Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

वडामहारानी चिढ्याउने त्यो अन्तर्वार्ता : उद्योगपति मणिहर्षदेखि तस्कर र मिडिया टाइकुनसम्मका अन्तर्वार्ता

Posted on October 28, 2021October 28, 2021 by mysansar

-किशोर नेपाल- समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा… Continue reading

प्रहरी फेरि भकुन्डो ! कानुन ननाघ्‍ने कि ?

Posted on September 9, 2021September 3, 2021 by mysansar

-मधु लम्साल- अहम्, दम्भ, अहङ्कार, बेलगाम बोली र हेपाहा प्रवृत्तिले ओली अस्ताए। यसैमा देउवालाई चिट्टा पर्‍यो। अनायासै प्राप्त विरासत कसरी सम्हाल्ने देउवाले बुझ्न जरुरी छ। खुस्केका ओली अहिले धेरै नबरबराए मात्र हुन्छ, देउवाले भने धेरै गर्नुपर्छ। देउवा फुकी फुकी पाइला चाल्नुपर्ने अवस्थामा छन्। पाँचौँ पटक देशको बागडोर समातेका देउवा ‘सुधारिएको’ देख्ने अपेक्षा हो फरक दृश्य… Continue reading

सम्बोधन नामबाटै गर्दा हुन्न र भन्या ?

Posted on July 12, 2021July 12, 2021 by mysansar

-लक्ष्मी ज्ञवाली- “एक्सकियुज मी सर” मेरो केही सोधाइ थियो उनीसँग । पुलुक्क मेरो अनुहारतिर हेर्दै “डन्ट टेल मी सर माइ नेम इज मेइर्” उनले भने । सर भनेको पटक्कै मन परेनछ क्यारे उनलाई त्यसैले यसरी जवाफ फर्काएको हुनुपर्छ । म त सामान्य काम गर्ने सहयोगीको रुपमा त्यहाँ पुगेकी थिएँ । उनी त्यो सहरको मेयर हुन्… Continue reading

संविधानमा प्रतिनिधिसभा विघटनको सकस : खोज्नुपर्ने ६ प्रश्नको उत्तर

Posted on July 2, 2021July 2, 2021 by mysansar

स्पन्दन अधिकारी नेपालमा ६ महिनामा एकै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको दुई पटक विघटन भएको छ। सर्वोच्च अदालतले पुनस्थापित गरेको प्रतिनिधि सभालाई तीन महिना पनि नपुग्दै र उही प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमा भएको यो विघटन विश्वमै नयाँ रेकर्ड हुनुपर्छ। त्यसो त २०५९ साल जेठ ८ मध्यरातमा प्रतिनिधि सभा विघटन गराउने तत्कालीन प्रधानमन्त्रीले गत जेठ ८ को मध्यरातको… Continue reading

बादल हुस्सु बन्दा : उही कुमार लामाका ६ व्यङ्ग्यचित्र

Posted on June 8, 2021June 8, 2021 by mysansar

उही कुमार लामा माइसंसारका पुराना व्यङ्ग्यकार हुन्। उनका फोटो व्यङ्ग्य माइसंसारमा धेरै प्रकाशित छन्। धेरै समयपछि उनले पुनः व्यङ्ग्यचित्र पठाएका छन्। हेरौँ नयाँ राजनीतिक परिस्थितिमा उनको व्यङ्ग्यवाण।

कथा : ऐंठन

Posted on June 5, 2021 by mysansar

– अनन्त लम्साल – पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं शितलताका खातिर निस्किएका हुन् कि भन्ने पनि लाग्यो । कसैलाई वाहनले तानिरहेको थियो भने कोही आफ्नै दुई पयरका सहायतामा घस्रिरहेका थिए । कोही फोहोरको थुप्रोमा आगो लगाउने प्रयत्न गर्दै धुवाँको मुस्लोमा… Continue reading

भगवान संकट मै परेका हुन् त ?

Posted on June 5, 2021 by mysansar

हरेक वर्ष बडादशैंका अवसरमा तनहुँको बन्दीपुरमा अर्कै रौनक छाउँछ, अर्कै खुशीयालीको माहोल देखा पर्छ। बन्दीपुरस्थित खड्गदेवी मन्दिरमा कथित पानी चल्ने र नचल्ने जातजाती आपसमा मिलेर पूजापाठ गर्ने तथा सामुहिक–समावेशी तवरमा कल्याण मंगलको प्राथना गर्ने गर्छन्। मन्दिरको एउटै चुलोमा खाना खानेदेखि मन्दिरका चार कोणमा भिन्न जातीय पुजारीले खड्गदेवीको पुजा–आराधना गर्ने र नवमीका दिन खड्गदेवी तरवारलाई आलोपालो… Continue reading

गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै !

Posted on May 30, 2021 by mysansar

– उही कुमार लामा –   मदनले सोध्लान् नि खोइ हिही भन्लान् कीर्तेलाई सोध भन्दिए। अनि फेरि सोध्लान् नि खोइ जबज भन्लान् काजुसँग खायो भन्दिए। आश्रितले सोध्लान् नि खोइ तुक्के भन्लान् नागरिकता बाँड्दैछ भन्दिए। मधेसीले सोध्लान् नि खोइ नागरिकता भन्लान् बिहारीले पाउँछन् भन्दिए। हिहीवालीले सोध्लिन् नि खोइ मेरो सरकार भन्लिन् बयलगाडा चढ्यो भन्दिए।

बुद्ध जयन्ती सम्बन्धी गम्भीर भ्रम

Posted on May 29, 2021 by mysansar

अनन्त गुणले सम्पन्न अनुत्तर सम्यक् सम्बोधी लाभ गरी मानव जगतलाई सत्यको मार्ग देखाउनु भएका भगवान् बुद्धको गुणानुस्मरण गर्ने र बुद्धोपदेशको अभ्यासलाई जनस्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमा मात्र होइन विश्वभरी बुद्ध जयन्ती मनाउँदै आएको छ। वैशाख पूर्णिमा बुद्धको जन्म, बोधि लाभ र महापरिनिर्वाण गरी तीन संयोग परेको दिन भए पनि नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी परेको… Continue reading

व्हील-चेयर को चिठ्ठी , पजेरो लाई !

Posted on May 20, 2021 by mysansar

आदरणीय दाजु , पजेरो ! धेरै धेरै सम्झना र नमस्कार ! म यहाँ रापिलो गर्मीका दिन हरुमा उपमहानगरपालिका ले निर्माण को नाम मा अब्यबस्थित तरिकाले भत्काएका खाल्डे सडक हरुको दुवै तर्फ ढालेका रुख हरु र जता-ततै मिल्काईएका ढुंगा-रोडा , बालुवा र माटोले पुरिएका डरलाग्दा बाटो हरुमा जसो-तसो घश्रीरहेको छु ! अनि हजुर को गाथ मा… Continue reading

कथाः हजुर बा !

Posted on May 20, 2021May 20, 2021 by mysansar

बिहान बिहानै हजुरबाको देहान्त भएको खबर सहित घरबाट फोन आयो । म अत्यन्तै मर्माहत भएँ, युनि जान पनि मन लागेन । दिनभर घरमा बसेर हजुरबालाई स्मरण गर्न मन लाग्यो । जे जति समय उहाँ संग बिताएँ त्यो एकदम अबिस्मरणीय लाग्छ । उहाँ साच्चिकै आदर्शवान मान्छे लाग्दछ । ४ वर्ष अघि यताको अध्ययन भिसा पाउन भन्दा… Continue reading

छाडी जानेको सम्झनामा….

Posted on May 14, 2021 by mysansar

– दीपक भेटवाल – छोटकरीमा कुरा जम्मा यत्ति हो — भर्खरै ,मेरो एउटा प्रिय मित्र लाई कोरोनाले लग्यो । अध्यात्मवादी दर्शनका ज्ञानीहरुले भन्दै आएका छन् । मृत्यु सत्य हो , जीवन फगत भ्रम । भौतिक शरीर क्षणभगुंर हो , देह नित्य हो । आत्मीय मान्छे गुमाउनुको पीडाबोधमा, वैराग्यभावको हल्का छायाले मनलाई झयाप्प छोप्न खोज्छ ।… Continue reading

…अनि मेरो कविताको किताब ‘बेस्ट सेलर’ बनिछाड्यो

Posted on March 26, 2021March 26, 2021 by mysansar

-राजु- लामो समयको अन्तराल पछि आफूले पढेको स्कुलको वार्षिकोत्सव समारोहमा कविता वाचन गर्ने अवसर पाउँदा आज मलाइ निकै खुशी लागिरहेको छ । तर आज म सामान्य व्यक्तिको रुपमा हैन, प्रख्यात कविको रुपमा यहाँ उभिएको छु । कविता लेख्न त्यति सजिलो कहाँ छ र ? मैले पनि निकै दु:ख गरेर अहिलेको यो प्रख्याति कमाएको हुँ ।… Continue reading

विप्लव समूहसँगको वार्ताले उठाएका चार प्रश्न

Posted on March 5, 2021 by mysansar

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपा र सरकारबीच वार्ता भई तीन बूँदे सहमति भएको छ। शुक्रबार दिउँसो २ बजे विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एकै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम पनि तय भइसकेको छ। विप्लवसमूहसितको वार्तापछि उठेका चार प्रश्नबारे शेरचन योन्जन तामाङले लेखेको ब्लग १) वार्ता सरकारसँग कि नेकपा ओली समूहसँग? यो वार्ता नेपाल सरकार… Continue reading

मदनकृष्ण जस्ता आदरणीय व्यक्तित्वलाई नसुहाएको ‘फूलबुट्टे सारी’को अभिनय

Posted on February 17, 2021February 17, 2021 by mysansar

-अनुज थापा- पछिल्लो समय निकै चलेको ‘फूलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको’ गीतका विभिन्न भर्सनहरु बन्दैछन्। पहिला पुरुष आवाजमा रहेको यो गीतको फिमेल भर्सन र चाइल्ड भर्सन सार्वजनिक भयो। हिजो मंगलबार लेजेन्डरी भर्सन सार्वजनिक भयो जसमा आवाज मदनकृष्ण श्रेष्ठको छ। राजेश पुमा राईले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठलाई मिथिला शर्माले साथ दिएकी… Continue reading

विघटनलाई सदर वा बदर गरेर मात्र अबको संकटको निकास खुल्दैन श्रीमान् : एक नागरिक ‘एमिकस क्युरी’को बहस

Posted on February 3, 2021February 3, 2021 by mysansar

प्रतिनिधि सभाको विघटनसम्बन्धी जारी विवादमा भइरहेका बहस र विश्लेषणका चार धारहरु छन्। पहिलो धारले प्रतिनिधिसभाको विघटनलाई बाध्यात्मक र स्वाभाविक कदमको रुपमा चित्रण गरिरहेको छ। तर विघटनको अन्तर्य र घट्नाक्रमहरुलाई सूक्ष्म रुपले केलाँउदा यथार्थको तस्वीर भने त्यसको ठीक विपरित देखिन्छ। यो धारले अहिले मात्र होइन, आउँदा दिनमा पनि संकटको आयामलाई अझै फराकिलो पार्छ। दोस्रो धारले संविधानका… Continue reading

गंगालाललाई गोली ठोक्ने आदेश पाएका व्यक्ति उल्टै क्वाँ-क्वाँ रोएर भागेको त्यो क्षण

Posted on February 2, 2021February 2, 2021 by mysansar

प्रतिगमनको विरोध गरिरहेको नागरिक आन्दोलनले आज शोभा भगवतीमा कार्यक्रम गर्दैछ। अहिले त नेपालमा कसैलाई पनि मृत्युदण्ड दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँ दुई जना व्यक्तिलाई शहीद बनाइएको थियो। हिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार जनामा उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त… Continue reading

दुई पटक फाँसी दिन खोज्दा पनि बचेका धर्मभक्तलाई कुटेर झुण्ड्याइएको त्यो दिन

Posted on January 31, 2021February 1, 2021 by mysansar

आज काठमाडौँको सिफलमा नागरिक आन्दोलनका क्रममा कार्यक्रम हुँदैछ। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँको एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद धर्मभक्त माथेमाको नामले चिन्छौँ। अहिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार… Continue reading

काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन

Posted on January 29, 2021February 1, 2021 by mysansar

आज काठमाडौँको टेकुमा ८० वर्ष पुरानो इतिहास दोहोर्‍याइयो। नागरिक आन्दोलनका क्रममा नाट्यकर्मीहरुले यो इतिहास दोहोर्‍याएका थिए। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँको एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद शुक्रराज शास्त्रीको नामले चिन्छौँ उनको नाम शुक्रराज जोशी थियो। संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई… Continue reading

उपहारमा पाएको हिउँ चितुवा

Posted on January 8, 2021January 9, 2021 by mysansar

– करनबहादुर शाह – पाँचवटा भेडाहरुलाई दश-दश दिनसम्म लेकका विभिन्न ठाउँहरुमा उनीहरूले बाँधेर राखेका थिए तर एउटालाई पनि हिउँ चितुवाले मारेन। बरु एघारौं र बाह्रौं दिनमा एउटा भेडालाई रातो भालुले र अर्कोलाई ब्वाँसोले खायो। हिउँ चितुवालाई क्यामेरामा कैद गर्न भेडाको चारो थापिएको थियो। हुम्ला जिल्लाको लिमी उपत्यकामा हिउँ चितुवा सम्बन्धी चेतनामूलक वृतचित्र बनाउन काठमाण्डौबाट नेपाली… Continue reading

Posts navigation

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 63
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme