Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इत्तिहाद एयरले नेपाली यात्रुलाई यसरी हेप्यो

Posted on March 9, 2015March 9, 2015 by mysansar

-केशव पन्थी-

etihad-airways-logo टर्किस एयरलाइन्सको विमानले क्र्यास ल्यान्ड गरेपछि त्यसलाई नहटाएसम्म चार दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो। नेपाल बाहिर जानुपर्ने विभिन्न देशका यात्रुहरु काठमाडौँमा अड्‍किए। नेपाल आउनु पर्ने हजारौँ यात्रु विभिन्न देशमा ट्रान्जिटमा अड्‍किए।

न्युयोर्कबाट काठमाडौँको उडान गर्दै गरेको मेरो परिवार पनि अबु धाबीको विमानस्थलमा अड्किन पुग्यो। इत्तिहाद एयरवेजको उडानमा मेरी श्रीमती र उनकी बहिनी थिइन्। दुवै नेपाली नै हुन्। तर एक जनासँग अमेरिकी नागरिकता थियो भने अर्कोसँग ग्रिनकार्डमात्र। एयरलाइन्सले नेपाली नागरिक र अमेरिकी नागरिकलाई भेदभाव गरेको छ।

अमेरिकी नागरिकता भएकोलाई एयरलाइन्सले होटलको सुविधा दिएको छ।

नेपाली नागरिकता भएकोलाई भने एयरपोर्टको लाउन्जमा कुर्न लगाइएको छ।

नेपाली नागरिकता भएकोलाई एयरलाइन्सले हामीसँग होटल छैन भन्ने जवाफ दिइएको छ।

अन्तर्राष्ट्रिय चलन अनुसार यस्ता यात्रुलाई एयरलाइन्सले होटलको सुविधा दिनुपर्छ यदि त्यो बजेट एयरलाइन्स होइन भने। यहाँ त सँगै एउटै किसिमका टिकट काटेर एउटै गन्तव्यमा हिँडेकालाई फगत नागरिकताको आधारमा भेदभाव गरेको छ इत्तिहादले।

[के तपाईँले पनि काठमाडौँ विमानस्थल बन्द हुँदा ट्रान्जिटमा यस्तै समस्या भोग्नुभएको थियो? आफ्नो भोगाइ तल कमेन्टमा लेख्न सक्नुहुन्छ]

27 thoughts on “इत्तिहाद एयरले नेपाली यात्रुलाई यसरी हेप्यो”

  1. Sam says:
    March 14, 2015 at 7:29 pm

    sam again,
    Just to clear up and reinforce my statement as it is a visa issue:
    Etihad flies out of Abu Dhabi in UAE.
    UAE is totally different on visa issues from other countries like Qatar and Baharain.
    IN UAE you need to have pre arranged visa unlike in Doha and Baharain
    Etihad- UAE
    Gulf- Baharin
    Qatar: Doha

    Reply
  2. Bhuwan says:
    March 13, 2015 at 1:11 pm

    यो एरलाइन्स माथि मुद्दा हाल्नु मिल्दैन?

    Reply
  3. Bikash says:
    March 12, 2015 at 3:12 pm

    म पनि पहिलो दिन नै दोहा एरपोर्ट मा कतार ऐर को ट्रान्जित् यात्रु को रुपमा पुगेको थिय. मलाई चै सहर भित्र को ५ स्टार होटेल मा ४ दिन सम्म दैनिक ३ छाक खान खुवायर राख्यो. भिसा पनि एरपोर्ट मा नै दियो. म कतार ऐर र कतार सरकार को सेवा देखि सारै खुसि छु. म नेपाली हु.

    Reply
  4. sapana says:
    March 11, 2015 at 10:48 am

    I also faced discriminatory problem in Bangkok .I and my husband were travelling from Sydney to Kathmandu and transit was in Bangkok .in Bangkok there were two officers who were calling some names of nepali passport holders .I had nepali passport and my husband had Australian .they gathered all nepali passport holders and started to have double check our hand bag and body check .it was disgusting

    Reply
  5. डिल्ली says:
    March 11, 2015 at 10:35 am

    यसको एउटा पाटो भिषाको समस्या हुन सक्छ भने अर्को पाटो नेपालीलाई गरिने पशुवत व्यवहारको झल्को हो । जबसम्म आम नेपालीले गति छाडेका थिएनन् तबसम्म नेपालीहरूले विदेशमा इज्जत पाउँदै थिए । पञ्चायतकालको अन्त्यतिर आइपुग्दासम्म पनि नेपालीहरूले धेरै देशमा अनअराइभल भिषा पाउने गर्थे । बहुदल (बहुतदल)को आगमनसँगै नेपाल र नेपाल बाहिर जाने बहुसङ्ख्यक नेपालीमा अपराध बृत्ति मौलायो अर्थात बहुदलमा अपराध मौलायो । लागू औषध कारोबार र तस्करीमा कुटनीतिक राहदानीधारी समेत गाँसिन पुगे । एकताका हङकङले नेपाली मन्त्रीलाई समेत ट्रान्जिटमा बस्न दिएन र ट्रान्जिट समेत नेपालीकालागि वर्जित गरियो । सबैकालागि खुल्ला रहेको सिंहापुरले नेपालीको अनअराइभल भिषामा कडाइ गर्ने र अबैधलाई पक्राउ आदेश हालसालै जारी गरेको छ । बैध अबैध सबै बाटो प्रयोग गरी नेपालीहरू सपना देखेको देशमा ट्रान्जिटबाट भाग्न प्रयोग गर्छन् भने यस्तो अवस्थामा आदर र सत्कारको अपेक्षा गर्न गाह्रो छ । मिलेसम्म ठूला कुरा गरेर, नसके ढाँटेर छलेर, त्यो पनि सके भागेर लुक्ने आम प्रवृत्ति छ । हवाइजहाजमा दिइने रक्सी माग्दै खाली बोतलमा खन्याएर लग्ने नेपाली पनि प्रशस्त भेटिन्छन् । अन्तिम गन्तब्य नेपाल हुने हवाइजहाजमा परिचारिकाहरूको दुर्व्यवहार खपि नसक्नुका हुन्छन् जुन बहुसङ्ख्यक नेपालीले नै सबै नेपालीका लागि आर्जन गरिदिएका हुन् ।

    Reply
  6. daman says:
    March 11, 2015 at 4:57 am

    narayan,

    “आफु फुटे, गवार लुटे | ” भनेको येइ हो | हो कागज को आधार मा अमेरिकन होला तर नेपाली मूल हो | के तिम्रो भाई अर्को घरमा बसेमा ऊ भाई हुन्दैन ? तिम्रो नागरिकता नेपाली होला तर मानसिकता चै स्वार्थी छ |

    उसको नागरिकता बिदेशी होला तर पनि मनमा नेपाली हुन सक्छ, कुरा गर्छ !

    Reply
  7. sam says:
    March 10, 2015 at 3:08 pm

    It’s not discrimination between two nationals, it is due to the visa issue I think. American and EU nationals get on arrival visa at the airport in UAE however nepalese citizens need to apply visa before entering UAE. So the US citizen was allowed to stay in the hotel outside the airport. Since other one did not have visa to could not go outside the airport.

    Reply
    1. sam says:
      March 10, 2015 at 11:14 pm

      That is not always true. I had to stop at Doha while comming back to US(with Nepali Passport) and had 9+ hr of transit time. They provided the hotel outside airport. They took my passport, and stamped the visa. I had to wait for 1 hr to get this done. Thats it…ya its for sure US passport definitely helps a lot in that case.

      Reply
    2. kedar says:
      March 11, 2015 at 1:09 am

      i dont agree with u becoz some 4years ago a Group of 7nepalese travelled to Nepal from Norway by turkish Airlines, we had 12hours transit in Bahrain..upon arrival in Bahrain airport, we were taken to the immigration service in the airport and were given 24hours visa and then we were taken to the exit door where a bus was waiting for us and then were droven to the hotel..so i guess she could have argued about the equal rights..bolne ko pitho bikxa nabolne ko chamal ni bikdaina bhanejasto ..

      Reply
    3. Hillman Myagdi says:
      March 11, 2015 at 6:30 am

      It’s not because of VISA issue. It’s definitely due to the arrogance and discriminative attitude of the the airline staff. If the staff has the intention to serve the passenger correctly then the transit visa can be obtained at the departure from immigration to the hotel and the exit visa can be obtained on the way back to the airport. I have done it in both Doha and in Abudhabi in UAE.

      Reply
    4. Pradip says:
      March 11, 2015 at 5:54 pm

      I agree with you, it is because of the Visa restriction. I work in the hotel sales and I handle Aviation business segment in the hotel, every time we have flight disruption or stranded passenger, we get to book in the hotel for all those who can get visa on arrival. For those who cant get visa on arrival, there are two options.

      Wait at the lounge if it is 6-8 hours waiting, they might provide to the sleep inside the Airport hotel if this falls in night time.
      If this is longer waiting time expected, they might apply for your transit visa which takes approx 4-6 hours at the immigration. We cant know from your situation what really happened, how long you had to wait and all other details. My close friend is Senior Manager of Guest Relations for Etihad at the Abu Dhabi Airport who deals with exactly such things day and night and as far as I know, this is how the process go.

      Reply
    5. Anjan says:
      March 11, 2015 at 9:10 pm

      I think its not true what you said. once i got the long transit in Bahrain, Me (Nepali citizen) and My wife (USA citizen) both got hotel in outside the airport. .

      Reply
    6. Pratik says:
      March 11, 2015 at 9:56 pm

      @Sam, not at all, it is a form of discrimination. In the event when its not the fault of passengers and are stuck in international airport for more than 8 hours plus or so, airlines can arrange transit visa as a part of their customer service and satisfaction and take the passengers to a hotel. But in this case, they did not do so because the passenger was Nepali passport holder. It is definitely a discrimination.

      Reply
  8. Uttam Khadka says:
    March 10, 2015 at 2:29 pm

    देश मा बढेको गरिबी र बेरोजगार यसको मुख्य कारण हो! कुरा १९८९ को हो, तेती बेला जर्मनी जादा नेपालीहरु को पासपोर्ट देख्ने बित्तिकै इम्मिग्रेशन मा छाप पनि न हानी जर्मनी छिर्ने अनुमति पाइन्थ्यो! तेती बेला कोरिया, जापान को लागि एरपोर्ट मै ओनअराइएवल भिसा पाइन्थ्यो! स्वदेश मा रोजगारी को कमि राज्य को भताभुङ्गे चाला ले गर्दा बिदेशी हरु ले नेपाली हरुलाई हेर्ने द्रिस्तिकोन परिबर्तन गरेका कारण हामीले दुक्ख: भोग्नु परि रहेको छ!

    Reply
  9. Binod says:
    March 10, 2015 at 2:19 pm

    ईत्तेहाद ले तेसो गर्नुको पछाडीको कारण अध्यागमन र भिसाको कारणले हो । नेपालीले अनअराईभल भिसा नपाउने भएर ट्रान्जिमानै खाना पानि अनि सुत्न मिल्ने सोफा र ब्लानकेट को बेबस्था गरिएको कुरा फर्कने यात्रुले बताए । लान्छना लगाउनु भन्दा पहिला कारण बुझदा राम्रो हुन्थ्यो ।

    Reply
  10. avaya says:
    March 10, 2015 at 1:42 pm

    the muslims from middle east (espically arab ) are the
    most racist people in this world

    they treat white people like god and asian and african like 3rd grade human
    believe me.

    Reply
    1. Navin says:
      March 10, 2015 at 8:50 pm

      I don’t think so. I saw black people working everywhere in the UAE airport. If your blame was true, I shouldn’t have seen them anywhere near the airport.

      Reply
    2. bibek dhakal says:
      March 10, 2015 at 9:44 pm

      Little knowledge is dangerous :
      In fact , Muslims ( especially arabs ) are the principle ‘victims ‘ of racism .

      Reply
    3. Shankar says:
      March 11, 2015 at 3:25 am

      गड नै चै न मान्लान , तर खैरे ले ले उनीहरुलाई भंगेरा मारेजस्तो आकास बाट तातो गोला खसालेर मार्ने हुनाले भाउ चै दिन्छन |
      किनकि हरेक जब मा त्यहा २ थरि बेतन हुन्छ , यूरोप र क्यानाडा , अमेरिका बाट आउनेलाई एउटा तलब , तेस्रो देश बाट जानेलाई आर्को |

      Reply
    4. samrat~ says:
      March 11, 2015 at 5:39 am

      Bibek and Avaya , you both are right. Outside middle east, Muslims are the victim of racism but in the middle east, they are most racist against other 3rd world countries citizen.

      Reply
  11. Janank Bhatta says:
    March 9, 2015 at 11:09 pm

    The ticket type associated also matters. May be those people bought tickets of certain class. For example, I usually buy refundable tickets. Or may be they were first class passengers. You should ask the travel agent from where you bought the tickets. Contracts are laid out in there.

    Reply
  12. ramu says:
    March 9, 2015 at 3:31 pm

    हे हे नेपालमै यसैलाई होटेल,सफा खाने पानी त दिएन रे।हामीले होईन त्यसैले केहि गर्दनौ भन्यो रे(जुन अन्तराष्ट्रिय मान्यताको बिपरित छ)।शुशिल बाजेले सबैलाई सुबिधा दिन “अनुरोध-बिनय” गरिदिनु गर्नु भएको थियो रे उहाँको कुरा नेपाली कर्मचारीले मान्दैनन बिदेशीले के सुन्थे।
    बिदेशीलाई त्यसो गरे भने त मुद्दा हाल्ने,review लेख्ने गरि हाल्छन जसले एयरलाईनको रेटिङमा समस्या आँउछ,U A E को एयरलाईन्सले नेपाली चिनेर शायद त्यसो गय्यो।
    यस्तै हो,नेता गतिलो नभए पछि सबैले हेप्छन

    Reply
  13. narayan says:
    March 9, 2015 at 10:22 am

    पन्थी जि, तपाईं अमेरिका बासी, तपाईंले लेख्नु भए अनुसार दुबइ नेपाली हुन तर एक जना सँग अमेरिकि नागरिकता र अर्को सँग ग्रीन कार्ड छ भन्नु भएको छ । अमेरिकि नागरिकता हुने कसरी नेपाली भयो । अमेरिकि ग्रीन कार्ड लिने पनि अझै नेपाली नै । लाज्जा सरम

    Reply
  14. Shankar says:
    March 9, 2015 at 3:34 am

    बेसरम नेताहरु , गरिब र माग्ने देश भएपछी यो समस्या आएको हो | २०-३० बर्स अगि मात्र को कुरा गर्ने हो भने नेपालि हरुलाई विश्व मा तेती हेप्दैनथे|
    जब यी बाँदर हरुको हात मा देश पर्यो , तेस्पछि यिनले आफ्नो पनि बेइजत गरे देश को त् यिनलाई के मतलब ?

    Reply
  15. eklavya says:
    March 9, 2015 at 3:27 am

    अब के गर्ने त बिचराहरुले पनि अमेरिकीले अ.रा. मुद्दा हाल्न मिल्छ त्यस वापत भरपाई पाइन्छ नेपालीले के को मुद्दा अनि के को भरपाई . ..त्यस माथि नेपालको असमर्थताको कारणले तेत्रो फोकटमा खर्च गरि रहनु परेको छ र नेपाल यसै पनि कहलिएकै देश हो यसमा कुनै आश्चार्य र नौलो मान्नु पर्ने अवस्था छैन त्यो चाहे ग्रीनकार्ड वालालाइ होस् या चाहे पुरै नेपाली नागरिकतावाला लाई ….

    Reply
  16. Ram Prashad says:
    March 9, 2015 at 3:20 am

    I also faced this discriminatory problem with Qatar. Few years back when I was traveling from Doha to Kathmandu due to bad weather the flight was diverted to Dhaka Bangladesh. All the Nepalese and passengers western countries were separated. Nepalese were put in a cheap lodge type hotel and the others in a five star hotel. It was a disgrace for Nepalese Passport holders

    Reply
  17. kamal rijal says:
    March 9, 2015 at 3:18 am

    नेपाली चोर नेताले समयमा बैकल्पिक अन्तरास्ट्रिय बिमान्स्थ्ल बनाउने काम घुस नखाइ गरेकाभए यस्तो हेपाइ सहनुपर्ने थिएन कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme