Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शान्ति सम्झौताको हिस्सेदारलाई नभुलौँ

Posted on February 9, 2015February 10, 2015 by mysansar

– कृष्ण गिरी –

वृहत शान्ति सम्झौताको एक हिस्सा एमाओवादी नै हो । १२ बुदे समझदारीबाट संग्लीएको नेपाली राजनीति अहिले मुडेभेडको अवस्थामा पुगेको छ । शान्ति सम्झौता गर्दा नेपाली राजनीतिमा दुई पक्ष थिए र अहिले पनि ती पक्षहरु यथावत नै छन् । सरकार पक्ष र विद्रोहि पक्ष । विद्रोहि पक्षको प्रतिनिधित्व नेपाली राजनीतिमा एमाओवादीले नै गर्छ । हो त्यहि विद्रोहि पक्ष पहिलो संविधान सभामा पहिलो पार्टी भएर आयो । सायद विद्रोहि पार्टी पहिलो राजनीतिक शक्ति हुनुमा दक्षिण एशियाली मतदाताको मनोवलले काम गरेको हुनसक्छ । त्यहि ठूलो दल को नेतृत्वमा सरकार बन्यो र शान्ति प्रक्रियाका कामहरु अगाडि बढ्नु पर्ने थियो तर बढ्न सकेनन् । सरकार बाहिर रहेका राजनीतिक दल र सरकारमा रहेका तर तत्कालीन विद्रोहि पक्ष विच संविधान सभा र संविधान बनाउने भन्दा पनि आ आफ्ना दाउपेचका राजनीति बढी चले । त्यहि भएर राजनीतिक बृत्तमा संविधान भन्दा पनि सरकार परिवर्तन नै बढी भए ।

विद्रोहि शक्ति पुन सरकारमा पुग्यो र उसलाई आफ्नै सरकारको नेतृत्वमा शान्तिप्रक्रिया टुङ्ग्याउनु पर्ने जिम्मेवारी बढी थियो । त्यहि भएर बाबुराम भट्टाराईको नेतृत्वको सरकारले यसमा बढी जिम्मेवारी निभायो । बाबुराम भट्राईले आफ्नै पार्टी विभाजन हुदा पनि जनमुक्ति सेनाको असमान समायोजन गराए । जब कि त्यो समयमा विपक्षिको नारा नै थियो माओवादीका सेना समायोजनको प्रक्रिया सकिएको एक हप्तामा संविधान आउछ तर अहिले सम्म त्यो एक हप्तामा आउने संविधान आएको छैन ।

दोस्रो संविधान सभाको निर्वाचनबाट पहिलाको राजनीतिक समीकरण यथावत अवस्थामा रहेन । पहिलो संविधान सभामा पहिलो भएको विद्रोहि पार्टी दोस्रो संविधान सभामा तेस्रो भयो । यस्तो अवस्था आउनमा माक्र्सवादीहरुले भन्ने गरेझै कुनै पनि वस्तुको निमार्ण र विघटन हुनुमा आन्तरिक कारण प्रमुख र बाह्य कारण सहायक हुन्छ । त्यहि भएको हो एमाओवादीको हकमा पनि । तर पनि एमाओवादीले आफ्ना कमिकमजोरी सुर्धानुको सट्टा अरुलाई नै दोष लगाउनमा समय खेर फाले । कमजोर बन्दै गएको विद्रोहि पक्ष र आफ्नो पुरानो स्थीतिमा फर्केका संसदीय दल एमाले र कांग्रेसले एमाओवादीलाई अब उ विद्रोहि हो भन्ने कुरा भन्दा पनि जसरी हुन्छ उसलाई पेलेर भएपनि संविधान जारी गर्ने मानसिकता बनाएर पछिल्लो समयमा पक्रियामा गएको छ । जुन कुरा अन्तरिम संविधानको भावना विपरित हो । यसमा केहि राजनीतिक दलका नेताहरुको चाहनाले काम गरेको छ ।

हो अहिले सत्ता पक्षसंग दुई तिहाइ बहुमत पनि छ । त्यहि दुई तिहाई बहुमत भएको सत्ता पक्षले आफु अनुकुलको संविधान जारी गर्न कुनै समस्या छैन । तर इतिहास साक्षि छ तीनै अहिलेका दुई तिहाई बहुमत भएका संसदिय दलले बनाएको संविधानका विरुद्ध यो देशमा विद्रोह भएको कटु यर्थाथ के यति सजिलै भूल्न सकिन्छ र ? के अहिले पनि जसले २०४७ सालमा आएको संविधानका विरुद्ध विद्रोह बोल्यो त्यहि पक्षलाई अहिले पुन दुई तिहाइ बहुमतको आडमा किनारीकृत गर्नु सत्ता पक्षको कत्तिको बुद्धिमता हो ?

के यसरी शान्ति सम्झौताको एक पक्षलाई पेलेर किनारीकृत ग¥यो भने यो देशमा शान्ति सम्झौता टुङ्गीयको मान्न सकिदैन। बरु यसरी नै सत्ता पक्षहरु जने हो भने थालेको शान्ति सम्झौता नटुङ्गीदै अर्को विद्रोहको विउ रोपिने बाटो खुल्दै गएको देखिन्छ । यसरी नै सत्ता पक्ष जाने हो भने शान्ति सम्झौताको पालना होइन अर्को विद्रोहको लागि आधार भूमि तयार पार्दैछ सत्ता पक्ष । होइन भने सम्झौताको दस्तावेज मानिने संविधान दुई तिहाई बहुमतले ल्याउदैमा देशमा शान्ति आउदैन । त्यहि भएर अहिले पनि दुई तिहाईको आडमा किन पुन द्धन्द्धको विउ रोपिदै छ ।

यसरी एक पक्षलाई पेलेर जादा संविधान त आउला तर यहाँ शान्ति आउछ भन्न सकिदैन । जुन पक्षले २००७ बाट थाति रहेको संविधान सभाको नारालाई मुर्त रुप दियो त्यहि पक्षलाई सडक तिर आन्दोलनको लागि पठाउने र आफुहरु असली संविधानका हकदार भएको देखाउनु कुनैपनि हिसाबले राजनैतिक इमान्दारी होइन । राजनीतिक इमान्दारी त सबै पक्षलाई समेटेर अगाडि बढ्नु हो ।

जसरी भनेको समयमा राजनीतिक दलहरुले संविधान दिन सकेनन् त्यसमा एक दल कोमात्र अवरोधको कारण होइन । दलहरुका आ आफ्ना चिन्तनगत र दलिय स्वार्थले काम गरेको छ । तर सबै दलहरुले आ आफ्ना कमिकमजोरी ढाक छोप गर्न आरोप प्रत्यारोप मात्र गरेनन् एक ले अर्कोको अस्तीत्वनै नस्वीकार्ने अवस्था सम्म पुगे ।

पछिल्लो समयमा दलहरु बिच देखियको द्धन्द्ध घट्नुको सट्टा बढ्दै गइरहको छ । दलहरुले अहिले आफुहरु आन्दोलनका सहयात्री हुँ भन्ने कुरा बिर्सेर एकलाई अर्कोले निस्तेज गर्ने राजनीति गरिरहेका छन् । जुन केहि राजनीतिक दल र तीनका नेताहरुकोलागि फाइदा होला तर समग्र देश र जनताकोलागि नोक्सान नै हो । राजनीतक दलहरु अहिले जुनबाटो हिडिरहेका छन् त्यसले केहि नेताहरुको निजी स्वार्थ त पुरा होला तर सम्पूर्ण देशको स्वार्थ पुरा हुने देखिदैन ।हो राजनीतिमा भनिन्छ अर्काको काधमा बन्दुक राखेर पडकाउन सजिलो हुन्छ । त्यहि गरिरहेका छन् एमाले अध्यक्ष केपि ओली । उनले अहिले प्रधानमन्त्री शुसिल कोइरालाको काधमा बन्दुक राखेर एमाओवादीमाथि पड्काइ राखेका छन् । उनलाई सत्ता उन्माद महाभारतका कौरबको भन्दा कम छैन । त्यहि सत्ता उन्मादले महाभारतमा कौरबको मात्र होइन कयौ निर्दोसको पनि ज्यान गएको थियो ।त्यहि बाटोमा एमाले अध्यक्ष हिडिरहेका छन् ।

को कति जिम्मेवार
अहिले जसरी सत्ता पक्षले प्रतिपक्षि दललाई संविधान बनाउन नचाहेको आरोप लगाइरहेका छन् त्यसमा सत्तापक्ष झन जिम्मेवार छन् । त्यसैमा प्रमुख दुई ठूला दलका प्रमुख नेताहरुको पछिल्लो व्यवहारले प्रतिपक्षलाई नजिक ल्याउनु भन्दा पनि झन टाडा र प्रतिपक्षको राजनीतिक थलो सडक तिर धकेल्दै छन् । जबकि संविधान बनाउने समयमा सबै राजनीतिक दलहरुलाई मिलायर लैजानु पर्ने प्रमुख जिम्मेवारी सत्ता पक्षको हो त्यसैमा हिजो देखि आज सम्म पनि प्रतिपक्ष दल विद्रोहि नै हो । जब सम्म संविधान घोषणा हुन्न त्यो समय सम्म यो देशमा शान्ति प्रक्रिया टुङ्गीयको मानिदैन र विद्रोहि पक्षलाई मुलधारको राजनीतिमा आएको मान्न सक्ने आधार पनि रहदैन । त्यहि भएर पनि सत्ता पक्ष नै बढी लचक हुनु पर्ने हो तर यहाँ त ठिक उल्टो भइरहेको छ ।

4 thoughts on “शान्ति सम्झौताको हिस्सेदारलाई नभुलौँ”

  1. Jevendra Sah says:
    February 11, 2015 at 8:20 am

    बिद्रोह पक्षको त्यो बेलाको माग, उ प्रतिको डर, केहि गर्ने भन्ने आस्था आज उहि छैन​।
    त्यसैले त्यो बेला माओबादिको जुन बोलिबाला थियो आज त्यो नहुनुमा काङग्रेस एमाले हैन उस्को आफ्नै गल्ति छ​।अझै पनि उ चेतेको छैन​। कहिले डनलाइ पैसा माग्ने कहिले मालदार शरणार्थीलाइ सभासद बनाउने। अझै बिध्वान बाराभको प्रतिक्रियाले झनै निराशा बनाउदै गयेकोछ​।
    जुन सपोर्ट माओबादिले चुनाब जित्दा पयेको थियो त्यो अनुरुप काम गरेको भये यि काङग्रेस एमालेको पत्ता साफ हुने थियो तर ति त काङग्रेस एमाले भन्दा खत्तम निस्के।
    रह्यो लडाकुको ब्यबस्थापन पछि संबिधान भन्ने कुरा, लडाकु ब्यबस्थापन नभइ शान्ति प्रक्रियामा आयेको भन्न सकिन्न​। तर लडाकु ब्यबस्थापनलाइ सम्मान गर्न सकिन्छ तर त्यो सङै नक्कलि लडाकुको नाममा अरबै कुम्ल्याएकाले ति सम्मान सबै पानीमा मिसिये।
    त्य्स्तै आज पहिचान भनेर नथाक्ने माओबादिले एमालेले ११ जातिय प्रदेशमा मानिसक्दा किन सम्बिधान जारि नगरि आफै भङ गरेको त​?
    प्रक्रिया सुरु नगरेकोमा सभामुखलाइ खेद्छ्न तर जेठको अन्त्यमा प्रक्रिया वहाले सुरु गर्दा किन प्रश्नावलि समितिमा पनि पेस गर्न नसकेको?
    जातिय प्रदेशले देशलाइ बिखण्डन तिर धकेल्न सक्छ भने के भोट बैकको लागि जातिय प्रदेश चाहिने नै हो?

    Reply
  2. madan bajracharya says:
    February 10, 2015 at 10:38 pm

    लोकतन्त्रको लागि बिद्रोह गरेको भनेको थियो यमावोबादिले/ लोकतन्त्र लोकको बहुमत बात निर्णय गर्ने ब्यबस्था हो/तत्कालिन सरकार र यमावोबादी बीच नेपालमा राजतन्त्र हटाउने २०४८को संबिधान खारेज गरेर संबिधान सभा बात लोकतान्त्रिक संबिधान बनाउने लिखित सम्झौता भयको थियो नेता नेता बीच सहमति गरेर संबिधान बनाउने सम्झौता भयको थियन/

    यसै कुराको आधारमा संबिधान सभाको गठन पनि भयको थियो/ संबिधान सभाको चुनावमा बहुमत पायकै आधारमा मावोबादीको नेतृत्वको सरकार पनि बनेको थियो/ १० बर्से युद्ध गरेर यमावोबादी दल देसको सबै भन्दा ठुलो दल बनेको थियन संबिधान सभाको चुनावमा नागरिकहरुको बहुमत पायाकोले यमावोबादी देसको सबै भन्दा ठुलो दल बनेको थियो/ यमावोबादी दल देसको सबै भन्दा ठुलो दल बनेर प्रचंद्र्को नेतृत्वको सरकार बन्दा मधेशबादी र भारत प्रचंद्र्को बिरोध गरेको थियो/ तेही मधेश बादी र भारतले भट्टराईको नेतृत्व बन्दा समर्थन गरे/ भट्टराईले प्रचंद्र बिरोधि मधेशबादी र भारतको समर्थन पायो/ तर मधेश्बादिको समर्थन बात भट्टराईले सराकारको नेतृत्व पाउन सक्ने मात्रै बने मधेशबादीले चाहे जस्तो संबिधान बनाउन संबिधान सभामा २/३ बहुमत पाउन सक्ने बन्न सकेन/ तेसैले भट्टराईले पहिलो संबिधान सभा भंग गरेर दोश्रो संबिधान सभाको चुनाव गर्ने घोसना गरे/

    भट्टराइको नेतृत्वको सरकार बने पछी यमावोबादी यमावोबादी “मधेशबादी” बन्दै गयको स्पस्ट देखिन्छ/ मधेश्बादिले मधेश बनाउन खोज्ने मधेश्बादिलेहरुले भारतको समर्थन पाय पनि तराईको मतदाताको समर्थन नपायको कुरा संबिधान सभाको दुईटा चुनावले स्पस्ट देखायको छ/ अहिले मधेशबादी सिट मिलेको यमावोबादिले मुखले जत्ति सुकै “पहिचान” को रत लगायता पनि मधेसी भन्दा आदि बाशी जनजाती र अन्य जातिका बढी बसोबास गर्ने तराईलाई मधेस बनाउने कुरा नै “पहिचान” को शिद्धान्त बिपरित हुने कुरा हो/ ई कुराले अहिलेको यमावोबादी र मधेशबादीहरु उहिले लोकतन्त्रको निमित १० बर्से बिद्रोह गर्ने संबिधान सभा बात नया संबिधान बनाउन सम्झौता गर्ने यमावोबादिको बिरोधि बनेकोछ/

    अहिलेको यमावोबादीलाइ आफ्नो नीति त्यागेको आरोप उनीहरुकै समुह बात लगायकोछ र र यसै कारणले यमावोबादी पार्टी कयौं टुक्रामा विभाजित समेत भयको छ/ जनयुद्ध कालिन नीति र माग त्यागेको अहिलेको यमावोबादी सिट उहिलेको झण्डा मात्रै बाकि छ/ त् कुन चाहि मावोबादी सिट १२ बुंदे सम्झौता भयको थियो भन्ने कुरानै अहिले अन्यौलमा परि सकेको छ/ उहिलेको यमावोबादिले तराइको आदि बाशी जनजाती र ईतिहास बोकेको तराइको ईतिहास मितायर मधेसी र मधेश बनाउंदै मधेसीले चाहेमा भोलि नै नेपाल बात लग्गिन सकिने “तराइ” बनाउन १० बर्से बिद्रोह गरेको थियन/ यसकारणले अहिले मधेश्बादिको भन्दा चर्को आवाजमा मधेशबादको माग माग्ने यमावोबादिलाई आजको परिबर्तनको जस दिन सकिंदैन/

    अंग्रेज सिट युद्ध हुँदा नेपाल प्रति गद्दारी गरेर अंग्रेजलाई सघाउने, सन् १०५५ंमा नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्दा तराइ नेपालको नभयको भनेर पत्र लेख्ने दिल्ली गुहार्ने रघुनाथ ठाकुरलाई आफ्नो महान नेता तथा सहिद मान्ने मधेशबादीहरु आज तराइमा बसोबास गर्ने आदिबाशी जनजातिहरुलाई ‘मधेशी” बन्न दवाव दियर तिनीहरुको र तराइको पहिचान खोज्दै छन्/ तिनीहरुले तराईमै बसोबास गर्ने अन्य नेपालीहरुलाई तराइ अतिक्रमणकारी मानेर हतियार र कलम उठायर तराइ बात बिस्थापित गर्ने प्रयास गरेको पनि थियो र अहिले तिनै मधेशबादीहरु अब बनिने संविधानलाई नै तराइ नेपाल बात अलग्याउने हतियार बनाउन चाहेको स्पस्ट देखिन्छ/ इनिहरुको यस्तो मागमा तराईकै बहु संख्यामा बसोबास गर्ने नागरिकहरु सहमत छैन भने यो कुरामा केहि नेताहरु बिचमा मात्रै सहमति गरेर निर्णय गर्नु भन्दा देसमा जनमत लिनु नै अन्तिम तथा उतम उपाय हुन् सक्छ/ नागरिकहरुको बहुमतले निर्णय माथि कुनै तर लाग्दैन/

    Reply
  3. Shankar says:
    February 10, 2015 at 10:28 am

    किन किन मैले न बुझेको हो कि , म लाइ यो बिस्लेसन नै सहि लागेन | सतही र सत्य र यथार्थ बाट बाट पर जस्तो | यो एक माउबादी साथीको लेख जस्तो बुझ्निन्छ | मेरो बिमतिहरु
    १} म हिजो बलियो थिए , मलाइ सबैले भाउ दिन्थे , आज म बुढो भए कसैले पुछ्दैन , मैले खासै केहि गरेर देखाउन सकिन , मैले दोबाटो मा रोएर ये मैले भनेको मान , म हिजो को त्यहि हुँ, कसैले पत्याउला र म लाइ भाउ देला ? {९ प्राकृतिक नियम बिरुद्द }
    माउबादी को हाल को अबस्था यहि हो |
    आफ्नो अनुहार येनामा हेर्न पनि बिर्सेको हो कि ?
    धेरै बर्स पहिले पाण्डब भाइ अर्जुन निकै बलियो थ्यो , महाभारत मा ठुलो प्रराक्रम गर्यो , धेरै बिर उ बाट पराजित भए महाभारत सकियो , कृष्ण पनि बितेर गए , कृष्ण को रानीहरु लाइ लिएर जंगल को बाटो जादा भिल ले आक्रमण गरे अ,रजुन अझै आफुलाई बिर सम्झंत्यो तर न राम्रो सग हार्यो , भिल्ला ले रानीहरु खोसेर लग्यो |
    अहा अर्जुन ले के बिर्स्यो भने उ बिर हुदा सारथि कृष्ण थ्यो , ध्वजा मा महाबिर हनुमान थे, बेला उसको थ्यो |
    माउबादी शक्तिसाली हुदा , जनता कांग्रेस एमाले सग वाक्क थे , इन्डिया लाइ राजतन्त्र फाल्नु थ्यो , जनता ले नया केहि होला भन्ने आस गरेका थे |
    प्रचण्ड पी यम हुदा नेपालि ले पहिलो गास मै ढुंगा परेको अनुभब गरे , माउबादी ओरिजिनल साइज मा आयो | माउबादिको आफ्नो एजेन्डा हातिको दांत जनताले बुझे , कतिपय उसको एजेन्डा कांग्रेस , एमाले मार्फत पुरा पनि भयो | किन माउबादी आफैले सकेन ? किनकि माउबादी एना हेर्दैन |

    ३) नेपाल मा ३ थरिको राजनीति छ
    १. उपल्लो बर्ग : जुन जे बिचार धारा भए नि फरक न पर्ने , जस्तो कि प्रचण्ड ,सुसिल , झलनाथ , माकुने हरु एक आपस मा मिल्ने , प्रचण्ड र माकुने हप्ता हप्ता हिन्दि मुभी हेर्न सगै जाने खाने , खुवाउने सगै दारु पिउने , भनसुन चल्ने परिवारै जस्तो

    २) कार्यकर्ता : ये तेरो नेता ले यसो भन्यो , ये तिमीहरु को मुखै बाङ्गो , ये हामि हरु ठिक , येतिमी हरु मात्र सत्ता मा बस्ने अब हाम्रो पालो , ये तिमीहरु मात्र गाडी जलाउने , हामि त् झन् ट्रक नै जलाउने , ये तिमीहरु मण्डले , ये तिमीहरु हत्यारा आदि आदि

    ३) सर्बसाधारण जनता : एक माना पिठो छ येइले खाउँ कि भरे खाउँ | राजनीति को बाल मतलब छैन

    २)

    Reply
  4. Rajan Upriti says:
    February 10, 2015 at 6:54 am

    १३,००० निरिह हरुको लाशमाथि टेकेर माथि पुगेका पुष्पकमल उर्फ पर्चण्डे र उस्का यिनै लेखक जस्ता जस्ता आसे-पासे हरु को पैसा कमाउने दाउ ले नै होला ल्हारक्याल लामा जस्तालाई सभासदमा नियुक्ति गरेको | तिमि जस्ता चोरहरुलाई भाग होइन जेल नपुगेको |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme