Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: सूर्य खड्का

प्रचण्ड सकिएका हुन् ?

Posted on April 22, 2021 by सूर्य खड्का

नेपाली सत्ता राजनीतिमा केपी ओली अहिले शिखर राजनीतिक खेलाडी हुन्। उनी सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं निर्वाचित कार्यकारी अध्यक्ष हुन्। ओलीले तीन वर्षे बढी एमाले सत्ता कसरी चलाए? उनका कथनी र करणी आम जनताका सामु छर्लंग नै छ। त्यतातिर पछि अरु सन्दर्भमा चर्चा गरौंला। राष्ट्रपति दाहिना, दक्षिण छिमेक सुपर दाहिना, उत्तरी छिमेकलाई प्रेममा फुस्ल्याउन सफल… Continue reading

मेरो नजरमा माइसंसार : १२ बूँदा

Posted on April 7, 2021 by सूर्य खड्का

नोट : खासमा यो ब्लग राख्‍न मन थिएन मलाई। तर धेरै पहिलेदेखि लेख्दै आएका साथी सूर्य खड्काको मेहनतलाई त्यसै फाल्ने आँट पनि गरिहाल्न सकिएन। उनको धेरै विचार आफूलाई मन नपरी नपरी पनि राखेको छु। यस पटक पनि आफ्नो प्रशंसाको यो ब्लग राख्‍न मन नलागी पनि राख्‍नु पर्ने बाध्यताका कारण राखेँ। माफ गर्नुहोला- सालोक्य  -सूर्य खड्का-… Continue reading

अन्तर्वार्तामा मुखरित राष्ट्रवाद कालापत्थरमा गएर उदाङ्गियो त यसमा ओलीको के दोष?

Posted on January 14, 2021 by सूर्य खड्का

एकै छिन कल्पना गरौँ । नेपालका जाने मानेका पत्रकारहरु कसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरवार्ता लिन पाउँदा कस्ता, कस्ता प्रश्न गर्दा हुन्? अझ मोदीकै आमन्त्रणमा वा मोदी प्रशासनको समन्वय र सौजन्यमा नेपाली पत्रकारले दिल्लीमा मोदीसँग सरकारी निवासमा खुलेर बात मार्न पाएका भए त झन् कति उधुम मच्चाउँदा हुन्? पत्रकारको स्वभाव, पृष्ठभूमि, ज्ञान, अनुभव आदिका आधारमा… Continue reading

भारतीय डिजाइनको असली सत्ता राजनीतिक खेल त अब पो सुरु हुनेछ

Posted on January 4, 2021 by सूर्य खड्का

भनिन्छ, १२ वर्षमा खोलो फर्कन्छ। नेपालको सत्ता राजनीतिमा १२ वर्षको वरपर उथलपुथल आएको छ। नारायणहिटी औपचारिक रूपमा राजा ज्ञानेन्द्रले खाली गरेको २०६५ जेठ २९ मा हो। अहिले २०७७ को मध्यतिर सडकमा घन्केको राजा ल्याऊँ, देश बचाऊँ भन्ने जनताको नारा र सत्तारुढ नेकपाको विभाजनको बीचमा असामान्य राजनीतिक परिवर्तनको पूर्वाभ्यास मात्रै भइरहेको हो । र, निश्चित छ,… Continue reading

एउटा आत्मालोचनाले साम्य भएको नेकपाको रडाको

Posted on May 4, 2020May 4, 2020 by सूर्य खड्का

विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट देशवासीलाई बचाउन लकडाउनमा राखेको ४० औँ दिन, २० वैशाखमा सत्ता नायक प्रधानमन्त्री केपी ओलीबाट जनतालाई ठुलो राहत बक्स भएको छ । त्यो राहत भनेको उहाँले गरेको आत्मालोचना हो । शनिवारको सन्ध्यामा पार्टीको एक अध्यक्ष समेत रहनु भएका प्रम ओलीले आफ्नो पार्टी र सत्ताको आसनबाट शासन गर्दा… Continue reading

कठै अख्तियारः सत्ताको ताबेदार ?

Posted on February 6, 2020 by सूर्य खड्का

पंचायतमा लामो राजनीतिक करिअर बनाएका डा. मोहम्मद मोहसिन २०४६ सालको परिवर्तनपछि राप्रपाहरुको राजनीतिमा पनि चम्किए, राष्ट्रिय सभाको अध्यक्ष समेत भए। पंचायतदेखि पुर्नस्थापित प्रजातन्त्रकालसम्म डा. मोहसिनको निर्विवाद समर्पण र वफादारिता थियो, राजसंस्था र राजाप्रति। तर, विडम्वना जब, तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९, २०६१ को कदमसंगै भ्रष्टाचार विरुद्ध कारवाहीका लागि शाही आयोग बनाए, त्यसको पहिलो शिकार उनै… Continue reading

सागमा सफलता पाइरहँदा शरच्चन्द्र शाहको सम्झना, जसले मन्त्रीलाई दौरासुरुवाल दिने परम्परा सुरु गरेका थिए

Posted on December 4, 2019December 4, 2019 by सूर्य खड्का

१३ औँ साग अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेपछि जीवन साथी दीपक विष्टसँगको प्रेमिल अंकमालमा बगाएका खुसीका आँसु जारी प्रतियोगिताकै सर्वाधिक सफल र भावुक क्षण हो । दुई बच्चाकी आमा आयशाले स्वर्ण जितेपछिको खुसी साट्न पहिला श्रीमान् दीपकलाई अंगालिन् अनि बच्चालाई । आयशाले बंगलादेशमा सम्पन्न ११औँ सागमा पहिलो स्वर्ण जितेर देशलाई दिएको… Continue reading

नाइट क्लबमा ननाचिबक्स्योस् महाराज ! गणतन्त्रको जग हल्लिन्छ

Posted on November 20, 2019 by सूर्य खड्का

हेल्लो एक्स किङ्ग? याने कि पूर्व महाराज, मिस्टर ज्ञानेन्द्र। जब राति खै के जाती ताती भने झैँ रातबिरात के सारो गरेको हो यस्तो? यो बुढेसकालमा सहरमा जाडो बढ्दै गा’बेला किन राति राति नाइट क्लबमा धाउनु परेको? एक्लै खुसुक्क पनि होइन फेरि। बुहारी, छोरी, भतिजी आफन्तसहित नाइट क्लब धाउने? कस्तो जीवन शैली सुरु गरिबक्स्या हो पूर्व… Continue reading

गाली किन गर्ने ज्ञानेन्द्रलाई ?

Posted on August 18, 2019 by सूर्य खड्का

२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह कतिपय हिसाबले सुकुम्वासी जस्तो देखिएका हैनन्, उनी सबैभन्दा ठुला त्यागी र उदार देखिए । किन की जेठ २९ गते देशवासीका नाममा सम्बोधन गरेर गाडीमा आफ्नी रानीलाई साथ लिएर नागार्जुनतिर लम्किँदा उनलाई बाई–बाई गर्ने सानो समूहका बिच पनि उनी प्रसन्न, आत्मविश्वासी र खुसी देखिन्थे… Continue reading

जम्मु कास्मिर : किन चुप सब? नेपाल खाने खतरा त बढेको हैन यो पाराले?

Posted on August 11, 2019 by सूर्य खड्का

वनै खायो डढेलोले ….. मनै खायो त्यै मोरीको पापी मायाले…. ठयाक्कै यही गीत जस्तै लाग्छ अचेल नेपाली राजनीतिको छिमेक नीति, सम्बन्ध र क्रिया, प्रतिक्रिया वा मौनतालाई नियाल्दा। हेर्दाहेर्दै जम्मू कश्मीर निल्यो हिन्दुस्तानले । कट्टरपन्थी भापजावालाले त्यसको समर्थनमा विजयोत्सव मनाउँदै छन् । विरोधीहरू सुस्ताए, असन्तुष्टिका सुस्केराहरूसँगै । भारतमा मोदी युगको दोस्रो प्रहरमा दक्षिण एसियामा मात्रै होइन,… Continue reading

ह्यापी बर्थ डे ज्ञानेन्द्र : छौँडा गणतन्त्रले बल्ल देश ज्ञानेन्द्र Vs प्रचण्ड भन्ने चरणमा आइपुग्या छ

Posted on July 8, 2019 by सूर्य खड्का

– समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ …… । बस, त्यही समय हो, जसले पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता र शासनको सगरमाथा पनि पुरयाएको छ, समुन्द्री सतहमा पनि पछारेको छ । तर पनि उनको गति र मतिमा एकरुपता छ, निरन्तरता छ । त्यसैले शायद अचेल उनको दिन फिर्न फिर्न लागेको सर्वत्र चर्चा छ । – राजा पुनः उदाउनेछन्… Continue reading

मनमा बास गर्न नसकेको दुई तिहाइको सरकार

Posted on June 21, 2019June 21, 2019 by सूर्य खड्का

२००७ साल यताको नेपाली राजनीतिक इतिहासलाई पल्टाउने हो भने देशमा जब जब कुनै पनि दलले बहुमत वा दुई तिहाई मतले चुनाव जितेर शासन सत्ता सञ्चालन गर्न थाल्छ, तब तब अनपेक्षित राजनीतिक दुर्घटनाहरू हुने गरेका उदाहरण छन् । २००७ सालको प्रजातन्त्र स्थापना तत्कालीन राणा, राजा र जनताको सङ्घर्षको बिचमा भारतीय सत्ताको मध्यस्थतामा भएको सम्झौताको उपज थियो… Continue reading

कैयन दुर्घटनाहरूबाट बाँचेका पूर्व युवराज पारसले तेस्रो हार्ट अट्याकलाई पनि जितून् !

Posted on January 30, 2019January 29, 2019 by सूर्य खड्का

– सूर्य खड्का – चोला हो एक आम मान्छेको जस्तै उनको पनि । त्यसमाथि दुई दुई पट्क अट्याकमा परिसकेको मुटु लिएर बाँचेका । आम मान्छे भन्दा भिन्न यानेकी अलिक गम्भीर अवस्थाको विशेष मुटु बीच बाँचेका कारण उनको मुटु क्रिटिकल अवस्थाकै थियो । खानपान, व्यायाम, ओखती मुलो र सकारात्मक दैनिकी जस्ता विशेष निगरानी नै उनको मुटु… Continue reading

१२ कारण जसले डा. केसीको यो पटकको अनशन पहिलेभन्दा फरक र कमजोर देखियो

Posted on January 21, 2019 by सूर्य खड्का

सत्याग्रहप्रति दैनिक उदासिनः नयाँ पत्रिकाले दियो महत्त्व। यो शीर्षकको बाह्रखरी अनलाइनको माघ ६ गतेको समीक्षात्मक टिप्पणी यस पटकको अनसन प्रकरणको पछिल्लो ताजा अवस्था र यसको सम्भावित गन्तव्य चियाउने प्रष्ट ऐना हो । किन भने नागरिक भद्र अवज्ञा आन्दोलनका एक्ला मसिहा साबित हुँदै आएका डा. गोविन्द केसी आफ्नो १६ औँ पटकको जारी अनसनमा रहँदै गर्दा निकै… Continue reading

पशुपतिनाथको आँगनमा युनिफिकेसन चर्चको परेड

Posted on December 2, 2018 by सूर्य खड्का

धर्मलाई अफिमको संज्ञा दिने विश्वभरका साम्यवादी दर्शनका नायक कार्ल मार्क्स जीवित नै रही रहेका भए १ डिसेम्बर २०१८ मा काठमाण्डौंमा आयोजित कथित एसिया प्यासिफक सम्मेलनको तामाझाम देखेर छक्क पर्थे होलान् । किन भने दुनियाँ जान्दछ, संसारभरकै सर्वहारा मुक्तिको प्रतीक हँसिया हथौडाका हिमायतीहरु आफू त धर्मभिरु होइन्न, हुदैन्न, धर्मको प्रचार र प्रवर्द्धनमा पनि लाग्दैनन् । धर्म… Continue reading

कमरेड विप्लव, निर्मला प्रकरणका दोषी खोजेर दण्डित गरिन्न तपाईँको एकीकृत क्रान्तिमा ?

Posted on October 8, 2018 by सूर्य खड्का

कमरेड विप्लव , तपाईँ कहाँ के गर्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर सुने पढेको छु की तपाईँ पुनः जनयुद्ध २ को आधिबेहरी सृजना गर्न लागि पर्नु भएको छ । तपाईँको दल नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई सरकारले सर्वोच्च न्यायालयको आदेश विपरीत समात्दै, थुन्दै, र छोड्दै हतकडीमा देश दर्शन गरेका आधा दर्जन बढी श्रृखलाहरुका… Continue reading

प्रकाण्डको हत्कडीमा ओली सत्ताको स्वेच्छाचारी छवि

Posted on September 19, 2018 by सूर्य खड्का

पन्चायतकालदेखि प्रजातन्त्रको पुर्नस्थापनाकाल २०४६ पछि तत्कालीन राजतन्त्रको कडा पक्षपोषण गर्नेमुश्मिल समुदायका स्वच्छ, निष्कलङ्क र अग्ला राजनीतिज्ञ थिए डा. मोहम्मद मोहसिन । तर जब तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ म शासन सत्ता हातमा लिएर शाही आयोग मार्फत कथित भ्रष्टाचारी विरुद्धको कारबाही सुरु गरे, तब पहिलो निशानामा उनै डा. मोहसिन पारिए । राजनीतिक जीवनको उत्तरार्द्धमा उतिबेलाको राष्ट्रिय सभाका… Continue reading

गाली किन गर्ने ज्ञानेन्द्रलाई ?

Posted on August 18, 2018August 18, 2019 by सूर्य खड्का

२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह कतिपय हिसाबले सुकुम्वासी जस्तो देखिएका हैनन्, उनी सबैभन्दा ठुला त्यागी र उदार देखिए । किन की जेठ २९ गते देशवासीका नाममा सम्बोधन गरेर गाडीमा आफ्नी रानीलाई साथ लिएर नागार्जुनतिर लम्किँदा उनलाई बाई–बाई गर्ने सानो समूहका बिच पनि उनी प्रसन्न, आत्मविश्वासी र खुसी देखिन्थे… Continue reading

नेतृत्व लिन तयार छु भन्ने पूर्वराजालाई दशा नै बन्ला त मंसिरको चुनाव?

Posted on October 21, 2017October 21, 2017 by सूर्य खड्का

हरेक वर्ष जब कुनै पनि चाडपर्वहरु आफ्नो नियमिततामा दोहोरिदै आइदिन्छन, तब पूर्व राजा ज्ञानेन्द्र शाह एकाएक खबर तरंगमा जोडिने गर्छन्। यस वर्षको वडा दशैं देशको परिस्थितिका कारण भन्दै सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका भने मनाए। उनले शनिवार तिहारको अन्तिम दिन सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइटीका लगाए अनि दुबोको माला,… Continue reading

पूर्व महाराजको सन्चो बिग्रेको दशैं, नबनोस् दशा

Posted on September 29, 2017 by सूर्य खड्का

ज्ञानेन्द्र वीर विक्रम शाह, याने कि पूर्व महाराजाधिराजका गाथमा छैन सन्चो यसपटक। त्यसैले पूर्व राजाबाट वर्ष ०७४ को बडा दशैं मनाउने कार्यक्रम पनि भएन। निजी सचिव डा. फणी पाठकले फूलपातीको भोलिपल्ट शुक्रवारै वक्तव्य पठाएर चिकित्सकहरुले आराम गर्न दिएको सल्लाह अनुसार नै पूर्व राजाले मन्दिर दर्शन र सर्वसाधारणलाई विजया दशमीका दिन लगाइदिने टीका यसवर्ष स्थगित भएको… Continue reading

Posts navigation

  • 1
  • 2
  • 3
  • 4
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme