Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आगोमा रेकर्ड राख्‍न खोज्नेलाई सघाउँदा ज्यानै गयो

Posted on December 13, 2012December 19, 2012 by Salokya

अपडेट (बिहीबार): सुरुङभित्र आगो लगाउँदै गर्दा बाहिरबाट आगो लगाइदिएपछि घाइते भएका दुई जना युवकमध्ये एक जना तनहुँ घर भएका २८ वर्षका सुरेश पन्थको आज उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। अर्का घाइतेको काठमाडौँमै उपचार भइरहेको छ।
**********
यसरी पनि देशको नाम राखिन्छ कहीँ !

आजभोलि नेपालमा ‘देशको नाम राख्ने’ खुब लहर चलेको छ। कुरा राम्रै हो। देशको नाम राख्‍न देशवासीहरु लागिपर्नुमा नराम्रो त केही छैन। तर नाम राख्‍ने उपाय भने गतिलो हुनुपर्‍यो। अहिले त गिनिज बुकमा नाम लेखाइयो भने देशको नाम रहन्छ भन्ने गलत विचार मान्छेहरुको मनमा गढेको रहेछ। त्यस्तै लहडमा लागेका थिए दमौलीका ३६ वर्षीय शमशेरबहादुर लम्साल। उनी १०५ मिटर लामो आगोको सुरुङलाई मोटरसाइकल चढेर २० सेकेन्डमा पार गरेर कीर्तिमान राख्‍न चाहन्थे।


मंगलबार त्यसको लागि दमौलीको वीपी वनवाटिकामा सबै तयारी गरिएको थियो। तर रेकर्ड हैन, दुर्घटना हुन पुग्यो। आगो नियन्त्रणमा लिन नसक्दा रेकर्ड राख्‍न खोज्ने त घाइते भए नै, सुरुङमा आगो लगाउन सहयोग गर्ने दुई जना पनि जलेर घाइते हुन पुगे।

खासमा १०५ मिटर लामो आगोको सुरुङ बनाउन बाँस र जुटको बोरा प्रयोग गरिएको थियो। आगो लगाउन त्यसमा मट्टितेल, पेट्रोलले भिजाइएको थियो। २८ वर्षका सुरेश पन्थ र २९ वर्षका भरत सिंह थापाको काम सुरुङमा आगो लगाउने थियो। उनीहरुले हातमा आगोको मसाल बोकी मोटरसाइकलबाट सुरुङ भित्र आगो लगाउँदै आइरहेका थिए। भित्र आगो लगाएर आउँदै गर्दा बाहिरका बढी जान्नेहरुले बाहिरबाट आगो सल्काइदिएछन्। अनि त बिचराहरु भित्रै आगोमा परे। दुई जना गम्भीर घाइते भए। अहिले उनीहरुलाई पोखरा मणिपाल अस्पताल हुँदै उपचारका लागि काठमाडौँ ल्याइएको छ।

रेकर्ड राख्‍न खोज्ने लम्साल पनि घाइते भए। आगो लगाउने बित्तिकै मोटरसाइकल कुदाएका उनी बीचैमा लडे। यिनले चाहिँ फायर प्रुफ ज्याकेट लगाएकोले शरीर जलेन, सामान्य घाइते मात्रै भए।

आगलागीपछि प्रहरीले आयोजक गण्डकी कम्प्युटर ट्रेनिङ सेण्टरका संचालक बसन्त सदाशंकरलाई नियन्त्रणमा लिएको छ।

भिडियो हेर्नुस् आगो दुर्घटनाको-

फोटो र भिडियो साभारः Mukudml.com। थप फोटो फेसबुक पेजमा र समाचार यहाँ क्लिक गरी हेर्नुस्

देशको नाम ?
गिनिज बुकमा नाम लेखाउन यस्ता उट्पट्याङ्गे काम गर्ने धेरैको तर्क हुन्छ- मैले देशको नाम राख्‍न यस्तो गरेको हुँ। तर यसले देशको नाम कसरी राख्छ, म अचम्ममा छु। रेकर्ड राख्‍नेले आफ्नो नाम मात्रै राख्छन् त्यो किताबमा। देशको नाम साथै लेखिए पनि त्यसको कुनै तुक हुन्न। एक पटक हिमालमा ऋतुराजले लेखेको जस्तो- टाउकोले सबैभन्दा धेरै समय टेकेर उभिने कुन देशका हुन् ? एक खु्ट्टाले सबैभन्दा धेरै समयसम्म उभिने कुन देशका थिए ? सबभन्दा धेरै समय सुत्‍ने कुन देशका थिए ? सबभन्दा धेरै बिस्कुट खाने रेकर्ड कुन देशका मान्छेको नाममा छ ? तपाईँलाई यी कुरा थाहा छ ? थाहै भए पनि के मतलब हुन्छ र ? टेक्सासका एक किशोरले ३५ पटक ह्यान्डस्प्रिङ गरेर रेकर्ड राखे। त्यसले अमेरिकाको नाम राख्यो र? अमेरिकाको नाम त यत्तिकै रहेको छ नि। जापानकी एक महिलाले सबैभन्दा धेरै हेलो किट्टी डलहरु संकलन गरेर राखेकी छिन्। यसले जापानको नाम राख्छ र ? जापानको नाम यत्तिकै रहेको छ नि। नेपालको नाम पनि यत्तिकै रहेको छ। कसैले उट्पट्याङ्गे काम गरेर नेपालको नाम राखिरहन पर्दैन।

व्यक्तिगत रुपमा यस्तो रेकर्ड राखेको छु है भनी अरुलाई धाक जमाउन भने काम लाग्छ। तर गिनिज बुकमा नाम राख्दैमा पैसा आउने हैन। नेपालमा पनि गिनिज बुकमा नाम राख्ने धेरै भइसके। संस्था पनि खुलेको छ क्यारे अहिले त गिनिज बुकमा नाम रहेकाहरुको। देशमा उद्योगधन्दाको विकास नभएकोले यस्ता रेकर्डधारीहरुले विज्ञापनमा पनि खेल्न पाइरहेका छैनन्।

बढी गोल गरेर मेस्सीले भर्खरै राखेको रेकर्ड, धेरै पटक सगरमाथा आरोहण गरेर नेपालका आपा शेर्पाले राखेको जस्तो रेकर्ड दुर्लभ हुन्। यस्ता रेकर्डको अर्थ पनि रहन्छ। आगोको सुरुङमा छिटो मोटरसाइकल कुदाएर राखेको रेकर्डको के अर्थ ! रेकर्डको नाममा भर्खरकी बच्चीलाई प्याराग्लाइडिङ उडाउने काम नेपालमा भइसक्यो। कुन दिन बन्जीमा हाम्फाल्न लगाउने, प्यारासुटबाट हाम्फाल्न लगाउने जस्ता जोखिमपूर्ण काम नहोस्!

64 thoughts on “आगोमा रेकर्ड राख्‍न खोज्नेलाई सघाउँदा ज्यानै गयो”

  1. kubir Singh R. says:
    December 15, 2012 at 11:49 am

    भिडियो हेरियो समाचार सुनियो अनि कमेन्ट पनि देखियो ! समग्रमा किन कसरि भयो कसको गल्तीले यसो भयो भन्ने बिसयमा अलिकति बोल्न मन लाग्यो !

    १-प्रशासनिक रुपले हेर्दा सर्बप्रथम प्रशासनको पहिलो गल्ति हो ! यसो गर्न अनुमति दिइएको हो भने किन सुरक्षित उपायहरु किन लागु गरिएन ???

    २-कार्यक्रम गर्नु नै सबै भन्दा ठुलो घोर गल्ति हो जसमा सुरक्षित हुने उपाय नै न्युन छ ! यसको भागिदार आयोजक पनि उतिकै छ !

    ३-ब्यबहारिक रुपमा हेर्दा आयोजक स्वयम् सेवकहरुको घोर गल्ति छ किनकि २ जना भाईहरुले बाइक मा बसेर भित्र बाट आगो लाउदै अगाडी बढ्दै छ भन्ने जानकारी हुँदा हुँदै किन बाहिर बसेका लठेत दिमाग सुन्य भएका स्वयम् सेवकबाट पनि आगो लाउने काम भयो यो बाहिर बाट आगो लाउने स्वयम्का सेवकको कारण नै कार्यक्रम असफल हुनुको मूल कारण हो जसले गर्दा असली स्टन्ट गर्ने व्यक्तिले पनि धन्न ज्यान गुमाएँन रिकर्ड तोड्ने कुरो त टाढाको भयो !

    ४- अन्त्यमा बाहिर बाटै आगो लगाई हुनेमा ,,किनकि पेट्रोल अनि बोराको झुम्रो तेसै पनि एकै छिनमा जल्ने थियो ! भित्र बाटै आगो लगाउनु पर्ने जरुरि थिएँन ! यो उनीहरुको महा मुर्खता थियो जसले एकको ज्यान पनि लियो यस प्रति दुखको साथमा समबेदना प्रकट गर्दछु ! बाकी घाइतेको शिघ्र स्वस्थ लाभको कामना देश बिदेशमा रहेका सम्पूर्णको कामना छ,
    साथै आईन्दा एस प्रकारको कार्यक्रम गर्नु भन्दा पहिले प्रसाशन यवं आयोजकले पूर्ण रुपले
    सुरछित व्यवस्था अपनाएर यवं प्रसाशन बाट अनुमति दिन योग्य मापदण्ड बनाएर
    यस खाले कार्यक्रम गरेमा सुरक्षित हुने थ्यो कि ????अस्तु !!!!

    Reply
  2. bhim koirala babu amardah says:
    December 14, 2012 at 11:15 pm

    नेपाल को नाम राख्ने भन्ने हरुले त दमौली को मात्र नाम राखेछ्न
    कालिदास को कथा जस्तो रुख चडेर फेद काट्दा पनि हुन्छ त
    अनि अर्को उखान पनि छनि बादर देरै जान्ने भयो भने के हुन्छ भन्थेनि त्यहि भयो
    आफ्नो नाम राख्ने हो भने यक थपड हानेर नि राख्न सकिन६ पदम कुवर लाई हेर
    धन्यवाद

    Reply
  3. मदनमणि says:
    December 14, 2012 at 7:12 pm

    यस्ता नाम राख्ने अभियान मुर्खताको पराकास्टा हो। तनहुँका सुरक्षा निकायले यसखालको दूर्घटनाको जिम्मेवारी लिनुपर्छ। कस्ले दियो सुरक्षा प्रबन्ध विनाको आगजनी गर्ने कार्यक्रम गर्ने स्वीकृती? उसलाई कारवाही हुनुपर्छ।

    Reply
  4. hari says:
    December 14, 2012 at 2:21 pm

    त्यो दोस्रो फोटो मा जलिराको अपाचे बाइक संगै मान्छेको एउटा खुट्टा बाहिर अनि जिउ सबै आगोको मुस्लो भित्र परेको देखिएको रहेछ.
    सुरुमै हेर्दा जलिराको मान्छे नदेखने मित्र हरुले अब नहेर्नु होला सार्है दर्दनाक छ.

    Reply
    1. mani says:
      December 15, 2012 at 5:09 am

      घटना घटेको धेरै दिन बितिसके पनि कमेन्ट नगरी बस्न सकिन. सबैका कमेन्ट हेर्दा आयोजक र सहभागीलाई मात्र दोसी देखाइयो, त्यो सत्य त हुदै हो तर स्थानीय प्रसासन र त्यहाँ उपस्थित रमितेको भिड पनि उत्तिकै जिम्मेबार छ जस्तो लाग्छ, कोहि आगोभित्र जलिरहदा उद्धार गर्नुको सट्टा हाँसी हाँसी video र फोटा खिच्नेहरु प्रति घृणा लाग्यो, अलिकति पनि मानबता भएको भए जोगाउने प्रयास गर्नु पर्थ्यो सबै मिलेर, ति मुर्खहरु आगोमा पोलिएर रमितेलाई भरपुर मनोरंजन दिए, यस्तो मुर्ख्याई लाई नरोक्ने वा साबधान नगराउने अझ बढी मुर्ख हुन्, धिक्कार छ ति नपुंसक हरुलाई, मृतक प्रति समबेदना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना,

      Reply
  5. Shere says:
    December 14, 2012 at 9:43 am

    पागल हरु ……मुर्खता को नि सिमा हुन्छ नि यार………कस्तो पो देश छ यार हाम्रो…….कैले उभो लगियेला खै…..अन्य्वाय्स घाइते हरु चाडै निको होवुन…. पशुपतिनाथ ले सद बुद्दी दिउन …

    Reply
  6. shantdil says:
    December 14, 2012 at 9:16 am

    नेपाल का नेताले बिस्वकिर्तिमान राखेकै छन् नी, त्यो आगोमा पनि हाम्रा नेतालाई सहमतिको अग्नि परीक्षा गर्न दिएको भए अती उत्तम हुने थियो.

    Reply
  7. vastu says:
    December 14, 2012 at 9:02 am

    i see the organizer’s fault here. carrying out a dangerous stunt like this without proper pyrotechnicians and safety personnels is a travesty on itself. and i think they might not even have had the brains to do the necessary calculations and preparations.i doubt if they had any insurance as well…. and to talk about making a name for Nepal!!
    ya they did alright, as a country where they burn 28 yr olds live in public.
    this is outrageous!!
    the victims must be compensated and organizers locked up for life… for knowingly endangering public safety and man slaughter!!!

    Reply
  8. Suman Thapa says:
    December 14, 2012 at 8:29 am

    ठिकै छ, यसपाली न भए अर्को पालि. तेसबेला अझ ६-७ जना घाइते हुनु,

    बुद्धि नभाका हरु

    Reply
  9. SURENDRA SUBEDI says:
    December 14, 2012 at 7:05 am

    सानो गल्ति र साधारण सेफ्टी प्रक्रिया न अपनाउदा भएको यो ठुलो क्षति प्रति गम्भीर भएको छु /२ जना घाइते अनि १ जना को मुत्यु ले हामी नेपाली हरु को काम गर्दा अपनाइने साधारण सुरक्क्षा प्रबिधि लाई विश्व ले कस्तो नजर ले हेरेको होला? आगो सग को खेल मा न दमकल छ,न एम्बुलेन्स छ ,नत डाक्टर नै हौ कस्तो हिम्मत हो हामी गोर्खे हरु को?मुर्खै बुद्धि र मुडे बल ले मात्र त के सम्भब हुन्छ र?

    Reply
  10. Bayan says:
    December 14, 2012 at 6:11 am

    यो बेबस्थापन्को कमजोरी होइन कि यो कथम कदाचित कुनै हालतमा पनि गर्न नहुने काम हो/ यस्तो गरनै नहुने कुरामा ब्यबस्थापन गर्ने होइन कि सम्बन्धित निकाय बाट यस्तो कार्यक्रम गर्न कडा रुपमा प्रतिबन्ध गरिनु पर्छ भविष्यमा/ मोटर साइकलको पेट्रोल ट्यांकीमा पेट्रोल हुन्छ जुन हामीले दैनिक जीवनमा देख्ने र प्रयोग गर्ने पेट्रोलियम पदार्थहरु मध्ये सबैभन्दा प्रज्वान्शील पदार्थ हो/ उक्त मोटर साइकल आगोको सुरुंग बाट चलाउन कुनै हालतमा पनि हुँदैन-यसमा बाहिरबाट आगो नलगाएको भए यस्तो हुने थिएन कि भन्नु अल्प बुद्दिको उदाहरण हो/

    Reply
  11. karma says:
    December 14, 2012 at 4:44 am

    बाँदर धेरै जान्ने भएपछी गेडा चेपिएर मर्छ भन्थे बुढापाकाले हो रैछ |

    Reply
    1. Surya says:
      December 14, 2012 at 11:28 am

      कर्म जी,
      भाषीक सभ्यतालाई पनि अलिकति ख्याल गरेर टुक्का हरु को प्रयोग गर्नु भएको भए अलि राम्रो हुन्थ्यो/ तर जो तपाईले लेख्नु भएको छ, यथार्थमा सटिक छ/ अलिकति परिबर्तित भाषामा त्यहि टुक्का लाई- “बाँदर बाठो भयो भने धरान चड्छ वा बाँदर भाठो भयो भने पिलास खोज्छ” भन्दा पनि हुन्छ होला/

      Reply
  12. Him says:
    December 14, 2012 at 4:44 am

    हेर बिजोग !

    ति बाबु-आमाहरूलाई यो बुढेस कालमा हुर्केको छोरो गुमाउनु पर्दा के भयो होला?

    एस्तो त कसैलाई पनि नहोस भन्ने कामना छ !!!

    Reply
  13. B. Adhikari says:
    December 14, 2012 at 4:21 am

    नीति शास्त्रले भन्छ

    आगो, ऋण र सर्प यी तिन चिंजसँग लाग्नु हुँदैन। यिनले कुनै पनि बेला अनिष्ट गर्न सक्छन्।

    बी अधिकारी

    Reply
  14. aavash says:
    December 14, 2012 at 1:19 am

    Sorry for that ..Unlucky रहेछन साथीहरु ..भब्य तयारीको साथमा गरियको देख्न सकिन्छ ..दर्शक हरु नै हजारौ छन् ..कार्य त मुर्खता पूर्ण नै हो ..९९ % जोखिम बोकेर गरियको कार्यको परिणाम प्राय यस्तै हुन्छ..

    Reply
  15. kushal says:
    December 14, 2012 at 12:44 am

    एस्तो खतरनाक stunt गर्न खोज्दा साबधानी र सुरक्षाको राम्रो योजना तथा व्यवस्था हुनु पर्ने थियो l फोटो मा घाइते माथि बोतलबाट पनि खानाएको देखे , खास मा आगो को घाइते मा पनि खानौना हुन्न भन्ने सुनेको थिए, बाक्लो कपडा अथवा fire extinguisher प्रयोग गरिनु पर्थ्यो l stunt गर्ने र सघाउने हरु को बिमा पनि गरेको छ कि छैन !!

    Reply
  16. shubhi says:
    December 14, 2012 at 12:24 am

    ‘बुद्ध को देश मा बुद्धि को अनिकाल’ भनेको यहि हो.

    Reply
  17. Amrit says:
    December 14, 2012 at 12:11 am

    पटमुर्ख हरु को भिड भित्र को अर्को महा पटमुर्ख ….. ज्वलन्त उदाहरण … नेपाल मा

    Reply
  18. मदन भट्टराई says:
    December 13, 2012 at 11:48 pm

    विनाश काले बिपरित बुद्धि यो भन्दा अरु के भन्नु.

    Reply
  19. lok nath sigdel elmhurst newyork usa. says:
    December 13, 2012 at 11:38 pm

    खासै खराब idea त होइन यस्तै हुने नहुने गरेर नै हो बिस्व record राखचन अरु हरु ले पनि ,खर्च बढी हुने देखेर होला तयारी राम्रो संग नगरेको देखिन्छ ,जे होस् एस्तो ठुलो काम हुँदै गर्दा बाहिर बाट आगो लगाउनु गलत देखिन्छ जसले आगो लगायो बाहिर बाट तेस लाइ ज्यान मार्ने अभियोग मा जेल हाल्नु पर्छ, बिस्व record को लागि थियो वा कुनै खराब रिसिबी को कारण ले ति दुइ मानिस लाइ आगो लगाउन को लागि खटाउनु अनि बाहिर बाट अरु ले आगो लगाउनु को कारण ले घटना बिचित्रको छ छानबिन को जरुरत छ कतै ति मानिस लाई मार्नको लागि नै यो तयारी गरिएको त थिएन ??????

    Reply
  20. bikash says:
    December 13, 2012 at 5:45 pm

    गाउँ टोलमा फुर्ति लगाउन गर्या होला केटोहरुले / अब गिनिज बुकमा नाम लेखाउने नाममा यस्ता बकबास काम हरु घट्छन कि ?

    Reply
    1. shyam (saudi) says:
      December 13, 2012 at 10:18 pm

      जुन सुकै दुर्घटना होस् तेस्ले सारै नरमाइलो लाग्छ तर यहा त दुर्घटना गराउने (सुरु नहुदै आगो सल्काईदिने ) देख्दा सारै हासो पो उठ्यो त =D !! अरु देश मा यस्ता कारेक्रम हुदा सके आफै अघि सर्छन नसके छेउ मा बसेर हौसला दिन्छन तर हाम्रो देश मा !! नेपाल को राजनीति तेसै बिग्रेको हैन अनि राजनीति ले देश तेसै बिगारेको हैन l कुर्सि मा बस्छ्स ? आइज ! – बसिस लु खा भनेर खुट्टा तान्ने l हामीले ई सबै हाम्रा महान नेता हरु बाट नै सिकेका हौँ l

      Reply
  21. तेन्जिंग गाबा says:
    December 13, 2012 at 4:44 pm

    राम राम राम !!!!
    झन्डै झन्डै सेकुवा पो भएछन त्
    अरु घोडा चढ्यो भनेर आफू धुरी चढ्नु हुदैन भन्थे बुढा-पाकाले हो रहेछ
    ********************************************************************
    जे कुरोको पनि सीमा हुन्छ,
    चाहिने भन्दा “बढी बहादुर” लाई मुर्ख भनेर भन्ने गरिन्छ
    ********************************************************************
    “बढी बहादुर ब्रो” हरुको पिल्सिएको छाला चाडै निको होस्
    ********************************************************************
    जदौ

    Reply
  22. Suzan Lama says:
    December 13, 2012 at 1:49 pm

    लाटो देशमा गाँदो तन्नेरी !

    Reply
  23. Him says:
    December 13, 2012 at 1:14 pm

    तनहुँको नामै फालेछन् मोरा उटून्ग्यहाहरुले /

    माओबादीले संबिधान बनाउने, देश बनाउने, आर्थिक क्रान्ति गर्ने भनेको पनि येस्तै हो साथी हरु हो !

    Reply
  24. mukta gurung says:
    December 13, 2012 at 12:11 pm

    होइन किन एस्तो मुर्खता गरेको होला? देश को नाम राख्ने रे? किन नेपाल को नाम राख्नु पर्यो र? नेपाल को नाम त तेसै भै रहेको छ नि … अस्ति भर्खर पारस ले thailand मा देश को तेत्रो नाम राखी दिए. संविधान बनाउने नाम मा खेली रहेको खेल नेपाल बाहेक अरु कुनै ठाउं मा छ? त्यो खेल ले नेपाल लाई बिस्व मा नै नेपाल को नाम राखी दिये छ .हारुवा हरु प्रधानमन्त्री बन्छ …कस्तो देश भनेर कत्रो नाम चल छ ! सभा सेमिनार र खेल को नाम मा विदेश गएर तेतै हराउँछ अनि त्यो देश को tv मा नेपाल को नाम तेसै आइ हाल्छ !नेपाल को नाम त तेसै छ नि हो साथि हरु कोरिया-जापान तिर गरिब देश भनेर चिन छ ,इंडिया तिर गयो भने “बहादुर” ” चौकीदार भनेर चिन छ,साउदी- दुबई तिर गयो भने मजदूर हरु को देश भनेर चिन छ .us uk -europe तिर गयो भने refugee हरु को देश भनेर चिन छ ….. एती ठुलो ठुलो कुरा बाट देश चिनिरहेको बेला शमशेर जी लाइ के ले भेट्यो कुन्नि बेकार मा आफ्नो प्राण लाइ जोखिम मा हाल्ने …..

    Reply
  25. hari says:
    December 13, 2012 at 11:04 am

    बुद्धि नै पछाडी भएपछी यस्तै हो. तेस्तो नगरी नहुने थ्यो भने अम्बुलेंस, अग्नि नियन्त्रक, दमकल सबै को राम्रो तयारि चै किन नगरेको नि??

    Reply
  26. Baburam says:
    December 13, 2012 at 11:03 am

    हेर जलेर के हाल भएको छ । बरू सिह दरबार अगाडी उभिएर नेता लाई सहमतीको आह्वान गर्दै आफैलाई जलाएको भए नाम रहन्थो कि ?
    स्तुपिद

    Reply
  27. Sisir says:
    December 13, 2012 at 10:41 am

    विश्व रेकर्ड कायम गर्न लाग्नु राम्रै कुरा हो तर तेस्को लागि आवसेक तयारी पनि त हुनु पर्यो नि …हामी सामान्य नागरिक लै पनि थाहा छ कि एस्तो जोखिमपूर्ण कामको लागि त बिसेसग्यता प्राप्त स्टन्ट मास्टर र म्यानेजरको जरुरत हुन्छ , जुन त्यहाँ सायद थिएन .. अर्को महत्व पूर्ण कुरा , एदी कथम कदाचित दुर्घटना हुन गयो भने तेस्लाई नियन्त्रण गर्ने आवासक बेवास्ता पनि देखिएन … यो त प्रशाशनको पनि लापरबाही र कमजोरी हो …
    अर्काको काममा धेरै जान्ने भएर (मौलिक नेपाली बिसेस्ता) बाहिरबाट आगो लगाउने नै यो दुर्घटनाको मुख्य कारक हुन् जस्तो लग्यो .. आफुले गर्नु पर्ने काम बाहेक हामी नेपालीलाई अरु सबै काम आउछ रे …
    समग्रमा यो पुरै बेबस्थापनको कमजोरी हो .. फोटो हेर्दा अलि माया पनि लाग्यो अलिकति मुर्खता जस्तो पनि लग्यो … Better Luck Next Time Folks.

    Reply
  28. bisas Australia says:
    December 13, 2012 at 10:03 am

    सरिर को एउटा औला आगोमा राख्दा कति पोल्छ, जिउनै होमिदा के गति होला? जानी जानी आगोमा हाम्फाल्ने भुस्तिग्रेहरुलाई के भन्ने, यस्तो वाइयात कामको लागि परेको छैन नेपालको नाम गिनिज बुकमा राख्नु…बरु पुष्पा बस्नेत (cnn hero ) बाट केहि सिक..नालायक हो …!

    Reply
  29. Him says:
    December 13, 2012 at 9:51 am

    तनहुँको नामै फालेछन् मोरा उटून्ग्यहाहरुले /

    माओबादी संबिधान बनाउने, देश बनाउने, आर्थिक क्रान्ति गर्ने भनेको पनि येस्तई हो साथी हरु हो /

    Reply
  30. Ram Lamichhane says:
    December 13, 2012 at 9:17 am

    बिनास काले बिपरित बुद्धि . देस र देस बासि को हित हुने काम गरेर पो नाम कमाइन्छ आगोमा हाम फालेर नाम कमिन्छ

    Reply
  31. madhav thapa says:
    December 13, 2012 at 8:36 am

    झुर मनेज्मेंट को नतिजा दमकल पनि देखिन त मैले

    Reply
    1. mahesh says:
      December 13, 2012 at 1:40 pm

      घाइते साथि हो खुसि बन्नुहोस, यो पनि एक किसिम को रेकर्ड नै भयो नि होइन र.
      १) बास को सुरंग भित्र आगो लगाउदै मोटरसाइकल मा हिडदा बाहिर बात आगो लगाइएको कुन देश मा हो?———-नेपाल
      २) रेकर्ड राख्न लाइ मोटरसाइकल चलाउदा दुर्घटना भएर पनि बाच्ने कुन देश को हो?———-नेपाल
      ३) रेकर्ड राख्ने मान्छे भन्दा सहयोगी बढी घाइते भएको कुन देश हो?———-नेपाल.
      मेरो विचार मा तिन वटा रेकर्ड राख्यो यो दुर्घटना ले.

      Reply
  32. jay says:
    December 13, 2012 at 7:46 am

    भित्र आगो लगाएर आउँदै गर्दा बाहिरका बढी जान्नेहरुले बाहिरबाट आगो सल्काइदिएछन्। ”
    सबै भन्दा महत्वपूर्ण कुरा येही हो . हामि नेपालीहरु बढ्ता जान्ने भएर बिग्रेका हौँ . भनिन्छ नि – do not poke your nose in other’s business. हामीलाइ चाही जे मा पनि टांग लडाउनु पर्ने .

    Reply
  33. rupa adhi says:
    December 13, 2012 at 7:33 am

    नेपाली हरु अलि फुर्ति नै गर्न खोज्छie

    Reply
  34. SURENDRA SUBEDI says:
    December 13, 2012 at 7:28 am

    चोक्टा खान गएकी बुडी झोल मा डुबेर मरी भनेको उखान यहाँ चरिथार्थ भयो /हुने ,न हुने जे मन लाग्यो त्यही गर्दा पनि हुन्छ र ?कम से कम आफु के गर्दै छु ?कति सेफ्टी छु भन्ने ख्याल न राखेको जस्तो देखिन्छ यहाँ जस ले गर्दा ठुलो दुर्घटना हुन् गयो /यस्तो काम कसै ले पनि न गर्नु ,गराउनु हुन् अनुरोद छ/

    Reply
  35. binu says:
    December 13, 2012 at 6:48 am

    कोही अरुलाई आगो लगाएर बदनाम कमाउँदैछन
    कोही भने आफैलाई आगो लगाएर नाम कमाउँदैछन
    अजब नेपालीको गजब पारा ।।

    Reply
  36. deepak says:
    December 13, 2012 at 6:31 am

    बेरोजगार ले सताएको युवा हो तेसैले अरु लाई रोजगार दियको हो सुरुङ्ग बनाउने बोरा ओढाउने कम पाए नि साथी हरु ले

    Reply
  37. Deepak Dangal says:
    December 13, 2012 at 6:20 am

    कति बहादुर काम गरेको हो. मेरो त हास्दा हास्दा पेट नै दुख्यो हो. कति मुर्ख मान्छेहरु गिनिस बुक मा नाम लेख्ने आशा मा बिचाराको झन्डै ज्यान गयन. जे होस् धेरै पछी मज्जाले हसियो My sansar मा video हेरर .

    Reply
    1. shyam (saudi) says:
      December 14, 2012 at 11:27 pm

      @ दंगाल जी – मलाई लाग्छ त्यो सुरुङ्ग बाहिर आगो लगाउने तपाई नै पो हो कि सुटुक्क भन्नोस् न मलाई धरोधर्म कसैलाई भंदिन्न ! हुन त हो तपाइले सिधै देखाउनु भो आफ्नो ब्यबहार हाम्रो राष्ट्रिय ब्यबहार !!!

      Reply
  38. xyz says:
    December 13, 2012 at 6:17 am

    I think the action should be taken against the sponsors and organizers. This is nothing more than stupidity of nepali youths, probably, they were driven by quick money and fame. How can District Administration Office give order to organize such a risky venture. Mr CDO should also be suspended in this case.

    Reply
    1. bibek dhakal says:
      December 13, 2012 at 1:07 pm

      I don’t think government official should be held accountable for any mishap(s) in such “public stunts”! This is totally personal choice, nowhere in the world does the administration take responsibility of injury/fatality in such extreme sports.
      स्विम्मिंग पूलमा त कोहि डुबेर मरेमा स्वयम पूल संचालकले जिम्मेवारी लिनु पर्दैन भने अब सिडिओ ले अरु काम छोडेर येस्ता कुरा को जिम्मेवारी लिएर किन बसुन? घोडा चढ्ने मान्छे लड्ने जोखिम आफैले उठाएर चढ्छ, उ लडेमा घोडालाइ दोष दिन मिल्दैन नि!

      Reply
      1. Narayan Manandhar says:
        December 14, 2012 at 6:46 am

        Just to have a peaceful gathering or bhela you need to have approval from CDO, this is definitely a more dangerious event than any polictical, social or economic gatherings. They boys must have informed or got approval from CDO, therefore, CDO should be primarily responsible here for giving approval without doing proper risk assessments. Your comparision with a swiming pool drowing is ludicrious. This is a stunt operation and local administration should take the responsibility for giving approval.

        Reply
        1. bibek dhakal says:
          December 14, 2012 at 11:19 am

          Haha! you took my analogy too seriously. I was just trying to clarify that the person involved should take the responsibility for his action and its outcome and if it does not directly or indirectly interfere with other people/property, the government should be least concerned.
          Regarding your opinion that the local government should be held responsible for permitting such dangerous stunt-shows , I’d like to remind you that there are many examples of such “extreme sports” in the world which mostly are organized in the developed countries as well. Though one many argue that in such cases the safety provisions and emergency facilities are very high, the injuries and also “FATALITIES” do occur. And as far as I know, neither the local nor the national government takes the responsibility for any unfortunate outcome 🙂

          Reply
  39. Bishnu Nepali says:
    December 13, 2012 at 5:53 am

    यी मुर्ख हरुलाई आफ्नो र अरुको जिउ जोखिम मा परेको भनेर कारबाही गर्न म माग गर्दछु !

    Reply
  40. mohan says:
    December 13, 2012 at 3:51 am

    जब मान्छेको दिमागले राम्ररी कामगर्न छाड्छ तब नहुने नहुने बिचार मनमा आइरहन्छ र एस्तै नचाहिदो कामगर्न पुछ जसको परिणाम आफु मात्र नभई परिवार,अरुले भोग्नु पर्छ/ मुर्ख हरु देखि सावधान/

    Reply
  41. Bikram Raja says:
    December 13, 2012 at 3:48 am

    सिडियो ले कसरि स्वीकृति दियो यो त आत्महत्या गर्न स्वीकृति दिएको भयन र यस्ता गैर जिम्मवार सिडियो लाई कारवाई गर्नु पर्छ.

    Reply
  42. kedar rimal says:
    December 13, 2012 at 3:37 am

    विश्व रेकर्ड कायम गर्न लाग्नु राम्रै कुरा भयो रे ल मानौ-तर त्यस्तो काममा भएको तैयारी देख्दा पो ताजुब लाग्यो–आधिकारिक रुपमा आयोजकका तर्फबाट आगो लगाउन भनेर भित्र दुइ दुइ जना जाँदा जाँदै बाहिर बाट आफु खुशी राँको झोस्ने को हो? र त्यसो बच्चे र गैर जिम्मेवारी कार्य गर्न समेत छुट हुने गरि आयोजकले कस्तो तैयारी गरेको हो?हामीले सानो बच्चामा तु …तु खेल्दा समेत पनि सिमा र नियम हुन्थे तर यहाँ त अचम्मै देखियो!विश्वले के भन्यो होला-हरे शिब!!!! अर्को कुरा, भित्र आगो लगाउन जानेले हेल्मेट सम्म नलगाएको जस्तो देखियो–कि लगाएर पनि डढेको हो कि?हेल्मेट पनि खासाको पर्यो होला, के ठेगान र? तैयारी र अन्य शुरक्षाको स्थिति देख्दा बिश्वरेकर्ड तर कुनै बिशेष कार्यको नभई मुर्खताको पो हो कि झैँ लाग्यो—रिसानी माफ होस है———!!!!!

    Reply
  43. Sunil, London says:
    December 13, 2012 at 3:25 am

    “पुलिस र डाक्टर सँग झुठो नबोल्नु, आगो र पानी सँग निहुँ नखोज्नु ” … दु:ख पाइन्छ साथी हो

    Reply
  44. Rabin says:
    December 13, 2012 at 3:15 am

    फोटो बाट स्पस्ट हुन्छ…तेत्रो आगो मा होमिने ले एउटा fireproof हेल्मेट र कपडा लगाएको छैन. तेती राम्रो research र risk assessment गरया जस्तो छैन. एउटा नमुना हो यौ bad organization र management को.

    जिन्दगी मा पहिला आँफु राम्रो बन. Practical man बन. ब्यबहारिक बन. कुनै काम गर्नु अघि तेस्को नतिजा के हुन सक्छ, त्यो सोंच, मन , गुन . विश्वास भए पछि मात्र काम गर. जसले यो गरेको छ.. त्यो हेर्दा यो सस्तो popularity मात्र खोजेको भन हुन्छ.
    English मा एउटा भनाइ छ. ” How you do everything is how you do anything”. एसको अर्थ हो …तिमि आँफै मा राम्रो छौ भने, तिमीले day to day गर्ने काम सबै राम्रो हुन्छ…

    यिनी हरु को यो चाल बाट थाहा हुन्छ…यी कर्ता हरु ले जो फल भोगे, आफनै ढंग ले. ढंग सित काम गर जीवन मा दुख पाउने छैनौ. दुख पाइस मंगले आफ्नै ढंगले..

    Reply
  45. Manish says:
    December 13, 2012 at 2:22 am

    यो record एस भन्दा अघि los Angeles को एक युबक ले गरेका थिए र उनको stunt गर्दा propane flame प्रयोग गरिएको थियो / Bike पनि धेरै cc भएको प्रयोग गरिएको थियो / अम्बुलांस र fire fighter को पनि उपस्थिति थियो / नेपाल मा चै Ambulance को सट्टा प्रचण्ड लाई chief guest बनाए छन् /

    Reply
  46. thulokanchha says:
    December 13, 2012 at 2:11 am

    this is a so stupid and shameful thing . this is a kind of crime . who is the planner need to charge a criminal offence . people who involved in this incident also responsible themselves to do this stupid thing . Lawless Nepal anybody can do any thing whatever they want . this is a result of job less .

    Reply
  47. aasish,switzerland says:
    December 13, 2012 at 2:04 am

    आगोमा मोटरसाइकल कुदाएर बिशोव रेकर्ड राख्ने रे तर सुरक्षा को उपाए चै अपनाउनु पर्दैन???एस्तो जोखिम का आगो संग खेल्ने काम हुदै छ भनेर अलि बिचार पुर्याउनु पर्ने होइन र आयोजक ले???अनि प्रसासन को काम के हो ??खोइ प्रसासन ले सरक्षा रणनीति अपनाएको ??एस्तो सुरक्षा को सामान्य ब्यबस्था पनि नगरिएको जोखिम पूर्ण काम लाइ प्रसासन ले निषेध वा प्रतिबन्ध लगाउनु पर्ने होइन र??तर त्याहा त प्रहरी हरु आफै मा मुख्दर्सक बसेका देखियो,यदि दुर्घटना भए तुरुन्त आगो निभाउन को लागि दमकल लाइ तयारि अबस्था मा राख्नु,अग्नि नियन्त्रक राख्नु,डाक्टर र एम्बुलेन्स तयारि अबस्था मा राख्नु,आदि आदि सुरक्षा को दृस्टी ले जरुरि हुनु पर्ने हो,तर याहा त ब्यानर राखेर सुरुंग बनाइ सिधै आगो झोसियाको देखियो,दुर्घटना त भयो तर मान्छे मा लागेको आगो निबाउँन बोतल र बाल्टी को पानि प्रयोग गरिएको देखियो,लाज मर्नु,बिचरा हरु लाइ बलि को बोको बनाइयछ,
    घाइते को सिघ्र स्वास्थ्य लाभ को कामना

    Reply
  48. jeewan adhikari sydney says:
    December 13, 2012 at 1:48 am

    थैत एस्तो पनि हुन्छ कहिँ ! न केहि प्लान्निंग छ न सुरक्ष्य को केहि उपाय अपनाएको छ !!! मुर्ख हो आफ्नो ज्यान फालेर के गर्न खोजे को हौ !!

    Reply
  49. Krishna says:
    December 13, 2012 at 12:20 am

    देशको नाम राख्ने सोचाई निकै राम्रो हो, अनि हामी नेपालीहरु यो कुरामा बढी नै sensitive छौ / तर कस्ता खाले काम गरेर नाम राख्ने कुरामा चै पक्कै गर्म्भिर छैनौ – जस्तै आफ्नो देश मा उपद्रव भइ राखेको बेला साइकल चढेर संसारलाई शान्तिको संदेश दिने रे त्यो पनि एउटाले हो र? सनक चल्यो कि साइकल टिप्यो हिड्यो ! अनि फलानो ठाउमा लुटिए, फलानो ठाउमा खान पाईन आदि आदि / मेरो मतलब संसार घुम्न मन लागे गए भैगो नि पैदल हिडेर, साइकल चढेर, उल्टो हिडेर आँखा बाँधेर – कसैले केहि भन्नेवाला त छैन / बेकारमा किन देशलाई बिचमा तान्नु ? तेस्तै यी साथीहरुले पनि अरु कुनै काम जसले समाजका बहुसंख्यकलाई हित गर्ने काम गरेको भए त राम्रै हुन्थ्यो तर एस्ता काम गरेर नाम राख्न खोजे जसबाट समाज, देश त के आफैलाई पनि केहि फाइदा दिन सकेनन बरु परिवारलाई सास्ती मात्रै /
    तथापी राम्रो गर्ने सुरमा दुख पाएकाहुनाले मेरो सहानुभूति छ छिट्टै निको होस् ! अब उप्रान्त सके सबैलाई सुख हुने काम गर्ने सद्बुद्धि आओस नभए यसरि दुख पाउने, वा दुख दिने कुबुद्धि कहिलेइ नआओस !!!

    Reply
  50. Damodar Dhungel says:
    December 13, 2012 at 12:17 am

    नहुने छोरा को मुखै गनाउने. बच्न सफल भएको मा बधाई छ

    Reply
  51. sujan says:
    December 12, 2012 at 10:28 pm

    यो १०५ मीटर को सुरुंग मा आगो लगाउन कति पेट्रोल/मट्टीतेल खर्च भो, इन्धन को हाहाकार भएको देशमा कहाँ बाट आयो यति धेरै तेल, कि आयल निगम ले स्पोन्सर गरेको हो?
    रेकोर्ड राख्न नसक्दा येत्रो तेल बेकार मा waste भयो /

    Reply
  52. Nash says:
    December 12, 2012 at 10:23 pm

    हेर साथी, विदेशमा यस्तो stunt गर्दा medics, fire experts, rescuers, fire bridged, ambulance सबै उपस्थित हुन्छन् | एउटा राम्रो दमकल पनि नभा’को, झाडापखालाले मान्छे मर्ने देशमा यस्तो गर्नु १००% मुर्ख्याई हो | Management राम्रो नभए के हुदो रैछ देखिहालेऊ! ज्यान बच्यो, बधाई छ | बरु अलि Safe काम गरेर रेकोर्ड राख, यो फेरी गर्न try नगर | सबै काम देश, काल, परिस्थति हेरेर गर्नु पर्छ | अरुले घोडा चढ्यो भनेर आफुले धुरी चढ्नु हुन्न |

    Reply
  53. RAJ says:
    December 12, 2012 at 10:05 pm

    यस्ता उट्पट्याङ्गे कम गरेर समय खेर फाल्नु भन्दा यहाँ भएका सबै जना मिलेर आलु फाल्ने खेत खनेको भए नाम रहन्थ्यो होला | वाइयात ..

    Reply
    1. Dev Dangi says:
      December 14, 2012 at 3:12 pm

      आलु फल्ने खेत भनेको के हो नि फेरि ? हाहाहा !!

      Reply
      1. shyam (saudi) says:
        December 14, 2012 at 11:33 pm

        किसान को छोरो भएर आलु फल्ने खेत के हो थाहाछैन कि अमेरिका बाट जन्मेर नेपाल मा झरेको, राजा ???

        Reply
  54. Suresh Paudel says:
    December 12, 2012 at 9:46 pm

    किन यस्तो वाहियात काम गर्ने होला बेकारमा ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme