केही हप्ता मात्र भएको छ, म बसेको इमाडोल गाविस ‘महालक्ष्मी नगरपालिका’ भित्र गाभिएको। हुन त जग्गाको भाउ र बाक्लिएको बस्ती हेर्ने हो भने गाविस भन्दा सहर नै भन्न मिल्ने ठाउँ हो। भत्किएको बाटो, ढल र खानेपानी बिनाको ठाउँमा दलालको नेटवर्कले भाउ बढाएको ठाउँलाई सहर घोषणा गरे पनि स्वीकारेकै छौँ। ‘आउला नि कुनै दिन ती बाँकी सुविधा पनि’, भनेर नेपालको अधिकांश ‘नगरपालिका’का बासिन्दा झैँ अहिले चाहिँ सहरवासी भनिन पाउँदा हामी धेरैजसो दंग भएरै बसेका छौं। तर केही दिन यता यो मेरो नयाँ सहरमा गाविस हुँदैदेखि बन्द भयो भनी डंका बजाइएका इँट्टाभट्टाले फेरि दिनरात कालो धुवाँ फ्याँकिराखेको दृश्य देखेर अचम्म पर्न थालेका छौँ।
आर. के. भट्टा इमाडोलमा माघ १ मा इँट्टा पोल्दै।
बाक्लो बस्ती नजिकै त भट्टा चल्न वर्जित छ भनिन्थ्यो त?
मेरो घरकै कौसीबाट मज्जाले छेउको आर.के. भट्टाले धुवाँ फ्याँकिराखेको दृश्य सजिलै देख्न सकिन्छ र केही दिन यता निक्कै बाक्लो कालो कणहरु घर वरिपरी जताततै देखिन्छन्। म ३ वर्षदेखि यो भट्टा बन्द हुने खबर सुन्दै आएको छु। तर अचम्मसँग यो भट्टा चलेको चल्यै छ। यस भट्टा कै १० मिटर परदेखि २०० मिटरसम्म सयौंँ घरको बाक्लो बस्ती बसिसकेको छ। यस अवस्थामा के एउटा कारखानाको मुनाफाको लागि सयौं नागरिकको स्वास्थ्यमा सौदा गर्न पाइन्छ?
नजिकै ठूलो भट्टा हुँदा स्वास्थ्यमा पर्ने असरको बारे कयौं सरकारी तथा गैरसरकारी प्रतिवेदनहरु आएका छन्। काठमाडौँ मेडिकल कलेजको २००८ को एक प्रतिवेदन अनुसार इँट्टा भट्टा छेउ भएको बस्तीमा स्कुल जाने बालबालिकामा स्वासप्रस्वास सम्बन्धी समस्या अन्य बस्तीका बालबालिका भन्दा निक्कै बढी देखिन्छ। यस्तै भट्टा चलिरहेको समयमा नजिकको बस्तीमा विश्व स्वास्थ संगठन(WHO)को खतरा सीमा भन्दा ६ गुना बढीसम्म total suspend particles देखिने कुरा यस प्रतिवेदनमा लेखिएको थियो।
मेरो घरमा भर्खर देखिन थालेको कालो कणहरु
यही प्रतिवेदनलाई आधार मान्ने हो भने यसरी बाक्लो बस्ती भैसकेको ठाउँमा इँट्टा भट्टा चल्न दिनु भनेको एउटा मालिक र उसको परिवारको नाफाको लागि हजारौं सामान्य नागरिकको अस्पतालको खर्च बढाउने अवस्था रहिरहन दिनु नै हो।
भट्टाका कामदारको पनि अर्थिक अवस्था दयनीय
सामान्यतया इँट्टाभट्टाहरुमा काम गर्ने कामदारहरु अति नै न्यून ज्याला लिनु पर्ने अवस्था छ। दुर्गम ठाउँहरुबाट इँट्टा पोल्ने मङ्सिरदेखी बैशाखसम्मको ‘सिजन’मा थोरै ज्याला लिई जाडोमा भाग्य भए चिसो कटेरो अन्यथा प्लास्टिकका छाप्रामा कामदारहरु बस्नुपर्ने अवस्था छ। दिनको रु.२०० भन्दा कम लिइ पुरा परिवार (बालबच्चा सहित) इँट्टा भट्टामा काम गरिरहेको खुलै रुपमा देखिन्छन्। काठमाण्डौ उपत्यकामा के यति रकमले परिवार पालिन्छन् त?
कस्तो व्यवस्था हो भट्टाका मालिकहरुले खोजेको?
वर्षै पिच्छे घर घडेरीको निर्माण बढे संगै इँट्टाको माग देश भरी बढेको छ। समय अहिले यस्तो आयो कि पहिले खुल्ला भनिएका भट्टा संचालन गर्न सकिने जमिन नजिक मानिसहरु लाखौं रुपिया प्रति आनको तिरेर पनि बाक्ला वस्ती भएका छन्। आफुले जग्गा किनेको ठाउँ नजिकैको भट्टाबाट पोलिएको इँट्टाले नै ती बस्ती बाक्लिएका पनि हुन्। तर अहिले त्यही भट्टाको धुवाँले वस्तीका मानिसहरुमा नराम्रै असर गर्न थालेको छ। यस्तोमा भट्टाका मालिकहरु आफू पीडित भएको गुनासो पनि समय समयमा राख्छन्। तर वषौं देखी इँट्टा पोल्दै मज्जाले नाफा कमाउदै अन्य व्यापार व्यवसायमा समेत लगानी गरिसकेको उदहारण प्रसस्तै छ। यस्तोमा भट्टा बन्द भएर अलिकति कम नाफा भयो भन्दै गुनासो गर्नेहरुको पींडा सरकारले सुन्ने हो कि बिरामी भै राखेका सयौं परिवार र न्यून ज्यालामा जोखिमपूर्ण काम गर्नेहरुको?
नेपालमा अहिले पनि लाखौं रोपनी जमिन खाली छ, जहाँ इँट्टा भट्टा सजिलै चल्न सक्छन्। तर अब गाडी, उद्योग र निर्माणले यसै निससिराखेको काठमाण्डौ उपत्यकामा इट्टा भट्टा संचालन भैरहन दिनु भनेको सरकार र व्यवसायीले ‘जनता बिरामी भए र मरे हामीलाई के मतलब’ भन्नु नै हो!
आँफु पनि ईमाडोल कमलपोखरीवासी भा को हुनाले नगरपालिका भयो भन्दा येसो खानेपानी र ढल को व्यवस्था हुन्छकि भन्ने आश पलाएको छ ! यो इँटाभट्टा पुरानो नै भएकोहुनाले येस्लाई हटाउन केही समय त पक्कै लाग्ला – दबाब दिंदै अगाडी बढौं सम्पूर्ण इमाडोलवासी हरु!
इँट्टाभट्टा उद्योग यो ठाउँमा अहिले मात्र सुरु भएको होइन .. बर्षौ देखि सुरु हुँदै आएको हो … येदि कसैलाइ आफ्नो स्वास्थ्यको चिन्ता छ भने किन एस्तो ठाउँ मा घर बनाउनु अथवा किन्नु हुन्नु हुन्छ? … काठमाडौँ मा अरु ठाउँ हरु पनि त छन् नि घर बनाउनुको लागि….
यसै गरि उद्योग हरि भएको ठाउँ मा घर बनाएर मिच्दै जाने हो भने नेपाल मा कुनै उद्योग रहला र ?? यसै गरि भएको १-२ ओता उद्योग पनि बन्द गर्ने हो भने नेपाली जनता ले चै गरेर खाने क हो र … येति लामो पोस्ट लेख्न सक्ने मान्छेले राम्रो ठाउँ रोजेर घर बनौन सकेन त …. …. हुन त नेपाली को बनि न हो …. आफु ले गर्ने केहि होइन , अरुलाइ गरेर खान नि नदिने ….
त्यसो हो भने चल्न दिउँ न त हिमाल सिमेन्ट पनि, अनि बन्न दिउँ न नयाँ भट्टा र उद्योग पनि। उद्योग चल्ने ठाउँको नेपालमा कमी छैन, ठुला उद्योग घरानाले पनि सहरी इलाका भन्दा धेरै ठाउँमा उद्योग चलिरहेका छन्। श्रमको चरम शोषण गर्ने ठाउँ र मान्छेको जीवन सँग खिल्वाड गर्ने हजुरको लागी उद्योग विकास हो भने हामीलाई भन्नु केही छैन। उस्तै परे प्लटिंग गरेर बेचिदिनु जमिन, काठमाडौँ बाहिर १० वटा नयाँ उद्योग खोल्ने पैसा आउला!
This is preposterous.
The brick kilns should be stopped immediately.
Why isn’t government mute ?
Did the owners of these klins closed their mouth with money ?
These owners should made to live in the klins for months and they will know how harmful is such place for living.
ये भात्कावो भट्टा,
जनताको स्वास्थ सग ,
भयो धेरै ठट्टा ,
नत्र
तिम्रा आखा निकालेर
खेलौला गुच्चा,
तिम्रा दांत उखेल्रर
खेलौला गट्टा ||