-लेखनाथ भण्डारी-
यस्तो लाग्नसक्छ-यो सम्भावना नभएको आशंका मात्र हो तर अतिरन्जित वा वनको बाघले खावोस नखावोस मनको बाघले खावोस भनेजस्तो पनि लाग्नसक्छ | सदियौं पुरानो सह-अस्तित्वपूर्ण सम्बन्ध र मान्यता राख्दै आएका दुई असल छिमेकीहरुमा यस्तो हुने कल्पना पनि गर्न सकिन्न | यदि कसैले यस्तो सोच्छ भने त्यो गलत हो |
हो,कवि दुर्गालालको रचनामा रहेको गीत’फूलको आँखामा फूलै सन्सार,काँडाको आँखामा काँडै संसार’ जस्तो सोच्ने हो भने माथि उल्लेख गरेजस्तो नलाग्न पनि सक्छ र लाग्न पनि सक्छ | तर दशकौंदेखि लेखिंदै आएको,भनिंदै वा सुनिदै आएका तथ्यहरुका निचोडमा सुधीर शर्माको’प्रयोगशाला’सम्म पल्टाएर तथ्य एकिकृत गर्दा नेपलामा भारतीय हस्तक्षेप वा हैकमको सम्भावित वातावरण निर्माण सकारात्मक पथमा र त्यो पनि शीघ्र अग्र गतिमा छ |
गोयबल्स शैलीको प्रचार युध्दमा १०० पटक भनिएको झुट पनि सही हुने(सही नै हुनेभन्दा पनि सही मानिने वा सहि नै हो कि भन्ने भ्रम हुने) मानिन्छ | यो प्रचार शैली नेपाली राजतन्त्रले त्रिभुवनकै पालामा शुरू गरेको थियो भने भारतीय सता यो मामलामा पछि पर्ने कुनै कारण नै छैन | नेपाली राजतन्त्रले जब देशमा गणतन्त्रको आवाज उठ्न शुरू गर्यो तब नै आफ्ना अरौटे-भरौटेगहरुलाई ती साँच्चिकै गणतन्त्रको आबाज उठाउनेहरुकोभन्दा चर्को आबाजमा राजतन्त्रको बिरोधमा अावाज उठाउन लागायो ताकि साँच्चिकैको गणतन्त्रको आबाज अरौटे-भरौटेगहरुको छाँयमा पर्न सकोस | यस्ता चरित्रका पात्र र प्रवृतीका दर्जनौं उदाहरण नेपाली राजनितीका खुला किताब बनेका छन |
नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध असल सँस्कृतिमा नै आधारित छ | तर सताका लागि र खासगरि भारतीय सताका लागि विश्वको शक्ति सन्तुलनको प्रभाब र प्रभुत्व बिस्तार गर्न पनि छिमेकिहरुसँगको असल मैत्रीपूर्ण र सह-अस्तित्वपूर्ण सम्बन्धलेभन्दा पनि सके सिक्किम र नसकेपनि भुटान बराबरका छिमिकीहरुमाथि पकड वा नियन्त्रण हुनुमा नै छ | त्यसका लागि भारतले अपनाएको पहिलो रणनिति ‘गोयबल्स शैलीको प्रचार युध्द’ सफल भइसकेको छ | नेपालमा भारतीय दबाब वा हैकम छ भन्ने मनोविज्ञान नेपाल र नेपाल बाहिर बनिसकेको छ | यो मनोविज्ञान तयार हुनु नै ‘गोयबल्स शैलीको प्रचार युध्द’को सफलता हो | र,भारत यो सफलतालाई कायम राख्न चाहन्छ र सुधीर शर्माको ‘प्रयोगशाला’ लाईसमेत आफ्नो प्रयासको ‘आधिकारिक र एकिकृत दस्तावेज’ कारुपमा स्विकार गर्छ | नेपालप्रतिको भारतको हेपाहा ब्याबहारको बिरोध जुन मात्रामा र जुनस्तरमा जहाँबाट र जसबाट हुन पर्थ्यो त्यो भन्दा चर्को भारत बिरोधी नारा भारतकै निर्देशनमा हुने गरेको प्रयोग र परिणामले देखाएको छ |
अब हिजोजस्तो मुठ्ठि कसेर भारतीय बिस्तारवाद वा भारतीय साम्राज्यवाद भनेर चर्को स्वरमा कसैले कराउनै पर्दैन | नेपाली राजनीतिका ठूला र ठालू घरनियाँहरुका चुला चौकमा लैनचोर-लाजिम्पाट मुकामका जुनियर अफिसरहरुले अमलेख पाइसकेका छन | यस अबस्थमा नेपालका प्राथमिक चासोका ठूला ठुला गण्डकी,कोशी वा महाकालीका योजनामात्र होइन कि स-सना गाउँ घरका पुल-पुलेसा निर्माणमासमेत भारतीय स्वार्थले महत्व पाउनु स्वभाविक भएको छ नै |
अब कसरी भारत नेपालमा हैकमको हात बढाउन चाहन्छ वा सक्छ ? यो प्रश्न र उतर सिधा छैन | यसका लागि केही घुमाउरा तर सजिला बाटाहरु बनिसकेको छ | तर कानै समात्नु छ भने कान दायाँ वा बाँया कताबाट समाते के फरक पर्छ ? विश्वको एक मात्र हिन्दु अधिराज्यमा बहुसँख्यक हिन्दुहरु देखाएर नेपाललालाई आप्नो पकटमा कायम राख्न सकिने सम्भावना कति सार्थक हुनसक्थ्यो भारतका लागि अब तेस्को परिक्षणको कुनै गुन्जाइस नै रहेन | नेकपा मावोवादीको १० बर्ष लामो जनयुध्दले नेपालमा उत्पन्न अशान्ति-हिंसा र त्यसपछिको १० बर्षको शान्ति प्रकृयमा भएका यावत गितिविधिको निकास दिनप्रतिदिन जटिल बन्दै गएको छ | नेपालमा राजनतिक पार्टिहरुको अापसी हठले अधिकार र एकाधिकारको द्वन्द जति लम्बिन्दै जान्छ दक्षिण एशियामा शान्ति वा स्थायित्वको अाबश्यक्ता र आतङ्कवादको खतराको नारा भारतलाई नेपाललगायतका छिमेकीहरुमाथिको निहगरानीका लागि सहज बन्दै जान्छ | अहिले भनिने गरेको दिगो शान्ति वा तार्किक निष्कर्ष वा अन्य कुनै यस्तै शब्दावली प्रयोग गरे पनि भारतीय भूमी र भूमिका सबै राजतिक पार्टिहरुका लागि ‘पर्ख र हेर’को रणनिति बनेको छ नै |
मेरो संसारमा प्रकाशित ‘नेपालमा भारतीय प्रधानमन्त्रीको लोकप्रियताबारे किन जनमत सर्वेक्षण गर्नुपर्ने?’यो समाचार तेस्ता अनेकौं पुराना प्रयासहरुको नयाँ र अलिक परिमार्जितरुप मात्र हो | यो नजानेर होइन जानिजानि दुरासयपूर्ण नियतले गरिएको नेपाल र नेपालीको अपमान पनि हो | यो नजानिंदो किसिमले गरिएको ‘टेस्ट’ परिक्षण हो | यो नजानेर भएको कसैले भन्ला वा नभन्ला तर तर्क जेसुकै गरेपनि भारतीय हैकम वा निगरानी प्रबेश गराउनका लागि बैधानिक बाटोको सानो पाटो हो | अाज नेपाली नेताको भिडमा भारतीय प्रधानमन्त्रिको नाम घुसाउने,भोलि अरु कुनै कुरा घुसाउने र मेरो संसारमा गरिएका ती केही प्रश्नहरुमा पनि कुनै घुमाउरो बाटोबाट सर्वेक्षण गराउने प्रयास हुने छ | हिजो कुनै हिन्दी चलचित्रको कलाकारले यो वा त्यो भन्यो भनेर नेपाली आँगनमा डढेंल्नु लगाएजस्तै पोखरीमा ढुङ्गा फालेर धमिलो पानिमा माछा मार्ने प्रयास हो यो सर्वेक्षण पनि | हुनसक्छ सके उग्र बिरोध होस वा जताततै अस्थिरता अशान्ति र नेपाली नेपालीबिच मारकाट नै होस | तेस्तो केहि नहुँदा पनि बिस्तारै नेपाली जनमानसमा भारतीय दादागिरीको ‘स्लो पोइजन’को मात्रा बढाउँदै लैजान सकियोस | यो ‘स्लो पोइजन’ ले नेपालमा भारतीय भुमिका र उपस्थितीको आबश्यकता वा अौचित्य साबित गर्न पनि बाताबरण बनाउनेछ |
विश्व शक्तिको दौडाहामा भारतलाई सार्वभौम असल छिमेकीको साथभन्दा पनि अाफ्नो नियन्त्रणमा रहेको लाचार छायाँ नै बढि सहयोगी हुने लागेको हुनसक्छ | नेपालको १० बर्ष लामो स-सस्त्र द्वन्दको अन्त्य र दिगो शान्ति प्रकृयाका लागि संयुक्त राष्ट्र संघले हात हालेर खुट्टा झिकिसकेको अबस्थमा यहाँ जारी अान्तरिक द्वन्द जारीरहनु वा बढ्दै जानु भारतका लागि यस क्षेत्रमा माथि उल्लेख गरिएको’दक्षिण एशियामा शान्ति वा स्थायित्वको अाबश्यक्ता र आतङ्कवादको खतराको नारा’मा नेपाल प्रबेश मार्गको सुगम कार्ड ढिलो छिटो हुने नै छ | छिमेकी नै भएपनि यही नारा लिएर चिनका लागि नेपाल पस्न भौगोलिक वा अन्य रुचिले पनि प्राथमिकतामा नपर्ला | स्वतन्त्र र सार्वभौम नेपाल कायम रहेसम्म चिनका लागि भारतसँग कुम जुधाई गरेर अाफ्नो स्रोत र समय खर्च गर्नु पनि बुध्दिमानी नहोला | तर भारतलाई भुगोल,सँस्कृति,रुची र अन्य स्वार्थले पनि नेपाल पस्न हतारो हुनु स्वभाविक हो | यस अबस्थामा ज्यादै सामान्य ग्रामीण जनबोलिका केही उदाहरण सान्दर्भिक लाग्नसक्छ –
मान्नुहोस कुनै समाजमा स-सँगै जोडिएकाजस्ता ४-५ घर छन | तीमध्ये कुनै १ घरमा संधै झैझगडा हुने गर्छ | घरमा कुनबेला कस्ले कस्लाई मार्ने हो वा अागै लगाउला भनेर त्राही त्राही हुन्छ | त्यो घरको कोलाहलले अर्को छिमेकी सुत्न पनि सक्दैन वा त्यो घरमा सल्किएको आगोको लप्काले कुन बेला अर्को छिमेकीको धुरी छुने हो भनेर ठेगान हुँदैन | कुनै छिमेकी त्यस घरको झगडाले त्रसित छन भने कुनै छिमेकी कुन निहुँ बनाएर त्यस छिमेकीलाई ‘ठिक’ पार्न पर्खिरहेका पनि छन | यस अबस्थमा त्यहाँ जस्ले सक्छ,तिनले त्यस कलह हुने छिमेकीलाई कि समाज छोडेर जा कि मेरो निगरानीमा बस भनेर सामाजिक’कबुल’कराउने र कबुल तोडिएमा जरिवाना भराउने गर्छ नै | अाखिर यो अवस्था नेपालले बेहोर्नु नपर्ला भन्न सकिन्न र हामी नेपालीमा यो सम्भाबनाकाप्रति बोध नहुने हो भने भारत यो सम्भावना निर्माण गर्न हर तरहले अाँफै पनि लागि नै रहने छ | लिङ्ग वा वर्गप्रति अन्यथा नलागोस, नेपाली उखान त यसो पनि भन्छ- नामर्दको स्वास्नी हुनुभन्दा मर्दको कमारो नै हुनु बेस | जनमानसको मनोविज्ञानले यी सबै अवस्थाको प्रताडना सहनुको पिडा र माथि उल्लेख’गोयबल्स शैलीको प्रचार युध्द’ले दिएको स्लो पोइजनको परिणाम सँधै सानो छातामा तानातान गरेर झगडा पनि गर्नु र ओत पनि नलाग्नुभन्दा ठूलै छाताको छाहारी रोजे भने के होला ? यो दुःस्वप्नबाट बिउँझनु पर्छ नेपाली राजनति |
२ ढुंगा को तरुल भएर नेपाल हाल सम्म जोगिएको हो | भारत आफु अस्थिर र कम्जोर हुदा सम्म छिमेकी प्रति गिद्दे दृस्टी तेत्ति चर्को थिएँन जब अलि शक्तिसाली बन्यो तब उसले नेपाल लाइ न लिएपनि पुरै आफ्नो कब्जामा राख्ने निर्णय गर्यो | उसको कर्तुत
१) २५० बर्स को नेपालि पहाडी सासक हटाउन पहाडी लाइ नै युज गर्यो , पहाडी को सानो समुह लाइ माउबादी तालिम र हात हतियार सहित नेपाल हुल्यो | मुर्खताको चरम सिमा पार गरेका पहाडीले भाडाको सैनिक , र दरबान बनेर पहिले नै आफ्नो बौद्दिकताको परिचय इन्डिया लाइ दि इ सकेको थ्यो |
यी आफ आफै आरुको मोहरा हुदै आफुलाई महान क्रान्तिकारी ,मावो , लेनिन सग तुलना गर्न थाले | तर क्ष्यमाता यिनको ६,७ बर्स मा पनि १ संबिधान बनाउन न सके पछि देखियो |
भ्रस्ट आचरण र आपसी कलह मा उल्झियेका पहाडी हरुले क्रमश नेपाल को आफ्नो पकड गुमाउदै गए र अब आएर पुरै गुमाए |
बिहार मा लालु यादब , उतार प्रदेश मा मुलायम सिङ्ग यादब हुदा नेपाल मा पनि कुनै यादब लाइ सत्ता मा राखेर पहाडी समाज लाइ बाहुन क्षेत्री र जनजाति मा विखण्डित गर्दै , बलियो हिस्सा जनजाति लाइ मदिसे + जनजाति भनेर जोडी दियो |
नेपाल का मधेसी थारु , राजबंशी , मथिलाबासी ,अबधि जो हिजो पनि ओझेल मा परेका आज पनि तिनको नाम र पहिचान को दुरुपयोग गर्दै खुला सिमानो दुरुपयोग गर्दै नेपाल भित्र्याइयेका लाखौ बिहारी हरु नै नेपाल मा चलखेल गर्ने बलियो ससक हुन् गए |
२) इन्डिया येसरी नेपाल प्रवेश गर्दा र देश नै खादा काठमान्डू को सासक आर्कै दुनिया मा मस्त छ | भारत ले युज गरेको प्रचण्ड आफु नेपाल को महान ल्रान्ति कारी र मसिहा , आफु न भए देसै न चल्ने ठान्छ अरु नेता भनाउदा हरु (राजनीति पनि न भनौ हो ) खुट्टा तान्ने खेल मा व्यस्त छन् | यिनले कुन बेला आब कस्तो दुर्घटना देश मा निम्त्याउने हुन् कसैले भन्न सक्दैन |
किनभने अमेरिका, युरोप र अरु विदेश मा समेत काम को जिम्बेबारी दिदा ब्यग्राउन्द चेक गर्ने चलन छ , हामि नेपाल ले देश को जिम्मा कसलाई दिएको छ ? आपराधिक इतिहास भएका , भ्रस्ताचारी , बिदेसी दलाल , पूर्ण शिक्षित सम्म न भएका हरुलाई |
अब अनुमान गरौ हाम्रो भबिस्य के ?
तपाइंको कमेन्टमा सत्यता कतिको छ र ति कुरा हरु कति रिसर्च को आधारमा लेख्नु भाको हो तपाइंलाई था होला तर माफ गर्नुस, तपाइले दिएको तथ्यहरुमामा समाहित कतिपय कुराहरु सारै हल्का र बचपना खालको लाग्यो, जस्तै :
१) ‘ मुर्खताको चरम सिमा पार गरेका पहाडीले भाडाको सैनिक , र दरबान बनेर पहिले नै आफ्नो बौद्दिकताको परिचय इन्डिया लाइ दि इ सकेको थ्यो | ‘
सायद तपाइंलाई थाहा छैन होला तपाइले भने जस्तो भाडा को सैनिक र दरबान बन्न जानेहरु कुन परिस्थितिमा किन गैरहेका छन् भनेर. यसको लागि समाजशास्त्र पढ्नु पर्दैन, काठमान्डू बाहिरका पाहाडी जिल्लाका घरहरु डुलेर एक महिना बसेर आउनुस; त्यहाको सामाजिक परिवेश बुझेर आउनुस; कतिको संख्यामा मान्छेहरु किन मुग्लान पस्छन भन्ने कुरा थाहा पाउनुस; तपाइले भनेजस्तो बौद्दिक्ताको परिचय दिनहु छाक टार्नुपर्ने अवस्थाको अगाडी कति गौण छन् भन्ने कुरा अनि बुझ्नुहुनेछ.
२) ‘ बाहुन क्षेत्री र जनजाति मा विखण्डित गर्दै , बलियो हिस्सा जनजाति लाइ मदिसे + जनजाति भनेर जोडी दियो …..’
यो बिखन्डन को दोषी भारत हैन, नेपालको बाहुन छेत्रिमुखी राज्यव्यवस्था हो. रानाकाल देखु सुरु भएको विभेद , पंचायत काल भरि जारि रह्यो र बहुदल आउन्जेल खास प्रगति हुन सकेन. कुनै बिशेष जाति बाहेक अरुलाइ अवसर कसरि दिन सकिन्छ भन्ने कुरा ख्याल गरिएन. राज्यको ३,४ जातिले मात्र ९० प्रतिशत अवसर ओगटेको अवस्थालाई सिरियसली लियिएन. किन त? उत्तर तपाइंलाई पक्कै थाहा होला.
कुन दुख मा परेर बाहिरिए ,दरबान बने , बेश्यालय मा बेचिए को सन्दर्भ हैन | मेरो पनि तपाइको जति नै सहानु भुति नै छ गरिब र दुखि प्रति |
तर यसो भयो भन्ने हकिकत आफुलाई लागेको बिचार पोखेको |
तपाइको दोस्रो बिचार मा पनि म सहमत छैन , बाहुन क्षेत्री ले हाली मुहाली गरेको चै पक्कै हो
तर यो ग्रयाण्ड डिजाइन को कुरा गर्दै छु म तपाइँ प्रचण्ड को भासा प्रयोग गर्दै हुनुहुन्छ |त्यो कुरा त् माउबादी नेताले नै भनि रहेछन नि सबैको मुख मा तेही कुरो नै त् छ | म चै त्यो नै मूल कारण हैन , १२ बुदे देखि पर्दा पछिको खेल को कुरा गर्दै छु |
यथार्थ कुरालाइ यथार्थ भन्न प्रचण्ड वा कुनै चण्ड मुण्ड को भाषा प्रयोग गर्नु पर्दैन शंकर जी. भारतले, प्रचण्डले, माओवादीले, युरोपियन युनियनले वा जोसुकैले होस् जातिय विभेदको फाइदा उठाए भन्नु जायाज होला, हुने सम्भावना पनि छ, तर पहिले हुँदै नभाको विभेद उनीहरुले आविस्कार गरेको भन्नु भनेको चाही समस्या प्रति आखा चिम्लिनु हो. विभेद थियो, कुनै निश्चित जातिले प्रशासन र राजनीतिमा हालीमुहाली गरेकै हो, मधेसी मुलका हरुलाई दोश्रो दर्जाको नागरिक सरह व्यवहार भएकै हो…यस्तो भएपछी नचिढिने कुरा आउदैन. चिढिनु स्वाभाविक हो. र त्यसैको फाइदा चाही तपाइले भनेको जस्तो स्वार्थी शक्ति ले लिएको हो ( यदि साचिकै हो भने).
आजकल तपाइँ जस्ता धेरै इण्टेल्लेक्चुअल मित्रहरुको कुरा सुन्छु, बिसेष बाहुन छेत्री नेवार साथीहरुको, अनि हल्का हासो उठ्छ. हुन त केहि समय अघिसम्म म नै तेसो भन्थें. ‘ के अहिले को जमानामा जात पात भनेर झगडा गर्ने’ , ‘ यो जातिय संघियता भनेको स्वार्थी नेताहरु र डलरवादिहरुको देश टुक्र्याउने चाल हो’ , ‘ संघियता भनेको नेपाल लाइ सिक्किम बनाउनु बाहेक केहि हैन ‘, ‘ फलानो मधेसी नेता भारत मा जन्मेको रहेछ, मधेसी आन्दोलन भनेको इण्डियाले रचेको हो’, ‘ अब राजा फर्केर आर्मी लाउनुपर्छ’ आदि…..
छोटकरीमा म तपाइलाइ एक प्रश्न गर्छु शंकर जी तेस्को जवाफ यहाँ दिनुष या नदिनुस् तपाइको इछ्या तर मन मनै मनन गर्नु होला. ५० जना जनजाति र मधेशी, अलि बुझेको र थोरै भएपनि पढेलेखेको, रयानडम्लि लिनुभो र उनीहरुलाई जातिय संघियता चाहिन्छ या चाहिन्न भनेर सोध्नुभो भने के उत्तर आउछ जस्तो लाग्छ? र यो उत्तर किन आउछ जस्तो लाग्छ ?
तपाइको यथार्थ र प्रचण्ड ले भन्ने यथार्थ मिलेको छ भन्न खोजेको , भाषाको कुरा छैन | अब छ कि ,छैन कि , भए भन्दा बढी छ कि तेता तिर को कुरा पनि हैन कुरा यसरि हामि प्रति सड्यन्त्र हुदै छ भन्ने कुरा हो | बाकि केटा केटि , कार्यकर्ता , बिद्द्यार्थी ले प्रायस आफ्नो गुरु बा नेताको कपि गर्ने हो | मेरो त् आफ्नै बिस्लेसन भएको ले म मेरो बिचार मै अडिग छु ,तपाइँ ले मानु पर्छ भन्ने छैन , भिन्न भिचार राख्ने र प्रस्तुत गर्ने छुट सबलाई छ |
Why can’t bahuns write in a simple straightforward language? Why do they have to say in a roundabout fashion? OK, it is agreed that India is not a well wisher of Nepal. Do you know why India is apprehensive of Nepal? Have we ever thought about our weaknesses, pitfalls? Are not we responsible for making India apprehensive of Nepal?
Mr. XYZ, I agree that this article is not straight forward . That does not mean its because the writer is Bahun. People like you try to bring this caste thing all the time, I don’t know where we are going to.For every bad thing happening, you guys blame Bahun. Almost all politicians in Nepal are corrupted including all caste, don’t you agree ? I am also Bahun, but I hate every corrupt people despite of their caste,race or religion.
Our weakness and pitfalls are because of people who try to divide country ethnically. Can’t we stop blaming each other , can’t all bahuns,chettris,janjatis, or whatever be Nepali instead of their born caste, can’t we be brothers and sisters ? Then neither India nor China or any country can think of consuming us.
Nepal’s Number One Problem is Bahuns. Period.