Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

ब्रह्माको काम मानिसले गरेपछि..

Posted on August 15, 2015August 16, 2015 by Salokya

हिन्दुहरु मानिसको रचना ब्रह्माले गरेको मान्छन्। कुनै राम्री वा राम्रा मानिस देख्यौँ भने भगवानले फूर्सदमा बनाएको होला पनि भन्छौँ। माथिका दुई फोटो भने ब्रह्माले बनाएका हैनन्, मान्छेले नै बनाएका हुन्। यस्तो मान्छे खोज्न जानुभयो भने पृथ्वीमा कतै पनि पाइने छैन। किनभने यस्तो अनुहारका मानिस छँदैछैन। यो त काल्पनिक मानिसको चित्र पो हो। डेभियन आर्टका एकजना… Continue reading

हिमानी र पूर्णिका समाजसेवाको कार्यक्रममा

Posted on August 11, 2015August 11, 2015 by mysansar

पूर्व युवराज्ञी हिमानी शाह र उनकी जेठी छोरी पूर्णिका सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भइन्। सार्वजनिक कार्यक्रममा खासै सहभागी नहुने पूर्णिका आमासँगै हिमानी कोषले भूकम्पपीडितलाई जस्तापाता वितरण गर्ने कार्यक्रममा उपस्थित भएकी थिइन्। कार्यक्रम कोषकै कार्यालय बालुवाटारमा थियो। हेर्नुस् अ‌ंगद ढकालले खिचेका केही फोटो

सुनाखरीहरु

Posted on July 26, 2015July 27, 2015 by उत्तम बाबु श्रेष्ठ

-उत्तमबाबु श्रेष्ठ/@uttambabu- आज म एकछिन अर्किड फुलको प्रदर्शनीमा गएको थिए। त्यहाँ सयौं प्रजातिका अर्किड (सुनगाभा वा सुनाखरीहरु) राखिएका थिए । ती फूलहरुको रंग र ढंग देख्दा प्रकृति र मानव लिला देखेर रमाइलो लाग्यो। केही फोटोहरु।

हिमानीको हाँसो

Posted on July 23, 2015July 24, 2015 by Salokya

बिहीबार पूर्व युवराज्ञी हिमानीले आफ्नो नाममा खोलिएको एनजिओ हिमानी ट्रस्टको पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेकी थिइन्। त्यहीँ अंगद ढकालले खिचेका हिमानीका केही फोटोहरु-

खुमबहादुरको हिन्दु जुलुस

Posted on July 6, 2015July 7, 2015 by Salokya

भ्रष्टाचारको आरोप प्रमाणित भई जेल सजाय काटिसकेका कांग्रेस नेता खुमबहादुर खड्का अब कुनै सार्वजनिक पद धारण गर्न पाउँदैनन्। त्यसैेले उनी हिन्दु राजनीतिमा रमाइरहेका छन्। नयाँ संविधानको प्रारम्भिक मस्यौदामा धर्मनिरपेक्षता राखिएको विरोधमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खड्काले सडक प्रदर्शन गर्‍यो। हेरौँ अंगद ढकालले खिचेका केही फोटो-

हामी भत्किएका हौँ सकिएका हैनौँ

Posted on May 26, 2015 by Salokya

वैशाख १२ को विनाशकारी भूकम्प गएको पनि हेर्दाहेर्दै एक महिना पुगिसक्यो। आज जेठ १२ गते। एक महिनाअघि ११ बजेर ५६ मिनेटमा आएको त्यो शक्तिशाली भूकम्पले गाउँका अधिकांश घरहरु ध्वस्त भएका छन्। भूकम्पको कति दिनसम्म त सरकार आफैलाई सम्हालिन समय लाग्यो। जताततै पालै पालको कुरामात्र सुनियो। बिस्तारै समयसँगै जनता सम्हालिए। नेपालीहरु आपतविपतमा परेका नेपालीहरुलाई सहयोग गर्न… Continue reading

यति सुन्दर थियो बारपाक : हेर्नुस् भूकम्पले तहसनहस पार्नुअघिका १२ फोटो

Posted on May 17, 2015May 17, 2015 by mysansar

– राजु आचार्य – अहिले गोरखाको बारपाकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको ध्यान तानेको छ। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको यो गाउँको अवस्था टेलिभिजनका पर्दाहरुमा देखिँदा मन दुखिरहेको छ। चिटिक्क परेका ढुङ्गे घरका भग्नावशेष हेर्दै त्रिपालमा सुतेका स्थानीयहरुको मनोदशा सजिलै अनुभव गर्न सकिन्छ। भूकम्पको केन्द्रबिन्दु भएकोले १२०० घरधुरीको बारपाक सहित वरपर पुरै ध्वस्त भएको छ।… Continue reading

१२ गतेको विनाशकारी भूकम्पको १३ औँ दिन : श्रद्धाञ्जलि

Posted on May 8, 2015 by Salokya

१२ गतेको विनाशकारी भूकम्प आएको पनि १३ दिन भएछ। हाम्रो परम्परा अनुसार मृत्युको १३ औँ दिनमा काजकिरियाको संस्कार सकिन्छ। बिहीबार १३ औँ दिन विभिन्न श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम आयोजना गरिए। बिहान सबेरै सेतो लुगा र हातमा फूल बोकेका मानिसहरुले काठमाडौँ परिक्रमा गरी काष्ठमण्डपमा श्रद्धाञ्जलि अर्पण गरे। काष्ठमण्डपमात्रै काठमाडौँको नाम रहेको मानिन्छ। यो धरोहर पूरै भत्किएको छ।… Continue reading

भूकम्पले आर्मी आफैलाई यस्तो गर्‍यो असर

Posted on May 3, 2015May 3, 2015 by Salokya

अहिले भूकम्पग्रस्त क्षेत्रमा फिल्डमा सेना खटिरहेको छ ‘अपरेसन संकटमोचन’ अन्तर्गत। विभिन्न देशका सेना पनि छन् तर नेपालको आफ्नै सेना कम खटेको छैन। सेनाका विभिन्न भवनलाई पनि यो भूकम्पले असर गरेको छ। हेरौँ केही फोटोहरु

१२ वर्षे जात्राका १५ फोटो

Posted on April 24, 2015April 24, 2015 by Salokya

सबैभन्दा लामो जात्राका रुपमा लिइन्छ पाटनको रातो मच्छिन्द्रनाथको जात्रा। हरेक १२ वर्षमा रातो मच्छिन्द्रनाथको मूर्ति रहने बुंगमतिको मन्दिरबाटै नयाँ रथ बनाएर जावलाखेलसम्म रथ तान्ने गरिन्छ। यो वर्ष १२ वर्षे जात्राको साइत जुरेको छ। बुधबारदेखि बुंगमतिबाट रथ तान्न सुरु गरिएको छ। पहिलो दिन रथ तान्न सुरु भएको केही समयमा नै रथको पाङ्ग्रा फँसेकोले धेरै तान्न सकिएन।… Continue reading

क-कसले मिलाउनु भयो त यो फोटो कहाँको भनेर?

Posted on April 12, 2015April 13, 2015 by Salokya

गएको साता सोधिएको यो ठाउँ कहाँको भनेर सोधिएको प्रश्नको जवाफ धेरैले मिलाए। कसैले भने यसलाई तीनकुने र माइतीघर भने। कसैले न्यौपाने टावर र इन्द्रेणी कम्प्लेक्स भने। कसैले नारायणगढ बजार पनि भन्न भ्याए। न्युरोड भन्नेहरु पनि देखिए। त्रिपुरेश्वर पनि भनियो। खासमा यो कहाँको दृश्य थियो त? भित्रको फोटो हेर्नुस् र फोटोमा देखिएका राता गोलोमा माउसको कर्सर… Continue reading

वाग्मतीको पानी सङ्ग्लो कहिले बन्ला, सुन्दरीजलदेखि चोभारसम्म मानव साङ्ग्लो चैँ बन्यो

Posted on April 11, 2015April 11, 2015 by Salokya

मुख्य सचिव लीलामणि पौड्यालको विशेष चासो र अग्रसरतामा सुरु भएको वाग्मती सफाइ अभियानलाई १०० हप्तासम्म सबै क्षेत्रबाट साथ रह्यो। १०० औँ हप्ताको दिन आज भव्य कार्यक्रम थियो- वाग्मतीको पानी बग्ने सुन्दरीजलदेखि काठमाडौँबाट बाहिरिने चोभारसम्म मानव साङ्ग्लो बनाउने। पानी सङ्ग्लो त अहिले भइसकेको छैन तर साङ्ग्लो चैँ बन्यो। प्रहरी र सेना उतारेरै भए पनि, सरकारी कर्मचारीलाई… Continue reading

हाँसोभित्रको आँसु : हेर्नुस् हुम्लाका महिलाको फोटो

Posted on April 10, 2015April 10, 2015 by mysansar

– राजु आचार्य – हालसम्म बाटो नपुगेको जिल्ला। बाटोजस्तै विकास पनि। हिउँदभरि बाहिरी संसारसँग सम्बन्ध विच्छेद हुने गाविसहरु पनि यहीँ छन्। हुम्ला जिल्ला मानव सूचकांकमा ७४ र गरिब जिल्लामा ७३ औँ स्थानमा पर्दछ। जिल्ला भन्दा पनि महिलाको अवस्था झन विकराल छ यहाँ। १४–१५ वर्षमै विवाह गरेर २५ पुग्दा नपुग्दै बुढ्यौलीका चिन्हहरु अनुहार तथा शरीरमा देखा… Continue reading

पत्ता लगाउनुस् कहाँको होला यो फोटो

Posted on April 10, 2015April 10, 2015 by Salokya

माइसंसारमा फोटो पत्ता लगाउनुस् स्तम्भलाई तपाईँ पाठकहरुले निकै रुचाउनु भएको छ। तपाईँहरुको सक्रिय सहभागिताले नै नयाँ नयाँ ठाउँका फोटो राख्न अभिप्रेरित भइरहेका छौँ। केही हप्ताको अन्तरालपछि आज फेरि नयाँ दुई वटा फोटो लिएर आएका छौँ। तपाईँले यसलाई ध्यान दिएर हेरी काठमाडौँको ठ्याक्कै कुन ठाउँको हो, पत्ता लगाउनु पर्नेछ। आफ्ना अनुमानहरु तल कमेन्टमा लेख्दै गर्नुहोला। जवाफ… Continue reading

उपल्लो मुस्ताङमा माउन्टेन बाइक यात्रा

Posted on April 9, 2015 by mysansar

नेपाल माउन्टेन बाइकिङका लागि विश्वको प्रमुख गन्तव्य बन्दैछ। उपल्लो मुस्ताङको उच्च भागमा बाइकिङ गर्ने मौका भने थोरैले पाउँछन्। यहाँ गरिने बाइकिङको तुलनाअन्य ठाउँसँग हुनै सक्दैन। यहाँको वातावरणै यस्तो छ। आफ्ना बुबाको माउन्टेन बाइकिङ टुर कम्पनीका गाइड भएर तेन्जिङ गुरुङले गएको अक्टोबरमा स्विट्जरल्यान्डबाट आएका पाहुनासँग यो क्षेत्रमा बाइकिङ गरेका थिए। थोमस नेक्टको फोटोसहित यो सामाग्री पिङ्कबाइकमा… Continue reading

तीन दिने बन्द एक दिनपछि फिर्ता, यस्तो रह्यो बन्द

Posted on April 7, 2015April 7, 2015 by Salokya

३० दलीय मोर्चाले गरेको तीन दिने बन्द पहिलो दिनको बन्दपछि फिर्ता भएको छ। बन्दविरोधी जनमतका कारण बाध्य भएर मोर्चाले आन्दोलनको स्वरुप फेर्नु परेको हो। त्यसो त बन्द फिर्ता गर्ने निर्णय गर्न पनि कम्ता गाह्रो भएन मोर्चामा। उपेन्द्र यादवले वक्तव्य नै निकालेर विरोध गरे बन्द फिर्ताको। बन्दमा धेरैले दुःख पाए। २३ वटा गाडी र मोटरसाइकलमा क्षति… Continue reading

पत्याउनै गाह्रो लाग्ने पृथ्वीका अनौठा ठाउँका फोटो

Posted on April 5, 2015April 5, 2015 by Salokya

हाम्रो पृथ्वी साँच्चिकै गजब छ। प्रकृतिले पत्याउनै गाह्रो लाग्ने अनौठा सिर्जना गरेका छन्। हेरौँ त्यस्तै अपत्यारिला लाग्ने अनौठा ठाउँका केही फोटो। माथिको फोटो अमेरिकाको एरिजोनाको द वेभ भन्ने ठाउँको हो। फोटो : Greg Mote/Flickr

यसरी बन्दैछ पहाड खोपेर बाटो

Posted on March 29, 2015June 8, 2022 by Salokya

तपाईँले यदाकदा देख्नुभएको होला विदेशतिरका फोटोमा अग्ला पहाडका बीच चिल्लो बाटो। पहाडै खोपेर बनाइएको जस्तो। रोमाञ्चित हुनुहुन्छ होला अहो हाम्रो देशमा पनि यस्तै पहाड छ, यसरी नै किन बाटो नबनाएका होलान्। केही अघि मनाङ सदरमुकाम चामेबाट उपल्लो मनाङ जाँदै गर्दा एउटा रेगुलर बाटोमा कृपया बाटो बन्दैछ, यताबाट नजानु होला लेखिएको थियो। हामी वैकल्पिक बाटो भएर… Continue reading

ल हेर्नुस्, क-कसले मिलाउनु भयो यो फोटो कहाँको हो भनेर

Posted on March 23, 2015March 22, 2015 by Salokya

हिजो सोधिएको यो फोटो कहाँको हो प्रश्नमा धेरैले जवाफ पठाए। अधिकांशले यसलाई कुनै मन्दिर ठाने। तर यो मन्दिर हुँदै होइन। मन्दिर भए त भित्र एउटा देउता हुन्छ। यसमा त वेटर पो बस्छन्। हिजै भनेको थिएँ यो फोटोको पूरा स्वरुप होइन। यो फोटोको पूरा स्वरुप हेर्नुभयो भने चाहिँ तपाईँले एक किसिमको अनुमान लगाउन सक्नुहुन्थ्यो होला।

पत्ता लगाउन सक्नुहुन्छ कहाँको हो यो फोटो?

Posted on March 22, 2015March 22, 2015 by Salokya

गएको साताको फोटो कहाँको पत्ता लगाउनुसमा धेरै सहभागी भए। अधिका‍ंशले ठ्याक्कै मिलाए पनि। यो पटक भने अलि फरक फोटो। खासमा यो फोटोको आधा रुपमात्रै यहाँ देखाइएको छ। यति मात्रै हेरेर तपाईँले यो कहाँको फोटो पत्ता लगाउन सक्नुभयो भने मानौँला। नभए पनि अनुमानसम्म त लगाउनुस्। यसको जवाफ २४ घण्टापछि अर्थात् सोमबार राति ११ बजे दिइनेछ। हेरौँ… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme