Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रवास

Posted on February 14, 2015February 15, 2015 by mysansar

– मुकेश बराल –

उ अझै उत्सुक हुन्छ, प्लेनको उडानको उचाइ क्रमस घट्दै गर्दा । प्लेन अडिन्छ बिस्तारै भर्र्याङ्बाट ओर्लदै अली अप्ठ्यरो अनुभव हुन्छ, तातो हावाले उकुस्मुकुस हुन्छ । लामो लामो सास लिदै आँफैलाई सन्तुलित बनाउछ ।

दुबइ आउनु उस्को लागि कुनै रहर थिएन, न त वाध्यता । नयाँ ठाउँमा घुम्दाको अनुभव लिनु थियो उस्लाई । पहिलो पटकको प्लेनको यात्रा, नयाँ मुलुक त्यो पनि मरुभुमी अनी समुन्द्रमा , मानिसहरु कसरी बस्न सक्छन एही कौतुहल थियो ।

आँखा तिर्मिरौने घाम, अगस्त महिनाको प्रचन्ड गर्मिमा अत्तलिनु स्वाभाबिक थियो । नयाँ भाषा, नयाँ भेश भएका मानिसहरु नजिक पर्दा सतर्क हुन्थ्यो । एअरपोर्टको लिफ्ट अनी लबिमा अलपत्र परेका मानिसहरुको निनौरो अनुहारमा उस्ले आफ्नो जस्तै अनुहार देख्थ्यो । नेपालमा अखबार पड्दाका समाचारको तस्बिरहरु उस्को आँखा सामुन्ने उपस्थित थिए ।

उस्लाई अब यो शहरमा आफ्नो जीवन खोज्नु छ, जीवन यो अर्थमा कि आफ्नो एउटा राम्रो घर बनाउन पुग्ने पैसा कमाउनु छ । पैसा कमाउने ठाउँ खोज्न उसका झोला भरी सर्टिफिकेटहरु छन । इन्टर्व्युको लागि एपोइन्टमेन्ट लिनु अनी दिनु दिन्चर्या बन्छ । कन्क्रिट्को जंगल, सस्यना बुट्यान, ठाउँ ठाउँमा साना गाउ अनी पुरै मरुभुमी अत्यस्लाग्दो जीवन देख्थ्यो उ । फरकिला सडक अनी यसमा दौडने मोटरहरु आफ्नो देशमा बग्ने नदिको झल्को दिन्थे । हाम्रो देशमा खोलामा पूल छैनन तर यहाँ सडकमा पनि पूलहरु ! फ्लाइओवर देखेर अचम्बित हुन्थ्यो । रात पर्दा छुट्टै ठाउँ हो कि जस्तो छनक दिने शहर दिउसो टन्टलपुर घाम मा निरस बन्थ्यो, फेरी रात पर्छ सितल हुन्छ बत्तिको रौनक अनी झिलिमिली ले ठाउँ होस् त एस्तो भन्न मन लाग्छ ।

‘काम छ, बिकास छ, योजनाहरु छन, पैसा छ अनी त यहाँ यती धेरै मानिसहरु छन, फेरी सबै काम गर्ने हरु ……. स्थानिय भन्दा बिदेशीको सन्ख्या धेरै……’ यो कुरा धेरै अगाडि सुनेको थियो उसले अनी त देश छोडेर आएको उ । हुन पनि अचम्मको ठाउँ हो यो, मरुभुमीमा शहर बसाएको छ समुन्द्रमा घर बनाएको छ । गगन्चुम्भी महल एही छन, पर्यटकिय शहर रे । सडक अनी चोक, ग्रीन्बेल्टमा रहरलाग्दा फूलहरु फुलाएका छन, मान्छे मर्ला जस्तो घाममा रहरलाग्दो फूल फुलेको छ । पैसा मात्रै यहाँको रे बाँकी सिप परीश्रम हामीजस्तै देश छाडेर आउनेहरु को रे । टन्टलापुर् घाममा सडकमा काम गरेका मानिसहरु … कती बेला बेहोश भएर लड्ने हुन थाहा हुन्नथ्यो । पानी पनि भनेको बेला पाउन्नन होला जस्तो लाग्थ्यो । यस्तो ठाउमा के गर्न सक्छु र ! कसरी बस्न सकिएला र !

यस्तै सोचेको पनि एक बर्ष बितेछ उस्को । कसरी दिन बित्यो पत्तो हुन छाड्यो । सोच्न फुर्सद पनि कहाँ हुन्थ्यो र उस्लाई । काममा गयो कोठामा आयो फेरी अर्को दिन काम मा गयो । जे भेट्यो त्यो खायो, जो भेट्यो तेश्को संगत गर्‍यो, जे मन लाग्छ त्यो गर्‍यो उ अब स्वतन्त्र छ । आफ्नो ब्यस्तता अनी रहरमा उस्को घर ओझेलमा पर्छ । महिनावारी घरमा पैसा पठायेपछी उ आफ्नो कर्तब्य पूरा हुने विश्वाशमा छ । यो जिन्दगी यस्तै रहेछ, एही भ्रममा जीवन देखेको छ उस्ले । बेमतलबी दुनियाँमा आफुलाई बिस्तारै भुल्न थालेको छ । उस्लाई नयाँ भन्ने थाहा छैन मात्र एउटा रूटिन वर्क थाहा छ । नयाँ भनेको चाडै दुबइमा मेट्रो रेल चल्दै छ भन्ने थाहा छ, त्यो पनि उस्ले काम गर्ने शपिङ मलको नजिक स्टेसन बन्दै गरेको देखेको हुनाले। नत्र बहिरी कुरा कहाँ बाट थाहा पाउनु !
हासो ठट्टामा माहिर छ उ । कोठामा रहेका साथीहरुसँग दिउसो भरिको थकान अनी कोठामा आउँदाआउँदै कुनापट्टी रहेको बोटलको हल्का ह्यङओबर देखाउन भुल्दैन । कोठामा अरु साथीहरुले भनेको कुरा हावामा उडाइदिन्छ त कहिले घाममा सुकाउने ठट्टा गर्छ, आफ्नो आँखाले नदेखेसम्म केहीको विश्वाश लाग्दैन उस्लाई । सानो कोठामा धेरैवटा टाउकाहरु । तीन तह भएको खाटको माथिल्लो तलामा उस्को ओछ्यान छ, पहिले त लडिन्छ कि जस्तो लाग्थ्यो तर अब बानी परिसक्यो । यस्तो जिन्दगी जिउने उ मात्रा एक्लो होइन यो ठाउँमा, बहुसन्ख्यक नेपालीको एही जीवनशैली देखेको छ उस्ले अनी त ठान्छ ‘यसरी नै बिताईदिन्छु दुई दिनको जिन्दगी …… ‘। धन्न ‘ए सि’ भएको कोठा छ उस्को त्यसैले त ‘वेन्टिलेसन’ पनि नभएको कोठामा तेह्रजना बस्दा तेत्तिकै गुम्सिने डर बाट मुक्त छन उनीहरु । चौध जना केटा अनी केटीहरु एउटै कोठामा त बस्दा रैछन् हामी त एक्ला एक्लै पर्यौ …… यस्तै ठट्टा सामान्य हुँदै छन उनिहरु माझ ।

अङ्रेजी महिनाको नयाँ बर्ष, छुट्टी को दिन आऊनै लाग्दा नयाँ दिन सुरु गर्ने योजना बन्छ । सबैको छुट्टीको दिन कोठा सफा गर्ने निर्णय हुन्छ । त्यसको लागि अघिल्लो दिन नै ‘इन्सेट किलर’ कोठामा छरेर सबैजना आ आफ्नो काममा जाने, राती बहिरै या आ आफ्नो अरु साथीहरुको कोठामा गएर नयाँ बर्षा ‘इव’ मनाउने अनी भोली पल्ट नयाँ बर्शको दिन सबैजना भेटेर छुट्टी ‘सेलिब्रेट’ गर्ने सल्लाह हुन्छ ।

दिन आयो काममा गयो, आयो, घुम्दै बित्यो साँझ । सबै साथीहरु अन्त अन्तै आफ्ना भएतिर लागे, उ पनि खाँदै छ रमैइलो गर्दै छ, बिस्तारै ज्यानले आराम खोज्न थाल्यो, नशाको सुरमा उस्लाई मात्रै ओछ्यान चहिएको छ, कोठा खोल्छ अनी पल्टिन्छ । औषधी राखेको वास्ता भएनछ उस्लाई न त ‘ए सि’ खोल्ने होस नै ।

नयाँ बर्षको पहिलो दिन, सुर्यले नयाँ बिहानि छर्नु अगावै नियतीले पंकजलाई हरिसकेको थियो । नयाँ बिहानि उस्ले देख्नु थिएन अब, झिस्मिसे मै उ पार भैइसकेको थियो । ढोका खुल्यो उस्को निर्बस्त्र शरीरबाट प्राण छुटिसकेको थियो ।

(स्वर्गीय साथी पंकजको सम्झनामा )

4 thoughts on “प्रवास”

  1. krishna says:
    February 16, 2015 at 11:16 pm

    बिदेस को पिडा यस्तै हो कमौना कहाँ सजिलो छ र मन छुने लेख, पड्दा आफ्नै भोगाई को अनुभूति भयो.
    विदेश को पिडा

    Reply
  2. suman says:
    February 16, 2015 at 1:02 pm

    मुकेश जी, लाखौ नेपाली प्रवासीहरु को आत्म कथा हो यो। सान्दर्भिक लाग्यो। परिवार को खुसी अनि सपना पूरा गर्न आफ्नो श्रम अनि पसिना बेच्दा बेच्दै जीवन नै गुमाउनु पर्दा तिनको परिवार मा कस्तो बज्रपात पर्दो होला? पन्कज जस्तै प्रवास मा जिबन गुमाउने हरु को आत्मा ले शान्ती पाओस।

    Reply
  3. bhairab kharel says:
    February 16, 2015 at 9:57 am

    जिबन मा सुख्हा दुखः त पाटो हो सिक्क को झैँ , तर काल भने पक्का बहाना नै हो जिबन अन्त्य गर्ने, यो सरिर बाट प्राण भने आफ्नै परिवार कै बिचमा त्याग्न पाए हुने चाहना छ मेरो. किनकि अरु कुरा को आशा त मरुभूमिमा म्रिगत्रिसना बाहेक अरुकेही हो झैँ लाग्दैन.

    Reply
  4. jeevan oli says:
    February 15, 2015 at 10:08 pm

    सोचे जस्तो हुदैन यो विदेश मा येहा जे पनि हुन्सक्छ
    बाचे साहुको बक्स मरे काठ को बाकस सकिगयोनि !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme