ने यस्ता नेताहरुनै सरकारमा रहे सम्म हामीले चाहेरै पनि केहि हुन् सक्ने अबस्थानै छैन/ बिकाश गर्न सुब्यबस्था हुनु पर्छ/ तव दिनेले दियको योगदानको प्रतिफल प्राप्त हुन्छ देसको बिकास हुन्छ/ देसमा सुब्यबस्था कायम भय करोडौं दिने हातहरु अबस्य पनि उठ्नेछ तर कुब्यब्स्था रही रहे सम्म ………!!!/
साह्रै राम्रो प्रोग्राम|
शुरुमा सबै राम्रा हुन्छन र पछी गएर बिग्रदै जान्छ पैसा र पावरको झेल र खेलमा|
तपाइको सदिच्छाले शुरुआत गरेको प्रोग्राम त्यस्तो नहोस| दीगो रहोस, हाम्रो सुभेच्छा छ|
कालान्तरमा सही व्यवस्थापन र निर्दिष्ट निर्देशनको अभावमा बिदेशी दात्री संस्थाहरुको सलग्नताले झन् त्यो खेल बिगारीदिने सम्भावना धेरै हुन्छ|
एउटा सानो सुझाव राखु है माइन्ड नगर्नुहोला|
पारदर्शी बनाउन कति पैसा आए र खर्च आम्दामी, सहयोग र क्रियाकलाप सबै खुलाई खालि एकचोटी मात्र होइन तर बराबर एउटा वेबसाइट खोलेर त्यसमा अपडेट गर्नुभए कसो होला?
नेपाल को सब ठुला नेता, ब्यापारी, ठुला कर्मचारी, धनाढ्य बर्ग का छोरा छोरि बोर्डिंग र भारत मा पढी अम्रिका तिर गएका देखिन्चन र कोहि पनि फर्के जस्तो लाग्दैन /
१. अहिले कुनै नेतो र धनाढ्य को छोरो नेपाल बसेर लोक सेवा लडेको र सरकारी जागिर गरेको छ भने सुन्न पाउ येहा ??
२. तेसैले यी १०% पढेका हरु कोहि डाक्टर, engineer , अरुनै भै विदेशतिर लागे भने एसएलसी फेल वा तल का मलेसिया, कोरिया, Saudi, middle east eg Dubai तिर लागे होइन भने सुन्न पाम ??
३. नेपाल मा खुलेका मेडिकल कलेज का सबै डाक्टर अमरिकाको resident डाक्टरी जाच दिन्चन पास नहुने हरु अस्ट्रेलिया तिर जन्चन /
४. डाक्टर doleshowr भण्डारी जी को अर्को लेख निजीकरण bare हेर्न मन लागिराच
‘सुरुवातमा तीमध्येबाट ३० जना छानिने छन्। पहिलो परीक्षण योजना भएकोले यस पटक काठमाडौँ नजिकैको जिल्ला ललितपुर छानेका छौँ। त्यहाँका १५ वटा सार्वजनिक र सामुदायिक स्कूलमा २-२ जनालाई पठाउनेछौँ।’
काठमाडौँ नजिकैको जिल्ला ललितपुर!!!!! ललितपुर???? खनालजी यो त सुरुवात मै झुर भयो नि! परिक्षनको नाममा जे पनि उपत्यका वरीपरि मात्रै घुमी रहने! त्यो त थप झुर थिम भयो त! जे गरे नि जसले गरे नि कसैको भिजन चार भन्ज्यांग पारी कहिले पुगेन! सोलुखुम्बु, खोटांग, बझांगको कता हो कता! तपाई जस्ता ले जे पनि काठमाडौँ ललितपुरमा परिक्षन गर्छन अनि त्यहि मोडल खोटांग, डोटीमा लगाउन जान्छन अनि भुत्रोको सफल हुन्छ? यो इनजिओ सैलीले देश कहिले उभो लाग्दैन! तर खनालजीहरु सधै यस्तै भुलभुलैया रुचाउनु हुन्छ खै?
सर्वप्रथमत: शिक्षा क्षेत्रका बिशेषज्ञहरुले शिक्षकहरुलाई नै विभिन्न orientation program हरु राखी शिक्षण पद्वतिबारे methodology of teaching नै सिकाउँदा यसले दुरगामी प्रवाभ पार्छ| अंग्रेजी भाषा सिकाउदा ध्वनि phonetic सिकाउनु अत्यावस्यक छ| घटीमा तिन महिने कोर्स राखिनु पर्छ|
टिच फोर नेपाल कृपया सोलुखुम्बु जिल्लाको गाऊ मा पनि यो शेवा विस्तार गर्नुस न किन बने मेरो गाऊ को नि. मा. बिद्यालय मा ८५ जना बिद्यार्थी छ तर २ जना मात्र सरकारी दरबन्दी छ त्यो पनि एस. एल. सी मात्र पास गरेको, अब तपाई नै विचार गर्नुस, कोस्तो खालको गुणस्तर शिक्षा पाउन सक्छ त्यो बिद्यार्थीहरुले ?
भिजन र कन्सेप्ट राम्रो लग्यो | र खुसि पनि लग्यो समाचार पढेर |
टिच फर नेपाल संस्थाका प्रमुख शिशिर खनाल जी को टिमले अत्यन्त राम्रो कार्यक्रमको थालनी गर्नु भएकोमा बधाई ब्यक्त्त गर्दै सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु / तर यो काम आजको राजनैतिक र सामाजिक परिवेसमा कठिन र महत्वकांक्षी अभियान जस्तो लाग्छ / जहाँसम्म ट्यालेन्ट खोज्ने कुरा छ त्यो ग्र्याजुयटमा मात्र हैन SLC मा ८०% भन्दा बढी अंक प्राप्त गर्नेहरु जोसुकैले पनि जुन subject पनि class १० सम्म अध्यापन गर्न सक्छन / राज्यले ति ट्यालेन्टहरुको भविष्यको सुनिस्चतता प्रदान गर्ने हो भने उनीहरुले गाउँ गाउँमा ट्यालेन्टहरुको उत्पादन गर्ने थिए /
धन्यबाद शिशिर ज्यु,
र माइसंसार लाइ पनि यसको जानकारी दिदै प्रवर्द्वन गरेको मा!
निकै राम्रो योजना प्रस्तावित गरि लागि पर्नुभायाको रहेछ ! सफलताको कामना गर्दै केहि गर्न परे वा सकियामा निश्चयनै साथ् र सहभागिता रहने छ! भन्ने मनको कुरा गर्न चाहन्छु!
अनि तेसरिनै सरकारलाई मेरो आग्रह चाहि के छ भने, प्रत्यक्ष यसमा दख्खल नदियर अप्रत्यक्ष र परोक्ष तरिकाले देश निर्माणमा गहन अर्थ राख्दै भूमिका खेल्न सक्ने यस नबिन कार्यको लागि पुरापुर सहयोग गर्नु पर्ने छ र मलाइ पूर्ण बिश्वाश छ डा बाबुराम यो कुरालाई निकै रुची र गहनता साथ् लिने छ! सरकारको परोक्ष सहयोग हुदा यो कार्य देशब्यापी बन्न जाने छ र द्रुत गतिमा ब्रिहटता ग्रहण गर्न सक्नेछ यो खासगरी हामिलाई दुर्गम भूभाग र पिछदियको ठाउहरुमा निकै आबस्यक छ! तर सरकारको प्रत्यक्ष अनि राजनैतिक सहभागिता संग्लाग्नता भयमा यो बिटुलो भै कुहिने निश्चित छ तेसैले राजनीति र सरकार Stay away Don’t touch don’t disturb but give backup and support. साथै बिदेशमा बसेकाहरुले यसको लागि आर्थिक सहयोग गर्न सक्ने छ भने अध्यायन सकेर बसेकाहरुले फेल्लोशिप वा वोर्क एक्स्पेरियन्स आदिको तरिकाले प्रयोग गर्न सक्नेछन भने यो देश बुझ्न र देशको शैक्षिक क्षत्रको आधारभूत आबस्यकता र स्तर निर्माण गर्न निकै गहन योगदान हुने छ!
झन्डै झन्डै यस्तै किशिमको योजना थियो मेरो दिमागमा पनि दशौ बर्ष अगाडी र हाल सम्म पनि दिमागमा कुदेर राखिराखेको छु र तेसको लागि केहि गरियाँन मात्र सोचियो अनि एकदिन देशले शान्तिपूर्ण निकाशा पाई स्थाई सरकार बनेर देश अगाडी बढ्ने छ तेस बखत यो सोचाइ लाइ या आफै बढाउला या सरकारलाई बिचार दिउला आदि भन्दै सोच्दै गरियो! अहिले यो पढियो र बुझियो गर्नेको लागि सधै समय रहेछ, गर्न नसक्नेले मात्र भाका र निहु कुरिरहने रहेछ !
जे होस् गहन सोचका साथ् शिशिर जी ले सोरु गर्नु भयछ साह्रै खुशी लाग्यो र धन्यबाद नदीकन रहन सकियन!
सुरुवातमा कुनैपनि कुरा स्थापित हुन गारो हुन्छ नै हरेस नखानुहोला! प्रत्यक्ष परोक्ष सहयोग हामीपनि गर्दै गरौला!
एकदम राम्रो लाग्यो, शिक्षाले नै परिवर्तन गर्छ समाजलाई तर धैर्य गर्नु पर्छ . शिशिरजीको अभियान सफल होस् शुभकामना
धेरै राम्रो काम को सुरुवात,सफलताको कामना,यदि भने जस्तै राम्रो काम गर्दै गयो भने यो सस्था ले केहि गरेर देखाउने छ जस्तो लाग्यो,अब हामि आफै नउठे देश मा केहि होला जस्तो छैन,अब सबै ले पार्टी का डम्फु बजाउँन छोडेर आफ्नो आफ्नो ठाउ बाट सामाजिक काम मा हात हालौ,हातेमालो गरौ र केहि गर्छु भनेर अघि सरेका सस्था हरु लाइ सक्दो आर्थिक नैतिक भौतिक र सामाजिक सहयोग गरौ,
आशिस
स्विस
good information!! education is development.
यो धेरै राम्रो सुरुवात हो | एउटा थप सुझाब थप्न चाहन्छु teachfornepal को लागि | हामी विदेश मा जागिर खाने हरुको लागि नेपालमा दुइ बर्ष को लागि पढाउन आउन अलि गार्हो हुन सक्छ | त्यसैले eTeaching को पनि संगसंगै सुरुवात गर्दा कसो होला | youtube मार्फत बाहिर बसेका नेपालीहरुले नेपालका बिद्यार्थीहरुका लागि eLecture हरु तयार गरेर नेपालका स्कुलहरु मा पठाउन सकिन्छ होला | हो अहिले गाउँका स्कुलहरुमा इन्टरनेट र कम्पुटर छैन तर तेस्को पनि बिस्तारै बेब्यस्था गर्न नसकिने हैन | एस्तो eLecture तयार गर्न सकियो भने एउटा video सयों स्कुल मा प्रयोग गर्न सकिन्छ |
रबिन जी को कुरो मा पूर्ण सहमत छु . मैले सुने अनुसार नेपालमा यो कार्यमा एउटा युवा समूह लागेको छ . ठ्याक्कै नाम याद भएन, सायद युवा संजाल होला . यस बारे मा नया केहि थाहा पाए भने माइ संसारमा खबर गर्नेछु .
first of its kind to see on mysansar. Keep this going!!
अति राम्रो अभियान यसका लागि भित्रि आत्मा देखि स्वागत छ/ कुरा होइन काम गरौ यसैमा हाम्रो राम्रो हुनेछ/
धेरै राम्रो कन्सेप्ट! यो त part time job जस्तो bachelors र masters को student लाई दिदा राम्रो होला जस्तो लग्यो.. बिहान college noon मा पढ़ौनी! दुइ बर्ष loss पनि हुदैन ! बराल्लिनी समय सधुपयोग हुन्छ !
शिक्षक चाहिएको डो ल्पा र बझांग जस्ता दुर्गम जिल्लामा, कताबाट कलेज पढ्दै पढाउने कुरो गर्नु भा तपाइले ?? नहुने कुरो तपाइको
यी योजनाहरु निकै राम्रा हुन् र योग्य र दक्ष्य र भबिस्य मा समाज मा अगुवा हुन सक्ने खुबी मात्र होइन इच्छा भएका लागि यो राम्रो अबसर र चुनैती दुवै दो| तर यस्ता काममा पनि हालका नेता अथवा समाज का भंदुवाहरुलाई लाई कारबाई गर्न सके यसमा आउने अनाबस्व्यक जाल, झेल र तिक्रिम पन्छाउने कम पनि हुँदा, एस्तो राम्रो काम को फल छिटो देख्न पाउने सम्बवाना चाहिं बढ्ने थियो|
मैले त गाउमा SLC गरेको २ वर्ष पछिदेखि पढ़ाको थिय १२०० प्रति महिना ….क गर्ने गाउमा नि सके सम्म सस्तो पढाउने भय हुन्छ जाने नजानेको कसरि पढ़ौछ त्यो कसैलाई मतलब छैन नसके र आजित भय अनि विदेश पलायन ऋणले दुबियो के गर्ने ३ वर्ष त सेवा गरे … सकेसम्म देशको समाजको सेवा गर्ने रहर त छ नि र सकेको गर्ने नै छु अब २/५ वर्ष चाही गाउमा जान सकिन्न होला आयासी ऋण तिर्न पर्यो अलीलाई खाने बाटो जम्म्मा गर्नु पर्यो सके देखि……तर यो सिस्टम राम्रो लग्यो ….सबैले सकारात्मक रुपमा लियर अघि बधाई कति गाली गर्ने नेतालाई मात्र …. राम्रो भय पो बुझछन प्राय सब ढुंगा मुधा गरेर चाप्लुसी गरेका छन् अब त राम्रो छनौ अघि बढौ….
अत्यन्त राम्रो सुरुआत मेरो तर्फबात यस संस्थालाई र यस संस्थासंग सम्बन्ध रहेका सबैलाई पूर्ण सफलताको कामना सहित सुभकामना !
यो प्रोग्राम एकदम राम्रो छ / मैले पनि थुप्रै वर्ष teaching गरिसकेको हु / यो profession अरु भन्दा एकदम राम्रो छ / students माया नै एसको सम्पत्ति हो / तेसैले म पनि सबैलाई आवहान garchu /
बले
I tried to apply but the application clearly says that it’s 2 years commitment. Had it been for 6 months, I wouldn’t have hesitated. 2 years is a very long time commitment for me.
असाध्यै राम्रो उदेश्य हो, साथीहरु सम्भव भएसम्म कोशिस गरौँ !
महत्वाकंछी तर सकारात्मक सहि सुरुवात
सबैले सहयोग गरौ,
परिवर्तन निश्चित छ!!!
It is good for social change and better to know our p roblem in education field but after i aspect that after 2 years they work for long time.
उमेशजी, साह्रै राम्रो कुरा गर्नुभो! सरकारले ‘बीपीको गाउँ फर्क’ जस्तो आफ्नै देश फर्क अभियान ल्याउन सके नेपाल बनाउन धेरै समय लाग्थेन….म त अवश्य नेपाल फर्कन्छु, हेरौ अरुलाई कस्तो लाग्ने हो!
हा हा हा, म पनि आएको १६ वर्ष भएछ | ६-७ पटक जति फर्की पनि सके | अब फेरी फर्कन्छु — ४० जति vacation जम्मा हुने बितिकै फेरी फर्कन्छु | तर घुम्न को लागि | साथी पहिले फर्कनु पर्यो अनि यी गफ सुहाउछ | कतै FBI पछि त लागेको छैन साथीको ?