Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

रातोपुलमा दिउँसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन

Posted on May 15, 2013 by Salokya

माथिको फोटो गुगल अर्थबाट लिइएको हो। यसमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३३, रातोपुल क्षेत्र देखिन्छ। यो फोटोमा देखिन्छ त्यहाँ कति घनाबस्ती रहेको छ। सोमबार दिउँसो त्यहाँ एउटा ठूलै घटना भयो। के तपाईँले थाहा पाउनु भयो ? यत्रा विधि न्युज च्यानल, यत्रा विधि पत्रिका, यति धेरै एफएमहरु छन्। राजधानीको घना बस्तीमा भएको यो घटनाबारे मैले भोलिपल्ट… Continue reading

लोकमानविरुद्ध परेको मुद्दा यस्तो छ

Posted on May 14, 2013May 14, 2013 by mysansar

मिति २०७०।१।१६ को संयुक्त इजलासको आदेशमा संविधानको धारा ११९(५) तथा ऐनको दफा ५ मा उल्लेख भए अनुरुप अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त हुने व्यक्तिको उच्च नैतिक चरित्र कायम भएको हुनुपर्ने र निजको सामाजिक प्रतिष्ठा, निजको इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गर्नु पर्ने भनी सिफारिस गर्ने निकाय संवैधानिक… Continue reading

कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको

Posted on May 14, 2013May 14, 2013 by Salokya

पत्रकार विजयकुमार पाण्डेले आफ्नो शनिबारे साप्ताहिक स्तम्भमा लेखेको एउटा लेखले अदालतको मानहानी गरेको भन्दै कान्तिपुरका सम्पादक, प्रकाशक, निर्देशक र स्वय‌ं लेखक गरी चार जनाविरुद्ध मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। जुन लेखको विरुद्ध मुद्दा परेको छ, त्यो पढ्ने हो भने त्यहाँ त्यसरी मुद्दै हाल्नु पर्ने गरी केही लेखिएको देखिन्न। मुद्दा दर्ताको समाचार फैलिएसँगै मुद्दा हाल्ने… Continue reading

लोकमानविरुद्ध दुवै बन्द असफल

Posted on May 12, 2013May 12, 2013 by Salokya

लोकमानसिंह कार्की जति खुशी अहिले कोही पनि छैनन् होला। आफूलाई देशको नम्बर वन भन्ने मिडियादेखि सोसल मिडियासम्म अनि नागरिक समाजका नम्बर वन नेताहरुले धुँवाधार विरोध गरे पनि अन्ततः उनले अख्तियार प्रमुखको नियुक्ति पाइहाले। त्यसको विरोधमा नेपाल बन्द गर्न भनी लागिपरेकाहरु समेत बन्द फिर्ता लिन बाध्य हुनपुगे। पुर्पुरोमा लेख्यो भन्दै डोकोमा दूध अड्दैन भन्ने उखानसमेत परिमार्जन… Continue reading

बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !

Posted on May 8, 2013May 9, 2013 by Salokya

संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने… Continue reading

रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम

Posted on May 8, 2013May 8, 2013 by Salokya

जतिसुकै विरोधका आवाज उठे पनि अख्तियार जस्तो विवादमा पर्नै नहुने भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक अंगका प्रमुखका रुपमा लोकमानसिंह कार्कीले शपथ लिएका छन् आज बिहान। लोकमानसिंह कार्कीले अख्तियार प्रमुखका रुपमा शपथ मात्रै खाएनन्, सदस्यका रुपमा केशव बराललाई समेत शपथ खुवाए आज। पूर्व एआइजी बराललाई माधव नेपाल सरकारले नियुक्त गरेको थियो। तर प्रमुख आयुक्त नभएपछि अदालतले आदेश… Continue reading

अब जागिर माग्न पनि हाइवे जाम

Posted on May 7, 2013May 7, 2013 by Salokya

गएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको छ, केही घण्टाका लागि… Continue reading

लोकमान सिंह कार्की अख्तियार प्रमुख

Posted on May 5, 2013May 5, 2013 by Salokya

अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन खिलराज रेग्मीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिश गरेको छ। संवैधानिक नियुक्तिको माओवादीको कोटामा रहेको यो भागमा प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन्। बीचमा दलहरुबीच नै विवाद आए पनि, एमालेले लोकमान नमान्ने भने पनि, सुशील कोइरालाले… Continue reading

कल्चरल फ्युजन र कन्फ्युजन

Posted on May 1, 2013May 2, 2013 by Salokya

१५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्‍यो, त्यही… Continue reading

सगरमाथामा ‘फाइट’

Posted on April 28, 2013 by mysansar

अहिले सगरमाथा चुचुरोमा जान हाम्री एक हिरोइन र हिरो तल्लीन छन्। ‘भिलेन’ गएका छैनन्। तर पनि पछिल्लो पटक आएको समाचारमा त सगरमाथामा ‘फाइट’ पो भएको भन्छ त। सगरमाथामा फाइट ? सुन्दा अचम्म लाग्छ। तर साँच्चै यस्तो भएको भन्छ हिमालीसन्चार। क-कसको फाइट पर्‍या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र… Continue reading

अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !

Posted on April 26, 2013April 26, 2013 by Salokya

यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्‍यौँ। सगरमाथामा राख्‍न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका… Continue reading

राष्ट्रपति रामवरण यादवबारे गजबको किताब

Posted on April 26, 2013April 26, 2013 by mysansar

-राजु महर्जन- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबारे वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पुस्तकबारे ब्लग पाठकमाझ निकै ‘हिट’ भएपछि यो ब्लगको विषय जुटेको हो। उनै महोदयले करिब डेढ बर्षअघि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि जीवनी लेखेका थिए। मैले Dr. Ram Baran Yadav: An Illustrious President शीर्षकको त्यो किताब पढेको छु र… Continue reading

निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने

Posted on April 24, 2013April 24, 2013 by Salokya

सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्‌धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको)… Continue reading

नायिका निशा कसरी ठगिइन्? जुनिताको खुलासा- सगरमाथा आरोहणमा यसरी हुँदो रहेछ ठगी

Posted on April 22, 2013April 23, 2013 by Salokya

नायिका निशा अधिकारीले काठमाडौँमा पत्रकार सम्मेलनै गरेर सगरमाथा आरोहण गर्ने जानकारी दिँदै त्यता लागिन्। त्यसो त उति नाम नसुनिएका नायक अर्जुन कार्की पनि सगरमाथा चढ्ने भन्दै उनीभन्दा अगाडि नै त्यता लागेका थिए। तर नाम र ग्ल्यामर अनि विजयकुमारको शब्दमा ‘भूँइतले बैँक’को कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गतको सहयोग समेत पाएका कारण निशाको चर्चा ज्यादा थियो। हिजो अचानक… Continue reading

आफ्नै बाइक/गाडीले ट्रायल दिन नपाइने

Posted on April 21, 2013April 22, 2013 by Salokya

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ। क्रान्तिकारी परिवर्तन भन्दा हुन्छ। मोटरसाइकल, स्कूटरको लाइसेन्स लिनलाई पहिला नागबेली आकारमा पाँच वटा डण्डी घुमाउनु पर्थ्यो। कुन चाहिँ विद्वानको बुद्धि हो कुन्नि, त्यस्तो नागबेली बाटो वास्तविक जीवनमा कहाँ हुन्छ कुन्नि- वर्षौँदेखि यस्तै ट्रायल हुँदै आउँदै थियो। त्यस्तो बाटो… Continue reading

यो वर्ष पनि खप्पर योग, नसोचेको घटना हुन्छ रे

Posted on April 17, 2013April 18, 2013 by mysansar

हाम्रा ज्योतिषहरुले वैशाख–जेठ–असार महिनामा चतुर्ग्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको बताएका छन्। नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्ने सङ्केत देखिन्छ रे। डराउनु भयो कि के हो ? नडराउनुस् ! हुने कुरा भइहाल्छ। गत वर्ष पनि यस्तै खप्परयोग परेको थियो। पोहोरको ब्लगमा पढ्नुभएको होला ज्योतिषहरुले खप्परयोगकै कारण संविधान नबनेकोसमेत भन्न भ्याएका थिए।… Continue reading

१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा

Posted on April 13, 2013April 20, 2013 by Salokya

एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैन। यो सामान्य हो। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरु माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै… Continue reading

कुवेत प्रहरीको हिरासतमा फेरि दुई नेपाली महिला

Posted on April 12, 2013April 12, 2013 by mysansar

कुवेतमा फेरि दुई नेपाली युवती प्रहरी हिरासतमा परेका छन्। दुवैलाई अनैतिक काम गरेको अभियोग लागेको छ। दुवै घरेलु कामदारका रुपमा कुवेतमा आएकी रहिछिन्। पहिलो घटनामा एक २३ वर्षकी युवती परेकी छिन्। त्यसो त अहिले ३० वर्ष नपुगी खाडी मुलुकमा काम गर्न जान दिइँदैन। तर पहिले गएकाहरुहरुको हकमा यो लागू हुँदैन। नाम नखुलाइएकी ती नेपाली चेलीलाई… Continue reading

एमाले सबभन्दा ठूलो दल बन्ने अमेरिकी अनुमान

Posted on April 10, 2013 by mysansar

चुनाव हुने कहिले-कहिले, ठूलो दल बन्छौँ भन्ने भाषण अहिले! एमाओवादीदेखि कांग्रेस र एमालेसम्मका नेताहरुले अब हामी नै ठूलो दल बन्छौँ भनेर भाषण ठोकिसके। चुनावको मिति भने अहिलेसम्म पनि घोषणा हुन सकेको छैन। वास्तवमा चुनाव नभएसम्म कुन दल ठूलो हुन्छ भनेर अनुमान लगाउन गाह्रो हुनेछ। अनुमान लगाउनेहरुको अनुमान कसरी फेल खाँदो रहेछ भन्ने प्रमाण हामीले पहिलेको… Continue reading

भारतको युरेनियम चोरेर अमेरिकालाई बेच्ने नेपाली !

Posted on April 9, 2013 by Salokya

लन्डनस्थित इक्वेडरको दूतावासको कोठामा झण्डै नजरबन्दको अवस्थामा रहे पनि जुलियन असान्जको विकिलिक्सले हिजो नयाँ अमेरिकी दस्तावेज सार्वजनिक गरेको छ। किसिङ्गरको पालाको अर्थात् सन् १९७० को दशकतिरको दस्तावेज भएकोले यसलाई किसिङ्गर केबल्स भनिएको छ। १७ लाख डकुमेन्ट समावेश भएको यी केबलहरुलाई अमेरिकाको कुटनीति बुझ्ने सार्वजनिक पुस्तकालयको रुपमा पनि व्याख्या गरिएको छ। त्यतिबेला नेपालमा पञ्चायत काल थियो,… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 159
  • 160
  • 161
  • 162
  • 163
  • 164
  • 165
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme