Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: विज्ञान बा

वैज्ञानिक अनुसन्धान के हो? फर्जी विज्ञान कसरी छुट्ट्याउने? नेपाली मिडियालाइ फेक न्यूजबाट बच्न केही टिप्स

Posted on July 24, 2017July 25, 2017 by विज्ञान बा

रासस लगायत नेपाली मूलधारका कतिपय मिडियाले विज्ञानका ठुला तर अप्रमाणित दावीहरुलाई पत्याएर फेक न्युज पस्केको पस्कै गर्ने गरेकोले नेपाली विज्ञानको अन्तर्राष्ट्रिय बेइज्जत नहोस् भनेर केही टिप्स दिने कोशिस गरिएको छ। विज्ञानको अनुसन्धान कसरी गरिन्छ भन्ने आधारभूत जानकारी नहुँदा कलिलो उमेरका विज्ञानका जिज्ञासुहरु अर्ध-ज्ञानको आधारमा मिडिया कभरेज हुँदा आफ्नै भविश्यसँग खेलवाड गर्न पुग्छन्। मिडियाको बहकाउमा गरिने… Continue reading

रासस कि फेक न्युज ? भौतिक विज्ञानमा नेपालको सनसनीपूर्ण उपलब्धि

Posted on April 24, 2017 by विज्ञान बा

सरकारी अधिकारिक न्युज एजेन्सीमा हालै प्रकाशित एउटा समाचार पढ्नु भयो भने अचम्म पर्नु हुनेछ। समाचारको सुरुमै लेखिएको छ: “सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ।” शीर्षक नै तहल्का पिट्ने रहेछ, राससले रिपोर्ट गरेको केही दम छ, नेपाल मै नोबेल पुरस्कार भित्रिने भो है भनेर… Continue reading

नेता र महावीरका सपनाहरु -३ : देशको काँचुली फेर्न गफ हैन, लगानी गरौँ

Posted on September 5, 2016September 5, 2016 by विज्ञान बा

सर्वज्ञानी नेता पाउन असम्भव भए पनि देश-विकासको लागि विज्ञान-प्रविधि ब्यवस्थित बनाउनु पर्छ भन्ने दूर-दृष्टि/चेतना भएको नेता पाउन सके मात्र पनि देश सही दिशातर्फ लम्किन्थ्यो। विज्ञान शिक्षाकै कुरा गर्ने हो भने अनुसन्धानमा र ल्याबको अवस्था सुधार्ने र क्षमता बढाउने माग गर्नु भन्दा पनि थाम्नै नसकिने गरी विद्यार्थी थप्न दवाब दिइन्छ। त्यो पनि आशा लाग्दा युवा विद्यार्थी… Continue reading

नेता र महावीरका सपनाहरु – २ : विज्ञान-प्रविधिलाई व्यवस्थित बनाउने कि सर्वज्ञानी नेता खोज्ने ?

Posted on August 24, 2016August 24, 2016 by विज्ञान बा

देश विकास गर्ने रहर शायद सबै (या धेरै) नेताहरुलाई पनि होला। कम्तिमा सबै प्रधानमन्त्रीहरुले यो सोच्छन् होला। हो, राजनीतिक स्थिरता नभएसम्म विकासका कुरा अगाडि बढाउन सजिलो छैन, तर एउटा सोच त पक्कै हुन्छ होला। तर कुन कुन नेतृत्वले देश विकासका प्रस्ट योजना शुरु गरे जसलाई नयाँ आउने नेतृत्वले समेत चालू राख्न बाध्य पारुन्? एउटा आउँछ… Continue reading

नेता र महावीरका सपनाहरु – १

Posted on August 19, 2016 by विज्ञान बा

गएका केही महिना सपनाका कुरा धेरै सुनिए । सपना देखेरै मान्छेले आकाशमा उड्न सक्यो, र चन्द्रमा छुन सक्यो । ठुला-ठुला रोगको उन्मुलन देखि लिएर रेडियो र फोनको आविस्कार भएको पनि यस्तै सपनाले नै हो । अहिले देश माथि उठ्ला भन्दा झन् भासिदै जाँदा हाम्रोमा नयाँ सपना देख्ने लहर चलेको छ । कुनै एक जमानामा कला,… Continue reading

ओलीले एक करोड बक्सिस दिएका गुगल बोय : कति यथार्थ कति भ्रम – विज्ञानका प्राध्यापकको विश्लेषण

Posted on July 15, 2016July 16, 2016 by विज्ञान बा

(ओली सरकारले एक करोड रुपैयाँ सरकारी ढुकुटीबाट बक्सिस दिएका गुगल बोय आदित्य दाहालबारे विदेशको एक प्रतिष्ठित विश्वविद्यालयमा विज्ञानका प्राध्यापकले एक वर्षअघि लेखेको यो ब्लग सान्दर्भिक हुने देखेर पुनः प्रकाशन गरेका हौँ) नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय… Continue reading

बौद्धिक जगतमा चोरी र ठगीका धन्दा

Posted on September 5, 2015September 5, 2015 by विज्ञान बा

परम्परागत हिसाबले हाम्रोमा “गुरु” भनेको अत्यन्त आदरणीय सम्बोधन हो । अझै पनि “गुरु” कै नाममा गुरु-पूर्णिमा मनाउँछौं । आफू जहाँ पुगे पनि, आफ्नै उमेरले डाँडो काटे पनि आफूलाई पढाउने सरहरुलाई बिर्सिदैनौ । शिक्षण पेशा आफैमा मर्यादित पेशा हो । यसमा लाग्ने धेरैले धन कमाइमा हैन ज्ञान प्रसार गरेकैमा सन्तोष प्राप्त गर्छन । आफै शिष्यहरुको ऐना… Continue reading

नेपाली ‘गुगल-बोय’ आदित्य: कति यथार्थ कति भ्रम?

Posted on July 30, 2015July 30, 2015 by विज्ञान बा

नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्। उनी भर्खर ५ टेकेका बालक हुन्… Continue reading

गुरुत्वबलबाट बिजुली ? हावाका तालमा तोक लगाउँदै यताउता चारो हालेर विज्ञानको प्रोत्साहन हुँदैन

Posted on February 23, 2015February 24, 2015 by विज्ञान बा

-विज्ञान बा- विज्ञानलाई खासै महत्व नदिने नेपालमा विज्ञानका लेख मिडियामा आउने बित्तिकै खुसी भइन्छ। तर अफसोस १-२ लाइन पढेपछि त्यो खुशी छियाछिया परेर जान्छ। किनकि मिडियाले विज्ञानलाई प्रोत्साहन गर्ने मनसाय नै राखे पनि खोक्रो, अतिरन्जित दावीलाई मात्र बढाइ-चढाइ गर्ने गर्छन्। बेला-बेलामा विज्ञानका ठूलाठूला सिद्धान्तलाई चुनौती पनि नेपालका ठूलै पत्रिका मार्फत दिने गरिएको छ। यस्तै लेख… Continue reading

पशुको दिसाले घर लिप्ने नेपाली !

Posted on December 17, 2014December 17, 2014 by विज्ञान बा

धेरै बर्ष अघि एकजना विदेशीले म सँग सोधेका थिए — नेपालीहरुले घरको भुइँभरि किन पशुको दिशा दल्छन? उनको प्रश्न गाईको ब्याक्टेरियाग्रस्त गोबरले भुइँ लिप्ने चलन प्रति लक्षित थियो । हिन्दू चलन अनुसार गाइको गोबरले लिपेको शुद्द हुन्छ भन्ने बाहेक म संग उत्तर थिएन । गाई जतिसुकै शुद्द मानिए पनि ब्याक्टेरिया त पक्कै हानिकारक नै होला,… Continue reading

इबोला : खत्तम भो, बर्बाद भो

Posted on October 16, 2014October 18, 2014 by विज्ञान बा

यो ब्लगमा केही अनुच्छेद तल अपडेट गरिएको छ। -विज्ञान बा- शीर्षक देखेर नडराउनु होला, यसको प्रसङ्ग पछि जोड्नेछु। भनिन्छ – डर र त्रास फैलिने गति भाइरसको भन्दा निकै बढी हुन्छ। सत्य त यो हो कि नेपालमा अहिले नै सर्व-साधारणलाइ इबोलाको संक्रमण हुने सम्भावना शून्य छ। जबसम्म बाहिर बाट कसैले इबोला बोकेर भित्रिदैन, इबोला फैलिने सम्भवना… Continue reading

आर्यघाटको कोइलाको सेकुवा प्रकरण : प्रिअन रोगबारे थप जानकारी

Posted on July 3, 2014July 4, 2014 by विज्ञान बा

प्रिअन (Prion) रोगबारेको  ब्लगमा रुचि लिई अरु जिज्ञासाहरु राख्नुभएकोले केहि थप जानकारी प्रस्तुत गर्दैछु। ब्लगको उद्देश्य किटाणुबाट मात्रै रोग सर्ने नभई उच्च तापमा पनि नष्ट नहुने रोगाणु बाट समेत महामारी फैलिन सक्ने कुरा सर्वसाधारणलाइ जानकारी गराउनु थियो । सेकुवा र मकै पोल्दा साधारणतया कोइलालाइनै छोएर पकाइन्छ । लाश जलाएको काठमा डढेकै भएपनि मान्छेको मासु या… Continue reading

लाश जलाएको कोइलामा पोलिने सेकुवा र बहुलाउने बिमारको महामारी

Posted on June 30, 2014June 30, 2014 by विज्ञान बा

केही दिनअघि काठमाडौँका केही ठाउँमा सेकुवा पोल्न आर्यघाटको काठ प्रयोग भएको माइसंसारमा पढियो। सरसर्ती कमेन्टहरु हेर्दा धेरैले आगोको उच्च तापक्रमले गर्दा किटाणुहरु मरिसक्ने हुँदा फरक नपर्ने विचार पनि ब्यक्त गरेको पाइयो। के किटाणुहरु मर्दैमा संक्रामक बिमारबाट जोगिइन्छ त? होला, यसले अहिलेलाई खासै फरक नपर्ला, तर यो चलन स्वास्थ्यको हिसाबले किन राम्रो हैन भन्ने वैज्ञानिक हिसाबले… Continue reading

जहाजलाई बोकाको बलि – संस्कृति कि अन्धविश्वास?

Posted on May 13, 2014 by विज्ञान बा

नयाँ जहाज भित्र्याउँदा बोकाको बलि दिने नेपाल बायु सेवा निगमले हालै मात्र नयाँ जहाज ल्याउँदा चाहिं बोकाको सट्टा नरिवल फोरेर भित्र्याएको खबर सुनेपछि निगमको घैंटोमा बल्ल घाम लागेछ भन्ने लाग्यो। हो कहिले-काहिँ हाम्रोमा संस्कृति र अन्ध-बिश्वास छुट्ट्याउन गार्हो छ । निगमको लोगोमा आकाश भैरब भएकोले गर्दा भैरबको पूजा गर्दा बलि दिने चलन रहेछ । भगवानलाई… Continue reading

पारसको अन्तर्वार्ता र स्वचालित ड्रोनको नेपाली प्याटेन्ट

Posted on April 11, 2014April 15, 2014 by विज्ञान बा

-विज्ञान बा- आफु क्रिकेटको पारखी नभए पनि केहि दिन अघि माइसंसारमा आएको पारस खड्काको अन्तरवार्ता हेर्न पुगें — त्यो पनि रमाइलोको लागि । अन्तरवार्ता लिइएको शैलीलाइ लिएर त छलफल गरिहालियो तर मलाइ सबभन्दा बढी स्ट्राइक चाहि पारस खड्काका विचारहरुले गरे । त्यसैले जसरि हेर्न पुगे पनि हेरेकोमा खुशी लाग्यो । नेपालमा खेलको स्थिति यस्तो हुनुमा… Continue reading

यसरी दिइन्छ यहाँ आइन्स्टाइनलाई चुनौति (शंकालुहरुका लागि थप अपडेटसहित)

Posted on April 7, 2014April 9, 2014 by विज्ञान बा

[कमेन्टहरुका आधारमा मैले यो ब्लगमा शंकालुहरुका लागि भित्र थप अपडेट गरेको छु] अर्ध-ज्ञान प्रयोग गरेर कुनै पनि बिषयको गलत ब्याख्या गर्नु भनेको ४=५ प्रमाणित गर्नु जस्तै हो । गलत आधार लिएर गरेका दावी पनि अचम्मका हुन्छन्, दावीका स्तर क्रान्तिकारी हुँदै जान्छन् । यस्ता पुष्टि नै नभएका बिज्ञानका समाचार बेला बखत आइरहन्छन -त्यो पनि नाम चलेका… Continue reading

हाम्रो समाजमा विज्ञान

Posted on March 27, 2014March 27, 2014 by विज्ञान बा

विज्ञानका कुराहरु माइसंसारमा हुन थालेपछि मैले करिब २० वर्ष भन्दा पहिलेको कुरा सम्झें। गाउँमा बिजुली ल्याउने चर्चा चलेको थियो। मान्छेहरुमा कौतुहलता थियो, यो के हो, कसो हो, करेन्ट लागेर मान्छे मर्छन अरे, पानीलाई अग्लो डांडाबाट खसाल्नु पर्ने आदि आदि। एक पटक यस्तै कुरा हुँदा कसैले सोध्यो – यो पानीलाई किन होला धेरै माथिबाट खसाल्नु पर्ने… Continue reading

ल बुझौं न त डीएनए को भाषा

Posted on March 20, 2014June 30, 2014 by विज्ञान बा

(गौतम ‘उदय’ ले हरेक आइतबार प्रस्तुत गर्ने सन्डे साइन्सको पहिलो ब्लगपछि सम्बन्धित बिषयमा अनुसन्धान गर्नुका साथै विश्वविद्यालयमा पढाउने एक प्राध्यापकले पनि माइसंसारका लागि नियमित ब्लग लेख्ने वाचा गर्नुभएको छ। उनी अहिलेलाई आफ्नो उपनाम ‘विज्ञान बा’ बाट मात्र परिचित हुन चाहन्छन्) कमेन्टहरु हेर्दा माइसन्सारका पाठकहरुले बिज्ञान सम्बन्धि लेखहरु स्वागत गरेको हुदा केहि लेखौं भन्ने लाग्यो। नेपालीमा… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme