-डा. दीपक गौतम- फाल्गुनको तेस्रो हप्ता नेपालको लागि साँच्च नै अविष्मरणीय बन्न पुग्यो । एमाओवादी सहितको ३० दलीय मोर्चाको फाल्गुन १६ मा भएको टुँडिखेलको शक्ति प्रदर्शन र बानेश्वरमा देखिएको भाटा प्रर्दशनको खबरले सामाजिक सञ्जाल व्यस्त थियो । त्यही साता पर्ने होलीको रंगसँगै नेपालको राजनीतिमा खुसीयाली परिवर्तनको अपेक्षा राखेका नेपाली जनतालाई भने ठीक उल्टो भइदियो ।… Continue reading
Category: पाहुनाको पालो
इत्तिहाद एयरले नेपाली यात्रुलाई यसरी हेप्यो
-केशव पन्थी- टर्किस एयरलाइन्सको विमानले क्र्यास ल्यान्ड गरेपछि त्यसलाई नहटाएसम्म चार दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो। नेपाल बाहिर जानुपर्ने विभिन्न देशका यात्रुहरु काठमाडौँमा अड्किए। नेपाल आउनु पर्ने हजारौँ यात्रु विभिन्न देशमा ट्रान्जिटमा अड्किए। न्युयोर्कबाट काठमाडौँको उडान गर्दै गरेको मेरो परिवार पनि अबु धाबीको विमानस्थलमा अड्किन पुग्यो। इत्तिहाद एयरवेजको उडानमा मेरी श्रीमती र उनकी बहिनी… Continue reading
को होला झोछेँमा अर्धनग्न अवस्थामा यसरी रुँदै हारगुहार गर्ने?
-अरुण शर्मा- आज (आइतबार) त्यस्तै दिउँसोको करिब साढे ३- पौने ४ बजे बसन्तपुरबाट झोँछे जाने बाटोमा भएको घटना। म साथीलाई कुरेर बसिरहेको थिएँ, एक्कासी एउटा मान्छे ‘मलाई बचाऊ, प्रहरीको दमन भयो’ भन्दै कराउँदै गरेको सुनेँ। के भएको रहेछ भनेर म पनि गएँ त्यतातिर। देखेँ एउटा मान्छेलाई सादा पोसाकमा आएका प्रहरीले तानेर लग्दै गरेको रहेछ। ऊ… Continue reading
संगीता, तिमीले छिट्टै त्यसको अनुहार चिन्नुपर्छ
-ईश्वर देवकोटा- केही वर्ष अघि संगीता मेरी पनि विद्यार्थी थिइन्। त्यही समयमा मेरो क्यामेरामा कैद यी तस्विरहरुले फेरि एक पटक ती दिनका सम्झना ताजा गराएको छ। यी तिनै संगीता हुन् जसको मुहारमा अहिले तेजाबले पोलेको दर्दनाक घाउ छ, उनको बल्ल होस् खुलेको छ। उनी अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको चौंथो तल्लाको बेड नं ४७४ मा… Continue reading
गुरुत्वबलबाट बिजुली ? हावाका तालमा तोक लगाउँदै यताउता चारो हालेर विज्ञानको प्रोत्साहन हुँदैन
-विज्ञान बा- विज्ञानलाई खासै महत्व नदिने नेपालमा विज्ञानका लेख मिडियामा आउने बित्तिकै खुसी भइन्छ। तर अफसोस १-२ लाइन पढेपछि त्यो खुशी छियाछिया परेर जान्छ। किनकि मिडियाले विज्ञानलाई प्रोत्साहन गर्ने मनसाय नै राखे पनि खोक्रो, अतिरन्जित दावीलाई मात्र बढाइ-चढाइ गर्ने गर्छन्। बेला-बेलामा विज्ञानका ठूलाठूला सिद्धान्तलाई चुनौती पनि नेपालका ठूलै पत्रिका मार्फत दिने गरिएको छ। यस्तै लेख… Continue reading
चकनाचुर : बनाउन तीन महिना लागेको चित्र
-लेखनाथ दाहाल- सन् २०११ को प्रारम्भसँँगै मैले यस चित्रकला कोर्न शुरु गरेको थिएँ। यस चित्रकलालाई कनिकुथी एउटा अंग्रेजी शीर्षक पनि जुराएँ – Shattered: The mirror capsizes in the iconoclast of slick ugliness। (भावानुवाद गरे यसो भन्न मिल्ला कि ? चकनाचुर : कुरुपताको उत्कर्ष द्वन्द्वमा क्षतविक्षत भएर टुक्र्रिन्छ शिशा)। फूर्सदको समयमा दैनिक एकाध घण्टा छुट्याउँदा यो… Continue reading
ज्ञानेन्द्रको वक्तव्यमै गणतन्त्रको सात्तो जानु पर्छ र?
समाचार कक्ष थियो एभिन्यूज टिभीको। हामी आतुर थियौं तत्कालिन राजा ज्ञानेन्द्रको संवोधनको लाईभ कभरेजका लागि। एटिभीका जन्मदाता, अध्यक्ष भाष्कर सर आफै एउटा कुशल पत्रकार, संवाददाता पनि हुनुहुन्छ, तसर्थ उहांले त्यो कभरेज आफनै नेतृत्वमा गर्ने प्रवन्ध मिलाउनु भयो। संवोधन सकिदै गर्दा मैले अफ द वीटमा विशेष प्याकेज बनाए। प्याकेजको थिम थियो : अब नागरिक बनेका पूर्व… Continue reading
प्रवास
– मुकेश बराल – उ अझै उत्सुक हुन्छ, प्लेनको उडानको उचाइ क्रमस घट्दै गर्दा । प्लेन अडिन्छ बिस्तारै भर्र्याङ्बाट ओर्लदै अली अप्ठ्यरो अनुभव हुन्छ, तातो हावाले उकुस्मुकुस हुन्छ । लामो लामो सास लिदै आँफैलाई सन्तुलित बनाउछ । दुबइ आउनु उस्को लागि कुनै रहर थिएन, न त वाध्यता । नयाँ ठाउँमा घुम्दाको अनुभव लिनु थियो उस्लाई… Continue reading
भ्यालेन्टाइन, तरुनी र चित्रकला प्रसंग
-लेख एन दाहाल- एलक्स्ज्यान्डर बर्र नाम गरेका चित्रकर्मीको ‘ग्रेस बिफोर डिनर’ ओयल पेन्टिङ्गको पेन्सिल स्केच उतार्ने कोशिस गरेको ह’ मैले । यस चित्र बनाउँदाको एक प्रसंगले मलाई सधैं धरातलमा पछार्दछ । छिमेकमा रहेकी एउटी तरुनी घरिघरि एउटा बिरालो च्यापेर चिया पिउन आउँथी । तरुनी असाध्यै रुपवति पनि थिई तर कम बोल्ने र त्यति नहाँस्ने स्वभाव… Continue reading
एउटा प्रेमको सापेक्षता
-निष्प्रभ सजी- बाले पोखराको पुरानो बसपार्कको तलै ओर्लिएर बसको ड्राइभरलाई भेट्नु भयो र भन्नु भयो, “केटो सानो छ, जतन गरेर लैजानु”! सानै थिएँ । छ—सातमा पढ्थेँ हुँला । बाले बिस रुपियाँ दिनु भो । मलाई बुटवल बसपार्कको कफि निकै मन पर्थ्यो । स्टिलको जगमा मुख डुबाएर कफि मेसिनको धारोको टुटी सातै जाने गरी बेजोडले सुसाउँथ्यो… Continue reading
अरबको कथा
तलब आएको पहिलो शुक्रबार को बिहानी, करिब ७ बजे मोबाइल बज्यो आँखा चिम्सो पार्दै हेरें- उनैको थ्यो ! ‘उनी’ अर्थात ‘फूलमाया’ एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें ”सुतिराख्या हो ? सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे, ८ बजे सम्म मा पुगिन्छ होला छिट्टो उठेर आउनुस है…”
यसकारण अब म कहिल्यै भाटभटेनी सपिङ सेन्टरमा जाँदिन
-चन्द्र महर्जन- दुई साताअघि म भाटभटेनी सपिङ सेन्टरको कलंकी शाखामा सामान किन्न गएको थिएँ। पहिलो पटक मैले कार्डबाट भुक्तानी गरेको थिएँ। यत्रो नाम चलेको सपिङ सेन्टरले जति बिलमा रकम उठेको छ, त्यो अनुसार रकम नकाट्ने देखेर म छक्कै परेँ। मैले काउन्टरमा बसेकी बहिनीलाई सोधेँ। उनले आफूहरुलाई यसै गर्ने निर्देशन भएको बताइन्। मैले को म्यानेजरले त्यसो… Continue reading
शान्ति सम्झौताको हिस्सेदारलाई नभुलौँ
– कृष्ण गिरी – वृहत शान्ति सम्झौताको एक हिस्सा एमाओवादी नै हो । १२ बुदे समझदारीबाट संग्लीएको नेपाली राजनीति अहिले मुडेभेडको अवस्थामा पुगेको छ । शान्ति सम्झौता गर्दा नेपाली राजनीतिमा दुई पक्ष थिए र अहिले पनि ती पक्षहरु यथावत नै छन् । सरकार पक्ष र विद्रोहि पक्ष । विद्रोहि पक्षको प्रतिनिधित्व नेपाली राजनीतिमा एमाओवादीले नै… Continue reading
नेपालमा कसरी भारतीय हस्तक्षेप र हैकम बढ्न सक्छ ?
-लेखनाथ भण्डारी- यस्तो लाग्नसक्छ-यो सम्भावना नभएको आशंका मात्र हो तर अतिरन्जित वा वनको बाघले खावोस नखावोस मनको बाघले खावोस भनेजस्तो पनि लाग्नसक्छ | सदियौं पुरानो सह-अस्तित्वपूर्ण सम्बन्ध र मान्यता राख्दै आएका दुई असल छिमेकीहरुमा यस्तो हुने कल्पना पनि गर्न सकिन्न | यदि कसैले यस्तो सोच्छ भने त्यो गलत हो | हो,कवि दुर्गालालको रचनामा रहेको गीत’फूलको… Continue reading
अमेरिकाबाट हेर्दा नेपालको अस्थिर राजनीतिको र स्थायी समाधान
मातृभूमिबाट टाढा भए पनि देशको माया कहाँ मार्न सकिदो रहेछ र? हर क्षण समाचारमै हुन्छन् आँखा। देशको राजनीति देख्दा बिरक्त लागेर आँउछ।कसरी समाधान होला भनेर जुक्ति मात्र फुर्छ तर केही गर्न सक्दैनौँ हामी। नेपालको राजनीतिमा अस्थिरताको शुरूवात २००७ साल देखि नै भएको हो। लगभग ६५ वर्षको इतिहासमा ६/७ ओटा त संबिधानका ठेली नै आइसके।सरकार त… Continue reading
क्यान्सर ! पीडाको बकपत्र
-पूर्ण ढकाल- मनमा खुल्दुली मच्चियो भोलि रिपोर्टमा के होला? आफ्नो मृत्यु वा जीवनको नतिजा आफै लिन जानुपर्ने थियो। खाना खान मन लागेन तर पनि परिवारको सदस्यले पिर मान्लान भनेरै खाएँ। कति खाएँ के खाएँ याद छैन। सुत्न सकिनँ। रातभर सुत्ने कोशिश गरेँ। मनमा अनेक कुराहरु खेले। आँखा निदाउन सकेन। मनको दुःखमा मेरा आँखा पनि रातभरी… Continue reading
माओवादीद्वारा सताउनसम्म सताइएकाले पनि भन्दैछन् : ‘तरै पनि प्रचण्ड नछुटुन् है’
भर्खरै माओवादी जनयुद्ध सुरु भएको थियो। हाम्रा गाउँबाट पनि केही थान मानिसहरु पूर्णकालीन माओवादी बनेर जनयुद्ध लडन हिँडेका थिए। एकाएक हाम्रा बा जनयुद्धकालीन सरकारका दुश्मन करार गरिए। बालाई धेरै धम्की, चुनौति आए। रामप्रसाद शर्मा जिल्लाका सिडिओ र गीता उप्रेती डिएसपी थिइन्।आइजीमा अच्युतकृष्ण खरेल थिए। राती हाम्रा बालाई मार्ने योजनामा जनयुद्धका कामरेडहरु बेसीको घरमा आउन लागेछन्।… Continue reading
हेर बिजोग न्युयोर्कको नेपाली कन्सुलर कार्यालयको
-शेखर ढुंगेल- तपाइँहरुलाई लाग्दो हो, वाह अमेरिका। अनि अमेरिकाको न्युयोर्कस्थित नेपालको कन्सुलर कार्यालय कस्तो भव्य होला ! देश चिनाउने कस्ता-कस्ता श्रव्यदृश्य अनि पोस्टर होलान्? पर्यटकलाई जानकारी दिने, अनि नेपालप्रति आकर्षण गर्ने कस्ता-कस्ता साधन होलान्? फोटो हेर्नुस्, अनुमान गर्न सक्नुहुन्छ। नेपालको कुनै बसपार्कको टिकट काउन्टर भन्दा पनि न्यून स्तरको सुविधा यहाँ छ। मुस्किलले दुई जना आवतजावत… Continue reading
‘नगरपालिका’को बाक्लो बस्ती छेउ निर्वाध चलिरहेको छ इँट्टाभट्टा
–निर शर्मा @Rockfanatic– केही हप्ता मात्र भएको छ, म बसेको इमाडोल गाविस ‘महालक्ष्मी नगरपालिका’ भित्र गाभिएको। हुन त जग्गाको भाउ र बाक्लिएको बस्ती हेर्ने हो भने गाविस भन्दा सहर नै भन्न मिल्ने ठाउँ हो। भत्किएको बाटो, ढल र खानेपानी बिनाको ठाउँमा दलालको नेटवर्कले भाउ बढाएको ठाउँलाई सहर घोषणा गरे पनि स्वीकारेकै छौँ। ‘आउला नि कुनै… Continue reading
हिजोआजका गनगन
-लेखनाथ काफ्ले- बागमतीको पानी जस्तो छ त्यस्तै छ काठमाण्डौको राजनिती। जिल्ला, गाउँघरका नदीनाला सफा छन् अनि राजनीति पनि। काठमाडौंका भत्केका सडक जस्तै भत्केको राजनीति, फोहोरको डंगूरले गनाएको जस्तै राजनीतिको फोहोर देखेर मुख छोपेर हिंड्नु पर्छ। काठमाण्डौका सबै नदि/नालाहरुमा मिसिएका ढलहरु जस्तै यहाँको राजनीतिमा पनि देशी-बिदेशी फोहोर मिसिएको छ र त गनाएको छ डुंगडुंगती। तपाइँ हामीहरु… Continue reading