Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

चिनियाँ सेनामा गोर्खा सैनिक भर्ना ? नपत्याउनुस्, गलत हो

Posted on March 29, 2024 by mysansar

हालै २१ दिन लामो अनसन (क्लाइमेट फास्टिङ) बसेका चर्चित भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुकले अनसनको चौथो दिन दिएको अभिव्यक्तिमा भारतीय सेनामा भर्ना हुने नेपालीहरु अब चिनियाँ सेनामा भर्ना भएर भारतविरुद्ध लड्न लागेको दाबी गरिएको छ। तर हाम्रो तथ्यजाँचले भने उक्त दाबी गलत देखिएको छ ।

सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङ? अहँ, नपत्याउनुस् ! त्यो गलत हो

Posted on March 14, 2024 by Salokya

अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसमा गरिएको लाइटिङमा चन्द्रसूर्यसहितको रातो नेपाली झण्डा ! रातो र चन्द्रसूर्य गीतमा त्यही दृश्यमा बनाइएको टिकटक भिडियो। के तपाईँले पनि सामाजिक सञ्जालमा यस्तै देख्नुभएको छ ? नझुक्किनुस्। त्यो गलत हो। नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा भने यो फोटो मिथ्या भएको देखिएको छ। ओपेरा हाउसले नेपाली झण्डासहितको लाइटिङ नगरेको जनाएको छ।

फ्याक्ट चेक : सशस्त्र प्रहरीले ४२ लाखको हैन करिब ४ लाख मूल्य बराबरको मात्रै प्याज बरामद गरेको हो

Posted on February 9, 2024February 9, 2024 by mysansar

‘रातोपाटी’, ‘लोकान्तर’ लगायतका अनलाइन मिडियामा बुधबार (२४ माघ, २०८०) मा सशस्त्र प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको प्याज सहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको समाचार लेखेका छन्। हाम्रो तथ्य जाँचले भने यति मूल्य बराबरको प्याज नियन्त्रणमा नलिइएको र यो समाचार भ्रामक रहेको देखायो।

फ्याक्ट चेक : नझुक्किनुस्, दिलभूषण पाठक अहिले न्युज २४ टिभीका प्रधान सम्पादक नियुक्त भएका होइनन्

Posted on February 6, 2024 by Salokya

टेलिभिजन पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भएको सूचना देख्नुभयो? हो, हो मैले फेसबुकमा देखेँ भन्ने लाग्यो ? अझ चर्चित व्यक्तित्वहरुले नै हिजोदेखि धमाधम उनको फेसबुक पोस्टमा बधाई तथा शुभकामना दिइरहेको देख्नुभयो ? पख्नुस् त। धेरैले कमेन्ट गर्दैमा र नाम चलेका व्यक्तिहरुले बधाई दिँदैमा त्यो सूचना सही हुन्छ भन्ने छैन। नेपालफ्याक्टचेकले गरेको फ्याक्ट… Continue reading

फेसबुकमा @highlight आतंक : अहँ, यस्तो लेख्दैमा आइडी ह्याक हुने/नहुने थाहा हुन्न

Posted on February 3, 2024February 4, 2024 by Salokya

फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट गरेका छन् र त्यसमा सयौँ कमेन्टहरु देखिन्छन्। तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या भएको देखियो। फेसबुकमा कमेन्ट गर्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन। फेसबुकको यो फिचरले कमेन्ट गर्ने केही साथीहरुलाई नोटिफिकेसनसम्म… Continue reading

फ्याक्ट चेक : के मेयर बालेन शाहले ‘मार्छन् भने मारुन्’ भनेका हुन् ?

Posted on February 2, 2024 by Salokya

केही दिनदेखि काठमाडौँका मेयर बालेन शाहले ‘मार्छन् भने मारुन’ भन्दै गरेको एउटा भिडियो क्लिपसहितको फेसबुक रिल्स भाइरल भइरहेको छ। हाम्रो तथ्य जाँचले देखायो- तीन वर्ष पहिले बालेन मेयर निर्वाचित नहुँदै फरक प्रसंगमा बोलेको कुरालाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको हो।

फ्याक्ट चेक : के फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ?

Posted on January 29, 2024 by Salokya

अमेरिकामा अध्ययन गर्न अमेरिकी सरकारले उपलब्ध गराउने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्ने दावीसहितका समाचार मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती दावी मिथ्या देखियो। फुलब्राइट स्कलरसिपमा उमेर हद तोकिएको छैन।

फ्याक्ट चेक : चार वर्ष पुरानो फोटो राखेर खुलामञ्चमा हुँदै नभएको प्रदर्शनको समाचार अनलाइन मिडियाहरुमा

Posted on January 21, 2024 by Salokya

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायतले प्लेकार्डसहित प्रदर्शनमा उत्रिएको दावीसहित फोटोसहितका समाचार केही अनलाइन मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती फोटो… Continue reading

फ्याक्ट चेक : के यति एयरलाइन्स विश्वकै ‘चढ्न नहुने’, ‘असुरक्षित’ एयरलाइन्सको सूचीमा परेको हो?

Posted on January 17, 2024 by Salokya

यति एयरलाइन्स ‘विश्वकै अति असुरक्षित’, ‘चढ्न नहुने’ एयरलाइन्स कम्पनीको सूचीमा पर्‍यो। के तपाईँले पनि यस्तो दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा वा अनलाइन मिडियामा देख्नुभएको छ? पख्नुस्, जे लेखिएको छ, त्यही पत्याउनुअघि फ्याक्ट चेक पनि गरौँ। नेपालफ्याक्टचेकले गरेको फ्याक्ट चेकमा यो दावी भ्रामक देखियो किनभने खासै नाम नसुनिएको टिकरन्युजले लेखेको यो समाचारमा उल्लेख गरिएको स्रोतमा भएको… Continue reading

फ्याक्ट चेक : बालेनले गराएको भन्दै भाइरल भएको भिडियो काठमाडौँको होइन बुटवलको

Posted on January 11, 2024January 11, 2024 by Salokya

राष्ट्रपति रामचन्द्र पौडेलको फोटो अंकित एउटा पोष्टर नगर प्रहरीले हटाउँदै गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियो काठमाडौँको भएको र मेयर बालेन शाहले हटाउन लगाएको दावीसहितका पोस्ट सामाजिक सञ्जालमा भेटिएको छ। तर हाम्रो तथ्य जाँचले भने यो भिडियो काठमाडौंको नभई बुटवलको भएको र बुटवल उपमहानगरपालिकाले नै हटाउन लगाएको पायौँ।

फ्याक्टचेक : के अदालतले करेन्ट चाउचाउको बिक्रीवितरणमा रोक लगाउन आदेश दिएको हो?

Posted on January 9, 2024 by Salokya

के तपाईँले पनि करेन्ट चाउचाउको बिक्री वितरणमा अदालतले रोक लगाउने आदेश दिएको समाचार पढ्नुभएको थियो? यस्तो समाचार नाम चलेकै अनलाइन मिडियाहरुमा पनि आएको थियो। तर समाचारमा दावी गरिए जस्तो कुरा भने होइन रहेछ। नेपालफ्याक्टचेकले यो विषयमा फ्याक्ट चेक गर्दा पत्ता लाग्यो, न ट्रेडमार्क चोरेको भनेर अदालतले फैसला गरेको छ, न बिक्री वितरणमा रोक लगाउने आदेश… Continue reading

फ्याक्ट चेक : बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालाको सचिवालय, ‘गोरखापत्र’ र ‘रातोपाटी’ले गरेको दावी यसकारण गलत

Posted on December 31, 2023 by Salokya

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) को भाषा परीक्षा विवादको क्रममा राजधानीको बालकुमारीमा शुक्रबार (२०८० पुस १३ गते) भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी आन्दोलनकारीहरुले जलाए। गाडीमा आफू नभएको र आफूलाई छाडेर फर्कँदै गरेको बेलामा रोकेर जलाइएको दावी उनको सचिवालय, उनलाई उद्‍धृत गर्दै सरकार नियन्त्रित अखबार ‘गोरखापत्र’ र रातोपाटी… Continue reading

रवि लामिछानेको भाइरल फोटो चर्चमा होइन रेस्टुरेन्टमा खिचिएको, जिससको मूर्ति एडिट गरी थपिएको

Posted on December 15, 2023 by Salokya

के तपाईँले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बेलायत भ्रमणमा गएको बेला चर्चमा कार्यक्रम गरेको फोटो देख्नुभएको छ ? फोटोमा जिसस क्राइस्टको मूर्ति अनि  ‘चर्च अफ इंग्ल्यान्ड’ लेखेको पनि देख्नुभएको छ? पख्नुस्, यो कुरा नपत्याउनुस्। नेपालफ्याक्टचेकको तथ्य जाँचमा यो फोटो मिथ्या देखिएको छ। फोटो चर्चमा नभएर बेलायतको एउटा रेस्टुरेन्टमा खिचिएको र त्यसलाई… Continue reading

संयुक्त राष्ट्र संघको सदस्यताबारे बालेनले गरेको दावी सही हो कि गलत ?

Posted on November 26, 2023 by Salokya

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुक र एक्स (पहिलेको ट्विटर) मार्फत् नेपाल संवत् ११४४ नयाँ वर्षको शुभकामना दिँदै नेपालले संयुक्त राष्ट्र संघमा सदस्यका लागि आवेदन गर्दा सदस्यता नपाएको कारणबारे आफ्ना विभिन्न दाबी प्रस्तुत गरेका छन्। तर हाम्रो तथ्य जाँचले भने उनका केही दावी गलत र केही अपुष्ट रहेको भेटिएको छ।

फ्याक्ट चेक : अधिकांश साइबर मुद्दा टिकटकसँग सम्बन्धित रहेको ‘कान्तिपुर’को दावी यसकारण गलत

Posted on November 18, 2023 by Salokya

लक्ष्मीपूजाको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठक (२०८० कात्तिक २७ गते) बारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता तथा  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय गरेको जानकारी दिइन्। त्यसको भोलिपल्टै नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई टिकटकको पहुँचमा तत्काल रोक लगाउन सूचना पनि जारी गर्‍यो। टिकटक बन्द गर्ने… Continue reading

नोबल विजेता अमर्त्य सेनको मृत्युको झुटो खबरमा यसरी फँसे भारतीय मिडिया

Posted on October 11, 2023 by Salokya

हिजो दिउँसोतिर तपाईँले सामाजिक सञ्जाल नचलाउनुभएको भए ठीकै गर्नुभयो। किनभने त्यहाँ जिउँदै एक जना व्यक्तित्वको मृत्यु भएको झुटो खबर फैलिएर पनि बेलुकासम्ममा जिउँदो बनाइसकिएको थियो। भारतीय मिडिया यो बतासे खबरमा फँसे पनि नेपाली मिडियाले भने हतार गरेको देखिएन। यद्यपि सोसल मिडियामा भने केहीले श्रद्धाञ्जलि लेख्न भ्याइसकेका थिए। कसरी फँसे त भारतीय मिडिया ?

फ्याक्ट चेक : धरान पस्न लागेको र्‍याली भन्दै भाइरल भएको फोटो वीरगञ्जको पुरानो रथयात्राको

Posted on August 27, 2023 by Salokya

के तपाईँले पनि धरानमा भइरहेको गोरु काण्ड, त्यहाँ हुन लागेको र्‍याली अनि लगाइएको २४ घण्टे निषेधाज्ञाको समाचारका बीच धरान पस्न लागेको र्‍याली भन्दै साम्प्रदायिक सद्‍भाव भड्किने खालका क्याप्सन लेखी झण्डा बोकेका थुप्रै मानिस हिँड्दै गरेको फोटो सामाजिक सञ्जालमा देख्नुभएको छ? यो फोटो भाइरल भएको छ शनिबार दिउँसोदेखि। पत्याउनु भयो? पख्नुस्, फोटो सही हो। तर त्यसको… Continue reading

फ्याक्ट चेक : के हो ‘गोरु खाने धराने’ भन्दै हड्डी टोक्दै गरेको भाइरल फोटो/भिडियोको तथ्य?

Posted on August 25, 2023August 25, 2023 by Salokya

सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ जसमा एक महिला ठूलो हड्डी टोक्दै गरेको देखिन्छ। फोटोको साथमा ‘गोरु खाने धराने’ क्याप्सन लेखिएको छ। केही दिनअघि धरानमा गोरु मारेर खाएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेकै पृष्ठभूमिमा यो फोटो पनि भाइरल भएको हो। तर हाम्रो तथ्य जाँचमा ती महिलाको फोटो गलत दावीका साथ भाइरल भएको… Continue reading

फ्याक्ट चेक : पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु? भाइरल खबरको तथ्य यस्तो

Posted on August 22, 2023 by Salokya

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा एक दलित विद्यार्थीलाई पिटियो र उनको मृत्यु भयो। के तपाईँले पनि यस्तो खबर सामाजिक सञ्जालमा देख्नुभएको थियो? यस्तो दावी गरिएको एउटा तस्बिरसहितको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसबारे नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरेर अर्कै सन्दर्भको फोटो राखेर भ्रामक दाबी गरेको निश्कर्ष निकालेको छ। हेर्नुस् विस्तृत विवरण

फ्याक्टचेक : नझुक्किनुस्, क्याप्सुलभित्र फलामको काँटीवाला भाइरल भिडियो सही होइन

Posted on June 24, 2023June 24, 2023 by Salokya

के तपाईँले पनि टिकटकमा बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी हुने रहेछ, मेडिकल माफियाहरुले त्यसो गरेको भन्दै क्याप्सुल फुटाउँदै काँटी निकाल्दै गरेको भिडियो देख्नुभएको छ? पख्नुस्, त्यो भिडियोलाई पत्याउनु अघि यो एक पटक पढ्नुस्। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोबारे नेपालफ्याक्टचेकले फ्याक्टचेक गर्दा भिडियोमा देखिएको औषधी नेपालमा दर्ता नरहेको र बिक्री गर्न अनुमति… Continue reading

Posts pagination

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme