-विज्ञान बा-
विज्ञानलाई खासै महत्व नदिने नेपालमा विज्ञानका लेख मिडियामा आउने बित्तिकै खुसी भइन्छ। तर अफसोस १-२ लाइन पढेपछि त्यो खुशी छियाछिया परेर जान्छ। किनकि मिडियाले विज्ञानलाई प्रोत्साहन गर्ने मनसाय नै राखे पनि खोक्रो, अतिरन्जित दावीलाई मात्र बढाइ-चढाइ गर्ने गर्छन्। बेला-बेलामा विज्ञानका ठूलाठूला सिद्धान्तलाई चुनौती पनि नेपालका ठूलै पत्रिका मार्फत दिने गरिएको छ। यस्तै लेख हिजो नाम चलेको अनलाइन ‘सेतोपाटी’मा पढ्ने अवसर पाइयो – जसमा लेखिएको थियो, ‘पृथ्वीको गुरुत्त्व बलबाट बिजुली निकाल्ने। संसारमा अहिलेसम्म नभएको यो काम’।
कमेन्ट गर्ने धेरैलाई लाग्दो हो गुरुत्वबलबाट बिजुली निकालेकै छैन, अब नेपालीले केही चमत्कार गर्ने भयो। दिनमा १८ घण्टासम्म लोडसेडिङ् भएर पनि होला, अलि अलि मात्र आउने बिजुली कसरी निकालिएको हो भनेर वास्ता नभएर पनि होला त्यत्रो विज्ञान सम्बन्धि लेखमा जल-विद्युत कसरी निकालिन्छ भनेर कसैले भनेनछ। नत्र त थाहा भैहाल्थ्यो कि जलविद्युत उत्पादन पनि गुरुत्वबलबाटै भएको हो भनेर।
केही फोटोभोल्टाइक सोलार प्यानल या रसायनले बनाइने ब्याट्री बाहेक संसारमा खपत हुने धेरैजसो बिजुली टर्बाइन या मोटर घुमाएर गरिन्छ। खासमा तारलाई फन्का फन्का गरी बेरिएको क्वाइललाई चुम्बकको नजिक घुमाउँदा तारमा बिजुली बहन्छ। क्वाइल या चुम्बकलाई एक-अर्काबीच धेरै किसिमले चलाउन सकिन्छ। पानीलाइ अग्लो ठाउँ बाट खसालेर मोटर घुमाएर चलाए जलविद्युत भयो, हावाको बहाब प्रयोग गरेर घुमाए विन्ड-विद्युत भयो, न्युक्लिअर प्रतिक्रिया गराई पानी तताएर घुमाए न्युक्लियर विद्युत भयो, ग्यास या इन्धनको इन्जिनले घुमाए बोलीचालीको जेनेरेटर विद्युत भयो।
गोरुलाई दाइँ हाल्दा झैँ दिनभर घुमाएर मोटर घुमाई बिजुली निकाले गोरु-बिजुली भने पनि भयो। साइकल चलाउँदा निस्कने बिजुली पनि त्यही हो, तपाइँको खुट्टाको सक्तिले पाङ्ग्रा घुमाउँदा मोटर घुम्छ, बिजुली निस्कन्छ। गाडीको ब्याट्री पनि त्यसरी नै निस्केको बिजुलीले चार्ज हुने हो।
आफ्नो आवश्यकता हेरी “माटो सुहाउँदो” आइडिया आउनु राम्रो हो। जस्तो कि अफ्रिकामा आजकल गुरुत्व-लाइट (GravityLight) भनेर रु ५०० मै बत्तिको प्रयोग शुरु भएको छ।
यसमा एउटा बत्तिलाई पुग्ने सानो मोटर (त्यही साइकलको डाइनामो मोटर जस्तै) खुट्टाले हैन गुरुत्वले घुमाइन्छ। जलविद्युत निकाल्न गुरुत्व प्रयोग गरी टर्बाइन घुमाए जस्तै यसमा ढुंगा बाधेर माथिबाट तल झर्दा मोटर घुमाइन्छ। मोटर कसरी घुमाइञ्छ भन्ने मात्रै हो, बिजुली त आखिर उही हो। जलविद्युतमा त पानी लगातार झर्छ र टर्बाइन घुमिरहन्छ, तर ढुंगा त एकपटक तल झरे पछि आफै माथि जाँदैन। त्यसैले हरेक आधा घण्टा जस्तोमा तल पुगेको ढुंगालाई उचालेर माथि लानु पर्यो। खासमा तपाइँले जुन शक्ति खर्च गर्नु हुन्छ उचालेर माथि लान, त्यसैको केही भाग बिजुलीमा परिवर्तित भएको हो यहाँ। भात खाएको शक्ति बत्तिमा लगाएको हो। गोरुलाई लगाएर घुमाउने हो भने घाँसबाट निकालेको भने पनि भयो रमाइलोको लागि।
मुख्यसचिव ज्युलाई समेत भावुक बनाएको “गुरुत्वबाट बिजुली” निकाल्ने तरिका कुन हो, लेखमा उल्लेख समेत गरिएको छैन तर “नेपाली भूमिबाट विश्वलाई नौलो लाग्ने आविष्कार दिने” वाचा भने गरिएको छ। यी युवाले आखिर के गर्न खोजेका हुन् त केही लेखिएको छैन। त्यसैले उनको ९०% सकिएको भनिएको काम कतिको सहि या उपयोगी छ भनेर निष्कर्ष निकाल्न सकिने कुरा भएन। तर “संसारमै नभएको, गुरुत्वबलबाट बिजुली” भन्ने दाबी चाही सही हैनन्। वैकल्पिक ऊर्जा सम्बन्धि अनुसन्धानमा आफ्नो समय र पैसा खर्च गर्ने युवाको प्रयास सराहनीय छ – यदि यसमा भविष्य छ भने कुनै कम्पनीले लगानी गर्न सक्ला। सरकारले विज्ञानमा काम गर्ने युवालाई अवश्य प्रोत्साहन गर्नुपर्छ, तर त्यसको लागि एउटा पद्धति बसाल्नु पर्छ। अन्तराष्ट्रिय स्तरको सोध नेपालमै गर्ने कतिपय बैज्ञानिकलाई राम्रो प्रयोगशालाको त कुरै छोडौ, घरभाडा पनि तिर्न नसक्ने अवस्था छ। यो स्थिति सुधार गर्ने हो भने हाम्रो चिन्तनमै परिवर्तन गर्नु पर्ने हुन्छ र विज्ञानलाई देश-विकासको अपरिहार्य अंग भनेर स्वीकार गर्नुपर्छ।
देशले विज्ञानमा लगानी नगरेकाले नै हो हाम्रो यो हालत भएको अहिले (यसका बारेमा अर्को ब्लगमा लेखौला) । विज्ञानमा लगानी गर्ने राम्रो पद्दति अवलम्बन गर्नु पर्यो । जनताको पसिनाबाट तिरेको पैसाबाट अनुसन्धानमा अनुदान गर्दा नास्टमा प्रोपोजल हालेर विज्ञहरुको छनोट पछि मात्र पैसा लगाउनु पर्छ। हावाका तालमा तोक लगाउँदै यताउता चारो हालेर विज्ञानको प्रोत्साहन गरेको देखाउने हो भने नेपालमा विज्ञानको विकास कहिलै हुने छैन।
[लेखक सम्बन्धित बिषयमा अनुसन्धान गर्नुका साथै विश्वविद्यालयमा पढाउने एक प्राध्यापक हुन्। उनले माइसंसारमा विज्ञान सम्बन्धी ब्लग लेख्ने गर्छन्। उनका पुराना ब्लग यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।]
बिज्ञान बा , पानि त External Source भएन र ? कुनै बाहिरी मतेरिअल प्रयोग नगरि टर्वाइन गुरुत्वबलले आफै फन फन्नी घुम्ने अनि बिजुली निस्कने तरिकाको प्रचारबाजी भएकोले कमेन्ट लेख्ने ले बिरोध गरेका हुन् |
Dead Weight गुरुत्वबलले तल माथि गरेर टर्वाइन घुम्ने अनि बिजुली निस्किने कहाँ भएको छ त संसारमा ?
गुरुतो आकर्षण बाट बिजुली निकाल्ने प्रबिधि अविस्कार नभए सम्म गलत हुन सक्छ. तर संसार मा यस्ता धेरै अविस्कारहरु मोटर नघुमै कन पनि बिजुली निकाली ये को छ . यो सम्बन्धि एउटा वृतचित्र नै छन् . जसको को नाम thrive(what on earth it will take) हो र तपैहरु ले यो वृतचित्र youtube मा पनि हेर्न सक्नु हुन्छ . https://www.youtube.com/watch?v=lEV5AFFcZ-s मा गएर हार्नु भए हुन्छ एक चोटी. तपाई अबस्य प्रभावित हुने छ.
Conspiracy Theory Alert !!! कुनै आधार नभएको “conspiracy theory” बाहेक केहि छैन यो भिडिओमा | फाल्तुमा समय नाफलेकै राम्रो |
हामी नेपालीको चमत्कार खोज्ने र चमत्कारीलाइ पुज्ने प्रवृति छ| यस्तै प्रवृतिको फाइदा यस्ता फटाहा “बैज्ञानिक” हरुले उठाउन खोज्या मात्रै हो यो|
सुर्यलाई घुम्छ भनेका थिय त्यो भनाईको कारण उनि जेलमा थुनिनु पर्यो/ न्युटनले स्याउ जमिनमा झरेको देखेर प्रीथीबीको गुरुत्योबलको कुरा पत्ता लगाए/ मारकोनीली सानो छदा दीयको खेलौना फूटाएर फेरी जोड्न खोजे त्यो समयमा जोड्न नसके पनि पछि उनले रेडियोको अविस्कार गरे/ बिधुतको अविस्कार गर्ने बैगानिकलाई त्यो बेला पागल नै भनेका थिय/ तर येसो भादैमा सबैले गर्ने उटपट्याग कार्यलाई बैज्ञानिकको नाम दीई हाल्नु मुर्खता हो / नेपाल टेलीभीजनमा एक बाल टेलीफिलिम छ/ उत्त बाल टेलीफिलिम केही बाल बालिकाले बैज्ञानिक बन्ने धुनमा तेस्तै उटपट्याग कार्य गर्छन/ पछि बाऊ आमाले सम्झाउदै छोराको गल्तिलाई माफ दिने गर्छन/ बैज्ञानिक बन्ने धुन सबैमा हुन्छ तर यो तेती सजिलो छैन/ मेरो विचारमा बैज्ञानिक अविस्कार भनेको अभाब अनि आबस्कत्ता को मिश्रणबाट हुन्छ / तेसो भन्दैमा मुर्खतालाई बैज्ञानिक कार्य भन्नु अर्को मुर्खता हो /
http://rimstar.org/science_electronics_projects/gravity_light_homemade_diy.htl
https://www.youtube.com/watch?v=fQQ8_PDAdfI
यो नौलो कुरो हैन जस्तो लग्यो मलाइ , यो तलको लिंक पनि हेर्ने कि ??
“कुनै समय संसारको सबै भन्दा द्रुतगति को analog to digital converter (ADC , यानी analog signal लाई digital मा परिवर्तन गर्ने प्रबिधि ) जर्मनमा अध्यनरत कुनै नेपालीको नाममा patent दर्ता थियो रे .. हो क्ष्यामतावान बैज्ञानिक नेपालमा पनि उत्पादन हुन सक्छन , नेपाली बैज्ञानिकले प्रतिपादन गरेको सिद्धान्त बिदेसी university मा पनि पदाई हुन्छन ”
——————————————————————-
म पनि छक्क पारेक थिए त्यो सेतो पाटीको समाचार पढेर . Gravity बाट बिजुली निकाल्ने कुरा कुनै नौलो होइन , तर तेस्मा कस्तो प्रबिधि पर्योग गर्ने भन्ने कुरा नौलो हुन सक्छ जुन कुरा त्यो समाचार मा कतै पनि थिएन . हुने कुरा पनि भएन किन भने नेपालका पत्रकार हरु धेरै जसो सर्बज्ञानी छन् … राजनीति, समाज, खेलकुद , अर्थ , बिज्ञान जुन बिसयमा पनि जानकार भए जसरि लेख लेख्छन .. बिज्ञान जस्तो जटिल बिसयमा त कमसेकम त्यो बिसयको जानकार त हुन पर्यो नि !!! ultra light , हेलिकोप्टर , प्लेन खै के के बनाए भनेर हिजो पनि अर्को समाचार आएको थियो , runway छोटो भएर न उडाको रे !!! सुन्दा पनि हाँस उठ्छा .. कुरा यो त्यो बनाउने को होइन बरु बनाको चिज कति ब्यबहारिक र उपयोग गर्न लाएक छ भन्ने नै हो … चाइना , भारतले पनि ५० वर्ष देखि हेलिकोप्टर , प्लेन बनौन अरबौ/खरबौ लगानी गरेका छन् खै त result . कसैले किन्दैनन उनिहरुको उत्पादन . कारण बिस्वस्नियता हो नत्र हेलिकोप्टर , प्लेन को लागि आवसेक मुख्य उपकरण इन्जिन , रोटर विदेश तिर सबै बजारमै किन्न पयिन्छ . ति सबै जोड्जाड गरेर पनि हेलिकोप्टर , प्लेन बनौन सकिन्छा येदि प्राबिधिक जानकारी छ भने ..
पत्रकारहरुले समाचार सनसनी बनाउने होड त्याग्नु उचित हुन्छ . त्यो समाचार लेख्नु अगि अलि कति गूगल गरेको भए पनि हुने थियो ..
पहिलोपटक साइकल बनाउने बैज्ञानिक, त्यसपछि बनाउने मिस्त्री मात्रै हुन्छन |
नेपाल मै विश्व को ठुलो बोको रे ? कर्णाली को पुल एसिया कै पहिलो कि दोस्रो रे ? बौवा हनुमान भनिने बादर बिस्व कै ठुलो रे, कुन्नि के हात्ती एसिया कै ठुलो रे ? अब संसार कै नया (आइटम ) आबिस्कार आएछ ! धन्य हो नेपाली !
एक पटक एक जना पुन थरका पाईलट (मन्त्री) ज्यूले एक जना वालकले काठको हेलीकप्टर वनाएको देखेपछी उनलाई हेलीकप्टर वाट काठमाण्डौ ल्याएर तत्कालिन रोनाष्ट वाट वाल वैज्ञानीक भन्ने उपाधी दिन लगाए । उनलाई पढाईने आदि ईत्यादी कुरा भए । पछी उनले आठ कक्षा सम्म पढे । मैले उनको अन्तरवार्ता पढे अनुसार, उनलाई गुहेश्वरी (सरकारी) स्कूल, सिनामंगलमा भर्ना गरिदिएकोले पढ्न छोडेको रे ।
उनी केही वर्ष अघी सम्म हेलीकप्टर वनाउन्छु भन्दै मन्त्रालय तिर धाई रहन्थे । कति लाख त पाएपनि क्यारे । यत्रो टेक्नोलोजीको विकाश भैसकेको अवस्थामा आठकक्षा ड्रपआउटले कस्तो हेलीकप्टर वनाउने होलान् । आज, हेलिकप्टरको पंखामा सानो परिवर्तन गर्नको लागि, मेकानिकल, एरोनोटिकल, पढेकाहरु वर्षै अध्ययन र अनुसन्धान गर्दछन् । कि त तिनीहरु मुर्खहुन् कि त हामीहरुले धेरै जानेका छौ ।
कतिसम्म पनि पत्रिकाहरु पनि उनलाई उपेक्षा गरियो, सरकारले पैसा दिएन जस्तो लेखिरहन्थे । हाल उनी कुनै फर्निचर उद्योगमा फर्निचर वनाउने काम गर्दछन् क्यारे ।
अमेरिका जस्ता देसलाइ बेछे भैगो नि आफ्नो नया अविस्कार।।।।।।।
बिज्ञान बा को कुरो मा मेरो पुरै सहमति छ.
काम नराम्रो हैन, तर हाम्रा प्रतिभाहरु विज्ञापनको पछि लाग्छन. आइडिया आउने बित्तिकै नाम खोज्छन, अध्यान अनुसन्धान पनि धेरै गर्दैनन्. मेन्टर खोज्नु पहिले, पत्रकार खोज्छन येस्ता बैज्ञानिक (?) हरु. अनि पत्रकारहरु कुरो बुझ्दैनन्, रिसर्च पनि गर्दैनन् अनि जे सुन्यो त्यहि छाप्छन.
करिब दुई दसक अघि, पोखरा इञ्जिनियरिङ्ग क्याम्पस मा एक जनाले हवैजाहाज बनाउन थालेछन. पत्रकार आएर तपाईलाई भात पकाउन आउंछ भनि सोधे अनि साथीले आउदैन भनेछन्, पछि पत्रिका मा आयो ” युवा बैज्ञानिक लाइ भात पकाउन भन्दा हवाइजहाज बनाउन सजिलो लाग्छ”.
बिडम्बना, हेर्नुस न कति जनाले नेपाल मा हवाइजाज बनाए, ट्याम्पु को हेलिकोप्टर बनाए …. धेरैले जे गरे लहड मा गरे, समाचार बने … जोक बने अनि हराएर गए. तर व्यवहारिक र ब्यवसाइक पाराले रिसर्च गर्ने हरु पनि छन्, तर त्यताका कथाहरु पत्रकार हरुले खोज्दैनन् (किन खोज्नु इमेल पायो कपि पेस्ट गर्यो धेरै सजिलो काम).
कुरो कस्तो हुँदो रैछ भन्दा खेरि, नेपालकामा यस्ता आइडियाहरु का बारेमा ठोस काम हुनु भन्दा पहिले नै, पत्रिकामा छपाउने मा युवा हरु लाग्दा रैछन, अनि पत्रिका मा गयो हिरो भयो,…त्यसैको भर मा सरकारी निकाय बाट पैसा बटुल्यो गर्दा रैछन ….
केहि ट्यालेन्ट हरु नया कुरो/आइडिया लाइ परिक्षण गरे पछि ब्यवासैकता तिर लागेका पनि छन् हो, त्यस्ता हरु धेरै समचार भने बन्दैनन्. कारण, धेरै नेपाली प्रतिभा (?) मुतको न्यानो को खोजिमा… धेरै नेपाली पत्रकार पनि त्यहि न्यानो को खोजिमा ……..कुरो त्यसरी मिल्दो रैछ
….आफ्नै अनुभव हरु बाट
सहि कुरा हो / यस्ता वाइयात कुरा लाई पत्रकारले केलायर बुझेर छाप्नु पर्छ / JPT दिने?
दुख कुरा हो, काम गर्दै गर्य लाई चित्त दुख्ला / तर gravity बाट continuous energy gain हुन्दैन / अब पनि को बहाब पनि gravity नै हो / पनि खसालेर चलाउने भए के नया भो र ?
आविष्कार भने पनि पहिला नभयको पो हुनु पर्छ /
नेपाल को बैज्ञानिक ‘यसो पार्ट पुर्जा चोरेर ,लाटो देस मा गादो तन्नेरी हुने हो .
बाउको लहड ले स्वास्नी छोरा छोरीले दुख पाउने भए ! मुख्य सचिब ज्यु ले बरु तेता तिर सोचिदियको भए राम्रो हुन्थ्यो !
As an Electrical Engineer, I am both happy and sad to read this article.
Happy because Bigyan-Baa seems knowledgeable and the article seems very fair and factual.
Sad because the likes of Kishor KCs are wasting their time and money in these things and media hypes these stories without fact checking. Sure, the media wouldn’t have the expertise to verify the truthfulness, but to be a credible source, media has to get input from experts (like Bigyan-Baa) before posting such news.
Like Bigyan baa said, getting electricity by utilizing gravity is not a new thing- this is how we generate electricity from hydro-projects like Kulekhani. Water is the medium, due to gravity- water from a higher potential (head) flows to lower potential, in it’s way turning the turbine. Bottom line is you have to have a medium that keeps going from higher potential to lower. What medium is Mr. KC using? How is he generating electricity? Is he rotating the turbine through this medium? Without attempting to answer these questions, the journalist seems to have just followed the स्टोरी. कागले कान लग्यो भनें, आफ्नो कान छाम्ने कि कागको पछि लाग्ने?
एकदम सहि कुरा बिज्ञान बा. नेपालमै किन जन्मन्छन Einstein लै चुनौती दिनेहरु.
माकुने ले satellite बात बिद्युत बेच्ने भनेर जग हसंयो अहिले nayaa नेपाली नेता निस्केछां र नेपाल मेडिया धन्य नेपाली मेडिया र बिजोगे नेपाल का बैज्ञानिक हरु ..८ पास पनि बैज्ञानिक, उन्दर SLC पनि बैज्ञानिक सिकर्मी पनि बैज्ञानिक, डकर्मी पनि बैज्ञानिक बन्ने धन्य हाम्रा पढ्य लेख्या भन्ने बैज्ञानिक कहिले पो बन्ने
जल बिद्द्युत र मल बिद्द्युत बाट उज्यालो भए को नेपाल मा आर्को ले गुरुत्व बल बिद्द्युत पनि थपिदियेछ गाँठे | अब नेपाल लाइ सुसिल कै पाला मा सिंगापुर बनाउने भए | एस्लाई पनि सु को सरकार को उपलब्धि मा थपिदिम त् |
Here are more utpatyngra works of Nepali scientists:
1. Once we had a scientists who proved Albert Einstein to be wrong
2. Some one turning khatara tempo into a helicopter
3. Even Hisila Yami seen in Pokhara inaugurating the flight of a small plane – Stupidity of the Maoists
4. We had someone producing electricity from potatoes,
5. Charging your mobile using gobar, pipal ko pat etc.
6. There is no limit to imaginative minds of Nepali youth…..only problem is we have to remain poor.
बिज्ञान मा खाली सुकुल्गुन्द्याई हल्ला हुन्छ, कहिले १० कक्षा को बिद्यार्थी ले आइन्स्टाइन लाइ चुनौती दियो रे, कहिले पनि बात रकेट उदाइयो रे.४८-५० साल मा चितौन को बिरेन्द्र क्लास मा आइएस्सी पढदा गुणराज भंतना भन्ने थिए खुस्केट, एउटा समीकरण बनाएर constant पनि राखेका थिए, नाम चाहि गुणराज constant रे. हामि उरन्ठेउला नोबेल पुरस्कार को बिषय मा के विचार छ भनेर bbc cnn को पत्रकार बनेर अन्तरबार्ता लिएको झैँ गरेर मजाक गर्थेउ, उनि साच्चै बैगानिक भए भनेर सिरिएस हुन्थे, दुख को कुरा अहिले पुरा खुस्केट भएका छन रे.