-चन्द्र महर्जन-
दुई साताअघि म भाटभटेनी सपिङ सेन्टरको कलंकी शाखामा सामान किन्न गएको थिएँ। पहिलो पटक मैले कार्डबाट भुक्तानी गरेको थिएँ। यत्रो नाम चलेको सपिङ सेन्टरले जति बिलमा रकम उठेको छ, त्यो अनुसार रकम नकाट्ने देखेर म छक्कै परेँ। मैले काउन्टरमा बसेकी बहिनीलाई सोधेँ। उनले आफूहरुलाई यसै गर्ने निर्देशन भएको बताइन्। मैले को म्यानेजरले त्यसो भनेको भनेर उसैलाई भेट्न चाहेँ।
म्यानेजर आइपुगे। उनले भने यो उनीहरुको नयाँ नियम हो र बैँकले हामीलाई यसै गर्न भनेको छ। अर्थात् ५० पैसाभन्दा कम भए रकम नलिने तर ५१ पैसा वा त्यो भन्दा बढी भयो भने एक रुपैयाँ काट्ने।
हो, क्यासै कारोबार हुँदा त जति पैसा उठे पनि एक रुपैयाँ काट्नु बाध्यता पर्ला भनेर मान्न सकिएला। तर कार्डको कारोबार गर्दा पैसाको किन चिन्ता गर्ने ? अङ्कमा कारोबार हुँदा पनि यस्तो ? यो त ग्राहक ठग्ने मेलोमात्रै हो।
ल मानौँ यस्तै गर्ने हो भने पनि बिलमा चाहिँ ग्राहकबाट जति काटेको हो त्यति नै रकम किन देखाइँदैन ? म्यानेजरले पत्रिकाहरुमा यस्तो व्यवस्थाबारे सूचना छापेको र तीन चार महिनादेखि यस्तो गरिएको बताए। मलाई थाहा छैन यो स्पष्टिकरण सही हो या गलत। तर बिलमा एउटा चिज देखाएर ग्राहकसँग बढी रकम लिनु भनेको सरासर ठगी हो।
देशको सबैभन्दा लोकप्रिय भनिने सपिङ मलले हजारौँ ग्राहकबाट ५० पैसाको दरले धेरै वटा शाखामा पच गर्दा कति रकम नाफाका रुपमा कुम्ल्याउँछ होला आफै अनुमान गर्नुस्।
अरुले जेसुकै गरुन्, म चाहिँ अब कहिल्यै भाटभटेनी जाने छैन। विश्वमा कतै पनि यस्तो नियम हुँदैन। त्यो ५० पैसा भाटभटेनीका साहुलाई निकै महँगो पर्नेछ।
थोपा थोपा मिलेर सगर बन्छ भनेर कति जना ले याद नगर्नु भाको होला!
५० ५० पैसा मिलेर नै लाखौ र करोडौ बन्ने हो,
चन्द्र जी ले राम्रो जानकारी दिनुभाको हो जस्तो लाग्छ मलाई.
(पोखरा)लेखिएको मूल्य भन्दा बढी लिन्छन क्यासमा बस्नेले अनि कम्प्लेन गर्दा भुलगर्यो भन्छन त्यसो भए फिर्ता गर्छु भन्दा हुदैन भन्छन – म्यानेजर सम्म पुग्दा सरि अब यस्तो हुनेछैन भने पछि अब उप्रान्त भटभटेनि नपस्ने बाचा गर्दै हिडे …विदेश (युरोप ) मा यस्तो हुन्थ्यो भने उठ्नै नसक्ने गरि कारबाही हुन्थ्यो ! याद राख्नोस ! मिलिओनर हुन् मन छ भने अविकसित सिस्टम नभाको देसमा बिजनेस गर्नोस छिट्टै हुनुहुन्छ मिलिओनर …
यस्तो फाइदा हुने रहेछ र पो नेपाल का व्यापारी मोटायका आफु त बुद्धि पुगेन झोला बोकेर अरब को खाडि तिर लागियो दुई बीस सम्म कमाउदा पनि कहिल्यै पुग्ने होइन !!!!!!! भातभतेनी त कहिले जाने खोइ सोपिन गर्न
I think this is just the cheating with customers. Here in Oman, supermarket and all other service provider charge the same ammount from the debit and credit cards. If the transaction has been made on cash then the rounding can be feasible but through cards , is not good for rounding off. This may be the way of taking undue benifit from customers by the bank and supermarket. Other thing is that there is no any place where we can register our complaints. All are thief. Petrol station, supermarket, pharmacy shops ,telephone and electrical office etc have been cheating the customers in the same manner. So we must raise a question against this.
नेपालकै सबैभन्दा ठूलो सपिङ्ग मल – भाटभटेनी सुपर मार्केट । यो सपिङ्ग मलले यसो गर्नु नपर्ने कुनै कारण छैन । यही सुपर मार्केट केही समय पहिले टिचिङ्ग हस्पिटल परिसरमा Emergency बनाईदिएको छ ,त्यो पनि प्रत्येक ग्राहकसँग हरेक पटक सामान किन्दा रू.१।- थपेर । राम्रो काममा एक रूपैयाँ चन्दा दिनु राम्रो हो तर ठगीमा संलग्न हुनु ठग्न उक्साउनु हो र संलग्न हुुनु हो ।
मेरो क़ुरा चाही सामान किनेपछि झोलाको पैसा त बिलमा चधाऊछ अरू के भनु. .
झोलाको त बिदेशी सुपरमार्केटहरुमा पनि चढाउछ साथि….
जब देशको राजनीति व्यवस्था निरहि हुन्छ, ठगहरुका धन्दा संचालन सुरु हुन्छन यस्तै यो पनि एउटा हो | के ५० पैसाको अब मूल्य हरायको हो ? राउण्ड गर्दा ५ पैसा को ठिक हुन्छ तर ५० पैसा को त ठग नै भयो नि हैन र ?
This is not good practice in Nepal. Taking small penny later makes them huge profit but Vatvateni is not the only one to accuse. We are always cheated while paying national bills like electricity, water, tax etc. They never give us change. When the electricity bill is for Rs546.46 or 89 they just take 547 no matter of less more 5o paisa or more. We don’t complain or our complain is not listened. So the things should change from the national level. All the business private sectors will automatically follow the rule
एउटा रोचक प्रशंग
एक दिन USPS ( अमेरिका को सरकारी हुलाक ) ले मेरो एक सामान ल्याईदियो अनि buyer ले delivery amount pay गर्नु पर्नेथ्यो . खासै धेरै थिएन, ७३ cent मात्रै. मैले एक dollar दिन खोज्दा, उसले change नभएको भन्यो र मलाई change दिन भन्यो. मेरो पालो खोज्दा २५ cent को ३ वटा coin भेटियो र दिए. अनि उसले फेरी change छैन भन्यो. मेरो पालो बाकी उसैलाई राख्न भने (जाबो २ cent त हो नि भनेर), उ त्यसबेला त्यहाँ बाट हिड्यो. अर्को दिन mail check गर्दा उसले receipt मा राम्रो संग cello tape ले टासेर १ cent को २ वटा coin राखी दिएको रहेछ.
त्यस दिन मैले १ cent को value बुझे. पैसा को value worth पैसा मात्र हुदो रहेन छ, एउटा स्वाभिमान, नैतिकता संग पनि जोडिएको हुन्छ. bhatbhateni ले त्यसो गरेको लाइ मैले छि ठगि को रुप मा लिन्छु, न कि सजिलो को लागि कारोबार सहजता संग जोडनेछु. लेखक को भनाइ ठिक हो, cash मा होइन electronic transaction गर्दा कम्प्युटर ले पैसा जोड्ने काम गर्दछ, त्यसमा मानिस ले गन्ति गर्न केहि गार्हो मान’नु पर्दैन.
पैले नैतिकता बदलौ हामी, अनि देश बदल्ने कुरा गरम.
Chandraji,
In my analysis, you have got two points in your article,
1. Bhatbhateni, doing a rounding of paisa in payments.
2. Displaying the exact amount in bill that is deducted from payments.
For the first part, you are just talking about one side, when your cost are greater than 51 paisa, but not the opposite. So I guess you are being just critical.
For the second part I guess you are being over reactive as well. In how many other purchases do you get original bills? Not to mention that even if you ask the shops for vat bills many of them deny to provide them to you. Isn’t this the more serious thing?
In my simple thinking making the payment and getting the proper bill is lot more important. Nevertheless even if your case is trivial ,but is valid (in my opinion), so you will win if you take legal help.
I totally agree to most of the comments about things being costly in Bhatbhateni. In such places prices should be lower than the retail stores. My added complaint is that goods in Bhatbhateni does not maintain any standards, and you won’t know the quality till you use them
The point here is that it was not a cash transaction. In economies like ours where the use of change (paisa) is very rare, it is feasible to round off to the nearest amount only if the transaction involves cash payment. But when you’re accepting credit cards as a business, doing so comes off as a fraudulent trick to make some extra bucks from customers.
मलाई पनि यो गरेको केहि फरक परेको जस्तो लाग्दैन किन भने मा पनि येस्तै गर्छु कम आए नलिने बादी आए लिने तेसो गर्दा एकदमै सहज कारोबार हुन्छ!
नेपाल सरकारले रेट मा नै पैसा राखन नपाउने गरे के होला ?
नेपाल सरकारले पैसा छाप्नानै छोडिसक्यो / होइन त ?
भाटभटेनीमा पार्किंग को पैसा पर्दिन अब ९.५० फाइदा भो भन्ने सम्झिने बस्ने. नया नेपालको येस्तै छ चलन. जता पनि ठगे को छ
त मूला धनीको छोरो छोरि होलस तेसैले pharak पर्दैन संसार मा कहिँ पनि एस्तो नियेम छैन हुन त नेपाली को बनि नै कसरि हुन६ ठगेर खाने ६
कुरा ठिकै हाे । तर अन्यत्र ११ हजारकाे सामान किनियाे भने हाेमडेलिभरी दिन्छ । तर तपाइकाे कार या टेक्सी खर्च अनी समयकाे त हीसाव गर्न भुल्नु भयाे नी ।
समान हरु पनि महँगो छ यार येह त
Bhat bhateni supermarket good are very expensive than other stores and market
त्यो त सरासत ठगि हो नि / तर भाट भटेनी ले येस्तै ठग्ने काम गर्छ / म संग नि अनुभव छ / एउटा समान फिर्ता गरेर अर्को पहिलाको भन्दा कम् मूल्य पर्ने समान किने तर बाकी रहेको पैसा फिर्ता माग्दा हाम्रो मा येस्तै system छ भन्ने जबाफ पाय / तर आफ्नो पैसा फिर्ता लेयेरै छोडे /
यो abnormal कुरा होइन. अहिले क्यानाडामा पनि penny गनिन छाड्यो | For example $1.026 भएमा $१.०५ अर्थात् $१ र ५ सेन्ट तिर्नु पर्छ
$1.024 भएमा $१ तिर्नु पर्छ
तेसो भन्नाले ५ सेन्ट भन्दा तलको मुल्यांकन हुन छाड्यो चाहे त्यो cash होस् या कार्ड होस् | मेरो हेराइमा लेखक को क्रिटिकल analysis को तेती meaning भए जस्तो लागेन | हाम्रा कन कन गर्ने बानि हरु …..
त्यस्तो पैसाको भ्यालु नहुने भए किन मूल्य मा पैसा राखेको सिधै रुपया राखे भयोनि कि कसो ????? पैसा लिदा भ्यालु हुने दिदा भ्यालु नहुने ?????
म पनि जर्मनी बस्दै आएको १० बर्ष भैसक्यो , एहा त सेन्ट सेन्ट को हिसाब हुन्छ बाई चाहे सुपरमार्केट होस् या खुद्रा पसल , ठग्ने काम हो सिधै यो त
क्यानडाको कुन ठाउँ मा हो त्यो सिस्टम/ हामी बसेको ठाउमा त क्याशमा मात्र हो त्यसो गर्ने, कार्ड बाट तिर्दा जति हो त्यति तिरे हुन्छ/ तलको लिंक क्लिक गरेर फर्स्ट ह्यान्ड इन्फर्मेसन लिन सकिन्छ:
http://www.fin.gc.ca/1cent/index-eng.asp
कार्डले तिर्दा एस्तो ठगि गर्न पाउने नेपाल का यस्तै एक दुइ सपिङ्ग सेन्टर होलान| यसरी नै ग्राहक ले तिर्नु पर्ने हो भने, यो पूर्ण ठगि नै हो र सम्बन्धित निकाए ले यसको अनुसन्धान गरेर टुंगो लगाउनु पर्दछ|
मलाई एउटा कुरा याद आयो | यो कुरा १९८०-१९८५ तिरको हुनु पर्दछ| जर्मनी को बेंक मा एकजना ग्राहक को खाता संचालन को जिम्मा लिएको कामदार ले हरेक महिना , कम्पुटर बाट ब्याज हिसाब गरेको आएको रकम को सेन्ट को तेस्रो दसमलब पछिको रकम आफ्नो खाता मा सिधै जाने गरि मिलायेछा| यो कुरा ग्राहक लाई थाहा हुने कुरै भएन| किन भन्दा, सेन्ट भने को पैसा जस्तै भयो र दोस्रो दसमलब सम्म पुरा पैसा भयो र तेस्रो दसमलब चाही पैसा को पनि अंग्सा मात्र भयो| जब, ०.५ पैसा,0 .०१ अपैसा को सिक्का नै हुदैन भने, ग्राहकलाई नत थाहा हुने भयो नत मतलब नै|
तेसो गर्दा दसौं हजार ग्राहक को खाता बाट गएको सेन्ट को फ्याक्सन ले एक दुइ वर्ष मा उसले त millions कमायेछा
पछी बेंकको अडित गर्दा यो कुरा थाहा भयो, त्यो कर्मचारी लाई कारबाई भयो, हिसाब सच्च्यियो, ग्राहक लाई सोच्दै नसोचे को पैसा को क्षतिपुरण आयो| यो निकै ठुलो समाचारै बने को थियो|
यो सप्पिंग को ठगी सिधै ग्राहक लाइ थाहा हुने अझ ठुलो स्केल मा छ|
साएद तो बेलामा जर्मनमा भएको ठगि बाट सिकेको होला|
म्यानेजर ले भने जस्तै अझ बेंक पनि संग्लग्न छ भने त दुवै लाई कारबाई गर्नु पर्यो|
मनेजर ले बेंक को पोलिसी भनेर पन्छिन खोजेको पनि हुन सक्दछ\ एदी तेसो हो भने बेंक आफु बन्दाम नहुन भए पनि, बेंक आफैले यो सपिङ्ग सेन्टर को विरुद्ध कारबाई चलाउन पर्ने हो| यहा कुरा एकजना ग्राहकको ४९ पैसा को होइन, र ठगीको निरन्तरता हो जुन दुइ चार वर्ष मा अरबौं हुन सग्दछा|
हो यो सरासर गलत हो कार्ड बाट सपिङ्ग गर्दा सामान खरिद गरे बराबरको मात्र रकम लिनु पर्ने हुञ्छ l
यो ठगि भित्र पर्दैन है | तपाई यूरोपको कुरा गर्नुहुन्छ भने ५० पैसा होइन २० देखि ३० यूरो सम्म नै काट्छ | त्यो पनि कम्पनी को नियम कानुन अनुसार | अनि अलि सुपर मार्केट मा जानुहुन्छ भने पनि बैंक को नियम नै चल्छ यहा कोसैले ठग्यो भनेको सुनिएको छैन | अब नेपालको प्रक्रिया पनि सायद यस्तै नै होला | बैंक को नियम हो भने मान्नै पर्छ अन्यथा कम्पनि को गल्ति नै हो | जे होस् सतर्क गराउनु भयो यो सकारात्मक पक्ष्य मान्नुपर्दछ तर सबै ठाउमा नियम यकै नहुन पनि सक्छ त्यो सबैले बुझ्नु पर्ने हुन्छ |
यस्ता ठगहरुकोमा कोहिपनि जानु हुदैन , सबैले बहिस्कार गर्नु पर्छ ! ठगहरुकै कारणले हाम्रो देशको यो हालत भएको हो !
यो नियम संगत Rounding हो | सापोनापो उस्तै पर्दछ|
कसै लाई पनि पचास पैसा पनि नछोड्ने र एकाउन्न पैसा हुने लाई पनि बढी पैसो नलिने एसो गरे कहो होला
आफ्नो राय बय्क्त गर्नु राम्रो हो, तर यस्तै अबस्थामा बाहिर अरु देशमा के गर्ने चलन छ बुझ्दा राम्रै हुन्छ/ बुझ्नको लागि तल क्लिक गरौँ:
http://www.fin.gc.ca/1cent/index-eng.asp
मित्रले लिंक त राख्नु भयो तर आफै नबुझी राखे जस्तो छ! कार्डमा कारोबार हुदा rounding नगर्ने भनेर स्पस्ट लेखेको छ! Cash कारोबारमा मात्र rounding हुने लेखेको छ !
कमलजी, मैले भन्न खोजेकै त्यहि हो/ बुझेर नै राखेको हो लिंक/
एस्तो नान्ग्लो बेकरी मा पनि हुन्छ
पचास पैसा पनि पैसा हॊ र पचास लाख पनि … कुरा के बुजनु जरुरि छ भने सबै जनता हरु ले एस्तो कुरा हरु लाइ अगाडी ल्युनु जरुरि छ ..
भाट भटेनीको साहु त राम्रो छ मान्छे ! प्रचण्डको लगानी छ भनेको सुनेको त्यस पछी बिग्रे छ !
भाटभोटेनि कलंकीले VISA कार्ड मा ५% छुट भन्ने तर पुरै पैसा लिने गरेको छ
…….अनि ४८ पैसा को बिल मा ५० पैसा कम गरेर लिएको बिल पनि देख्न पाको भए , हुन्थ्यो , यो समाचार अलि एक तर्फी भो , चन्द्र ब्रो,
यो चै हेर्न पर्यो कि यिनी bbsm ले % को आधार मा कतिको चाही ५१ पैसा भन्दा माथि को अनि कति को चै ४९ , ४८ गरेर कम पैसा लिदा रहेछन हेर्नुपर्य्यो , रेसिओ को आधार मा मैले भन्न खोज्य ,
ब्यापारी हरु येति बाठा हुन्छन कि सायद यी दुकाने ले जे किने पनि जोड्दा खेरि ५१ भन्दा बढी नै आउने गरि प्राइस सेत्तिंग गर्य होलान,
यी खोटांगे दाजु नि यसै एक बाट २ , २ बाट ३ गर्दै , झ्याम झ्यामी झय्न्गीयेका हैनन् के !!!
कुरो अलि खोज गरेर बाहिर ल्याए जानकारी पईन्थ्यो
कुरो बुझ्नु न मित्र, पैसा नै हात मा हालेको भए सुको मोहोर खोज्ने कुरो भएको हैन यहाँ . क्रेडिट कार्ड बाट पैसा तिरेको त बिल मा जति लेखेको छ त्यति नै काट्नु पर्छ, धेरै जान्ने बुझ्ने लाइ यस्तो कुरा आफै थाहा होला. कि बैंक ले पनि आज बाट पैसा मा कारोबार हुन्न डक्कै नोट को मात्रै कुरा गरम भन्न पर्यो.
ग्राहक को पनि त देचिमल पक्षिको पैसा लिदैन नि कुरो दोहोरो बुजम न
मैले यसमा नराम्रो केहि देख्दिन | ५० पैसा भन्दा कम भए पसल ले लिदैन ग्राहकलाई केहि पैसा फायदा , ५० पैसा भन्दा बढी भए १ रुपया बनाउदा पसललाइ केहि फायदा | आखिर पसललाई सापोनापो बराबर हुन्छ | यसलाई ग्राहक ठगेको भन्न मिल्दैन | नियमित जाने ग्राहकले पनि कहिले केहि पैसा गुमाउला कहिले केहि बचाउला सापो नापो बराबर | अहिले १ रुपैयाको त खासै केहि क्रय शक्ति नभएको बेला ५० पैसाको कुरा उठाउनु मलाइ त त्यति उपयुक्त लागेन | Rounding up or down जहा पनि हुन्छ | माइसंसार ले यस्ता चिजहरुलाई भन्दा गहकिला र बढी महत्वका लेखहरुलाई पो प्राथमिकता दिने हो कि ?
यो ब्लग भन्दा पनि कमेन्ट लेख्नेको सोचको कुरा है! चाहे क्यास होस् वा कार्ड, पैसाको मूल्य बराबर हुन्छ! हामीले १ पैसो होस् या १०० वा १०००, जब सम्म हरेक पैसो को हिसाब राख्न सक्दैनौ कुरो मिल्दैन| पैसाको मूल्य त्यहाँ हुन्छ जहाँ रगत र पसिना बगेको हुन्छ – खाडीको रेमिट्यान्स बाट नेपालमा मोबाइलमा फेसबुक चलाएकोलाई के थाहा, इराक/अफगानिस्तान मा कामगर्ने नेपालीलाइ सोधौ कि त्यस पैसा को महत्व के हुन्छ?
एक पैसा के हो भन्ने कुराले तब महत्व राख्छ जब यस्ता सेन्टरले एउटा झोलाको १०/५० पैसो चार्ज गर्न थाल्छ अनि हामी त्यो पैसा को लागि कच्-कच् गर्न थाल्छौ| अनि किन सरकारी जागिरेले तपाइलाई १/२/५ रुपैया फिर्ता नदिदा भ्रस्टाचारी भन्ने?
म बेलायत मा छु, यहाँ १ पेनी (१ पैसा जस्तै न्यूनतम मूल्य) को मूल्य छ र त ट्रांजक्सन संगै १ पेनी पनि फिर्ता गर्नु पर्छ र क्रेताले त्यो लिन्छ पनि| तर धेरै जसोले ‘टिल’ संगै रहेको ‘च्यारिटी’ को खुत्रुके मा त्यो १ पेनी संगै आफु संग भएको (छ भने) अरु खुद्रा डबल हाल्छ| अब हामी सोचौ कसको सोच ठुलो (भन्नुहोला साला खुब धाक देखाउछ बेलौती भएर, के गर्नु आखिर सिखो त विदेशकै गरिएको छ नि नेपालमा)?
मेरो आफ्नो उदाहरण को कुरा गर्दा मैले १ पेनी धेरै जसो छोड्थे, तर एकपल्ट विचार गरेर फिर्ता लिन लागे र घरमै खुत्रुके मा हाल्ने बानी गरे (पेनी मात्र नभएर अरुपनि खुत्रुकेमा परे है), अन्तराल मा करिब १० पाउण्ड भएको रैछ| सोचे यो त मैले नचाहेको रकम हो तर पनि लोभ त जाग्यो, के गर्ने? “मौकामा हिरा फोर्नु, बेमौका मा कौडी नछाड्नु”, पोहोर सुनकोशी बाढी-पिडितलाई त्यो संगै अरु थपेर र अरु साथीहरुसंग थपेर नेपालमा पठाइयो|
थोपा-थोपा बनेरै समुन्द्र बन्छ, यस्तै ४९/५१ पैसा लिएर नेपाली बैंक र सुपर मार्केट धनि बन्छ!
कुरो त ठिकै हो नगद कारोबार भय त, तर visa बाट pay गर्दा त banking कारोबार भयो जति हिसाब मा आको हो तेती मात्र लिनु पर्ने हो
You are right, this is not so big issue. .this is common in big shopping centres, malls and departments stores like Bhatbhateni supermarket in Nepal and city centre, Hypermarkets and so on malls in abroad
मेरो बिचारमा BBSM ले जे गरेको हो एकदम सही गरेको हो. आजकल रुपियाको मतलब छैन पैसाको केको टाउको दुखाई गर्ने हो. उसले बिल मा .४९ पैसा सम्म हुनेलाई लियको पनी छैन होला , तेसैले BBSM ले कुम्लायो भन्न मिलेन. इंडिया मा सब हिसाब हरु rounded off to nearest rupee गरेको देखें . यो काम त नेपाल मा बैंक/बित्तिय संस्था तथा सब सरकारी कारोबार मा हुनु पर्ने हो तर भयको छैन . लाजै लाग्ने decimal pt पछी पैसा झुन्देकै देखिन्छ . फेरी न सोचियोसकी मा BBSM को मान्छे होला भनेर .
एउटै समानमा पनि २ -३ मुल्य हुन्छ । stock को पुरनो समानमा पनि मुल्य धेरै रखेर बिकरी गरछ ।
कुरो रकमको होइन ठगिको हो र येसरी जानी जानी ठग्नु हुदैन !
६४ रुप्पे १६ पैसो डिस्काउन्ट चाँही के को रहेछ ?
यसलाई ठगी होइन Rounding भन्छन् । 50 पैसा भन्दा कम भए, तलतीर नत्र माथितिर । हिसाब सजिलो बनाको । हो, बिलमा पनि Rounding गरेको हिसाब राखेदेखि, तपाईँ जस्तो 1000 रूपैंयाँ सामानको मोलमा ठगिएको मतलब नगर्ने, तर Rounding गर्दा 49 पैसा घाटालागेको मा चित्त दुखाउने मान्छेले चित्त बुझाउने ठाउँ पाउँथ्यो कि ?
This is not only problem in Bhatbhateni. Its on KFC too. Sometime before I have an argument with KFC staffs. In Big Mart for 1 and 2 rupee the changes they used to give candy and I asked them what if we bring the same candy and give them to buy the stuffs ??? They only smiled. This is Nepal.
The BhatBhateni Club Card is totally useless. This is just their trick to attract customers by letting them think that by having the Club Card, they will be rewarded points and later when certain points are accumulated, they will be rewarded with a gift voucher. This never happens, I had accumulated more than 200 points (worth 1200 – 1300 Rs), applied for the gift voucher more than a year ago, but they never contacted me. Went there to inquire, but they just say they will be providing the voucher soon. That soon never comes. Thug Bhat Bhateni.
That’s a normal banking procedure, it’s also same here in Denmark and Sweden!
५० पैसा को लागि यत्रो बहस. लाज नै लाग्ने.
यो त pessimistic सोच को सिमा नै नागेको जस्तो लग्यो..
मल ले आफ्नो नियम बनाएरै गरेको छ त.. ५० पैसा भन्दा काम हुदा बचेको पैसा मा चै खुसि हुदैन …. तर तेइ ५० पैसा जादा ब्लग नै लेख्न भ्याउने ….. फेरी discount RS ६४ पाको चै मतलब छैन…
यस विषयमा जानकारी दिएर सु-सूचित गरिदिने चन्द्र महर्जनजीलाई धन्यवाद । यो बारेमा ख्याल नगर्ने ग्राहको लाममा म पनि थपिएँ । तर अब भने विचार पुर्याउनै पर्ने रहेछ के थाहा पैसामामात्र घोटाला हुन्छ वा रुपैयाँ मै पन