यो हप्ता अन्तर्राष्ट्रिय मिडियामा हङ्गामा मच्चाएको फोटो हो यो। यसो हेर्दा यसमा खास त्यस्तो केही देखिन्न। बेलायती राजपरिवारका सदस्यहरुको यो फोटोमा प्रिन्सेस अफ वेल्स केट मेचमा बसेकी छिन् र उनको वरिपरी प्रिन्सेस शार्लट, प्रिन्स लुई र प्रिन्स जोर्ज छन्। प्रिन्स जोर्जले आफ्नी आमालाई अँगालो हालेका छन्। दुई महिनाअघि पेटको शल्यक्रिया गराएपछि सार्वजनिक जीवनबाट टाढा रहँदै… Continue reading
Category: समाचार/विचार
खासमा कस्तो अवार्ड दिन लागिएको हो भरतपुरका मेयर रेणु दाहाललाई?
रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा गएको फेब्रुअरी १० तारिखमा रेणु दाहालले युके (बेलायतमा) इन्टरन्यासनल मेयर अवार्ड पाउन लागेको भन्दै त्यसलाई ठूलो उपलब्धि भएको दावी गर्दै फोटोसहितको पोस्ट गर्यो। उक्त पोस्टमा त्यो कस्तो अवार्ड हो, कसले दिने हो भन्ने बारे केही उल्लेख थिएन। लगत्तै फेसबुकमा धेरैले पोस्ट गर्न थाले। उनीहरुको दावी थियो, यो बेलायत… Continue reading
के ‘कान्तिपुर’ले लेखे जस्तै सहकारी ठगीमा भ्रष्टाचार मुद्दा लाग्छ?
डिस्क्लेमर : यो ब्लग रवि लामिछाने भगवान हुन्, उनीबाट केही गल्ती हुनै सक्दैन भन्ने सोचले लेखिएको होइन। सहकारी ठगीको विषयमा रवि लामिछाने दोषी देखिन्छन् कि देखिँदैनन् भन्नेतिर पनि यसले केही बोल्दैन। गतिलो प्रमाणसहितको एउटा धारिलो समाचार उनलाई ढाल्न पर्याप्त हुनुपर्ने हो। यो ब्लगमा नेपालको राष्ट्रिय दैनिक ‘कान्तिपुर’मा प्रकाशित समाचारमा लेखिएको एउटा विषयको क्रस भेरिफिकेसन गर्ने… Continue reading
काठमाडौँमा दुई जनाको ज्यानै जाने आन्दोलन कसरी भयो? के हो ‘५ च’ विवाद?
शुक्रबार अकस्मात् राजधानीमा उग्र आन्दोलन भएकोले कोटेश्वरबाट ग्वार्को जाने रिङरोडको बाटो बन्द भएको खबर आयो। केही समयपछि मन्त्रीकै गाडी जलाइएको भनियो। लगत्तै एक जना प्रदर्शनकारीको मृत्यु भएको दुःखद खबर आयो। केही समयमै अर्का एक युवकको पनि ज्यान गएको खबर सुनियो। आखिर किन एक्कासी प्रदर्शनकारी-प्रहरी यति उग्र भए? प्रदर्शनकारीहरुको माग के थियो? के हो विवाद? आउनुस्… Continue reading
प्रधानमन्त्रीको ४५ मिनेट लामो सम्बोधनमा ‘म’ ४८ पटक, ‘मैले’ १८ पटक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको पनि एक वर्ष पुगेछ। आज राष्ट्रका नाममा सम्बोधन गरे उनले ४५ मिनेटभन्दा लामो। यस्ता कर्मकाण्डी सम्बोधनमा आफ्ना राम्रा कामको बढाइचढाइ गर्ने, नराम्रा कुरा लुकाउने प्रवृत्ति हुन्छन्, त्यो सबैले थाहा पाएकै कुरा हो। मलाई चाहिँ उनले आफ्नो सम्बोधनमा के के शब्द बढी बोले, त्यो केलाउन मन लाग्यो।
टियुलाई वर्ल्ड रेकर्डको सर्टिफिकेट थमाउने संस्थाको वेबसाइटबाट नेपाली मोबाइल नम्बर गायब !
दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ? शीर्षकमा यसअघिको ब्लग पढ्नुभएको छैन भने यहाँ क्लिक गरी पढ्नुस्। मान्छेहरु मात्र हैन, मिडियासमेत टियुको नाम गिनिज बुकमा लेखियो भनेर दङ्ग परेका थिए। तर, गिनिज बुक हैन, ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामको अर्कै संस्थाले सर्टिफिकेट दिएको रहेछ। यो संस्थाको वेबसाइटमा भेटिएका केही शंका गर्न लायक… Continue reading
एनसेलको विज्ञापनको भाइरल फोटो : खासमा कुरो यस्तो रहेछ
एनसेलले सबै पत्रिकामा विज्ञापन छापेको एउटा फोटो तपाईँले पनि देख्नुभएको छ ? एनसेलको अहिलेको काण्डका विषयमा खासमा भएको कुरा के हो भन्ने विषयमा कतै पढ्न पाइन्छ कि भनेर खुब हेरेँ, सबै कुरा खुल्ने गरी कतै केही आएको छैन। तर हिजो शनिबार एउटा फोटो भने सोसल मिडियामा खुब भाइरल भयो। जसले पनि त्यही फोटो राखेर आफ्ना… Continue reading
सिंगापुरमा गुगलले युट्युबेसित फ्याक्टचेकरको जोडी मिलाइदिएपछि बन्यो यस्तो भिडियो
समग्रमा मिडियाको विश्वास गुम्दै गएको छ। तर पनि केही मिडिया छन्, जसले अडियन्सको विश्वास जितिरहेका छन्। मिडियाको विश्वसनीयता कायम राख्ने एउटा प्रमुख अस्त्रका रुपमा फ्याक्ट चेक पनि रहेको छ। यसै मेसोमा गुगलको एसिया प्रशान्त मुख्यालय रहेको सिंगापुरमा Trusted Media Summit को आयोजना भयो जसमा ३२ देशका ६७८ जना सहभागी थिए। नेपालफ्याक्टचेकका सम्पादकका रुपमा म पनि… Continue reading
आफ्नै दिवस थाहा नपाउने हाम्रा टिभी पत्रकारहरु
आज फेसबुक फिड चहार्नुभएको छ र तपाईँका केही साथीहरु कुनै जमानामा टेलिभिजनमा काम गरेका थिए वा अहिले पनि काम गरिरहेका छन् भने एउटा पोस्ट पक्कै याद गर्नुभयो होला- विश्व टेलिभिजन दिवस। उनीहरुले विश्व टेलिभिजन दिवस भन्दै शुभकामना पोस्ट गरिरहेका छन्। तर, विश्व टेलिभिजन दिवस कहिले हो भनेर सामान्य गुगलसमेत गर्न नजान्दा उनीहरुले एक दिन अगाडि… Continue reading
टिकटकमाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उलङ्घन : ३० सरोकारवाला संस्था/व्यक्तिको संयुक्त विज्ञप्ति
नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पूर्ण प्रतिबन्ध लगाउने वि.सं. २०८० कार्तिक २७ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयप्रति हामी गहिरो चिन्ता र निराशा व्यक्त गर्दछौं । मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ । अभिव्यक्ति… Continue reading
आर्थिक पत्रकारिताको बिजोग : लेख्नेले नै समाचार नबुझे पछि…
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेड अहिले समाचारको विषय बनेको छ। अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्ने गरेको रहेछ। एउटाले सोसल मिडियामा छ्यास्स केही लेखिदिएपछि आर्थिक पत्रकारिता गर्ने अनलाइनहरुले त्यसमा समाचार बनाउन थाले। तर, समाचार लेख्नेले नै समाचार नबुझेपछि कस्तो हालत हुन्छ? आउनुस् केही नमूना हेरौँ।
अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् त? के छ नयाँ मस्यौदामा?
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयकका बारेमा जानकारी दिँदै एउटा कार्यक्रम गरेपछि हिजोदेखि एउटा नयाँ बहस सुरु भएको छ। नयाँ कानुनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाबारे उल्लेख छ। तर, हाललाई यो निर्वाचन आयोगले मस्यौदा मात्रै गरेको विषय हो। यसलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले आ-आफ्नो प्रक्रियामा लगेर पारित गर्न बाँकी छ। पारित भएपछि… Continue reading
सर्वोच्च अदालतमा हप्ताभरीको पेशीको तथ्याङ्क केलाउँदा के देखियो ?
नेपालको सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ। तर अहिले १४ जनामात्रै कार्यरत छन्। मुद्दाको चाप भने दिनहुँ बढ्दो छ। यसलाई तथ्याङ्कबाट केलाउँदा कस्तो देखिएला? यसका लागि मैले गएको हप्ता (साउन २८ आइतबारदेखि भदौ १ शुक्रबारसम्म) चढेका सबै पेशी हेरेँ। यो साता कूल १७८७ वटा मुद्दाको पेशी चढेको रहेछ। तथ्याङ्क हेर्दा के… Continue reading
हवाई दुर्घटनाको छानबिन प्रतिवेदनमा खेलाँची : हेर्नुस् कस्तोसम्म भएका छन्
डी. नेपाल – दुर्भाग्यपूर्ण हवाई दुर्घटना नेपालको नियति जस्तै भइसक्यो। अनि सरकार एउटा विस्तृत छानबिन प्रतिवेदन तयार पार्न एउटा समिति बनाउन बाध्य हुन्छ। म ‘बाध्य’ शब्द यसकारण प्रयोग गरिरहेको छु कि सन् १९४४ को शिकागो महासन्धिको दफा २६ ले हवाई दुर्घटनाको अनुसन्धान गर्नै पर्ने प्रावधान राखेको छ। यो अनिवार्य छ। यो सन्धि नभएको भए नेपाल… Continue reading
यतिको नाममा पत्रकारिताको हुर्मत लिइएछ यसरी
१९ वर्षकी लाक्पा डोल्मा शेर्पा सगरमाथा क्षेत्रको माचेर्मो उपत्यकामा याक चराउँदै थिइन्। कुहिरोले ढाकेको चीसो दिन थियो। एक्लै हिँडिरहेकी लाक्पाले अचानक केही सुसेलेको जस्तो आवाज सुनिन्। उनलाई लाग्यो, आफूलाई भेट्टाउन दाजु आएका होलान्। तर जब उनले अगाडि हेरिन्, त्यहाँ त अहो, यति ! ठूलो, भुत्लैभुत्ला भएको र अनुहार बूढो मान्छेको जस्तो। रिसाएको रहेछ यति। लाक्पा… Continue reading
अनलाइन न्युजपोर्टलमा ‘क्लिनफिड’ अर्थात् विज्ञापन नदेखिने कसरी बनाउने?
अचेल नेपाली अनलाइन न्युजपोर्टलहरु हेरिसक्नुका छैनन्। दुई लाइन समाचार पढ्यो, भरमार विज्ञापन देखिन्छ। के तपाईँलाई यसो देख्दा दिक्क लाग्छ? न्युजपोर्टलहरु पनि क्लिनफिड अर्थात् विज्ञापन बिनाको भइदिए कस्तो हुन्थ्यो भन्ने लाग्छ? त्यसो त न्युजपोर्टलहरुले तपाईँलाई सित्तैमा समाचार सामग्री दिनसक्नुको एउटा प्रमुख आधार यही विज्ञापन नै हो। तर जसरी आफ्नो न्युजपोर्टलमा कस्तो विज्ञापन राख्ने उनीहरुको अधिकार हो,… Continue reading
जनगणनाले देखायो नेपालका जातजातिको यस्तो चित्र
हरेक १० वर्षमा हुने जनगणना नेपालमा भयो २०७८ सालमा। तर त्यसको प्रतिवेदन २०७९ को चैतमा मात्र सार्वजनिक भयो। त्यतिबेला जातजाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क भने आएको थिएन। त्यो सार्वजनिक हुन भने अझै समय लाग्यो। २०८० साल जेठ १९ गते बल्ल यसको तथ्याङ्क हेर्न पाइयो। सादा तथ्याङ्क हेर्नु र त्यसलाई विभिन्न विश्लेषण गरी चार्ट र म्यापमा… Continue reading
राजनीतिमा पैसाको बढ्दो प्रभाव
सामान्य राजनीतिक गतिविधि गर्न, चुनावको उम्मेदवारी हात पार्न र चुनावमा प्रचारप्रसार लगायतका विभिन्न गतिविधि गर्न पैसा आवश्यक पर्छ। निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि उम्मेदवारले त्योभन्दा धेरै गुणा बढी खर्च गरेको पाइन्छ। त्यसैले चुनावमा पर्याप्त खर्च गर्न सक्नेलाई बलियो उम्मेदवार ठानिन्छ। पुरुषको तुलनामा महिलासँग शक्ति र सञ्जाल कम हुनुका साथै आर्थिक स्रोतमा पनि उनीहरूको… Continue reading
विरोधको अनौठो उपाय : ट्वाइलेट तालाबन्दी
विरोधका थुप्रै उपायबारे तपाईँहरुलाई थाहै होला। कोही प्रदर्शन गर्छन्, नारा लगाउँछन्, धर्ना बस्छन्, अनसन बस्छन्। अलि आँटिलो भए आमरण अनसनै बस्छन्। कसैकसैले हाकिमको कार्यकक्षमा तालाबन्दी गर्छन्। तर तपाईँले यस्तो विरोधको कार्यक्रम भने शायदै अहिलेसम्म सुन्नुभएको होला। यो अत्यावश्यक विषयको तालबन्दी हो अर्थात् ट्वाइलेट तालाबन्दी।
विधेयक ‘आग्रा’को, बहस ‘गाग्रा’को : माननीयज्युहरु, हामीलाई लाज भो तपाईँहरुको बहस सुन्दा !
विज्ञ सेवा प्रदान गर्नुपर्ने ‘अप्पर हाउस’ मा हिजो माननीयज्युहरुले गरेको बहस सुन्दा उहाँहरुलाई के भयो कुन्नि, हामी सुन्नेहरुलाई चाहिँ लाज भो। विधेयक आग्राको, बहस गाग्राको भएको थियो। अर्थात् विधेयक थियो इकमर्स सम्बन्धी विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी कानुनको। बहस गरे विद्युत अर्थात् इलेक्ट्रिसिटी व्यापारको। ठ्याक्कै हेडलाइनमात्र पढेर धारणा बनाउने र सोसल मिडियामा कमेन्ट गर्ने जमात जस्तै।… Continue reading