Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अरबको कथा

Posted on February 12, 2015 by mysansar

तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी

स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?
सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”

हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें
कुनै टुंगो हुदैन उनीहरुको,
कैले सफारी, कैले लुलु कैले क्यरिफोर, कैले कहाँ,
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरुलाई
त्यहीं हो भेट्ने

निर्धारित समय मा ‘सफारी मल’ पुगें,
एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए,
हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडीमा बसाएर लागे
रित्तो बस फर्कियो भरे ४ घण्टापछि लिन फर्किने शर्तमा

म आफुसँग गाडी नहुने मध्यको परें,
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !

हामी कुराकानी पनि गर्छौ,
यहाँका, कम्पनीका, साथीभाइका, घर परिवारका,
भबिस्यका, माया ‘पिरिम’ का पनि कुरा गर्छौं,
भबिस्यका योजना नि बुनिन्छ्न् कैलेकाहीँ

मल गज्जबको छ, म दङ्ग छु, साथमा उनी छिन्,
भित्रै रेष्टुरेन्ट छ,
खाजा नास्ता खान्छौ हामी,
अरुको आँखा छलेर यता उता चोर नजर डुलाउँदै,
म उनको हात समाउँछु,
उनी लजाए झैँ गर्छिन्

यस्तै मा समय बित्छ,
उनले गाडी आउने बेला भाको जनाउ दिन्छिन,
म फेरि ट्रली गुडाउँछु, उनी अघि अघि लम्किन्छिन्

ट्रली लिएर म काउन्टरमा लाइन बस्छु,
उनी बाहिर निस्केर साथीहरुलाई फोन गर्छिन्,
म उनको सपिङ्ग को ‘बिल’ चुक्ता गरेर बाहिर निस्किन्छु
उनका सामानलाई झोला भरि प्याक गरेर आफै बोकेर गाडीसम्म पुर्याई दिन्छु,
उनी लाग्छिन् आफ्नै गन्तब्यमा,
म फर्किन्छु कोठा तिर

टेक्सी चढ्नेसम्म पैसा बाँकी नहुँदा लुरुलुरु हिँडेरै फर्किन्छु कोठासम्म

साँझ उनको म्यासेज आउँछ ! लब यु, मिस यु ….यस्तै यस्तै
दिन भरि काम मा साँझ मा उनको याद मा, कैले कहीं फोन मा,
दिन यत्ति कै बित्छ !
प्रायः दिन बिराई बिराई उनको फोन आउँछ,
‘सुन्नु न, मोबाइल मा ब्यालेन्स, छैन, यहाँ नजिकै किन्न पाइदैन,
लु न केहि गर्दिनु ..’
कैले रिचार्ज कार्डको नम्बर दिन्छु, कैले ब्यालेन्स ट्रान्सफर

दिन हप्ता यसरी नै बित्छन

फेरि एक दिन बिहीबारे साँझ, उनको मिसकल आउँछ
म कलब्याक गर्छु,
‘सुन्नु न,
भोलि हाम्रो छुट्टी हुदैन, ओभर टाइम चल्छ, भोलि भेट्न नपाइने भयो..’

‘ठिकै छ नि, अर्को हप्ता भेट्ने नि,
काम परेको बेला काम गर न..’ म सम्झाउछु उनलाई

फोन मै माया पिरिम शुरु हुन्छ अनि खत्तम पनि

मेरो बारेमा सप्पै बुझ्छिन बिचरी,
मैले मात्र हो ढिलो बुझ्ने भनेको
मेरो तलब त एकै हप्ता मा सक्कियो,
अर्को हप्ता अर्कै को तलब आउँछ,
मैले सफारी मा उनको ट्रली गुडाएं,
अर्को ले क्यरिफोर मा ट्रली गुडाउदैथ्यो,
जब जब उनको ‘ओभरटाइम’ चल्छ,
तब तब अर्कै ले ‘ट्रली’ गुडाउछ (

8 thoughts on “अरबको कथा”

  1. अभागी कान्छा "गाउँले" says:
    February 15, 2015 at 9:12 pm

    मेरो बारेमा सप्पै बुझ्छिन बिचरी,
    मैले मात्र हो ढिलो बुझ्ने भनेको
    मेरो तलब त एकै हप्ता मा सक्कियो,
    अर्को हप्ता अर्कै को तलब आउँछ,
    मैले सफारी मा उनको ट्रली गुडाएं,
    अर्को ले क्यरिफोर मा ट्रली गुडाउदैथ्यो,
    जब जब उनको ‘ओभरटाइम’ चल्छ,
    तब तब अर्कै ले ‘ट्रली’ गुडाउछ

    साच्चै चित्त बुझ्दो लाग्यो यो लाइनहरु……. अनुभबी हुन् वा देखावटी गजबकै लाग्यो . सत्यता १०१% सेलुट गरे

    Reply
  2. Mek says:
    February 14, 2015 at 5:06 pm

    देख्नु भो त् अरबका सबै डोरी लाउरे हरु शोषित र पिडित मात्र छैन केटि घुमाउने सामर्थ्य वाला हरु पनि छन् तर क्यारनी बिचरो घरमा बाउआमा श्रीमती बच्चा को बेजोग हुन्छ र पो !

    Reply
    1. Binod Ranabhat says:
      February 15, 2015 at 1:01 pm

      अरब भन्दै मा सबै डोरी लाहुरे हुदिन हो साथी नेपाली को अबस्ता युरोप र अमेरिका जस्तो देश मा जान बिजोक छ नेपाल आउदा १जोर नया लुगा र युरोप अमेरिका को tag हुदै मा आफ्नो वॉकात न भुल्नु नि हो डोरी लाहुरे भन्दा बिजोक काम तिमि ले गर्दै छु

      Reply
  3. Rimal says:
    February 13, 2015 at 12:50 pm

    हो ।आफ्नो काम मा मतलब राख्नु ।

    Reply
  4. sarita says:
    February 12, 2015 at 6:27 pm

    थाहा थियो यो खाडीमा पैसा को बाढी आउदैन भन्ने, किन त ?सगरमाथा सिखरमा उभियको संसारको सबै भन्दा अग्लोमान्छे म आज खाडी मा गाडियकोछु

    Reply
  5. Binod Ranabhat says:
    February 12, 2015 at 3:47 pm

    विदेश मा बस्नी नेपाली केटि हरु को ९०% यस्ती हुन्छ हर केटि को ४ ओत केटा साथी अनि हर हप्ता १/१ नत्र कसरि १ जान ले मात्र मल मा समान किन्न सक्छ | हर हप्ता १ जना ले मात्र shopping गर्न त सक्दिन सो ४/५ जान हुनु को कारण तै हो तर बिचार केटा हरु लाइ के पत्ता आफु नै १लो हु भनेर छाति पो फुलाउ छन् | गाडी मा हिड्न लाइ १,२ जान गाडी वाला पनि हुन्छ extra मा … तै भए र होला नेपाली स्र्त्री जाति लाइ धरती भानि जाति जान लाइ पनि समाल न सक्नी …

    Reply
  6. डिल्ली says:
    February 12, 2015 at 12:01 pm

    यो कथा त अरब होस् कि खरब जाओस् नेपाल बसोस् कि भोपाल बसोस् उस्तै उस्तै हात्तीछाप चप्पल जस्तै हुन्छ होला । च्याटिङ गरेर डेटिङ गए पनि, मल गएर सल किनिदिए पनि हल गएर छल गरे पनि हरेक सेशन पछिको लेशन “अरबको कथा” मिल्न आउँछ होला ।

    Reply
  7. Shankar says:
    February 12, 2015 at 11:31 am

    अरब मा काम गर्न गएको भए , आफ्नो काम सग मतलब राख्नु | माया ,प्रेम बिबाद मा पर्दा तरबार ले गर्दन मा हान्लान नि, |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme