Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्ड पनि पत्रकार ?

Posted on December 10, 2012December 10, 2012 by mysansar

-नवराज न्यौपाने-

त्यो फोटोमा पत्रकारहरुले मात्र लाउने ‘प्रेस’ लेखिएको चम्किएको ज्याकेट लाउने मान्छे कस्तो ठ्याक्कै प्रचण्ड जस्तो देखिने मान्छे रहेछ है, भनेर सोच्नुभएको हो ? हो भने तपाईँ गलत हुनुहुन्छ। उनी प्रचण्ड जस्तो देखिने मान्छे हैनन्, एमाओवादी अध्यक्ष प्रचण्ड नै हुन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सधारणसभा उद्‌घाटन गर्न प्रमुख अतिथि बन्न पुगेका प्रचण्ड राजधानीको सिडब्लु रेष्टुरेन्टमा आयोजित कार्यक्रम अवधिभर ‘प्रेस’ अंकित ज्याकेट लगाएर पत्रकार बनेका हुन्।

हुन त ज्याकेटमा पत्रकार लेखिएको छैन, ‘प्रेस’ मात्रै लेखिएको छ। खासमा प्रचण्डको कामै विरोधीहरुलाई ‘प्रेस’ गर्नु हो नि। त्यही भएर ‘प्रेस’ लेखिएको ज्याकेट लगाइदिन खोज्दा प्रचण्डले अप्ठेरो मानेका हुन् कि।


नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेसहितको उपस्थितिमा शाखाका अध्यक्ष गोविन्द चौलागाईले ‘प्रेस’ लेखिएको ज्याकेट लगाईदिन खोज्दा सुरुमा त निकै अन्योलमा परे। उद्‌घोषक पत्रकार महासंघ काठमाडौं शाखाले तयार पारेको ज्याकेट लगाएर उद्‌घाटन गर्न आग्रह गरेपछि प्रचण्डले शाखाका अध्यक्षलाई ज्याकेट लगाई दिएका थिए। त्यसपछि शाखाका अध्यक्ष चौलागाईले अध्यक्ष प्रचण्डलाई पनि ज्याकेट लगाइदिन खोजे। आफूलाई लगाउन ठीक पारेको ज्याकेट हत्त न पत्त पत्रकार महासंघका केन्द्रीय सभापति शिव गाउँलेलाई लगाई दिएका प्रचण्डले दोस्रो ज्याकेट आफ्नो लागि ठीक पारेपछि निकै अप्ठेरो मानी मानी उपस्थिततर्फ हेर्दै लगाएका थिए।

पत्रकारहरु आफै प्रेस ज्याकेटको दुरुपयोग भएकोमा आवाज उठाइरहेका हुन्छन्। अनि आफ्नै कार्यक्रममा भने नेताहरुलाई ‘प्रेस’ बनाइदिन्छन्।

पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभाले पत्रकारिता क्षेत्रमा २० वर्ष बिताएका पत्रकारहरुलाई पेन्सनको व्यवस्था हुनु पर्ने मागसहितको १४ बुँदे एजेण्डालाई सर्वसम्मत पास पनि गर्‍यो।

29 thoughts on “प्रचण्ड पनि पत्रकार ?”

  1. Pratik says:
    December 11, 2012 at 4:13 am

    Right ! almost all political leaders are corrupt or selfish.The only difference between ‘Prachanda’ and the ‘others’ are – more than ten thousands lives were lost because of ‘Prachanda’s so called revolution.

    Now, look at his life-style.

    Prachand will be a dark chapter in the history of Nepal.

    Hopefully, he will be tried in the court at Hague for inciting, facilitating and orchestrating mass killings before he dies.Just remember the end of Saddam Hussain, Col.Gaddafi, the demise of Mubarrak and the very empending demise of Syrian President Bashar.

    Reply
  2. Suman bhote says:
    December 11, 2012 at 2:59 am

    नेपाल को समाचार प्रचण्ड को ओरिपरी कति घुमेको??
    रामो गरेनी प्रचण्ड, नराम्रो गरेनी प्रचण्ड…… रास्ट्रपति ले गुहार्ने पनि प्रचण्ड, थप्पड खाने पनि प्रचण्ड….. गालि गर्ने पनि प्रचण्डलाई नै, गुहार माग्ने पनि तेसैसग….
    पावोर पनि पैसा पनि प्रचण्ड सगै… कपुत छोरा पनि उसैको…
    अब प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्यो रे, बजार मा हल्ला छ….

    Reply
  3. Deepak chhetri says:
    December 10, 2012 at 9:41 pm

    होइन नेपाल को कुन नेता राम्रो छ र प्रचण्ड लै मात्र नराम्रो भन्ने यिनी हरु पनि पक्कै झलके
    अनि मधबे के पी को पुच्छर हरुहो हाम्रो नेता होइन राम्रो नेतालाई चिन्ने प्रयास गर …

    Reply
  4. Bharat says:
    December 10, 2012 at 9:28 pm

    बाउ पत्रकार अनि छोरो चै अर्का को स्वास्नी भगाउने कलियुग कृष्ण | नाटक गर्न बाउ छोरो लै कसैले सक्दैन| भर्खर रोइदिन्चन , अनि भर्खर हस्दिने, अनि २ मिनुते मा नै अर्को क्रिकलप|

    Reply
  5. B. Adhikari says:
    December 10, 2012 at 9:19 pm

    नौटंकी

    प्रचण्ड त नौटंकीका पात्र हुन नै तर यिनलाई नौटंकीको पात्र बन्न सहयोग पुर्याउनेहरु पनि कम होइनन्। समाज नै शक्तिको पूजारी छ।

    बी अधिकारी

    Reply
  6. Daya says:
    December 10, 2012 at 8:42 pm

    पारस, प्रचण्ड, प्रकाश, पत्रकार, प्रजा, सबै उही ड्याङको मुला हुनाले यो देश नसप्रेको हो. अब पत्रकारले किन चिप्लो घस्नु पर्यो प्रचण्डलाई? अगाडी सबैले ठिक्क पर्छन, अनि पछी कुरा काट्छन. केहि नगरे केहि गरेन भनेर लेख्छन, गर्न थाले सस्तो लोकप्रियता भन्न थाल्छन. जन्मजात एउटा पार्टीको भएर जन्मिने ‘प्रजा’ रहने देशमा नेता भ्रस्ट हुनु नौलो होइन.
    नेताको कुरा काट्नु अघि,
    १) काम ठुलो सानो नभन्नुस,
    २) जातपात को बिरोध गर्नुस,
    ३) ‘हाम्रो नेता’ होइन, ‘राम्रो नेता’ लाई भोट हाल्नुस,

    Reply
    1. Deepak chhetri says:
      December 10, 2012 at 9:43 pm

      होइन तिमि किन यसरि गाली गरेको कुनै पनि नेतालाई यसरि गाली गर्नु भन्दा पहिले आफ्नो नेता को गति हेर्न !!

      Reply
  7. Prabesh says:
    December 10, 2012 at 8:33 pm

    प्रचंडे र बागमती (ढल मिसाएको) उस्तै उस्तै हुन् !!!!
    मान्नेले भगमान नि मानेका छन्, नमान्नेले ढल नि मिसायका छन् !!! जे लाए नि हुने, जे बोले नि हुने, जे गरे नि हुने, जे फाक्ये नि हुने!!!

    Reply
  8. Damodar Dhungel says:
    December 10, 2012 at 6:49 pm

    एउटा नाटक को पात्र ले कथा र निर्देशक को अनुसार अभिनय गर्ने त हो नि प्रचण्ड पनि त एउटा पात्र त हो भनेर चित्त बुजानु बाहेक के छ र उसलाई थपड हान्ने बहादुर कुवर लाई जेल पठाई हालेछन .

    Reply
  9. nabin bhai says:
    December 10, 2012 at 5:47 pm

    ऋषि धमला त पत्रकार छ हाम्रो देशमा

    Reply
  10. xyz says:
    December 10, 2012 at 5:10 pm

    Why so much attack on Prachanda only? You can see Pradeep Gynwali also wearing camouflage jacket. Actually, Nepal’s patrakaars are pattukaars, basically, they are showing chakadi to scoff money from the state to construct their new building. Corrupted lot.

    Reply
    1. subash says:
      December 10, 2012 at 9:28 pm

      because Pradeep Gynwali is not as big as Prachandra. And talking about corruption – corruption never flows bottom up, in fact, it always flows bottom down. If so called “learders” like Prachandra were not incorrupt, then it will discourage followers to get corrupted. The root of corruption is at top level and these roots should be removed and cleaned out first if we are serious about eliminating corruptions.

      Reply
  11. Nabin Adhikari says:
    December 10, 2012 at 4:30 pm

    प्रचण्ड को नाटक घरि भीते राष्ट्रपति घरि पत्रकार एनी को लिला आपर छ |

    Reply
  12. अनिल says:
    December 10, 2012 at 4:30 pm

    पत्रकार त पत्रकार तर अलपत्रकार

    Reply
  13. उज्ज्वल पौडेल, भरतपुर १०, चितवन, नहर पारीको तेस्रो घर says:
    December 10, 2012 at 3:21 pm

    यसमा त्यति ठुलो कुरा देख्दिन म त | प्रेसको ज्याकेट लगाएर बाहिर हिडेको भए पो दुरुपयोग हुनु नि | उनीहरुकै कार्यक्रममा , उक्त पेशाको सम्मान स्वरूप लगाईदिदा मैले त आपत्ति जनाउन पर्ने कुनै कुरा देख्दिन |
    पश्चिमेली देशहरु मा चली रहेको चलन हो यो, कुनै क्याम्पसको कार्यक्रम मा, प्रमुख अथितिले उक्त क्याम्पसको नाम लेखिएको टी-शर्ट लगाउनु, अथवा, कुनै फूटबल क्लबको कार्यक्रममा प्रमुख अथितिले स्टेजमा उनीहरुको जर्सी लगाईदिनु भनेको उनीहरुको सम्मान हो, न कि त्यो कपडाको अपमान |
    यो मेरो नितान्त व्यक्तिगत विचार हो

    Reply
  14. Pratik says:
    December 10, 2012 at 3:18 pm

    This guy ‘Prachand’ is disgusting animal.

    Reply
  15. Sharad says:
    December 10, 2012 at 3:16 pm

    थप अर्को नौटंकी!

    Reply
  16. उपासक उदास says:
    December 10, 2012 at 2:05 pm

    अजब नेपालको गजबको चाला / कुनै बेला एक मन गह्रौं फूलको माला //
    नेताहरु बने बाबै खुकुरी र भाला / बेहोसीमा लम्पसार पर्छ , भन्दैन नाला //
    चाकडी -चुक्लिवालले मसीनै खाला / नेता भएर थाप्नु पर्दछ आफ्नै गाला //
    तसर्थ तगडा राखौं नेताजीको छाला / कुन बेला लगाउनु पर्ला काँढाको माला //

    Reply
  17. Kamal says:
    December 10, 2012 at 1:55 pm

    कत्ति प्रचण्डको मात्र खबर पढ्नु? प्रचण्ड र प्रकाशको खबर देख्यो किन किन
    नकारात्मक सोचाइ आउँछ|
    तर यो ब्लग पढ्दै जाँदा लाग्यो प्रचन्डले त्यो प्रेस पहिरन लाउँन आनाकानी गर्दा गर्दै पनि महासंघका पदाधिकारीहरुले उनीमाथि जबर्जस्ती खोचेका रहेछन| यसमा उनको के भुल र? बरु शिरमा जोकरले लाउने एउटा टोपी पनि लगाइदिएका भए हुन्थ्यो|
    प्रचण्डलाई मन्चमा किन ल्याएछन र सीडब्लु रेस्टुराँको परिकार ख्वाउन किन लगेछन भन्ने पनि पढदै जाँदा थाहा भयो| पत्रकारिता गरेको बीस बर्ष पछी पेन्सन दिनपर्ने मांग ‘रे|
    नेपालमा पुलिसले आफ्नै अस्पताल बनाए, आफ्नै स्कुल र आफ्नै क्लब पनि| त्यस्तै गरेर निजामति कर्मचारीले आफ्नै अस्पताल बनाए, सरकारी स्कुल त् उनीहरुको आफ्नै छंदैंछ| सांसदले पेन्सन र पाजेरो चाहियो भने| देउबाले खुशी पार्न पजेरो दिए तर जनताले होहल्ला मचाएर जोडले बिरोध नगरेको भए उनले आज काम न दामकाहरुलाई पेन्सन पनि दिएर सरकारलाई बोझ बनाईदिन्थे|
    सबैले आआफ्नो मात्र हेर्न थालेपछि अब साधारण जनता कंहा जाने?
    हुँदा हुँदा पत्रकार लाई पनि पेन्सन चाहियो रे| यो नियम अनुसार कल्पना गर्नुस धमलाले मैले पत्रकारिता गरेको बीस बर्ष भयो भनेपछि उनलाई पेन्सन दिने? सय प्रतिशत पत्रकार नराम्रो छ भन्ने होइन तर यस्तो अविवेकी प्रस्ताव कसरी आयो?
    प्रचण्ड लाई खुशी पारे पछी जे पनि भैहाल्छ भनेर अरुले सोचला तर यस्तो सोच राज्यको चौथो अंग मानिलेको हर्ताकर्तावालाहरु संग कसरी आयो? यो दुखनीय छ|

    मुखले सहमति सहमति भनेर भन्ने तर अझ बिमति देखाउने चार दलका नेताहरुलाई नेपाली जनताले एक रति पनि विश्वास नगरे पनि हुन्छ| जनताको विश्वसनीयता गुमाएका नेताहरुलाई राखेर पेन्सनको कुरा गर्नु कति सम्म उचित हो त्यो पाठकहरुले बुझेकै छन्|
    नेता सेता र चार पांच दलका नेतृत्वको सरकारको गठन बारे सहमतिको कुरा छाडिदिउ| चार चार बर्षमा एउटा संबिधान बनाउने कुरोमा सहमति हुन् सकेन|
    अब चुनाव नभईन्जेल सम्मको लागि कुनै पनि दल वा नेता संग प्रत्यक्ष सम्बन्ध नभएका योग्य, बिज्ञ व्यक्तिहरु राखेर सरकार गठन गरिनु पर्छ| उनीहरु कसैले आउँदो सरकारमा कुनै पद नलिने वाचा गर्नुपर्नेछ|
    यो सहमति सहमति भनेको के भने भोलि सरकारमा आएर पद, शक्ति र सरकारी साधन प्रयोग गरेर धन कमाउला र चुनाव जितौला भनेर सोचेका हुन्| देशको भलो चिताउने कुनै नेता भएन अहिलेको दलहरुमा|

    Reply
  18. nandan chalise says:
    December 10, 2012 at 1:53 pm

    इनी छेपारो हुन्, जहाँ जे पनि बन्दिनछन् , इनलाई तेसै उग्रे हरु ले भगवान मानेका हुन् र ????

    Reply
  19. Manoj Satyal says:
    December 10, 2012 at 1:33 pm

    प्रेस को मर्यादा राख्न नजान्ने हरुले लागैदेको हुनु पर्छ . नेता लाई प्रेस को अर्थ के थाहा . हुन त पत्रकार पनि त नेता का पछाडी लाग्ने हरु त हुन् नि .

    Reply
  20. sivaram says:
    December 10, 2012 at 12:31 pm

    त्यो त सम्मान सौरूप लगाई दिएको हो येस्मा तेस्तो के नराम्रो भयो र ।

    Reply
  21. Sangam says:
    December 10, 2012 at 12:20 pm

    I dun think they understand the meaning of that HI VIS jacket.

    Reply
  22. RAJ says:
    December 10, 2012 at 12:15 pm

    लगाउन नमान्दा पनि जबर्जस्ति लागैदिनु भनेको अरु केहि होइन प्रचण्डको चाप्लुसी गरेको हो | पेन्सनको बेबस्था हुने भो अब | :-p

    Reply
    1. Amrit says:
      December 10, 2012 at 8:32 pm

      पत्रकार चम्चे त हुन् नि नेपाल का सबै …

      Reply
  23. Milan Khadka,Toronto says:
    December 10, 2012 at 12:13 pm

    अब तीजको उद्घाटन कार्यक्रममा जाँदा ‘फरिया’ लगाउन बेर छैन नेताहरुले !!

    Reply
  24. Ramesh Paudel says:
    December 10, 2012 at 11:53 am

    जसले पनि देशलाई सुतेरै/लुटेरै खान खोज्ने… हे बाबा नसकिने भयो.. पत्रकार भनाउदा पत्रुकारहरुको माग हेर्नुस्न २० वर्ष “पत्रकारितामा बिताएका” हरु लाई पेन्सन रे! आ-आफुले काम गरेका संस्थाहरुमा माग्नु नि मागे पनि…. लाज पचेकाहरु.. थुक्क!!

    Reply
    1. कुसुम ज्ञवाली says:
      December 10, 2012 at 9:19 pm

      रमेश जी,
      त्यसो होइन । कल्याणकारी राज्य अर्थात समाजबादी लोकतन्त्र भएका देशमा १० बर्ष जहाँसुकै काम गरेपनि राज्यले पेन्सन दिने ब्यबस्था हुन्छ । त्यो पनि बास्तवमा राज्यले दिनु पर्ने होइन । हरेक महिनाको तलब बाट १% जति रकम काटेर कोष खडा गर्ने त्यसलाइ राज्यले नाफा दायक परियोजनामा परिचालन गर्ने अनि त्यसैको फाइदाका अाधारमा देश भरिका सबैलाइ पेन्सन को ब्यबस्था गर्न सकिन्छ ।
      नेपालमा पनि वरिष्ठ इन्जिनियर डा. सुनिल पोखरेलले नेपालको प्राकृतिक स्रोत साधनको उपयोग र फाइदा सम्वन्धी विध्यावारिधी सोधको निस्कर्ष हेर्दा यो ब्यबस्था नेपालमा पनि लागु गर्न सम्भव छ । बस, इच्छा शक्ति भएको नेतृत्व चाहियो, यस्ता असल नेताहरू हाम्रो देशमा नभएका होइनन् तर सिमित खराब नेतृत्व हावी भएको मात्र हो । एक दिन न एक दिन ती असल नेताको हातमा बागडोर अाउँछ ।

      Reply
  25. janak says:
    December 10, 2012 at 11:43 am

    ‘जुन गोरुको पुच्छर छैन उसकै नाम फुर्के’ भनेको यहि हो .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme