Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सकियो पदम कुँवर प्रकरण

Posted on December 11, 2012December 11, 2012 by Salokya

प्रचण्ड झापड प्रकरण आजदेखि अन्त्य हुने भएको छ। र, यो यसअघिका झलनाथ, सुशील कोइराला प्रकरणभन्दा खासै फरक ढंगले टुंगिएन। झापडलगत्तै माओवादीले आधिकारिक रुपमा र अनौपचारिक रुपमा दिएका प्रतिक्रियाहरु हेर्दा त एउटा निर्धो कार्यकर्तामाथि सिङ्गै पार्टी जाइलाग्ने जस्तो देखिएको थियो। प्रतिगमनकारी, देशीविदेशी तत्वको षड्यन्त्रदेखि वैद्य पक्षसम्म कत्रा कत्रा ठूला कुरा गरेका थिए पार्टीले। अहिले बल्ल वास्तविक धरातलमा उभिए। अन्ततः प्रचण्ड आफैलाई पिट्ने पदम कुँवरको धरौटी वापतको २८ हजार रुपियाँ तिरेर, माफी दिएँ आजै छुटाइदेऊ भन्न बाध्य भए।

त्यसो त उनले त्यो रकम नतिरेको भए पनि विभिन्न ठाउँबाट रकम जुटिसकेको थियो। आफैले तिर्छु भनी उनले सहानुभूति बटुल्ने राम्रै चालबाजी गरे। केहीअघिको अन्तर्वार्तामासम्म प्रचण्ड मेरो कुनै वैरभाव छैन, माफी दिएँ भनी बोल्ने र साथमा यसलाई जनताको आक्रोश मान्न तयार छैन, षड्यन्त्र पो हो कि भन्ने छानबिन गरिनुपर्ने बताउँदै आएका थिए।


प्रहरीले गरेको अनुसन्धानको प्रतिवेदनले समेत पदमले नियोजित रुपमा नभई आवेशमा हात उठाएको देखाइसकेको थियो। तर पनि मुद्दा जारी थियो।

हिजो त्यो मुद्दामा २८ हजार धरौटी सिडिओले मागे। उनले कहाँबाट ल्याएर तिर्नु त्यत्रो पैसा। अनि लगियो जेल। हिजै होहल्ला भयो। विभिन्न ठाउँबाट सहयोग रकम जुटे। धरौटी रकमभन्दा बढी रकम जम्मा भइसकेको थियो। प्रचण्डलाई गाली गर्ने र पदमप्रति सहानुभूति राखेर प्रतिक्रिया दिनेहरुको क्रम बढ्दै थियो। स्थितिलाई मूल्याङ्कन गरेर होला आज बिहानै प्रचण्डले धरौटी पनि आफै तिर्ने र आजै छुटाउन आग्रह गर्ने बताए।

सरकार वादी रहने मुद्दा भए पनि पीडितले कारबाही नचलाउन भन्यो भने यो मुद्दा रोकिन सक्छ। केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७ को प्रावधान अनुसार उनलाई आइन्दा यस्तो कसूर नगर्ने भनी सामान्य कागज मात्र गराएर छाड्न पनि सकिन्छ।

यसरी पदम कुँवर प्रकरण बाहिरी रुपमा सकिएको झैँ देखिएको छ। तर नेताहरुले जनता र आफ्नै कार्यकर्ताहरुको अपेक्षा अनुरुप उनीहरु आफैले देखाएका आशा पूरा गर्न सकेनन् र पूरा गर्छन् भन्ने विश्वास समेत दिलाउन सकेनन् भने यस्ता आक्रोश भित्रभित्रै दबिएर बस्न पुग्छ, जसको कुनै दिन विस्फोट घातक हुनसक्छ। नेताहरुले बेलैमा चेते राम्रो।

75 thoughts on “सकियो पदम कुँवर प्रकरण”

  1. rai says:
    December 14, 2012 at 5:24 am

    प्रचण्ड र मार्टिन लुथार्किंग १९६२ को दसक मा मार्टिन लुथरकिंग तेती बेला अमेरिकामा कला जति र गोरा जतिको बिचमा धेरै भेद भब हुन्थ्यो र तेस्कै बुरुधामा उ मन्चमा बोलिरहे को थियो हामी पनि यही देश क नागरिक हौ हामीले पनि गोरा हरु सरह अधिकार पाउनु पर्छ भनेर तर भासन सुनी रहेको गोरा लाई यो कुरा मनपरेन होला तेही भिडको गोरा ले आफुले लगाएको जुटा फुकालेर मार्टिन लुथार्किंग लाई हिर्कयेछ,तर मार्टिन लुथार्किंग रिसाउनु को सत्ता त्यो जुटा हने मान्छेलाई भनेछ महोदय कसले यो जुत्ता म तिर फ्याके को हो मिल्छ भने अर्को पनि फ्याक्दिनुसंन तपाइलाई धेरै धन्यवाद भने छु! किन भने मसंग त जुतानै छैन! प्रसङ्ग प्रचण्ड झापड काण्ड को हो प्रचण्ड ले झापड हने padam कुवर लाई माफी त दियेनै तर गल्तिगारे बापत तिर्नुपर्ने धरौटी रकम पनि तिरिदिएर महन्त देखाएका छन्

    Reply
  2. Luna says:
    December 12, 2012 at 5:06 pm

    पदम कुँबर जी ले पत्रकार सम्मेलनमा भन्नु भएको छ , –

    –प्रहरीमा रहँदा आफूलाई ५ पटक बयान लिएको र “सो क्रममा एक पटक मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिइएको” जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए । —

    मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिइएको ???
    यसरी बयान लिनु कानूनको दायरा भित्र पर्छ ??? यो कानूनी
    तरिका हो ??? कसले गर्ने यसको छानबिन ?

    Reply
  3. chiranjibi rai says:
    December 12, 2012 at 10:45 am

    पहिला माओबादी फैलाउने, अहिले आफ्नै नेतालाई झापड हान्ने पतामुर्खालाई हौसौने हरु देश भादुवा हरु जस्तो छ

    Reply
  4. सुनिल says:
    December 12, 2012 at 9:39 am

    नेपालको झापड प्रकरण पनि विधिको विधान झैं गजब छ । धेरै मै हुँ भन्ने नेताहरुलाई छिचोलेर यहाँ सम्म आई पुग्दा हामीले संसार कै जूता प्रकरणलाई भुसुक्कै बिर्सि सकेका छौं। फेरि पनि यि दुबै प्रकरणका सांकेटिक र शाब्दिक अर्थहरु आफैमा आब्शट्र्याक आर्ट जस्तो हुने छ र यसरी नै आफूलाई मिल्ने तरीकाले विवेचना गर्ने छ ।

    Reply
  5. Manoj Karki says:
    December 12, 2012 at 8:29 am

    तिनैका रगत पसिनाले माथी पुगेको छबिलालले तिनको धुलाई गरेर सजायँ नि दिलाएर अन्तिममा २८,०००/ तिरिदिएर माफी दिएँ भन्ने भ्रमबाट मुक्त हौ | छबिलाल, त्यो पनि हिंजो हजारौं पदम कुँवरहरुले उठाएको करोडौं चन्दा रकम तिमीले नै गुमुर्काएका छौ क्यारे ! १ झापड मात्र खाएर के चोख्यौला र खै ? अनि ति पदमहरुको आक्रोश २८,००० ओभाउला र ? चुस्न त चुस्यौ तर गार्हो छ छबि, अर्काको रगत पसिना पचाउन |

    Reply
  6. b.k pandey says:
    December 12, 2012 at 8:16 am

    हामी सबैले मिडिया मार्फत संसार भरि दिखिएको दृश्य हेर्दा कार्यकर्ताले जनताको पुकार नसुन्ने नेता ( भ्रस्ट आत्मा ) हरुलाई सहि दिसामा आउन दिएको संकेत, गिरिजा र प्रचण्ड को गालामा झापड को दाग त् थिएन, तर ति कार्यकर्ता ले भने धोबी पिटाई किन पाए,अझै प्रहरी ले रोकथाम नगरेको भए राजनैतिक गुण्डाहरुले यी सहि कार्यकर्ता लाई मार्थे होला.१९९० मा जनतन्त्र आयो,आज २०१२ मा गणतन्त्र तर यस २२ बर्स मा राजनीति मा लाग्ने र यिनका मतियार ले गर्दा देश भुमरीमा जादै छ, सबै स्वतन्त्र नेपाली ले सोच्ने बेला आइसक्यो .

    Reply
  7. sabir Tripathi says:
    December 12, 2012 at 7:43 am

    एक झापड ले सरकार को धु kuti मा २७००० जम्मा भयो .
    ५१२ जना ले दिन मा एकचोटी त झुट पकै बोल्चन
    नेता ले गल्ति गारो कि झापड जनता ले लगुना paune नियम हुन्थो थान सरकार को ढुकुटी मा कति जामा हुन्थो ल हेर्नुस त

    ५१२ नेता X 27000 X ३० दिन = ४१४,७२०,000

    Reply
  8. Ram K BImali, birtamod, jhapa says:
    December 12, 2012 at 7:09 am

    सामाजिक तहमा फटाइ गर्नेलाइ माओबादीले भाटे कारवाईबाट आन्दोलन सुरु गरे जस्तै राष्ट्रिय राजनीतिक तहमा फटाइ गरे वापत पदम कुवरले पनि सामाजिक फटाहा बिरुद्द आन्दोलन छेडेका हुन / यो राजनीतिक र आस्थाको लडाई हो प्रचण्ड प्रतिको व्यक्तिगत दुस्मनी होइन / माओबादीकालमा भएका भाटे कारवाई त के, गोलि ठोकेका घटना त राजनीतिक आन्दोलन को नाममा अहिले राम्रा काम मा दर्ज भए पंच खत माफीमा परे भने यो घटना पनि एक दिन उत्तम कामको कोटी मा पर्ने छ / अहिले नै पनि ठिक भो भनेर यसले पाएको मत नै बढी छ / बरु यौटा कम गलत भयो…. पदम जेल गएकै थिए… प्रचण्डको पैसामा म छुट्न चाहन्न भनेर जेल मा नै बस्नु राम्रो हुने थियो / धेरै दिन बस्नु पर्ने थिएन… त्यो यौटा आस्थाको लडाईमा दर्ज हुने मौका प्रचण्डकै पाठशालावाट प्रशिक्षित् भएर पनि पदम ले गुमाए भने प्रचण्डले उसैदिन माफी नदिइ अन्तिम मिनेट सम्म खेल खेलेर मात्र माफीको ‘निगाहा बक्स’ गरि “महान” हुने मौका गुमाए / देशलाई यो हालतमा लैजाने नेताहरु नै हुन / त्यसैले यस्ता जस अपजस क किताब इनिहरुकै नाममा लेखिने छन् /

    Reply
  9. prem sharma says:
    December 12, 2012 at 5:07 am

    So far we have seen people using their hands to drain their frustration poured by our leaders. But just a quick thought, I am very worried about, what would be the situation if people use their body as human bomb and blow our beloved leaders forever. This keeps on swinging on my head like pendulum.

    I pray to our almighty GOD for giving us enough power to behave humanely. Loving each other and working together to live a peaceful life.

    Reply
  10. Narendra Dai says:
    December 12, 2012 at 5:01 am

    कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनी बांगाको बांगै भनेजस्तो यो प्रचंडे केहि गर्दा पनि सुध्रने वाला छैन। यसको लाज/सरमा सबै मरिसक्यो।

    Reply
  11. Sagar BC says:
    December 12, 2012 at 4:56 am

    मान्छे सारै फटाहा भएमा छबिलाल बाट प्रचण्ड हुहोरछ, यो छबिलाल ले देस र जनतालाई दिएको धोकाको तुलनामा झापड त केहि हैन हो मित्र हो…..

    Reply
  12. narendra says:
    December 12, 2012 at 3:56 am

    यसको मतलब सबै ले हिंसा नै छाहेको रहेछन /

    Reply
  13. janak dangol says:
    December 12, 2012 at 2:59 am

    पोलपोट पनि कम्युनिस्ट अनि छबिलाल पनि कम्युनिस्ट ! दुबैको पेशा एकै त्यसैले पोलपोटको मरण एउटा टापुमा भाको थियो र जीवनको अन्तमा एउटा सिरक भन्दा केहि थिएन त्यसैले प्रचण्ड अब पोलपोट हुने हो कि कर्णल मुअम्मर गद्दाफी ? गद्धाफी पनि अन्त्यमा ज्यान बचाउन ह्युमपाइप भित्र पसेका थियेनी !

    Reply
  14. Bhim says:
    December 12, 2012 at 2:49 am

    यो त प्रचंद्लाई अन्याय भयो झापड़ पनि खानू छ पैसा पनि तीरनु पर्ने एस्तो पनि हुन्छ कहि?

    Reply
  15. Pradhyumna raj sharma says:
    December 12, 2012 at 2:36 am

    प्रचंडे लाइ काट्नु पर्छ , अब यो कमेन्टले १००० लाइक पाउछ.. Sadistic society को एक नमुना

    Reply
  16. ramesh says:
    December 12, 2012 at 2:22 am

    प्रचण्डले भारतमा सिकेको हो नाटक गर्न
    भारतले प्रचण्ड, भट्टराई, पासांग, पुन इत्यादिलाई training दियो
    भारतले माओबादी तयार पार्यो, पछी त्यहि माओबादीलाइ आतंककारी भन्यो, त्यहि माओबादीलाई भारतलाई खतरा छ भन्यो, त्यहि माओबादी संग शान्ति सम्झौता को नाटक गर्यो…
    नेपाली एक स्वरले संसारमा जहाँ जहा छन् भारको को नाटक बिरुद्द बोल्दैनन, यस्तै नाटक बढ्ने छ, देश अस्थिर, अराजक बाट खस्किने बाहेक केहि हुदैन

    Reply
  17. Bishwaraj says:
    December 12, 2012 at 1:58 am

    अब बाँकी – सुर्य बहादुर थापालाई झापड दिनु बाँकी छ, त्यो थापाले गरेको कुकर्मबारे खुकु छीन्तांग धनकुटा बाशीले-

    Reply
    1. jeevan verma says:
      December 12, 2012 at 11:48 am

      गज्जप छन हाम्रा नेपाली दाजु भै दिदि बहिनि ? सुर्य बहादुर लै झापट भन्दा रारा ? पुञ्ज गरन त्यो देश द्रोही लाई? के तिमि हरु आफ्नो आमाको बलात्कार हेर्छौ ? नीचताको पनि एउटा हद हुन्छ ?

      Reply
  18. Lohani Indra says:
    December 12, 2012 at 12:48 am

    मुला प्रचंडे जनताहरुको अगाडी खुब नखरा देखाउंछ ! यदि पदम कुँवरलाई माफी दिएर आफु खुबै नालायक पिडित भाको देखाएर मिलापत्र गरेको हो भने जरिवाना तिर्ने कुरै आउँदैन नि. माफी दिएको रे अनि २८००० उसैले तिरेको रे? अझै जनताको आँखामा फुल पर्ने दाउ गर्दो रैछ है ज्याउरो त.

    Reply
  19. Aakash Sharma says:
    December 12, 2012 at 12:09 am

    प्रचन्ड, तिम्रा नाति पनातीलाई सुन्दर नेपाल निर्माण गरिदिने नाऊमा कुनै पनि नेपालीले टाउकोमा गोली बोकेर, मानसिक रोगी भएर जिन्दगीभर तिम्रो सेवा गर्न सक्ने छैनन्। तुरुन्त पदमको दाइको टाउकाको गोलि निकाल्ने प्रबन्ध गर।

    Reply
  20. raju says:
    December 11, 2012 at 11:57 pm

    हो हामी नेपाली बिर छौँ र त बुद्धु छौँ भनेर भूपिले भनेका छन्,,तर हामी नेपाली बिर हैन बुद्धु चै पक्कै छौ भन्ने पुस्टि हमारा नेपाली दाजु भै को कमेन्ट पढ्दा सजिलै बुझ्न सकिन्छ ,,,,,,ऐले पदम कुँवर ले प्रचण्ड लै झापड नहानेर जनयुद्ध का घाइते लै सहयोग गर्नु पर्यो भन्या भए पदम कुँवर लै सहानुभूति देखाउने महासय हरु ले नै “तँ गधा लै कसले नेता को पछाडी लग्नु भनेर भनेको थियो आतंककारी ” भनेर कति गाली गर्ने थिए त्यो भनि साध्य छैन ,,,,ऐले प्रचण्ड लै झापड हानेर पछि उनकै पार्टी को कार्यकर्ता हीरो भयो अनि उसलाई सहयोग को खोला बग्न थाल्यो,,,ऐले सरकार ले जनयुद्ध का परिवार भनेर सहयोग दिन थाल्यो भने पैसा बदना थाल्यो बाबुराम ले भनेर गाली को खोलो बग्छ ,,,यी नेपाली लै कैले ज्ञानेन्द्र चाहिन्छ अनि चित्त बुझ्दैन प्रचण्ड चाहिन्छ,अनि फेरी चीत बुझ्दैन अनि बाबुराम चाहिन्छ,,,फेरी चित्त बुझ्दैन अब त मिठो भासन गर्यो भनेर गगन थापा चाहिन थाल्या छ,, समस्या नेता मा हैन नेपाली जनता मै छ,,,नेता भनेकै जनता को प्रतिबिम्ब हो,,,जस्तो जनता तेस्तै नेता हुन्छ,,,हामी नेपाली कैले नेपाली हुन सकेनौ,,,कोइ माओबादी, कोइ कोन्ग्रेस्सी, कोइ एमाले अनि कोइ जनजाती मात्रै,,,,हामी सबिई नेपाली भन्ने त उइ मुखले मात्रै हो,,,,आफ्नो भाग खोसिने भयो भने नेपाली भन्नु पर्ने अनि भाग सुरक्च्चित भयो भने अनि फेरी उइ ,,,बाहुन ,छेत्री,दमै ,,,कमि,,,मधिसे,,,माओबादी,,,कोन्ग्रेस्सी,,,

    Reply
  21. Lohani Indra says:
    December 11, 2012 at 11:56 pm

    त्यो मुला प्रचंडे जुन क्षेत्र बाट चुनावमा उठ्छ त्याबाट पदम कुँवर उठेर च्यालेन्ज दिनु पर्छ अब. अनि हेरौं न कसको लोकप्रियता रैछ.

    Reply
    1. jeevan verma says:
      December 12, 2012 at 11:51 am

      पागल हरु देश विकास तिर सोचन प्रचण्डको बारेमा होइन ? के पदम कुवर ले देश विकास गर्ला ? कि प्रचादा को शेखी झर्नु नै हाम्रो उद्देश्य हो ?

      Reply
    2. jeevan verma says:
      December 12, 2012 at 11:11 pm

      गज्जप छन हाम्रा नेपाली दाजु भाई दिदि बहिनि हरु ? सुर्य बहादुर लै झापट हान्न बाकी छन भन्ने भनाइमा रातो चिन्ह ? पूजा गर त्यो देश द्रोही लाई ? के तिमि हरु आफ्नो आमाको बलात्कार हेर्छौ ? नीचताको पनि एउटा हद हुन्छ ? सुर्य बहादुर नै हो नेपाल आमालाई पहिलो पटक बलात्कार गर्ने | यस लाई झापट ले मात्र पुग्दैन

      Reply
  22. pawan says:
    December 11, 2012 at 11:55 pm

    नेता चोर, देस छोड |

    Reply
  23. aashutosh says:
    December 11, 2012 at 10:35 pm

    धिकार छ प्रचन्ड ! यसरी सबै को गाली खाएर पनि कसरी सत्ता मा बसिरहन सकेको? अलिकति पनि नैतिकता भन्ने कुरा छ भने राजनीति छोडेर समाज सेवा गर ! इतिहास मा तिम्रो नाम सुनौलो संग लेखिन्छ

    Reply
    1. jeevan verma says:
      December 13, 2012 at 12:03 am

      यो अर्ति किन दिदैनौ सुर्य बहादुर थापा लाई जो अहिले पनि प्रजातन्त्रको नाम लिअर बर्बराई रहन्छ |

      तेस्तै शुसिल दा लाई किन अर्ति दिदैअनौ अब तिर्थ जाने बेला हो हजुरबा भनेर ?

      Reply
      1. Sushil Pradhan says:
        December 14, 2012 at 9:26 pm

        जीवनजी,
        तपाइको व्यक्तिगत रिस इबी छ भने अर्कै कुरा नत्र राजनीतिक जीवन समाप्त प्राय: भैसकेको नेता हरु लाई सजाय दिनु भन्दा देश बिगारेका या बिगार्न सक्ने क्षमता भएका नेता हरु लाई चेतावनी या अर्ति दिनु राम्रो होइन र ?

        Reply
  24. Prakash Tiwari NYC says:
    December 11, 2012 at 9:02 pm

    पंचायतकालमा जनताको काम गरेन भनि नानी मैया दाहालले मन्त्रि, प्रदान मन्त्रिको कठालो समाउने देखि झापु हान्ने जस्ता काम गर्थिन रे / पंचायतको सांकेतिक बिरोद गर्नको लागि पनि नेपालीले उनलाई जिताएर सदन पठाए / अब यी पदम कुवरलाई पनि प्रचण्ड र बाबुराम जहाँबाट उठ्ने हुन् आगामी चुनाउमा तेहीबाट उठाएर यी माओबादीका नाइकेलाई हराउनु पर्छ /

    Reply
    1. द्रोण says:
      December 12, 2012 at 1:12 am

      प्रकाश जी
      अब सितिमिति चुनाब हुन्न, समय तोक्ने ,फेरी थप्ने गर्दै आर्को ५-१० बर्स कम्तिमा जान्छ |हो बाबुराम गएर सुसिल आउला,बा फेरी आर्को आउला| पाली पालो खाने हो ,जब सम्म सडक बाट ठुलो बिरोध को आधि आउदैन ,तब सम्म चुनाब हुदैन |
      किनकि यहा हामि नै प्रजातान्त्रिक ,हामि नै क्रान्तिकारी ,हामि नै बैधानिक भन्ने सोचाइ र गराई उनीहरुको छ |यदि पुरानो सत्ताको अब्सेस लाइ माइनस गर्ने र साना पार्टी र मधेसी दललाई माइनस गर्ने हो भने ,येसो सोच्दा उनीहरुको दाबि हो जस्तो देखिन्छ |भर्चुअल्ली साबित हुन्छ |धेरै जुका हरुले चुसेर मोटाएर सरिर बाट खसुन्जेल देश ले मुक्ति पाउने वाला छैन |
      यो प्रायोजित परिस्थिति लेउन मा धेरै लागिपरेका थिए ,किनकि यहि परिस्तिती मा छोटा राजन ,दाउद इब्राहिम ,नेपालि डन हरु ,क्रिस्च्यांन मिसनरी ,सी आइ ये ,”र”सबैलाई आराम ले चल खेल गर्न खुला मैदान मिल्छ |
      प्रजातन्त्र को नाउमा दण्ड हिनता को लागु ले कुनै राज्यसत्ता ले पनि देश को भलाइ गर्न सक्दैन |
      मुट्ठी न कसी ,हरेक छेत्र मा दण्ड को ब्यबस्था न गरि देश उभो लाग्दैन ( हाम्रो देश मा त् उल्टो भ्रास्ताचारी मा कहलिएका हरु सत्ता मा छ )| दण्ड को ब्यबस्था न हुदा अनुसासन हिनता आउछ , अनुसासन न हुदा व्यक्तिगत जिबन त् नर्क समान हुन्छ भने
      देश कसरी चल्छ |
      अमेरिका ले मिडल इस्ट को तेल कब्जा गर्न र आफ्नो हतियार को बजार बढाउँन प्रजातन्त्र सब्द को गलत इस्तेमाल गर्दै हस्तछेप गर्ने गर्छ |
      हाम्रो देश मा पनि जुकाहरुले गरिब र प्रजातन्त्र भन्दै दिन दहाड़े फेरी पनि चुसेको चुसेकै छ (पंचायत को २५ बर्स ,बहुदल को बाकि बर्स पनि चुसेकै थिए मात्रामा बढी ,कम हुन् सक्ला )|

      Reply
    2. शरद-क्षितिज पारीबाट says:
      December 12, 2012 at 2:06 am

      पछिल्लो चुनावी नारा ‘अरुलाई हेर्यौ पटक-पटक,माओवादी लाइ हेर १ पटक……..राम्रै रहेछ अब बुझिदै छ ‘सुनारको सय चोट,लोहारको एकै चोट……..अब मुद्दा हाल पदमले हेरौं हाम्रो देशको कानूनले के फैसला गर्दो रहेछ त ???????

      Reply
  25. Bhadra says:
    December 11, 2012 at 7:33 pm

    झापड को सजाय २८,०००.०० हुँदो रहेछ / थुक्यो वा जुत्ताले हानेको भए कति हुन्थ्यो होला/ कुरै त हो!

    Reply
  26. Ekraj says:
    December 11, 2012 at 7:21 pm

    अब धेरैले छबिलाल को धुर्ताता र जनतालाईलाई पर्ने चलाखीहरु उदंगीदै जहंदा, इन्लाई बडा कठिनाईसाथ नयाँ, नयाँ धुर्त्याई लग्नु पर्ने हुन्छा| तर त्येसले पनि जनताले पत्याउने वाला छैनन्| यस्तै हुदैगायो भने, अब छाबिलालाई कुनै पनि धुर्त्यैले कम गर्न छाड़ो भने, अब बौलौना धेरै समय बाँकि नहुन सक्दछा|

    Reply
  27. mala shrestha says:
    December 11, 2012 at 6:54 pm

    प्रचण्ड ले नदिएको भय पनि पैसाले रोकिने त थिएन ,तर जसलाई थप्पड़ हानेको उसैले पैसा तिरेर् निकल्यो , कुवर लाइ हान्ने

    प्रचन्ड का आसे पासे हेरेया हेरइ भए

    Reply
  28. milan says:
    December 11, 2012 at 6:54 pm

    यो प्रकरण को अन्त्य होइन सुरुवात हो , नेपाल मा हावी रहेको राजनैतिक गुटवादी चरित्र माथि को थप्पड हो यो , जहिले सम्म नेपाली हरुले कुनै पनि दल को पछाडी नलागी नहुने बानि परिवर्तन गर्दैनन्, यो क्रम चलिरख्नेछा स्वतन्त्र देश को स्वन्तन्त्र नागरिक भएर १ वर्ष मात्र मर्नु भन्दा अघाडी बाच्न पाए हुन्थ्यो मलाई नेपाल मा

    Reply
  29. RAJ says:
    December 11, 2012 at 6:49 pm

    यो भन्दा ठुलो बेज्जती के हुन सक्छ प्रचण्ड को | 😀

    Reply
  30. Raj,Virginia says:
    December 11, 2012 at 5:52 pm

    जबसम्म नेताहरुका भतुवा र अनपढ कार्यकर्ता हरुले यसरीनै अन्धो भएर ,केहि कुरो नबुझी आफ्ना घुसखोर नेताहरुको बारम्बार साथ दिन्छन, तब सम्म यो देशमा ,यी चोर नेताहरुले यी अनपढ कार्यकर्ता हरुलाई ढाल बनाएर यो देशलाई नाङ्गो हुन गरि लुटी राख्छन् र यो कुरो बुझ्न सबै पार्टीका नेताहरुका आसे-पासे भतुवा,गवार ,अनपढ,बेरोजगार ,निकम्मा,खाते ,कार्य-कर्ता हरुले बुझ्न अत्यन्तै जरुरि छ !
    बिहान के खाम ,साझ के खाम हुने बुंगा कार्यकर्ता हरु तिमीहरुले अलि बढी गहरिएर बुझ्न जरुरि छ किनकि पैसा हुने हरुलाई त के को चिन्ता छ र ?

    Reply
  31. Pradhyumna raj sharma says:
    December 11, 2012 at 5:00 pm

    पैसा तिरेर माफ पनि दियिसके पछि पनि के को अझै गालि हो , अरिंगालको गोलोमा हात हाले पछि चिलाइ नभेटेर के म्वाई भेटिन्छ त

    Reply
    1. jeevan verma says:
      December 12, 2012 at 2:52 am

      कुरो सहि हो | तिरे पनि धर छिन अतिरे पनि धर छैन के गर्ने प्रचण्ड ले चाही |

      प्रचण्ड प्रति को यति सारो आक्रोस किन ? तपाई हरु कसै ले बुझाई दिनु भए कृतज्ञ हुन्थे होला|
      कोहि असक्क्षम हुँदा गाली गर्ने होइन उसको फताईका लागि गाली गर्नु पर्छ | प्रचण्ड ले मात्र के त्यस्तो फटई गारो ? धेरै जसो लै लाग्छा १५००० नेपाली को ज्यान लिने प्रचण्ड हो, तर होइन त्यो त गिरिजा एंड कम्पनी ( शेरे लगायत ) जसले हतियार किन्न माओबादी लाई उल्टो उक्सौथे | किन भने हतियार मा सब भन्दा धेरै कमिस्सिओं औछा | फेरी हतियार शान्ति सुरक्ष्या को लागि भएको ले लेखा परिक्षण पनि गर्न नपर्ने | किन हामी त्यता तिर हेर्दैनौ ?
      h
      शेरे, माकुने, झले, बदर ओली आदि को तुलनामा प्रचण्ड कमै फटाहा हुन्छ | त्यसको मतलब फेरी प्रचण्ड राम्रो मान्छे भनेको चाही होइन र तर उ मात्र र उ सब भन्दा ठुलो फटाहा चाही होइन ?

      प्रचण्ड ले घर किनो भन्नु होला, शेरे ले कहाँ बाट ल्यायो बुदा निलकण्ठ मा महल बनाउने पैसा ? अनि गिरिजा पुत्री को ५ कर्रोद को घर कहाँ बाट आयो ? कांग्रेस को राम शरण महत, प्रकाश श्रम महत, आदि को अरबौं कहाँ बाट कमाए ?

      यदि हामी हो आफु लाई बुज्रुक सम्झेर कमेन्ट गर्छु यस्ता छौ भने ति अँ पद नेता भनौदा कस्ट होलान र कस्तो आशा गर्ने ?

      Reply
  32. abhaya says:
    December 11, 2012 at 5:00 pm

    प्रचंडे को पैसा नलिए पनि हुन्छ , तेस्को पैसा ले चुतौना हुन्न कुवोर लाई………पैसा जम्मा भैसकेको छ तेही पैसा बाट छुटाउनु पर्छ/ आफैले पैसा हालेर माया देखाएको जस्तो किन गराउने छबिलाल लाइ …….गर्नी भए त पहिला नै गरेको भए हुने थियोनी

    Reply
  33. kedar says:
    December 11, 2012 at 4:40 pm

    कागको फुल पनी चोर्न सक्छु म चलाख भन्ने प्रचंडेले याहाँ चाई बल्ड्यांग खाकै हो / तुच्छ नेताहरुको बिरोधमा कती हात र दाम बढ्दा रहेछन बल्ल देखे जस्तो छ / येही सोचेर होला चुनाब नगराउने चाल गर्दैछ / यो बैसाखको चुनाब टरेकै बेस्ट, तेस्पछी हुने चुनाब होस् या कोतपर्ब ले यिनलाई १००% बढार्छ /

    Reply
  34. उपासक उदास says:
    December 11, 2012 at 4:37 pm

    पदमलाई बिना जरिवाना छोडेको भए प्रचन्डले दिएको ‘माफी’को केहि अर्थ लाग्थ्यो होला .
    तर यो कुरो उनले सोच्न सकेन . धमिलिएको छबि केहि हद सम्म भए पनि अलिकति उज्यालो पार्ने अवसरको उनले उपयोग गर्न सकेन. विचरो …….

    Reply
  35. k_shankar says:
    December 11, 2012 at 4:23 pm

    प्रजिअसाबले राम्रै चाकडी गर्न भ्याउनुभयो । छब्बिसलाललाई कुटेवापत अठ्ठाइस हजार जरिवाना । अघिअघिका प्रजिअसाबले खाएको गोदाइ पनि यसैमा थपिएछ ।

    Reply
  36. Basanta Paudel says:
    December 11, 2012 at 4:20 pm

    Going through all the comments what can be clearly said that a larger nepalese society is sfuffering from sadistic attitude no matter where they are.What we should understand is that violence breeds violence. Violence in any its forms and manifestations is no good for any society.Ofcourse, at this juncture of time, we do not like any nepalese leaders but it does not mean that we should support the peope attacking people or leaders physically.I know all you guys might disagree with me but any wrongdoings shouild not be justified in a wrong way.

    Basanta Paudel
    Sydney

    Reply
  37. saru says:
    December 11, 2012 at 3:24 pm

    कहानी त अब सुरु भएको छ कंहा खत्तम भएको छ र !! प्रचंदेको भरौटे हरु लै पनि पदम लै कुटेको बापत सजाय हुनु नै पर्छ यदि नेपाल मा न्याय छ भने नत्र भने पिडित हर नै कानून आफ्नो हात मा लिनु बाध्य हुने छ त्यो दिन भयानक दिन हुने छ त्यस कारण न्याय सबै लै समान होश र यो समाज ले पनि महसूस गरोश नत्र एक दिन यो सबै ज्वालामुखी भएर पड्किने छ.

    Reply
  38. Atma Ram Thapaliya says:
    December 11, 2012 at 3:09 pm

    हेर्दै जाउँ नेता कुटेर हिरो बन्ने फेसन कसरी फैलिन्छ ! रोनाल्डोले बिश्व कपमा गोल ठोकेर संसारै भारी वाफ – वाफ कमाएको देखेर म समेत डल्लो – डल्लो आकारको जे देख्यो तेसैलाई लात् हान्दै हिँडेको थिएँ कुनै बेला | पदम कुँबरले फूल – माला अबीर लगाएर सबको हाई – हाई बनेको देख्दा नेता – नेता पाराको एउटा न एउटालाई हानेर हिरो बन्ने जोस् चढेको छ आज फेरी | संविधान सभाको पुर्बसभासद् मध्ये एउटा न एउटाले मेरो हातको धुलाई भेट्छ अब ! बच्चा बेलामा खेलेको कराँतेको काम त अब पो आउला जस्तो छ !

    नेपालमा हिट हुनेनै हान्नेहरु न हुन् ! कांग्रेसहरुले हान्न थाले हिट भए, हान्न छाडे फ्लप हुन थाले | मालेहरु (अहिलेका एमालेहरू) ले हान्न थाले हिट हान्न छाडे फ्लप | माओबादीहरुले जबसम्म हान्थे तबसम्म हिट जब हान्न छाडे तबदेखि पत्रु कहलिन थाले | किरण बादलहरु फेरी हान्छु भन्दै छन् र हिट पनि हुँदै छन् | एस्तो देशको नागरिक म कसैलाई हान्दै नहानी मरें भने यो देशमा जन्मनुको के अर्थ ? अब हानिन्छ ! नेता भेट्योकी हनिन्छ !!

    Reply
  39. amit says:
    December 11, 2012 at 2:26 pm

    मैले बुझ्न न सकेको कुरा मुला प्रचण्ड लाई पदम जी लाई रिहा नै गर्नु थियो भने एती ढिलो किन गर्यो ,,साला नाटक को राजा हो गैडा !

    Reply
  40. Kamal Thapa(Saudi Arab) says:
    December 11, 2012 at 1:48 pm

    “एक नेता र एक झापड को” कथा खानेलाई चेतना भया, हान्नेलाई नामनै रह्या, भन्नेलाई जाँगर आया, सुन्नेलाई ठीकै भया, यो कथा नेपालको इतिहासमा रहला/ फेरी होला कि नहोला….

    Reply
  41. santosh says:
    December 11, 2012 at 1:45 pm

    बहुसंख्यक नेपालीको चरम नैराश्यताको प्रतिनिधित्तो गर्ने पदम कुवर र रेग्मी बा’ को त्यो झापड, मात्र झापड नभएर एउटा अती सुन्दर जागारड हो । भित्र कतै अलिकती पनि चेतनाको बिउ बाँकी भएकाहरुलाई एउटा सुन्दर पुस्तक हो ।

    Reply
  42. manlimbu says:
    December 11, 2012 at 1:45 pm

    कानुनी राज्यको धज्जी उडौदै व्यक्ति (प्रचण्ड) माथि हतपत गर्ने त्यो पदम कुवर जस्ता फौजदारी अपराधीलाई चन्दा दिनुको सट्टा त्यो बिहे गर्न नमान्दा पेट्रोल छर्किएर जिउदै जलैएकी बिचारी नेपालगन्जकी सिवा हसिम्लाई उपचारको लागि सानो सहयोग गरे नेपाल मा सचिनै मानबिय तथा सामाजिक सद्भाव बढ्ने थियो र अराजक समाजको अन्त्य नेपाल मा पनि हुने थियो कि भन्ने आशा जगद थियो

    Reply
    1. suman thapa, UK says:
      December 12, 2012 at 4:56 pm

      कुरा ठिक हो .. बाबुराम प्रचण्ड लाइ सोध, नभयका लडाकुको नाममा अर्बौ रुपैया [सय वटा अस्पताल खोल्न पुग्ने] भ्रष्टाचार गरेको पैसा खोइ ?

      Reply
  43. bibek dhakal says:
    December 11, 2012 at 1:35 pm

    २८००० दिएर प्रचण्ड ज्युले उनलाई झापड हान्नेलाई ठुलो माफी दिएको सम्झिएका रहेछन! तर त्येत्रो ठुलो “आममाफी” पाएर अझै चुनाबमा -‘भैगो केहि गर्छन कि हेरम न!’ भनेर तेत्रा जनताले दिएको मत ( जुन कति करोड बराबर होला!!!?) बाट प्राप्त सत्ता अनि सत्ता पछिको सुबिधा बाबजुद
    +
    सोझा जनता ( या योद्धा(?) ) लडाएको भरमा आर्जित येत्रो यश, रश र सुखभोग उपयोग गरेर तिनै जनतालै बिर्सिनेजस्तो घोर कृतघ्नता बाबजुद …..
    त्येत्तिका झापड हान्न सक्षम (कम्तिमा २ करोड होला!) आक्रोशित नेपालमध्ये एक जना को मात्र हात फुस्किनुलाई चाहि कुन “माफी” को बर्गिकरण गर्नु हुन्छ कमरेड? ? ?

    Reply
  44. Pitambar Khanal says:
    December 11, 2012 at 1:26 pm

    धरौटी आफै तिरिदिने नाटक गर्ने प्रचन्ड,यदि तिमी सांचिकै पदम कुँवर कान्ड बाट पाठ सिकेका हौ भने, पदम कुँवर को परिवार लगाएत जनयुद्द(तिम्रै भाषामा)को क्रममा घाइते, अङ्ग भंग भएका मनिसहरुलाई राम्रो उपचार को ब्यबस्ता गर। नत्र यस्ता घटनाहरू फेरिपनि दोहोरिने छन्। तिम्रा नाति पनातीलाई सुन्दर नेपाल निर्माण गरिदिने नाऊमा कुनै पनि नेपालीले टाउकोमा गोली बोकेर, मानसिक रोगी भएर जिन्दगीभर तिम्रो सेवा गर्न सक्ने छैनन्।

    Reply
  45. Aayush says:
    December 11, 2012 at 1:03 pm

    नैतिकवान बन्न खोजेको होला नि ……………………………….मुखाँ हान्नु जस्तो !!

    Reply
  46. SURESH CHAMLING says:
    December 11, 2012 at 1:01 pm

    के नेता हरुलाई झापड लगाएर अब देशको कति उन्नति भो त यो त बिकृति होइन र,यस्तो कार्य लाइ प्रोत्साहन दिनु हुँदैन

    Reply
  47. Sisir says:
    December 11, 2012 at 12:48 pm

    आफै बोक्सी आफै झाक्री … प्रचण्ड महिमा ..

    Reply
  48. Rai Bhojpure says:
    December 11, 2012 at 10:53 am

    प्रचण्ड लाई एक थप्पड हाने बापद रु २८००० जरिवाना | तर पदम कुवर लाई अंग भंग हुनेगरी कुट्ने प्रचण्डका भतुवा हरुलाई चाही छुट ?खोइ उनीहरुलाई जरिवाना ? के नेताका भतुवा हरुलाई चाही कानुन हातमा लिएर मान्छे पिट्न अधिकार छ ?
    “गजब छ बा ”
    राई भोजपुरे

    Reply
  49. तेन्जिंग गाबा says:
    December 11, 2012 at 10:28 am

    सबैले जाने-बुझेको नै कुरो हो,
    प्रचण्डको कुनै पनि आयश्रोत छैन,
    जे जति उनले खर्च गर्छन त्यो पार्टीले नै बेहोरी दिन्छ / अब यस पटक पनि पार्टीले नै तिरी दिन्छ यो रू.२८००० पनि होइन त् ? तर कुन खर्च अन्तर्गत ?
    १. मसलन्द
    २.जलपान
    ३. झापडपान
    ४.,,,,,,,,,,

    माओबादीको लेखापाल कामरेडलाई क्या टेन्सन बा !!!!!!

    जदौ

    Reply
  50. nilam_ma says:
    December 11, 2012 at 10:16 am

    होइन प्रचण्ड को त् केहि चोट लागेको छैन |पदमको चोत् देख्दा त् !! प्रचन्डलाई र त्यो कुकुर आसे पासे लाई पो थुन्नु पर्ने होइन?
    यो चोर नेताहरुको पछि पछि लाग्ने कार्यकर्ता आसे पासे कुकुर हरुले बुज्नु पर्ने हो नि ! कुन दिन ?पदम आफु पनि हुन् सक्छ |बिचरालाई कुत्नेहरु पनि उ जस्तै त् हुन् नि !नेताको इसारा नाच्नेहरु आफ्नै नेताको सिकार हुन् पुग्छ |यो फोहरी राजनैतिक ,दानब नेताहरु दिक्दार लागिसक्यो |राम हरि को घर मा बसेर खाएर मारेर के के ?? यो मवावादी त् नेपालकै सराप हो कि क्याहो ? यो पार्टी कहिले निर्मुल हुने होला ?
    कुनै पनि देसमा दुइटा भन्दा बडी पार्टी नहुनु नै बेस | यउटाई मात्र पन्चाएत् थिक लाग्यो |सान्त नेपालमा !अब त् ग्वाई ग्वाई पार्टी रे नेता रे कोलाहल गरे मात्र छि !

    Reply
  51. शशांक लामा, न्युयोर्क says:
    December 11, 2012 at 10:07 am

    पैसा र माफ दुवै दिइसकेपछि यसले राम्रो नजिर बसाउन मदत गर्छ| अब दशथरी कुरा गरेर मान्छे जुधाउने काम नगरौं न हाव ! नेता र जनता जुधाउने राजनीतिक कार्यकर्ता र केहि पत्रकारहरु होला जस्तो लाग्छ !

    Reply
    1. bal bahadur says:
      December 11, 2012 at 11:29 am

      लौ के को माफ , माफ दिएको भए त धरौटी राख्ने पर्दैन थियो नि कि कसो ? एकै छिनमा ६० हजार उठ्यो अनि डराए . माफ दिएको भए किन २८ हजार धरौटी पर्थ्यो , जब कि बन्दुक पड्काउने ले १० हजार तिरेका छन् . लामा जी , बिचरा तपाइँ .

      Reply
    2. gopal poudyal says:
      December 11, 2012 at 8:32 pm

      कठै तिम्रो विचार लामाजी !!!अब त कमेन्ट नगरेकै राम्रो !!!

      Reply
    3. Aakar Bhushan Nepali says:
      December 11, 2012 at 11:47 pm

      शशांक जी,
      तपाई यति राम्रो संग सुन्दर शैलीमा आफ्नो कुरा पस्कन सक्ने प्राणीलाई माओबादीको धङ्गधन्गी किन अहिले सम्म नगएको हँ ! माओबादी आफै चाहिं बिर्को नभएको भाँडोमा राखेको मात नलाग्ने झ्याल्टुङ्ग रक्सी (आरख) भईसक्यो |

      साधुबाद

      Reply
    4. Raman Gongba says:
      December 12, 2012 at 7:12 am

      सही र सकारात्मक कुरो लेख्दा यति धेरै रातो टीको लाउनेको लाम| भनेछी हामी कति नकारात्मक सोचतिर मात्र लाग्दरहेछौ यहीबाट थाहा पाउन सकिन्छ| यस्तै ताले हो भने लौ लौ तन्काउन्दै जाउँ र यसैमा अल्झीरहौ| चाहिएन निकास| कसलाई चाहियो र बिकाश?

      Reply
      1. jeevan verma says:
        December 12, 2012 at 11:47 pm

        नेपाली ले काम गर्थे भने देश अहिले यस्तै रहन्त्यो र ? नेपाली कुरा मात्र र त्यो पनि नकारात्मक जानेका छन् |

        बबुरा माओबादी ले २००/४०० पनि मारे कि मारेनन, सबै शेरे र गिरिजाका भाडा क तत्तु ले जनता मारे, दोष जति सबै प्रचण्डको टाउको मा | पत्रकार लेख्छन, प्रचण्ड, त्याग गरेर झुसिल दा लाई पी एम हुन् देउ, अर्का थरि भन्छन, प्रचण्ड बिकमे छन्, बिकमे सिट किन गिड गिडगिडाहट पी एम बने देउ भनेर | अरुले राम्रो गरेर देखाई दिए भएन र ?

        प्रचण्ड भगवान होइन, मान्छे नै हो, उसले पनि देश को स्थिति बाट फाइदा लिएर ब्यापारी सिट कमिसन वा काम गरिदिएबपत् केहि लियो होला, तर जहाँ सम्म लाग्छ, कोइराला परिबर को जस्तो नेपाल आफ्नै बिर्ता हो जस्तो चाह्ही गरेको छैन ?

        Reply
  52. तेन्जिंग गाबा says:
    December 11, 2012 at 10:02 am

    “पाप धुरीवाट कराउछ” भनेको यहि हो
    कहिले एकमात्र पुत्र = पत्रु भएको देख्नु पर्ने
    कहिले झापड खाए बापत खल्तीबाट झिकेर सुको बुझाउनु पर्ने

    ग्रह-दशा बिग्रिएको जस्तो छ छबीलालजीको,
    लौ फेरी भैसी पुजा गर्नु पर्यो
    राम! राम !! राम!!!

    Reply
  53. Basanta Thapa,Maryland,USA says:
    December 11, 2012 at 9:54 am

    सम्मान घृणामा बदलिइसकेको छ
    आस्था अबिस्स्वास बनिसकेको छ
    जति पटक क्रान्ति भए पनि जनता हार्ने नेता जित्ने आधार बनिसकेको छ \
    नेपाल जहा राजनीति गरे कहिल्य नडुब्ने फलिफाप हुने पेशा बनिसकेको छ \
    अति गरे खति हुन्छ भन्छन बुढापाका सायद देशले नया कोतपर्ब पर्खीरहेको छ

    Reply
  54. चन्द्र मादेन "आन्छन्" says:
    December 11, 2012 at 9:44 am

    प्रचण्ड यदि तपाँईमा दयाको जिजिविसा भए पीडि र गरिब कुवरलाई पहिल्यै छुटाउनु पर्थ्यो,यी वेसाहाराको उपचार पनि गरिदिनुपर्थ्यो ।अहिले विदेशमा वस्ने सहयोगी महान हात बढेपछित तँपाईको सहयोगत किन चाहियोर ?मरे पछि हरियो काँक्रो भनेझै ।अझै तँपाई जनतालाई साँच्चै न्याय दिनुचाहानुहुन्छ भने,तपाँईले पहिलै माफी दिईसक्नुभएको पदमलाई जस्ले अहिलेसम् हत्कडी लाएर हिरासतमा राखे,जस्लेसिडीयो जस्तो भएर मलाई माफी दिएको थाहै छैन भनि बूझ पचाएर निरिह पदमलाई २८ हजार तिर्दैन भने जेलमै भनेर घोषणा गरे । हो यी जनताको नुन खाएर जनतालाईनै डस्नेलाई कडा कार्बाहि गर्नुहोस ,अनिमात्र केहि मलम लाएको देखिन्छ ।

    Reply
    1. BIWAS GHIMIRE says:
      December 11, 2012 at 1:46 pm

      खुत्यायो तपाई को पर्चंडे ले कारबाही गारो हत्यारो ले न्याय न हसौनुस न हो मित्र भारतीय दलाल ले १० बर्समा भारत को इसारामा मान्छे मार्दै हिड्ने चोर ले पनि न्याय र अन्याय छुत्युना सक्छा र ?

      Reply
    2. Rajat says:
      December 11, 2012 at 1:51 pm

      कस्तो नया नेपाल हो यो . जनता को राज्य रे तेइपनी नेपालको सबै भन्दा नारुचैएको नेता जनता द्वारा लै निकाल्न सक्ने बाटो नि chaina

      Reply
  55. Shankar says:
    December 11, 2012 at 9:38 am

    गाउको भैसी चराउने —>स्कुल शिक्ष्यक—->क्रान्तिकारी नेता सम्म भयो |इमान्दारिता र साचो बोल्ने लाइ जिबन दर्सन बनाएको भए त् धेरै राम्रो हुन्थ्यो |
    दुइ जिब्रे र फटाह को रुप मा छबिलाल को छबी बन्दै गएको हुदा कालान्तर मा रद्दीको को टोकरी मा पुग्ने हुन् कि सडक मै ढल्ने हुन् भन्न गारो छ |

    Reply
  56. Suman bhote says:
    December 11, 2012 at 9:24 am

    जे जस्तो भए पनि एउटा कुरा पक्का छ अब, अब कति नेताले झाप्पड खानेहुन तेस्को अनुमान लगाउन गारो छ अब/
    पैसा कमाउने बाटो हुन सक्छ अब यो फर्मुला/
    नेतालाई पिट र पैसा कमाउ/
    एक झापड को १ लाख/

    Reply
  57. Madhab Bhattarai says:
    December 11, 2012 at 9:22 am

    यो नाटक सबैले बुझेका छन् . पदम कुँवर प्रति प्रचण्डको साँचै सहानुभूति भएको भए सी. डी. ओ. लाई अधिकतम जरिवाना गर्नुको साटो हजार-पाँच सय मात्रै जरिवाना गरिदिनु भन्न सक्थे. आखिर सरकार/सत्ता/सी. डी. ओ. उनकै हातमा छ क्यार.

    Reply
  58. avash says:
    December 11, 2012 at 9:18 am

    पदम
    जनता को रगत संग होलि खेल्ने प्रचण्ड को पैसा लियर बाहिर नआउदा कसो होला /

    Reply
  59. arjun sapkota says:
    December 11, 2012 at 9:14 am

    नमचिने पिंगको सय झड्का हुन् बिचरा छबिलाल उर्फ़ प्रचण्ड

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme