Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

रेशम पक्राउ प्रकरण : एक अधिकृतको मात्र सनक हो कि राज्यले नै प्रवृत्त धारणा बोकेको?

Posted on May 1, 2025May 1, 2025 by mysansar

वैशाख १७ गते रेशम चौधरीलाई गरिएको गिरफ्तारी एक अनधिकृत पत्रको आधारमा, बिना स्पष्ट अदालती आदेश भएको घटनाले नेपालको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अदालतमा विचाराधीन मुद्दाका व्यक्तिलाई समेत पक्राउ गर्ने सनकपूर्ण प्रवृत्तिले राज्यका संयन्त्रमा देखिएको स्वेच्छाचारीता र ल्याङफ्याङ्गे कार्यशैली उजागर भएको छ। कानुनका विद्यार्थी प्रवीण भट्टले घटनाका स्रोत, दस्तावेज र मिडिया रिपोर्टहरूको आधारमा यो… Continue reading

कतारका गल्लीहरूमा हराएका नेपाली सपनाहरू

Posted on March 27, 2025March 27, 2025 by mysansar

म झापाको तोपगाछीबाट। नाम ठ्याक्कै खुलाउन मन छैन, तर माइसंसारका पाठकहरुले चाह्ने हो भने ‘अभागी कान्छा गाउँले’ भनेर चिनिदिनुहोस्। कतार आउनु अगाडि, धेरै सपना थिए। घरमा बाआमा, दाजुभाइ, साथीसंगी—सबैलाई “अब म पैसा कमाएर फर्कन्छु” भन्ने ठूलो आस। भिसा लागेपछि काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलबाट प्लेन चढ्दा मनमा डर पनि थियो, उत्साह पनि।

सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१ – नेताहरुलाई बचाउने विधेयक

Posted on January 30, 2025 by mysansar

प्रस्तावना: नेपालको महान लोकतान्त्रिक इतिहासमा अर्को स्वर्णीम अध्याय थप्दै, हाम्रो सम्माननीय नेताहरूको पवित्रता, इज्जत, र असल चरित्रलाई बचाउन अपरिहार्य “सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१” पारित गर्नुपरेको छ। यो ऐनको मुख्य उद्देश्य भनेको जनताका मुख सिल गर्नु, आलोचना बन्द गराउनु, अनि “नेता भनेको नै सत्यको अवतार हो” भन्ने सिद्धान्तलाई कानूनी मान्यता दिनु हो।

एउटा भुस्याहा कुकुरको आँखाबाट: मायाकुमारीको कथा

Posted on January 13, 2025January 13, 2025 by mysansar

त्यो बिहान अलि चिसो थियो। बिहानको पहिलो सूर्यको झुल्कोलाई पछ्याउँदै म सडकतिर दौडिरहेको थिएँ। पेटमा भोक थियो, मनमा अभाव थियो। अचानक, ठूलो हल्ला भयो। मान्छेहरूको चिच्याहट, गाडीहरूको हर्न, र एकथरी डरभित्र लुकेको आक्रोश। मेरो कान ठाडा भए। केही पर, मैले देखेँ—एक ठूलो कालो भैँसी। उसका आँखा टिलपिल गर्दै थिए। त्यही आँखाबाट डर, पीडा, र अन्तिम… Continue reading

डिजिटल नेपाल: जहाँ QR कोड हेर्न चश्मा चाहिन्छ, तर पैसा तिर्न नगद!

Posted on September 22, 2024September 22, 2024 by mysansar

पुष्पेन्द्र खड्का – भदौ ३१ गते बिहानको चिसो हावामा म हतारिएर कार्यालयतिर अघि बढ्दै थिएँ। सवारी साधनको तेलमापन पट्टीले रातो संकेत देखाउँदा, म नजिकैको पेट्रोल पम्पमा रोकिएँ। तर त्यहाँ ठूलो अक्षरमा लेखिएको थियो, “पेट्रोल छैन ।” दोस्रो पम्पमा पनि उस्तै हाल। अरे बाबा! यो मूल्य बढ्ने अघिल्लो दिन र घटेको भोलिपल्ट पेट्रोल नहुने चक्करको नयाँ… Continue reading

बेल्जियममा ढुकुटी प्रकरण: हाम्रो समुदायलाई हल्लाउने आर्थिक भूकम्प

Posted on September 16, 2024September 16, 2024 by mysansar

नमस्कार साथीहरू! म नमिता, बेल्जियममा बस्ने एक नेपाली आप्रवासी। आज म तपाईंहरूसँग एक यस्तो विषयमा कुरा गर्न चाहन्छु जसले हाम्रो समुदायलाई हल्लाएको छ – ढुकुटी प्रकरण। यो ब्लगमा हामी यस प्रकरणको विस्तृत विश्लेषण गर्नेछौं, यसको प्रभाव बुझ्नेछौं, र यसबाट सिक्न सकिने पाठहरू बारे छलफल गर्नेछौं।

चिनियाँ सेनामा गोर्खा सैनिक भर्ना ? नपत्याउनुस्, गलत हो

Posted on March 29, 2024 by mysansar

हालै २१ दिन लामो अनसन (क्लाइमेट फास्टिङ) बसेका चर्चित भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुकले अनसनको चौथो दिन दिएको अभिव्यक्तिमा भारतीय सेनामा भर्ना हुने नेपालीहरु अब चिनियाँ सेनामा भर्ना भएर भारतविरुद्ध लड्न लागेको दाबी गरिएको छ। तर हाम्रो तथ्यजाँचले भने उक्त दाबी गलत देखिएको छ ।

फ्याक्ट चेक : सशस्त्र प्रहरीले ४२ लाखको हैन करिब ४ लाख मूल्य बराबरको मात्रै प्याज बरामद गरेको हो

Posted on February 9, 2024February 9, 2024 by mysansar

‘रातोपाटी’, ‘लोकान्तर’ लगायतका अनलाइन मिडियामा बुधबार (२४ माघ, २०८०) मा सशस्त्र प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको प्याज सहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको समाचार लेखेका छन्। हाम्रो तथ्य जाँचले भने यति मूल्य बराबरको प्याज नियन्त्रणमा नलिइएको र यो समाचार भ्रामक रहेको देखायो।

टिकटकमा प्रतिबन्धको अर्को पाटो : हजुरआमाहरु माथि अन्याय भयो

Posted on November 16, 2023 by mysansar

स्वेच्छा राउत – मैले मेरा हजुरआमाहरूलाई सबैभन्दा खुसी गीत गाउँदै गर्दा वा नाच्दै गर्दा देखेकी छु। घरको आमा असारे वा काठे भाका दङ्ग पर्दै गाउनु हुन्थ्यो। केही वर्षअघि सम्म उहाँले निस्फिक्री भाका हालेको दृश्य भिडियोमा कैद गर्थ्यौँ। उहाँ केही धकाउँदै भन्नुहुन्थ्यो – ‘नखिच् न! लाज हुन्छ।’ यद्यपि भिडियोमा आफैलाई हेर्दाको थोरै लाज अनि धेरै खुसी… Continue reading

मिडिया सञ्चालकको दादागिरी र अकर्मण्यताको शिकार : सोझा पत्रकार

Posted on June 7, 2023June 7, 2023 by mysansar

भरत कोइराला – संघीय राजधानी काठमाडौंबाट प्रसारण हुने चल्तीको टेलिभिजनमा पोखराबाट काम गर्ने एकजना बहिनीले तलब नपाएको ९ महिना भयो । त्यसअघि उनी पोखराकै एउटा टेलिभिजनमा काम गर्थिन् । महिना बितेपछि तलब हात लाग्थ्यो, आफू र परिवारको गर्जो टारेकी थिइन् उनले । देशभर नाम चलेको टेलिभिजनमा काम गर्ने अवसर पाउँदा उनी पछि हट्ने कुरै भएन… Continue reading

रवि लामिछानेलाई मुछेर ‘कान्तिपुर’ले लेखेका तीन वटा ‘मेन न्युज’ ले लुकाएका महत्त्वपूर्ण विषय

Posted on April 20, 2023April 22, 2023 by mysansar

नोट : ‘फ्याक्ट चेक’ र ‘ब्लग’ अलग विधा हुन्। ब्लगमा आफ्नो विचार हुन्छ। तलको सामग्री ‘फ्याक्ट चेक’ नभई कान्तिपुरका एक पाठक राजन अधिकारीले कान्तिपुरका समाचारहरु पढेर उठाएका प्रश्नसहितको ब्लग हो। राजन अधिकारी/@ADH_RAJAN कान्तिपुरले पछिल्लो एक हप्तामा तीन वटा मेन न्युज र एउटा सम्पादकीय लगातार एउटै विषयमा लेखेको छ, जसको केन्द्रमा थिए-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा… Continue reading

रवि लामिछाने प्रकरणमा चुकिरहेको राज्य, अनि साथसाथै मिडिया

Posted on March 22, 2023March 22, 2023 by mysansar

राजन अधिकारी/@ADH_RAJAN रवि लामिछानेको नेपाली नागरिकता सम्बन्धी विवाद संसद सदस्य हुन मिल्ने कि नमिल्ने विषयलाई केन्द्रमा राखेर सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंग्याइसकेको छ।  रवि अहिले न सांसद छन्, न सरकारमा छन्। दलगत रुपमा उनी सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारलाई समर्थन गरिरहेको अवस्था छ जुन उनी सांसद हुँदैदेखिको निरन्तरता हो।  जहाँसम्म राहदानी सम्बन्धी विवाद… Continue reading

वडामहारानी चिढ्याउने त्यो अन्तर्वार्ता : उद्योगपति मणिहर्षदेखि तस्कर र मिडिया टाइकुनसम्मका अन्तर्वार्ता

Posted on October 28, 2021October 28, 2021 by mysansar

-किशोर नेपाल- समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा… Continue reading

प्रहरी फेरि भकुन्डो ! कानुन ननाघ्‍ने कि ?

Posted on September 9, 2021September 3, 2021 by mysansar

-मधु लम्साल- अहम्, दम्भ, अहङ्कार, बेलगाम बोली र हेपाहा प्रवृत्तिले ओली अस्ताए। यसैमा देउवालाई चिट्टा पर्‍यो। अनायासै प्राप्त विरासत कसरी सम्हाल्ने देउवाले बुझ्न जरुरी छ। खुस्केका ओली अहिले धेरै नबरबराए मात्र हुन्छ, देउवाले भने धेरै गर्नुपर्छ। देउवा फुकी फुकी पाइला चाल्नुपर्ने अवस्थामा छन्। पाँचौँ पटक देशको बागडोर समातेका देउवा ‘सुधारिएको’ देख्ने अपेक्षा हो फरक दृश्य… Continue reading

सम्बोधन नामबाटै गर्दा हुन्न र भन्या ?

Posted on July 12, 2021July 12, 2021 by mysansar

-लक्ष्मी ज्ञवाली- “एक्सकियुज मी सर” मेरो केही सोधाइ थियो उनीसँग । पुलुक्क मेरो अनुहारतिर हेर्दै “डन्ट टेल मी सर माइ नेम इज मेइर्” उनले भने । सर भनेको पटक्कै मन परेनछ क्यारे उनलाई त्यसैले यसरी जवाफ फर्काएको हुनुपर्छ । म त सामान्य काम गर्ने सहयोगीको रुपमा त्यहाँ पुगेकी थिएँ । उनी त्यो सहरको मेयर हुन्… Continue reading

संविधानमा प्रतिनिधिसभा विघटनको सकस : खोज्नुपर्ने ६ प्रश्नको उत्तर

Posted on July 2, 2021July 2, 2021 by mysansar

स्पन्दन अधिकारी नेपालमा ६ महिनामा एकै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको दुई पटक विघटन भएको छ। सर्वोच्च अदालतले पुनस्थापित गरेको प्रतिनिधि सभालाई तीन महिना पनि नपुग्दै र उही प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमा भएको यो विघटन विश्वमै नयाँ रेकर्ड हुनुपर्छ। त्यसो त २०५९ साल जेठ ८ मध्यरातमा प्रतिनिधि सभा विघटन गराउने तत्कालीन प्रधानमन्त्रीले गत जेठ ८ को मध्यरातको… Continue reading

बादल हुस्सु बन्दा : उही कुमार लामाका ६ व्यङ्ग्यचित्र

Posted on June 8, 2021June 8, 2021 by mysansar

उही कुमार लामा माइसंसारका पुराना व्यङ्ग्यकार हुन्। उनका फोटो व्यङ्ग्य माइसंसारमा धेरै प्रकाशित छन्। धेरै समयपछि उनले पुनः व्यङ्ग्यचित्र पठाएका छन्। हेरौँ नयाँ राजनीतिक परिस्थितिमा उनको व्यङ्ग्यवाण।

कथा : ऐंठन

Posted on June 5, 2021 by mysansar

– अनन्त लम्साल – पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं शितलताका खातिर निस्किएका हुन् कि भन्ने पनि लाग्यो । कसैलाई वाहनले तानिरहेको थियो भने कोही आफ्नै दुई पयरका सहायतामा घस्रिरहेका थिए । कोही फोहोरको थुप्रोमा आगो लगाउने प्रयत्न गर्दै धुवाँको मुस्लोमा… Continue reading

भगवान संकट मै परेका हुन् त ?

Posted on June 5, 2021 by mysansar

हरेक वर्ष बडादशैंका अवसरमा तनहुँको बन्दीपुरमा अर्कै रौनक छाउँछ, अर्कै खुशीयालीको माहोल देखा पर्छ। बन्दीपुरस्थित खड्गदेवी मन्दिरमा कथित पानी चल्ने र नचल्ने जातजाती आपसमा मिलेर पूजापाठ गर्ने तथा सामुहिक–समावेशी तवरमा कल्याण मंगलको प्राथना गर्ने गर्छन्। मन्दिरको एउटै चुलोमा खाना खानेदेखि मन्दिरका चार कोणमा भिन्न जातीय पुजारीले खड्गदेवीको पुजा–आराधना गर्ने र नवमीका दिन खड्गदेवी तरवारलाई आलोपालो… Continue reading

गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै !

Posted on May 30, 2021 by mysansar

– उही कुमार लामा –   मदनले सोध्लान् नि खोइ हिही भन्लान् कीर्तेलाई सोध भन्दिए। अनि फेरि सोध्लान् नि खोइ जबज भन्लान् काजुसँग खायो भन्दिए। आश्रितले सोध्लान् नि खोइ तुक्के भन्लान् नागरिकता बाँड्दैछ भन्दिए। मधेसीले सोध्लान् नि खोइ नागरिकता भन्लान् बिहारीले पाउँछन् भन्दिए। हिहीवालीले सोध्लिन् नि खोइ मेरो सरकार भन्लिन् बयलगाडा चढ्यो भन्दिए।

Posts pagination

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme