पि. आर. गिरी आज बिहानैदेखि मेरो मनमा खै के के भै रहेको थियो। मेरो बच्चा घरी यता घरी उता गरिरहन्छ, भर्खर ऊ डेढ वर्ष जतिको भयोl अलिअलि धर्मर धर्मर गरी हिंडन सक्छl म उसको छेउ मै हुन्छु स्ट्रोलर फोल्डिंग गरेर चउरमा थचक्क बसेकी हुन्छु म। सँधैजसो उसलाई मैले आफ्नो एक शव्द बोल्न सिकाउन धेरै कोशिश… Continue reading
Category: पाहुनाको पालो
सर्लाहीमा देखियो सेतो काग
काग भन्ने बित्तिकै कालो रङ्ग दिमागमा आइहाल्छ। तर तपाईँलाई थाहा छ? सेतो काग पनि हुने गर्छ नि। सर्लाहीमा आज सेतो काग देखा परेको छर लालबन्दी वडा नम्बर ५ का गंगा खतिवडाको घरमा सेतो काग देखिएको हो। सेतो काग निकै दुर्लभ चरा हो। कहिलेकाहीँ मात्र यस्तो काग देखापर्छ। यसअघि गत वर्ष असारमा काठमाडौँको कीर्तिपुरमा सेतो काग… Continue reading
नेपालको प्रस्तावित संविधान: दोहोरो नागरिकता हो कि पिआर प्रष्ट हुन जरुरी
– डा. अनुपम पोखरेल, मेलबर्न, अस्ट्रेलिया – नेपाली मूलका विदेशी नागरिक तथा विदेशी नागरिकता प्राप्त गर्ने क्रममा रहेका नेपाली नागरिकहरुलाई नेपालले नयाँ संविधान गर्न लागेको व्यवस्था बारे चासो राखिरहेका छन्। यसै परिप्रेक्ष्यमा नेपालको नयाँ संविधानको प्रस्तावित मस्यौदाको धारा १९ मा दोहोरो नागरिकताबारे उल्लेख गरेको पाइयो। उक्त धारामा ‘नेपाली मूलका विदेशी नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक… Continue reading
आधुनिक विवाहका आठ प्रकार, तपाईँको विवाह कस्तो?
-साक्षात सुशील- स्कूल कलेजमा विवाहका प्रकारहरु त पक्कै पढ्नुभएको होला। स्कूल कलेज जाने फुर्सदै नभएको भएपनि पुराणमा बिहेका कति प्रकार छन् भनेर पुरेतले भनेको होला। मागी विवाह, पैशाची विवाह, गन्धर्व विवाह यावत खालका विवाहको बारेमा। खै आफ्नो पनि बिहे गर्ने उमेर आएर हो कि जान लागेर हो अचेल विवाहको बारेमा चासो लाग्न थाल्या छ भन्या… Continue reading
सरोज खनाललाई सरोज भुसालको चिट्ठी
दाजु सरोज खनाल नमस्कार, भर्खरै हजुर अमेरिका छोडेर नेपाल फर्केको थाहा पाएँ। अरूले जे सुकै भनून वा सोचून म चाँही असाध्यै खुसी भएको छु। फर्कन केही ढिला अवश्य भएकै हो तर म राम्रो सँग बुझ्छु अमेरिका भनेको जती निश्कन खोज्यो उती भास्सिने एउटा दलदल हो। हजुर फर्केको सुनेर केही मानिसले अमेरिकाबाट सरापेका छन भने केहीले… Continue reading
के यो मलमास पतिको मुखसमेत हेर्न नमिल्ने कडा हो?
-जान्ह्बी हमाल/हेलसिन्की, फिनल्याण्ड- कुरा केहि दिन अघिको हो। हिजोआज म बिरामी बिदामा छु। त्यसैले अलि ढिलो उठ्नु मेरो दिनचर्या बनेको छ। त्यो दिन पनि उठ्दा बिहानको ८ बजेको रहेछ। मोबाइल हेरें, ५ वटा ’मिस्ड कल’ रहेछन्। आमाले गर्नु भएको। हतार हतार ’कल ब्याक’ गरें। ‘फोन किन नउठाएको अगि?’, ‘हेलो’ पनि भन्न नपाउदै वहाँले भन्नु भयो।… Continue reading
आउला पारस-हिमानीको विफी?
जीवन कसरी चल्छ? भाग्यले? उनका हकमा यो पनि हो, यो होइन पनि। दूर्भाग्यपूर्ण भाग्यले अनायासै उनी यूवराज बनाइए, समय क्रमसँगै पूर्व पनि। उसो भए जीवन दुर्घटनाहरुको सागर हो त? त्यो एक हदसम्म उनको जीवनको यथार्थ हो। जीवन बगिरहने खोलाको ढुंगा बन्न सकेन उनको हकमा। जीवन त्यस्तो हुन्थ्यो भने त्यो बेदागी हुन्थ्यो शायद। अभागी नै भनौं… Continue reading
विदेशीको दानमा किन भर पर्ने? यसरी आफै गर्न सक्छौँ हामी पुननिर्माण
– डा. लेखनाथ काफ्ले – अहिलेको भुइँचालोले हाम्रो घरको एउटा कोठा भत्काएको हो। घर होइन। ५०% जनसंख्या भएको तराई/भित्री मदेश जस्ताको तस्तै छ। पहाड/हिमालका असर परेका १९ जिल्लाबाहेक अन्त सब ठिक छ। हामी आत्तिनु र हतास हुनु जरुरी छैन। प्रत्येक घरबाट एकजना कम्तिमा विदेशमा छन्। भत्केको गाउँघर उनीहरुले नै बनाउँदै छन्। सरकारले उनीहरुलाई देशमा सजिलै… Continue reading
एसएलसी रिजल्ट : सावधान विद्यार्थीले आत्महत्या गर्नसक्छन्, रोक्न यी कुरामा ध्यान दिउँ
-डा. विजय ज्ञवाली- क्लिनिकल मनोविज्ञ प्रत्येक वर्ष जस्तै यो वर्ष पनि एसएलसीको नतिजा शुक्रबार आएको छ। यो वर्ष पनि लगभग आधाभन्दा कमलाई पास र आधाभन्दा बढीलाई फेल घोषणा गरियो। पास बिद्यार्थीका फोटोलाई माध्यम बनाएर फेरि स्कूलहरु बिज्ञापन छाप्नेछन्। प्रतिसतलाई आधार बनाएर कलेजहरुले भर्नामा छुटको घोषणा गर्ने छन्। सर्वोत्तम नतिजा लिएर आउने बिद्यार्थीका आमाबुवाले सामाजिक संजालमा… Continue reading
गोरखामा एनजिओ र आइएनजिओले ल्याएका तीन विकृति
-एल कार्की- वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा अहिले स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाहरु (एनजिओ र आइएनजिओ)को बाक्लो उपस्थिति छ। राहत र पुनर्निर्माण को लागि आएका यस्ता संस्थाहरु राहत वितरणमा संलग्न पनि भएका छन्। अल्पकालीन रुपमा यस्ता संस्थाबाट केही सहायता मिले पनि दीर्घकालीन असर छाडेर जाने निश्चित देखिन्छ। अहिले नै केही विकृति देखिन थालिसकेको… Continue reading
सपनामै नचिताएको भोगाइ : सकसपूर्ण पालको जीन्दगी
-हरिसुन्दर छुकां- साविकको सुडाल गाविस (हाल महामञ्जुश्री–नगरकोट नपा ५) स्थित दुलाल गाउँका शन्तराम दुलालको ढुंगाले बनेको घर बैशाख १२ गतेको भूकम्पको पहिलो धक्कामै ढल्यो। दुई नातिनीहरुसहित घरमा बसिरहेका उनले उक्त दिन निक्कै संघर्षपूर्ण तवरले आफनो र दुई नातिनीहरुको ज्यान जोगाए। सोही ठाउँमा रहेको पञ्चकन्या माविका प्रअसमेत रहेका उनी बैशाख १२ गतेदेखि नै घर बाहिर छन्।… Continue reading
लघुकथा : अन्तिम सपना
-गोरख प्रिथक – सँधै उसलाई मैले एउटा कुरा सिकाएँ, संसार निर्माण गर्ने कुरा सिकाएँ, सपना देख्न सिकाएँ। अझ भनौँ जीवनको लडाईमा बामे सर्न सिकाएँ। हिउँदमा उसको नाकबाट बगेको सिङ्गान सफा गरेको छु, मुख भरि लतपतिएको फोहर सफा गरेको छु। शरीरमै गरेको दिसापिसाब त कति हो कति! अझ भनौँ, आमाले निर्वाह गर्ने हरेक कर्तब्य पूरा गरेको… Continue reading
छिमेकी देशको म्यागी काण्ड : हामीले पाठ सिक्ने कि !
छिमेकी देश भारतमा अहिले म्यागी चाउचाउमा एमएसजी र लिड भेटिएको भन्दै हङ्गामा मच्चिरहेको छ। यसै मेसोमा नेपालले पनि बिहीबारदेखि म्यागी चाउचाउ आयात गर्न र बेच्न प्रतिबन्ध लगाइसक्यो। तर नेपालमा बेचिने अरु चाउचाउ पनि स्वास्थ्यको हिसाबले कति उचित छ? भर्खरै भूकम्पपछि राहत भनेकै चाउचाउ हो जस्तोसमेत गरियो। चाउचाउ कति हानिकारक छ भन्नेबारे प्रज्ज्वल चापागाइँको ब्लगबाट साभार… Continue reading
गाउँगाउँ पुगेका डाक्टरको अनुभव : पीडितहरु मगन्ते, आसे, परनिर्भर बन्दैछन्
-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विशेषज्ञ- ४५ वटा शिविरमा गाउँगाउँ पुग्दा सिक्काको एउटा पाटो साह्रै नमिठो प्राप्त गरेँ। यहाँहरुलाई नभने कसलाई भन्ने? १) ठाउँ भन्दिनँ – अधिकांश गाउँहरुमा चाउचाउ, बिस्कुट, त्रिपाल बाँड्ने र ‘राहत’ दिएको प्रतिष्पर्धा गर्ने भिडको कारण सक्कली तथा नक्कली पीडितहरुको मानसिकता ‘मगन्ते’, ‘आसे’ तथा ‘परनिर्भर’ भएको छ। गाउँमा गहुँ पाकेको छ, तरकारी छ,… Continue reading
बिना तलब हामी किन काम गछौं?
त्यसो त आफ्नै कर्म र पेशाका बारेमा लेख्ने, बोल्ने बेला हैन यो। यो बेला जस्ले जहाँबाट जति सक्छ, भूकम्प पीडितहरुका लागि तन मन र धनले सहयोग गर्ने बेला हो। तैपनि नेपाली पत्रकारिता र खासगरी टेलिभिजन पत्रकारिताका बारेमा केही अहं पक्षहरुमा बहस होस भन्ने हेतुले यी पंत्तिहरु बुन्दैछु। यी सवाल बढी व्यवहारिक पक्षसँग जोड्ने उदेश्य हो… Continue reading
भूकम्पपछि चर्चामा आएका नयाँ शब्द
-गजेन्द्र बुढाथोकी- भूकम्प पर्यटन- भूकम्पका नाममा पीडा, आँशु, क्रन्दन हेर्न नेपाली सेना, भारतीय सेनाका हेलिकप्टर चढेर, एसी भएका गाडीमा चढेर, प्रभावित क्षेत्रका मानिसलाई गाइड बनाएर सैरसपाटा गर्ने कार्य राहत पर्यटनः राहतका नाममा २-४ टा त्रिपाल, केही किलो चामल, २-४ पोका विस्कुट, अलिकता दबाइ बोकेर ठूल्ठूला चेश्मा लगाएर सैरसपाटा गर्ने कार्य । राहतका नाममा विदेशबाट पिलेन… Continue reading
मनकम्पन र क्षमापूजा
– वासुदेव मिश्र – एकाबिहानै राशीफल फलाकेर मानिसको उर्जाशील दिमागलाई खल्बल्याउने नेपालका एफएम रेडियोहरु र कपोलकल्पित राशीफल प्रकाशित नगर्दा पत्रिका नै बिक्दैन भन्ठान्ने पत्रकारहरु आम नागरिकको मनोबल गिराउने मतियार नै भएका छन्। विवादास्पद विचारक ओशोले नास्तिक र आस्तिक दुबै प्रवृत्तिको विरोधमा उत्रिदै भनेका छन्–‘ईश्वरवादी मन्दिर, मस्जिद, चर्च लगायतका ठाउँमा गएर ईश्वरप्राप्तिबाट चुके भने अनिश्वरवादी उनीहरुको… Continue reading
भूकम्पपीडित छोराका बाबुलाई पत्र : बालबालिकालाई यसरी जोगाउँ
-विमल आचार्य- आदरणीय संजय जी, सर्बप्रथम तपाईले जुन हिम्मतका साथ माइसंसारमा आफ्नो छोराको फोटो र उसले भोगेको कुरा पोस्ट गर्नुभएको छ, यो स्वागतयोग्य छ। विश्वमै ओझेलमा परेको एक विषय मानसिक स्वास्थ्य पनि हो। यो विषयसँग सम्बन्धित जानकारी हामीमध्ये धेरैलाई कम छ। शरीरको कुनै भागमा सानो घाउ हुन बित्तिकै हामी उपचारतर्फ लाग्छौँ तर बिडम्बना मन दुखेको… Continue reading
भूकम्पले बाल मनोविज्ञानलाई यसरी प्रभाव पार्दैछ
-सञ्जय पोखरेल- वैशाख १२ र २९ का ठूला भूकम्प र त्यसको विनाशको प्रत्यक्षदर्शी भएको यो पुस्तालाई भौतिक र आर्थिक मात्र हैन मानसिक असर पनि परेको छ। बालबालिकालाई त यसले अझ बढी प्रभाव पारेको छ। मेरो छोरा सस्मित पोखरेल उमेरले ७ वर्ष पुगेको छ। आजकाल ऊ घरभित्र सुत्नै मान्दैन। भुइँचालोले पुर्छ भनेर डराउँछ। सँधै बाहिर मात्र… Continue reading
यति सुन्दर थियो बारपाक : हेर्नुस् भूकम्पले तहसनहस पार्नुअघिका १२ फोटो
– राजु आचार्य – अहिले गोरखाको बारपाकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको ध्यान तानेको छ। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको यो गाउँको अवस्था टेलिभिजनका पर्दाहरुमा देखिँदा मन दुखिरहेको छ। चिटिक्क परेका ढुङ्गे घरका भग्नावशेष हेर्दै त्रिपालमा सुतेका स्थानीयहरुको मनोदशा सजिलै अनुभव गर्न सकिन्छ। भूकम्पको केन्द्रबिन्दु भएकोले १२०० घरधुरीको बारपाक सहित वरपर पुरै ध्वस्त भएको छ।… Continue reading