Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संगीता, तिमीले छिट्टै त्यसको अनुहार चिन्नुपर्छ

Posted on February 25, 2015February 25, 2015 by mysansar

-ईश्वर देवकोटा-

attack केही वर्ष अघि संगीता मेरी पनि विद्यार्थी थिइन्। त्यही समयमा मेरो क्यामेरामा कैद यी तस्विरहरुले फेरि एक पटक ती दिनका सम्झना ताजा गराएको छ। यी तिनै संगीता हुन् जसको मुहारमा अहिले तेजाबले पोलेको दर्दनाक घाउ छ, उनको बल्ल होस् खुलेको छ। उनी अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको चौंथो तल्लाको बेड नं ४७४ मा छिन्। ब्युंझिएर उनले छिट्टै त्यो अपराधीको अनुहार पनि चिन्नुछ, जसले उनलाई पढिरहेको कक्षाकोठामा तेजाब छ्यापेर भाग्यो।

पढाईमा सामान्य तर अतिरिक्त क्रियाकलापमा अग्रसर हुने संगीता सानैदेखि मार्सल आर्टमा आकर्षित थिइन्। ती कयौं बिहानी टुँडिखेलमा संगीता सहितका अरु भाइबहिनीहरुसँगै बित्ने गरेका थिए मेरा पल। कराते खेलमा लगाव राख्ने संगीतले टुँडिखेलबाट सुरु गरेको अभ्यासलाई दशरथ रंगशालास्थित सोतोकान कराते प्रशिक्षण केन्द्रबाट निरन्तरता दिएकी थिइन्। त्यतिखेर पनि उनको पारिवारिक आर्थिक अवस्था निकै कम्जोर थियो र अझै पनि सबल भैसकेको छैन।
attack
संगीताकी आमा चमेली र बुवा प्रेम लामो समयदेखि “क्याटरिङ सर्भिस”मा भाँडा माझ्ने काम गर्छन्। बेलाबखतको आम्दानीका भरमा चलेको उनको परिवारको आर्थिक पाटो दयनीय नै छ।

आर्थिक अवस्था कमजोर भएकै कारण संगीता र उनका भाइ समेतलाई विद्यालय पठाउन समेत मुस्किल भएका कारण संस्थागत शैक्षिक सहयोगमा उनीहरुको शिक्षा जारी थियो। पछिल्लो समय आंशिक रुपमा संस्थागत अनि बाँकी आमा बुवाले नै खर्च जुटाउने प्रयास गरेका थिए। तर अचानक यो अकल्पनीय अपराधले उनै संगीता र परिवार माथि थपिएको यो पीडा सहन सकिने खालको छैन।

संगीता र सीमाका अनुहारमा तेजाबको जलनको पीडा एकातिर छ त अर्कोतिर अपराधिक शृंखलाको नौलो स्वरूप देखिनुले थप चिन्ता सबै अभिभावकमा छाएको छ।

यदाकदा भारतीय संचार माध्यममा देखिने, सुनिने यस्ता घटना हाम्रो घर आँगनमै घट्छ भन्ने कल्पनासम्म पनि थिएन। हुनत अपराध र अपराधीलाई कुनै सीमा र कानुनले पहिले नै छेक्न सक्दैन। तैपनि अपराध भैसकेपछि पक्राउ गरी कानुनको कठघरामा उभ्याउन सकिएन भने उसले अपराधबाट उन्मुक्तिसँगै पुरस्कार पाए सरह हुन्छ।

त्यसैले संगीता र सीमा तिमीहरुले छिट्टै त्यो अपराधीका अनुहार चिन्नुपर्छ। भोलि तिमीजस्तै अरु दिदीबहिनीका अनुहार पनि जोगाउनु पर्ने चुनौती थपिएको छ।

राज्यले तिमीहरुको व्यक्तिगत उपचार र सुरक्षाको तुरुन्त ब्यबस्था गर्नु पर्नेछ। तिमीहरुको पक्षमा त्यो अपराधीबाहेक सबैले आवाज उठाउने छन्।

आमा चमेली छोरी संगीतासँग अस्पतालको बेडमा।
आमा चमेली छोरी संगीतासँग अस्पतालको बेडमा। फोटोः नवीन बराल

यो पनि हेर्नुस्-
किशोरीलाई तेजाब छ्याप्नेको खोजी जारी
भाँडा माझेर जम्मा गरेको पैसाले पार नलाग्ने भो उपचार
के साह्रो बिग्रिए मान्छे, सानी बहिनीहरुलाई तेजाब छ्याप्न थाले
पीडित भन्छिन् – यसरी भयो हामीमाथि तेजाब आक्रमण
राजधानीमा यसरी भयो स्कूले छात्रामाथि तेजाब आक्रमण, दोषी अझै फरार, तीन वर्षमा दोस्रो घटना

13 thoughts on “संगीता, तिमीले छिट्टै त्यसको अनुहार चिन्नुपर्छ”

  1. Basant says:
    February 27, 2015 at 5:08 am

    लेखक जी,
    “संगीताकी आमा चमेली र बुवा प्रेम लामो समयदेखि “क्याटरिङ सर्भिस”मा भाँडा माझ्ने काम गर्छन्” के यी वाक्यांश लेख्नै पर्ने थियो त् ? आर्थिक अवस्था कम्जोर मात्रै लेखिदिदा हामीले बुझ्दैन थिए होला त् ?

    Reply
  2. Shankar says:
    February 26, 2015 at 8:05 am

    ये ठोक!! गोलि
    तेस्लाई चै गोलि नै ठोक्नु पर्ने हो |

    Reply
  3. bibas says:
    February 26, 2015 at 7:26 am

    छिटो कारवाई हुनु पर्यू . यो समाज को लागि एकदम खतरा हुनसक्छ. सबै तिर बाट बिरोध को आवाज उठुनु जरुरिछ.

    Reply
  4. Sajal says:
    February 25, 2015 at 10:28 pm

    ईश्वर जी,
    सक्नु हुन्छ भने मलाई उहाहरु को आमा बुवा को फोन नम्बर दिनु होला. यो डोनेशनको समय सकिनु भन्दा अगाडी आफै डोनेशन गर्न चाहन्छु.

    Reply
  5. Sajal says:
    February 25, 2015 at 10:25 pm

    खास मा म आफै डोनेशन को लागि चलि राखेको थिए.
    येदि मिल्छ भने येस्मै डोनेशन गरे पनि हुन्छ.

    http://www.youcaring.com/medical-fundraiser/help-seema-and-sangita-to-recover-from-acid-attack/312268

    Reply
  6. Priyanka Gurung says:
    February 25, 2015 at 2:47 pm

    सहयोगको लागि माइसन्सारको पहल अत्यन्त जरुरि.

    Reply
  7. Alone says:
    February 25, 2015 at 2:19 pm

    ( तेजाब हमलामा घायल एक नारीको दिल बाट निस्किएको पंक्तिहरु ….)

    ठिक छ , फ्याकेउ त फ्याकेउ
    अब मेरो गल्ति त बताई देउ
    तिम्रो प्रस्ताव थियो , मेरो इन्कार थियो
    बस यति सानो कुरा मा मेरो मुहार जलाई दियेउ..?
    सायद गल्ति मेरो थियो तिम्रो माया देख्न नसक्नु,
    सच्चा माया बुज्न नसक्नु,
    म मेरो गल्ति अब मान्छु ,
    तर के तिमि अब मलाई अपनाउ छौ ?
    के तिमि अब मलाई आफ्नो बनाऊ छौ?
    के अब सम्हाली दिन्छौ मेरो मुहार लाई
    जसमा अहिले फोकै फोका छ ?
    के मेरो आँखा मा आँखा मिलाउन सक्छौ?
    जुन अहिले भित्र धसीएको छ
    के मेरो मुहार मा औलाको स्पर्श गर्छौ?
    जहाँ को छालाबाट अहिले निरन्तर पानी बग्छन

    ठिक छ , सायद तिमि यी सबै गर्न सक्छौ
    किनकि तिम्रो माया त सच्चा हो , हैन र?
    ल !!! एउटा कुरा त भन मलाई …
    यो ख्याल तेजाब को कहाँ बाट आयो?
    कसैले तिमीलाई भनेको हो ?
    या तिम्रो दिमाग मा आफै उत्पन्न भयो ?

    अब कस्तो महसुस गर्छौ तिमि मलाई जलाएर?
    गौरान्बित ….???
    या पहिले भन्दा अहिले बढी मर्द ?
    तिमीलाई थाहा छ
    सिर्फ मेरो मुहार मात्र जलेको छ अहिले
    सरिर त पुरा बाकी छ ,
    एउटा सल्लाह दिन्छु
    एउटा तेजाब को पोखरी बनाऊ
    अनि त्यसमा मलाई छलांग लगाई देउ
    जब म पुरा जल्छु सायद तिम्रो माया
    म प्रति अझै गहिरो र सच्चा हुने छ ,

    एउटा प्रार्थना छ मेरो …..
    अर्को जन्ममा तिम्रो छोरी भएर जन्मिन पाउ ,
    र मलाई तिमि जस्तो व्यक्ति फेरि भेटियोस
    अनि सायद तिमि बुज्न सक्छौ होला म अनि मेरो परिवारलाई
    कस्तो पिडा महसुस अनि सहन गर्न पर्यो ?
    “तिमीले मेरो पुरा जीबन बर्बाद गरिदियेउ …..” खोक्रो शान र अभिमान को लागि …

    पंक्तिहरु राम्रो लागेमा कृपया यो विचारलाई धेरै भन्दा धेरै मानिस सम्म पुर्याउ …
    (हिन्दिबाट नेपाली मा अनुबाद गरिएको …)

    Reply
  8. Ishwor Devkota says:
    February 25, 2015 at 1:08 pm

    एसिड हमलामा घाइते संगीता पुलामीको उपचारमा म आफै कार्यरत बालबालिकाको संरक्षणको क्षेत्रमा सक्रिय गैर सरकारी संस्था एपिसी नेपाल ( Apc Nepal ) ले तत्कालका लागि रु ५०,००० /- ( रु पचास हजार ) आर्थिक सहयोग उपलब्ध गराउने भएको छ |परिवारको आफ्नै बैंक खाता नरहेको हुनाले सहयोगको निम्ति नयाँ बैंक खाता खोल्ने प्रक्रिया अघि बढाइएको छ | बैंक खाता सम्बन्धि जानकारी प्राप्त हुनासाथ उपलब्ध गराइने छ |

    Reply
  9. Himal says:
    February 25, 2015 at 11:46 am

    पेर्मजी भन्नु भएको जस्तै mysansar ले PayPal को गरिदिनु भए हुन्थ्यो.

    Thanks!

    Reply
  10. kamal says:
    February 25, 2015 at 9:26 am

    सिघ्र स्वास्थको कामना छ बैहिनी तिमिहरुलाई. साथै त्यो अपराधी दुष्ट कानुनको कट्घरा भएको समाचार सुन्न अनि पढ्न पाइयोस.

    Reply
  11. Roshan Basnet says:
    February 25, 2015 at 7:44 am

    अहिले सम्म नेपाल बाहिरमात्र देख्न र सुन्न आएको …एस्तो घृणित प्रवृति …यो बुद्ध को देशमा कसरि भित्रियो …..
    जस्तोसुकै राजा महाराजा भएनी येस्ता घृणितकार्य गर्ने नर पिचाच लाई चाडो भन्दा चाडो कानूनको दाएरामा ल्याएर हदै सम्मको सजाय एबम पिडितलाई आजिबन उचित क्षयतिपुर्तीको ब्यबस्ता गर्न गरौन सबै …आमजनता …संघसस्थां तथा सरकार प्रतिबद्ध हुन पर्यो ….
    ताकी भोलिको दिनमा तपाई हाम्रो आमा .. छोरि… स्वास्नी आनन्दले हिड्न डुल्न सकुन !

    Reply
  12. Prabhat says:
    February 25, 2015 at 4:52 am

    कसैले यस्तो अमानविय अपराधको शिकार हुन नपरोस। अपराधीहरुलाई अाजिवन काराबास दिनु पर्छ।

    Reply
  13. premji says:
    February 25, 2015 at 12:46 am

    उपचार खर्चको लागि माइसन्सार या कसैले पेपाल मार्फत डोनेशनको पहल गरे हुन्थ्यो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme