अमेरिकामा नेपालीहरु बाक्लै भेटिने एउटा ठाउँ हो सियाटल। त्यहाँ एउटा एनजिओ छ- WPPC Nepal। अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्र। यो अमेरिकामा दर्ता भएको एउटा एनजिओ हो। यसले महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्छ। नारीको संरक्षण गर्ने उद्देश्य बोकेको यही एनजिओका एक संस्थापक भने अहिले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्। ४० वर्षीय धन… Continue reading
Category: समाचार/विचार
को-को बन्दैछन् मन्त्री ?
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीश खिलराज रेग्मीले हिजैदेखि कार्यभार सम्हालिसके। उनको थाप्लोमा प्रशस्तै मन्त्रालयका जिम्मेवारीहरु छन्। किनभने अहिलेसम्म उनले दुई जनालाई मात्र मन्त्री बनाएका छन्। गृह र परराष्ट्रलाई पूर्व मुख्य सचिव माधव घिमिरेले सम्हाल्दैछन् भने कानुन र श्रम हरि न्यौपानेले। श्री ४ दलको ११ बुँदे राजनीतिक सहमतिमा लिखित रुपमा कति जना मन्त्री बनाउने… Continue reading
अहिलेका गृहमन्त्री पनि दूतावास धाउँदै हिँड्ने पो!
विकिलिक्समा सार्वजनिक भएका काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली नेताहरुका बारेमा गरेका टिप्पणीहरु पढ्न रोचक हुन्छ। बदलिँदो परिस्थितिमा नेता हैन कर्मचारी सत्तामा आएका छन्। उनीहरुबारे पनि दूतावासले आफ्ना गोप्य दस्तावेजमा उल्लेख गर्ने गरेका रहेछन्। हालका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबारे दूतावासले गरेको टिप्पणी त तपाईँले यो अघिको ब्लगमा पढ्नु भयो नै होला। नपढेको भए यहाँ छ। विकिलिक्स… Continue reading
रेग्मीबारे अमेरिकी दूतावासले यस्तो कुरा लाएको रैछ
विकिलिक्समा खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीशसमेत रहेका खिलराज रेग्मीले शपथ लिएर पदबहाली गरिरहँदा अमेरिकी दूतावासको वक्तव्य आइसकेको थियो। छिमेकी देशहरु भारत, चीन र युरोपेली देशहरुले भन्दा छिटो अमेरिकाले स्वागत गर्न हतार गर्यो। त्यसैले सबैभन्दा पहिले स्वागत वक्तव्य निकाल्ने अमेरिका नै भयो। संयोग के परेको छ भने यही अमेरिकी दूतावासले नै एकताका… Continue reading
के-के बाधा अड्काउ फुकाइयो त ?
श्री ४ दलले आफ्नो तजबिजीले संविधानका बाधा अड्काउ फुकाएर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष बनाए। त्यसका लागि २५ बुँदामा बाधा अड्काउ फुकाउनु परेको थियो। के के बुँदामा त्यसो गरिएको भन्ने बारे शपथ लिएपछि मात्र राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो। सार्वभौम भनिएका जनतालाई बाधा अड्काउ फुकाउनु अघि यसबारे सुँइकोसमेत दिइएको थिएन।
खिलराज रेग्मीले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)
धेरै दिनदेखि हुने कि नहुने ढिकिच्याउँ ढिकिच्याउँ भइरहे पनि, दलहरुका अधिकांश नेतालाई नै मनैदेखि यस्तो प्रस्ताव मन नपरे पनि हुनै नसक्ने असारमा चुनाव गर्ने उद्देश्यका साथ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएका छन्। उनले आजै राष्ट्रपतिसामु शपथ लिए। शपथ विशेष इजलासले उनलाई रोक्ने उद्देश्यले दायर गरिएको रिटको सुनुवाई हुनु केही घण्टा अघि भएको… Continue reading
यसरी गरे नेताहरुले निर्दलीय व्यवस्थाको सहमति
फोटोमा देखिएकाहरु नेपालका प्रमुख भनिने दलहरुका मै हुँ भन्ने नेताहरु हुन्। तर यी नेताहरुले लौ हामी अब मिल्न सकेनौँ, हामी असफल भयौँ, नेतृत्व लिइदिनुपर्यो भन्ने खालको सहमतिमा हस्ताक्षर गरिरहेका हुन्। आज राति अबेर विशेष समितिको सचिवालयमा बसेको बैठकमा यस्तो हस्ताक्षर गरेका हुन्। उनीहरुको हस्ताक्षर २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमतिमा भएको… Continue reading
असंवेदनशील अख्तियार
साउदी अरबबाट फर्किंदा अध्यागमन कर्मचारीबाट रकम लुटिएकी मात्र हैन,प्रहरीबाटै बलात्कृतसमेत भएकी युवतीको वास्तविक परिचय मिडियामा अहिलेसम्म आएको छैन। तर अख्तियारले भने आज एक सार्वजनिक सूचना छाप्दै ती युवतीको वास्तविक परिचय सार्वजनिक गरेको छ। विशेष प्रकृतिको अपराध (बलात्कार, मानवबेचबिखन)मा पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था भए पनि अख्तियारको असंवेदनशीलताका कारण यस्तो भएको हो। यसअघि प्रहरी प्रधान… Continue reading
विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?
अमेरिकी म्यागेजिन फोर्ब्सले एक अर्ब डलर सम्पति हुने विश्वका सबैभन्दा धनीहरुको सूचिमा नेपालका विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा यतिखेर चुलिएको छ। यो सूचिमा अहिलेसम्म कुनै पनि नेपाली परेका थिएनन्। तर किन ? के अरु कुनै नेपाली विनोद चौधरी जत्तिको धनी छैनन् ? एकै पटकमा करोडौँ रुपियाँ दान दिने उपेन्द्र महतो चाहिँ चौधरीभन्दा ‘गरिब’… Continue reading
चाभेज रहेनन्, अमेरिकाको एक ‘शत्रु’ घट्यो
भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। अमेरिकाको नाकै मुनि रहेर ‘अमेरिकी साम्राज्यवाद’लाई चुनौति दिएको बताउने चाभेजले आफू ‘अमेरिकाको शत्रु’ भएको घोषणा सार्वजनिक रुपमै गरेका थिए। जिउँदो रहँदामात्र हैन, मृत्युपछि पनि अमेरिकासँगको यो शत्रुता कायमै रह्यो। उनको मृत्युको घोषणा गर्ने सम्बोधनमा उपराष्ट्रपति निकोलस मादुरोले देशविरुद्ध षड्यन्त्र गरेको भन्दै अमेरिकी दूतावासका एक… Continue reading
गरे के हुन्न रैछ त नि
बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही… Continue reading
के भन्छन् राजीनामाबारे डा. भगवान कोइराला
जिम्मेवारी सम्हालेको १०८ दिनपछि राजीनामा दिएका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले आफूले त्यस्तो निर्णय गर्नुको कारणबारे जानकारी दिन लामो विज्ञप्ति निकालेका छन्। ‘म चुप बसेर छेउ लाग्न चाहन्थेँ तर..’, विज्ञप्तिमा उनले लेखेका छन्, ‘हजारौँले यसलाई गम्भीर रुपमा लिए र मैले यस्तो निर्णय लिनुको कारणबारे जान्न चाहे।’ उनले त्यसमा आफू नियुक्त हुँदाको अवस्था,… Continue reading
विनोद चौधरी नेपालका पहिला अर्बपति
अमेरिकाको फोर्ब्स म्यागेजिनले वर्षेनी निकाल्ने विश्वभरका अर्बपतिहरुको सूचिमा विनोद चौधरी नेपालको पहिलो अर्बपतिका रुपमा दरिएका छन्। उनको कूल सम्पति एक बिलियन अमेरिकी डलर अर्थात् झण्डै ८८ अर्ब रुपियाँ रहेको म्यागेजिन बताउँछ। म्यागेजिनले उनलाई नोटेबल न्युकमर्सको सूचिमा पनि राखेको छ। २१ जना एक बिलियन सम्पति भएकाहरुको नोटेबल न्युकमर्स सूचिमा उनको नाम २० औँ नम्बरमा रहेको छ।… Continue reading
पारसले आफै पानीसमेत खाए, भएको के रैछ उनलाई?
पूर्व युवराज पारस शाहको उपचार भइरहेको अस्पतालले आज वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताएको छ। ११ दिनपछि होस आएका उनलाई अहिले मेसिनको सहायताबाट सास लिन नपर्ने भएको छ। अर्थात् उनी भेन्टिलेटरको सहायता बिनै सास फेर्न सक्ने भएका छन्। उनी अहिले कुराकानी गर्न सक्ने अवस्थामा भएको र आज बिहान त आफैले पानी समेत… Continue reading
महाभारतको कथा र वर्तमान नेपाल
महाभारतको कथामा बर्णन गरिएका घटनाहरु वास्तबिक हुन कि काल्पनिक भन्ने बारेमा तर्क बितर्क गर्न छाडेर अहिलेको लागि महाभारत एउटा उपन्यास हो भनेर मानौं। यो उपन्यासमार्फत् ब्यासले जे भन्न खोजेका छन्, जे सिकाउन खोजेका छन् त्यो सन्देसको परिप्रेक्षमा वर्तमान नेपालको राजनैतिक घटनाक्रमलाई राखेर हेर्दा देखिन आउने बिभिन्न परिदृष्यहरु प्रस्तुत गर्ने यो लेखको लक्ष्य रहेको छ। महाभारत… Continue reading
यसकारण तीन महिना नि टिकेनन् डा. भगवान कोइराला
टियु टिचिङ अस्पतालमा कार्यकारी निर्देशक भएको तीन महिनामै डा. भगवान कोइरालाले राजीनामा बुझाएका छन्। गंगालाल ह्रदयरोग केन्द्रको प्रमुख भएर मुटु रोगको उपचारमा नेपाललाई आत्मनिर्भर र दक्षिण एसिया कै नमूना बनाउने श्रेय पाएका डा. कोइराला किन टिचिङमा चाहिँ तीन महिना पनि नटिकेका त? किनभने उनले धेरै नै राम्रा कामहरु गरे, अनेकौँ सुधारका उपाय लागू गरे। अनि… Continue reading
बिहानै पैसा बुझेर नि रातिसम्म सेवा नदिने ‘झेलिकम’
अपडेट (फागुन २१): टेलिकमले आज सूचना जारी गर्दै एडिएसएलमा समस्या आएको स्वीकार गरेको छ। ‘केही प्राविधिक सुधार गर्नुपर्ने’ भन्दै २० र २१ गते एडिएसएलको म्याद सकिने ग्राहकलाई सिस्टमबाटै २५ गतेसम्म थप गर्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ। यो अवधिमा रिचार्ज कार्डबाट महसूल भुक्तान गर्न सकिने पनि टेलिकमले जनाएको छ। सूचना हेर्नुस्। शनिबारै यस्तो व्यवस्था गरेको… Continue reading
पारसको होस खुल्यो, मान्छेसमेत चिन्न थाले
११ दिन बेहोस रहेका पूर्व युवराज पारसको आज होस खुलेको छ। उनको उपचार भइरहेको थाइल्यान्डको राजधानी बैँककमा रहेको समितिभेज सुखुम्भित अस्पतालबाट जारी विज्ञप्ति अनुसार उनले मान्छे समेत चिन्न थालेका छन्। यद्यपि, उनी अझै भेन्टिलेटर सपोर्टमा छन्।
‘चुल्ठेमुन्द्रे’हरुको आज प्रदर्शन, सर्वोच्चमा मुद्दा पनि हाल्ने
अपडेट (फागुन २०): अधिवक्ता सुवास लामिछाने र विकल्प राजभण्डारीले लामो कपाल पालेको र कानमा मुन्द्रा लगाएकै भरमा प्रहरीले अपराधीसरह व्यवहार गरेर स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन गरेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकालाई विपक्षी बनाई आज रिट दायर गरेका… Continue reading
यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’
बत्ती नभएकोले ल्यापटप चार्ज नहुने र इन्टरनेट पनि राम्रोसँग नटिप्ने हुनाले यहाँ देखिएको तामाङ मृत्यु संस्कार ‘घेवा’ मा देखिएका दृश्यहरुको वर्णन र फोटो अनि भिडियो विस्तृत अपलोड गर्न सकिने अवस्था छैन। माथि देखिएको फोटो घेवाको मुख्य दिन अर्थात् दोस्रो दिन दिउँसो नाच्नेहरुको हो। घेवा घरभन्दा माथि गई उनीहरुले मेकअप गर्दा रहेछन्। त्यहीँ मेरो क्यामेराका लागि… Continue reading