Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ताली माग्ने सचिव

Posted on December 24, 2012August 11, 2013 by Salokya

उस्तै परे सरकारलाई फनफनी घुमाइदिने स्थायी सरकारवाला हुन् सचिवहरु भनेका। तर सहरमा सचिवहरुको उति साह्रो चर्चा हुन्न। गाली खानेमा पनि मन्त्री र नेता नै बढी हुन्छन्। चर्चाको मामिलामा रामेश्वर खनालले सबलाई पछाडि पारिदिएका थिए। अहिले चाहिँ फेरि एक जना सचिवको सहरमा खुब चर्चा छ – अर्थबाट फ्याँकिएर प्रधानमन्त्री कार्यालय पुर्‍याइएका सचिव कृष्णहरि बाँस्कोटा। चर्चा अरु कुराले हैन, ताली मगाईको कारण चलेको हो। अरु सचिवहरु अर्थोकै माग्छन्, यी सचिव चाहिँ ताली पो माग्दा रैछन् भन्ने चर्चा सहरमा व्याप्त छ।


कुरो बीबीसी साझा सवालको हो। पछिल्लो पटक प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा गरिएको कार्यक्रममा जोस्सिएर बोलेका सचिव बाँस्कोटाले दर्शकहरुलाई ताली लगाउन उर्दी दिए। कृष्णहरि बाँस्कोटा जस्ता पनि सचिव छन् भन्दै आफ्नै गुणगान गाउँदै उनले अन्त्यमा दर्शकलाई आदेश दिए- ताली बजाउनुस्।

टेलिभिजन र युट्युबमा उनको चर्तिकला हेरिरहेकाहरु भन्दै थिए- लौ न उनको यो ताली मगाई त मनोज गजुरेलले आफ्नो प्रहसन देखाउने बेला खुइलिएको तालु देखाएर ताली मागेभन्दा पनि बिजोग पो देखियो त। अर्का भन्दै थिए, मागिरहने बानी छ कि क्या हो, कार्यक्रममा अन्तर्वार्ता दिन आउँदा पनि ताली मागिदिएछन्!

त्यसै पनि उनीविरुद्ध धेरै बोल्ने, गुनासो, पीडा सुनाउन आएकालाई उल्टै थर्काएर पठाउने, दाता राष्ट्रका पदाधिकारीहरुलाई पेल्ने गरेको आरोप रैछ। नक्कली भ्याट बिल प्रकरणमा सबैभन्दा बढी शंकास्पद तत्कालीन राजस्व सचिव कृष्णहरि बाँस्कोटा नै देखिएको, यिनी विनोद चौधरी लगायत मारवाडी व्यापारीहरुसँग निकै नजिक छन् भन्ने खबर पनि नछापिएका हैनन्। उनै सचिवले म जस्तो सचिव पनि छन् भन्दै ताली बजाउन उर्दी लगाएपछि दर्शक किन नहाँसुन्, मज्जैले हाँसिदिए।

हेर्नुस्, ताली बजाउन सचिवको उर्दी भिडियो-



ताली भनेको दर्शकलाई चित्त बुझ्ने कुरा गरेपछि उनीहरु आफैले बजाउने हो, कसैले उर्दी लाएर जबर्जस्ती बजाउने हैन भन्ने कुरा यिनले अब चाहिँ बुझ्छन् कि!

58 thoughts on “ताली माग्ने सचिव”

  1. puspa oli says:
    December 31, 2012 at 6:41 pm

    यी सचिब होइन नेता हुनुपर्न हो

    Reply
  2. him says:
    December 31, 2012 at 4:53 am

    कस्ता कस्ता खातेहरुलाई बेहर्नु पर्ने हो देशले !

    Reply
  3. satya says:
    December 27, 2012 at 6:14 pm

    XYZ ji,
    गौरी बहादुर कार्की ले त उनको रिटायर मेन्ट को दिनमा कान्तिपुर टेलिभिजन लाइ नै भनेका थिए नि, मैले आफ्नो काम मात्र गरेको हो भनेर…. किन उनको काम बोल्दैन र? सबै सिविल सेर्वंट्स ले उनले जतिकै जवाफदेही भएर काम गर्ने हो भने त कस्तो हुन्थ्यो होला?
    मेडिया ले लेख्ने कुरो त हेर्नुस, राम्रो काम गर्ने मान्छे को राम्रै लेख्ने रहेछन नराम्रा लाइ नराम्रै.यतिको जवाफदेही मान्छे त जुन सुकै पोस्ट मा गए पनि उतिकै जवाफदेहिताका साथ् काम गरे तपाई जस्ता ले पनि राहत नै पाउनु हुन्थ्यो होला नि..
    गौरी श्रीमान ले जस्तै आफ्नो कर्तब्य मात्रै निष्ठा का साथ् सबले पालना गर्ने हो भने सोच्नुस त.. Besides, if everyone did the same, his mere fulfilling of duties would not make media headlines every day!!! तपाइलाई वहाँले जुन पोस्ट पाए पनि के को जलन र?

    Reply
  4. Pingback: अर्का सचिवले पिच मागे « Mysansar
  5. saurabh dahal, kathmandu says:
    December 26, 2012 at 4:00 pm

    ‘नेता कलाकार कसैले पनि ताली माग्नु हुँदैन ! हामीले चित्त बुझ्ने कुरा गरेपछि विद्वान जनताले आफैं तालि पड्काउछन !’- हास्यव्यंग्यकार मनोज गजुरेल

    Reply
  6. anup_gorkhe says:
    December 26, 2012 at 11:28 am

    बोल्ने कुरो केहि पाएन अनि तालि मागेको !!! सचिब को यस्तो हालत छ, अनि देश कसरि अगाडी बढ्छ ???

    Reply
  7. kisaan Thapa says:
    December 26, 2012 at 8:42 am

    लेख्न नै नजान्ने कसरि सचिब हुन् सक्ला र भन्ने उनको तर्क संग म पनि सहमत छु / त्यो बाहेक कार्यक्रम को पुरै समय उनले सरकारी कर्मचारी हरु को रक्षार्थ खर्चेका देखिन्थे / बरु भ्रष्टाचार को दोष जती सबै पब्लिक मा खन्याउन उनले जुन प्रयास गरे , त्यो यथार्थपरक लागेन / कुनै पनि मिल्दै नमिल्ने काम लाई विभिन्न उपाय ले मिलाई छाड्नु आफु पनि भ्रष्ट हुनु र कर्मचारी लाई पनि उत्प्रेरीत गर्नु पक्कै हो / यस मा भ्रष्टाचार को रासी त पक्कै ठुलो हुने गर्छ, तर घटना भने कमै हुने गर्छ / तर कर्मचारी ले दैनिक गर्ने पर्ने काम पनि नगरी पैसा झार्ने नियत ले विभिन्न बहानाबाजी गरेर सर्ब साधारण लाई दुख्ख दिएका घटना हरु भने ठुलो परिमाण मा हुने गरेको देखिन्छ/ जस्तै कुनै गाउँले २ दिन को बाटो हिंडेर सदरमुकाम आई नागरिकता को प्रमाणपत्र बनाउन आयो भने उ संग आबस्यक सबै कागजपत्र हुदाहुदै पनि २ घण्टा मा हुने काम लाइ २ दिन को तारीख दिने गरिन्छ / सदरमुकाम को महंगी मा २ दिन को खर्च ब्यहोर्नु भन्दा त्यो लाग्ने खर्च को एक तिहाई मै उम्कन सकिन्छ भने भैगयो नि त भनेर त्यो गाउले पनि घुस दिन तयार भै हाल्छ / यस्तो किसिम को अनियमित कारोबार मा कर्मचारी को बदनियत नभनेर पब्लिक लाई नै दोषी त देख्न मिल्दैन कि /यस्ता उदाहरण धेरै हुन्छन / तर उनले सोलो डोलो रुप मै सबै दोष जति पब्लिक माथि नै थुपार्ने खाल को भनाई राखेको देखिन्थ्यो / बरु गौरी बहादुर ले सन्तुलित विचार राखेका थिए /

    Reply
  8. Dilli says:
    December 26, 2012 at 5:14 am

    होइन हो कमेन्ट लेख्ने साथी हरु ले अस्ति भर्खर जस्तो लाग्छ , नेपाल को सबैभन्दा ठुलो नक्कली बिल काण्ड को बिरोध गरेको! अनि यो नक्कली बिल काण्ड को महा नायिके जति बेला अर्थमन्त्रालय मा थियो तेती नै बेला अहिले सम्म कै सबै भन्दा ठुलो लज्जास्पद भ्रस्टाचार गरेर करोडौ को अकुत सम्पत्ति जोडेको बिबादित मान्छे को कति सरो समर्थन गर्नु भयको !!!! छि मलाई त लाजैलागेरा आयो! तपाई हरु ले आफु ले लेखेका नक्कली बिल प्रकरण क कमेन्ट हरु फिर्ता गर्नु भय हुन्छ !!!!

    Reply
  9. मन बहादुर तामांग says:
    December 26, 2012 at 3:49 am

    मैले युट्युबमा दोहोर्याएर हेरे| एउटा निर्क्यौलमा पुगे|
    हाम्रो नेपालमा कृष्णहरि बाँस्कोटा जस्तो संकल्प भएका अरु पनि ठिक ठाउँमा दुई चार सचिव भएको भए भ्रष्टचार हराउने त् होइन तर निश्चय नै कम हुने थियो| भ्रष्टचार कम गराउनु आजको नितान्त आवश्यकता हो र प्राथमिकता हुनपर्छ|
    जनता सजग हुनपर्छ र नीजी क्षेत्रलाई पनि भ्रस्टचार निवारणको घेरामा हालिन पर्छ भन्ने अलि एकाडेमिक जस्तो लागि पनि ती कुरा विचारणीय छन् र त्यस भनाईमा दम भएको ठान्छु| गौरी बहादुर श्रीमानले आफुलाई पाथीभरामा समपर्ण गर्नु भन्दा न्याय र न्यायोचित मुद्दामा समर्पित गर्नुभए सुनमा सुगन्ध हुने थियो|
    माई संसारको नियमित पाठकको हैसियतमा तालीको शीर्षक भए पनि यसले गहिरो कौतुहल र जिज्ञासा उत्पन्न गरायो| माईसन्सारलाई धन्यवाद|
    कृष्णहरि सर, मालपोतमा जग्गा हाल्साबिक गर्ने, नापी, आदिमा दिनहु घुस र प्रताडना दिने कार्य भैरहन्छ, साधारण नागरिकलाई ढिलाई र यो कागज मिलेन र त्यो मिलेन भनेर दुख दिन्छन| अधिकृत स्तरको कागज जाँच्ने र के कामले आएको हो त्यो दर्ता गराउने अरु भिन्नै बिभाग बाट राखिने र शुरु मा दर्ता भए बमोजिम समयमा काम भए नभएको इमेल मार्फत पनि जानकारी गराउने सुबिधा उपलब्ध गराइदिनु भए हुन्थ्यो| भन्सार र राजस्वमा पनि त्यस्तै गरिदिनुभए हुन्थ्यो|

    कृष्णहरि बाँस्कोटा सचिवज्यू र गौरी बहादुर श्रीमानज्युले इमान्दारीपुर्बक गर्नुभएको देश सेवा र भ्रष्टचार निवारण कार्यका लागि मुरी मुरी धन्यवाद| हामी धन्य छौ देशले तपाई द्वय जस्तो सेवक पाए|

    Reply
  10. Kiran Upreti says:
    December 25, 2012 at 10:47 pm

    लौ बुढाले मागीहालेछन् एक ताली मेरो तर्फबाटपनी। घुस दिनभन्दा ताली दिन सजिलो।

    Reply
  11. John,Boston says:
    December 25, 2012 at 7:24 pm

    सजा सवाल कार्येक्रमको पुरै अंश हेरी सके पछि मात्र कमेन्ट गर्दा राम्रो होला.ताली बजाउने संदर्ब तेती अनुकुल थिएन.

    Reply
  12. hari says:
    December 25, 2012 at 5:39 pm

    मैले पनि बि बि सी मा यो प्रोग्राम सुनेको थिए. प्रोग्राम सुन्दै जादा सचिब बास्कोटा को तर्क सार्है राम्रो लाग्यो. यत्तिको राम्रो मान्छे पनि रैछ है सरकारी सेवामा भन्ने छाप चै सो साझा सवाल सुन्ने जो कोहीलाई पर्छ. उनले प्रोग्राम को लास्ट तिर आफु राष्ट्र को सेवामा लागेको सच्चा मान्छे भएको र कोहि मैकालाल को अगाडी नझुक्ने कुरा गरिरहदा दर्सक दिर्घा बाट स्वत तालि बज्न सुरु भैसकेको बेलामा उनले उत्साहित हुदै “तालि बजाउनुस” भन्ने सब्द जोडेका हुन्. तेसैले अन्यथा लिनु हुन्छ जस्तो लाग्दैन. तथापी सालोक्य जी ले लेखेको जस्तो उनि धेरै बोल्ने चै हुन् कि जस्तो पनि लाग्यो. तर धेरै बोल्ने मान्छे फटाहा नै हुन्छ भन्ने छैन.

    Reply
  13. hari says:
    December 25, 2012 at 4:44 pm

    Baskota has been able to make fool so far Nepalese people. He is really a cunning man.Now his real picture has come out. he himself is trying to defend him making fake comment in this blog.He succeed to through out Rameshowr khanal from ministry of finance with the help of Binod choudhary.If people dig his house , will find hundred of killos of gold. actually in that episode of sajha sawal there was one cruupt man Baskota and another fair man Gauri Sir.Unless and until nepalese people do not identyfy real picture of people like Baskota Nepal will never change. he is a snake hiding in the beautiful garden, people has to decide for its fate.

    Reply
    1. Rijan Thapa says:
      December 26, 2012 at 2:52 am

      थुक्क तिम्रो कमेन्ट !!!

      धन्य हो नेपाल आमाको, तिमि जस्तो बुद्धीमान सन्तान पाउनु !!! येस्ता नेपाली सपुत हरु एकदम खाचो छ देश लाइ खाडल मा हाल्न !!!!

      Reply
    2. kisaan Thapa says:
      December 26, 2012 at 8:54 am

      Mr Rameswor was not clean either,Please try to Remember plane purchasing deal with American Boeing co.

      Reply
  14. Ashwini says:
    December 25, 2012 at 4:41 pm

    चोर्नु भन्दा माग्नु ठिक छ| पुस्तैनी मागी खाने बानी परेकोले देश डुबायो आफ्नो हात जगन्नाथ गरेर| बाँस्कोटाले ताली माग्दा दिए भैहाल्छ| गाली किन दिने?
    बरु चर्चित भ्याटकाण्डको बारेमा खुलासा गरेको देख्न पाउँ|

    Reply
  15. gambhir ghimire , spain says:
    December 25, 2012 at 3:58 pm

    साझा सवाल हेर्नुश यो बास्कोटा भन्ने जन्तु कस्तो रहेछ थाहा हुन्छ , सबै दोष त जनता लै लागेको छ त ……………

    Reply
  16. सुभाष सिद्धि उदास says:
    December 25, 2012 at 2:21 pm

    उहिलेका केताकेतिहरु ५ पैसाको किने पनि ‘फोसा’ नपाई छोड्दैनथे .
    यो टाउके सचिव पनि त्यो पुस्ताको केटो जस्तो लाग्यो . सानैमा लागेको बानी मरे छुट्दैन !
    तालि बजाएर नै आफ्नो काम फत्ते हुन्छ भने यसमा कन्जूसी गर्नु पर्ला जस्तो लाग्दैन.

    Reply
  17. Manohari Bhattarai says:
    December 25, 2012 at 2:03 pm

    म कृष्णहरि बास्कोटा जी लाई एउटा कुसल बक्ताको रुपमा चिन्द छु.जसले अरु लाई राम्रो संग आफ्नु कुरा बुझौन सक्छ ..तालि माग्नु कुनै नौलो कुरा हैन ..घुस मागेको त हैन नि …

    Reply
  18. kiran says:
    December 25, 2012 at 1:27 pm

    यिनको गालामा तालि बजाउनु पर्ला जस्तो छ

    Reply
  19. Bishnu Nepali says:
    December 25, 2012 at 12:17 pm

    जस्ता नेता तेस्तै, एस्तो गुन्डा जस्तो त सचिब रहेछ ! हे पशुपति नाथ हामी नेपाली हरुको कर्ममा अझै कति बर्ष एस्तो दुर्भाग्य छ ! कृपया दया गर !

    Reply
    1. Rijan Thapa says:
      December 26, 2012 at 2:56 am

      पशुपतिनाथ लाइ दुर्भाग्य को कुरो गर्नु भन्दा पनि, मेरो बुद्धि मा बिर्को लग्यो पशुपतिनाथ द्येउत || अब यो दिमाग को बिर्को निकालेर चेतना जगैद्येउ भनेर प्रार्थना गर || अलि विचार गरेर बोल्न पर्यो, दिमाग लै सहि ठाउँ मा चलाउन पर्यो सहि कुरा मा लगाउन पर्यो ||

      Reply
  20. jeevan verma says:
    December 25, 2012 at 12:13 pm

    मेरो विचार मा माइ संसार ले लेख रचना वा समाचार छान्ने कुरा मा अलिक सजग हुनु पर्ला कि ? हुन् त सालोक्य जी ले भन्न्न सक्नु हुन्छ, ” मेरो ब्लग मा कस्ट लेख राख्ने भन्ने कुरा सिकाउने त को होस् ? ” तर मेरो अनुरोध मात्र | किन कि मेरो विचारमा माइ संसार ले व्यक्ति गत दायरा काटेर सामाजिक दायरा मा प्रवेश गरि सकेको छ |

    पत्रिका मा पहुँच नहुने क लागि space प्रदान गर्ने
    सामाजिक चोसो क बिसय जुन मुलधार मा मेडिया मा समाचार बन्न सक्दैनन्, तिमि हरु लाई स्थान दिने

    एक दुइ जना साथी हरु ले भनि सक्नु भो उनि बास्तबमा एउटा राम्रा कर्म चाहि हुन् | एक जना राम्रा मान्छे लाई दुरुत्साह गर्नु धेरै नराम्रो कुरा हो किन भने हामी कहाँ राम्रा कर्म चारी धेरै छैनन् |

    हुन त माथि नै भनि सके कस्ता लेख वा समाचार लाई स्थान दिदा समाज ले केहि प्रगति को अनु भुती गर्न सक्ला | त्यसलाई प्रस्ट भन्नु पर्दा अतार्किक, पक्षपाती, झुटा, र असामाजिक कुरा हरु माथि मन्थन गराउनु राम्रो हुन्छ |

    आज देस समस्या ग्रस्त छ , तर समस्या को सहि पहि छन् भएको छैन र जब समस्याको सहि पहिचान हुदैन त्यसको सहि निदान आउने कुरै भएन |

    नेकंग्रेसी भन्छन, बाबु राम समस्या हो, त्यो पक्कै पनि होइन ? समस्यता नया निर्बाचन गराउनहो ? अनि त्यो कसरि अहिले सम्भब भएन र बाबु रामले छाड्दा कसरि सम्भब होला ? राष्ट्र पति भन्ने व्यक्ति ले चुनाब सम्बन्धित विधेक पास गरि दिएको भए पो बाबु राम लाई भन्न सकिन्थ्यो कि बाबु राम चुनाब गरौन नसक्ने मानिस हो तर कम गर्न नदिने अनि गरेन भन्ने |

    यस्ता धेरै कुरा हरु छ्न जसले समाज लाई पछाडी धकेली रहेछ | यस्ता कुरा को बारेमा स्वस्थ छल फल गराई दिदा समले समाज ले केहि पाउने थियो कि ??????????

    Reply
  21. दिनेश काका says:
    December 25, 2012 at 11:13 am

    मैले सचिव बास्कोटालाइ न चिनेको छु न त देखेको नै छु तर यो पुरै कार्यक्रम हेर्दा चाहि मलाइ यो मान्छे राम्रै काम गर्ने मान्छे हो जस्तो लाग्यो । भ्रस्टाचारै भ्रस्टाचार हुने ठाउमा कोहि नगर्ने नि छ भनेर विश्वास गर्न त गार्हो छ नै । तर कोहि राम्रो गर्ने मान्छेलाइ (ताली माग्ने) सानो कुरोलाइ लिएर पुरै कुकर्म गरे सरह गाली गर्नु चाहि न्यायसंगत हुन्न कि जस्तो लाग्छ मलाइ । उहालाइ राम्रोसग चिनेकोहरुले गरेको कमेन्ट पढ्न पाए हुनेथियो ।

    Reply
  22. Sisir says:
    December 25, 2012 at 10:41 am

    गौरी बहादुर कार्की सर ले त्यो कार्यक्रममा निकै खुलस्त संग भ्रस्टाचार सम्बन्धि आफ्नो अनुभब सुनाउदै थिए र वहालाई दर्सकबाट बारम्बार तालि आईरहेको थियो भने बास्कोटा जी लाई उनको जवाफको कारण ले दर्सक्ले रुचाई रहेका थिएनन् . सायद तेही कारणले होला उनले कार्यक्रम को अन्त्यमा जोशमा “कुनै माइका लाल …. देखि तालि बजाउ ” सम्म भने .. कार्यक्रमको पुर्बार्ध सम्म उनि अलि गैर जिम्बेबार र केहि उत्पत्यांग तर्कपनि गर्दै थिए भने कार्यक्रमको उत्तरार्ध तिर जनतालाई भाबुक पनि बनाउदै थिए …
    I went through this talk show twice, one on FM radio due to load shedding and the next day morning in Kantipur TV. This talk show was quite interesting and I wanted to salute Mr Gauri Bdr Karki for what he said and almost wanted to slap Mr Baskota for being too irresponsible and always blaming the public for all the wrong things and bribery.
    I do not know Baskota’s back ground in regards of corruption but when i went through the whole talk show I found him to be a reasonably good person but I am not sure , because non of our administrator accept their involvement in misuse / abuse of authority .

    Reply
    1. xyz says:
      December 25, 2012 at 2:37 pm

      I do not know why people are admiring Mr. Gauri Bahadur Karki. He is trying to get credit by doing what he is suppose to do. Is this the way a retiring judge send circulars to the media people proclaiming his acheivements during his tenure? He has a hidden agenda to get some posh job.

      Reply
  23. kh limbu says:
    December 25, 2012 at 10:34 am

    उहा पनि अरुको इसारामा तालि बजाएर नही सचिब सम्म पुग्नु भाको होला ?जे होस् सम्झना आउदो रहेछ …

    Reply
    1. Pakrisa says:
      December 25, 2012 at 8:15 pm

      यसरी अरुको इसारामा तालि नबजाएको भए यो मान्छे सचिप सम्म कहाँ पुग्न सक्थ्यो र. यही अरुको इसारामा तालि बजाएर सचिप भएको त हो नि. हिजो को यसको आर्थिक हैसिएत थाहा नपाएको त कहाँ हो र. भ्रस्टाचार नगरिकन यसको आर्थिक हैसित एति माथि पुग्यो होला त? मैले पनि सुनेकिथिए साझा सवाल कार्यक्रम. जनता लाइ उल्लु बनौदैथियो. कुनै काम पनि पैसा नखाए कामै गर्दैनन् नेपाल क कर्मचारी.एउतै काम लै कति दिन धाउनु अरु कम छैन र?
      नेता लाइ दोषी भनोस भने जागीर जाला भने पीर.

      Reply
  24. Manoj says:
    December 25, 2012 at 9:50 am

    नमच्चिने पिंगको सय झड्का

    Reply
  25. bibek dhakal says:
    December 25, 2012 at 9:46 am

    अब आफुले नदेखेको कुरा ठोकुवा गर्न त मिल्दैन तर मैले नि सुने अनुसार (चियापसलमा बसेर हावा गफ गर्नेको चाही हैन है !) बास्कोटा एक कुशल र “ऎथिक्स” भएका प्रशाशक मा गनिन्छन रे . अब यसको छिनोफानो त आगत लाइ छोड्दिउ.
    जहासम्म यो ” तालि ” को कुरा छ- त्यो भीडियो राम्ररी हेर्नुभो भने उनले निकै नै “animated” (जोश मा आएर) आफ्नो भनाइ लाइ अन्त्य गर्दै थिए र तपाइहरु मध्ये कसैलाई यस्तो animated भाषण गरेको भए याद होला त्यतिबेला भाषण गर्नेको मन एकछिनको लागि( २-३ सेकन्ड ) भएपनि अवचेतन/अर्धचेत अवस्थामा पुग्छ र केहि असंधर्विक ( व्यापक उर्जा को असरले!!) कुरा हरु बोल्न सक्छ. फ्र्यान्क्ली भन्नु पर्दा , मलाई त गमक्क परेर केहि फुस्किहल्ला कि भनेर डराउने “ठुला” भनि पल्टिने “भी. आइ. पी.” भन्दा यसरि मन को कुरा प्रस्ट भनेर श्रोतालाई हसाउने ( सन्त नेता भट्टराई ) जस्तै ठिक लाग्छ :द
    अनि “U tube ” भिडिओमा त्यो” तालि बजाउनुस” भन्ने पार्ट लाइ ४-५ पल्ट रेप्लय गर्नु पर्ने जरुरि थिएन. र साथै त्योभिडिओ को अन्त मा याद गर्नुस प्राय स्रोता दिल खोलेर तालि बजिरहेका छन नकि तालि बजयेना भने यो सचिवले कुट्ला कि भन्ने डरले! जे होस दर्शकलाई चित्त नबुझेको भए उनीहरु तेसरी रमाउदै तालि बजौदैना थिए होला पक्कै!

    Reply
  26. जनार्दन says:
    December 25, 2012 at 9:07 am

    क्रिष्णहरी बासकोटा राम्रा मानिस हुन, कुशल प्रशासक पनि हुन । तर रामेश्वर खनाल काण्डमा यीनले माओबादीको नजिक हुन, कर छ्ल्ने ब्यापारीलाई उन्मुक्ति दिलाउन ईथिक भन्दा बाहिर गएर काम गरे । यीनी प्रति मेरो ईज्जत त्यति बेला नै घटिसकेको थियो । कुनै माईकालाल संग नझुक्ने ले आफ्नो कार्य छेत्रमै नपर्ने भए पनि अर्थ सचीबकै आखा छलेर भरतमोहनको ईसारामा किन भित्र भित्रै बजेट बनाउने काम गरे त !! यदी उनले गरेको यो कार्य प्रति पछुतो छ भने ईमान्दारिताका साथ जनतालाई भन्नु परो । मानिसबाट गल्ति हुन सक्छ, मैले पनि यो गल्ति गर्न पुगे भनेर । अनि पो बजाईन्छ त ताली !

    Reply
  27. रुपक says:
    December 25, 2012 at 7:49 am

    मागी राख्ने बानी, घुष माग्न मिलेन अनि ताली मागेछन्

    Reply
  28. xyz says:
    December 25, 2012 at 7:28 am

    I have finished reading (a) Afnai Paribesh by Devendra Pratap Shah, (b)Reminiscences and Reflections by Himalaya Shumsher Rana and (c) Sarkari Sewa Ko Anubhwab by Durga Prasad Pandey. Some years back I had read Jagir Yatra by Radharaman Upadhyaya. All these works are memoirs of retired public servants. I suggest Mr. Banskota to read these books and reflect upon his own career. And my suggestion to Mr. Narayan Shrestha: You too are transforming to into another Bijaya Kumar Pandey, hope you do not end up as Rishi Dhamala. How long you going to carry this “sponsored programme”?

    Reply
  29. SURENDRA SUBEDI hongkong says:
    December 25, 2012 at 7:12 am

    ताली भन्दा मलाई स्वर्गीय गणेश मान सिह को सम्झना आयो,उन ले २०४६ को परिबर्तन पछि भनेका थिए “म २००७ साल मा जेल गए भन्दा पनि जनता ले ताली बजाए र मा पुन जेल बाट छुटे भन्दा पनि जनता ले ताली बजाए,यो जनता हरु नै भेडा हुन्” हो हामी नेपाली जनता भेडा नै हौ किन कि जता पनि ताली बजाई दिने हाम्रो नियती नै बनेको छ/जाबो कृष्णहरि बास्कोटा ले कम से कम ताली को मुल्य बुजेर माग्यो राम्रो नि कि कसो?

    Reply
  30. Purushottam Dhakal says:
    December 25, 2012 at 6:42 am

    गर्वले भन्न सक्छु कृष्ण हरि बास्कोटा जस्ता प्रशासक पनि छन् जसलाई इज्जत गर्न सकिन्छ र जनताको सेवामा अहोरात्र खटेर, राजनीतिज्ञहरुको कुरामा नभुल्ने कुशल योजनाकार पनि हुन, राजश्व संकलनमा पनि इनको ठुलो योगदान छ ..कमे से कम इमान्दार प्रशासक कृष्ण हरि बास्कोटाले के गरे, के गर्दै छन् बुझेर सम्मान गर्ने संस्कार पनि सुरु गरौ साथि हो ..!

    Reply
    1. xyz says:
      December 25, 2012 at 9:01 am

      राजस्वो संकलन मा एसको योगदान कि Performance based incentive system ko?

      Reply
    2. jeevan verma says:
      December 25, 2012 at 11:16 am

      यो ऋषि धमला पत्रकार, र के पी ओली राज नितिग्य, भनिने देश हो | मानिस ले मानिस लाई चिन्दैन | त्यति मात्र होइन आफैले आफै लाई चिन्दैन | नत्र भने पशुपति जना लागेका शुसिल कोइराला, आफ्नो जन्म जात वर्ग शत्रु कहाँ मलाई पी एम बने देउ भनेर कहाँ जान्थे होलान ? त्यस्तो देश मा कृष्ण हरि बास्कोटा लाई चिन्ने मान्छे पाउनु कठिनाई हुन्छ |

      Reply
  31. gsnepali says:
    December 25, 2012 at 6:00 am

    आज भन्दा ६-७ बर्ष अगाडी यस्तै एक बहस कार्यक्रम मा मैले बास्कोटा भन्सार अधिकृत को प्रतिनिधि भयर आउदा यस्तै बहस सुनेको थिय .मैले चिनेको पनि छैन र उनले कस्ता काम राम्रो गरे कास्तो naramro गरे थाहा छैन. तर बास्कोटा राम्रै मान्छे जस्तो लाग्छ. यो भ्रस्थाचारी को समाजमा सबै लै नराम्रो मात्र देख्नु स्वोभाबिक हो केहि राम्रो काम गर्ने लै पनि एकै तराजु मा हाल्दा राम्रो मान्छे नै नपाइयला है . . माइसंसार ले पनि अलि बढी ऊडायको हो कि ?

    Reply
  32. Santosh says:
    December 25, 2012 at 4:29 am

    ताली ताली ताली ताली

    Reply
  33. ab bishnu says:
    December 25, 2012 at 2:58 am

    सेवा लिनका लागि हरेक ठाउंमा पैसो को जरुरि पर्छ हाम्रो नेपालमा,यहाँ फ्रीमा हो तालि बजाउने , डराउनु पर्दैन दिल खोलेर बजाउनुस पनि भन्न पर्ने के (जे होस् लास्टमा सचिब जिउले मुड फ्रेस गर्देका चैं हुन् है, तालि सचिब को जय होस् :पी :पी

    Reply
  34. Lohani Indra says:
    December 25, 2012 at 2:37 am

    भ्रस्टाचारिका खलनायकहरुको दैनिकी भनेकै कार्यालयमा घुस माग्ने, अनि पत्रकारहरुलाई अन्तर्वार्ता दिंदा र भाषण ठोक्दा तालि माग्ने त हो नि.

    Reply
  35. Shyam says:
    December 25, 2012 at 2:09 am

    हामी नेपाली पो कस्तो मान्छे हौँ मिठो बोल्ने तर भष्टचारीलाई न त गालि गर्न सक्ने न त राम्रो काम गर्ने तर खरो मान्छे लाई ताली दिन सक्ने सिर्फ आफ्नो पुर्पुरो मा ठोक्न मात्रै सक्ने | धिक्कार छ हामी सम्पूर्ण नेपाली लाई |

    Reply
  36. Ross says:
    December 25, 2012 at 12:27 am

    कृष्ण हरि बस्कोतालाई सबै ले गाली गरौ गाली गर्ने जति सबैले सबैलाई ताली बजाऊ

    Reply
  37. bashantaraj says:
    December 25, 2012 at 12:14 am

    what a joke kind of person ha ha ha ha ha
    he order public to clam hand because he think that public is hie servent actualy he is the public servent a cooorropt public servent

    Reply
  38. kedar says:
    December 25, 2012 at 12:13 am

    अन्तै कतैको रिस याहा ल्याएर पोखे जस्तो छ सचिब साथीले “कोहि माइका लाल देखि कोहि डराउदैन” कुन चाइ रछ यो माइका लाल यिन लाइ रिस उठाउने ? मैले पुरै हेरेको यो साझा सवाल कार्यक्रममा यी सचिब ज्यु प्रश्नको सोझो जबाफ न दिई भ्रस्टाचार सरकारी कर्मचारीको कारण नभई जनताकै कारण हुन्छ भन्नमै खर्चिदै थिए / जनताले दिदैं नदिए कसरी घुस खान्छन र कर्मचारीले पो भन्छन बा आ आ आ / घुस नदिई काम गर्दै नगर्ने, हुदै नहुने, घुस न दिउञ्जेल पेस गरेका सक्कली कागज नक्कली भएर कामै नगरेपछी के गर्ने जनताले भन्दा कुर्नु रे पर्खिनु रे ढुकेरै बस्नु रे / कतिन्जेल कुर्ने ? टाडा टाडा बाट घर खेत बस्तु भाउ लाला बाला छोडेर आएका ले कति कुर्ने हो ? नाजिकैकाले तेही एउटा काम का लागि कती धाइ राख्ने हो अरु काम छोडेर ?

    Reply
  39. Dave says:
    December 25, 2012 at 12:12 am

    अव यिनको उपनाम ताली सचिव हुने भयो ।

    Reply
  40. tul racyka says:
    December 25, 2012 at 12:12 am

    नराम्रो के भो त,ताली त जसरि भए नि बजौछां नि नेपाली जनताले ?

    Reply
  41. karma says:
    December 25, 2012 at 12:12 am

    यो भ्रस्ताचारिले आफूलाई ठुलो विद्वान र आफू मुनीकालाई भेंडो सम्झने रहेछ | यो भ्रस्ताचारिले आफू मूनिका कर्मचारीलाई आफ्नो गूनगान गाएन भने र आफ्नो बिरोधमा बोल्यो भने के मात्र गर्ने होला? भन्सारका त हाकिम भैसकेका येसको सम्पति छानबिन हुनु पर्छ | अनि दूधको दूध पानीको पानी निस्किन्छ |

    Reply
  42. sudarshan says:
    December 25, 2012 at 12:07 am

    साझा सवालको पुरा एपिसोड़े हेर्नुपर्छ अनि मात्र कमेन्ट गर्न ठिक हुञ्छ | कृष्ण हरि बास्कोटा जस्ता मान्छे पनि कर्मचारितान्त्र्मा हुन सक्छन.| मैले अहिलेसम्म कुनै पनि सचिवले सार्बजनिक बहसमा तेती कडा चुनौती दिन सकेको भेटको छैन | उनि आफ्नो ठाउँ बाट जति भूमिका निभाउनु पर्ने हो उति निभाउन न सके होलान ,त्यो अर्को बहस हो|एक जनाले गर्न सक्ने काम पनि कम हुञ्छ.|मलाई लाग्छ यिनी आफै चाही भर्स्तचार गरेका छैनन जस्तो लागो है |

    Reply
  43. Ramesh says:
    December 24, 2012 at 11:58 pm

    हाम्रा तीन जना नेता भनौदाहरुले तालीको सट्टा चड्कन खाएको थाहै होला|
    यी सचिव आफुलाई धेरै जान्ने सम्झदो रहेछन| तर उनका काम र क्रियाकलाप
    हेर्दा त्यति समझदारी लागेन| नेपालको सबैभन्दा घुसिया मध्ये र अकर्मन्य
    मन्त्रालय बिभाग मा राजस्व र अर्थ पर्न आउँछ| प्यार्र प्यार मुख मात्र चलाउन
    भन्दा कृष्णहरिले ककसले भ्याट छले त्यो सार्बजनिक गराए हुन्थ्यो| राजस्वको
    कर्मचारी मात्र पाल्न पुग्ने राजस्व भएको देशमा सचिवको के काम?
    आफुलाई खुब जान्ने भनेर जे पायो त्यही भन्दो हो, पहिले काम गरेर देखावस न?
    रामेश्वर खनाल पनि आफु सचिव भएर त्यतिका बर्ष बस्दा केही उल्लेखनीय काम
    गरेन बरु अर्थमा अझ घुसखोरी बढेर गयो र आफुले सेफ ल्याण्डीङ्ग गरेर
    खालि सिद्धान्त मात्र फलाक्ने बाबुरामको सल्लाहकारमा जागिर खाएका छन्|
    कृष्ण हरिले पनि त्यस्तै ताकेका होलान|

    Reply
  44. K Sharma says:
    December 24, 2012 at 11:12 pm

    यो फेरी आर्को फटाह निस्कियेछ, जनता ठनगे. नत्र ५/५ अरब भ्याट को नाममा भ्रस्त्रचार हुदा पनि किन नाम सार्बजनिक गर्न सकेन अर्थ सचिब हुँदा. त्यहि बाट थाह हुन्छ, यो मानिस मा कति फटाह र जाल साची गर्न सक्ने खुबी छ भनेर .
    खालि जनता जनता मात्र भन्ने , अनि आफु चाहि सधै चिल्ला गाडी छाडेर होश हजुर हस हजुर भन्दे मात्री र प्रधान मन्त्रि को चाकडी गर्ने .

    यी सरकारी कर्म चारी भन्ने प्राणि नै भ्रस्त्रचार, अत्याचार, लुट र राष्ट्रिय अस्मिता माथि बलात्कार गर्न जन्मिएको हुन् जस्तो छ

    Reply
  45. abhandari says:
    December 24, 2012 at 11:10 pm

    हा हा “ताली बजाउनुस्” वहाको थॆगो पो हो त ! फुस्कि हाल्यो कत्ति गर्दा पनि – के गर्नु येस्मा मा पनि पोस्ट भै हालो – क्या फसाद – चर्चामा आउनका लागि भोका अर्का “मपाई बाँस्कोटा” सचिव.

    Reply
  46. Narendra Dai says:
    December 24, 2012 at 10:55 pm

    मनोज गजुरेलले ताली माग्दैन बुद्दीमानी दर्शकले आफै बुझेर हासो लागे ताली बजाउछ भन्थे। यिनि बाजेले पनी त्यस्तै कुरा गरेछन नि त। खुबै चोखो हुन खोजेछन। जो चोर उसैको ठुलो श्वर?
    अनी हासो उठ्ने कुरा गरेपछी बजाउनु परेन ताली?

    Reply
  47. Dilip Suwal says:
    December 24, 2012 at 10:39 pm

    ताली भनेको दर्शकलाई चित्त बुझ्ने कुरा गरेपछि उनीहरु आफैले बजाउने हो भन्न यस्ता लाई k taha? येस्ता ओउथ्य लीई ताली होइन , गाला चै futna गरि दिनु पर्ने . कस्तो लाज पचाको होला.?

    Reply
  48. Shailendra Dhakal,kathmandu says:
    December 24, 2012 at 10:03 pm

    प्वाक्क मूखां हानु जस्तो…

    Reply
  49. RAJ says:
    December 24, 2012 at 9:59 pm

    जुत्ता ले बजाउनु पर्छ 🙂 🙂

    Reply
  50. nabin bhai says:
    December 24, 2012 at 9:13 pm

    हा हाहा हाहा हाहा हाहा हा

    Reply
  51. Fugyaljen says:
    December 24, 2012 at 8:59 pm

    नेता देखि पियन पुलिस देखि IGP सममा हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको देशमा ताली बजाउनु लाऊनु के ठुलो कुरा।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme