Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिमाग त लगाएकै हो, तर गलत ठाउँमा पर्‍यो पासा !

Posted on December 28, 2012December 28, 2012 by Salokya

पुस ६ गते शुक्रबार साँझ ६ बजे दाङको तुलसीपुरस्थित बैँक अफ काठमाडौँ लुटिएको खबर आयो। कति सजिलै बैँक लुटेको! खबर सुन्दै शंका गरेका थिए कतिले। घटना विवरण पूरै फिल्मी शैलिको थियो। तीन जना मान्छे इभनिङ काउन्टर चलिराको बेला पैसा जम्मा गर्ने भन्दै पसेका थिए। हुन त बैँकमा सुरक्षा गार्ड पनि हुन्छन्। उनीहरुले मेटल डिटेक्टर जस्तो देखिने चिज नि बोकेका हुन्छन्। तर कहीँ पनि त्यसले सिरियसली जाँचेको देखिन्न। यहाँ काठमाडौँका एक जना गार्डले त एक पटक मलाई भनेका थिए- यो त देखाउने मेलो मात्रै हो। यी यो बटन थिच्यो भने त्यसै टुँइ कराउँछ। सबतिर त्यस्तै हो कि उसले देखाएको मात्र त्यस्तो हो, त्यो त थाहा भएन। खैर तुलसिपुरको त्यो बैँकमा पनि उनीहरु छिर्दा पक्कै चेक त गरे होलान्। तर पनि ती तीन जनाले पेस्तोल देखाएर क्यासियर, मेनेजर र सुरक्षा गार्ड समेतलाई नियन्त्रणमा लिए। अनि बैँकको भल्टमा भएको सबै रकम लुटेर फरार भए। पछि प्रहरी अनुसन्धानमा पो थाहा भयो, उनीहरुले प्रयोग गरेको पेस्तोल त महाबौद्धको खासा बजारमा किनेको चाइनिज प्लास्टिकको पेस्तोल पो रैछ। मोराहरुले दिमाग त लगाएकै हुन्, तर गलत ठाउँमा। अहिले सब प्रहरी हिरासतमा चीसो खोरमा कोचिएका छन्।

६ गते बैँक लुटिएको थियो। त्यसको चार दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैँककै अप्रेसन म्यानेजर खगेन्द्र बस्नेतलाई पक्राउ गर्‍यो। उनको बयानको आधारमा बैँक लुटी फरार भएका तीन जनालाई पनि दुई दिनपछि पक्राउ गर्‍यो।

खासमा यो बैँक लुट्ने योजनाका मुख्य योजनाकार उनै बैँकका अपरेसन म्यानेजर खगेन्द्र बस्नेत नै रहेछन्। बैँकको पैसा विभिन्न समयमा हिनामिना गरेका रैछन्। त्यही रकम ढाकछोप गर्न दुई महिनाअगाडिदेखि बैँक लुट्ने योजना बनाएका रहेछन्। प्रहरी अनुसन्धानले यो अनौठो बैँक डकैतीको पूरा कथा खुलेको छ। हेरौँ के के भएको रहेछ –

 योजना कार्यान्वयनको लागी काठमाण्डौंमा अध्ययनरत सुशिल रोकायामार्फत अपराधिक समुहको खोजी गरे खगेन्द्र बस्नेतले।
 अपराधिक समुहको छनोट पश्चात योजना कार्यान्वयनको छलफलको लागि २०६९/०८/२९ गते शुक्रबार खगेन्द्र बस्नेत दाङबाट काठमाण्डौं आए।
 मंसिर ३० गते शनिबार बिहान १० बजे समुहका सदस्यहरु प्रकाश परियार, सुशिल रोकाया, प्रेम तामाङ र मिनुर तामाङसँग चक्रपथ भाटभटेनीबाट गाडीमा सँगै लिएर नयाँ बानेश्वरस्थित रातो भाले रेस्टुरेण्टमा गई खाना खाएपश्चात् दक्षिणकालीसम्म गएर गाडिमा नै योजना सम्बन्धमा बिस्तृत छलफल गरे।
 बेलुका अं. ५ बजे अन्य सदस्यहरुलाई सुन्धारामा छोडी सोही राती अं. ९ बजे काठमाण्डौंबाट दाङ फर्किए बस्नेत।
 पुस १ गते आइतबार सुशिल लगायतले योजना कार्यान्वयनको लागी भृकुटीमण्डपबाट झोला र ज्याकेट तथा महाबौद्धबाट २ वटा प्लाष्टिकको पेस्तोल किने।
 सोही साँझ बस चढेर ४ जना दाङ घोराही गएर घोराही स्थित Anjila Hotel मा बास बसे।
 पुस ३ गते मंगलबार खगेन्द्र बस्नेतले बिहान ८ बजे होटलमा गएर योजना सम्बन्धि ब्रिफिङ पश्चात बैंकको जानकारी लिनको लागी दिउँसोको १४:४५ बजे बैंकमा आउन जानकारी गराए।
 दिउँसो ३ बजेतिर बैंकमा प्रेम र प्रकाश प्रवेश गरी बैंकको अवलोकन पश्चात् बैकल्पिक मार्गबाट निस्कने बाटो हेरी पुन: होटलमा फर्किए।
 योजना अनुसार पुस ४ गते बुधबार बेलुकी ५:४० बजे बैंकमा प्रबेश गर्नु पुर्व बैंकमा कार्यरत Security Guard लाई ज्याकेट वितरण गर्ने कार्यक्रम रहेकोले अन्य Branch Guard हरु समेत जम्मा भएकोले खगेन्द्र बस्नेत तल झरेर उक्त दिनको बैंक लुट्ने योजना रद्द गरेको जानकारी गराएको र पुन: शुक्रबार गर्ने योजना बनाएको।
 कार्यक्रम स्थगित भए पश्चात सोही दिन बेलुका सुशिल र प्रेम काठमाण्डौं फर्केको ।
 बिहिबार पुन: सुशिल र प्रेम दाङको लागि प्रस्थान गरेको ।
 घटना पश्चात लुटिएको रकम सुरक्षित स्थानसम्म पुर्‍याउनको लागि तिर्थराज शर्माको बा ७ च ३६८५ नं.को रातो बोलेरो जिप लिएको।
 योजना मुताबिक मिति पुस ६ गते शुक्रबार दिउँसो १ बजेतिर ४ जनाको समुह घोराहीबाट तुलसिपुर प्रस्थान गरेको ।
 अन्दाजी १५:१५ बजेको समयमा १००, ५०, २० र १० दरका अं. २०-२५ हजार चानचुन पैसा खगेन्द्र बस्नेतले बसपार्कमा पुगेर सुशिललाई हस्तान्तरण गरेको।
 घटनापश्चात् भाग्नको लागि २ वटा तुलसीपुरबाट र २ वटा घोराहीबाट बसको टिकट खरिद गरेको।
 अं. १७:४० बजे IMEI बाट पैसा पठाउनको लागि मिनुर र Deposit गर्नको लागी प्रेम र प्रकाश बैंकमा प्रबेश गरेको ।
 अं. १८:०५ मा पेस्तोल झिकी बैंक मेनेजर ऋषि श्रेष्ठ, सुरक्षा गार्ड प्रेम नेपाली तथा क्यासियर लाई नियन्त्रणमा लिई भल्ट कोठामा प्रवेश गरेको ।
 मेनेजर तथा गार्डलाई घोप्टो पारेर हात बाँधी राखेको तथा क्यासियरले भल्ट बाट पैसा निकालेर एउटा ठूलो झोलामा राखी दिएको ।
 अं. १८:१० मा प्रकाश परियारले पैसा लिएर बैंक बाट बाहीर निस्की आलु मण्डी नजिक रहेको बा ७ च ३६८५ नं. को जीपमा बसेर कपडाको बदली केही पर खाली चौरमा झरेको ।
 प्रकाश परियारले उक्त झोलाबाट अं. एक लाख पचार हजार जति पैसा निकालेर लिएको।
 जिप चालक अमर बोहराले उक्त पैसा भएको झोला आफ्नो कोठामा राखी पुन: जीप बैंक अगाडिनै पार्किङ गरी राखेको ।
 घटना पश्चात झोला र नक्कली पेस्तोल केही पर नालीमा फालेर ४ जना बस पार्कमा पुगी लोकल बसमा चढी घोराही तर्फ गएको ।
 घोराहीबाट सुशिल र मिनुर तामाङ एउटा बसमा तथा प्रकास परियार र प्रेम तामाङ अर्को बसमा चढी काठमाण्डौं तर्फ आएकोमा प्रकाश परियार मुङलिङमा उत्रिई आफ्नो गाँउ गोरखा पालुङटार-४ बटडाँडामा गई हजुर आमालाई पचास हजार दिई भोलिपल्ट काठमाण्डौं फर्कने क्रममा डुम्रेबाट कामना बिकास बैंक मार्फत आफ्नो बुबालाई रु. ६०,२५०।- बैंक ट्रान्सफर गरी काठमाण्डौं आएको।
 पुस ९ गते अमर बोहोराको कोठाबाट ८६ लाख ७९ हजार रकम बरामद भएको ।

घटनामा संलग्न सबै २० देखि ३० वर्ष उमेर समूहका छन्।


25 thoughts on “दिमाग त लगाएकै हो, तर गलत ठाउँमा पर्‍यो पासा !”

  1. Bikash says:
    January 6, 2013 at 6:19 am

    Well done, SP Lokendra Malla sir.

    Reply
  2. Tanka says:
    December 30, 2012 at 2:37 pm

    सबैले लुट फिल्मको जस्तो अन्त चाहन्छन … हेहेहेहे हासो लाग्यो..

    Reply
  3. Pawan lamichhane says:
    December 29, 2012 at 7:23 pm

    nepalies police is world best police ..

    Reply
  4. Ram says:
    December 29, 2012 at 12:30 pm

    मान्छे हेर्दै सबै चोर जस्तो छन काम किन तेस्तो नगरोस

    Reply
  5. Shailendra Dhakal,kathmandu says:
    December 29, 2012 at 4:22 am

    नेपाली पुलिसको यो सकारात्मक अनि सफल प्रयासलाई खुलेर प्रसंशा गरिनु पर्दछ.प्रोत्साहन स्वोरुप पुरस्कृत पनि गरिनु पर्दछ.नेपाली इतिहासमा धेरै हत्यारा अनि लुटेरालाई कम समयमै समातेर नेपाली पुलिसहरुले आफ्नो क्षमता पहिले पनि देखाई सकेका छन्.

    Reply
  6. Rabin Lama says:
    December 28, 2012 at 10:20 pm

    हाकुचाको अइडिया लगाको जस्तो छ फेल भए मोराहरू । हाकुले दिमाग लगाको सिनेमामा अरूलार्इ फसाएर अफूले चाँही मोज गरेको थियो । यसमा चाँही मूख्य योजनाकार हाकुसमेत फसेको छ । अलिकता मात्रै फरक हो ।

    Reply
  7. Janak says:
    December 28, 2012 at 9:19 pm

    बजिया खडेरीहरु

    Reply
  8. Bishnu says:
    December 28, 2012 at 8:49 pm

    keep going ahead you will succeed.What ever the leader teach you.

    Reply
  9. Sundip says:
    December 28, 2012 at 8:46 pm

    होइन प्रहरीले कसरि समातेचन येति चाडो?

    Reply
    1. Naresh says:
      December 29, 2012 at 9:25 pm

      यो राजनीतिक मा संलग्न न-भएका गुन्डा रहेछन, तेसैले समातिएका | धान्नै नसक्ने किसिमको संस्कृति को बिकाश हुनु र लोभ मा परेर गलत काम गर्न उक्सेका केटाहरु

      Reply
  10. Bala Ram Thapa says:
    December 28, 2012 at 7:56 pm

    बैंक को अपरेसन इन्चार्ज नै डाँका भएपछी कसको के लाग्दो रहेछ र ! जे होस् फटाहा बैंकिंग डाँकाहरु समएमै जेलको चक्की पिस्सिन पुगेछन खुसि लग्यो | यस्ता डाँका हरुलॆ कदासे कडा सजाय पाउन ,ता कि अरुले यस्तो हर्कत गर्ने प्रयास ;नगरुन |

    Reply
  11. Sonam Sherpa says:
    December 28, 2012 at 5:12 pm

    चाडै दुख नगरी धनि हुन् खोज्दा यस्तै हुन्छ अब जेलको चिसो खाएर बस. काम गर्नु लाज लाग्ने छोरि लुटि खानेलाई राम्रो सबक सिकाएको छ यस्ता कुकार्यलाई हतोत्साहित गर्नु पर्छ अनि देश लुट्ने लाइ पनि छाड्नु हुन्. बैक लुट्ने युवा देश लुट्ने बुढालाई संगै राख्नु पर्छ.

    Reply
  12. SURENDRA SUBEDI hongkong says:
    December 28, 2012 at 4:03 pm

    कलिलो उमेर मै जेल को हावा खाने परे छन् पासा हरु ले/यो सब विकृत राजनीति र बेरोजगारी को परिणाम हो/जिन्दगी नेता हरु को मात्र सुखमय छ नेपाल मा र सबै लाई त्यो जिन्दगी बाड्न न सकेको ले चोरी चकारी,डाका त बढ्ने नै भो नि ?कि कसो पासा????

    Reply
  13. तुयु भाजु उदाय says:
    December 28, 2012 at 3:46 pm

    जुवा -तास को आदत तेसै पनि खराब हुन्. तर तिहार मा एकचोटी रहर गर्नु सह्य होलान. तर यो बाह्रै महिना चल्ने ‘क्यासिनो’ त अति नै भयंकर रोगको मुहान भन्दा फरक पर्दैन . यो डकैति काण्डको जरालाइ खोतल्ने हो भने त्यस बैंक को खजांची लाइ यसको भयंकर लत परेको बुझिन्छ . तसर्थ , ‘क्यसिनो’ नामक आगोलाइ नेपाली समाजबाट संधैको लागि बिदा गराउन सबैले पहल गर्नु आजको प्रमुख आवस्यकता ठहरिन्छ.

    Reply
  14. कबीर थापा says:
    December 28, 2012 at 2:49 pm

    बज्जेहरुले “लूट” फिल्म अधुरो हेरेछन कि क्या हो ! माम् पाखा: 😉

    Reply
  15. Sajan says:
    December 28, 2012 at 2:43 pm

    अब रियल लाइफमा नि रील लाइफको experiment गरेर हुन्छ त? चोक्टा खान gayeko झोलमा डुबेर मरी, लोभले लाभ लाभले बिलाप/

    Reply
  16. gam gurung says:
    December 28, 2012 at 2:36 pm

    नेपाली फिल्म ‘लुट’ को हाकु कालेको नकल गरे होलान परयो फेला यस्ता आपराधी हरु लाइ हदै सम्मको कारवाही गर्नु पर्छ ताकी पछि कसैले पनि यस्तो कुकर्म गर्न नसाकियोस ।

    Reply
  17. Madhab Bhattarai says:
    December 28, 2012 at 1:27 pm

    लौ अब नसकिने भयो अब यो देशमा !! !! बैंकको इन्चार्ज बैंक लुट्ने, अध्यागमन इन्चार्ज र सुरक्षाकर्मी महिलाको आस्मिता लुटने. राष्ट्रको इन्चार्ज र श्रीमती मिलेर राष्ट्र को ढुकुटी लुट्ने, नेताहरु मिलेर देशै लुट्ने/बेच्ने, कसको विश्वास गर्नु ?? कसको भर पर्नु ??

    Reply
  18. Nischal says:
    December 28, 2012 at 1:25 pm

    राजाको फुस्केको राँगो बन्न खोजेपछि येस्तै हुन्छ केटा हो. खुरुखुरु आफ्नो काम गरेर नबसी धेरै लोभ गरेको बल्ल खायौ. ठिक्क पर्यो चोर लुटेरा हरु. खुचिंग खुचिङ्ग.

    Reply
  19. Sisir says:
    December 28, 2012 at 11:53 am

    ल केटा हो अझ येस्तै काम गर्दै जानु , दुइ चार ज्यान पनि लिनु अनि भोलि यो देशको मन्त्रि पक्का … देश त आखिर तिमिहरु जस्तै डाका र हत्याराहरुले चलाई राखेका छन् …

    हेर काम गरेर खानु पर्ने २०-३० बर्से युवाहरुको चाला … नेपाली समाजमा अपराधिक मनोब्रितिले धेरै जरा गाडी सकेको छ , तेस्कै एउटा उदाहरण हो यो पनि .. अपराधी पुरस्कृत र सदाचारी तिरस्कृत हुने देशमा येस्तै हुन्छ …

    Reply
  20. kiran says:
    December 28, 2012 at 11:28 am

    सबै जना प्रोफेसनल लुटेरा जस्तो त छैन लोभ देखाएर गलत काम गर्न उक्साएको हुनुपर्छ बाकी कानून मा छोडी दिउ

    Reply
  21. अनिल says:
    December 28, 2012 at 11:05 am

    पाडो लाटो हुन्छ दुध खान्छ कौवा बाठो हुन्छ गु खान्छ

    Reply
  22. preethak says:
    December 28, 2012 at 10:49 am

    प्रयास त राम्रै गरेको हो तर प्लान चै अलि कम्जोर भाको जस्तो छ साथीहरुको /////////

    Reply
  23. Bhanu, Malaysia says:
    December 28, 2012 at 8:47 am

    डाकाहरुलाई हदै सम्मको सजाय होस् !

    Reply
    1. dor prasad says:
      December 28, 2012 at 6:28 pm

      हो, एउटा कुरो नि राजनीतिक (गोरु को ) protection भएका केस बाहेक मा नेपाली police चोर डाका जनमारा समात्न राम्रो देखिन्छा …

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme