-डा. दीपक गौतम-
फाल्गुनको तेस्रो हप्ता नेपालको लागि साँच्च नै अविष्मरणीय बन्न पुग्यो । एमाओवादी सहितको ३० दलीय मोर्चाको फाल्गुन १६ मा भएको टुँडिखेलको शक्ति प्रदर्शन र बानेश्वरमा देखिएको भाटा प्रर्दशनको खबरले सामाजिक सञ्जाल व्यस्त थियो । त्यही साता पर्ने होलीको रंगसँगै नेपालको राजनीतिमा खुसीयाली परिवर्तनको अपेक्षा राखेका नेपाली जनतालाई भने ठीक उल्टो भइदियो । निर्णायक भनिएको शक्ति प्रदर्शनबाट पन्छिदै भारतको दौडाहामा आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उनका फेरिएका अभिव्यक्तिहरु पनि गए साता अविष्मरणीय नै रहे । अझ अविष्मरणीय रह्यो, त्रिभुवन विमानस्थलमा भएको टर्किस विमान दुर्घटना । संयोग पनि कस्तो परेको, उता विमानस्थलमा उडान बन्द हुनु यता बाबुराम दिल्ली दौडाहामा व्यस्त हुनु ।
दिल्लीमा भएका विभिन्न संघसंस्थाद्धारा आयोजित कार्यक्रममा व्यस्त भट्टराई आफ्नै नेपाली दाजुभाइ दिदीबहिनी भेट्नमा भने लज्जित देखिए । हुन पनि उनलाई त्यो भन्दा महत्वपूर्ण भारतीय नेताहरुलाई भेटेर आफ्नो दुनो सोझ्याउनु नै राम्रो लाग्यो होला । त्यही भएर होला, आफ्नो मर्यादाको पालना पनि नगरी प्रधानमन्त्री भइसकेका व्यक्ति, दिल्लीका मुख्यमन्त्रीलाई भेट्न उनकै कार्यकक्षमा घण्टी बजाउन पुगे । भारतीय जनता पार्टी, भारतीय काँग्रेस, कम्युनिष्ट लगायतका पार्टीका नेताहरुलाई भेटेका भट्टराईले राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न त पाए त करिब एक हप्ताको दौडाहामा रहेका भट्टराईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने दर्शन दिन पाएनन् ।
आफ्नो दिल्ली भ्रमण सबैलाई जताउन भट्टराईले सामाजिक संजालको भने सक्दो सदुपयोग गरेको पाइयो । नेपाली राजदूतावासको बसाइ होस् या जवाहरलाल नेहरु विश्वविद्यालय नजिकैको ढाबामा चिया (*सच्याइएको) पिउँदै गरेको होस्, खान मार्केटमा पुस्तक हेरेको होस् वा ज.ने.वि.विको बुक स्टोरमा पुस्तक चिहार्दै होस्, दिल्लीमा बस्ने नेपाली जनता त्यही हेरेर मात्र चित्त बुझाउँदै थिए ।
भोलिजस्तो अर्थात् फाल्गुन २१ गते बिहीबार विहान नेपाल फर्किनुभन्दा अघिल्लो दिन २० गते बुधबारका दिन विहान यो लेखकलाई खबर आयो, पूर्व प्रधानमन्त्रीसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ आइदिनुपर्यो । कार्यक्रम स्थान भने विश्वको सबभन्दा कमजोर मानिएको भारतको बाह्रखम्बा रोड स्थित नेपाली राजदूतावास नै थियो । ढिलै भएपनि भट्टराई बाबुको बुद्धि खुलेछ । नेपालीलाई पनि भेट्न मन लागेछ । नेपाल बाहिर बस्ने नेपालीहरुको संख्या सबभन्दा धेरै कहिँ छ भने त्यो भारत नै हो । त्यो भन्दा पनि भारतको दिल्ली । सधैँ आफ्नो महत्वाकांक्षा पुरा गर्न भारतको दौड लगाउने नेपाली नेताहरु विपरित भट्टराईले नेपालीहरुसँगै अन्तरक्रिया गर्न खोजेको कुरालाई सकारात्मक रुपमा लिइयो तर भइदियोठ्याक्कै उल्टो ।
कार्य व्यस्तताको वावजुत दिउँसो दुई बजेदेखि राखिएको कार्यक्रममा सहभागि हुन कान्तिपुर दैनिक दिल्ली ब्युरो प्रमुख देवेन्द्र भट्टराईका साथ तीनपांग्रे अटो चढेर नेपाली राजदूतावास पुगियो । दूतावासको दोस्रो तल्लाको सानो सभाकक्षमा राखिएको सभाकक्षमा राखिएको कार्यक्रममा सहभागिहरु भने खचाखच भरिएको थियो । कक्षमा भेटिएका नेपालीहरुमा मजदुर, व्यवसायी, पत्रकार, विद्यार्थी लगायत सबै देखिन्थे ।
भारतीय समय दुुई बजेदेखि हुने भनिएको भएपनि कार्यक्रमका मुख्य व्यक्ति डा. बाबुराम भट्टराई नेपाली समय अनुसार ठ्याक्क सवा दुई बजे (२ः१५)मा भित्र छिरे । सेतै फुलेको केश, सेतो धर्के सर्ट र कालो कोटमा देखिएका भट्टराईको अनुहारमा भने कता कता न्यास्रोपन पढ्न सकिन्थ्यो । सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नपाएको हो कि? उनी छिर्न भन्दा अगाडि नेपालको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाका कारण भोलिपल्ट ५ बजेसम्मका लागि विमानस्थल बन्द रहेको कुरा भने खबरमा आइसकेको थियो । सायद त्यसैले गर्दा पो हो कि? जे भएपनि भट्टराई बाबुले नेपालीसँग आज कुरा गर्ने भए यसैमा हामी खुसी थियौँ । कार्यक्रम सुरु हुनु भन्दा अगावै संचालक एवं दूतावास पदाधिकारी तिर्थ वाग्लेले समय छोटो छ, पहिला डा. भट्टराईको मन्तव्य त्यसपछि सहभागिहरुबाट प्रश्न लिने भनी बताए ।
कम्युनिष्ट नेताको पारामा भट्टराईले आफ्नो मन्तव्य राख्न सुरु गरे । करिब एक घण्टा मात्र भनिएको उक्त कार्यक्रममा डा. भट्टराईले सुरुमै २० मिनेट जति बोलेका थिए । भारतको भ्रमणमा रहेर भारतकै समकक्षीहरुसँग भेट्दै हिँडेका भट्टराईले आफ्नो २० मिनेट लामो मन्तव्यमा भने भारतलाई नै गाली गलिरहे । सुगौली सन्धि देखि लिएर भारतमा नेपालीहरु प्रति गरिने भेदभाव, महिला बलात्कार र मजदुर हिंसाको बारेमा खनिए । अपेक्षित नेपालको संविधान निर्माणको बारेमा भने अन्तिममा नेपाली काँग्रस र एमालेलाई गाली दिँदै आफ्नो मन्तव्य टुंग्याए । सबैलाई आश्चर्य लाग्यो भारत भ्रमणमै रहेर भारतप्रति नै किन यसरी खनिए बाबुराम । सत्तामा पुगर प्रधानमन्त्री समेत बनेका भट्टराईले जनताको इच्छा, चाहना र अपेक्षा अनुरुप काम गर्न नसकेको सबैलाई थाहा नै थियो । नेपालीहरुको माझमा यो कुरा आयोभने उनलाई चर्को प्रश्न गर्नेछन् भनी बुझेका भट्टराईले उल्टो उनीहरुकै व्यथा बुझेजस्तो गरी भारतलाई नै गाली दिएमा उपस्थित नेपालीहरुको सहानुभूती पाउनेछ भन्ने उनमा थियो । भारतमा बसेर भएपनि नेपाली राजनीतिलाई राम्ररी पढेका त्यहाँ उपस्थित नेपालीहरुलाई कुरा बुझ्न त्यति गाह्रो परेन जब प्रश्न सोध्ने पालो आयो सबैले एक एक गरी प्रश्न गर्ने र पाँच जनाको प्रश्नपछि भट्टराईले उत्तर दिने भनियो।
प्रश्नको सुरुवात नै गरे एक मधेसवादी आन्दोलनको समय देश छोडेर भारतमा आई घर रोगन गर्ने काम गरी आफ्नो जीवन यापन गर्दैथिए । आफू मधेसी भएपनि पहिला नेपाली हुँ, मलाई छुट्ट प्रदेश चाहिएको छैन, मलाई सबैसँग मिलेर बस्नु छ । वस् देशमा चाँडो भन्दा चाँडो संविधान दिनुस् । नेपालमा भइरहेको अनाहकको खिचलो नेताहरुकै हठको कारण हो, जनतालाई होइन भन्ने कुरा उनको प्रश्नमा झल्कन्थ्यो । प्रत्युत्तरमा झण्डै १० मिनेट जति लगाएका भट्टराईले भने त्यहाँ उपस्थित कसैको पनि चित्त बुझाउन सकेनन् । उनको उत्तर एस.एल.सि. परीक्षामा दिइने विवेचनात्मक प्रश्नको उत्तर जस्तै देखियो । इतिहासमा खस जाति र सिंजा क्षेत्रको कुरा गर्न भ्याए तर निष्कर्षमा पुग्न भने सकेनन् । सहभागि मध्ये धेरैजस्तो भारतको लक्ष्मीनगरमा बसेर चार्टड एकाउन्टेन्ट पढ्ने विद्यार्थी थिए । उनीहरुको आक्रोस उनीहरुका प्रश्नमा झल्कन्थे ।
एकजना विद्यार्थीको प्रश्न रहेको थियो–‘माओवादीले भोटमा विश्वास गर्छ कि भाटामा?’ प्रत्युत्तरमा भने डा. भट्टराई पनि आक्रोसित देखिए । जवाफ उनले भाटाको जवाफ भाटाले नै दिने बताए । यहाँ सम्म कि गोलि चलेमा त्यसको जवाफ पनि गोलिले नै दिने बताए । प्रश्नहरु उनी र उनको पार्टीप्रति लक्षित भएको देखेपछि कार्यक्रम संचालक अन्तिम प्रश्न भनेर एकजना महिला सहभागिलाई मात्र बोल्न दिए । धेरै लामो भएपनि उनको प्रश्न डा. भट्टराईको असफलता प्रति लक्षित थियो ।
प्रश्न गरिरहेका बेला भट्टराई सुपुत्री मानुषि यमी भट्टराई भने आफ्नो बाबुको फोटो खिच्नमै व्यस्त देखिन्थिन् । महिला सहभागिको प्रश्न सकिनासाथ अन्य प्रश्नकर्ताहरुको हात भकाभक पालोको लागि उठ्न थालेपछि उनी अत्तालिएका देखिन्थे ।
यसबाट यो पुष्टि हुन्छ कि जनताको रिस थेग्न सकिन्न भनेरै होला अन्ति घण्टाको लागि उक्त कार्यक्रम राखिएको थियो । भोलिपल्ट विमानस्थल बन्द रहने पक्कापक्की भइसकेको अवस्थामा उनी केही समय नेपालीहरुसँग बिताउन सक्थे तर उनी चाहेनन् । अनेकौँ नेपालीका प्रश्नहरु र सहभागिका प्रतिप्रश्नहरुको जवाफै नदिई त्यहाँबाट विदा भए । यहाँसम्म कि त्यसको २ दिन पछिसम्म त्रिभुवन विमानस्थल सुचारु भएकाले दूतावासमै बस्न बाध्य भएका भट्टराईले भारतको दिल्लीमा बस्ने असले नेपालीलाई भेट्न सक्थे, उनीहरुसँग भलाकुसारी गर्न सक्थे तर गर्न चाहेनन् । अधिकांश समय भारतीय नेताहरुको भेटघाटमै विताए । आखिर नेपाली जनता के चाहन्छन् उनले जान्न चाहेनन् ।
जाँदाजाँदै सामाजिक सञ्जाल फेसबुकमार्फत् उनको भारत भ्रमण सफल रहेको बताए पनि उनको भ्रमण निजी र भारतीय सद्रभावको अपेक्षामा गरिएको दौडाहा बाहेक अरु केही देखिएन । आफ्नै जनतासँग डराएर भाग्ने भट्टराई बाबुले देशलाई कस्तो निकास दिनेहुन् काठमाडौँ पुगेपछि मात्र थाहा होला । विमानस्थल खुल्ने निश्चित नभएपछि भारतको लखनऊ हुँदै नेपालगंजबाट नेपाल छिरेका भट्टराईको सामाजिक संजालमा अन्तिम पोष्ट आएको थियो— ‘दिल्ली काठमाण्डौ प्लेन नचले पनि लखनऊ हुँदै नेपालगंज आइयो । नेपालगंज काठमाण्डौ प्लेन नचलेपछि सडकबाटै काठमाण्डौ लागियो । आगे जे होला ।’
भारतमा बस्ने नेपालीसँग राम्रोसँ भेट नगरे पनि, नरेन्द्र मोदीलाई भेट्न नपाए पनि, डा. भट्टराई विपत्ति एक्लै आउँदैन, साथी लिएर आउँछ भन्ने सत्य रहेछ भनेर मान्दै नेपाल होमिए । हामी पनि यही पुकारौँ । आगे जे होला । राम्रै होा ।
नेपालीले गर्व गर्न लायक काम गरेछन बधाई छ डाक्टर साहेब l
केहि कमजोरी को बाबजुद यो देश को सबै भन्दा राम्रो र भिजन भएको नेता बाबुराम हुन्. कम्जोर सरकार को प्रम हुदा पनि उनले केहि गर्न खोजेका हुन् जस्तो काठमान्डू को बाटो चौडा गर्ने काम( सरकार ले लोकप्रिय होइन,सहि काम गर्ने हो). अर्थमन्त्री को रुप मा उनको कार्यक्षमता त सबै ले देखिसकेका छन्, तर येति बलियो सरकार को प्रम भएर सुशिल कोइराला ले सिन्को भाच्न सकेका छैन. जहाँ सम्म इंडिया संग हाम्रो प्रोटोकल को कुरा हो, नेपाल को आर्थिक उन्नति गर्ने हो भने त्यो स्वत आफै आफ्नो स्तर मा पुग्छ. इजराइल को जस्तो हामो ले सोच्न सक्देनौ अहिले.(बराक ओबामा को आपती हुदा हुदै नेतान्याहू ले अमेरिकी संसद मा ओबामा को इरान नीति को तिखो आलोचना गरे). लेखक को लेख अत्यन्त घटिया, पुर्बग्राही र स्तरहीन लाग्यो. शायद गोपाल पौडेल बिश्वबिद्यालय को बिधयबारिधि त होइन?
What I know is he is black horse is this race and he know where he has to be , it’s much easier to criticise to any politician , have we ever thought what role are playing in our family , society and let’s say at the end our birth land .
Make your feet strong , give hand and teach your skill so other can survive , we want luxurious life not meaningful life , politics had never been a good topic, we have to raise our voice towards development , if they can’t then we have to come forward from every sector and make an oppertunity to run the system .
We are people worshiper. We are waiting for someone to come and sweep all our trashes, problems and develop our country. We need Rahul gandhi to develop India, need someone from koirala family to establish democracy,
डा दिपक गौतम!
नेपालमा जनजिब्रोमा झुण्डियको सर्बप्रचालित उखान टुक्का छानी,
‘जुन गोरुको सिङ्ग छैन तेस्को नाम तिखे’
तेस्लाई चरितार्थ गर्नेकुरामा पछिल्लो सन्स्कारण यो लेखक लाइ लिन उचित हुन्छ!
यिनको लेख र बिषय अनि लेखाइ र बस्तु खोज अनि उदेश्य साथै तरिका हेर्दा यो मान्छेले झुण्ड्यायको डा शब्द केहो र केको लागि हो भनेर अर्थ खोज्ने नपर्ला जस्तो पो छ!
कुनै एउटा डक्टर ले यति सम्म को पाउदुरे र छुद्र लेख्न लाइ यति स्तरहीन चेतना हुन्छ जस्तो त लाग्याठेना हो मलाइ तर यो दिपक गौतम भन्नेको अगाडि डा झुण्ड्या देख्दा साच्चै ओलीलाई दियको डाक्टर को याद दिलायो!
स्तर उस्तै उस्तै त होलानी! अनि डा भट्टराइ लाइ कसरि मुल्यांकन गर्नु हो एउटा स्तरहीन ले!
थुक्क!
एउटा स्वतन्त्र मुलुकको एकपल्ट प्रधान मन्त्रि भैसकेकाले भारतीय नेताको पीएसंग सम्पर्क राखेर दरवाजाको घन्टी बजाउन हिंडेपछि हाम्रो इज्जत कता गयो? अरुले भन्दा पढे लेखेका व्यक्तिले बुद्धि पुर्याएर काम गर्ला जस्तो लागेको थियो, तर उनको चाल पनि देउबा, सुर्यबहादुर, माकुने भन्दा भिन्नै हुन् सकेन| ओली र सुशील कोइरालाको कुरै नगरम|
दीपकजीको लेख एकतर्फी लाग्यो|
कमसेकम बाबुराम प्र म हुँदा त्यस अघि कसैले गर्न नसकेको राजधानीमा रोड चौडा गर्ने हिम्मत त् देखाए| इन्द्र जात्रामा सरकारी पैसामा रक्सी र भोज गर्न दिने खर्च रोके| लोकतन्त्रमा उक्त खर्च ढुकुटीबाट दिन बन्द गर्न आवश्यक थियो| तर ज्वाईं साबलाई
यति चाप बढ्यो, उक्त निर्णय फिर्ता लिन पर्यो| एउटा पाठ त्यंहाबाट सिक्नपर्ने के थियो भने पैले बुझेर निर्णय लिनपर्ने अनि त्यसपछि सो निर्णय फिर्ता नलिने| त्यसो भएन|
दिनहुँ बाबुराम पनि अत्यधिक लचक र फितलो हुँदै गए| उनी बाट नेपाली जनताले प्रचण्ड भन्दा धेरै बढी अपेक्षा गरेका थिए तर त्यो पनि भएन|
फेरी कुनै दिन बाबुरामले प्र म बन्ने मौका पाउनेछन भन्ने लागेको छ|
पुरा ओली मार्काको डाङ्गडर रैछ यो लेखक!
पुरा एकान्किगत र मनोगत लेख लेखेर आफ्नो डाङ्गडरिको प्रदर्शन गर्छेउ खुबै!
लेखाइ र लेख पढेर धेरै थाहा पाउन सकिन्छ को कत्तिको हैसियत र चेतनामा छ भनेर यसरि अरुको खेदो खनेर आफुलाई दुनिया सामु झिल्लिक्क बनाउने नसोचे हुन्छा महोदय!
हामीले पनि बुझ्न सक्छौ के कति को कहा हो भनेर!
कतै ओली संग संगै गोपाल पौडेल ले दाङ्गडर सर्टिफिकेट दियको त होइन?
कि तेती दिल्लीमा सातसय आइसिमा किन्या हो?
लेख पुरै पुर्बाग्राही छ. तपाई ले जति बाबुराम को खेदो खाने पनि बाबुराम जस्तो असल, देश को सच्छा बिकाश चाहने बहौधिक मान्छे नेपाल मा १०० वर्ष मा पनि औदैना. ल तपाई ले आफै भन्नुस बाबुराम तेस्तो कम्जोर सरकार को पम हुदा कति बिकाश को काम गरे. र आहॆले सुशील एस्तो बलियो सरकार को PM हुदा के नै राम्रो काम गरेका छन्.?? अनि अर्को कुरा सुशील कोइराला ले संबिदन त देलान २/३ को majorita बाट तर तेस्तो संसदिय बेवास्ता ले के देश मा सच्चाई को इस्तिर सरकार बन्ला. मा gurantee का सत् भन्छु सरकार बन्नी र ढल्नी काम बयेक केही पनि हुदैन.
बाबुराम दुध ले नुहाएको त हैन तैपनि लेख चाही पूर्वाग्रह पोख्ने हिसाबले लेखिएको भन्ने कुरा चाही त्यो मानुषी यमी को फोटो राख्नाले प्रष्ट हुन्छ. ठिकै छ, जे लेख्दे नि भो नि …
म बाबुराम भट्टराईको फ्यान चाहिं होइन तर लेख पनि खासै राम्रो लागेन.
आम नेपाली नागरिकहरु भारतको हेपाह र पेलाह नीतिको कारण भारतको बिरोध गर्छन/ नेपालमा सामाजिक राजनैतिक र नेपालले थेग्न पनि नसकिने भारतीय आप्रवाशिको बोझको कारण सन् १९५०को संधिनै हो/ तेसैले नेपाली नागरिकहरु त्यो सन्धिको बिरोध गर्छन/ त् आफ्नो भारत भक्त नेताहरु भारतको बिरोध गर्ने नागरिकहरु माझ तिनीहरुको भोट बटुल्न मात्र भारतको बिरोध गर्छन/ अनि भोट बटुलिसके पछि जे गर्छन तेही बाबुरामले पनि गरे/बाबुरामले भारतीय नेताहरु सिट कुरा गर्दा नेपालमा हामीलाई मावोबादी भन्छन भने/ यसको अर्थ बाबुरामले आफुहरु मावोबादी नभयको भन्न नखोजेको भय के भन्न खोजेको हो? बाबुरामले १२ बुँदा सम्झौता गरिंदा जसरि भारतको सहयोग पायको थियो तेसरी नै अहिले संबिधान बनाउन पनि भारतको भूमिका खोजे/ यसको अर्थ त् सिधै भारतलाई नेपालमा …..नै भयको स्पस्ट देखिन्छ/ छोटकरीमा टिप्पणी गर्ने हो भने बाबुरामको भारत यात्रामा आफ्नो पुर्व प्रधान मन्त्रिको स्तर कायम गर्न सक्नु भयन/
दिपक जी
भारतीय नेतालाई चाकडी बजाउन गएको बाबुराम सग धेरै अपेक्ष्या किन राख्नु भो ?
सरकार को प्रतिनिधि पनि हैन उ , कुनै पावर न भएको , पार्टीमा पनि प्रचण्ड नै पावर फुल छ
त् बाबुराम ले के गरोस ?
जिन्दगि प्रचण्ड कै पछि लागेर हिडे , आफै कस्सेर आगि बढ्ने आँट न गरेको , उ बेला इन्डियाले नै काखी च्यापेर पी यम भएको मान्छे सग धेरै आश गर्नु ठिक हैन |
आफ्नो पालामा बाटो घाटो ठुलो बनाए , गरिब ,दलित को घर मा खाना खान गए , मुस्ताङ्ग चढे , माउबादी सेना बिघटन र अरु प्रधान मन्त्रि ले भन्दा बाबुराम ले केहि राम्रा काम गरेका छन् |
बिरालोलाई बाघ सम्झादैमा बाघ हुने हैन | बाबुराम बौद्दिक मान्छे हो , येक्देमिसियन हो तर गलत फिलोसोफी बोकेको छ तेसैले उसको लिमिटेसन प्रचण्ड को कंड़ो पछि सम्म हो |बिद्द्वाता ले मात्र हुन्न,गतिलो नेता हुन् चाहिने हिम्मत , आँट , आफै निर्णय गर्ने क्ष्यमता बोराम सग न भएकोले प्रचण्ड को पछि लागेका हुन् | अब बुढो भैसक्यो |
हिजो गिरिजा लाइ सब पार्तिकाले किन भाउ दिन्थे ? बौद्दिक भएर हो ?
हैन , आँत र निर्णय गर्ने क्ष्यमता ले गिरिजा लाइ प्रचण्ड ले समेत मान्यो |
पूरै पुर्बाग्राही लेख। ढावामा गएर कोहि बियर पिउदैन लेखक ज्यू!! बाबुराम को चरित्र हत्या गर्ने लेखक को नियत देखिन्छ।
लेखक ले आफु भित्र को ठुलो कुण्ठा मात्र पोखेर पाठक को समय बर्बाद गरे.
यसरी अर्काको खेदो मात्रै खन्न article लेख्नेले नाम को अगाडी डाक्टर नथप्नु नि
डा. बाउरम हो कि बाबुराम; १ नम्बरका नाटककार हुन्; देखावोती गर्नमा डाक्टरी गरेका बाबुरामले प्रधानमन्त्रि हुदा नेपालमा बनेको गाडी चढे तर वोरिपरि महगा गाडीले घेरेर; नेपालको लागि भारतको मुख्य मान्छे नै उनि हुन्; गुरु त यस. दि. मुनि जो नेपालको कहिलै भलो चाहदैनन्; यो खावोबादीहरुले हामीलाई दुबौनु डुबायो;
जय राष्ट्र
जय नेपाली जनता