Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चकनाचुर : बनाउन तीन महिना लागेको चित्र

Posted on February 22, 2015 by mysansar

-लेखनाथ दाहाल-
shattered(3) सन् २०११ को प्रारम्भसँँगै मैले यस चित्रकला कोर्न शुरु गरेको थिएँ। यस चित्रकलालाई कनिकुथी एउटा अंग्रेजी शीर्षक पनि जुराएँ – Shattered: The mirror capsizes in the iconoclast of slick ugliness। (भावानुवाद गरे यसो भन्न मिल्ला कि ? चकनाचुर : कुरुपताको उत्कर्ष द्वन्द्वमा क्षतविक्षत भएर टुक्र्रिन्छ शिशा)।

फूर्सदको समयमा दैनिक एकाध घण्टा छुट्याउँदा यो चित्रकला सक्न मलाई तीन महिना लागेको थियो। चित्रकलाको आयातन मध्यम नै थियो ( २० इञ्ची x १२ इञ्ची )। रहरै रहरमा पेशेवर चित्रकर्मीले प्रयोग गर्ने पेन्सिल, काजग लगायतका सामग्रीको जोहो गरेँ। त्यसपछिको पहिलो चित्रकला हो यो मेरो।

shattered(3)
कहिलेकाहीँ साँझपख नारायण दाइका गाना र एक पेग ह्विस्कीसँगै यो चित्रकला कोर्दा मलाई अत्यन्त आत्मसुख मिलेको थियो। योगाभ्यास गरेको अनुभूति भएको थियो।

कहिलेकाहीँ चित्रलाई पर राखेर केही बेर घोत्लन्थेँ र चित्रकलाको अभ्यासमा पहिलो चित्रको राजाई यो किन भयो भनेर सोच्थें।

त्यसैपनि रक्सी पिउनु सामान्यतया राम्रो मानिंदैन। अनि म रक्स्याहा पनि होइन। ब्रायन डुवे नाम गरेका पेन्सिल आर्टिस्टको ग्यालरीमा फेला परेको सक्कल चित्रकलामा रहेका टुक्रिएका चहकिला शिशा, क्षतविक्षतता, तनाव एवं आक्रोशबाट भावान्तरित सुन्दर एवं शान्त आक्रितिमा रुपान्तरण गरिएको श्यामश्वेत विम्ब र यसमा रहेको कर्म र काज्र्यबीचको असमान्जस्यताप्रति म आशक्त थिएँ।

चालिस प्रतिशत स्पिरिट भएको एक बोतल रक्सी पिउनसक्ने मान्यजनको जीवनलीला पनि यतिकै चकनाचुर हुनसक्ला। यो नितान्त अनुमान हो। या त जीवनप्रति किंकर्तव्यविमुढ हुन नसक्ने वा हुन नचाहाने अल्छ्या रक्स्याहाको दैनिकी हो।

अल्छ्या रक्स्याहहरुले यसलाई दुःख मानेर पिउँछन, दुःख भुल्न पिउँछन, दुखित भएर पिउँछन, दुखेजिलो अवस्थामा पिउँछन्। पलायनका निम्ति पिउँछन्। बोतललाई सिरानीमा राखेर सुत्नेहरुले त मायालुको तस्विरलाई पनि च्यातचुत् पार्छन् रे।

अनि राजसी ठाँटले पिउनेहरुले एक पेग पिउनलाई पनि तीन घण्टा लगाउँछन् रे। उहिले उहिले एरिष्टोक्रेट ब्राण्डका ह्विस्की पारखीहरुले भन्ने गर्थे रक्सी भनेको अत्यन्तै सुन्दर महिलाजस्तै हो, पहिला भरमग्दुर हेर्नुहोस, त्यसपछि मजाले बास्ना लिएर रमाउनुहोस्, अनि आँत भिज्ने गरी त्यसको स्वादमा मजा लिनुहोस्।

मेलै चित्र बनाएर मजा लिएँ। यसबाहेक रक्सीसँग मेरो खासै सम्बन्ध छैन। यद्यपि, भन्नैपर्ने हुन्छ रक्सीले कसैको जिजिविषामा बाधा नपुर्‍याओस्, जीवन भड्खालोमा नपरोस्, कसैका सामाजिक एवं पारिवारिक सम्बन्ध नबिग्रिउन्, कसैका सपना चकनाचुर नहुन्।

7 thoughts on “चकनाचुर : बनाउन तीन महिना लागेको चित्र”

  1. Limbu HarataraH says:
    February 25, 2015 at 2:37 am

    माफ होस् ! यस्मा ग्लामोर छैन, पोजिटिभ पनि..!

    Reply
  2. Avik says:
    February 23, 2015 at 12:12 am

    येदि तपाई को चित्र बेच्ने भय जानकारी पाम. मलाई मन पर्यो . म किन्न चाहन्छु .

    Reply
  3. Shankar says:
    February 22, 2015 at 10:08 am

    धेरै फुटेको , चर्केको , टुक्रेको , भत्केको मात्र न बनाउनु , एसले न राम्रो संकेत गर्छ , कहिले काही , जोडेको , संगालिएको पनि बनाउनु |

    Reply
    1. प्रविण कुमार के.सी. says:
      February 22, 2015 at 9:01 pm

      संगालिएको चित्र त खासै अहिले सम्म कसैले पनि बनाउन सकेको देखिएको छैन तर जोडेको त चित्रकला मात्र हैन पूर्वीय सभ्यतामा मुर्तिकला जुन धेरै मन्दिरहरुका टुंडालमा देख्‍न पाईन्छन अनि चित्रकला बिशेषा गरी पश्चिमी कलाहरुमा । अब त त्यस्ता जोडेको सम्बन्धमा चलचित्रहरु पनि धेरै छन् ।

      Reply
      1. Shankar says:
        February 24, 2015 at 4:35 am

        मन्दीर र टुडाल मा जोडेको जस्तो चै भन्न खोजेको हैन | तपाइले भने पछि मैले गएर हेरे , ट्या त् खतरा सग जोडेको देखिन्छ |

        Reply
  4. ekraj says:
    February 22, 2015 at 8:39 am

    अति मार्मिक संदेश दिने चित्र! कला पनि निकै खारिए को जस्तो लग्यो |
    यो त अंग्रेजी मा पनि लेख्नु पर्ने जस्तो लग्यो| यो संदेश ले धेरैको जीवन बर्बाद हुन् बाट बचाउने खाल को सुजाव को कम गर्न पनि सक्ला?

    Reply
  5. uttam says:
    February 22, 2015 at 1:46 am

    तपाइको चित्रकलाको भाव अत्यन्त राम्रो छ / चित्र कोर्दै जानु होला / शुभकामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme