मातृभूमिबाट टाढा भए पनि देशको माया कहाँ मार्न सकिदो रहेछ र? हर क्षण समाचारमै हुन्छन् आँखा। देशको राजनीति देख्दा बिरक्त लागेर आँउछ।कसरी समाधान होला भनेर जुक्ति मात्र फुर्छ तर केही गर्न सक्दैनौँ हामी।
नेपालको राजनीतिमा अस्थिरताको शुरूवात २००७ साल देखि नै भएको हो। लगभग ६५ वर्षको इतिहासमा ६/७ ओटा त संबिधानका ठेली नै आइसके।सरकार त कति फेरिए कति, हिसाब गर्न क्यालकुलेटर नै चाहिन्छ। किन टिकेन त संबिधान र सरकार? किन विकसित हुन सकेन देश? किन सँधै अस्थिरता र अशान्ति मात्र छ? यो कुरा सबै राजनीतिमा चासो राख्ने नेपाली जनताले बुझ्नु पर्ने कुरा हो।
हाल म सात बर्ष देखी अमेरिकामा बस्छु ।यहाँको बिकसित समाज र भौतिक संरचना देखेर मन कुँडिएर आउँछ अनि खोतल्छु यहाँको इतिहास।
(१) यहाँ पनि पहिले नेपालमा भन्दा धेरै राजनितीक अस्थिरता थियो ,सामाजिक बिसंगतीहरू थिए ,काला र सेताको बिचमा द्वन्द थियो ।त्यही कारणले महा संघ्राम भयो लाखौ मानिस मारिए ।जब गोरा हरूले कालाहरूको अस्तित्व स्युकार गरे ,उनीहरूलाई पनि मानिसको रूपमा बाँच्न पाईने ग्यारेन्टी गरियो ,रगंको आधारमा हुने भेदभाव को अन्त्य गर्दै दासता बाट मुक्त गरियो तब मात्र सामाजमा स्थाई शान्ती कायम भयो ।(
२)शासकीय स्वरूपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाईयो जसका कारण शक्तिशाली सरकार निर्माण भई जनता प्रति उत्तरदायी रहेर पुरै अवधी काम गर्न पायो फलस्वरूप बिकासको गतीले चरमरूप लिन पायो ।यसका साथै शिक्षा ,स्वास्थ्य र रोजगारको ग्यारेन्टी गरियो ।आज यसको स्वाद विश्व भरिबाट आउनेले चाख्न पाएका छन ।
यस अर्थमा आज हाम्रो देश पनि अमेरिकाको बिकास र स्थिर राजनितीक अबस्थाको शुरूवाती दिनहरूमा छ ।मैले बुझेको यहाँ को मुलकुरो भनेको राज्यले जनतालाई कुनै पनि आधारमा भेदभाव गर्नु हुँदैन चाहे त्यो जातका आधारमा होस् ,चाहे धर्मका आधारमा होस् ,चाहे क्षेत्रका आधारमा होस् या लिगंका आधारमा होस् सबैलाई बराबर रूपमा ब्यवहार गर्नु पर्छ ।कोही ठूलो र कोही सानो को बिभाजन गरियो भने त्यसले समाजमा अशान्ती मात्र ल्याउँछ र देश सँधै अस्थिरताको सिकार हुन्छ ।त्यस कारण सबै भन्दा पहीले बन्न लागेको संबिधानले त्यो समस्याको समाधान गर्नु अत्यावश्यक छ ।
दोस्रो कुरा अब बन्ने सरकारको स्वरूप परिबर्तन हुनु पर्छ ।२००७ साल देखी हाल सम्म कहीले संसदीय त कहीले मनोनीत सरकार आफ्नो पुरा पाँच बर्ष कामगर्नै पाएका छैनन् त्यसले गर्दा बिकाश निर्माणमा प्रत्यक्ष असर त परेको छ नै साथ साथै भ्रष्टाचार पनि मौलाउने बाताबरण बनेको छ ।त्यसकारण जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाईयो भने पुरै अवधी काम पनि गर्न पाँउछ र जनता प्रती उत्तरदायी पनि हुन्छ ।नेपाल जस्तो धेरै राजनितीक दल भएको र राजनितीक अश्थिरताले थला परेको देशको लागी त यो नै प्रयोग हुन बाँकी रहेको एउटा उत्तम बिकल्प हो ।जब सम्म यहाँ सम्म पुगिदैन तब सम्म न समाजमा स्थाई शान्ती हुन्छ न त देश ले स्थाई सरकार नै पाँउछ। त्यस पछी बिकासको फल आँखा तरी मर् हुन्छ ।
[यो ब्लग माइसंसारका पाठकले पठाएर जस्ताको तस्तै प्रकाशित गरिएको हो। तपाईँ पनि आफ्ना कुरा यहाँ क्लिक गरी वा फेसबुक पेजको मेसेजमा वा [email protected] मा फोटोसहित पठाउन सक्नुहुन्छ। ]
जब मानिस जन्मन्छ उसले सिक्ने भनेको परिवारबाट र समाजबाट हो ।अब त्यो बच्चाले अरूबाट सिक्यो भने उसले नक्कल गरेको हुन्छ र ? हो त्यस्तै हाम्रो देश पनि राजनीतिक रूपमा बच्चा हो र उसले अरू राम्रा र बिकसित देशहरूबाट सिकेर अभ्यास गर्ने हो ।जुन माथिको लेखमा झल्कीएको छ ।
नेपालमा संघियताको कुरा किन उठ्यो भने ,यदि काठमाण्डौ ले कर्णालीलाई देखेको भए सायद संघियता आवश्यक हुँदैन थियो ।यदि तराईमा बस्ने मधिसेलाई बिहारी नदेखेको भए संघियता नभए पनि हुन्थ्यो होला ।यदि जातिय भेदभाव नभएको भए र शासनमा समान पहुँच भएको भए बिद्रोहनै हुदैन थियो र राज्य पुनः संरचना आबश्क नै हुदैन थियो ।त्यसकारण माथिको लेखमा राज्यमा सबैको समान अवसर र पहुँच हुनु पर्छ नत्र बिद्रोह को झिल्को बाँकी रहन्छ र समाज अशान्ती हुन्छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।
बिश्वको जुनसुकै कुनामा भए पनि नेपालको माया लाग्नु स्वभाविक हो र माया गर्न पाउनु अधिकार पनि हो ।अमेरिका बसेर नेपालको चिन्ता लिनु अन्यथा हुदैन ।सकारात्मक सुझाव र सल्लाह दिने नेपाली नै चाहीएको छ देशलाई नकी नेताको गफमा ताली लाउने कार्यकर्ता ।जब सम्म सबै प्रकारका उत्पिडनहरूको अन्त हुँदैन तब सम्म राजनितीक उथल पुथल भईरहन्छ त्यसकारण समाज र देशलाई शान्त र बिकसित देख्न चाहने मित्रहरू सकारात्मक सोचको बिकास गरौं ।
एहाँ लेखक ले लेखेको कुरा ठिकै लग्यो| तर एउटा कुरा, नेपाल मा रास्ट्रपति बन्न लाएक, नम्बर एक गुण मान्छे भै सकेको, अनि गतिलो पार्टी को नेता, तेस्पछि विद्वान, देश र बाहिर को राजनीति बुजुको, देश चलाउन सक्ने आँट, बुद्धि पनि भएको; भ्रस्ट चार नगरेको, र अपराधी पनि नभएको कुनै नेता छ र?
एदी नेपाल हाल भै राखेका फटाहा, चोर र स्वाभिमान नभएका बिबेक हिन हरु मद्धे एउटा लाई भोट हाल्न जनता बाद्य हुनु पर्ने हो भने यसको पनि खासै केहि अर्थ आउदैन|
नेपाली काँग्रेस र एमाले (काँग्रेस को भाइ जसको कुनै आफ्नो सिदान्त छैन )नेपाली जनता सुखी भएको हेर्न चाहदैन र सधै अस्थिर सरकार चाहनछ र नेपालको प्रगतिको लागि मूल मन्त्र नै स्थिर सरकार हो जसले ५ वर्ष ढुक्क ले काम गर्न पाओस अब बिस्व मा हामि नेपालि जस्तो भेडा सायद अरु कुनै देश मा पाइएला जो आफ्नो लागि कुन सहि कुन गलत भनेर छुत्तौना नसक्ने ,नेपाल को प्रगतिको लागि जनता बाट चुनिने ५ बर्सको सरकार नै नेपालीको उक्ज्वल भबिस्य हुन सक्छ र नेपाली भेडा जनता लाई मेरो तर्फा बाट नो comment
मलाई नेपालमा केहि गर्न नसकेर वा नचाहेर बिदेस पलायन भयका व्यक्तिहरुले देसको बारेमा उपदेस दियको देख्दा दिक्क लाग्छ. यदि साचै देसको माया छ भने यस्ता व्यक्तिहरुलाई म देसमा नै आएर हाम्रा लोभी, पापी, incompetent राजनीतिज्ञहरुलाई (they don’t deserve to be called leader) विस्तापित गरि देस को नेतृत्व निस्वार्थ र सछम नेतालाई दिन सहयोग गर्न चुनौती दिन्छु.
येति गर्न न सक्ने हो भने खोस्टो उपदेस को कुनै अर्थ छैन र हामी देस बासि लाई एसको आवस्येकता पनि छैन.
सही कुरो उठाउनु भएको छ लेखक महोदय ले। म पनी अमेरिका मै छु । नेपाली राजनीति लाइ अमेरिकी राजनीति सँग तुलना गर्न उपयुक्त नहोला की जस्तो लाग्छ मलाई। यहाँ यस्तो भौगोलिक संरचना छ की कुनै ठाउँ बरषै भरी घाम लागि रहन्छ भने कुनै ठाउँ बर्ष भरी अधिकांस पानी पर्ने गर्छ। त्यस्तै कुनै ठाउ मरुभूमि त कुनै ठाउँ पहाड़ र समुंद्र त्यस्तै बर्ष मा अधिकांस समय हिउँ पर्ने ठाउँ पनि यहीँ छ।
यति धेरै भौगोलिक बिबिधता र धेरै क्षेत्रफल भएको देश मा केंद्रीय सरकार ले मात्र राज्य संचालन गर्न प्राय असंभब र अप्रभाबकारी हुन्छ।त्यसैले यहाँ संघियता जरुरी थियो। संघ हरु बनाएर राज्य संचालन गर्न को लागि हरेक संघीय राज्य मा आवस्यक संरचना जस्तो की बिस्वबिद्यालय, अंतरास्ट्रीय स्तर को बिमानस्थल , बिशिस्ट स्तर का हास्पिटल, आवस्यक भौतिक पुर्बाधार जस्तो की बाटो, पानी, बिजुली, संचार को सुबिधा तथा त्यो संघ को आफ्नो आर्थिक स्रोत प्रसस्त हुने गरी बिभाजन गरिएको छ यहाँ। जनता पुग्नु भन्दा अगाडी हरेक ठाउँ मा सरकार पुग्ने गर्छ यहाँ। चुनाब हुँदा नेपाल को जस्तो हल्ली खल्ली नै हुदैन ।
अब नेपाल लाइ हेरौ, अमेरिका कै सीको गर्ने हो भने त्यति सानो भौगोलिक क्षेत्रफल भएको देश मा संघियता कतिको प्रभाबकारी हुन्छ भन्ने नै पहिलो प्रश्न बन्छ। जून देश मा १५ मिनेट उडयो भने पहाड़ बाट तराई र हिमालय सम्म पुग्ने भौगोलिक अवस्था छ , त्यस अवस्थालाइ बिशाल अमेरिका को जस्तो संघियता मा लग्ने हो भने कति क्षेत्रफल का कुन भौगोलिक बिबिधता र आर्थिक श्रोत भएका कति वटा राज्य बनलान् त? अनि संघीय राज्य हुने बीत्तिकै आफ से आफ बिकास हुने हैन। बिकास हुनलाई राजनेता र दूरदर्शन सहित को रास्ट्रीय निति बन्नू पर्छ । जसको सरकार बने पनि सो निति मा नकारात्मक असर पार्नु हुदैन।
राजनीति भनेको मौलिक हुनु पर्छ। त्यों देश मा यस्तो सिस्टम भएर राम्रो भएको थियो र हामीले पनी त्यसै गर्नु पर्छ भन्ने कुरो चाइ कसैले चिया पसल खोलेर नाफा कमाएको थाहा भयो भने ए त्यसो गर्दा पो हुने रछ भनेर त्यसैको छेउ मा चिया पसल खोल्न जानू जस्तो मात्र हो।
नेपाली नेता हरुलाई यसरी देश को समस्या समाधान हुन्छ, संबिधान बन्छ भनेर सुझाब दिनु भनेको कुकुर लाइ मासु पैंचो दिनु जस्तो हो। संबिधान बन्यो भने त्यत्रो जम्बो ६०१ जना को जागीर सकिदैन? सबभन्दा सुरक्षित जागीर रास्ट्रपति को, अनि सभासद हरुको। अहिले लाई यति मात्र …
नेपाल मा जनताहरुलाई सन्तोष को वातावरण सिर्जना गर्न सर्वप्रथम प्रशाशन यन्त्र सुद्दिकरण गरिनुपर्छ , जुन कुरा कहिले पनि भयको भान हुन्दैन| अख्तियार ले हालसालै थोरै भयपनी सरहानिय काम गरेको छ तर अख्तियार को मात्र एक प्रयास बाट पुरै विकृत सिस्टम सुद्द गरौन सम्भव छैन ! जनता बाट कामको मुल्यांकन र तेसै अनुरुप रास्ट्रसेवक हरुलाई प्रोत्साहन वा सजाय हने व्यवस्था चाडैं सुरु गरिनु पर्छु | उदाहरण को लागि सवारीचालक अनुमतिपर्त्र वितरण प्रक्रिया लाइ लिन सकिन्छा | मैले सवारीचालक अनुमतिपत्र लिने वेलामा १. लिखित को तयारी गर्ने किताब भेटियन २. बल्ल बल्ल भेतियाको एउटा कितावमा पनि चाहिने कुराहरु सवै पाइयान ३. परिक्ष्य मा महत्वोपुर्ण कुरा भन्दा पनि अनावास्क्यक रुपले असफल बनाउने किसिमका प्रस्नहरु र मुल्यांकन बिधि भयको अनुभव भयो ! ४. पास नभयका हरुलाई पनि दलाल (ड्राइविङ्ग इन्स्टिच्युट) एजेन्ट मार्फत पास गराउने गरियको थियो| अहिले सम्म पनि सुधार नभयको सुन्न पायिञ्छ ! अड्डा अदालत का ठुलो पदका पर्मचारी हरुमा अति ठालु पल्टिने अनि जनतालाई कुरा राम्ररी बुझाउने सिस्टम नै छैन ! धेरै जसो कसोरी चांडई धनि हुने धुनमा मात्र छन् | साना तहका कर्मचारी पनि धेरै हिनाताबोध, डाहा र मेरो त सवै पुस्त नै येस्तै तहको काम मात्र गर्नुपर्ने होला जस्तो मनस्थिति मा हुन्छन र काम मा लापरवाही गर्छन | राम्रो र छिटो काम गर्ने बानि धेरै कम मा मात्र छ ! अरे बाबा सिस्टम राम्रो बनायापछी त सवैका सन्तान दर सन्तान हरुले राम्रो अवसार पाउञ्छन नि | के सवै राना, ठकुरी र गाउँका मुखियाका सन्तान दरसन्तान अहिले सम्पन्न र सुखी छन् होला र? तिनका पुर्खाले आफ्नो र एक पुस्ता अगाडिको लाइ मात्र हेरेको ले अहिले महलमा वस्ने हरु पनि घरवाहिर निस्किने वित्तिकै कि त धुलो नत्र हिलो मा जाकिनु पर्ने अवस्था छ | हुन त गाडी मा चढेर तेस्को सानले आरुकुरा वाल मतलव भन्ने होलान !!
सरोज जी ,
तपाईको जानकारी हालको समृद्ध र द्वन्द रहित अमेरिकाको बारेमा भए पनि यो अवस्था सम्म आइ पुग्न अमेरिकाले गरेको ऐतिहांसिक सम्झौताको बारेमा लेख्न बिर्सनु भयो कि ?
म जातिबाद र बिखन्डनवादको कट्टर बिरोधी हुँ तर सत्य आखिर सत्य नै हुन्छ [
अमेरिकाको आदिबासीलाई कसरी राज्य संचालनमा समाबेश गरेर लागेका रहेछन बुझ्नु जरुरी छ हामीले | अमेरिकाको झन्डै तीन वोटा राज्यहरुको ठुलो हिस्सा आदिबासिहरुकै लागि आरक्षित गर्दा पनि ठूलो रक्तपातबाट गुज्रिनु परेको थियो | आदिबासीहरुलाई छुट्टै राज्य संचालन प्रणाली हस्तान्तरण गरेर बाँकी भूभागमा मात्र संयुक्त राज्यको शासन प्रणाली अपनाए पछि मात्र सफलता हात लागेको हो |
यो सत्य नबिर्सौ कि अझै पनि नेटिव अमेरिकन संग दोहोरो अधिकार छ |
अझै पनि उनीहरुका आ-आफ्नै शाशन प्रणाली र सरकार छन् | असक्षम्हारू आ – आफ्नो आदिबासी राज्य (Tribal Nation ) भित्र आरक्षणको सुबिधा लिंदै बस्न पाउने अधिकार राख्छन भने सक्षम भएको खण्डमा एउटा स्वन्त्र अमेरिकीको नागरिक भएर अगाडी बढ्छन |
अमेरिकी आदिबासीहरु उनीहरुको Tribal Nations सहित USA का पनि नागरिक हुन् (Dual Citizenship) |
के हामी नेपालमा यो गर्न सक्छौ ? मात्र राष्ट्रपतीय प्रणाली अपनाएर समाधान आउला भन्ने कुरामा कति जना बिश्वस्त छन् त ?
Let’s Learn more..
http://www.navajo-nsn.gov/
http://en.wikipedia.org/wiki/Native_American_civil_rights
राम्रो | ति दुवै कुरा नेपालमा बन्ने अबको संविधानमा हुनुपर्छ |