समाचार कक्ष थियो एभिन्यूज टिभीको। हामी आतुर थियौं तत्कालिन राजा ज्ञानेन्द्रको संवोधनको लाईभ कभरेजका लागि। एटिभीका जन्मदाता, अध्यक्ष भाष्कर सर आफै एउटा कुशल पत्रकार, संवाददाता पनि हुनुहुन्छ, तसर्थ उहांले त्यो कभरेज आफनै नेतृत्वमा गर्ने प्रवन्ध मिलाउनु भयो। संवोधन सकिदै गर्दा मैले अफ द वीटमा विशेष प्याकेज बनाए। प्याकेजको थिम थियो : अब नागरिक बनेका पूर्व राजाको शासकीय महत्वाकांक्षा त सकिएको छ, तर उनको वृहत अनुभवलाई नयां नेपाल बनाउने सन्दर्भमा राजनीतिक परिवर्तनका संवाहक दलहरुले भरपुर उपयोग गर्न सक्नुपर्छ।
देशभित्रै नेपाली भएर बाच्ने ज्ञानेन्द्र उदघोष एक असाधारण प्रयत्न थियो। त्यसको सम्मान र उपयोग हुनुपर्छ भन्ने मत त्यो संस्करणको अफ दी विटमा व्यक्त थियो।
केदार दाइको प्रश्तुतीमा त्यो सुपरहिट रहयो त्यतिबेला, तत्कालै नयां शिराबाट हामीले रिर्पोट गरेका थियौं। देशमा गणतन्त्र कार्यान्वयन भएको त्यो ऐतिहासिक दिन राजा हारेर होईन, राजा मानेर आएको एक सुखद दिन थियो। राजाले खुरुक्क श्रीपेच नेपाल सरकारलाई नबुझाएको भए के के हुन्थ्यो त्यो बहसको फरक पाटो हो।
त्यस उप्रान्त नेपालको राजनीतिमा धेरै उतारचढाव आए। ९ बर्षमा राजनीति र गणतन्त्रमा नौ सिंग पलाएका तथ्यका साक्षी स्वयं जनता नै छन। अफ दी वीटको त्यो प्रसंग किन संझना भैरहेछ भने, त्यो उदारता नेपालको राजनीतिले, गणतन्त्रले, हाम्रा नेताहरुले देखाउन सकेन्न। हुदा, हुदा उनलाई दिएको सर सुविधा र सुरक्षा खोस्ने दौडमा वित्यो गणतन्त्रबादीहरुको गणराज।
हो, कुरा क्लीयर छ पूर्व राजा ज्ञानेन्द्र कर्णेल गद्धाफी बन्न चाहेन्न, न पोलपोट, न सद्धाम हुसेन। उनी त्रिभुवनका नाती, महेन्द्र पुत्र नै बन्न चाहे र पहिचान पनि त्यही बनाए हासी हासी गद्धी त्याग गरिदिएर। नलेखिएको सुन्दर ईतिहासका रचयिता झै बने उनी।
जसले हासी हासी गद्धी त्याग गरे तिनैलाई दुत्कारर्दैमा विताए गणतन्त्रबादीले ९ बर्ष।
दैलेखमा वाढी पीडितहरुलाई राहत बांडन जादा कानुन पालना गर्नुपर्ने गणतान्त्रिक उर्दी हिमानी ट्रष्टका हकमा मात्र लागू भयो। गणतन्त्रका असली पालनकर्ता अरु को बने, जती बने ज्ञानेन्द्र?
पहिलो गणतान्त्रिक प्रधानमन्त्री प्रचण्ड नारायणहिटी घुम्न जादा ज्ञानेन्द्रको पलंग हेर्नमा मस्त भए। अर्का माओवादी प्रधानमन्त्री डाक्टर बाबुराम भटटराईले त ज्ञानेन्द्रलाई जेल हाल्ने सम्मको आदेश फर्माए। जबकी आफै हेगको बाटो हिडनुपर्ने कठोर तथ्य उनले बारबार बिर्सिए। दरबार हत्याकाण्डको छानविन गर्ने प्रचण्ड उदघोष पनि पानीको फोका बन्यो।
एमालेका पूर्वप्रधानमन्त्री माधव नेपाल अहिले ज्ञानेन्द्रसंग त्यतिबेला कुनै सहमति नभएको जिकीर गर्छन। प्रधानमन्त्री हुन दाम चढाएर ढोग गरेको पाप पखाल्दै क्रन्तिकारी कहलिन उनले त्यतिबेला केही पनि सहमति भएको थिएन भनेर स्याल हुईया नमच्चाई भाकै छैन। त्यसैले माकुने दावीको तुक छैन।
स्वर्गवासी गिरीजाका सेवक कृष्ण सिटौलाले बक बक गरेर जे जे बोलेका छन त्यसमा पनि जनताले पत्याउने आधार के त? हो ज्ञानेन्द्रले गणतन्त्र कार्यान्वयनमा सहयोगी भुमिका निर्वाह गरेकै हुन तर गिरीजालाई सपथ गराएर सत्ता फिर्ता गर्दासम्म ज्ञानेन्द्र श्री ५ नै थिए नी। के तिनले त्यतिकै ल ल मात्र गरे होलान त स्व. गिरिजासंग।
अन्तरिम संविधानमा राजाको बारेमा मौनता त्यसै साधिएको थियो त? पुर्नस्थापित संसदले त्यतिबेला गरेको घोषणालाई त्यसबेला नेपाली म्याग्नकार्ता भनियो। के त्यो त्यतिकै हचुवाका भरमा भएको थियो त?
हो पूर्वराजा ज्ञानेन्द्रले ०७१ सालको फागुन ७ को प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशसंग त्यो ताकत देखियो जसलाई होईन होइन भन्नमा नै कांग्रेस, एमालेका एकथरी नेताहरुले भएभरको बल प्रयोग गर्नु परिरहेको छ। यसले पनि त्यतिबेला केही न केही सहमति त भएकै हुनुपर्ने अनुमानलाई बल पुरयाउछ नी।
ल मानौ अहिले जुन दावी छ ज्ञानेन्द्रको त्यो सबै मिथ्या हो रे। धमिलो पानीमा माछा मार्ने दाउ नै हो उनको। उसो भए खोई त गणतन्त्र संस्थागत गर्नुपर्ने चाहि कसको काम हो त? कांग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरुको हैन त? अनि दुई दुई पटक सम्म संविधान सभा किन नयां संविधान दिन असमर्थ भैरहेको हो त? के संविधान नबनाउन पनि ज्ञानेन्द्रले षडयन्त्र गरेका हुन त?
मलाई लाग्छ, ज्ञानेन्द्र अग्ला भैरहेका हैन्न तर गणतन्त्रबादीहरु दिन दिन होचा, पुडका भैरहदा ज्ञानेन्द्र अग्ला अग्ला देखिदै छन। र यो क्रम निरन्तर बढदो छ। यही वीचमा अली दस्तावेज नै हुने गरी विज्ञप्ती आएको मात्र हो ज्ञानेन्द्रको। दलहरुको मति सुधि्रने हो भने ज्ञानेन्द्रको वत्तव्यलाई हाउगुजी मान्नुपर्ने कुनै कारण छैन। तर ९ बर्षे गणतन्त्र ०७१ माघ ८ मा संविधान दिने कार्यसूचीमा विफल मात्र भएन, गणतन्त्रबादी दलहरु सत्तापक्ष र प्रतिपक्षीय मोर्चामा बिभाजित भएका बेलामा भने यो घटना क्रमभंगताको एक नयां पाटो पनि हुन नसक्ला भन्न सकिन्न। त्यसैले गणतन्त्रवादीहरुले गणतान्त्रिक संविधान बनाउने हो भने सबै ज्ञानेन्द्र दावीहरु निरर्थक हुनेछन, ज्ञानेन्द्रको आलोचनामा भन्दा आफनो संविधान निर्माणको काममा दलहरु लाग्न सके जनताको भलो त कुन्नी, दलहरुको चाहि भलो हुन्थ्यो की?
नेपालीहरु राम्रोका लागि सबैलाई मौका दिन्छन, तिनले पहिलो संविधान सभामा माओवादीलाई बहुमत दिएकै हुन। माओवादीले संविधान नदिएपछि दण्डीत पनि गरे र चिठ्ठा परयो कांग्रेस, एमालेलाई। अहिले कांग्रेस , एमालेले बहुमतको दम्भमा एमाओवादी र मधेशीहरुलाई तह लाउन खोज्दा संविधान सहमतिमा नआउने परिस्थिति बन्दै छ। फेरि पनि दलहरु चुक्दै जाने हो भने जनताको एउटा तप्का राजाको पक्षमा नजाला भन्न सकिन्न। किन की जनताले नराम्रो गर्नेदलहरुलाई दण्डीत गर्दा पूर्वराजा पुरस्कृत नहोलान भन्न सकिन्न, यद्यपी त्यो धेरै टाढाको कुरा हो। त्यसैले दलहरुले एैनाको धुलो पुछेर मात्र ज्ञानेन्द्रलाई गाली नगरौं बरु आफनै अनुहारको धुलो पुछेने साहस गरौ न है। ज्ञानेन्द्र त आखिर एक आम नेपाली न हुन किन हाउगुजी मात्र मान्ने र? गणतन्त्रको हुर्मत लिनेहरु गणतन्त्रबादीहरु नै हुन त्यसैले सातो जादैछ यसको तर होइन ज्ञानेन्द्रबाट हो र?
मलाई ताजुक लाग्ने तथ्य नी नौ बर्ष अघि खुब लेखियो नयां नेपालको शव्दावली हरेक जसो खवर श्रृखलाहरुमा। तर अचेल त नयां नेपाल शव्दावलीकै श्रद्धाञ्जली भएको छ। आखिर शव्दै हराउदै गएको देशमा पूर्वराजा चाहिं बाचेका हुनाले नयां नेपालका हिमायतीहरुले लौ न अब त संविधान देऊ। खेलै खत्तम। नत्र…………………????
सिह दरवारमा भएको सेना नारायण हिटीलाइ बुझाउनु मेरो ठुलो गल्ति थियो भनेर बीपीले स्वीकारेका थिए| इतिहासबाट सिकौ है गणतान्त्रे हो ! एमान्ग्रेस सांस्कृतिक राजा, बेबी किंग र यस्तै आतेपाते कुरा गर्दैछन | पंचेहरुको घुमाइमा परेर फेरी दास बन्ने इच्छा छ कि ? एमान्ग्रेसलाई नेपालको जति माया छ, ३३ दललाई देशको त्यो भन्दा दोब्बर माया छ | अझ सफासफी भन्दा अमुर्त देशको भन्दा जनताको माया बढि छ | खोंचे नथापीकन लु संबिधान बनाम त ! आफु ढंग पुर्याउन्दैन, बित्थामा ज्ञानेन्द्रलाई दोष | ज्ञानेन्द्र पनि पानी माथी ओभानो नबन्दा हुन्छ | आफुले पार नलागेर सत्ता छोडेको कुरालाई लोकतान्त्रिक NORMS मा हिंडेको भनेर त्यागी भै टोपलेको सुहाएको छैन| दिमाग नभुटुं न हाव पत्रकारहरु ! यस्ता कुरालाई फेरी उछालेर !!!
गणतन्त्र ले गन र गनक मात्रै बढायो… एस्तो देश को नेता के नेता जब संसद मा दंगा मच्यो त जापान मा जस्तो त भएन नि? इंडिया मा जस्तो त भएन नि भनेर उदाहरण दिने … अझ कम छ रे कस्तो अचम्म ” हामीले गर्ने खोजेको होइन अचानक भयो” भन्ने त कता हो कता उल्ट अर्को देस संग दाज्न खोज्ने. फेरि दिन रात अन्गरक्ष्यक राखेर हिड्ने प्रचण्ड ले भोइलि फेरि अर्को विडियो प्रकरण नगर्ला भन्न के बेर. ” तेतिकै मेरो ज्यान जोखिम मा छ भनिदिएको त पत्त्यैहालेछा ” भन्न नि के बेर.
हे हे हे खै कहाँ छ गणातन्त्र । यहाँ त गनतन्त्र या गनाउनेतन्त्र मात्रै पाे देख्छु त म त । खित खित खित ।
यहाँ भएका बहस बहसहरु पनि उही विभिन्न पार्टी बाजे जस्तै छ र कता कता पार्टीको रंग पनि देखिन्छा|
अब ज्ञानेन्द्र को कुरा गर्दा हामीले ज्ञानेन्द्र लाई एउटा कुख्यात ब्यापारी, दरबार को शक्तिको भरमा, मुर्ति चोर्ने, लागु पदार्थ को बेपार र जोखिम आउँदा कतिको ज्यानै गुमाई दिएको, बिदेशी पैसाको कालो बेपार आफ्नो निजि होटेल चलाउन कर्मचारी संचाये कोष को पैसा लुटेको इत्यादी अपराध हरु धेरै लाई थाहा हुनु पर्ने हो|
पछी नाटकीय दरबार घटनाको उपज स्वरूप राजा भए र त्यो गताना को एउटा मुक्ये पात्रको दाग बाट उम्केका पनि छैनन्| किनकि हत्या काण्ड अनुसन्धान पनि भएन, दोषी ठहर्यौना कतै गतिलो अदालत मा पनि लगियेना | तर महत्व अक्यांक्षा अति ठुलो भएकोले अति नराम्रो अधिनायेक पनि भए र तेशैले उनि गिरे पनि|
उनको बनावट केहो र उनि मौका पाउने बित्तिकै के गर्न सक्दछन भन्ने कुरा कुनै दिबिधा मा हुनु पर्ने पनि देखिदैन|
तेस्ता चिसो रगत हुनेले सक्ति को लागि जेसुकै पनि गर्न सक्ने र जस्तोसुकै नाटकको पनि पात्र हुन सक्ने कला भन्दा पनि “in born genious” नै होलान|
तर तेसो भनेर पार्टी का कुख्यात स्याल केवल सिनो मै रमाउने ले गर्दा कता कता ज्ञानेन्द्र जस्ता को विकल्प सोच्नु पर्ने नेपाली हरुको बाध्यता कस्तो बिडम्बना हो|
गेरु बस्त्र लगाउँदैमा कोहि सक्कली साधु बन्ने भय ………../ चलचित्रहरुमा निर्देशकले उही पात्रलाई कहिले भिलेन बनाइदिन्छ त् कहिले गेरु बस्त्र लगाउन दियर साधु बनाइ दिन्छ/ ज्ञानेन्द्र को कुरा पनि तेस्तै हो/ तानाशाही बात प्रजातान्त्रिक बन्दै गयको नागरिकहरुको माझ प्रिय बन्दै गयको राजतन्त्र धेरैको निमित असैह्य बनेको थियो/ “प्रचंद्र्को भाखामा भारत सिट झुक्नु भन्दा नागरिकको अगाडी झुक्ने महान रास्त्रबादी राजा बिरेन्द्र घर भित्र र घर बाहिरका धेरैको कुस्वार्थमा प्रमुख अबरोध बनेको थियो/ २०४६को आन्दोलनमा नेताहरुको कुरा सुनेर धेरैले “बिरे चोर देस छोड” भनेको थियो/ तर २०४८को परिबर्तन पछि बिरेलाई चोर भन्न लगाउने घर भित्रका र घर बाहिरका नै चोर भयको नागरिकहरुले स्पस्ट महसुस गरे/ नेता भन्दा बिरेन्द्र नागरिकहरुको प्रिय बन्दै गयो/ बिरेन्द्र नभय आफ्नो सबै स्वार्थ पुरा हुने देख्नेको निमित यो कुरा सार्है असह्य भयो/ त् तिनीहरुकै षड्यन्त्रको कारण बिरेन्द्र मारियो/ बिरेन्द्र मात्रै मार्दा बिरेन्द्रको नजिकको कुनै अर्को राजा बनेमा बिरेन्द्रको हत्या कसले गरे गरायको भन्ने कुराको छानबिन भय ठुलै बिपतिमा पर्नेहरुले बिरेन्द्रको हत्यामा छानबिन नगर्ने रोजेरै ज्ञानेन्द्रलाई राजा बनायो/ त् ज्ञानेन्द्र साँच्चैको होइन राजाको अभिनय गर्ने अभिनेता राजा मात्रै हो/ बिरेन्द्रको हत्या गराउने ज्ञानेन्द्रलाई राजा बनाउने भारत मुर्दावाद भन्ने मावोबादिलाई दिल्लीमा हिन्दि भाषामा लेखेको सन्धिमा सहि गराउने, बिरेन्द्र महान रास्ट्र वादी भन्ने मावोबादिलाई राजतन्त्र उन्मुलन गराउने प्रमुख भूमिका निभाउन बिबस बनाउने आदि कुरा देखि आज सम्म जे जे भयको छ ती सबै बिरेन्द्रको हत्या बात सुरु भयको नाटककै कसै बात निर्देशित पुर्व निर्धारित घटनाहरु हुन्/ यसकारण इनिहरुको बीच के कस्तो सहमति भयो भन्ने कुरा पनि नाटककै कुरा हो/
सुर्य जी,
तपाइको हाकिमले चाहि जति बेला जे पनि बोल्ने र हुदो न खाडो को कुरा बोल्न मिल्ने अनि अरुले या यालले भनेको जस्तो होइन यस्तो भयको होइन भन्यो भनेचाहि तर्सियाको हुने?
– जवाफ फर्कायो भने, या यो तर्सियर जवाफ फर्कायो पक्कै पनि मेरो मालिकले सहि कुरो गरेको छ नत्र यिनीहरु तर्सिने थियन भन्ने,
– जवाफ फर्कायाना बोलेन वा वास्ता गरेन भने फेरी यिनै सुर्य खड्का जस्ता ले भन्ने छन् ‘यी हेर चुक्क बोल्न सकेका छैनन् यदि नभयको कुरो वा नहुदो कुरो भयता यिनीहरुले यसरि चुप लाग्थ्यो? भनेर उधुम मच्चाउने पनि यिनै सुर्य खड्का जस्ता जन्मजात प्रजा र हण्डी मानाशिकताका व्यक्तिहरु ले उछित्तो काडेर हैरानी गर्ने थियो!
बोले भने तर्सियर बोल्यो भन्ने नबोलेमा यी सत्तो गयर बोल्न सकेन भन्ने दुवै अबस्थामा माफ्नो मालिकलाई शिरमा राखेर चरणमा परि अरुलाई भुक्ने हरु हुन् यी महा खिच्दा फत्तुर हरु!
अनि,
ज्ञानेन्द्रले हासी हासी गद्दी त्याग गरिदियरे?
क्या छ भक्ति चेतना है?
ज्ञानेन्द्रले हासी हासी गद्दी त्याग गरेको देखेछ साथीले तर हाम्ले चाहि बुद्दि पुर्यायर ज्यान जोगायो भनेर देख्छौ!
श्रीपेच खुरुक्क नेपाल सरकार लाइ नबुझायको भय के हुन्थ्यो रे!
तेसरी श्रीपेच खुरुक्क नाबुझायाको भय त्यो च्रिपेच मात्र होइन टाउको समेत बुझाउनु पर्थ्यो!
हो यो अहिले भय जसरि सहज हुने थियन र केहि बढी नै जनताहरु हातोहात हुने थिय! अन्तिम समयमा आयर ज्ञानेन्द्रले समझदारी अपनायर केहि जनताहरु मर्न र मार्न बाट जोगाय यसको लागि नचाहदा नचाहेरै पनि धन्यबाद दिनु पर्छ ज्ञानेन्द्रलाई तर तेतिबेला ग्यानेद्रले यति बुद्दि नापुर्याको भय अहिले मुन्टो बंग्यायर मन्दिर चाहार्ने र कुरी मौकाहेरी जनतालाई भ्रम दिनापाया आफुले फेरी भत्ता थप्न पाउथेकि भन्ने लालसा को मौका पाउने थियन अनि सुर्य जस्ता ज्ञानेन्द्र भक्त हरुले राजतन्त्र फेरी औछाकी अनि हाम्ले फेरी हण्डी हसुर्न पाइञ्छकि भन्ने आशा गर्ने थाउनै रहने थियन किनकि यदि तेस्तो नहुदो हो त ज्ञानेन्द्र यतिन्जेल बिरेन्द्र भयको ठाउमा पुगी सकेको हुने थियो बिरेन्द्रको बंशनाश हुदा कस्सो बचेको आफ्नो शाखा सन्तान सहित!
नेपालमा राजतन्त्र फर्किने कुरा कसैले नसोच्दा हुन्छ अनि फर्काउने जमर्कोपुर्ण दुस्साहाश कसैले नगर्दा हुन्छ बरु सबैले कसरि हुन्छ स्थापित गणतन्त्रलाई सथागत गर्न र यो संक्रमण काललाई टुङ्ग्याउन तिर ध्यान दिनसके सबैको भलो हुन्छ!
ज्ञानेन्द्र ले पनि जनतालाई भ्रम मा राखेर च्याखे पार्न सकिन्छकी भन्ने यस्ता दुस्साहाशपुर्ण कुसोच नालिया हुन्छ र ज्ञाने भक्त र ज्ञानेन्द्रका प्रजा हरुले पनि फेरी राजतन्त्र फर्किन्चाकी या फर्काउन सकिन्छकी भन्ने दुस्वोपना देख्न छाड्दा हुन्छ र गुह्य चाल खेल्न छाडी बरु देशको र जनताको लागि यो संक्रमण काल छिटो भन्दा छिटो टुङ्ग्याउन सहयोग गर्दा हुन्छ किनकि राजतन्त्र राजा राज परिवार र केहि आसेपासे हण्डी ढुकुर राजभक्त प्रजाको लागि मात्र हो भने गणतन्त्र सबैको लागि हो!
आफ्नो कुनै हैसियत र क्षमता नहुनेहरु राजतन्त्रको दुहाइ दिदै राजनीति गर्छन यी कमल थापा केपी ओली सुको आदि यसै क्यातागोरिमा पर्छन र यो संक्रमण काल लम्बिनु र गणतन्त्र अनि प्राप्त उपलब्धिहरु हालसम्म पनि संस्थागत हुन नसक्नुको मुख्य कर्तुत र कारक यिनीहरु नै हुन् दुखद दुर्भाग्य त के भने सम्झौताले सबैलाई सहमतिमा ल्याउने कुराले यी फत्तुर हरुलाई पनि बौराउने र भुक्ने मौकादियको छ यसैले युद्द र आन्दोलन बाट प्राप्त उपलब्धि सस्थागत हुन गाह्रो भैरहेको कारण हो! यी कुराहरु हुन्छन भनेर अनुमान त थियो किनकि यो गणतन्त्र आदि युद्द जितेर नभई सम्झौतापूर्ण अर्थमा आयको हो तर यो भाजों यत्ति बखेदापुर्ण परिस्थिति सम्म पुग्ला जस्तो चाहि लागेको थियन!
दुखद कुरा यस्तै भयो!
हैन बहुमत को दम्भ भनेको के हो ? बहुमत लाइ , संख्यालाई न मान्ने हो भने त खड्का जी , सिरहामा लिला श्रेष्ठलाइ सभासद बनाउन पर्यो , प्रचण्ड लाइ न बनाएर |
गणतन्त्र भनेको अगुल्टोले पोलेको कुकुर र ज्ञानेन्द्र भनेको बिजुली हो र तेस्का बक्तव्यले तर्सिनालाई. न त गणतन्त्र कुनै वा सबै राजनैतिक पार्टीको मात्र पेवा हो. गणतन्त्र कांग्रेस, एमाले र माओवादीका निकम्मा नेताहरुले हैन जनताले रगत बगाएर लेराएका हून. गणतन्त्र भनेको जनतालाई अझ बढी अधिकारसम्पन्न बनाउन आको हो. कतिपय देशमा ‘ रिपब्लिक’ भन्ने सब्द को महत्व कत्रो हुन्छ.चाहे ति देशहरु पनि गणतन्त्र आइसकेपछिका कति बर्शहरुसम्म अहिले हाम्रो देशले गुज्रिनुपरेको भन्दा गए गुज्रेको अवस्थाबाट गुज्रिनु परेको होस्.
हो, अझै पनि हामि कतिपयले गणतन्त्र को महत्व बुझ्न सकेका छैनौं. गणतन्त्र भनेको नेताहरुको पेवा हो भनेर भान्छाम बेला बेला. कहिले काही दिक्क लाग्दा मैले पनि एक दुइ चोटी तेसै भने, म धात्दिना. तर तेसो भन्दैमा कोइ माइकालाल आए पनि अब नेपाल मा राजसंस्था फर्किदैन, न त हिन्दुवादीहरुको हिन्दु राष्ट्र नै . जनताको अधिकार र प्रजातन्त्र मा आस्था राख्ने साथिहो डराउनै पर्दैन.
र नया शक्ति को उदय हुनको लागि प्रजातन्त्रको घाटी रेटिनु पर्दैन. अहिले बिचारको युगमा नया बिचार बोकेका र देशलाई नया दिशा दिने नेताहरु अगाडी आउदैछन. स्थापित पार्टीहरु भित्रै पनि परिवर्तन गर्न चाहने नेताहरु छन् र धेरै गर्न नसकेपनि विवेकशील नेपालि जस्ता युवाहरुको पार्टीबाट भविस्यमा केहि आस गर्न सकिन्छ.
तेसैले गणतन्त्र तर्सेको छैन सुर्य जी, गणतन्त्र मा विश्वास राख्ने जनताहरु हुन्जेल आत्तिनु पर्दैन. 🙂
स्यालहरूले दाइँ गरेको भन्दा त शेरले राज गरेको नै राम्रो हो जस्तो लाग्दै छ अब हामि आम जनतालाई /नेपालमा राजा आबस्येक छ/ यी सब चोर नेताहरुलाई आजिबन जेलमा कोचेर राजाले येक्तान्त्रिये शासन चलाउनु पर्छ अब/ राजा ज्ञानेन्द्र जिन्दाबाद !!
नेपालमा राजा र बिसेष गरेर ज्ञानेन्द्र लाई गाली गर्यो भने ठुलो गणतन्त्रबादी भइन्छ भन्ने भ्रम छ, त्यसैको बाइप्रोडक्ट हो.
Kadka ji has given a good analysis of activities of the mob of incompetent, corrupt and political hoodlums. I think they must read it for the opportunities of their soul searching.
Poltical parties and their leaders’ usefulness has diminished greatly and they proved themselves to be good for nothing.
This mob is nothing but a gang of criminals but not yet punished for their henous crimes and they only know the game of destruction.
Nepal is going through huge waste of opportunities and time pushing country decades backward due to the very incompetent, selfish and visionless mobs of rulers and parties ruled by negative and destructive energy.
हरेक पटक पूर्व राजाको एउटा बक्तब्यले यत्रो हलचल गर्न सक्नुको अर्थ नेपालमा गणतन्त्रको अजेण्डा कहिलै बलियो थिएन. हामी कस्ता व्यक्तिहरुलाई बिश्वास गरिरहेका छौँ जसले आफैले ल्याएको व्यवस्थालाई पहिलो खुड्किलो सम्म पनि पार गराउन सकेको छैन. माओबादीलाई गणतन्त्र ल्याउन बर्षौंको संघर्ष र हजारौंको रगतको खोला बगाउन पर्यो. ज्ञानेन्द्रले त बक्तब्य मात्रै जारि गरि राजतन्त्र फर्कौंला जस्तो छ.
Gyanendra did some stupid things when he assumed all executive powers upon himself and brought Pradeep Giri from abroad, but at the same time he did a great personal sacrifice by not letting the country plunged into bloodshed and leaving his post ‘sort of’ voluntarily. It seems that he is more nationalist than Prachanda, Baburam, Makune, and Oli. Yes, I supported Ganatantra and feel that Ganatantra should stay in Nepal but at the same time I have some respect for Gyanendra for just how he conducted himself during Aandolan and afterwards. I hope Gynendra would stay relevant in Nepali politics and the country uses his Nationalistic vision while transitioning into New Nepal.
You mean to say Tulsi Giri, not Padeep Giri
Yes, thank you for your correction, I meant Tulsi Giri not the Pradeep Giri. Sorry for the confusion. Pradeep Giri is one of my favorite leaders in Nepal BTW.
अब त् सायद ज्ञानेन्द्रको नाउ लिनु पनि असान्दर्भिक हुन्छ | उनि अब इतिहास भैसके |
मरो गुनासो न हिजो को राजा सग , न बहुदल बादी नेता देउबा , सुसिल , रामचन्द्र सग , न ओली ,माकुने सग , न प्रचण्ड ,बाबुराम सग | मेरो येउतै प्रश्न ”नेपाल ” भनेको को तिमीहरु को मात्र बाउको बिर्ता हो ?
तिमीहरु ले माखो मार्न न सकेपछि त् तिमीहरु कुना पस्नु पर्ने नि , नया पुस्ता लाइ चलाउन दिए हुदैन ?
बास्तब मा गणतन्त्र बलियो बनाउने , संबिधान नियम कानुन बात देश चलाउने ,देश बिकाश गर्ने हो भने आजको होनहार पुस्तालाई लाइ अगि ल्याउने र बुढा नेताहरु लाइ प्रतिबन्ध लाउनु पर्ने |
यहाको अबस्था चै नेताहरुको पारा देखेर कुना पसेको राजा समेत ‘ म आउँ ‘ म आउँ ” भनि रहेछन |
अहिलेको अवस्था हेर्दा राजतन्त्र नै ठिक थियो भन्ने लागे पनि ९९% नेपालीहरुले चाहेर पनि राजतन्त्र फेरी औंदैन नेपालमा/
राजतन्त्र फर्किय पनि कुरो तेस्तै हो देश र जनतालाई केहि हुने वाला छैन!
यी सुर्य थापा जस्ताले केहि हण्डी पाउलान केहि राजभक्त र आसेपासेले अलिकति चौता र हड्डी भेटाउलान अरुलाई त तेस्तै नै हो!
अब राजा आयपनी महेन्द्र बनेर पंचायत फर्काउने गरि आउन सक्ने कुराको दिवा सपना देख्ने महा मुर्ख्याइ कसैले नगर्दा हुन्छ!
अब त्यो ज्ञानेन्द्र वा अर्को कसैलाई राजा बनाउने वा राजतन्त्र फर्काउने भनेको तिनीहरुलाई देशको ढिकुटि बाट भत्ता दिनु र जन्मोत्सबमा जयगान गाउनु अनि केहि राजभक्त हरुलाई हण्डी हसुर्न र भजन गाउन बाहेक राजतन्त्रको अरु कुनै उपादेयता र उपयोगिता छदै छैन!
तेसैले राजतन्त्र फर्केला र हुण्डी हसुर्न पाउला भन्ने र ज्ञानेन्द्रको गेडा झर्ला र खाउला भन्ने स्यालहरुले दिवा सपना नदेख्दा हुन्छ!
यो फर्कियो भने देश लाइ झनै ठुलो दशा र बिपत्ति आउने छ!
तेसैले प्रजाहरु चुपलाग बरु एउटा राजगुठि बनायर ज्ञानेन्द्रको चरण गान सुरु गर्दा होला!
तेसो भए त्यो बाँकि १% को रहेछ त? त्यति शक्तिसाली भैदिएको भए अहिले सम्ममा संबिधान पनि बनिसक्नु पर्ने हो र गणतन्त्र पनि संस्थागत भैसक्नु पर्ने हो. हामी त ऊल्टो बिखण्डन तिर उन्मुख छौं.
ज्ञानेन्द्र अग्ला भैरहेका हैनन तर गणतन्त्रबादीहरु दिन दिन होचा, पुडका भैरहदा ज्ञानेन्द्र अग्ला अग्ला देखिदै छन ।
चैं मान्न सकिन्छ अरु तपसिलका कुरा हुन्
नत्र के त ……………….???
नेपालमा राजा चाहे त्यो “पूर्व” होस् “हाल”को राजा(श्रीपेच) बाहेक पक्का नेपाली कोहि पनि थिएन, छैन, र हुने वाला पनि छैन|
नेताहरुले राम्रो काम गरेको भए सातो जाने थिएन होला; अब नेताहरुको ४-५ दिन एक आर्कामा दोषारोपण गर्दै जाने भयो; फेरि ज्योतिषले पनि राजतन्त्र फर्किन्छ भन्दै थियो; सब नेताहरु अन्ध विश्वासी, चिन्ता लग्यो होला.
जय राष्ट्र जय नेपाल