भर्खरै माओवादी जनयुद्ध सुरु भएको थियो। हाम्रा गाउँबाट पनि केही थान मानिसहरु पूर्णकालीन माओवादी बनेर जनयुद्ध लडन हिँडेका थिए। एकाएक हाम्रा बा जनयुद्धकालीन सरकारका दुश्मन करार गरिए। बालाई धेरै धम्की, चुनौति आए। रामप्रसाद शर्मा जिल्लाका सिडिओ र गीता उप्रेती डिएसपी थिइन्।आइजीमा अच्युतकृष्ण खरेल थिए।
राती हाम्रा बालाई मार्ने योजनामा जनयुद्धका कामरेडहरु बेसीको घरमा आउन लागेछन्। त्यो कुरो सदरमुकामका सिडिओ र डिएसपीलाई थाहा भएछ। अनि ट्रकका ट्रक पुलिससहित सिडिओ र डिएसपी हाम्रो घरमा मध्यरातमा पुगे। माओवादी कामरेडहरुको घरमा छापा मारेछन्। संयोगले बा त्यो दिन मामाघर जानुभएको थियो। सिडिओ र डिएसपीसहितको टोली हाम्रो गाउँ पसेको खबरपछि हाम्रा बालाई सफाया गर्न तयार कामरेडहरुको बाटो बदलिएछ। र बा बाँचे। नत्र हामीले उतिबेलै बा गुमाइसकेका रहेछौं। भोलिपल्ट बा मामाघरबाट फर्कदा धेरै मान्छेले अचम्म माने कि हाम्रा बा जिउँदै थिए। हाम्रा बाको सफाया भैसकेको खबर सबैतिरजसो गैसकेको रहेछ। हामीलाई थाहा पत्तो थिएन। भोलिपल्ट बालाई सिडियो साबले सदरमुकाम बोलाए। बालाई सँधै सुरक्षा दिन प्रशासनले नसक्ने र आफनो सुरक्षा आफै गर्न अर्थात् गाउँमा नबस्न सल्लाह दिए। त्यही दिनबाट बाले गाउँ छाडनु भो जनयुद्धकालभरी। र हाम्री आमाले जनयुद्धभर एक्लै बेसीको घर कुरेर बस्न विवस हुनु पर्यो। हामी दाजुभाइ पनि विरलै गाउँ जान पाउँथ्यौं।
बेसीको घरमा आमाको एक्लो जीवन संघर्ष। माथि स्कुल छेउको घरमा दाजु बस्छन्। स्कुलका हेडमाष्टर र सामन्तको छोरोको पगरीमा तिनले कति दुःख पाए, पाए। उनले तिरेको चन्दाको के हिसाब, बास बसेर भात खाका कामरेडहरुको त हिसाब हुने कुरै भएन। बैक लुटेर बास बस्न आउँदा वा बैठक भेलाहरु गर्दा तिनले हाम्रो जति हुर्मत कसैको लिएनन्।
बुइँगलमा आची र सु गरेर सोराउन ती कामरेडहरुले गरेको कीर्तिमानीको कथा नै बेग्लै छ। मेरा अनेरास्ववियूकालीन जिल्ला कमिटीका सचिव कामरेड रीतबहादुरको घर मेरा बाको भन्दा पनि ठूलो थियो र पनि उनी क्रान्तिकारी र मेरा बा सामन्त बनाइए, हामी गरिखाने छोराहरु सबै सामन्त सन्तान। कामरेड गंगाको जीवनशैली र स्वभाव पनि उस्तै। तर पनि तिनले हामीलाई त्यति नै दुःख दिए जति न आवश्यक थियो, न न्यायोचित। र अर्को महत्वपूर्ण कुरा त तिनले अहिले पनि हामी माथिको, बाविरुद्धको एउटा पनि आरोप पुष्टि गर्न सकेका छैनन्।
आफनै खेतीको धानले बल्ल भात खान पुग्ने हाम्रा बालाई सामन्त साबित नगर्दै रीतबहादुर त मारिए। भाइ विशाल अहिले हाम्रा राम्रा दोस्त भएका छन्। पूर्व माननीय देवी राज्यमन्त्रीसम्म बनिन्। हाल विशाल, देवी, गंगाहरुको बासँग राम्रो सम्बन्ध छ। हामीले यस बीचमा गाउँमा आउजाउ गर्न पाएका छौं ।
पीडा र दुःखका हिसाबले माओवादीसँग मेरो ठूलो दुश्मनी छ। पूर्वाग्रह र विरोध पनि चर्को नै छ। तर मेरो चेतनाले भन्छ माओवादीलाई उनीहरु जति नै खत्तम बैरी भए पनि राजनीतिक मूलबाटोबाट अलगथलग गर्न हुँदैन। मलाई माओवादीसँग कुनै लिनुदिनु छैन। न त माओवादीको स्तुतिमा रमाएर कुनै लाभको आकांक्षी नै बन्नु छ। माओवादी आक्रमणबाट भगवानका कृपाले बाँचेका मेरा पिताजी ७१ बर्षको उमेरमा एमाले जिन्दावाद भन्दैछन्। विशाल, देवीहरु माओवादी जिन्दाबाद भन्छन्। कम्तिमा यस्तो अवस्था प्रचण्डहरुलाई एक्लै नछोडेकै कारण संभव भएको हो। त्यस्ता पीडाहरुको पोखरीमा म जस्ता कैयन् थिए, छन्। मत र भावनाहरु तिनको पनि सुन्नु नै ठीक होला नि, नहोला र? कल्पना गर्नुस्, फेरि शान्ति राजनीतिको लिकबाट प्रचण्डहरु पनि हिँडे भने कस्तो होला हाम्रो हालत? अनि सिके र विप्लवहरुले वा अन्य अतिवादीहरुले बाल्ने आगोको न्यानोमा हामीले पिल्सने हो त ?
व्यक्तिगत रुपमा माओवादी पीडितको मत पनि सत्ताधारीले प्रतिनिधित्व गर्न सकेन्न भने त कसरी आउदै गरेको शान्ति तार्किक निष्कर्षमा पुग्ला र ?
सक्नेले पत्तासाफ पारिदिए भैगो नि प्रचण्डलाई। नसक्नेले किन जिस्काउनु मात्र? प्रचण्डलाई सैनिक बलमा सिध्याउन नसकिएकै हो। जनयुद्धका बेला पराजित गर्न नसकिएकै हो। न हार न जितको अवस्थामा १७ हजार निर्दोष मान्छेको अनाहकमा ज्यान गएपछि उनीसँग शान्तिको हात मिलाइएकै हो। जनताको बहु होइन तर तेस्रो दलको मत उनले पाएकै हो। त्यसैले हाल प्रचण्डलाई सडकमा एक्लै धकेलेर मात्र चाहिँ नयाँ संविधान बन्दैन र बने पनि टिक्दैन। हाल ओलीपथको उग्रता र सुशीलपथको सुस्तताले त न आइसब्रेक भा को छ न ब्रेक थ्रु नै। बरु पार्टी प्रवत्ताको पगरी गुथ्दै सभाध्यक्ष नेम्वाङले पारित गराएको प्रश्नावली प्रस्ताव समितिले संविधान सभाको विभाजन भएको छ। बरु सहमति, सहकार्य र एकताको मौलिक नेपाली राजनीतिक अभ्यासमा नराम्रो ठेस लागेको छ। यसले त बहुबलको प्रजातन्त्रको भरथेग गर्ला। तर के यसले स्थायी समाधान दिएको छ त? अवश्य छैन र दिनेवाला पनि छैन।
प्रचण्ड एक पात्र मात्र हैनन्, प्रवृत्ति हुन्। माओवादी विद्धान बाबुरामले सँधै दावा गरे जनयुद्धदेखि कि माओवादी समस्या हैन बरु समाधान हो। तर पक्का यथार्थ के हो भने माओवादी नेपालको सँधै समस्या थियो, रह्यो र रहिरहने भयो। कम्तिमा यो संविधानसभाबाट लटरपटर सहमतिमा माओवादीलाई नयाँ संविधानमा समेटिदिन सक्यो भने पो बल्ल माओवादी समस्याको समाधान सुरु होला। यो कुराको हेक्का सत्ताधारीले राख्नुपर्ने हो। सत्ताधारीले विपक्षीलाई गाली, धम्की,घुर्की दिएर राजनीतिक समाधान न हिजो आयो न त भोलि नै आउँछ। नेतृत्वमा बस्नेले ताली त विरलै पाउने हो नि गालीकै हकदार बढी हुनुपर्छ, विवेक गुमाउन नहुने हो। उत्तेजना, आवेग र उन्मादहरु दवाउन पनि सक्नुपर्ने हो नि।
सत्ताधारीबाट सहयात्राबाट टाढिएपछि त प्रचण्डलाई हातमा लड्डु नै लड्डु पो देख्छु म त। प्रचण्डले सडकका डाक्टर सिके राउतहरु वा विप्लवहरुलाई तिमीहरु भन्दा हामी नै असली भनेर प्रमाणित गर्न र सिंहदरवारका रैथानेहरुलाई एकै पटक तह लगाउन सुनौलो मौका त पाएकै हुन्। तर यो मौकामा चौका हान्न उनले जनयुद्धको जगको इमानलाई भुल्नु हुन्न। र फेरि सत्ताको छिनाझप्टीमा आफूलाई लोभी पापी सावित गर्नु हुँदैन। अब जे जे पायो प्रचण्डले भ्यायो गर्न बिर्सिदिए मात्र पनि त्यो प्रचण्ड ऊर्जा, शक्ति हुनेछ।
छिमेकी दाहिना हुनुपर्ने तथ्य हाम्रो राजनीतिको कठोर सत्य हो। छिमेकी दाहिना नहुँदा यहाँ सबै सत्ताधारीहरु सडकमा पुगेका छन् र सडकका सत्तामा। भारत होस् वा अमेरिका वा चीनको आँखा पनि छ प्रचण्डमाथि। उनले अहिले जे गरिरहेका छन् त्यसमा त पश्चिमाहरुको पनि प्रष्टै देखिने हात र साथ छ। यो हुनु ठीक होइन भन्नेहरुले पनि रोक्नै नसकेपछि त उनको व्याकअपलाई त नजरअन्दाज गर्नु नै हितकर होला नि त । दक्षिणका उदीयमान शक्ति नायक मोदीले प्रचण्डलाई सडकमा टायर बाल भन्ने होइनन् नि सुशील, केपीहरुलाई सबैलाई समेट भन्ने हुन्। त्यो कुरा नटेर्नेलाई दक्षिणले आफनो हित प्रतिकूल हुने हदसम्म पनि हजम गर्देला त ? सोच्नुपर्ने ओलीहरुले नै हो नि। हैन र ?
प्रचण्ड राजनीतिक करिष्माको स्खलनको हद यहां भन्दा तल र पर जाने ठाउ अब बांकी छैन । भित्ते राष्ट्रपति भैसकेका, उदारो राजनेता बनिसकेका र सडकछापबाट सभ्रान्त राजशी ठांटको जीवन व्यत्तित गरिसकेका प्रचण्डसंगको ताकत उनको प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत नै हो जुन उनले जनताको मतादेशबाट पाएका हुन । यसलाई चाहिं ओलीहरुले, शुसीलहरुले विर्सिए भने त्यो उनीहरुकै लागि आफनै खुट्टामा वन्चरो हुनेछ । आखिर अब न समातिरहन सक्ने, न त छोडन नै सक्ने भालुको कन्पट नै हुन नेपालका माओवादी भलै ती १ बाट ५ टुक्रा भएकै किन नहुन । त्यसमा पनि प्रचण्ड त सुपर नै हुन ।
मान्छे, उसको प्रवृति, आचरण र उठान गर्ने मुद्धाले नै उसको ताकत ल्याकत निर्धारण गर्दछ । नेपाली राजनीतिमा भित्रिएका नविन मुद्धाहरुको उचित संवोधन विना राजनीतिक संक्रमणको अन्त संभव छैन र त्यसको तार्किक निष्कर्षका लागि त्यसमा प्रचण्डको सार्थक सहभागिता विना पनि संभव छैन । प्रचण्डको सहभागिता विनाको संविधान वा संघीयता उदारो हुनेछन र संझनुस यहीबाट अन्तहिन द्धन्दको अर्को श्रृखलाको सुरुवात हुनेछ । त्यसबेला कस्को हालत के हुनेछ भन्ने कुरो अहिल्यै आकलन गर्नु हतारो होला ।
व्यक्तिगत रुपमा भने प्रचण्ड मलाई मनपर्ने नेता हुन । उनीसंगको मेरो भेटहरुसंग केही विश्वासका श्रृखलाहरु पनि छन । व्यक्तिगत रुपमा हाम्रो कुनै लेनदेन छैन । पार्टीगत संवन्ध न रहयो न रहला नै । एउटा नागरिकका रुपमा खराव नेताहरुको भीडमा कम खराव लाग्ने पात्र हुन उनी मेरो जीवन दर्शनमा । उनका क्रुर कदमहरु पुर्दै पुर्दै उनलाई सिंहदरवारसम्म ल्याउने स्वर्गवासी गिरिजाको कदम कयौं कोणबाट ठिक लाग्छ । त्यसैले शुसीलहरुको राजमा ओलीहरुको जुगमा प्रचण्डहरु सडकमै नपरुन भन्ने मात्र कामना हो । अरु त के छ र आफनै जीन्दगी आफनै मर्जीमा जुवा खेल्दै विताइएकै छ। जीन्दगी त आखिर एउटा जवा न रहेछ । नागरिकका रुपमा रमिता हेरौला, बसौँला । जय होस सबको ।
कसैले नभुलेस: युद्धकालमा थोरै माओबादी र धेरै खाओबादी थिए!
जनताले खेदि सक्दा नि अझै पनि हक अधिकारको को कुरा गर्छ. देशद्रोही माओबादी !!!
के को आशमा उफ्री राछ हो यो खाओ काम गर्ने माओ ,,, जनताको पार्टी हो भने पहिला सत्र हजार जनता मारी हडपेको सत्र करोडको दरवार छोड ,, नारायण काजि जस्तै टेम्पो चडेर यात्रा गर बल्ल केहि होला ,,,, नत्र जय राम जी कि !!!!!
जाउ खोलै खोला…..
सूर्यजी,
यो तपाइंको लेख सही नियत तर अर्ध सत्यको बुझाइको परिणाम हो ! तपाइंको सत्य बुझाइ के हो भने माओवादी हिजो पनि समस्या थियो, आज पनि छ, र भोलि पनि हुनेछ भन्ने ! र गलत बुझाइ के हो भने कांग्रेस एमालेले स्पेस दिएर सहमतिमा ल्याउनु पर्छ भन्ने ! तपाइंले भने झैँ प्रचण्ड व्यक्ति होइन तर प्रवृति हो, देश भाडमा जाओस अरुलाई थर्काएर र धम्क्याएर सत्ता र शक्तिमा रहन खोज्ने प्रवृति ! कांग्रेस र एमालेले उनीहरुका सबै कुरा मानिदिएर सहमति गरे पनि केही न केही निहु निकालेर तिनले त्यो सहमति आफै खारेज गर्नेछन् र अराजक स्थिति कायम राख्ने कूकर्म गर्ने छन् किनकि तिनलाई राम्ररी थाहा छ देश कुनै पनि संविधानको लिकमा हिडेको दिन तिनको दादागिरीको विधिवत अन्त्य हुनेछ ! हेर्नुस त यिनको विगत, ०६९ जेठको सहमति प्रचण्ड आफैले गरेर मसि सुक्न नपाउंदै आफैले त्यसको खारेज गरे ! बैद्यले अस्ति भर्खर गोलमेच सम्मेलन गर्ने भनेर सहमति गरे, सहमतिमै प्रधानमन्त्रीले त्यो सम्मेलन बोलाए पछि सम्मेलनमा भाग नलिने निर्णय गरे ! प्रचण्डहरुले संविधानमा सहमति नभएका विषयमा दुईतिहाइ बाट टुंगो लगाउने भनेर आफैले नियमावली बनाए, अहिले त्यसैलाई नमान्ने भनेर उपध्रो मच्चाईरहेछन् ! त्यसैले यिनको शव्दकोषमा सहमति र संविधान भन्ने शव्द नै छैनन् ! हलेदो भनेर जानी सके पछि किन कोट्याउनु पटकपटक? यिनको एउतै औषधी भनेको जनता एकतावद्ध भएर पेलेरै जाने हो !!
युद्दको बेलामा युद्द जित्न धेरै कडा र नामोठो अप्रिय कुरा र निर्णय लिनु पर्ने हुन्छ!
खासगरी युद्दमा युद्द गर्न हिड्ने आफु बच्नु प्रथम र अपरिहार्य नियम हुन्छ!
तेसैले युद्दको बेला तलमाथि हुन सक्छ तर तेसलाई लियर शान्तिकालमा शान्ति स्थापना हुन गैरहेको अबस्थामा युद्दको बेलाको कुरालाई तार तार खाटा उप्कायर चिडाइरहने कोशिश गर्नु महा मुर्ख्याइ हुन सक्छ!
तेसो त सबैले आफुलाई र आफ्नो बाउलाई राम्रै भन्छन! आफुले अनि आफ्नो बाउले गल्ति गरेका छन् वा गल्ति गरेको छ भनेर मान्न कोहि तयार हुदैनन्! तेही कुरा तपाइमा पनि लागु हुन्छ!
माओबादिले बौलाहा युद्द गरेका थियनन यदि गरेका हुदो हो भने शान्ति प्रक्रियामा आउने थियनन! यदि बौलाहा युद्द हुदो हो भने गाउमा तपाइको बाउलाई मात्र थ्रेट हुन्थेन होला भेटायको जति सबैलाई जे पनि गर्ने थियो होला! अब तपाइको बाउलाई थ्रेट आयो भनेपछि तेहा पक्कै पनि तपाइको बाउ बाट पनि माओबादि युद्दमा परोक्ष प्रत्यक्ष कुनै सम्बन्धन हुन गयको हुन सक्छ! तेसैले आफु र आफ्नो बाउलाई चोखो ठानेर वा बनायर गडेको मुर्दा उखालने निको हुदै गयको घाउको खाटो उपकाउने अरुलाई चिडाउने खुच्चिन गर्ने मुर्ख्याइ हामि कसैले पनि नगरौ!
भन्न र लेख्न त सुर्य जी तपाइको भन्दा लामो सकिन्छ तर तेसो गर्नु सायद उचित र तुक नहोला!
तपाइको बाउ बाचेको भन्दा पिडा सायद तपाइको गलाबाट महाराजाले बाधेको पट्टि माओबादिले चुडालिदियको पिडा बढी होकी जस्तो लाग्छ! नत्र यहा आफ्नै धोति च्यात्ने र देखाउने दुश्सहाश नगर्नु पर्ने थियो!
तैपनि सुर्यजी तपाइले लेखेको कुरामा थुप्रै असहमत हुदापनि लेखको शिर्षकको ‘तै पनि प्रचण्ड नछुटोस’ भन्नेकुरालाई सहमत गरि भन्छु त्यो चाहि ठिक हो!
यति भन्नको लागि तपाइले जुन फुंदा गास्नु भयो र आफु र आफ्नो बाउलाई सुन पानि छर्केर भयाभारको आह्रिश माओबादीलाई पोख्नु भयो तेत्ति तल झरेर धोति च्याति आफुलाई महान देखाउनु पर्ने थियन!
प्रचण्ड र माओबादि यो देशमा स्थापना हुन गैरहेको शान्ति प्रक्रियाको आधा हिस्सा हुन्! यो देशको शान्ति रथको दुइ पाङ्ग्रा मा एक पाङ्ग्रा हुन् अब कुरुक्षत्र बाट शान्तिक्षत्रमा पदार्पण गर्ने रथयात्राको रथ एक पांग्राले मात्र रथ हाक्छु पुर्याउछु भन्नु तपाइको लेखाइ भन्दापनि ठुलो मुर्ख्याइ हो! तेसैले प्रचण्ड कसैगरी पनि छुट्नु हुन्न!
कुरो सिधा छ स्पस्ट छ! चिहान खोतलेर मुर्दा उखालेर फुंदा गासेर आफु र आफ्नोलाई चोखो ठानेर बनायर लेघ्रो तानी भन्नु जरुरि पनि छैन!
ओ के!
सुर्य जी को आलेख (माओवादीद्वारा सताउनसम्म सताइएकाले पनि भन्दैछन् : ‘तरै पनि प्रचण्ड नछुटुन् है) भन्ने लेख अत्यन्तै गहकिलो छ यथार्थ भनेको यथार्थ हो बृहत शान्ति सम्झौता को एउटा हिस्सेदार एउटा पार्टी लाई शान्ति को यात्रा नसकिदैं किनारा लगाएर हामीले कस्तो शान्ति स्थापना गर्न खोज्दै छौं ? हामीले सांचिकै दिगो शान्ति र अग्रगामी संबिधान चाहेका हौँ भने यो प्रक्रिया मा ए नेकपा माओबादी कुनै पनि हालतमा छुट्न हुंदैन बिप्लव ,बैध्य , सिके ,प्रचण्ड को एकता यो देशलाई महँगो पर्न सक्छ बेलैमा चेतना भया
माओबादीले जनताका लागी होइन सत्ताका लागि १७००० मान्छेको बली दिए । यो कुरा राम्रो संग बुझेका गीरीजा प्रसाद कोइरालाले माओबादीलाई सत्ता दिलाइदिए र आतङ्कको क्रम रोके । सत्ता पाए पछी माओबादीका चाल विस्तारै जनताले थाहा पाउँदै गए र चुनाबमा हराइदिए । यस कुराको राम्रो संग पूर्वानुमान गरेका गीरीजा प्रसाद कोइराला भएका भए अहिले यीनीहरूके ठेगान लगाई सक्थे ।
भारतीय सहयोगमा संचारको सुविधा नभएका दुर्गम तथा अनकन्टार ठाउँका सोझा साझालाई एकतर्फी कुरा सुनाएर, जात जातीलाई एक आपसमा लडाएर सत्ता पाएको कुरो अहिले सबैले थाह पाइसकेका छन् । जनताले पनि माओबादीले भने जस्तो संविधान चाहिदैन भनेर उसलाई हराइदिए । त्यसैले माओबादीले भने जस्तो संविधान ल्याउनु हुँदैन । जनचाहना विपरीत हुन्छ ।
बाघ जब परिवान्दमा परि घेराबन्दी भयर निरिह हुन्छ अनि थुप्रै काइते मनुवाहरू डिठ्ठा बन्दै आफ्नो पुरुषार्थ देखाउन थाल्दछ!
बाघलाई जव परिवान्दमा परेर खोर भित्र ठुनिन्छां अनि भुस्याहा काइते कुकुर हरु त्यो खोर फ़ुइफ़ुइति रुंगेर घुमेर घोक्रो फ़ुटाउला जसरि भुक्न थाल्दछ! मानौ तिनीहरु बाघ खोरमा भयकोले मात्र छाडेको हो नत्र बाघलाई चोक्टाचोक्टा खायर हड्डी पनि छोड्ने थियन!
हुन त यो भुस्याकुकुर हरुको नियति हो!
तर एउटा कुरा हामि सबैले सत्य खयाल गरि टोपल्नु पर्ने के हो भने.
सलिन अनि आफ्नो सुरको बाघ भन्दा घाइते बाघ सयौ गुणा ज्यादा खतरनाक हुन्छ! र बाघलाई घाइते बनायर जिस्क्याउनु वा चिडाउनु त्यो भन्दापनि सयौ गुणा ज्यादा खतरनाक हुन्छ!
माओबादि यो देशको आमुल परिवर्तन को लागि गरियको युद्दलाई थाति राखी शान्तिपुर्ण परिवर्तनको आशा तथा भरोशा दिदा सम्झौता र समझदारी मा आफुलाई युद्दबाट अबतरण गरि हातेमालो गर्न आयको हो!
जिस्क्याउनु र चिडाउनु हामि सबैको लागि महँगो पर्न जाने छ!
चेतना हामीले समयमै गर्नु पर्दछ!
कुरा ठिकै भन्नु भो रैथाने जी , तपाई तपाइको माओबादी र प्रचंडे बाघ (पशु) नै हो !!
मान्छे को दर्जा मा राख्ने सुहौदैना
हो हो रैथाने जी … माओबादी भनेका बाघ, भालु नै हुन् जंगल मै बस्न रुचौछान.. कैले कहिँ मान्छे को गाउ शहर पसेर मान्छे लाइ दुख दिन्छन … ठिक भन्नु भो तपाई ले
माओबादी भनेका आखिर मा बाघ भालु नै हुन् … राम्रो संग चलायो भने सर्कस मा पनि काम गराउन सकिन्छा यिनलाई … बहुलाए भने कोपरनी टोकनी चिठोरनी गर्छन … बरु दुख लाग्ने कुरो तपाई ले आफु लै पनि येस्तै क्याटागोरी मा राख्नुभयो .. 🙁
हे हे हे हे हा हा हा हा 🙂
यो देसमा माओबादी किन हिरो भयो म त् यसैमा अचम्म छु.
माओबादी हाम्रो परिवारकालागि पनि त्रासदीकै हिस्सा बन्यो । हप्तामा २ पटक जस्तै गरि १७ देखि २८ जनासम्मका मिलिसिया साँझपख घर घुस्थे रे। खाना बनाउन आदेश दिन्थे रे । दाजु भाउजुले भोगेका भुक्तमान हुन् यी । उनीहरूको प्रत्यक्ष पेलाइमा म आफैँ पर्नु नपरे पनि परिवार भने भुक्तमानबाट विमुख रहेन । गाउँकै कोही माओबादी पालेको भनेर उजुर गर्ने कहिले माओबादी २८ जनासम्म घस्याउँदैको हैरान । दोहोरो जोखिममा परिवार परेको थियो । माओबादीहरू खाना खान्थे रे र हिड्ने बेलामा यो त तपाईँले ब्यक्तिगत सहयोग गर्नु भो हामीलाई खाना खुवाएर तर पार्टीलाई कति चन्दा दिनु हुन्छ भन्दै ५० हजारको चन्दा तोकिएका थिए रे । १ हप्ता भित्र चुक्ता नगरे सफाया गर्ने धम्की दिए पछि दाजु घर छोडेर राजधानी तिर बस्नु परेको थियो भने भाउजु एक्लैले त्रासदी झेल्नु परेको थियो । खुरुक्क घर नबोलाए राम्रो नहुने धम्की सहित भोज भने खान भ्याउँथे उनीहरू । पछि के बुझे के सोचे अन्याय गरेछौँ भन्दै उनीहरू नै खबर पठाउन थाले । कसरी हो “गलत इन्फर्मेशन पाएर” अन्याय गरेका रहेछन् साथीहरूले वहाँलाई जसरी भए पनि घर फर्कन भन्नुस् यो घटनाले हामी प्रति गाउँमा नकारात्मक सन्देश फैलियो भन्दै तारन्तार खबर आउन थालेपछि दाजु घर फर्कनु भयो । सफाया भने गरेनन् । त्यस बीचमा आएको फरक भनेको एउटा उद्धण्ड माओबादीलाई जम्काभेटमा सेनाले र अर्को उद्धण्डलाई (जस्ले दाजुलाई पेस्तोल ताकेको थियो रे) दशैँको टीकाको दिन पुलिसले मारेका रहेछन् र गाउँमा अलिक राहत महशुस भएरको रहेछ । चन्दा लिएर लुकाएको रकमले कसैले जेथो जोडेछन् त कसैले वियरले मातेर अर्काका जाँडका घ्याम्पा फोर्न भ्याए छन् । हाल भने उसबेलाका कोही खाट्टी माओबादी दावी गर्नेहरू दोस्री श्रीमतीका साथ विराजमान छन् त कोही अरबमा काम गरिरहेका छन् भन्ने सुनिन्छ । गाउँमा रहेका पनि करिब करिब बहिस्कृत अवस्थामा विराजमान छन् रे भन्ने सुनेको छु ।
“तर पक्का यथार्थ के हो भने माओवादी नेपालको सँधै समस्या थियो, रह्यो र रहिरहने भयो”
सहि हो यो कुरा | १७००० निर्दोष नेपाली को लाश मा टेकेर सत्ता को लागि मात्र लुछाचुडी गर्ने प्रचण्ड ले कहिले मुक्ति नपवॊश .
सार्है घत लग्यो, पढेर. आशा छ, यहा को सम्पूर्ण परिवार सुरक्षित छन् र हुनेछन.
कुरा ठिकै हो, प्रचण्ड र अरुको कुरा पनि सुन्नु पर्छ. जबर्दस्ती गरेर संबिधान जारि गर्नु हुन्न. तर प्रचण्डहरुले पनि अलिकति नेपालको फाइदा हुने कुरा गर्नु पर्यो. खालि आफ्नो पार्टीलाइ कसरि बचाउने तिर लाग्नु भएन. यिनी हरु पार्टी बचाउन र पावर हातमा राख्न देशलाई टुक्रा टुक्रा पार्न तयार छन्. अब उनि हरुले फेरि जनयुद्ध शुरु गर्लान भनेर नेपाललाइ नै टुक्राउनु त भयेनानी? कुरा सुन्नु पर्यो, तर डराएर मात्र बस्न पनित भएन.
आशा छ, सबै नेताको बुद्धि पलावोस. सबैको मिलोजितोमा संबिधान जारि होस्.
सुर्य जी
छबिलाल कसरि प्रचण्ड भए , हुनु पुर्ब के थे, कुन हालात मा के का लागि उनि हिरो बनाइए गहिरिएर सोच्दा तपाइको बिस्लेसन गलत छ |
यो त् बिर बहादुर नाउ राखेर बिर हुने , सेर बहादुर नाउ राखेर सेर हुने जस्तो भ्रम मात्र हो |
पुष्पकमल नेपालि राजनीति को जोकर मात्र हो |
आखिर किन प्रचंडे फेरी ? किन ?
प्रचंडे र माओबादी ले आफ्नो औकात राम्रो संग देखाइसके … जनता लुट्ने .. मारकाट गर्ने .. सोझा साझा जनता भड्काउने अनि आफु फाइदा लुट्ने … येही हो नेपाल का माओबादी र प्रचंडे का मुख्य कार्य कुशलता
पैला जस्तो गफै गफ को भर मा ४ हजार माओबादी लाइ ३० हजार बनाको जस्तो होइन … सब लै था छ .. कोइ पछि लाग्ने छैनन् माओबादी र प्रचंडे को.. चुनाब बाट नै देखि सकियो .. कसैले फेरी हिम्सा को लागि हतियार उठाउने छैनन् .. तेसैले .. नांगे झार बनाउ येस्ता माओबादी र प्रच्चंडे लाइ .. केहि गर्न सक्ने छैनन् यी माओबादी र प्रचंडे ले अब..
यिनलाई आफुले अहिले सम्म गरेको कु कर्म को लागि दण्ड आवश्यक छ … कानुनी कठघरा मा उभ्याउ माओबादी र प्रचंडे लाइ ..
घरमा साना केटाकेटीले नाजायज माग राखेर रुने, कराउने, लडिबुडी गर्ने, पिर्ने, हिंस्रक हुने काम गरे अविभावकले के गर्ने? सारै अप्ठ्यारो पर्छ नि | अब तपाई असल अविभावक हो भने साना अबोध अबुझ केटाकेटीलाई कुट्न मिलेन, सम्झाउने प्रयत्न गर्नु पर्यो, सम्झदै नसम्झे केहि समय केटाकेटीलाई वास्ता नगरी, नदेखेझै, ससुनेझई गरेर तिनलाई मत्थर पारेर बुझाउनु पर्यो | उनीहरूले जे भन्यो त्यो गरेता उनीहरूलाई अनि परिवारलाईनै ठुलो क्षति हुन सक्छ |
अहिले नेपाली राजनीतिमा माओबादी र मधेसबादी दलको संयन्त्रले माथि उल्लेख गरेजस्तो केटाकेटीको भूमिका निर्वाह गरिराखेका छन् | अरु मुख्य पार्टी र तिनका निर्णायक नेता परिवार (नेपाल देश) का अभिभावक हुन् | उनीहरूलाई सारै चुनौतिपूर्ण अवस्था छ | संयम साथ काम गर्नु छ | अब यहाँ केटाकेटी फेरि साँचै केटाकेटी होइनन, मात्र उनीहरूले व्यवहार र रणनिती तेस्तो लिएका छन् | तिनीहरूको अरु उपाए बाँकी पनि छैन, एउटा परिपक्क मानिसको जस्तो शक्ति पनि त छैन |
दुखलागो कुरा त के छ भने संबिधानमा यस्तो चाहियो उस्तो चाहियो भनेर बखेडा झिकिदै छ | तर यहाँ असलमा प्रचण्डलाई राष्ट्रपति चाहिएको छ अनि त्यो भएमा बाबुराम आफू पार्टीको अध्यक्ष हुन पाउछु भनेर लाग्य छन् | मधेसी नेताहरूचै आफ्नो जमिन्दारीको बर्चस्व कायम राखिराख्न छुटै प्रदेश बनाएर भूमिसुधार, शिक्षा तथा अन्य कुरालाई पन्छाएर सधै सामन्ती राज गर्न पाइन्छ भनेर लाग्य छन् |
अविभावकहरूलाई पो कस्तो समस्या | माग पुर्याइदिउ त तेस्तो नाजायेज र अन्यायपूर्ण माग कसरी पुर्याउने | नपुर्याउन त सधैको कच् कच् र किचलो गरिराख्ने, घरमा अशान्ति, तोडफोड, जबर्जस्ति, उदण्डता | अब अविभावकले पनि तेस्तै गर्न त मिलेन, त्यसो गरे त गृहयुद्ध सुरु भैगो | बडा गार्हो पो देखिन्छ |
Watch this interview of Mr. Chitra Bahadu KC:
https://www.facebook.com/video.php?v=946056445406995&set=vb.911516478860992&type=2&theater
The great Mr Chitra Bahadur KC hits the nail on head. Nepal’s UCPN Maoist party of today under the leadership of Prachanda and Dr. Baburam Bhattarai does not have any agenda or issue in interest of Nepal. They only have strategy to bargain for power. All the obstruction in making constitution is just a ploy to bargain for power. In doing so they are ready to make coalition with anyone (inside or outside Nepal), be it moral or not, be it in interest of Nepal or not. Like Mr. KC said, now they are also in desperate need of security, as the false promises they made and violence they caused is haunting them.
हुन त सुर्यजी लाई पहिले देखि नै कसैले दरबारको चाकरी गर्ने पनि भने त कसैले माओबादी पनि भने, तर उहाको लेख/कुरा हरु समय सान्दर्विक नै हुन्छ | यो कुरा पनि राम्रो नै हो | अहिले सबै मिलेर संबिधान बनाऊ, ता कि फेरी पहिलेजस्तो नेपालमा रक्त पात नहोस |
नेपाली जनता डर मुक्त र सोत्रंत्र भएर होला प्रचण्ड को भाउ घटेको | प्रचण्ड ले पनि आफ्नो जन सेना पनि बिगठन र गत चुनबमा जातीय र छेत्रीय राजनीति गर्नेहरुलै हराएकोको अबस्थामा मधेश बादी संग गठ्बन्थान गर्नु छोड्नु पर्छ | बरु जनता को मत को पालना गर्दै सबिधान बनाउनु पर्छ … आखिर माओ बादी का केहि माग त पुरा भै सके का छन् जस्तो – राजतन्त्र को अबसान, रास्त्रिये सेना को निर्माण र माओबादी मागेको जस्तो fedral सिस्टम त सबै दल ले मानेकै छन् त … यसै मा जित देख्न सकेमा प्रचण्ड को महानता हुने छ … नत्र मुसा को चाल होला है !!!