Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ऋण नतिर्ने ‘डन’को नाम छापियो पत्रिकामा

Posted on December 19, 2012December 19, 2012 by Salokya


गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात भनिने उनको पार्टीका केन्द्रीय सदस्य गणेश लामाको नाम आज एउटा बैँकले ऋण नतिरेको भन्दै धितो लिलाम गर्ने १५ दिने सूचना निकालेको छ। एक अर्बभन्दा बढी सम्पति भएको अनुमान गरिएका लामाले बैँकको ऋण नतिरेको यो पहिलो पटक भने हैन। लामालाई कर्जा सूचना केन्द्रले ०६८ चैत २१ गते र ०६९ साल असोज १६ गते गरी दुईपटक विभिन्न वित्तीय संस्था तथा बैकको ऋण नतिरेकोमा कालोसूचीमा राखिसकेको छ।

कालो सूचिमा परेका व्यक्ति र ऊ सञ्चालक भएको स‌ंस्थाले सरकारी ठेक्कापट्टामा भाग लिन नपाउने भए पनि उनको कन्स्ट्रक्सन कम्पनीले मैतीदेवी मोडदेखि रातोपुलसम्मको करिब एक करोड २९ लाख रुपैयाँ लागतको सडक बनाउने ठेक्का पाएको थियो। तर त्यो सडक समयमा पूरा नभएको भन्दै आलोचना भइरहेको छ।

सनराइज बैँकले आज पत्रिकामा निकालेको सूचनामा १५ दिनभित्र धितोको लिलामका लागि शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ। धितोको रुपमा बैँककै नाममा एक्साभेटर रहेछ।


एक्साभेटर निर्माण कम्पनीहरुलाई नभई नहुने उपकरण हो। तर ‘डन’को कम्पनीको एक्साभेटर लिलामीमा कसले किन्ने होला ? कसैले नकिने के होला त ? सूचनामा कसैले नकिने ब‍ैँकले नै कानुन बमोजिम सकार गरी लिनसक्ने भनिएको छ।


16 thoughts on “ऋण नतिर्ने ‘डन’को नाम छापियो पत्रिकामा”

  1. Pingback: पाँच ‘डन’- फँस्लान् कि बच्लान् ? « Mysansar
  2. prabesh says:
    December 25, 2012 at 11:46 pm

    दाम पनि हातमा नाम पनि देशमा कति राम्रो काम गरेछ धन्ने बाद दिनु पर्छ यस्ता बीर पुरुष हरुलाई …………….

    Reply
  3. Lohani Indra says:
    December 20, 2012 at 6:50 pm

    त्यस्तो झिलिमिली स्टार मल त लिलाम बोलेको दुइ हिउँद बित्न लाग्दा पनि कैले आँखा लाइरछैन ! यो भ्यागुते त कसले भिर्ला र खोइ.

    Reply
  4. bibek dhakal says:
    December 20, 2012 at 5:01 pm

    कालोसूचीमा राखेर के काम ? इज्जत भाको मान्छे भएपो इज्जत जाने डर हुन्छ . त्यो एक्स्क्याभेटर उस्तै परे गच्छेदार ले किन्देलान. १५ दिने कालोसूची मा हैन कारागारको कालो कोठामा १५ बर्ष जाके मात्र केहि होला !

    Reply
  5. Amrit Lama says:
    December 20, 2012 at 11:17 am

    हाम्रो लागी यो बैंक डुबेकै राम्रो हो किन भने हिजो मात्र पढेको थिए mysansar मा जाबो खाता खोल्लना लै त येत्रो झन्झट बनायो बैंक ले यो बैंक हामी साधारण सोझो ब्येक्ति को लागी होइन Done हरु को लागी हो |
    भाको पैसा जति अब सबै बिदेशी बैंक मा हाहाह….. अब केहि वर्षा पछि बैंक मा पैसा होइन कर्मचारी मात्र हुनेछन अनि घर घर मा आउने छन् पैसा राखनुश बैंकमा हामी हाम्रो बैंक को ७ पुस्ते दस्ताबेज देखाऊछउ भन्दा नि पैसा पाइन्दैन,
    पैसा भाका जति विदेश पलाएन गरिब को घर मा एक छाक खान हात मुख जोड्न गाह्रो अनि अनि उभो लागि हाल्यो नि हाम्रो देश नेपाल |

    Reply
  6. junu reey says:
    December 20, 2012 at 10:45 am

    हो यस्ता डन हरुलाई सबैले सम्मान गरे र छिटो बिसुवास गरेर सहकारीहरुले ऋण दियको नतिजा हो यो अब इमान्दार र गरिब किसन हरुलाई ऋण दिन डराउछन् अब अस्त डनहरुलैता अहिने भनो अहिले भोलि भोनो भोलि पाउछन अनि यसको नतिजा यस्तै हुन्छ अब हामी गरिब गुर्बलाई केहि ऋण दिनु परेमा संसार सारा कागज गर्नु पर्छ यस्ता डनलाइ केहि पर्दैन ५,६ लाककोलागी अनि अहिले समय बितेपछि मोसवनटेडमा राखेर क फाइदा झन् राम्रो सम्झनुसत् झन् आफ्नै धरै खर्च हुन्छ त्यसैले हाम्रो नेपाल गरिब को ठाउहो यो पैसा को धरै लोब गर्ने हरुको यो नेपाल मा कहिले भलो हुन्दैन त्यसैले हाम्रो गरिब देशमा गरिब पर्तिनै बिसुवास गर्नु सिकनुपर्छ तेसो गरेमा हाम्रो देस थोरै भयपनी माथि जान्छ र हामी सबैको भलो हुन्छ उनिहरुलेनी रोजगार पौछन कुनै आर्थिक को कमि हुन्दैन र चोर डाका पनि बिस्तारो हट्दै जान्छा होलाकी जस्तो लाग्छ मलाई तर यो देशमा सबैले यस्तै चल्छ भन्दै सबैले लताछाड़ेर यस्तै गरिरयो भने अबसे हाम्रो नेपाल लाई नेपाल हैन चोर देस र डोनको देस भने र चिनिने छ त्यसैले हानी सम्पूर्ण नेपाली भनेको गरिबको सन्तान हो हामी जहाँ गया पनि काम नगरिकन खान पाइन्दैन त्येसैले हामी सबै धनीलाई भन्दा गरिबलाई बिसुवास गर्नु सिक्नु पर्छ अनि हाम्रो देस पनि सबै समसे बाट बिस्तारो संग थोरै भय पनि मुक्ति पाउछ र गरिबी अनि डन चोर डाका पनि हट्छ भने हाम्लाई पनि लाइ रहेछ नेपाली हजुर हो //

    Reply
  7. मन says:
    December 20, 2012 at 8:24 am

    त्यो एक्स्काभेटर हाम्रो बिग्रदो राजनीतिमा पनि चलाउन पर्ने समय आएको छ| हाम्रो असमान आर्थिक अवस्थामा पनि चलाउन आवश्यक छ| हाम्रा कुरिती र कुसंस्कारमा चलाउन परेको छ|

    Reply
    1. mahesh says:
      December 20, 2012 at 2:22 pm

      अपराध निर्मुल गर्ने हो भने डन हरु का मालिक

      १) केपी ओली: महेश बस्नेत, परशुराम, रमेश बाहुन, दिनेश चरी, साजन महर्जन, प्रकाश सुबेदी (चमेरे ग्रुप, चितवन) जस्ता गुण्डा हरु को आदर्स व्यक्ति र संग्रक्षण कर्ता
      २) प्रदिप नेपाल: चक्रे मिलन, टेण्डी शेर्पा को गुरु
      ३) नर्सिङ्ग केसी हरु ( अर्जुन नर्सिङ्ग, बद्रि नर्सिङ्ग केसी): गुण्डा कुमार घैते को नेता र संग्रक्षण कर्ता
      ४) शंकर भण्डारी( खुम बहादुर को उत्तराधिकारी): ललितपुरे गुण्ड मिन कृष्ण महर्जन, कमीले ग्रुप चितवन को गुरु र संग्रक्षण कर्ता
      ४) गच्छेदार: गणेश लामा लगाएत का गुण्डा को संग्रक्षण कर्ता र भ्रस्टचार को पर्याबची
      ५) शालिकराम जमरकट्टेल: मजदूर संगठन को गुण्डा को गुरु
      आदि लाइ सख्त कारबाही वा इन काउन्टर गरिदिनु पर्दछ अनि गुण्ड गर्दी को मात्रा ९०% आफै साफ हुन्छ.

      Reply
  8. SURENDRA SUBEDI hongkong says:
    December 20, 2012 at 7:18 am

    नेपाल देस का नेता हरु नै डन अनि उनि हरु का आउरे,भौरे तेतिकै डन हुने कसले छुने तिन लाई?गयो ,डुबो बैंक अब लिलामी कसले सकार्ने हो ?लु हेरौ त?

    Reply
  9. yash says:
    December 20, 2012 at 5:47 am

    ”कालो सूचिमा परेका व्यक्ति र ऊ सञ्चालक भएको स‌ंस्थाले सरकारी ठेक्कापट्टामा भाग लिन नपाउने भए पनि उनको कन्स्ट्रक्सन कम्पनीले मैतीदेवी मोडदेखि रातोपुलसम्मको करिब एक करोड २९ लाख रुपैयाँ लागतको सडक बनाउने ठेक्का पाएको थियो। तर त्यो सडक समयमा पूरा नभएको भन्दै आलोचना भइरहेको छ।”
    बिचरा कानुन !! यो भन्दा कानुनको खिल्ली अरु के होला ? |

    Reply
  10. Ekraj says:
    December 20, 2012 at 4:47 am

    कुनै पनि बिख ब्रीक्ष्यको एउटा फल टिपेर फाल्नुको सत्ता रुखै काटेर नाफलिंजेल केहिहुनिवाला छैन| यो कानुनको उपहास गर्ने काम बन्द गर्नु पर्यो|
    गच्छेदार जस्ता डन का बाउलाई कहिले कारबाई हुनेहो?
    फेरी अर्को सरकारमा मन्त्रि खान्छु भन्छ, देशै खाई सक्यो|
    एकजना साथीले भने जस्तै यी संगीयेताभएमा राजा बन्ने लाम मा बसेका लाई के कारबाई हुने हो हेर्दै जाऊ|
    नेपालमा एकपछि अर्को काण्ड हुञ्छ, मेडियाले नया मसला फेला पार्छ, कारबाईनै नभई पुरानो भएर हरौछा| येस्तैहो हो नेपालको दैनिकी|

    Reply
  11. हरि अधिकारी says:
    December 20, 2012 at 12:19 am

    भविष्य को गृहय मन्त्रि हुने मान्छे को पनि लिलाम हुन्छ कहिँ नपाएर …

    Reply
  12. shivaraj khadka says:
    December 19, 2012 at 10:37 pm

    नेपालमा डनहरुलाई कसले छुन सक्ने न प्रहरी प्रशासनले न इन्टरपोलले नै । हेर्दै जानुस देश चलाउने नै अब गणेश लामाहरु जस्ता पाँच सात जनाले नै हो । ढुक्क भए हुन्छ । हरेक दलका पछाडि अब उनीहरु जस्तै अपराधीहरुको हात हुनेछ । देखिने नेता एउटा काम लाउने र लिने यिनीहरु नै हुनेछन । संघीयता भए त झन यिनीहरु त प्रान्तिय मुख्यमन्त्रि बनाउने र गिराउने मुख्य पात्र नै हुनेछन । नपत्याए हेर्दै जानुहोला । अब देश नेताले होइन डनहरुको हातमा हुनेछ । डनका पछि पछि नेता हुृनेछन । जुन राज्यको लागि खतराको सूचक हो । अनि बैंकले यस्ता शक्तिशालिहरुबाट आफ्नो ऋण कसरी असुल्ला खै मलाई त विश्वास लागेन है साथि हो । अब हामी पनि दल र नेता होइन एउटा डनको पछाडि पो लाग्नुपर्ने अवस्था आयो त ।

    Reply
    1. samir says:
      December 20, 2012 at 8:04 pm

      शिव राज जी येस्मा संघियताको कुरा लै कसरि जोड्न सकिन्छा क एकात्मक ससंप्रनाली हुदा चै यिनी हरु को चलखेल भैराखेको छैन र???? क हिजो राजतन्त्र हुदा चै के रामराज्य नै थियो र अनि आज केन्द्रिय सासन प्रणाली हुदा राम राज्य नै छ अनि भोलि संघियता हुदा वा नहुदा चै राम राज्य नै हुने हो र ?????तपाइलाई मेरो प्रस्न/
      मलाई त राष्ट्रिय संस्कार कसरी निर्माण गर्ने भन्ने समस्या नै अलि ठुलो हो कि जस्तो लग्छ,हैन र ?

      Reply
  13. सुभाष सिद्धि उदास says:
    December 19, 2012 at 10:11 pm

    सनराइजको सद्बुद्धि उदाओस ; रकम असुल गर्ने अकल पलाओस /
    लामाले इज्जतको ख्याल हैन खयाल राखोस ; आफ्नो जमान कायम राखोस //

    Reply
  14. kedar says:
    December 19, 2012 at 8:00 pm

    घोगै नलाग्ने देशमा कती हुन् यी राता मकै / यो भन्दा गति छाडा कानुनको बिजोक के पो हुन् सक्ला र / एसले जती कानुनलाइ धोति कसले लगायो होला र ? अझ गृह मन्त्रीकै बडीगार्ड तेस्माथी /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme