-शेखर ढुंगेल-
तपाइँहरुलाई लाग्दो हो, वाह अमेरिका। अनि अमेरिकाको न्युयोर्कस्थित नेपालको कन्सुलर कार्यालय कस्तो भव्य होला ! देश चिनाउने कस्ता-कस्ता श्रव्यदृश्य अनि पोस्टर होलान्? पर्यटकलाई जानकारी दिने, अनि नेपालप्रति आकर्षण गर्ने कस्ता-कस्ता साधन होलान्?
फोटो हेर्नुस्, अनुमान गर्न सक्नुहुन्छ। नेपालको कुनै बसपार्कको टिकट काउन्टर भन्दा पनि न्यून स्तरको सुविधा यहाँ छ।
मुस्किलले दुई जना आवतजावत गर्न सक्ने साँघुरो अँध्यारो, ६ जनाभन्दा बढी अटाउन नसक्ने सानो कोठा छ। अनि फोहरी भित्ता। भिसा लगाउन आउने विदेशी पर्यटकले कस्तो सोच राख्लान्? सरकारलाई चासो छैन।
एक-एक गरेर पालैपालो सेवा दिने/लिने त हाम्रो संस्कार हुँदै होइन। त्यसैले त्यहाँ may I help You भनेर सोध्ने कोही हुने कुरो पनि भएन। सेवाग्राहीलाई राहदानी वा भिसाको फर्म भर्न न त त्यहाँ क्लिप बोर्ड उपलब्ध छ, न त पेन छ, न त ल्याप्चे लगाएपछि औंला पुछ्ने पेपर टावल छ। न त सुविधाको कुर्सी नै छ। विवेकहीन र गैर जिम्मेवार राज्यको यो नमुना बनेर बसेको छ। दैनिक सयौँ आप्रवासी नेपाली र विदेशीलाई सेवा दिने नेपाली कन्सुलर कार्यालयको यो दुरावस्था छ।
सेवाग्राहीको गुनासो भन्दा धेरै बढी गुनासो र समस्या सेवा प्रदायक नेपाली कन्सुलर कार्यालयको छ। कामको लापरवाहीको कुनै सीमा छैन। कन्सुलर प्रवीण भट्टराई सकारात्मक, सहयोगी हुँदाहुँदै पनि त्यहाँ विगतदेखिका अस्तव्यस्तताले गर्दा कन्सुलर कार्यालयका अधिकारीहरु काठमाडौंको ट्राफिक प्रहरीको जस्तो तनावमा रहेको स्पस्ट देख्न सकिन्छ।
असरल्ल कागजपत्र राख्ने ठाउँको अभाव र साधनको कमिले गर्दा भुइँमा बहुमूल्य राहदानी लगायतका कागजपत्र रहेको हुन्छ। भिसा र राहदानीको लागि एउटा मात्र काउन्टर छ। राहदानीको लागि निवेदन लिने, सिफारिश गर्ने, शुल्क लिने अनि वर्ष डेढ वर्षसम्म सेवाग्राहीलाई कुनै जानकारी समेत नदिएर त्यहीँ थन्क्याएर पुरानो राहदानी राखी दिएको सयौँ मुद्दा छन्।
शरणार्थी भएर बसेकोलाई राहदानी नदिने नेपाल सरकारको अविवेकी एवं अर्को देशको नागरिक हुन् बाध्य पार्ने नीतिले त्यहाँ काम गर्ने अधिकारीहरुलाई मानसिक तनाव दिएको छ। अविवेकी निर्देशन नीति नियम जारी गर्छ राज्य, आक्रोशको शिकार हुन्छन त्यहाँका कर्मचारीहरु। केहि समय अगाडिदेखि नेपाल सरकारले शरणार्थी रुपमा रहेकालाई नेपाली राहदानी नदिने, पहिले मान्दै आएको नोटोरैजेसन जस्तो कानुनी प्रक्रियालाई मान्यता नदिएर स्वयम् दुताबास वा कन्सुलर कार्यालयमा उपस्थित हुनु पर्ने नीतिले यहाँका नेपालीहरु पीडित छन्। कुरो रास्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीसम्म पुगे पनि कार्यान्वयन कतैबाट भएको छैन। एक अर्कालाई देखाउँदै नागरिकको दुःख र समस्याप्रति गैर जिम्मेवार बनेका छन्।
अमेरिकाबासी नेपाली खास गरी तीन राज्य न्युयोर्क न्युजर्सी र कनेक्तिकेट राज्यका नेपाली र विदेशी लक्षित यस कार्यालयलाई सुविधा र क्षमता वृद्धि गर्न ढिला भै सकेको छ। नेपालीहरुको संख्यालाई दृष्टिगत गरी सरकारले न्युयोर्कको कन्सुलर कार्यालयलाई पर्यटन सूचना केन्द्रको रुपमा समेत प्रयोग गर्ने गरी श्रव्यदृश्य(भिडियो ) ब्रोसर ,पोस्टर प्रयाप्त उपलब्ध गराउने गरि सुबिधा र क्षमता वृद्धि एबम कार्यक्षेत्र समेत चौडा बनाउनु पर्छ।
[तपाईँले पनि आफू बसेको देशको दूतावास वा कन्सुलर कार्यालयको यस्तै बेथिति देख्नुभएको छ भने फोटोसहित पठाउनुस् यहाँ क्लिक गरी वा फेसबुकमा ]
है न सर, अब गरिब देशको टिन्सिन छोडेर उम्रिका जानु भो…अब नेपालाँ बाँकि भका हाम्ले दुख सुख कर तिरेर त्यतिको कुनो सम्म भाडामा लिएछम्…अब एसो एन आर एनको दानले अपिस राम्रो पारे भैगो नी…नत्र उम्रिकन गीरीन कारड वा उतैको नागरिक भए भै गोन्त…सुकिला मुकिला अपिस, दुतावास छन् उम्रिकाको संसार भर…कुरो…
वेल डन ‘शेखर’| यस्तै लेख्दै जानुस! UK को पहिले नै मेरो संसारमा आएको हो | झन् अरुतिरको शंका नगरे भो अब!!! UK मा पनि १० महिनापछि (२ महिना भो) भर्खरै आइपुग्यो मेरो MRP , office , बोलीचाली, कर्मचारी, ओह……!!!
ज्यान जोगाएर बसेको होस् कि इज्जत फ्यालेर नक्कली कागजात बनाएर अमेरिका को नागरिक हुन पाइने लोब मा बसेको होस् थाहा छ हामीलाई. त जस्ता कुपुत्र हरु विदेश मा बसेर नेपाल को हुत्ति लिने बाहेक अरु क नै काम गर्चास र. सक्चास भने नेपाल ज सबै कुरा सहि बनौन खोज नत्र भए अमेरिका बसेर गास स्टेशन मा घण्टा हानेर, कुकुर जस्तो नाभुक.
UAE मा रहेको नेपाल राजदुतबास को अवस्था त सारै नै दयनिय देखे मैले |
न कसैले फोन रेस्पोन्स गर्छ
न इमेल को रेस्पोन्स नै हुन्छ
न त काम नै सिस्टमेटिक छ
दुताबासको वेब साइट मा रहेको ठेगाना हेरेर गको थिए त्यो ठाउबाट दुताबास सरेर अर्को ठाउ पुगेको ४ महिना बितिसकेको रछ –अब कसलाई के भन्ने, के आशा राख्ने, लोकेसन म्याप नै गलत ठेगाना नै गलत, नो फोन, नो इमेल रेस्पोन्स – सक्किगो नि |
यहाँ को राजदुताबास पनि नेपाल को बसपार्क टिकट काउन्टर भन्दा धेरै राम्रो स्तर को देखिदैन
ठुलो बन्ने अनि झर्को फर्को गर्ने थर्काउने – यस्तो व्यवहार पाए मैले |
फोगर उस्तै हप्तौ सम्म कसेर सम्म नलगाए जस्तो थियो | महिनौ सफा नगरे जस्तो सौचालय – ग्यारेन्टी दिन्छु – पिनास ठिक हुन्छ त्यो सौचालय मा २ मिनेट मात्र पनि बितायो भने | मैले गल्ति के गरे भन्दा फोटो खिचेर ल्याउन भुले |
लाज लाग्छ हउ लाज …..
मैले बुझ्न नसकेको कुरा नेपाली राहदानी लिन लाग्ने वास्तविक सुल्क कति हो ?
नेपाल मा त्यहि राहदानी को ५००० अमेरिका मा 100usd युरोप मा 100euro अरब देश हरु मा त्यहि अनुसार रकम किन लिइन्छ ?? राजस्वो को एकरुपता नहुने कस्तो देश हाम्रो.
लेखक ज्यु, अरु दोष त लगाउनु मिल्ला तर “अर्को देशको नागरिक हुन् बाध्य पार्ने ” नेपालले त्यस्तो के काम गर्यो जानकारी पाउँन I सुबिधा को लालचमा बिना कुनै कारण आफै शरणार्थी हुन खोज्ने अनि अरुलाई तथानाम आरोप I
शंकर जी ले लेख स्पस्ट पढ्नु भएन कि ?यहाँ द्वन्द कालमा ज्यान जोगाएर आफु र सन्तानको भबिस्य सुरक्षित पार्न अस्थायी रुपमा बसेका नेपाली हरु जसलाई कानुनि भाषामा शरणार्थी भनिन्छ हो त्यस्ता नेपाली हरु लाइ उनीहरुको राहदानी नबिकरण नगर्ने भन्ने नेपाल सरकार को निर्णय ले उनि हरु अमेरिकी राहदानी लिन अर्को शब्दमा अमेरिकी नागरिक हुन् बाध्य छन् भन्न खोजेको हो त्यो नीति पनि अन्य देशमा लागु नहुने अमेरिकामा मात्र किन लागु भएको हो ?प्रशं त्यो हो अनि सरकार को यस्तो नीति को आक्रोश यहाँ का अधिकारी हरुमा पर्छ भन्न खोजेको हो ………..
यसमा त्यस्तो आश्चर्य मान्नु पर्ने केहि छैन/ मान्छेले कुकुर टोकिसकेको त छैन नि/ बरु ब्यबस्थित रहेछ भनेर कसैले भन्यो भने आश्चर्य मान्नु पर्ला/
सेल फोन बाटै अनलाइन बिल तिर्न मिल्ने जमाना आइसक्दा पनि अहिले सम्म त्यो A4 साइज बाहेक अर्को (letter) फर्म्याटमा त्यो पासपोर्टको फर्म डाउनलोड गरेर भर्न मिल्ने बनाइएको छैन/
फोहरी र अव्यवस्थितको अखडा भने नी हुन्छ हाम्रा एम्बेसी र कन्सुलर अड्डाहरुलाई| किन हुन्छ भन्दा हाकिमको लापरवाही, बुझाई, हुर्काई, सोचाई, संस्कारको कारण सहित सही सुपरिवेक्षण र अनुगमनको कमीले गर्दा हो| एउटा राजदुत बस्ने कोठा मात्र सफा राखेर हुँदैन|
एउटा राजदुतावासमा मुलुकको कोषबाट बर्षेनी तीन करोड रुपिया भन्दा बढी खर्च गरेर सैनिक सहचरी राख्नको कुनै औचित्य छैन| आजको सन्दर्भमा यो अति अनुत्पादक मात्र होइन, जनताको इच्छा बिरुद्ध हो| यँहा नेपाली जनता प्यारासिटामोल किन्न नसकेर मृत्युको चेपारोमा पर्दै आएका छ, उता भने यस्तो नचाहिदो खर्च| हाम्रा मेडिया र नागरिक समाजले यो फजुल खर्चीमा ध्यान दिन नसक्नु दुखको कुरो हो|
दोस्रो, भिसा सम्बन्धी कार्यलाई अनलाईन रुपमा व्यवस्थित गरेर उपलब्ध गराए राम्रो हुने हो|
समय समयमा छड्के र अनुगमन गरेर एम्बेसी परिसर र कन्सुलर अड्डा सफा संग राखिएको र परिचालन गरिएको रिपोर्ट खुलाउन पर्ने हो|
हाम्रा राजदुतावास र कन्सुलर अड्डाहरु लाजवाहक हुन् भएन|
सके हाम्रो परराष्ट्रको अफिस अड्डा नै फोहोर र अव्यवस्थित होला, त्यस्ताले के गर्ने अनुगमन| मापदण्ड नै थाहा नभए पछि जसरि चले नी भो|सुजाताको टाइममा पुरानो नारायणहिटी दरबार अघि आठ घण्टा सम्म पासपोर्टको लागि लाम लगाइन्थ्यो, दिसा र पिसाबले भित्ता पुरिदा काम छिटो गर्नु वा टोइलेट व्यवस्था गर्नु छैन, परराष्ट्रका विदेश खाएका हाकिम र उबेलाका मन्त्रीले भित्तामा देवता देवीका तस्विर टाँसेर समस्या समाधान गर्न खोजेका थिए| तर आएपछि कसले थाम्न सक्थ्यो र? कि लाम त्याग्न पर्थ्यो| त्यस्ता छन् परराष्ट्रका हाकिम हरुको सोच|
शेखर ढुंगेलजीले यस्तो लज्जास्पद कमी कमजोरीलाई जनता समक्ष ल्याईदिनभएकोमा धन्यवाद दिन चाहन्छु|
ये एक्कै छिन पख है ,
यता झन् अन्योल को स्थिति छ,
आधि बेरी आउने हो कि, सुनामी ,
ठेगान छैन ,
घडी रोकिएको छ,
पंचायते सडकहरुमा मा भ्वांग परेको छ,
अफसोच !!
सिसु प्रजातन्त्र , बालक गणतन्त्र कहिले ठुलो भएँन,
सधै प्वाल पार्ने , भित्तो फोर्ने गर्छ ,
आजकाल देसै चिर्न माग्दैछ
उता मरिसकेका
कार्ल मार्क्स , माउत्सेतुङ्ग, हिटलर हरु
यता सिंगौरी खेल्दैछन,
भाग दौड को स्थिति छ,
तिमि थाल मा पस्केको मसिनो चामल को भात खाउ ,
सेकन्ड ह्यान्ड गाडीमा हाइवे घुम्न जाउ ,
एता तिम्रो दाजु भाइ अन्गेनो मा पानि बसालेर,
गाउमा पिठो खोज्न निस्केको छ ,
एक्कै छिन पख है ,
एता बत्ति पनि निभेको छ ,
चुक्ली लगाएर दुक्ली फुत्काउने दाउपेच ,
रोग येतै को हो ,
हिंड जोगी फटकार छाला ,
जहा जाला ,नेपालि ले तेही खाला,
बिग्रेको देश को भत्केको चाला,
लुतो आको चाक लाइ
खोज्छस बाघ को छाला ?
कोहि बिदेसी नेपाल जान मन लागेर यो कन्सुलर को कोठी मा केहि थाहापाउन, बुझ्न अथवा भिसा को निबेदन दिन गए पछि यो हरिबिजोग देखेर नेपाल नजाने निर्णय लिने संभवाना धेरै छ|
नेपाल का ,रास्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीसम्म सबै लुटेरै खान, बखेडाबादी गर्न फुर्सत छैन, बरु कुकुर को इज्जत होला यी सिना हरुको केहि इज्जत छैन|
एस्ताले देश र जनता को इज्जत को लागि केहि गर्ने सोच भए, न कुट नैतिक सेबा दिने ठाउं र न देश भित्रै का सेबादिने पर्ने कर्यलाये हरु डुंग डुंग ति गनाउने अफिस र तेसरी नै गनाउने मानिसहरुले भरिएको हुनेनै थिएन|
लेखकले भने जस्तै सुधार गर्ने तिर पक्कै ध्यान जानु पर्छ | तर पनि न्यु-योर्कको त थाह भएन, वाशिङ्ग्टन शाखा मार्फत हालै मात्र २ वटा MRP पासपोर्ट बनाउँदाको मेरो अनुभब चाही निकै पजिटिभ रह्यो | निबेदन पुगे-नपुगेको देखि लिएर पासपोर्ट बन्ने प्रोसेसमा कहा पुग्यो भन्ने कुराको जानकारी फोन गरेरै लिन सकिएको अनुभव अमेरिकास्थित अरु कुनै देशका दुतावासमा भिसा लिंदाको भन्दा राम्रो पाएँ | वाशिंगटन शाखामा केहि परे सिधै “हाकिम भण्डारी” संग कुरा गरेमा सजिलो हुने मेरो अनुभव रह्यो | त्यहि गएर देखेका मित्रका अनुसार निबेदन र पासपोर्टका थुप्रा कार्पेटमै लडाइएको सुनेको थिएँ तर दुइ वटै MRP सकुशल आएको हुँदा ह्यनडलिङ्ग पनि ठिकै थियो होला भन्नु पर्यो |
मेरो विचारमा यहा समस्या म्यानपावरको कमीले हुन सक्छ | अमेरिकाको न्युनतम तलब दिएर राख्दा पनि एक जनालाई महिनाको नेपाली २ लाख जति दिनुपर्ने हुन्छ, त्यसमा अरु सुबिधा थप्नु पर्ने, पक्कै धेरै मान्छे राख्न दीएको छैन होला नेपाल सरकारले | त्यसैले नेपाल सरकारले पासपोर्टबाट यहाँ उठाएको अतिरिक्त शुल्क १०० डलरको केहि हिस्सा यहि खर्च गर्न पाउने नियम बनाउनु पर्ने हो जसले गर्दा सेवाग्राहीले राम्रो सेवा पाउँथे |
दुताबासको कर्मचारी हो?
हैन हजुर, आफ्नो अनुभव मात्र सुनाएको | डेढ दशक बिदेशमा बस्दा दुतावास गएको पनि छैन, दुतावासको कोहि कर्मचारी पनि चिन्या छैन | फोनमा कुरा गर्दा एउटा फिलिपिनी महिला संग र एउटा हाकिम संग कुरा भाको हो |
फर्मको कुरा गर्नु भएको रहेछ माथि, त्यो कुरा पनि मलाई लागेको हो | फर्म लिन पनि रिटर्न खाम राख्नु परेको कुरा मलाइ निकै खट्कियो | इ-मेलमा १ पेज लामो गुनासो पठाएँ — ५ वटा सुझावहरु सहित | अचम्मको कुरा, दुतावासले जवाफ फर्कायो, सुझावको लागि धन्यबाद सहित | अझ अचम्म त के भने एउटा सुझाव कार्यान्वयन पनि गरेछ | त्यो हो, आवेदन फारम स्थानिय नेपालि समाज मार्फत उपलब्ध गराउने | अहिले म बसेको स्टेटको नेपालि संस्थाले सबैलाई इमेल गरेर फारम लिनलाई फोन गर्नुस, हामि पठाउन्छौ भनेर |
कहिले कहिँ गाली मात्र नगरेर अलिकति सुझाव दिंदा पनि धेरै फरक पर्ने रहेछ | हाम्रो तर्फा बाट कम्तिमा त्यति त गर्न सक्छौं नि | इमेल र त्यसको जवाफ पनि चाहिन्छ भने, त्यो पनि राखौला |