Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रा साना न्युजरुम एआईले जोगाउन सक्ला त ?

Posted on September 20, 2023September 20, 2023 by Salokya

संसार भरका दुई हजार भन्दा बढी खोज पत्रकारहरु अहिले स्वीडेनको गोथनबर्गमा भेला भएका छन्। यहाँ आजदेखि इन्टरन्यासनल इन्भेस्टिगेटिभ जर्नलिजम कन्फ्रेन्स हुँदैछ। यसैमा सहभागी हुन म पनि केही साथीहरुसँग यहाँ आएको छु। कन्फ्रेन्स सुरु हुनुभन्दा एक दिनअघि प्रि-कन्फ्रेन्स डे थियो र मुख्य विषय थियो एआई। अनि त्यसैको एउटा सेसन थियो- एआईले साना न्युजरुम कसरी बचाउन सक्छ… Continue reading

मिडिया हाउसको लबिङले काम गरेन, रक्सीको विज्ञापन राख्‍न नपाउने अन्तरिम आदेश कायमै

Posted on September 12, 2023 by Salokya

कानुनमा स्पष्ट उल्लेख भए पनि रक्सीको विज्ञापनलाई ‘चोर बाटो’बाट अनुमति दिलाइ पाउन मिडिया हाउसहरुले गरेको लबिङ खेर गएको छ। भदौ २५ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको इजलासले न्यायाधीश नहकुल सुवेदीले दिएको अन्तरिम आदेशको निरन्तरता हुने आदेश गरेको छ। उक्त अन्तरिम आदेश खारेज गर्न नेपाल विज्ञापन संघले रिट हालेको थियो। पछिल्लो पटक तीन वटा… Continue reading

आर्थिक पत्रकारिताको बिजोग : लेख्‍नेले नै समाचार नबुझे पछि…

Posted on September 11, 2023 by Salokya

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेड अहिले समाचारको विषय बनेको छ। अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्ने गरेको रहेछ। एउटाले सोसल मिडियामा छ्यास्स केही लेखिदिएपछि आर्थिक पत्रकारिता गर्ने अनलाइनहरुले त्यसमा समाचार बनाउन थाले। तर, समाचार लेख्नेले नै समाचार नबुझेपछि कस्तो हालत हुन्छ? आउनुस् केही नमूना हेरौँ।

सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य

Posted on September 11, 2023 by Salokya

यो फोटो सम्झनुभएको छ ? २२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्‍यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading

अकस्मात् हराएको ‘नेपाली मिडियामा चीनको प्रभाव’सम्बन्धी रिपोर्ट, के-के संशोधनपछि पुनः प्रकाशित भयो?

Posted on September 7, 2023September 8, 2023 by Salokya

गएको अगस्त ४ तारिखमा पहिला ट्विटरको नामले चिनिने एक्समा @CsifNepal ह्यान्डलबाट एउटा ट्विट गरियो जसमा लेखिएको थियो- CESIF को अध्ययनमा पछिल्लो समयमा चीनको फेरिदो नेपाल नीति र त्यसको कार्यान्वयनमा चीनले कसरी मिडियालाई प्रयोग गरिरहेको छ र बद्लिदो भूराजनीतिक परिदृश्यमा नेपालमा त्यसको प्रभाव कस्तो छ भनेर विश्लेषण गरिएको छ।  यो ट्विट खासै धेरै फैलिएको थिएन। यो… Continue reading

बालेनलाई सन्तान लाभको बधाई, तर मिडिया के भा’का ?

Posted on September 3, 2023September 3, 2023 by Salokya

नलगाइएको आगो सल्किएर हैरान छ अहिले मिडिया र सोसल मिडियामा। यसको केन्द्रमा छन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह। हिजो राति उनले फेसबुकमा लेखेको एउटा स्टायटस यति छिटो फैलियो कि मूलधारका मिडियाले आफ्नो हैसियत प्रष्ट देखाए। बालेनले राति ९ बजेर २१ मिनेटमा ‘सिंहदबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भनेर के लेखेका थिए, मिडिया त्यसलाई कपिपेस्ट… Continue reading

अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् त? के छ नयाँ मस्यौदामा?

Posted on August 29, 2023 by Salokya

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयकका बारेमा जानकारी दिँदै एउटा कार्यक्रम गरेपछि हिजोदेखि एउटा नयाँ बहस सुरु भएको छ। नयाँ कानुनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाबारे उल्लेख छ। तर, हाललाई यो निर्वाचन आयोगले मस्यौदा मात्रै गरेको विषय हो। यसलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले आ-आफ्नो प्रक्रियामा लगेर पारित गर्न बाँकी छ। पारित भएपछि… Continue reading

अल्छी पत्रकारिताको परिणाम : ‘पूर्णपाठ’ भन्दै पाठकलाई यातना

Posted on August 28, 2023August 28, 2023 by Salokya

ललिता निवास प्रकरणमा हिजो सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गर्‍यो। यो समाचार त तपाईँले हिजो मिडियामा देखिसक्नुभयो नै होला। तर त्यो अभियोग पत्रमा खास कुरा के के छ भन्ने तपाईँलाई थाहा छ ? तपाईँहरु मध्ये थोरैलाई मात्र यसबारे जानकारी होला। किनभने यो सब बुझिने गरी कसैले लेखेकै छैन। कसैले लेखेकै भए पनि तपाईँको… Continue reading

फ्याक्ट चेक : धरान पस्न लागेको र्‍याली भन्दै भाइरल भएको फोटो वीरगञ्जको पुरानो रथयात्राको

Posted on August 27, 2023 by Salokya

के तपाईँले पनि धरानमा भइरहेको गोरु काण्ड, त्यहाँ हुन लागेको र्‍याली अनि लगाइएको २४ घण्टे निषेधाज्ञाको समाचारका बीच धरान पस्न लागेको र्‍याली भन्दै साम्प्रदायिक सद्‍भाव भड्किने खालका क्याप्सन लेखी झण्डा बोकेका थुप्रै मानिस हिँड्दै गरेको फोटो सामाजिक सञ्जालमा देख्नुभएको छ? यो फोटो भाइरल भएको छ शनिबार दिउँसोदेखि। पत्याउनु भयो? पख्नुस्, फोटो सही हो। तर त्यसको… Continue reading

असंवेदनशील पत्रकारिता : आत्महत्या प्रयासको समाचार बनाउन होडबाजी

Posted on August 26, 2023August 26, 2023 by Salokya

शनिबार नेपाली अनलाइन मिडियाहरुमा एउटा होडबाजी देखियो, आत्महत्या प्रयासको समाचार कसले पहिला दिने, कसले बढीभन्दा बढी कुरा खुलाएर छरपष्ट पार्ने। उनीहरु को सबभन्दा असंवेदनशील हुने भन्ने दौडमा थिए। जाने बुझेका पत्रकारहरुले नै आफ्नो अनलाइनमा यस्तो व्यवहार देखाएपछि झन् सामाजिक सञ्जालको भीडको त के कुरा गर्नु! उसै पनि एउटा सद्दे मान्छेलाई विचलित बनाउने गरी आएका हुन्छन्… Continue reading

फ्याक्ट चेक : के हो ‘गोरु खाने धराने’ भन्दै हड्डी टोक्दै गरेको भाइरल फोटो/भिडियोको तथ्य?

Posted on August 25, 2023August 25, 2023 by Salokya

सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ जसमा एक महिला ठूलो हड्डी टोक्दै गरेको देखिन्छ। फोटोको साथमा ‘गोरु खाने धराने’ क्याप्सन लेखिएको छ। केही दिनअघि धरानमा गोरु मारेर खाएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेकै पृष्ठभूमिमा यो फोटो पनि भाइरल भएको हो। तर हाम्रो तथ्य जाँचमा ती महिलाको फोटो गलत दावीका साथ भाइरल भएको… Continue reading

फ्याक्ट चेक : पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु? भाइरल खबरको तथ्य यस्तो

Posted on August 22, 2023 by Salokya

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा एक दलित विद्यार्थीलाई पिटियो र उनको मृत्यु भयो। के तपाईँले पनि यस्तो खबर सामाजिक सञ्जालमा देख्नुभएको थियो? यस्तो दावी गरिएको एउटा तस्बिरसहितको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसबारे नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरेर अर्कै सन्दर्भको फोटो राखेर भ्रामक दाबी गरेको निश्कर्ष निकालेको छ। हेर्नुस् विस्तृत विवरण

जहाँ विकास पछाडि छ, चर्च अगाडि : सुधीर शर्माको २५ वर्ष पुरानो खोजमूलक समाचार

Posted on August 20, 2023August 20, 2023 by Salokya

हिमालखबरले एउटा नयाँ स्तम्भ सुरु गरेको छ- त्यो रिपोर्ट। खोजमूलक तथा गहन रिपोर्ट जसले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा गहिरो छाप छोडे। त्यस्ता पत्रकारको कथा जसले रिपोर्टिङ मार्फत आफूलाई स्थापित गरे। पहिलो भाग सुधीर शर्माको २५ वर्ष पुरानो खोजमूलक समाचारको बारेमा छ। उनले एक्लै १५ दिन धादिङको दुर्गम उत्तरी हिमाली भेग पुगेर तयार पारेको रिपोर्ट… Continue reading

सर्वोच्च अदालतमा हप्ताभरीको पेशीको तथ्याङ्क केलाउँदा के देखियो ?

Posted on August 20, 2023August 20, 2023 by Salokya

नेपालको सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ। तर अहिले १४ जनामात्रै कार्यरत छन्। मुद्दाको चाप भने दिनहुँ बढ्दो छ। यसलाई तथ्याङ्कबाट केलाउँदा कस्तो देखिएला? यसका लागि मैले गएको हप्ता (साउन २८ आइतबारदेखि भदौ १ शुक्रबारसम्म) चढेका सबै पेशी हेरेँ। यो साता कूल १७८७ वटा मुद्दाको पेशी चढेको रहेछ। तथ्याङ्क हेर्दा के… Continue reading

हवाई दुर्घटनाको छानबिन प्रतिवेदनमा खेलाँची : हेर्नुस् कस्तोसम्म भएका छन्

Posted on August 18, 2023 by Salokya

डी. नेपाल – दुर्भाग्यपूर्ण हवाई दुर्घटना नेपालको नियति जस्तै भइसक्यो। अनि सरकार एउटा विस्तृत छानबिन प्रतिवेदन तयार पार्न एउटा समिति बनाउन बाध्य हुन्छ। म ‘बाध्य’ शब्द यसकारण प्रयोग गरिरहेको छु कि सन् १९४४ को शिकागो महासन्धिको दफा २६ ले हवाई दुर्घटनाको अनुसन्धान गर्नै पर्ने प्रावधान राखेको छ। यो अनिवार्य छ। यो सन्धि नभएको भए नेपाल… Continue reading

यतिको नाममा पत्रकारिताको हुर्मत लिइएछ यसरी

Posted on August 16, 2023August 16, 2023 by Salokya

१९ वर्षकी लाक्पा डोल्मा शेर्पा सगरमाथा क्षेत्रको माचेर्मो उपत्यकामा याक चराउँदै थिइन्। कुहिरोले ढाकेको चीसो दिन थियो। एक्लै हिँडिरहेकी लाक्पाले अचानक केही सुसेलेको जस्तो आवाज सुनिन्। उनलाई लाग्यो, आफूलाई भेट्टाउन दाजु आएका होलान्। तर जब उनले अगाडि हेरिन्, त्यहाँ त अहो, यति ! ठूलो, भुत्लैभुत्ला भएको र अनुहार बूढो मान्छेको जस्तो। रिसाएको रहेछ यति। लाक्पा… Continue reading

मदिराको विज्ञापन मुद्दामा नयाँ अपडेट : सर्वोच्चमा पुग्यो सरकारको ‘निवेदन’

Posted on August 15, 2023August 15, 2023 by Salokya

सर्वोच्च अदालतले गएको वर्ष फागुनमा दिएको एउटा अन्तरिम आदेश मिडिया साहुहरुको टाउको दुखाइको विषय भएको छ। यही आदेशपछि उनीहरुले आफ्नो आम्दानीको एउटा ठूलो हिस्सा हुँदै आएको रक्सीका विज्ञापनमा रोक लाग्यो। त्यसो त मिडिया साहुहरुले आदेशलाई अटेर गरी विज्ञापन छापिरहेकै थिए। तर सर्वोच्चको आदेशविरुद्ध कम्पनी नै जान नचाहेपछि उनीहरुले मात्र के गरुन् ! हैरान भएर ‘सम्पादक… Continue reading

अनलाइन न्युजपोर्टलमा ‘क्लिनफिड’ अर्थात् विज्ञापन नदेखिने कसरी बनाउने?

Posted on August 3, 2023 by Salokya

अचेल नेपाली अनलाइन न्युजपोर्टलहरु हेरिसक्नुका छैनन्। दुई लाइन समाचार पढ्यो, भरमार विज्ञापन देखिन्छ। के तपाईँलाई यसो देख्दा दिक्क लाग्छ? न्युजपोर्टलहरु पनि क्लिनफिड अर्थात् विज्ञापन बिनाको भइदिए कस्तो हुन्थ्यो भन्ने लाग्छ? त्यसो त न्युजपोर्टलहरुले तपाईँलाई सित्तैमा समाचार सामग्री दिनसक्नुको एउटा प्रमुख आधार यही विज्ञापन नै हो। तर जसरी आफ्नो न्युजपोर्टलमा कस्तो विज्ञापन राख्ने उनीहरुको अधिकार हो,… Continue reading

जनगणनाले देखायो नेपालका जातजातिको यस्तो चित्र

Posted on July 29, 2023July 30, 2023 by Salokya

हरेक १० वर्षमा हुने जनगणना नेपालमा भयो २०७८ सालमा। तर त्यसको प्रतिवेदन २०७९ को चैतमा मात्र सार्वजनिक भयो। त्यतिबेला जातजाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क भने आएको थिएन। त्यो सार्वजनिक हुन भने अझै समय लाग्यो। २०८० साल जेठ १९ गते बल्ल यसको तथ्याङ्क हेर्न पाइयो। सादा तथ्याङ्क हेर्नु र त्यसलाई विभिन्न विश्लेषण गरी चार्ट र म्यापमा… Continue reading

राजनीतिमा पैसाको बढ्दो प्रभाव

Posted on July 21, 2023 by Salokya

सामान्य राजनीतिक गतिविधि गर्न, चुनावको उम्मेदवारी हात पार्न र चुनावमा प्रचारप्रसार लगायतका विभिन्न गतिविधि गर्न पैसा आवश्यक पर्छ। निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि उम्मेदवारले त्योभन्दा धेरै गुणा बढी खर्च गरेको पाइन्छ। त्यसैले चुनावमा पर्याप्त खर्च गर्न सक्नेलाई बलियो उम्मेदवार ठानिन्छ। पुरुषको तुलनामा महिलासँग शक्ति र सञ्जाल कम हुनुका साथै आर्थिक स्रोतमा पनि उनीहरूको… Continue reading

Posts navigation

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 276
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme