Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को होला झोछेँमा अर्धनग्न अवस्थामा यसरी रुँदै हारगुहार गर्ने?

Posted on March 2, 2015March 2, 2015 by mysansar

-अरुण शर्मा-

Whoisthis (4)
आज (आइतबार) त्यस्तै दिउँसोको करिब साढे ३- पौने ४ बजे बसन्तपुरबाट झोँछे जाने बाटोमा भएको घटना।

म साथीलाई कुरेर बसिरहेको थिएँ, एक्कासी एउटा मान्छे ‘मलाई बचाऊ, प्रहरीको दमन भयो’ भन्दै कराउँदै गरेको सुनेँ। के भएको रहेछ भनेर म पनि गएँ त्यतातिर। देखेँ एउटा मान्छेलाई सादा पोसाकमा आएका प्रहरीले तानेर लग्दै गरेको रहेछ।

ऊ बारम्बार प्रहरीको दमन भयो, मलाई बचाउनुस् भन्दै थियो। प्रहरी पनि उसलाई बल गरी गरी तान्दै थियो।

हेर्देमा ज्याङ्गो त्यो मानिस म ताइकण्डोको ३ डन हो, म यिनीहरुलाई अहिले नै कुट्न सक्छु। तर प्रहरीलाई म हात हाल्दिनँ भन्दै रुँदै, ‘मलाई बचाउनुस्, यिनीहरुले मलाई चौकीमा लगेर मार्छ, म मरेपछि तपाईहरु प्लेकार्ड बोकेर फेरि आन्दोलन गर्ने?’ भन्दै आफूलाई बचाउन अनुनय विनय गर्दे थियो।

त्यो ब्यक्तिले भने अनुसार ऊ त्यही क्षेत्रबाट सभासदको लागि उठिसकेको मान्छे रे। एक्कासी उसको अफिसमा सादा पोसाकमा प्रहरी आएर ‘एसिड फ्याक्ने को ?, तँलाई के थाहा छ भनेर तानेर लगेको रे।

हेर्दैमा निकै बलियो देखिने त्यो ब्यक्तिलाई ३ -४ जना प्रहरीले बल्लतल्ल भ्यानमा हालेर लिएर गयो। भ्यानमा हाल्दाहाल्दै एक प्रहरीले मलाई किन फोटो खिचेको भनेर सोधी हाल्यो। म केही नबोली भिडमा लुकेर त्यहाँबाट साइड लागेँ।

त्यो ब्यक्तिलाई लगेपछि एक प्रहरीलाई सोधी पनि हाले- के भएको सर भनेर। प्रहरीले एसिड प्रकरणमा सोधपुछको लागि लगेको मात्र भने र मैले पनि अरु कुरा सोधिनँ।

त्यस ठाउँमा हेर्ने रमिते पनि धेरै थिए। त्यसबेला मैले केही गर्न नसके पनि म यही माइसंसारमा ब्लग लेखेर यसको जानकारी सबैलाई गराउन चाहन्छु र मैले मोबाइलबाट खिचेको केही फोटो पनि यहाँ राख्दैछु।

[यो ब्लग माइसंसार पाठकबाट आएको हो। तपाईँले पनि यस्तै केही देख्नुभएको छ र माइसंसारमार्फत् पाठकहरुसित बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। फोटोहरु [email protected] मा वा फेसबुकबाट पठाउन सक्नुहुन्छ]
Whoisthis (1)

Whoisthis (2)

Whoisthis (3)

Whoisthis (5)

Whoisthis (6)

Whoisthis (7)

15 thoughts on “को होला झोछेँमा अर्धनग्न अवस्थामा यसरी रुँदै हारगुहार गर्ने?”

  1. अनोज शाक्य says:
    March 21, 2015 at 8:34 am

    एसिडले हान्ने अपराधी फेला पर्‍यो । अब खगेसजीसँग प्रहरीले माफ माग्छ कि माग्दैन हेरौ ।

    Reply
  2. Pingback: झोछेँमा अर्धनग्न अवस्थामा रुँदै हारगुहार गर्नेको परिचय खुल्यो « Mysansar
  3. Shankar says:
    March 5, 2015 at 8:15 am

    येस्ता बिहोरा भएर पनि हो हिजो पुलिसलाई माउबादी ले भंगेरा मारेजस्तो मारेको |त्यो पकेट मार बा जेसुकै भएपनि पुलिस को गतिबिधि अलि नाजायज लाग्यो |
    भिदिवो फुटेज छदै छ , तिनीहरु जस्तो पुस्लिस लाइ बर्खास्त गरेर नेपाल सरकार ले पुलिस मा मर्यादा कायम गरोस | यसै पालि देखि नजिर बसालोस | यहा मान्छे हरु जागिर न पाएर बिदेसिदै छ , यी कुक्कुर हरुलाई घ्यु न पचेको |

    Reply
  4. Sushil Shakya says:
    March 4, 2015 at 10:01 am

    यो मान्छे को नाम खगेश रंजित हो. एस्को Security को Office छ

    Reply
  5. Nimesh, BKK says:
    March 4, 2015 at 8:35 am

    यदि पुलिसले समात्न नै आएको हो भने किन सादा पोसाकमा आयो ? खै वर्दीधारी पोलिस ? जहासम्म थाहा भए अनुसार सादा पोसाकका पोलिश संग संगै वर्दीधारी पनि हुन्छ भनेको सुनेको छु, यहाँ त वर्दीधारी पोलिश देखिन माथि लेखेको बाहेक . जे सुकै काण्डको चाहे त्यो तेजाब होस् वा अन्य कुनैको भएपनि कुनै नागरिक (अपराधि) लाई समात्दा वर्दीधारी पोलिशले समातेको नै बेश सादा पोसाककाले यसरि नै समात्दै हिंड्यो भने भोलि यो एउटा विकृति हुन् सक्छ जसले गर्दा सर्वसाधारण जनताले दुख पाउनेछ . भिडियो को लागि धन्यवाद . तपाईले आफ्नो मोबाईलको सहिसदुपयोग गर्नुभएछ .

    Reply
  6. Bikram says:
    March 4, 2015 at 12:54 am

    Around 12 years ago when I was under Nepal Army Basic Training in ”Scout Car Company” Sitapaila, he used to be a sergeant of Nepal Army, I was very much of influenced by his commanding power and physical fitness at that time. His actual name is (खगेश रंजितकार)

    Reply
  7. बिराज says:
    March 3, 2015 at 6:59 pm

    अरुण शर्माजीलाई धन्यवाद|
    जग्गा अड्डामा हालसाविक गर्न जाँदा हाँकाहाकी घुस खानेहरुको पनि यस्तै गरेर खुलासा गरिदिन पर्यो| चोरैचोरहरु रहेछ त्यंहा|
    यो अर्द्धनग्न अवस्थामा हात जोडेर हिंड्ने व्यक्ति चाहि मलाई प्रेमजीले भन्नु भए झैँ कि अर्द्धपागल कि नौटंकीवाल जस्तो लाग्यो| उनले तेजाब छरेको काण्डमा प्रकाश पार्न सक्ने पनि हुनसक्छ| तर सभासद जस्तो पदमा उठ्नेले पुलिसदेखी डरेर किन सडकमा आउँनपर्यो?
    सुर्यबहादुर, लोकेंद्रे र मरिच्मानेको पंचायत राजमा पो थानामा बोलाएको छ भने पछि पहुँच र सही नातेदार छैन भनेर फेरी फर्केर घर आउने हो कि नआउने शंका गर्नुहुन्थ्यो वा नगरेको काम पनि पुलिश्ले मुख खोलाउन रडले डामेर शरीर नै कमाउने बनाउने पठाउने हो के थाहा? त्यसैको फल त् बीरेन्द्र, एइश्वर्य र ज्ञानेले भोग्न परेको हो|

    Reply
  8. Tek Raj Timalsina says:
    March 3, 2015 at 12:52 pm

    लौन कसैले यो ब्लग बारे पछिल्लो update राखी दिनुस न | किन तेसरी हार गुहार गरेका रहेछन त | पुलिश संग डराउने खालको मान्छे त हैन जस्तो छ |

    Reply
  9. प्रेम पुन मगर says:
    March 3, 2015 at 3:23 am

    सोधपुछको लागि भनेर लैजान लाग्दा प्रहरीले ईन्काउन्टरनै गर्न लाग्या जस्तो हारगुहार गर्ने यो कित अर्ध पागल हो यात उसको कतै न कतै तेजाब आक्रमण घट्नामा प्रतक्ष्य या अप्रतक्ष्य दोषी हो भनेर अनुमान लगाउन सकिन्छ।

    यो मान्छे पनि करातेको डन रहेछ र संगीता मगर पनि करातेका बिद्धार्थी हुन।यसरी हेर्ने हो भने यो मान्छेबाट प्रहरीले दोषीको पहिचान गर्न धेरै नजिक पुगेको अबस्था देखिन्छ।

    Reply
  10. khusiram gurung says:
    March 2, 2015 at 12:10 pm

    नेपालको कानुन दैबले जान्नुं तर अत्यचार सहनु हुन्न हामीले ………………………….

    Reply
  11. sugandha says:
    March 2, 2015 at 11:28 am

    प्रहरी ले सोधपुछ का लागि लग्दा पनि यत्रो तमाशा गर्नुपर्ने कारण चाही के रहेछ कुन्नी?त्यत्रो अनुभव भएको मान्छे,खुरुक्क गएर अनुसन्धानमा सहयोग गर्नुपर्ने हैन र?

    Reply
  12. sanuraja says:
    March 2, 2015 at 9:21 am

    उहाँत जैशीदेवलको खगेश रंजितकार हो । उहाँको आप्mनै सेक्युरिटी गार्ड सम्बन्धी विजनेश छ भने पहिला राजनीतिक रुपमा पार्टी परिवर्तन गर्ने गर्नुहुन्छ । गएको संविधानसभाको चुनावमा उहाँको चुनाव चिन्ह हेलिकप्टर जस्तो छ ।

    Reply
  13. वसन्त says:
    March 2, 2015 at 9:07 am

    फोटोमा देखिएको यो मान्छेको दमकल गल्ली, झोछेँमा security guard को कार्यालय छ जस्तो लाग्छ । बिहान बिहान security guard महिला पुरूषलाइ कुदाउँदै तालिम दिइरहेको देखेथेँ यिनलाइ ।

    Reply
  14. Kedar says:
    March 2, 2015 at 3:07 am

    येल्ले पनी जानेछ मानबअधिकारबादी बोलाउने काइदा | यी अधिकारबादी भने येस्ता बेलामा झुल्किने होइनन तर येसैलाई रिपोर्टमा हालेर बर्षमा एकदिन डलर पचाउन हननको रिपोर्ट सहित झुल्किन्छन |
    .तेसो नहोस तर कथम कदाचित यो मान्छे एसिड हान्ने षड्यन्त्र भित्रको हो रछ भने पनी त्यो मनाबधिकारबादीको रिपोर्टमा दुवै ज्यादती उल्लेख हुन्छन एउटा पुलिसले अत्याचार गरो अर्को महिला हिँसा बढो | अत्याचारी त देख्दै देख्दैन डलरले आँखै टाल्लीएपछी |
    वाह….. क्या काइदाको रिपोर्ट

    Reply
    1. Shibam says:
      March 2, 2015 at 11:20 am

      अझै अलिकति थपौ,
      प्रहरीले दोषीलाई शारीरिक मानसिक पिडा दियो, मानब अधिकारको उल्लङ्घन गर्यो भनेर मुख्य पिडितको मुद्धा चाही ओझेलमा पारिदिन्छ /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme